डार्विनको विकासवाद एक नास्तिक सिद्धांत- भाग-२

डार्विनको विकासवाद एक नास्तिक सिद्धांत हो
(भाग-२)

50830672_2595367640490095_1113262914761916416_n

ओ३म्..

सिद्धान्ति: फेरी के भयो?

विकासवादी: फेरी माछा आदि जिवहरु आफ्नो शरीर देखि केहि संतुष्ट थिएनन् र ति प्राकृतिक परिवेशबाट प्रभावित हुँदा-हुँदा करोडौं वर्षमा कछुवा आदि बने।

सिद्धान्ति: ओहो..! कस्तो अचम्म..! माछा र कछुवाको शरीरमा आकास-पातालको अन्तर छ, र फेरी माछाहरु आज पनि छन् र कछुवा पनि।तपाइँ यो त भन्नुस् जीवहरुको शरीर बुद्धिपूर्वक बनेका छन् कि छैनन्?

विकासवादी: अँ हो, त्यो त छ।

सिद्धान्ति: भन्नुस् त यो बुद्धि कस्तो हो? ईश्वर त तपाइले मान्नु नै हुन्न। प्राकृतिक भनेर नभन्नु होला किनकि त्यो जड छ। माछामा यस्तो बुद्धि छैन जो आफ्नो बुद्धिले कछुवा बन्न सकोस्।र फेरी माछालाई आफ्नो शरीर संग के आपत्ति थियो र ऊ कछुवा बन्न चाहन्थ्यो? माछा केवल जलमा सास लिन सक्छ र कछुवा जल र थल दुवैमा। अब भन्नुस यो सामर्थ्य कहाँबाट विकसित भयो??

विकासवादी: अहँ, थाहा भएन।

सिद्धान्ति: त्यसो भए तपाइँलाई यस्तो मिथ्या कल्पना गर्दा लाज आएन?
त्यस पछि के भयो?

विकासवादी: फेरी कछुवाहरु जलबाट जमीन तिर आउन थाले र सरीसृप आदि विकसित भए।

सिद्धान्ति: वाह-वाह..! पहिलेका प्रश्नहरुको उत्तर त भएन तपाइँ संग अझैँ तपाइँले गफ लगाउँदै हुनुहुन्छ। यो कुरो त “कहींको ईट कहींको रोडी, भानुमतिले लगन जोडी” भनेझैं पो भयो त।

विकासवादी: अँ, यही सिद्धांत न्यायोचित छ किनकि यी सबलाई बनाउनेवाला कुनै ईश्वर आदि हैन।

सिद्धान्ति: कुनै बुद्धिमानले नबनाएर केहि बन्न सक्ला र ? “तपाईको घरमा भएका सबै वस्तुहरु स्वयं बनेका हुन्” भनेर कसैले तपाई संग भन्यो भने मान्नुहुन्छ?

विकासवादी: अहँ, मान्न सक्दैन।

सिद्धान्ति: त्यसो भए यो सृष्टि, सूर्य, चन्द्रादि कुनै बुद्धिमानले नबनाएर कसरि बने त?? परमाणु (कारण) जड हो, त्यसमा वुद्धि छैन, हामी (जीवात्मा) ले यत्रो भयङ्कर जटिल सृष्टि आदि बनाउन सक्दैनौं र ईश्वर तपाइँ मान्नुहुन्न भने भन्नुस न त यी सब कसरि बने? सूर्य र पृथ्वी दुवै जड वस्तु हुन् जसमा वुद्धि छैन, के तिनले “म (पृथ्वी) तिमि (सूर्य) देखि यति प्रकाशवर्ष टाढा हुन्छु र यो-यो दिशामा यति-यति गतिमा घुम्छु” भनेर स्वयं नै निर्णय गरे ?? के तपाईलाई सृष्टि तथा शरीरादि रचनामा कुनै तीक्ष्ण बुद्धि र जटिल व्यवस्था देखाई दिन्न??

विकासवादी: अँ, देखिन्छ।

सिद्धान्ति: त्यसो भए आँफै बने भनेर किन मान्नुहुन्छ? सृष्टिलाई देखर स्रष्टाको, नियमलाई देखर नियन्ताको, व्यवस्थालाई देखर व्यवस्थापकको, बुद्धिलाई देखर बुद्धिमानको अनुमान हुँदैन??

सिद्धान्ति: सर्पका खुट्टा कसरि लुप्त भए?

विकासवादी: सर्पले खुट्टाको प्रयोग गर्न बन्द गरेको थियो त्यसैले लुप्त भए। जुन अङ्गहरु अधिक उपयोगमा आउँछन्, ति अधिक विकसित र कम उपयोगमा आउने कम या लुप्त हुन्छन्।

सिद्धान्ति: खुट्टा लुप्त हुनु भन्दा पहिले सर्प कसरि हिड्थ्यो?

विकासवादी: खुट्टाले।

सिद्धान्ति: त्यसो भए सर्पले आफ्नै खुट्टाको उपयोग लिन किन बन्द गरे होला? अर्थात हिड्न किन बन्द गर्यो? सर्प के एकै स्थानमा थुप्रीरहन्थ्यो? त्यसो भए त भोजन नपाएर भोकले मर्ने थिएन र?

विकासवादी: थाहा छैन।

क्रमशः..

Leave a Reply

Your email address will not be published. Required fields are marked *