All posts by प्रेम आर्य

शाकाहार अपनाऔं प्रसन्न रहौं..!

ओ३म्….!

शाकाहार अपनाऔं प्रसन्न रहौं..।

Untitled

शाकाहार स्वास्थ्यप्रद छ भन्ने तथ्यमा कसैलाई पनि शंका छैन। आज भोलि हरेकलाई थाहा हुनु पर्दछ कि विश्वका धेरैजसो वैज्ञानिक, डाक्टर तथा सर्वश्रेष्ठ खेलाडीहरु उत्तम स्वास्थ्य प्राप्त गर्नको लागि शाकाहार तिर प्रवृत्त हुँदैछन्। सनातन वैदिक विचारधारा र हाम्रा ऋषि-मुनि तथा महापुरुषहरुले पनि आफ्नो व्यक्तिगत अनुभवको आधारमा हामीलाई यहि प्रेरणा दिएका छन् कि मनुष्यको शारीरिक तथा मानसिक स्वास्थ्यमा पनि शाकाहारको अनुकूल प्रभाव पर्दछ।

विगत हजारौं वर्ष देखिको सांस्कृतिक विचलन, वैदिक शिक्षा देखि विमुख, नैतिक पतन, धार्मिक मार्ग देखि विचलन, तथा शाकाहारको बारेमा कुनै वौज्ञानिक शोध तथा अनुसन्धान नभएको कारणले पनि हुन सक्छ सायद हाम्रो देशमा शाकाहारी जीवन शैलीको बारेमा जन चेतना त्यति छैन। त्यसैले सरकारले पनि मांसाहारलाई नै प्रोत्साहन दिएर जनतालाई धर्म बिमुख बनाउने, रोग बढाउने र औषधिको व्यापार चम्काउने नीति लिएको देखिन्छ।  तर पश्चिमी मुलुकहरुमा शाकाहारको प्रचलन पढ्नुका साथ-साथ त्यसले स्वास्थ्यमा पार्ने नकारात्मक प्रभावहरुको बारेमा पनि वैज्ञानिक शोध तथा अध्ययन बढ्दै छ। र निरामिष भोजन शैलीको पक्षमा नयाँ-नयाँ अकाट्य जानकारिहरु प्रकाशमा आउँदै छन्।

विगतमा केहि मांस-प्रिय व्यक्तिहरुको अज्ञानताको कारणले शाकाहारलाई अल्जाईमर तथा बौद्धिक विकृति संग जोड्ने जस्तो अधकचरो प्रयत्न स्वरूप निराधार हल्ला फैलाइएको थियो। यस किसिमको हल्लाको पछाडी केहि सामान्य भ्रम थियो; त्यो हो मांसहारलाई मानव शरीरको लागि आवश्यक पोषक तत्वहरुको एक मात्र विकल्प मान्नु।

यस्तै यस्तै भ्रमहरुको बारेमा सत्य तथ्य जान्नको लागि अमेरिकाको ऐरिजोना राजकीय विश्वविद्यालयको पोषण विभागमा डा. बोनी बीझोल्ड (Bonnie L Beezhold) को नेतृत्व एक अध्ययन भएको थियो जसको प्रतिवेदन जून २०१० देखि अन्तर्जालमा उपलब्ध छ। यस अध्ययनमा संयुक्त राज्य अमेरिकाको दक्षिण-पश्चिम क्षेत्रका ‘सेवेंथ डे ऐड्वेंटिस्ट समुदाय’ संग स्वस्थ सहभागीताको लागि उनीहरुलाई पहिले शाकाहारी या मांसाहारी भोजन उपलब्ध गराइयो र फेरी उनीहरु संग १५२ वटा प्रश्नहरुको निम्न तीन प्रश्नावलिको आधारमा जाँच गरियो:-

  • भोजनको आवृत्ति
  • उदासी, थकावट, बेचैनी, तनावको मात्रा
  • विकृत मनोदशाको मापन

यस अध्ययन बाट एक पटक पुनः यहि कुरो स्पष्ट भयो कि शाकाहार गर्नाले जीवनमा प्रसन्नता बढ्छ, तनाव, थकावट, उदास पन तथा वेचैनी कम हुन्छ र यसले हाम्रो मनोदशाको सुधार हुनुका साथै मानसिक स्वास्थ्यको लागि शाकाहार अधिक हितकारी छ। यस अध्ययनमा यो कुरो पनि प्रकाशमा आयो कि माछा खानेहरुको तुलनामा ओमेगा-३को मात्रा केहि कम भए पनि शाकाहारिहरुमा यसको कुनै पनि प्रतिकूल प्रभाव पर्दैन।

यस अध्ययनको लागि तयार भएका स्त्री तथा पुरुषहरुमा ६४ जना शाकाहारी र ७९ जना मांसाहारी थिए ति मध्ये गर्भवतीहरुलाई अध्ययनबाट हटाए पछी १३८ जना बाँकी थिए। मांसाहारिहरुमा तनाव, थकावट, उदास पन तथा वेचैनीको मात्रा शाकाहारिहरुको तुलनामा दुई गुणा थियो। विकृत मनोदशाको मात्रा पनि मांसाहारीहरुमा शाकाहारिहरुको भन्दा निक्कै अगाडी थियो। शाकाहारी भोजनमा चिल्लोको मात्रा पनि मांसाहारिहरुको भन्दा कम पाइयो।  यस अध्ययनले त्यहि हाम्रै पुर्खाहरुको अनुभव तथा जानकारीलाई पुनः पुष्टि गरेको छ कि शाकाहारी जीवन शैली अपनाउनाले नै हाम्रो शरीर स्वस्थ, मन सुद्ध, मस्तिष्क तीक्ष्ण तथा वुद्धिको विकास हुन्छ। अस्तु..

नमस्ते..!

शाकाहारी जीवन शैली अपनाऔं र सदा प्रसन्न रहौं….!

नेपालमा बाइबल प्रतिबन्ध लाउनै पर्ने आवश्यक

ओ३म्..!
**नेपालमा बाइबल प्रतिबन्ध लाउनै पर्ने आवश्यक**

बाइबल र ईसाई पैगम्बरहरुको चरित्रहीन, पथभ्रष्ट र असामाजिक शिक्षा: –
बाइबल अनुसार छोराले आमा संग, पिताले पुत्री संग, दाइ-भाइले साख्खै दिदी-बहिनी संग शारीरिक सम्बन्ध तथा बिवाह सम्बन्ध कायम गर्न सक्छन्; यो उचित कार्य हो।
ईसाई समाजमा आदमको समय देखि आज सम्म पिता-पुत्री, आमा-छोरा र दाइ-भाइ को दिदी-बहिनी संग शारीरिक सम्बन्ध राख्नु या वैदिक संस्कृति अनुसार भनौं भने भयङ्कर घृणित तथा पाप कर्म ईसाइहरु अथवा बाइबलको शिक्षा मान्नेहरुको लागि श्रद्धा, समर्पण, विश्वास र गर्वको विषय हो। केहि
उदाहरण जस्ताको तस्तै: –
** दाजु र बहिनीको सम्बन्ध:-
(बाइबल-श्रेष्ठगीत, अध्याय-५:१) हे मेरी बहिनी, मेरी दुलही, मा मेरो बगैंचामा आएको छु, मैले आफ्ना गन्धरस (मुर्र) र मसलाहरू बटुलेको छु; मैले मौरीको चाका समेत मह खाएँ, दाखमधु र दुध पिएँ!
(बाइबल-श्रेष्ठगीत, अध्याय-५:२) म सुतें तर मेरो मन जागै रह्यो। सुन! मेरा प्रियले ढोका ढक्ढकाउँदै भन्दैहुनुहुन्छ, हे मेरी बहिनी, हे मेरी प्रिय, मलाई ढोका खोलिदेउ, हे मेरी ढुकुर, मेरी निस्खोट सुन्दरी! मेरो शिर शीतले भिजेकोछ ..!
(बाइबल-श्रेष्ठगीत, अध्याय ५:३) मैले मेरो लुगा फुकालिसकेकी छु, के मैले फेरी लाउनु? मैले मेरो खुट्टा धोएकी छु, के मैले फेरी मैला बनाउनु?
(बाइबल-श्रेष्ठगीत, अध्याय-७:७-९) “तिम्रो शरीरको आकृति खजुरको रुखझैं छ र तिम्रा स्तन फलका झुप्पा जस्तै छन्..मैले भनें-म खजुरको रुखमा चढ्नेछु र त्यसको फल समात्नेछु..तिम्रा स्तन दाखका झुप्पाझैं होउन् र तिम्रो सासको बास्ना स्याउको बास्नाझैं, अनि तिम्रो मुख उत्तम दाखझैं होउन्..”
यस्ता निर्लज्ज वाक्यहरुको यहाँ बयान गरि साध्य छैन, समझदार र विवेकिलाई यत्तिले पनि केहि सोंच्न अवश्य बाध्य पार्नेछ ..!

**दाजु-बहिनीको विवाह: –
हजरत इब्राहमले आफ्नि साक्खै बहिनी संग विवाह गर्यो:
(बाइबल-उत्पत्ति, अध्याय-२०:११-१२) इब्राहमले भन्यो, “मैले त सोंचेको थिएँ ‘यस ठाउँमा निश्चय पनि परमेश्वरको डर छैन, अनि मेरी स्वास्नीको कारण तिनीहरुले मलाइ मार्नेछन्..’ यस बाहेक तिनी मेरी साक्खै बहिनी हुन्, अर्थात् मेरा पिताकी छोरी हुन्….”
(बाइबल-शमूएल-दोस्रो, अध्याय-१३:१-१४) अम्नोनले आफ्नी बहिनी तामारलाई बलात्कार गर्यो जब उसले विवाह हुन सक्छ भनेर भन्दै थिई..
कैनले आफ्नै बहिनी संग विवाह गरेको थियो किनकि प्रथम सृष्टिमा येहोवाले कुनै स्त्री बनाएको थिएन, केवल आदम र हव्वा मात्र बनाएको थियो त्यसैले सिद्ध हुन्छ कि कैनले आफ्नै बहिनी संग विवाह गर्यो।
अब हेरौं बाइबलको भयङ्कर निर्लज्ज, महा पाप तथा भ्रष्ट सम्बन्ध-पिता-पुत्रीको सम्बन्ध:-
(बाइबल-उत्पत्ति, अध्याय-१९:३०) लूतले सोअर छोडेर पहाडमा आफ्ना दुई छोरीहरु समेत बस्न थाल्यो किनकि ऊ सोअरमा बस्न डराउँदथ्यो त्यसैले ऊ आफ्नी छोरीहरु संग त्याहाँ एक गुफामा बस्न थाल्यो।
(बाइबल-उत्पत्ति, अध्याय-१९:३१) तब जेठी छोरीले कान्छी संग भनि-‘हाम्रा पिता बुढा भैसक्नुभो र सारा पृथ्वीमा कुनै यस्तो पुरूष छैन जो संसारको रीति अनुसार हाम्रा नजिक अओस्..’
(बाइबल-उत्पत्ति, अध्याय-१९:३२) त्यसैले आइज, हामि आफ्ना पितालाई दाखमधु (एक किसिमको नशालु मादक पदार्थ) खुवाएर उहाँ संग सुतौं र आफ्नो पिताबाट सन्तान् पैदा गरेर उहाँको वंश बचाएर राखौं।
(बाइबल-उत्पत्ति, अध्याय-१९:३३) तव उनीहरुले त्यसै रात आफ्ना पितालाई दाखमधु खुवाए, र जेठी छोरी गएर आफ्नो पिता संग सुती तर पिताले चाहिं थाहै पाएन कि ऊ कतिबेला आई र गई।
(बाइबल-उत्पत्ति, अध्याय-१९:३४) त्यस्तै अर्को दिन जेठीले मान्छी संग भनी कि हेर्, हिंजो राती म पिता संग सुतें, आज राति पनि हामि उहाँलाई दाखमधु खुवाएर लट्ठ पारौं र तँ गएर सुत ता कि हामिहरु आफ्ना बाबु बाट वंश उत्पन्न गर्न सकौं।
(बाइबल-उत्पत्ति, अध्याय-१९:३५) उनीहरुले त्यस रात पनि आफ्ना बाबुलाई दाखमधु खुवाए र कान्छी छोरी गएर बाबु संग सुती तर बाबुलाई भने त्यस रात पनि छोरी आएको र गएको कुनै ज्ञान नै भएन।
(बाइबल-उत्पत्ति, अध्याय-१९:३६) यसप्रकारले लूतकि दुवै छोरीहरु आफ्नै बाबुबाट गर्भवती भए।

*** आउनुस्, अर्को चरित्रहिनता हेरौं- आमा र छोराको सम्बन्ध:
(उत्पत्ति ३५:२२) इजराइल (याकूब) त्याहाँ केहि समयको लागि रोकियो। जब याकुब त्याहाँ थियो तब रूबेन आफ्नो बाबु (याकूब)की उप-पत्नी बिल्हा संग सुत्यो (सम्भोग गर्यो)। याकूबलाई यसबारे थाहा भयो र निक्कै क्रुद्ध भयो।
यस्ता कुकृत्य त बाइबलमा जताततै छरपस्ट छन्, यहाँ लेखि साध्य पनि छैन त्यसैले एक पटक स्वयं बाइबल ध्यान दिएर तर्क संगत तरिकाले पढेर विचार गर्दा राम्रो होला।
के यस्ता निच र मानसिक स्तर बाट तल खसेका जङ्गली व्यक्तिहरु तथा स्वघोषित “पैगम्बर” र एक काल्पनिक ईश्वर “यहोवा” को शिक्षा सभ्यता मूलक होला? के यो संस्कार कुनै सभ्य मानव समाजमा उपयुक्त होला?
बाइबललाई एक अन्धविश्वास फैलाउने, नारि अस्मिता संग खेलवाड गर्ने र दुश्चरित्रताको पाठ सिकाउने ग्रन्थ घोषित गरेर नेपालमा प्रतिबन्ध लगाउने तिर कदम चाल्नु पर्छ ..! ईत्योम्..
ईसाई मित्रहरु, तपाईहरु किन संकोचमा हुनुहुन्छ अहिले सम्म ? यस किसिमको पथभ्रष्ट समाजबाट बाहिर निस्कनुहोस् र प्रकाश तथा ज्ञानको मार्ग–आफ्नै सत्य सनातन वैदिक संस्कृति तर्फ फर्किनुहोस्..
धर्म र सत्य तिर आउनुहोस्..!
आउनुस् वेद तर्फ फर्कौं ..!
नमस्ते..

रौँको छाला काढ्नु….

ओ३म्..

रौँको छाला काढ्नु…..

निश्चर्मणो गामरिणीत धीतिभिर्या जरन्ता युवशा ताकृणोतन |

सौधन्वना अश्वादश्वमतक्षत युक्त्वा रथमुप देवाँ अयातन ||

ऋग्वेद:१/१६१/७

ऋषि: दीर्घतमा औचथ्यः/ देवता: ऋभवः/ छन्द: जगती/ स्वर: निषादः

पद पाठ: उ॒द्वत्ऽसु॑ । अ॒स्मै॒ । अ॒कृ॒णो॒त॒न॒ । तृण॑म् । नि॒वत्ऽसु॑ । अ॒पः । सु॒ऽअ॒प॒स्यया॑ । न॒रः॒ । अगो॑ह्यस्य । यत् । अस॑स्तन । गृ॒हे । तत् । अ॒द्य । इ॒दम् । ऋ॒भ॒वः॒ । न । अनु॑ । ग॒च्छ॒थ॒ ॥

अन्वय: हे मनुष्या यूयं धीतिभिश्चर्मणइव गामरिणीत। या जरन्ता युवशा शिल्पिनौ स्यातां ता शिल्पकर्मसु प्रवृत्तौ निरकृणोतन। सौधन्वनाः सन्तोऽश्वादश्वमतक्षत रथं युक्त्वा देवानुपायातन।

धीतिभिः             मनन द्वारा/विविध क्रिया द्वारा
गाम्:                  वाणीलाई
चर्मण्:                छालाबाट
निः                    रहित गरेर
अरिणीत‌:             प्राप्त‌ गर
या:                    जुन दुई (माता-पिता)
जरन्ता:                वृद्ध (हुँदै छन्)
ता:                    ति दुईलाई
युवशा:                युवा समान
अकृणोतन:           गर
सौधन्वनाः            धनुर्विद्यामा कुशलहरु!
अश्वात्:               अश्व बाट
अश्वम्:                अश्वलाई
अतक्षत:              बनाओ र
रथम्:                  रथलाई
युक्त्वा:               जोडेरर
देवान्:                 दिव्य पदार्थहरुलाई
उप+अयातन:        समीप रहेर प्राप्त गर | अथवा
रथं+अयातन:        रथलाई जोडेर विद्वानहरुका सपिपमा जाउ|

भावार्थ: यस मन्त्रमा वाचकलुप्तोपमालङ्कार च। जुन मनुष्यले औंला समान कर्म गर्ने र शिल्पविद्यामा प्रीति राख्ने पदार्थको गुण जानेर यान आदि कार्यमा उनको उपयोग गर्दछन् तिनले दिव्य भोग प्राप्त गर्दछन् ॥

             निचर्मणो गामरिणीत धीतिभिः को अर्थ सायणाचार्य आदिले ‘गौ को छाला काढ’ भनेर गरेका छन्, तर यहाँ यस्तो अर्थको कुनै संगति नै छैन | अँ, यसबाट वेदको टाउकामा गोहत्याको कलंक अवश्यक लाग्दछ, जो सर्वथा अन्याय हो | वेदमा गौलाई अघ्न्या = न मार्न योग्य मानिएको छ | सायणादिको अर्थ गां मा हिंसीः (गौलाई न मार) यस वेदवचनको विरोधी पनि हुन्छ | समस्त ऋषि मुनि यहि मान्दछन् कि वेदमा ‘वदतो व्याघात दोष’ = पारस्परिक विरोध छैन  | फेरी यदि सायणको अर्थ ठीक छ भने वेदवाक्य ‘निश्चर्मणं गामकुरुत’ हुनु पर्ने, ‘निश्चर्मणो गामरिणीत’ हैन | चर्म रहित भयो भने त त्यो गौ नै रहन्न| त्यसैले यस वाक्यको अर्थ अर्कै हुन्छ | ‘गौ’ शब्दको एक अर्थ वाणी पनि हो, यस अर्थलाई मान्दा यसको अर्थ हुन्छ- वाणीलाई चर्म्म रहित गरेर प्राप्त गर अर्थात कुराको मर्मलाई जान, जुन समय पाएर ‘रौंको छाला काढ्ने’ रुपमा प्रयोग भयो| ‘गौ’को एक अर्थ रौँ पनि हो | रौँको छाला काढ्ने अर्थ सबैले जान्छन् |

यस मन्त्रमा उत्तम शिल्पिहरुलाई आदेश छ | उनको कार्य्य नै यस्तै हुन्छ कि जसमा उनलाई यस कुराको आवस्यकता छ | तिनीहरुले आफ्नो विद्याको सारा रहस्यहरुलाई हस्तगत नगर्ने हो भने त कार्य नै चल्दैन |

दोस्रो चरणमा उपदेश छ जुन वृद्ध माता-पिता छन्, तिनलाई युवा समान बनाउ | ऋग्वेद (१/११०/८) मा पनि यहि ढंगको कुरो गरिएको छ –जिद्री युवाना पितराकृणोतन = वृद्ध माता-पितालाई युवा गराइदेउ | माता-पितालाई युवा गराउनुको भाव यहि हो कि उनीहरुले वार्द्धक्यको कष्टलाई अनुभव नगरुन |

तेस्रो चरणमा भनिएको छ सौधन्वना अश्वादश्वमतक्षत = हे उत्तम शिल्पिहरुहो! घोडा बाट घोडा बनाउ | घोडा बाट घोडा नै बन्दछ, पैदा हुन्छ | फेरी वेदले यो कुरो किन भनेन? यसको सीधासादा अर्थ यहि हो कि घोडा बाट उत्तम घोडा पैदा गर अर्थात तिम्रा पशुहरुका सन्तान आकार, शक्ति आदिमा हीन नहुन पाउन | यस विषयमा सावधानता नअपनाउने हो भने त उत्तरोत्तर ह्रास हुन लाग्छ| चत्तुर वैज्ञानी मनुष्यले यस ह्रासलाई रोकेर उत्तरोत्तर उत्कर्षको व्यवस्था गर्दछ |

चौथो चरणमा एक आवश्यक व्यवहारिक तत्वको उपदेश छ कि शिल्पिहरुले आँफू भन्दा उत्कृष्ट विद्वानहरुको संगति गर्दै रहनु पर्दछ ताकि शिल्पको उत्तरोत्तर उन्नति भइरहोस |अस्तु..

नमस्ते..!

-हार्दिक आभार: स्वामी वेदानन्द तीर्थ सरस्वती (स्वाध्याय सन्दोह बाट)

वेदमा गो हत्यारालाई मार्ने आदेश:

ओ३म्..

वेदमा गो हत्यारालाई मार्ने आदेश:

अरुको त कुरो छोडौं, आजभोलि हाम्रै हिन्दु समाज भित्र पनि गोमांस खाने र नखाने बिषयलाई लिएर तथाकथित समाज सुधारक, साहित्यकार, मानव अधिकारवादी, प्रगतिशील तथा कांग्रेस समर्थक राजनैतिक व्यक्तिहरु दिन प्रतिदिन व्यर्थको वाद-विवाद गर्ने गर्दछन्।

वास्तविकता त यो हो कि यिनिहरुलाई गाई, घोडा, गधा, कुकुर, बिराला या अन्य कुनै पशु तथा पंक्षी संग केहि पनि लेन-देन छैन, यिनको प्रमुख उद्देश्य सनातन धर्म र संस्कृतीको विरोध गर्नु र मुखमा डलरको काट्टो हालिदिने आफ्ना प्रभुलाई खुशी पार्नु नै हो। यस देशमा विगत २०-२२ वर्ष देखि व्यक्तिगत स्वार्थ, कुर्सि मोह र सत्ता लोलुपताको भोक ह्वात्तै बढेको छ, त्यसै कारणले सत्ताको लागि जे पनि गर्ने यिनको नीति कै कारणले अहिले यस्तो भयावह स्थितिको सिर्जना भएको छ। यदि यिनीहरुमा अलिकति पनि संवेदनशीलता या मनुष्यता हुन्थ्यो भने त आज मुस्लिम देशहरुमा जे भैरहेको छ, त्यसको विरोध गर्ने साहस अवश्य गर्ने थिए। मूल रूपमा यी सबै पाखण्डी हुन्, यिनीहरुलाई सनातन धर्म र संस्कृतीको विरोध गर्ने आर्थिक लाभ प्राप्त हुन्छ। यहि विरोधको नाउमा राष्ट्रद्रोह गर्नु यिनको स्वभाव नै बनिसकेको छ।

जसले आरोप लगाउने गर्दछन् कि हिन्दुहरुले गौको तुलनामा मनुष्यको मूल्य सम्झने गर्दैनन्, कुनै जनावरलाई कसैले मारिदियो त के भयो, जनावरको मनुष्यको तुलनामा के मूल्य छ? संसारका समस्त प्राणीहरु मनुष्य कै लागि बनेका हुन्। यिनलाई मारेर खानुमा कुनै अपराध हुन्न। संसारका सबै वस्तुहरु मनुष्यको उपयोगको लागि नै बनेका हुन्, यसको यो अभिप्राय त हुन सक्दैन कि कसैले यिनलाई नष्ट गरिदेओस्। संसारका प्राणीहरु पनि मनुष्यकै लागि हुन् तर यिनलाई मारेर खानु मात्र एक उपयोग हैन।

प्रथम कुरो त जे पनि संसारका वस्तुहरु र प्राणी छन्, ति सबै मनुष्यहरुका साझा सपत्ति हुन्, सबको लागि तिनको उपयोग हुनु पर्दछ। जसरि सबैको हित सिद्ध हुन्छ त्यस्तै उपयोग सबैले गर्नु उचित छ। संसारका वस्तुहरुको श्रेष्ठ उपयोग नै मनुष्यको बुद्धिमत्ताको कसौटी हो। कुनै मनुष्यले आफ्नै घरमा आगो लगाएर भनोस् कि काठ र दार त जलाउनको लागि नै हुन्। काठ-दार आदि दाउरा तथा इन्धनको रुपमा जलाउने काममा पनि आउँछन् र घर बनाउने पनि काम आउँछन्, यिनलाई यथोचित उपयोग गर्नु नै मनुष्यको धर्म हो।

कुनै पनि मनुष्यले अन्य कसैको अहित गरेर आफ्नो हित साध्न चाहन्छ भने उसलाई यस्तो गर्ने अधिकार दिन सकिन्न। समाजमा व्यक्तिगत आचरणको पूर्ण स्वतन्त्रता छ, तर सामाजिक परिस्थितिमा प्रत्येक व्यक्तिलाई समाजको नियमहरुको अधीनमा चल्नु पर्ने हुन्छ। जसले गाईको मासु खानुलाई आफ्नो अधिकार सम्झन्छन्, तिनले मनुष्यको मासु खान पाउने पनि अधिकार सम्झन सक्छन्। समाजमा यदि यस्तो कसैले गर्दछ भने उसलाई अपराधी मान्न सकिन्छ र उसलाई दण्डित गरिन सकिन्छ। त्यसैले सनातन धर्ममा गाईलाई नमार्न योग्य भनिएको छ।

समाजको एक वर्गले नियम-कानुनको विरोध गरेर गोमांस खाने आफ्नो अधिकार भन्छ। एक वर्ग जो बहुसंख्यक छ, गौ हत्याको अनुमति दिन्न, तब पनि यदि त्यस्तो गरिन्छ भने देश र समाज संग द्रोह गर्नु सरह हुन्छ। यस्तो परिस्थितिमा जब एक वर्गले नियम मान्न अस्विकार गर्दछ भने अर्को वर्गले पनि नियम भंग पक्कै गर्दछ, त्यसपछि जे हुन्छ, त्यो कसैको हितमा हुँदैन। कसैको गाई काट्ने मौलिक अधिकार हो भने गौ रक्षा गर्ने र गोहत्यारालाई दण्डित गर्ने पनि समस्त हिन्दुहरुको मौलिक अधिकार हो। यो दुवै स्थितिले समाजमा अराजकता उत्पन्न गर्दछ, यो समाजको हितमा छैन। हामीले समाजको हितलाई सर्वोपरि राख्नु पर्ने हुन्छ। यदि कसैले गोहत्या गरेर आँफूलाई श्रेष्ठ सिद्ध गर्न चाहन्छ भने अर्काले सुँगुरको कुरा लिएर कसैको भावनालाई आहत गर्दछ। यो संघर्ष एकदम निन्दनीय छ।

जो पनि गोहत्याका पक्षधर छन्, ति आफ्नो भोजनको चिन्तामा पूरा समाजको भोजनमाथि संकट उत्पन्न गर्दैछन्। गाईको मासु त केवल केहि मुठीभर व्यक्तिको लागि विलाशीताको आवश्यकता होला तर गाईको दुध र गौ वंशबाट प्राप्त हुने समग्र लाभ पूरा समाजको आवश्यकता हो। यो मांसाहारीहरुको लागि पनि आवश्यकता हो। यिनै मांसाहारी हरुकै कारणले गर्दा मानव समाजमा आज भयंकर संकट उत्पन्न भएको छ। हामी सबैलाई आ-आफ्नो परिवारमा दुध-दहि-घिउ-मोही-खिर-पनीर-मिठाई आदि हरेक दिन चाहिन्छ, साना-साना बाल-बालिका हरुलाई दुध चाहियो, वृद्धलाई दुध चाहियो, रोगीलाई दुध चाहियो। संसारमा आज प्रतिदिन जति दुधको आवश्यकता छ, त्यसको तुलनामा दुधको उत्पादन निक्कै कम छ, त्यसैले दुध-दहि-घिउ-पनीर-मिठाइ आदि सबै बजारमा नक्कली आइरहेकाछन्। दुध बाट बनेका हरेक वस्तुमा आज मिलावट छ, किनकि गौवंशको हत्या निरन्तर बढ्नाले यसको संख्या घटिरहेको छ। यदि यो क्रम रोकिएन र जारी रह्यो भने हाम्रा लागि डीडीटि पाउडर पानीमा घोलेर खानुको अतिरिक्त अन्य कुनै उपाय बच्ने छैन। भोजनमा यदि गोदुग्धका पदार्थलाई निकाल्दिनेहो भने केहि बच्दैन। हामि सम्झन्छौं कि कारखाना र उद्योगहरु बाट समृद्धि आउँछ, समृद्धिको वास्तविक आधार पशुधन हो। मनुष्यका जति आवश्यकताहरुको पूर्ति पशुबाट प्राप्त हुने वस्तुहरु बाट हुन्छ, त्यति अन्य कुनै पदार्थ बाट हुन सक्दैन।

जीवित पशुबाट नै हामीलाई अधिक लाभ हुन्छ, मरे पछी पनि लाभ त हुन्छ नै। स्वयं मरेका पशुको उपयोग कम छैन अतः पशु वध गर्नुपर्ने आवश्यकता छैन। गोदुग्ध र त्यसबाट बनेका पदार्थहरु बाट जहाँ मनुष्यको बल र बुद्धि तथा सात्विकता बढ्छ भने त्यहाँ मासु तमोगुणी भोजन हो, यसबाट व्यक्ति तमोगुणी हुन्छ र उसमा पशु-वृत्तिको वृद्धि हुन्छ। त्यसैले महर्षि दयानन्द सरस्वतिले आफ्नो जीवनमा घोषणा गरेका थिए कि गौवंशको नाश हुनाले राजा र प्रजा दुवैको पनि नाश हुन्छ।

अहिले नेपालको नाश गर्नको लागि विदेशीहरु तथा भित्रबाट अंग्रेज र बाहिरबाट नेपाली देखिने स्वदेशीहरुले हाम्रो समृद्धिको दुई वटा सूत्र- एउटा हाम्रो शिक्षा जो हाम्रो विचार र चिन्तनको उत्कर्षको आधार थियो त्यसलाई लगभग नष्ट गरिसके तथा दोस्रो पशु धन विशेष रूपमा गौवंश हो हाम्रो समृद्धिको मूल हो त्यसलाई नाश गर्नको लागि यस देशलाई दरिद्र बनाउँदै छन्। तिनकै दलालहरुको रूपमा जसले यस देशमा तीनिहरूबाट पोषण पाउने गर्दछन्, तिनकै इशारामा काम गर्दैछन् र यो सब तिनकै षडयन्त्र हो। तिनीहरुले नै गाईको मासु खान पाउने मौलिक अधिकार हो भन्ने जस्तो कुरो उठाएर विवाद उत्पन्न गराउँदैछन्। सत्य सनातन वैदिक संस्कृतिलाई बद्नाम गर्ने र विदेशमा देशको छवि बिगार्ने काम गर्दैछन्।

गाई हाम्रो मात्र पहिचान हैन, सबैको हो। गाई उपयोगिताको दृष्टिले दुध नदिए पनि उपयोगी छ। त्यसको गोबरबाट उत्कृष्ट मलखाद र मूत्रबाट अमृत सरि औषधको निर्माण हुन्छ। विगत केहि वर्ष देखि गाईमा गरिएको अनुसन्धानले सिद्ध गरिदिएको छ कि गाईले आफ्नो दुग्ध उत्पादन बाट केवल हाम्रो भोजनको समृद्धि बढाउने मात्र हैन, अपितु आफ्नो गोबरबाट माटोको उर्वरा-शक्ति बढाउने र संरक्षण पनि गर्दछ। गोमूत्रबाट अमेरिका जस्तो देशमा क्यान्सरको औषधि निर्माण हुँदैछ। भारतमा महर्षि दयानन्दले आफ्नो जीवन कालमा गौवंशको रक्षाका लागि निक्कै प्रयत्न गरेका थिए। गोहत्याको विरोधमा करोडौं मानिसहरुको हस्ताक्षर संकलन गरेर महारानी विक्टोरियालाई अवगत गराएर गोहत्या बन्द गर्ने आन्दोलन चलाएका थिए। उहाँको उत्कृष्ट रचना मध्ये एक ‘गोकरुणानिधि’ मा एउटा गाईको जीवन भरिको दुधबाट कति जना मानिसको पालन-पोषण हुन्छ तथा त्यसको मासुबाट एक पटकमा कति जनाको पेट भरिन्छ, यसको तुलना गरेर गौ-अर्थशास्त्र सम्झाएका छन्।

गाईलाई सनातन धर्ममा पवित्र मानिएको छ, यो केवल एक धार्मिक भावनाको मात्र प्रश्न हैन। आज गाईको दुधको गुणकै कारण हामीले पूजा गर्ने गाईको नस्ल (जर्शी हैन) संरक्षण ब्राजील र डेन्मार्क जस्ता देशमा गरिदै छ। त्यहाँ गौ संवर्धनको कार्य निक्कै व्यापक स्तरमा गरिदै छ। यस्तो परिस्थितिमा हाम्रो देशमा यस किसिमको विवाद निन्दनीय र चिन्ताजनक छ।

हाम्रा गाईको तुलनामा विदेशी नस्लका गाईहरूको दुध तथा त्यसको यत्पादनमा कति विष छ भन्ने कुराको निक्कै ठूलो मात्रामा अनुसन्धान भैसकेको छ। हाम्रो स्थानीय गाई आज समाप्त हुने कगारमा छ। यस्तो परिस्थितिमा यस्तो विवाद स्वयं प्रेरित भएको भनेर भन्न सकिन्न। जसले सामाजिक ताना-बानालाई तोडेर राष्ट्रको प्रगति रोक्न चाहन्छन्, यो त्यस्तै मानिसको काम हो।

भोजनको स्वतन्त्रताको नाउमा जसले सनातन परम्परा, सामाजिक ढांचा तथा कानूनलाई तोड्न चाहन्छन्, तिनलाई यो पनि अवश्य ज्ञात होला कि स्वतन्त्रताको कुरो तब मात्र आउँछ, जब हामि संग कुनै वस्तु सर्व सुलभ होस्। यदि कसैले उसलाई गोमांस खाने स्वतन्त्रता र अधिकार छ भनेर सम्झन्छ भने के गोमांस खानेहरुको अधिकारले गोदुग्ध खानेहरुको अधिकार समाप्त हुन्छ र? गोमांस र गोदुग्धको अधिकारमा गोमांस खाने कुरो गर्नु केवल बौद्धिक दरिद्रताको पहिचान हो।

नयाँ नयाँ वैज्ञानिक खोजहरुले सिद्ध गरेका छन् कि प्राणिहरुको हिंसा र निरन्तर बढ्दै गरेको क्रूरताले पृथ्वीको पर्यावरण सन्तुलन बिग्रिदै गएको छ। प्राणिहरुको हत्या गर्ने कार्य नयाँ प्रविधि र विज्ञानको प्रयोग बाट निक्कै ठूलो स्तरमा चलाइदै छ, यसमा क्रूरता पनि त्यति नै बढेको छ। मनुष्यले छालाको लोभमा पशुको गर्भस्थ शिशुहरुको हत्या गर्दछ र भोजनको नाममा पशुलाई भयङ्कर यातना दिन्छ। यस्तो यातनाबाट मनुष्यको स्वभाव पनि क्रूर हुँदै गएको छ।

आजभोलि हाम्रो समाजमा बालक देखि वृद्ध सम्म, गाउँ देखि नगर सम्म सबैको स्वभावमा असहिष्णुता र क्रूरताको समावेश भएको छ; यसको प्रमुख कारण हाम्रो व्यवहारमा आएको हिंसा नै हो। जुन धर्ममा दया, करुणा र संयमताको स्थान हुन्न, त्यसलाई धर्म भन्नु नै उचित छैन। अहिंसा, दया, करुणा र संयम बिना समाजमा कदापि मर्यादाको रक्षा गर्न सकिदैन। गौ आदि प्राणिहरुको रक्षण र पालन बाट समृद्धिका साथ सद्गुणहरुको पनि समावेश हुन्छ। केहि मानिसहरुले गाईलाई माता भन्ने बिषयमा व्यङ्ग्य तथा ठट्टा गर्ने प्रयत्न गर्दछन्। यस्ता मुर्ख तथा लाल-बुझक्कड हरुलाई थाहा नै छैन कि यी शब्दहरुको भावनात्मक मूल्य के छ?

सनातन वैदिक संस्कृतीमा संसारका हरेक पदार्थहरुको गुणलाई सम्झने र तिन बाट लाभ उठाउने तथा ति संग आत्मीय भाव विकसित गर्ने मान्यता छ। जो संग मनुष्यको आत्मीय भाव हुन्छ, मनुष्यले तिनको रक्षा गर्दछ र ति वस्तुहरु संग प्रेम गर्दछ। आफ्नो पालन-पोषण गर्ने भूमिलाई पनि माता भनिन्छ र गाईलाई पनि। सबन्धमा ठूलो गुरु तथा राजा आदिकी पत्नीलाई पनि माता नै भनिन्छ। यो शब्दले सम्मान र त्यस प्रति कर्त्तव्यको बोध गराउँछ।

जसले गाईको मासु खान पाउने आफ्नो अधिकारहो भन्ने गर्दछन् र ईश्वरले समस्त पशु-पंक्षीहरु मनुष्यको भोजनको लागि नै बनाएको हो भनेर कुतर्क गर्दछन् भने तिनीहरु संग एउटा प्रश्न सोधौं- के सुँगुर र बंगुरलाई ईश्वरले नबनाएर कुनै मनुष्यले बनाएको हो? र यिनलाई पनि यदि ईश्वरले नै बनाएको हो भने के ईश्वरले अपवित्र वस्तु र प्राणी बनाउने गर्छ? वस्तु तथा प्राणिहरुको पवित्रता र अपवित्रता मनुष्यको अपेक्षाले हुन्छ। परमेश्वरको लागि सारा रचना पवित्र नै छ। जहाँ सम्म मनुष्यले स्वयंलाई पवित्र सम्झने गर्दछ, एक पटक योग दर्शनको पंक्ति स्मरण गर्नु पर्छ जहाँ मनुष्यको शरीर जन्म देखि मृत्यु सम्म अपवित्रताको पर्याय हो भनिएको छ। फेरी कुनै प्राणी रचनाको दृष्टिले कसरि पवित्र-अपवित्र हुन्छ?  परमेश्वरको सारा रचना पवित्र छ। मनुष्यले आफ्नो ज्ञान, रुचि एवं आवश्यकता अनुसार वर्गीकरण गर्न सक्छ।

आज गौवंशलाई बचाउनको लागि जनचेतना जगाउनु र गोहत्यारालाई मृत्युदण्डको व्यवस्था गरिनु पर्छ। वेदमा त गोहत्यारालाई मार्ने विधान स्पष्ट छ। यो विवादित बिषय तिनीहरुको लागि हुनसक्छ जसले वेदमा गोहत्या गर्ने विधान छ भनेर मिथ्या आरोप लगाउने गर्दछन्। वेदले त स्पष्ट रुपमा आदेश दिन्छ कि – यदि कसैले तिम्रा गाई, घोडा, पुरुषको हत्या गर्दछ भने त्यसलाई सिसाको गोलीले मारिदेउ। मन्त्र यस प्रकार छ-

यदि नो गां हंसि यद्यश्वं यदि पूरुषम् ।
तं त्वा सीसेन विध्यामो यथा नोऽसो अवीरहा ॥ – अथर्ववेद: १/१६/४

अस्तु..

नमस्ते..!

-(हार्दिक आभार: – स्व. डा. धर्मवीर)

सदा जागा रहनेहरुलाई नै वेदले चाहन्छ..!

ओ३म्..

सदा जागा रहनेहरुलाई नै वेदले चाहन्छ..!

-प्रेम आर्य, दोहा-कतार

 

यो जागार तमृचः कामयन्ते यो जागार तमु सामानि यन्ति

यो जागार तमयं सोम आह तवाहमस्मि सख्ये न्योकाः।। (ऋग्वेद:५/४४/१४)

अर्थ- (ऋचः) ऋग्वेदको मन्त्र (तम्‌) उसलाई (कामयन्ते) चाहन्छौं (यः) जुन (जागार) जागा रहन्छ (उ) र (तम्‌) त्यसैको समिप (सामानि) समावेदको मन्त्र (यन्ति) जान्छन् (यः) जुन (जागार) जागा रहन्छ (यः) जुन (जागार) जागीरहन्छ (तम्‌) त्यसैलाई (अयम्‌) यो (सोमः) शान्ति र आनन्दका धाम भगवान (आह) भन्दछ कि (अहम्‌) म (तव) तेरो (सख्ये) मित्रतामा (न्योकाः) नियत रूपले रहनेवाला (अस्मि) हुन्छु।

मन्त्रमा आएको ‘ऋचः’ र ‘सामानि’ पदको सामान्य अर्थ ऋग्वेदको मन्त्र र सामवेदको मन्त्र हुन्छ। यी पदबाट सूचित हुने ‘ऋग्वेद’ र ‘सामवेद’ यहाँ शेष दुवै वेद- यजुर्वेद र अथर्ववेदको पनि उपलक्षण हो। अर्थात्‌, ऋग्वेद र सामवेदको निर्देशले चारै वेदको नै निर्देश सम्झनु पर्दछ। वस्तुतः चारै वेदका मन्त्रहरुको रचना तीन प्रकारका छन्। जुन मन्त्र छन्दोवद्ध छन् र छन्दमा हुने पादव्यवस्थाले युक्त छन् तिनलाई ‘ऋच्‌’ या ‘ऋचा’ भनिन्छ यथाः- यत्रार्थवशेन पादव्यवस्था सा ऋक्‌।” (जैमिनीयसूत्र: २/१/३५) ऋग्वेदमा यस्ता मन्त्रहरुको बाहुल्यता छ त्यसैले यसलाई ‘ऋग्वेद’ भनिएको हो।

जब ऋचाहरुलाई नै गीति रूपमा गाइन्छ तब तिनलाई ‘साम’ भनिन्छ यथाः- गीतिषु सामाख्या” (जैमिनीयसूत्र: २/१/३६)। सामवेदमा जति मन्त्र छन् ति भक्तिरसमा भरेर गीतिरूपमा गाउने गरिन्छ, त्यसैले यसको नाम ‘सामवेद’ परेको हो।

जुन मन्त्र छन्दोबद्ध छैनन् र गीतिरूपमा गाउन सकिन्न अर्थात्‌ जुन मन्त्र पद्यमा हैन गद्यमा छन्, तिनलाई ‘यजुः’ भनिन्छ यथाः- शेषे यजुः शब्दः” (जैमिनीयसूत्र: २/१/३७)। यजुर्वेदमा यस्ता ‘यजुः’ मन्त्र अधिक छन् त्यसैले यसको नाम ‘यजुर्वेद’ भएको हो।

अथर्ववेदमा तिनै प्रकारमा मन्त्रहरु छन्। किनकि चारै वेदका मन्त्रहरुको रचना नै तीन प्रकारका छन्, त्यसैले चारै वेदलाई त्रयी या तीन वेद भनिने गरिन्छ। त्यसो त वेद चार नै छन्। केवल तीन प्रकारमा रचनाको कारणले तिनलाई तीन वेद पनि भनिन्छ। यी तीन प्रकारका रचनाहरुमा पनि प्राधान्य ऋग्‌ मन्त्रहरु र साम मन्त्रहरुको नै छ, चारै वेदहरुको अधिकांश रचना यिनैमा छ। त्यसैले यस मन्त्रको ‘ऋचः’ र ‘सामानि’ यी पद त्यसै पनि चारै वेदको निर्देश गर्ने हुन्छन्।

मन्त्रले भन्छ कि ऋग्वेदले उसैको कामना गर्दछ र सामवेद उसैको समिप जान्छ, जो जागीरहन्छ। ऋग्वेद र सामवेदबाट उपलक्षित हुने चारै वेदको अध्ययन कसले गर्न सक्छ ? तिनको अध्ययन गरेर तिनलाई राम्रो संग कसले सम्झन सक्छ ? र तिनलाई राम्रो संग सम्झेर त्यसै अनुरुप आचरण गरेर क्रियात्मक जीवनमा तिनबाट लाभ कसले उठाउन सक्छ ? त्यसले जो जागीरहन्छ ।

जो जागिरहन्छ, जो स्फुर्तिवान र सजग रहन्छ, जो सावधान र सतर्क रहन्छ, जो सुतिरहन्न, जो अल्छी र प्रमादी बन्दैन, वेदले त्यसैको कामना गर्दछन्, त्यसैलाई नै चाहन्छन्, त्यसैको समिप जान्छन्। जो व्यक्ति आलस्य र प्रमादलाई पर फालेर, सतर्क र सावधान भएर वेद पढ्ने र त्यसको मर्म सम्झने भरपूर परिश्रम गर्दछ, वेद त्यसैको समिपमा जान्छन्। वेदको गूढ रहस्य पनि त्यसैको सम्झनामा आउँछन्। वेदको गूढ रहस्यलाई सम्झेर र त्यसै अनुसार आचरण गरेर त्यसको क्रियात्मक जीवनमा सब प्रकारको लाभ त्यहि जागरूक वृत्ति भएको व्यक्तिले नै उठाउन सक्छ। वेद सब प्रकारको वरदान र सब प्रकारको मंगलको खानि हो। तर वेदबाट प्राप्त हुने यी वरदान र मंगललाई त्यसैले मात्र प्राप्त गर्न सक्छ, जो जागिरहन्छ। सुतिरहनेहरुलाई वेदका यी वरदान र मंगल प्राप्त हुँदैनन्।

र जो व्यक्ति जागरूक रहेर वेदको अध्ययन गर्दछ, त्यसको मर्म सम्झन्छ र तद्‌नुसार आचरण गरेर स्वयंलाई पूर्ण पवित्र र ज्ञानवान्‌ बनाउँछ, त्यहि जागिरहनेलाई नै भगवान्‌को पनि दर्शन हुन्छ। वेदको यस्तो जागरूक विद्यार्थीका अगाडी भगवानले स्वयं आफ्नो द्वार खोलेर भन्न थाल्छन् – “हे जागा रहेर वेदको स्वाध्याय गर्ने स्वाध्यायी! म सदा तेरो मित्रतामा रहनेछु, मेरो निवास सदा नियत रूपले तेरो हृदयाकाशमा रहनेछ ।” भगवान सोम हुन्। उनमा चन्द्रमा झैं शान्तिदायकता र आह्लादकता छ। उनि शान्ति र आनन्दका धाम हुन्। जब वेदको स्वाध्यायले हामीलाई परमात्माको यथार्थ स्वरूपको ज्ञान हुनेछ, जब वेदानुकूल शुभ आचरणले हाम्रो हृदय निर्मल हुनेछ र जब त्यसको परिणाम स्वरूप हाम्रो हृदयमा प्रभुको ज्योति झिल्मिलाउन लाग्नेछ, तब उस शान्ति र आनन्दका धामको हाम्रो हृदयमा निवासका कारण हामिले पनि अवर्णनीय शान्ति र अलौकिक आनन्दको समुद्रमा दुब्की लगाउन थाल्नेछौं। तब शान्ति र अपार आनन्दका धाम, रसका समुद्र, भगवानको यो दर्शन, यो साक्षात्कारले हामीलाई जीवनको चरम लक्ष्य, एकमात्र लक्ष्य प्राप्त हुनेछ।

वेदले पनि यस्तै सदा जागिरहनेलाइ नै चाहन्छ र प्राप्त हुन्छ।

हे आत्मा! तँ पनि जाग र वेदलाई प्राप्त गर् । हे आत्मा! तँ पनि जाग तथा ‘सोम’को, शान्ति र आनन्दका निधि वेदपति भगवानलाई प्राप्त गर्।

नमस्ते..!
-(हार्दिक आभार: आचार्य प्रियव्रत वेदवाचस्पति)

‘व्यालेन्टाइन-डे’ को वास्तविकता:

ओ३म्..

‘व्यालेन्टाइन-डे’ को वास्तविकता:

-प्रेम आर्य, दोहा-कतार

आदरणीय देशभक्त तथा राष्ट्रप्रेमी बन्धुहरु..!

हाम्रो देशमा विगत केहि वर्ष देखि यो १४ फरवरीले विशेष महत्व पाउँदै गएको छ। यो आफ्नो कुनै महापुरुषको लागि या आफ्नो कुनै चाड-पर्वको लागि हुन्थ्यो भने त खुशीको कुरो थियो तर यो दिन एउटा यस्तो व्यक्तिको लागि समर्पित गरिएको छ जुन हाम्रो यहाँको थिएन। जहिले देखि हाम्रो देशमा वैश्वीकरणको शुरूवात् भयो त्यति बेला देखि यसको पदार्पण यहाँ पनि भयो।

व्यालेन्टाइन-डे को कहानी यूरोपको हो। त्यहाँको समाजले रखौटी (Kept) मा विश्वास गर्दछ; पत्नि (श्रीमती)मा हैन। यूरोप र अम्रिकामा शायद नै कोहि यस्तो पुरुष या महिला पाइएला जसको एक विवाह भएको होस्। जसको एक पुरुष या एक स्त्री संग मात्र सम्बन्ध रहेको होस्। र यो परम्परा आजको हैन हजारौं वर्ष देखि चलेको परम्परा हो त्यहाँ। हामीले एक आङ्ग्ल शब्द सुनेका छौं “Live in Relationship” यो चलन आजभोलि हाम्रो देशमा पनि नव-अभिजात्य वर्गमा चल्दैछ। यसको मतलब हुन्छ “बिना विवाह पति-पत्नी सरह रहनु”।  यूरोप र अम्रिकामा यो परम्परा आज पनि चल्छ। स्वयं प्लेटो (एक यूरोपीय दार्शनिक) को एक स्त्री संग सम्बन्ध रहेको थिएन। प्लेटोले लेखेकोछ  कि “ मेरा २०-२२ स्त्रिहरु संग सम्बन्ध रहेकोछ” अरस्तुले पनि यही भन्छ, देकार्तेले पनि यही भन्छ र रूसोले त आफ्नो आत्मकथामा लेखेको छ कि “एक स्त्रीका साथ रहनु..! यो त कदापि संभव नै हुन सक्दैन, It’s Highly Impossible” । त्यहाँको समाजमा यहाँको जस्तो एक पति-पत्नीव्रत जस्तो केहि हुँदैन। र यी सबै महान दार्शनिकहरुको भनाइ त यस्तो सम्म छ कि “स्त्री मा आत्मा नै हुँदैन”, “स्त्री त मेच र कुर्सी समान प्रयोगका वस्तु हुन्, जब पुरानो हुन्छ र मन भरिन्छ तब त्यसलाई फालेर नयाँ ल्यायो”। बीच-बीचमा यूरोपमा केहि यस्ता व्यक्ति पनि निस्के जसले यी कुरीतिहरुको विरोध गरे र यस्ता रहन-सहन प्रति कडा टिप्पणी गरे। ति मध्ये कै एक त्यस्ता यूरोपियन व्यक्ति थिए जो आज भन्दा लगभग १५४० वर्ष पहिले रोम मा जन्मेका थिए, उनको नाम थियो व्यालेनटाइन। र यो कहानी ईशाको मृत्युको ४७८ वर्ष पछीको हो।

त्यस महापुरुषको भनाइ थियो कि “हामीहरु (यूरोपवासी) जुन किसिमको शारीरिक सम्बन्ध राख्ने गर्दछौं त्यो कुकुर तथा अन्य पशु भन्दा कत्ति पनि राम्रो छैन। यसबाट यौन-जनित रोग (venereal disease) हुने गर्दछन्। यसलाई सुधार, एक पति-पत्नीका साथ रहने गर, विवाह गरेर बस, शारीरिक संबंध विवाह पछी मात्र शुरू गर” यस्तै-यस्तै शिक्षाप्रद कुरा गर्ने गर्दथे र उनले ति सबैलाई यी सब सिकाउने गर्दथे, भन्ने गर्दथे जो उनलाई भेट्न आउने गर्दथे।

दैनिक उनको प्रवचन र सत्संग यही नै चल्दथ्यो। रोममा घूमि-घूमि यहि संदेश दिने गर्दथे। संयोगले उनि पादरी बने। गिर्जाघरमा आउने हरेकलाई यही कुरो भन्न थाले, कसैले उनि संग सोध्ने गर्दथे कि यो किटाणु तपाइँमा कहाँबाट प्रवेश गर्यो, यो त हाम्रो सारा यूरोपमा कतै पनि छैन? तब मुस्काएर भन्ने गर्दथे कि “आजभोलि मैले वैदिक सभ्यता र दर्शनको अध्ययन गर्दैछु, र मलाई लाग्छ यो परफेक्ट छ, र त्यसैले मैले चाहन्छु कि तपाईहरुले यसलाई मान्नुस”।

कसैले उनको कुरो मान्ने गर्दथे। जसले मान्दथे उनीहरुको सामुहिक विवाह गिर्जाघरमै हुन्थ्यो यो काम व्यालेनटाइनले नै गराइदिन्थे। यसरि उनले सैयौंको संख्यामा विवाह गाराए। त्यस समयमा रोमको राजा क्लौडीयस थियो। त्यति बेला त्यहाँको चक्रवर्ती सम्राट कै श्रेणीमा राख्न सकिन्छ। क्लौडीयसले भन्न थाल्यो कि “यो व्यालेनटाइन नाउ गरेको व्यक्तिले त हाम्रो यूरोपको परम्परा ध्वंस गर्दैछ, हामि बिना विवाह रहनेहरु हौँ, मोज-मस्तीमा डुब्नेहरु हौँ, र यसले मानिसको विवाह गराउंदै घुम्छ, यसले त अपसंस्कृति फैलाउँदैछ, हाम्रो हजारौं वर्ष देखि चलेको संस्कृतिलाई नष्ट गर्दैछ”। क्लौडीयसले आदेश दियो “जाओ व्यालेनटाइनलाई पकडेर ल्याओ” उसका सैनिकले व्यालेनटाइनलाई समातेर ल्याए । क्लौडीयसले ने व्यालेनटाइन संग सोध्यो कि “यो तिमिले के गलत काम गर्दैछौ ? तिमीले अधर्म  फैलाउँदैछौ, अपसंस्कृति ल्याउँदैछौ” । व्यालेनटाइनले भने कि “मलाइ यहि ठीक लाग्छ”, क्लौडीयसले उनको कुनै कुरो सुनेन र उनलाई सुलीमा चढाउने दण्ड सुनायो । आरोप थियो कि यसले युवाहरुको विवाह गराउँछ, मतलब विबाह गराउनु नै दोष थियो।  क्लौडीयसले ति सबैलाई बोलायो जसको विवाह व्यालेनटाइनले गराएका थिए र ति सबैका सामुमा नै  व्यालेनटाइनलाई  ४९८ ई.१४ फरवरीका दिन सुलीमा चढाईयो ।

कसैलाई यो थाहा छ कि छैन कुन्नि पुरा यूरोपमा १९५० ई. सम्म खुला मैदानमा, सार्वजानिक रुपले फाँसी दिने परम्परा थियो। ति युवा-युवतीहरु जसको व्यालेनटाइनबाट प्रभावित भएर विवाह भएको थियो निक्कै दुखी भए र सबै मिलेर व्यालेनटाइनको दुःखद सम्झनामा १४ फरवरीको दिन बाट ‘व्यालेनटाइन-डे’ मनाउन शुरू गरे । त्यस दिन देखि यूरोपमा ‘व्यालेनटाइन-डे’ को प्रचलन चल्यो । यसको मतलब यहि भयो कि व्यालेनटाइन, जसले यूरोपको रखौटीमा विश्वास गर्ने समाजमा वैदिक सभ्यता अनुसारको विवाह गर्नु पर्छ भनेर हिड्थे र विवाह गराईदिन्थे, जसको कारणले उनलाई राजाले फाँसीको सजाय दियो, त्यसैले उनको सम्झनामा ‘व्यालेनटाइन-डे’ मनाउने गरिन्छ ।  यो थियो ‘व्यालेनटाइन-डे’ को इतिहास र यसको आधार ।

अब यही ‘व्यालेनटाइन-डे’ नेपालमा आएको छ, जहाँ विवाह हुनु, एक पति-पत्नी ब्रत रहनु, विवाह पूर्व शारीरिक सम्बन्ध नगर्नु आदि एकदम सामान्य बिषय हुन्। कुन चाहिं असामान्य र अद्भुत बिषय भयो र यो हामीलाई ? यहाँ त यदि कुनै बिना विवाह कै घुम्छ र साथमा बस्छ र बहु पति-पत्नी प्रथामा विश्वास गर्छ भने अथवा विवाह पूर्व नै शारीरिक सम्बन्ध कायम राख्छ भने पो अद्भुत, असहज, असामान्य लाग्छ तर यूरोपमा विवाह हुनु नै सबभन्दा असामान्य बिषय हो ।

अब यो ‘व्यालेनटाइन-डे’ हाम्रा विद्यालय र महाविद्यालयमा पनि पसेको छ र निक्कै धूम-धाम संग मनाउने गरिन्छ । आश्चर्यको कुरो छ कि हाम्रा यहाँका वाल-वालिका, युवा-युवती सबैले बिना सोंच-बिचार कै एकआपसमा ‘व्यालेनटाइन-डे’ का कार्ड आदान-प्रदान गर्दैछन, उपहार बाँड्दैछन्, शुभकामना दिन्छन्..! जो कार्ड छ त्यसमा लेखिएको हुन्छ “Would You Be My Valentine” जसको मतलब हुन्छ “के तिमि म संग विवाह गर्छौ?” । सायद मतलब कसैलाई थाहा हुन्न, ति सम्झन्छन् कि जसलाई हामि प्रेम गर्दछौं, तिनलाई यो कार्ड दिनु पर्छ । त्यहि भएर कसैले त यो कार्ड आफ्ना आमा-बुबालाई, बाजे-बज्यैलाई पनि दिन्छन्, एक-दुई हैन दस-बीस जनालाई यहि कार्ड दिन्छन् । र यो व्यापारमा ठूला ठूला कम्पनिहरु लागेका छन् जसलाई ग्रीटिंग कार्ड बेच्नु छ, जसलाई गिफ्ट बेच्नु छ, जसलाई मिठाइ बेच्नु छ र टेलीविजन च्यानल चलाउनेलाई यसको धुवाँदार प्रचार ।

यो सब कुरो लेख्नुको उद्देश्य केवल यत्ति हो कि यदि नक्कल गर्नु नै छ भने त्यसमा आफ्नो अक्कल अवश्य लगाउने गरौँ । उनिहरुको समाजमा साधारणतया विवाह हुने गर्दैन र जसले विवाह गर्ने गर्दछन् तिनीहरुले नै ‘व्यालेनटाइन-डे’ मनाउँछन् तर हामि नेपाली यहाँ? ! ईश्वरले समय मै सद्‌बुद्धि प्रदान गरुन्..!

अस्तु.

नमस्ते..!

-(हार्दिक आभार: स्व. राजिव दीक्षित)

येशु एक झुटो मसीह हो

ओ३म्..

येशु एक झुटो मसीह हो:-

प्रिय मित्रहरु, हामि सबैले जानेकैछौं कि ईसाईहरुले येशुलाई आफ्नो परम उद्धारक र पाप नाशक मान्दछन्। यसैको आधारमा नै उनिहरुले आफ्नो पाप नाश गर्नको लागि येशुलाई मसीह अर्थात् उद्धारक, ईश्वरपुत्र, मनुष्यपुत्र, स्वर्गदाता, शान्तिदूत, आदि आदि अनेक तथाकथित् नाम लिएर पुकार्ने गर्दछन्। यसकै आधारमा येशुलाई पाप नाशक, मुक्तिदाता र स्वर्गदाता सम्झेर अनेकौं हिन्दुहरुलाई आफ्नो सनातन वैदिक मान्यता परित्याग गर्न लगाएर उनलाई स्वर्गको भेडो बन्न विवश गर्दैछन्। येशुको पिछलग्गू बनाइ दिन्छन्। नतीजा यहि हुन्छ कि हिन्दू समाजका अनेकौं नर-नारीहरु आफ्नो वैदिक सनातन मान्यता त्याग गरि मात्र स्वर्गको झुटो लालचमा फसेर येशुको पछी दौडिन्छन्। सोंच्नु पर्ने कुरो छ कि ईसाईहरु जसले यस्तो षड्यंत्र रच्दैछन् की येशु बाट नै पाप मुक्ति हुनेछ र येशुलाई मान्ने मात्र स्वर्गमा प्रवेश गर्नेछ, के यो वास्तवमा यस्तो होला त ? यो कसैले सोंची-सम्झी गरेको एक योजनावद्ध षड्यंत्र हो अथवा सत्य ? के साँच्चिकै स्व-धर्म त्यागेर मात्र मनुष्य केवल भेडा सरि बन्नाले स्वर्गको प्राप्ति हुन सक्छ ? के भन्छ त यिनको बाइबलले ?

बाइबलका अनुसार सच्चा मसीहलाई पहिचान गर्नको लागि बाइबलमा केहि भविष्यवाणि गरिएको थियो। जो ति भविष्यवाणि संग मेल खाने चरित्र होला त्यहि नै मसीह हुनेछ। र उक्त भविष्यवाणि संग मेल नखाने जो चरित्र हुनेछ त्यो झुटो तथा छद्मरुपी मसीह हुनेछ। यस्ता मसीह अनेकौं आउनेछन्, जसले स्वयम्लाई मसिह र पाप नाशक भन्नेछन्। तर मानिसहरु सावधान रहेर सच्चा मसीह प्रति मात्र विश्वास गर्नु पर्नेछ। जसले झुटो तथा छद्मरुपी मसीह प्रति  विश्वास गर्नेछ त्यो पापी नै मानिनेछ। ऊ कदापि स्वर्ग जान सक्नेछैन। यो  बाइबलको भनाइ हो।

आउनुहोस्, यसप्रति यहाँ एक नजर लगाउँ-  जुन येशु प्रति विश्वास गरेर लुते-ईसाईहरुले हाम्रा हिन्दुहरुलाई विविध प्रलोभनमा पारि फकाई-फुलाई बहकाएर उनको सनातन वैदिक मान्यता परिवर्तन गराउँदै छन्, त्यो येशु के वास्तवमा बाइबलका आधारमा मुक्तिदाता हो ? के साँच्चिकै यहि येशु नै मसीह हो ? के साँच्चिकै येशुलाई विश्वास गर्नाले मनुष्य स्वर्ग जानेछ ? कहीं यो कुनै आडम्बर, अन्धविश्वास या षड्यंत्र त हैन ?

आउनुहोस्, यसमा पनि एक नजर लगाउँ कि के यो येशु त्यहि मसीह हो जो ईश्वरको पुत्र हो? के यो त्यहि मसीह हो जो मनुष्यहरुलाई पाप मुक्त गरेर स्वर्गको सुख शांति तथा आनन्द दिनेछ? यसमा मुख्यरूपले तीन भविष्यवाणिहरु छन्, जस द्वारा सच्चा मसीहलाई चिन्न सकिनेछ तर “येशु” यी मुख्य तीनै भविष्यवाणिहरु संग मेल खाँदैन। हेर्नुहोस्-

पहिलो भविष्यवाणी:- “ हेर, कन्‍येकेटीको गर्भ रहनेछ र तिनले छोरो पाउनेछिन्। अनि मानिसहरूले उहाँलाई इम्‍मानुएल भन्‍नेछन्।” इम्‍मानुएल भनेको चाहिँ परमेश्‍वर हामीसित हुनुहुन्‍छ।”। (मत्ती अध्याय १-२३/ यशैया-७/१४)

यस भविष्यवाणीमा भनिएको छ एक कन्या केटि गर्भवती हुनेछ र एक पुत्र जन्मिनेछ, उसको नाम “इम्मानुएल” राखिनेछ। तर सच्चाई यहि हो कि “येशु” लाई पूरा बाइबल भरिमा कहीं पनि कसैले पनि यहाँ सम्म की उसका माता पिता (?)ले पनि उसलाई “इम्मानुएल” नामले पुकारेका छैनन्। न यस बालकको नाम  “इम्मानुएल” नै राखियो। अर्को हेर्नुहोस- “तर मरियमले छोरो नजन्‍माउञ्‍जेल उनले तिनीसित सहवासचाहिँ गरेनन्। मरियमले छोरा जन्‍माएपछि योसेफले ती बालकको नाउँ येशू राखे ।”(मत्ति-१/२५)

दोस्रो भविष्यवाणी:-  “त्‍यो सुसमाचारचाहिँ परमेश्‍वरका पुत्र हाम्रा प्रभु येशू ख्रीष्‍टको बारेमा हो। उहाँ मानिस भएर हाम्रा राजा दाऊदकै वंशमा जन्‍मिनुभयो।” (रोमियो अध्याय १/३)

“हे मेरा दाजुभाइ हो, हाम्रा पुर्खा दाऊदका बारेमा म सफासँग भन्‍न सक्‍छु। तिनी मरे र तिनको लाशलाई चिहानमा राखियो अनि त्‍यो चिहान अझै पनि हामीसँगै छ ।” (प्रेरित-२/२९)

“तर दाऊद अगमवक्ता थिए र उनकै सन्‍तानमा एक जना उनको सिंहासनमा बस्‍नेछन् भन्‍ने कुरा उनलाई थाहा थियो ।   परमेश्‍वरले उनीसँग यो प्रतिज्ञा गर्नुभएको थियो ।” (प्रेरित-२/३०)

यहाँ स्पष्ट छ, भविष्यवाणी भएको थियो की दाऊदको वंशबाट खास गरेर “शारीरिक वंशज” अर्थात् दाऊदको वंशमा  संतानोत्पत्ति (शारीरिक सम्भोग द्वारा उत्पन्न) हुनेछ र त्यो मसीह हुनेछ । तर हाम्रा लुते ईसाईहरुले त भन्छन् कि मरियम कन्या अवस्थामा नै गर्भवती भई ? यसको मतलब मरियमका साथ शारीरिक सम्भोग भएन । फेरी  दाऊदको वंशज जो सिंहासनमा बस्नु पर्ने थियो भने त्यो येशु कसरि ?

तेस्रो भविष्यवाणी:- “आफ्‍ना कुराको निर्णय आफैंले गर्न सक्‍ने उमेर भएपछि उसले दूध र मह खानेछ। त्‍यसको अघि नै तिमीलाई तर्साउने दुई राजाहरूका देश उजाड हुनेछन्।” (यशैया-७/१५-१६)

यहाँ भविष्यवाणीमा भने अनुसार जब त्यो मसीहले परिपक्वता तथा सिद्धि प्राप्त गर्नेछ त्यसभन्दा पहिले नै यहूदिहरुका दुवै देश तहस-नहस र बर्बाद हुनेछन्। बाइबलको नयाँ करारमा यस भविष्यवाणीको बारेमा कुनै खबर छैन। अर्थात्, येशुले जब सिद्धि पायो तब यहूदिहरुका दुवै देश बर्बाद भएको बारेमा नयाँ करार चुप छ।

यी सबै मुख्य तीन भविष्यवाणिहरु बाट यहि सिद्ध हुन्छ कि लुते-ईसाई समाजले कुन येशु लाई ईश्वरपुत्र, पापनाशक, र स्वर्गदाता भन्ने गर्दछन् र मान्दछन्, त्यो येशु त बाइबल कै आधारमा मसीह सिद्ध हुन सक्दैन भने फेरी किन हिन्दुहरुलाई मुर्ख बनाएर उनको धर्मभ्रष्ट गर्दैछन्? किन स्वर्गको लालच दिन्छन् ?

हे लुतेपन्थी ईसाई मित्र हो! यो यहि कडीको पहिलो भाग हो यसको अर्को भाग आगामी दिनमा अवस्य पढ्न पाइएला जसमा खण्डन हुनेछ ईसाईहरुको उक्त षड्यंत्रको जसमा जबरदस्ती येशुलाई मसीह सिद्ध गर्ने चाल ईसाई मिशनरीले चल्दैछ र मनुष्यलाई ईश्वर-भक्ति तथा वैदिक मार्गमा चलाउनुको साटो शैतानको मार्गमा चलाउने षड्यंत्र गर्दैछ। अझैं पनि समय छ, मनुष्य जीवनको उद्देश्य पूरा गर र पूरा पूरा लाभ उठाऊ, धर्म तथा वेदको मार्गमा आउ.. मेरा प्यारा सम्मानका योग्य नवईसाई बन्धुहरुहो! भेडो भन्नु भन्दा त उत्तम छ कि मनुष्य मात्र बनेर बस..!

वेदमार्गी बन त जीवन सुन्दर र यो धर्ति स्वयं स्वर्ग बन्नेछ…! अस्तु

नमस्ते..!

-(हिंदी लेखक : रजनीश/ अनुवादक: प्रेम आर्य)