डार्विनको विकासवाद एक नास्तिक सिद्धांत -३

डार्विनको विकासवाद एक नास्तिक सिद्धांत -३
(अन्तिम भाग)

50830672_2595367640490095_1113262914761916416_n

ओ३म्..

सिद्धान्ति: मनुष्य कसरि बन्यो त?

विकासवादी: बाँदर बाट।

सिद्धान्ति: बाँदर र मनुष्यमा पनि भारी अन्तर छ। शारीरिक रचनाका साथ साथ मन, बुद्धि, वाणी आदिको पनि अभाव छ। भन्नुस त, बाँदर जो रुख-वृक्ष, तथा ढिक-काल्नामा उफ्रिने-कुद्ने गर्दछन्, तिनमा बुद्धि तथा वाणी आदि कसरि विकसित भयो? को जिम्मेवार छ? र त्यसको पुच्छर नै लुप्त किन भयो?

विकासवादी: प्रकृतिलाई देखि-देखि बुद्धि तथा वाणी विकसित भयो।

सिद्धान्ति: वाह..! आज पनि धरतीमा अनेकौं त्यस्ता मनुष्य जाति रहन्छन्, जो मनुष्य त हुन् तर नपढेर उनको बुद्धि आउँदैन। तिनीहरु प्रकृतिलाई देखेर बुद्धिमान किन हुँदैनन्? हजारौं वर्ष देखि मुर्ख नै किन छन्? फेरी बाँदर बाट मनुष्य बनेर बुद्धिमान हुने कुरो मान्नु त “मैले मनुष्यका सिङ बाट बनेका आभूषण किनेको छु” भने जस्तै हो।

सिद्धान्ति: सुन भाई, ज्ञान नैमित्तिक हुन्छ; स्वाभाविक हैन।
विकासवादी: कसरि? कृपया सम्झाउनुस त।

सिद्धान्ति: यसका लागि एउटा दृष्टांत सम्झनु पर्छ- मानौं, कुनै वालक जो भर्खर जन्मेको छ। उसकी आमाले उसको रेख-देख आदि गरोस्, स्तनपान गराओस्, सरसफाई आदि पनि गरोस् तर शिशुका साथ् सम्वात, कुराकानी या अन्य त्यस्तो कुनै व्यवहार नगरोस् जसबाट उक्त शिशुले केहि सिक्न सकोस र न उसलाई कुनै शिक्षादि पनि देओस। जब यस्तो वातावरणमा शिशु हुर्कन थाल्छ, ऊ न केहि बोल्न तथा बुझ्न सक्छ, न सिक्न पाउँछ अर्थात त्यो मन्दबुद्धि कै रहनेछ। त्यसले जतिसुकै प्राकृतिक वस्तु तथा घटनाहरुलाई किन नदेखोस्, स्वमेव ज्ञानी हुन सक्दैन।
संसारमा यस्ता अनेकौं उदाहरणहरु पाइन्छन्। यस्तै एकपटक दुई जना शिशु एउटा जङ्गली कुकुर (स्याल) को खोरमा पाइएका थिए, ति दुवै जना हात-खुट्टा टेकेर हिड्ने गर्दथे, स्यालकै जस्तो व्यवहार गर्दथे र आवाज पनि स्यालकै जस्तो निकाल्ने गर्दथे, मानिसहरु देखि डराएर टाढा भाग्ने गर्दथे।निक्कै कठिनताका साथ् तिनलाई त्यहाँ बाट ल्याएर सामाजिक शिक्षा दिइयो र लुगा लगाउन सिकाइयो. पछी छिट्टै तिनीहरुको मृत्यु पनि भयो।(https://en.wikipedia.org/wiki/Feral_child)
यस प्रकार ज्ञान नैमित्तिक हुन्छ अर्थात कसै द्वारा दिनु आवश्यक छ, यदि दिईएन भने स्वमेव हुँदैन।

सिद्धान्ति: अब भन्नुस, तपाइँका पूर्वज बाँदरलाई ज्ञान कसले दियो र उनको वाणी कहाँबाट आयो? तथा मनुष्य मै आएर तपाइँको क्रमिक विकासको सिद्धान्त किन रोकियो?

विकासवादी: रोकिएको छैन हजुर, बौद्धिक विकास आज पनि चल्दैछ।मानिसहरु बढी बुद्धिमान हुँदै गइरहेका छन्।

सिद्धान्ति: अरे वाह..! मनुष्य भन्दा पहिले सम्म त शारीरिक विकास भइरह्यो र मनुष्यमा आएर शारीरिक विकास रोकियो र बौद्धिक विकास शुरू भयो??? तपाइँको सिद्धान्तमा यो मोड कसरि आयो? को जिम्मेवार छ? प्रकृति जड हो, वुद्धि छैन, त्यो जिम्मेवार छैन।ईश्वर तपाइँ मान्नु नै हुन्न र बाँकी रहनुभयो तपाइँ। यदि तपाइँ जिम्मेवार हुनुहुन्छ भने आफ्नो शरीरमा विकासलाई पुनः लागु गरेर पखेटा उमारेर देखाउनुहोस् न।
तपाइँको सिद्धान्त पाइला-पाइलामा मिथ्या साबित हुन्छ, यस्ता अनगिन्ति प्रश्नहरु छन् जसमा निरुत्तर रहनुको सिवाय तपाइँ केहि पनि बोल्न सक्नुहुने छैन अथवा भद्दा टुक्का जोड्ने या थोत्रा कल्पनाहरुको सहारा नै लिनुहुनेछ।
जुन जिव आज जस्तो छ, सृष्टिको आरम्भमा पनि यस्तै थियो र अन्त सम्म यस्तै रहनेछ। कुकुर बाट कुकुर, घोडा बाट घोडा, बाँदर बाट बाँदर, मनुष्य बाट मनुष्य, गहुँ र जौ बाट गहुँ र जौको फसल आदि पैदा हुन्छन्। सृष्टिको आरम्भ देखि यस्तै चलिरहेको छ र महाप्रलय पर्यन्त यस्तै चल्नेछ।
आज अधिकांश वैज्ञानिकहरुले डार्विनको मतलाई पुर्ण रुपमा नकारी सकेका छन् तर तिनीहरु संग हाल सम्म पनि यस्तो कुनै संतोषजनक सिद्धांत छैन जसलाई डार्विनको उत्तरमा पेश गर्न सकुन अर्थात डार्विनको सिद्धान्तलाई हटाएर त्यसलाई स्थापित गर्न सकुन। त्यसैले हाल यही चल्न दिऔं भन्ने निस्कर्षमा छन्।
अधिक जानकारीका लागि महर्षि दयानन्द सरस्वति कृत सत्यार्थ प्रकाश अवश्य पढौं..!
अस्तु..
नमस्ते..!
(हार्दिक आभार: पवन कुमार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *