के कसैलाई कसैले वरदान या श्राप दिनु सम्भव छ?

के कसैलाई कसैले वरदान या श्राप दिनु सम्भव छ? ओ३म्.. वरदान र श्राप दिन संभव छ तर हामीले पुराणहरुमा पढेको या सुनेको जस्तो (जाऊ अब तिमीलाई कसैले मार्न सक्दैन, तिमि अमर भयौ।) हैन। सृष्टि नियम विरुद्धको कुनै पनि वरदान या श्राप गलत हो। यस्तो वरदान हुँदैन। प्रकृतिको नियम विरुद्ध जुनसुकै कुरा पनि न वरदान हुन्छन् र न श्राप। सृष्टि नियम अनुकूल वरदान पनि हुन्छन् र श्राप पनि। आशीर्वादको नाम नै वरदान हो।ऋषि-मुनिहरुले भन्दछन्:- अभिवादनशीलस्य नित्यं वॄद्धोपसेविन:। चत्वारि तस्य वर्धन्ते आयुर्विद्या यशो बलम् ॥ अर्थात्, “जसले मान्यजनहरुको आदर तथा सम्मान गर्दछ, माता-पिता तथा गुरुजनहरुको श्रद्धापूर्वक आदेश पालन गर्दछ, उनको सेवा गर्दछ, त्यसका चार वस्तु बढ्छन्, ति हुन्- आयु, विद्या, यश र बल।” माता-पिता तथा गुरुजनहरुले त्यसलाई आशिर्वाद दिन्छन् कि आयु लामो होस्, … Continue reading के कसैलाई कसैले वरदान या श्राप दिनु सम्भव छ?

विकासवाद विज्ञान या परिकल्पना..?

विकासवाद विज्ञान या परिकल्पना..? ओ३म्   विकासवादको वैदिक सिद्धान्त अपनाउँदै डार्विनको तथाकथित् विकासवादलाई हाम्रा समस्त पाठ्यक्रम बाट बाहिर निकालेर मिल्काउने र पाठ्यक्रमको समयानुकुल सुधार गरि नेपालको नव-निर्माणमा अंतत: विद्वानहरुले नै जमर्को गर्नु पर्ने बेला आएको छ। यसका लागि विकासवादमा यदि एक स्वस्थ बहस चल्छ भने वैज्ञानिकहरुलाई कुनै पनि किसिमको आपत्ति हुनुहुँदैन। यदि देशलाई समुन्नतीको मार्गमा लग्नु छ भने अहिले देशमा विकासवादको बारेमा पनि चर्चा-परिचर्चा किन नहुने..? संसारमा विकासवाद बारे बहस चल्दैछ। असंख्य विज्ञानी छन् जसले यस किसिमको खुट्टा माथि उठाएर टाउकाले टेकेर हिड्ने विकासवादलाई मान्दैनन र यसको खण्डन गर्दछन्। तर्क, अनुभव र प्रयोगशालाहरुमा विकासवाद प्रमाणित पनि हुन सक्दैन भने फेरी यस्तो विवादित परिकल्पनालाई एक निश्चित सिद्धांतको रूपमा विद्यार्थीहरुलाई रटाउनुको औचित्य के छ..? यदि देशका विज्ञानिहरु तथा बुद्धिजीविहरुले विगतमा यस बारे … Continue reading विकासवाद विज्ञान या परिकल्पना..?

डार्विनको विकासवाद एक नास्तिक सिद्धांत -३

डार्विनको विकासवाद एक नास्तिक सिद्धांत -३ (अन्तिम भाग) ओ३म्.. सिद्धान्ति: मनुष्य कसरि बन्यो त? विकासवादी: बाँदर बाट। सिद्धान्ति: बाँदर र मनुष्यमा पनि भारी अन्तर छ। शारीरिक रचनाका साथ साथ मन, बुद्धि, वाणी आदिको पनि अभाव छ। भन्नुस त, बाँदर जो रुख-वृक्ष, तथा ढिक-काल्नामा उफ्रिने-कुद्ने गर्दछन्, तिनमा बुद्धि तथा वाणी आदि कसरि विकसित भयो? को जिम्मेवार छ? र त्यसको पुच्छर नै लुप्त किन भयो? विकासवादी: प्रकृतिलाई देखि-देखि बुद्धि तथा वाणी विकसित भयो। सिद्धान्ति: वाह..! आज पनि धरतीमा अनेकौं त्यस्ता मनुष्य जाति रहन्छन्, जो मनुष्य त हुन् तर नपढेर उनको बुद्धि आउँदैन। तिनीहरु प्रकृतिलाई देखेर बुद्धिमान किन हुँदैनन्? हजारौं वर्ष देखि मुर्ख नै किन छन्? फेरी बाँदर बाट मनुष्य बनेर बुद्धिमान हुने कुरो मान्नु त “मैले मनुष्यका सिङ बाट बनेका आभूषण किनेको … Continue reading डार्विनको विकासवाद एक नास्तिक सिद्धांत -३

डार्विनको विकासवाद एक नास्तिक सिद्धांत- भाग-२

डार्विनको विकासवाद एक नास्तिक सिद्धांत हो (भाग-२) ओ३म्.. सिद्धान्ति: फेरी के भयो? विकासवादी: फेरी माछा आदि जिवहरु आफ्नो शरीर देखि केहि संतुष्ट थिएनन् र ति प्राकृतिक परिवेशबाट प्रभावित हुँदा-हुँदा करोडौं वर्षमा कछुवा आदि बने। सिद्धान्ति: ओहो..! कस्तो अचम्म..! माछा र कछुवाको शरीरमा आकास-पातालको अन्तर छ, र फेरी माछाहरु आज पनि छन् र कछुवा पनि।तपाइँ यो त भन्नुस् जीवहरुको शरीर बुद्धिपूर्वक बनेका छन् कि छैनन्? विकासवादी: अँ हो, त्यो त छ। सिद्धान्ति: भन्नुस् त यो बुद्धि कस्तो हो? ईश्वर त तपाइले मान्नु नै हुन्न। प्राकृतिक भनेर नभन्नु होला किनकि त्यो जड छ। माछामा यस्तो बुद्धि छैन जो आफ्नो बुद्धिले कछुवा बन्न सकोस्।र फेरी माछालाई आफ्नो शरीर संग के आपत्ति थियो र ऊ कछुवा बन्न चाहन्थ्यो? माछा केवल जलमा सास लिन सक्छ … Continue reading डार्विनको विकासवाद एक नास्तिक सिद्धांत- भाग-२

व्रतग्रहण : अमृत से सत्य की ओर -रामनाथ विद्यालंकार

व्रतग्रहण : अमृत से सत्य की ओर   ऋषिः परमेष्ठी प्रजापतिः । देवता: अग्निः । छन्दः आर्ची त्रिष्टुप् । अग्ने व्रतपते व्रतं चरिष्यामि तच्छकेयं तन्मे राध्यताम्। इदमूहमनृतात् सत्यमुपैमि -यजु० १।५ हे ( व्रतपते ) व्रतों का पालन करनेवाले (अग्ने) अग्रनायक जगदीश्वर, राजन् व विद्वन् ! मैं ( व्रतं चरिष्यामि ) व्रत का अनुष्ठान करूंगा। (तत् ) उस व्रत को ( शकेयम् ) पालन करने में समर्थ होऊँ। ( तत् मे ) वह मेरा व्रत (राध्यताम् ) सिद्ध हो। वह व्रत यह है कि ( अहं ) मैं ( इदं ) यह ( अनृतात् ) अनृत को छोड़ कर ( सत्यम् ) सत्य को ( उपैमि) प्राप्त होता हूँ। हे सर्वाग्रणी विश्वनायक जगदीश्वर आप सबसे बड़े व्रतपति हैं। आपने उत्पत्ति-स्थिति-प्रलय, न्याय, … Continue reading व्रतग्रहण : अमृत से सत्य की ओर -रामनाथ विद्यालंकार

हे गौ माता -रामनाथ विद्यालंकार

हे गौ माता।  ऋषिः परमेष्ठी प्रजापतिः । देवता सविता। छन्दः क. स्वराड् बृहती, र. ब्राह्मी उष्णिक्। ओ३म् इषे त्वोर्जे त्वा वायव स्थ देवो वः सविता प्रार्पयतु श्रेष्ठतमाय कर्मणूऽआप्यायध्वमघ्न्याऽइन्द्राय भागं ‘प्रजार्वतीरनमीवाऽ अयक्ष्मा मा व स्तेनऽईशत माघशसो ध्रुवाऽअस्मिन् गोपतौ स्यात बह्वीर्यजमानस्य पशून् पाहि॥ -यजु० १ । १  हे गौ माता ! मैं (इषे त्वा ) अन्नोत्पत्ति के लिए तुझे पालता हूँ, (अर्जे त्वा ) बलप्राणदायक गोरस के लिए तुझे पालता हूँ। हे गौओ ! तुम (वायवः स्थ) वायु के समान जीवनाधार हो। ( देवः सविता ) दाता परमेश्वर व राजा ( श्रेष्ठतमाय कर्मणे ) श्रेष्ठतम कर्म के लिए, हमें (वः प्रार्पयतु) तुम गौओं को प्रदान करे। (अघ्न्याः ) हे न मारी जानेवाली गौओ! तुम (आप्यायध्वम् ) वृद्धि प्राप्त करो, हृष्टपुष्ट होवो। ( इन्द्राय) मुझ यज्ञपति … Continue reading हे गौ माता -रामनाथ विद्यालंकार

डार्विनको विकासवाद एक नास्तिक सिद्धांत हो

डार्विनको विकासवाद एक नास्तिक सिद्धांत हो (भाग-१) ओ३म्.. डार्विनको सिद्धान्तमा केहि प्रश्नोत्तर :- सिद्धान्ति: आरम्भमा के थियो? विकासवादी: आरम्भमा केवल परमाणु आदि थिए, जुन समुद्र तलमा संयोगवश जोडीए र ससाना कोशिका (अमीबा) को निर्माण गरे, जुन चेतन (कनसियस ) थिए। सिद्धान्ति: परमाणु जड हुन् या चेतन (जसमा बुद्धि, सुख, दुःख, राग, द्वेष तथा इच्छादि गुणहरु हुन्छन् त्यो चेतन हुन्छ जसमा यी हुँदैनन्, त्यो जड)? विकासवादी: परमाणु जड हुन्। सिद्धान्ति: यदि परमाणु जड हुन् भने त्यसैको संयोगले बनेका वस्तुमा चेतनता कहाँबाट आयो? जस्तो गुणधर्म जड वस्तु (कारण द्रव्य) को हुन्छ, त्यस्तै गुणधर्म अमीबा (कार्य द्रव्य) मा हुनु पर्ने।जस्तै- घैटो माटोबाट बन्दछ र माटो (सिलिका) का एक-एक परमाणु संग मिलेर बन्दछ, परमाणु जड, माटो जड र घैटो पनि जड छ, यसैगरि कुनै … Continue reading डार्विनको विकासवाद एक नास्तिक सिद्धांत हो

मार्क्सवाद र धर्म

मार्क्सवाद र धर्म  ओ३म् “Religion cannot be stopped. Conscience cannot be stilled. Religion is a matter of conscience and conscience is free. Worship and religion are free” (Stalin to Dean of Canterbury.) अर्थ: “धर्मलाई रोक्न सकिन्न। अन्तरात्मा या हृदयलाई दबाउन सकिन्न। धर्म त हृदयको वस्तु हो र हृदय स्वतन्त्र छ। त्यसैले पूजा र धर्म स्वतन्त्र छन्।” (स्टालिनको उत्तर)। यही एक प्रमुख कारण हो जसले गर्दा मार्क्सवादमा धर्मको विरोध पाइन्छ। धर्मलाई मानवसमाजका लागि अफीम (Religion is the opium of the people) भन्नुको यही असली कारण हो।किनकि शोषित-पिडितहरु माथि तथाकथित धर्माचार्यहरुको जादूको छडी अति सिघ्र चल्छ र उनको उत्थानका लागि हुने सारा यत्न बेकार झैं हुन्छन्। यस्तो समस्या हुन्छ कि के भनौं र खै..! हामी मान्छौं कि धर्मको सम्बन्धमा मार्क्सवादको एक निश्चित … Continue reading मार्क्सवाद र धर्म

अभिव्यक्ति की आजादी का बलात्कार (लोयोला कॉलेज कांड)

हिन्दू देवी देवताओं का अश्लीलता पूर्वक अपमान  वीथी विरुधु विजाह नाम का एक लोक उत्सव चेन्नई के लोयोला कोलेज में मनाया गया और उसमें अभिव्यक्ति की आजादी का बलात्कार कर दिया गया जी हाँ !! बलात्कार ! बलात्कार की परिभाषा यही तो है की किसी भी चीज का भोग उसकी सीमा से अधिक जाकर करना, उसकी इच्छा उसकी हद से अधिक जबरदस्ती करना चन्नई में वामपंथ और ईसाई मिशनरी बहुत हावी है यह बात जानकारों से तो नहीं छुप्पी हुई है परन्तु देखकर, जानकर भी शुतुरमुर्ग बने हुए लोगों की खोपड़ियों को धरती से निकालकर उन्हें समझाने का समय आ गया है एम् ऍफ़ हुसैन का नाम तो सुना ही होगा आपने, उसने जो सीमा अभिव्यक्ति की आजादी की पार … Continue reading अभिव्यक्ति की आजादी का बलात्कार (लोयोला कॉलेज कांड)

अहिंसाको दर्शन-वैदिक संस्कृति..२

ओ३म्…. हिन्दुहरुका पौराणिक ग्रन्थहरुमा पनि अहिंसालाई धर्म घोषित गरिएको छ। महाभारतमा  अहिंसालाई कहीं परमधर्म त कहीं सकल धर्म भनिएको छ। शांतिपर्व (अध्याय-१६२) मा सत्यका तेह्र रुपहरुमा केवल अहिंसालाई मात्र गणना गरिएको छैन, सबै रूप अहिंसाका नै विविध अभिव्यक्तिहरु देखिन्छन्, जसको अर्थ हुन्छ सूक्ष्म स्तरमा अहिंसा र सत्य एक हुनु जस्तै-महात्मा गौतम बुद्धले मान्ने गर्दथे। महाभारतको अनुशासन पर्व (अध्याय:११५-१६) तथा मनुस्मृति मा पनि मांसाहारलाई निषेध गर्दै हत्याका लागि पशु-पंक्षी ल्याउने, मार्नका लागि अनुमति दिने, मार्ने, किन्ने, बेच्ने, पकाउने र खानेहरु सबै पापका समान भागीदार हुन् भनिएको छ। वामन पुराण १४/१-२ मा निर्देशित दशांग-धर्ममा केवल अहिंसालाई मात्र सर्वप्रथम नराखेर अस्तेय, दान, क्षमा, दम, शम, अकृपणता आदि पनि अहिंसा कै अभिव्यक्तिहरु हुन्। मत्स्य पुराण (१४३/३०-३२) मा अक्रोध,  अलोभ, शम, दम, भूतदया, सुकुमारता, क्षमा … Continue reading अहिंसाको दर्शन-वैदिक संस्कृति..२

आर्य मंतव्य (कृण्वन्तो विश्वम आर्यम)