डार्विनको विकासवाद एक नास्तिक सिद्धांत हो

डार्विनको विकासवाद एक नास्तिक सिद्धांत हो

(भाग-१)
50830672_2595367640490095_1113262914761916416_n

ओ३म्..

डार्विनको सिद्धान्तमा केहि प्रश्नोत्तर :-
सिद्धान्ति: आरम्भमा के थियो?
विकासवादी: आरम्भमा केवल परमाणु आदि थिए, जुन समुद्र तलमा संयोगवश जोडीए र ससाना कोशिका (अमीबा) को निर्माण गरे, जुन चेतन (कनसियस ) थिए।
सिद्धान्ति: परमाणु जड हुन् या चेतन (जसमा बुद्धि, सुख, दुःख, राग, द्वेष तथा इच्छादि गुणहरु हुन्छन् त्यो चेतन हुन्छ जसमा यी हुँदैनन्, त्यो जड)?
विकासवादी: परमाणु जड हुन्।
सिद्धान्ति: यदि परमाणु जड हुन् भने त्यसैको संयोगले बनेका वस्तुमा चेतनता कहाँबाट आयो? जस्तो गुणधर्म जड वस्तु (कारण द्रव्य) को हुन्छ, त्यस्तै गुणधर्म अमीबा (कार्य द्रव्य) मा हुनु पर्ने।जस्तै- घैटो माटोबाट बन्दछ र माटो (सिलिका) का एक-एक परमाणु संग मिलेर बन्दछ, परमाणु जड, माटो जड र घैटो पनि जड छ, यसैगरि कुनै फूल अथवा फललाई ससाना टुक्रामा विभाजन गर्नेहो भने पनि प्रत्येक टुक्रामा त्यस्तै गुणधर्म हुनेछन् जस्ता फूल या फलमा थिए आदि।
प्रश्न पुनः राख्छु: अमीबामा चेतनता कहाँबाट आयो?
विकासवादी: थाह छैन। शायद प्राकृतिक परिवेश बाट।
सिद्धान्ति: प्राकृतिक परिवेश, जल, समुद्रको माटो, लवण, जलवायु तथा अन्य कारक हुन् यी सबै पनि परमाणु संग मिलेर बनेका छन्। परमाणु जड हो।
प्रश्न पुनः राख्दैछु: अमीबामा चेतनता कहाँबाट आयो? जीवात्मा र परमात्मालाई त तपाइँ मान्नुहुन्न।
विकासवादी: थाहा छैन।
सिद्धान्ति: ल तपाइँको सिद्धान्त त प्रथम कडीमा नै खण्डित भयो। किनकि कारण बिना कहिल्यै कार्य हुँदैन, जब कारण नै जड छ भने त कार्य पनि जफ नै होला। जब तपाइँ संग उत्तर नै छैन भने यस्तो महानास्तिकतामा आधारित विचारधारा तपाइँले किन उपस्थित गर्नुभो? र मानिस हरुलाई नास्तिकताको महाअन्धकारमय मार्ग तिर किन धकेल्दै हुनुहुन्छ?
सिद्धान्ति: त्यस पछी के भयो?
विकासवादी: त्यस पछी उक्त कोशिकामा विभाजन हुन थाल्यो अर्थात बहुरूप भयो र माछा आदि प्राणि बने।
सिद्धान्ति: कोशिका बहुरूप भएर माछा बन्दा सम्मको प्रक्रियाका लागि को जिम्मेदार छ?
विकासवादी: प्राकृतिक कारक।
सिद्धान्ति: प्रकृति जड हो भन्ने कुरो पहिले नै सिद्ध गरियो, त्यसमा बुद्धि हुँदैन।फेरी को जिम्मेदार छ?
विकासवादी: अमीबा।
सिद्धान्ति: अमीबा अधिक बुद्धिमान छ अथवा तपाइँ?
विकासवादी: हामी।
सिद्धान्ति: जब तुच्छ बुद्धि भएको अमीबाले आफ्नो इच्छाले बहुरूप भएर माछा जस्तो रचना बुद्धिपूर्वक बनाउन सक्छ भने तपाइँ त परिपक्क बुद्धि भएको मानिस, के तपाइँ स्वयंले प्वाँखको इच्छा गरेर आफ्नो शरीरमा पखेटा बनाएर देखाउन सक्नुहुन्छ?
क्रमशः..

Leave a Reply

Your email address will not be published. Required fields are marked *