Category Archives: नेपाली

मनलाई नियन्त्रण कसरि गरौँ ?

ओ३म्..

मनलाई नियन्त्रण कसरि गरौँ ?

एक प्रसिद्ध सूक्ति छ- मन नै बंधनको कारण हो र मन नै मुक्तिको कारण पनि। मनलाई दुष्ट घोडाको उपमा लिइएको छ, जुन अनियंत्रित भएर कुमार्गमा दौडन्छ र स्वयंको तथा सवारीको पनि हानि गर्दछ। त्यस्तै अनियंत्रित मनले पनि प्राणीलाई संकटमा पार्दछ।

यस्तो चंचल मनलाई कसरि नियंत्रण गर्ने? यसलाई नियंत्रण गर्ने दुई वटा मार्ग छन्  – या त यसको दमन गर्ने या यसको मार्ग नै बदलदिने। जुन वस्तुलाई दमन गरिन्छ, त्यो कालांतरमा नि:सत्व हुन्छ। कुनै पनि पदार्थलाई हातमा लिएर दबाइयो भने त्यसको सारतत्व निस्कन्छ। मनलाई निस्सार त गर्नु छैन। यस्तो गर्नाले ऊ बलहीन हुनेछ र मनोबल क्षीण हुनाले साधना र आराधना पनि गर्न सक्दैन।

मन कै कारणले हामि मनुष्य छौं। मनले गर्दा नै चिंतन-मननको पनि सामर्थ्य हामीमा छ। मनलाई वशमा गर्ने सबभन्दा सरल उपाय हो – उसको दिशा नै बदल्दिने। जो मन विकार तिर जाँदैछ, उसलाई सद्विचार तिर मोडिदिने। यो दिशा-परिवर्तन गर्नु नै मनमा विजय पाउनु हो। पदार्थहरु तिरको आसक्तिले नै मनुष्यलाई दिग्भ्रमित गर्दछ। पदार्थ प्रति आकृष्ट हुँदा असल-खराब तथा लाभ-हानिको विवेक लुप्त हुन्छ। केवल जो प्राप्त छैन त्यसलाई प्राप्त गर्ने र जो प्राप्त छ, त्यसको संरक्षण गर्ने लालसा प्रबल हुन्छ।

अत: मनलाई वशमा गर्ने प्रथम उपाय हो सत्को संगति, जो सत्य छ, त्यसको साथमा रहने। अयथार्थको साथमा रहनेहो भने हामि पनि अविश्वसनीय बन्नेछौं। सत्संगमा सत्को अर्थ हो श्रेष्ठ, उत्तम वा राम्रो। यसको आशय यही हो कि हामि त्यस्ता व्यक्तिहरुको संगतिमा रहौं जो श्रेष्ठ छन्, जसको चरित्र, व्यवहार या आचरण श्रेष्ठ छ।

एकपटक केशी श्रमणले गौतम गणधर संग सोधेका थिए- “तपाइको मनले तपाईलाई दुष्ट अश्व झैं उन्मार्ग तिर किन लैजान्न?” गौतमले भने- “मैले आफ्नो मनलाई धर्म शिक्षा द्वारा निगृहीत गर्ने गर्दछु र शास्त्र ज्ञान रूपी रसिले उसलाई कसेर बाँध्छु, त्यसैले ऊ उन्मार्ग तिर जान पाउँदैन।”

ज्ञानीहरुको भनाइ छ कि मनमा सीधा आक्रमण नगर। यस्तो गर्नाले मन हाम्रो हातबाट पारो जस्तै फुस्किन्छ र हामीले हात मलिरहनेछौँ। मनुष्यलाई प्रवृत्त गर्नको लागि मन, वचन र काया रूपी तीन योग भनिएको छ। यिनमा मन सूक्ष्म छ, यो भन्दा स्थूल वाणी या वचन छ र यो भन्दा पनि स्थूल हाम्रो काया, शरीर छ। यस काया भन्दा पनि स्थूल छ त्यो आहार जसबाट हाम्रो शरीरको निर्माण हुन्छ। वैदिक पद्धति यहि छ कि स्थूल देखि सूक्ष्म तिर अघि बढ। सबभन्दा स्थूल हाम्रो आहार हो। त्यसैले सर्वप्रथम आफ्नो आहारमा विजय प्राप्त गरौँ। यदि आहारलाई शुद्ध र सात्विक बनाउन सफल भयौं भने मनमा विजय पाउने दिशामा एक कदम अघि बढ्नेछौं।

‘जस्तो खान्छौं अन्न, त्यस्तै हुन्छ मन’ यो भनाइ निरर्थक छैन। आहार भन्दा सूक्ष्म छ हाम्रो काया। आहार विजय पछी शरीरलाई साधौँ , यसलाई नियंत्रणमा लिउँ। विविध प्रकारका आसन-प्राणायाम-व्यायाम आदिको विधान कायालाई साध्नको लागि नै बनाइएको हो। यसबाट शरीरको चंचलता कम हुन्छ, यसको असर मनमा पर्नेछ। काया भन्दा सूक्ष्म छ वाणी या वचन र यो भन्दा सूक्ष्म छ हाम्रो मन। वाणीमा नियंत्रण भयो भने त मन स्वत: वशमा हुनेछ। तर हामीले विपरीत क्रमले पुरुषार्थ गर्ने गर्दछौं- सर्वप्रथम मनलाई जित्ने प्रयत्न गर्दछौं र यहीं नेर मात खान्छौं। यदि अर्को ढंगले कोशिश गरियो भने मन दुर्जेय रहदैन। उसको शत्रुभाव पनि समाप्त हुनेछ, उसले हामीसंग मित्रवत व्यवहार गर्नेछ। अस्तु..

नमस्ते..!

(प्रेम आर्य, दोहा-कतार)

पुराणले केहि भन्दैछन्…

ओ३म्..!

पुराणले केहि भन्दैछन्

-प्रेम आर्य, दोहा-कतार

के पौराणिकहरुले सुन्लान् ? के सुनेर केहि विचार गर्लान् ?? र के विचार गरेर स्वीकार पनि गर्लान् ???
त्यसो त हमेशा आर्य समाजीहरुले नै पुराणको विरुद्ध लेख्ने गर्दछन्। लेख्नाको कारण कुनै द्वेष हैन अपितु आफ्ना प्रिय बन्धुहरुलाई वेद मार्गी बनाउनु हो।
वेद मार्गी बन्नाले हिन्दु दाजु-भाईहरु विशेषगरि पौराणिकहरु संगठित होलान् जसले गर्दा एक ईश्वरको उपासना होला र नित्य नयाँ-नयाँ ईश्वर बन्न बाट रोक्न सकिएला।

पढेर हो या त्यसै अनुमान गरेर या कसैले भनेको सुनेर हो कुन्नि उनीहरुले भन्ने गर्दछन् कि पुराण वेदानुकुल नै छन्। तर पुराणहरु वेदानुकुल छन् भन्नु र मान्नुमा त्यति नै सत्यता छ जति पिठोमा नुन। नुनको पनि आफ्नै महत्व छ | यहाँ यस लेखमा पौराणिक बन्धुहरुलाई त्यहि पुराणको वेदानुकुल नुनको अलिकति स्वाद चखाउने प्रयास गरिनेछ।

सुरुमा अलिकति टर्रो या तितो अथवा भनौं बुक्लो पिठो बुकाएको जस्तो लाग्न सक्ला तर आशा छ कि सत्यप्रिय महानुभावहरुले यसलाई अवश्य चाख्नुहुनेछ।

पौराणिक समाजले प्रायः ईश्वरलाई जन्म लिने अर्थात् समय समयमा अवतार लिने भनेर मान्दछ। तर जसको जन्म हुन्छ उसको मृत्यु पनि निश्चित् छ र जो जन्म मृत्युको चक्रमा फस्छ, त्यो कस्तो ईश्वर होला? जो जम्निन्छ र जसले अवतार लिन्छ, त्यो सर्वव्यापक कदापि हुन सक्दैन। पुराणमा त्यस्ता थुप्रै विरोधाभाष कथा-कुथुंग्री र श्लोकहरु छन्। तिनको उक्त मान्यतालाई मिथ्या सावित गर्ने श्लोकहरु पनि ठाउँ-ठाउँमा छन्, जस्तै:

पौराणिकहरुको यस मिथ्या मान्यतालाई चोट गर्दै लिंग पुराण अ० २ को श्लोक २०ले ईश्वरलाई अजन्मा भन्दै छ:-
“प्रधानपुरूषोतीतं प्रल्योत्त्पत्तिवर्जितम् ||”
अर्थात्, परमात्मा प्रकृति र जीव भन्दा पर तथा उत्तपत्ति र विनाश रहित छ।।

पौराणिक समाजले जहाँ ईश्वरलाई जन्म लिने र साकार पनि मान्दछ तर उनको लागि उनकै विष्णु पुराण ४.१.८४ को श्लोक बडो महत्वको छ-
कलामुहूर्तादिमयश्च कालो न यद्विभूतेः परिणामहेतुः

 अजन्मानाशस्य सैदकमूर्तेरनामरूपस्य सनातनस्य।।
अर्थात्, कला, मुहूर्त्त आदिमय काल पनि जसको विभूतिको परिणामको कारण हुन सक्दैन, जसको जन्म र मरण हुँदैन, जो सनातन र सर्वदा एक रूप छ तथा जो नाम रूप बाट रहित।।

शिवपुराण वासुसंहिता अ० ४को श्लोक ८७ले पनि पौराणिकको साकार मान्यतामा चोट गर्दै भन्दछ-
अचक्षुरपि यः पश्यत्यकर्णोSपि श्रृणोति यः

सर्वं वेत्ति न वेत्तास्य तमाहुः पुरूषः परम्।।
अर्थात्, आँख बिना नै उसले देख्छ, कान बिना पनि सुन्छ, उसले सबलाई जान्दछ, उसलाई पूर्णतः कसैले जान्न सक्दैन, त्यसैलाई परम पुरूष भनिन्छ।

उपर्युक्त प्रमाण बाट सिद्ध भयो कि पुराणले पनि ईश्वरलाई निराकार स्वीकार गरिसक्यो। र जो निराकार छ, उसको प्रतिमा या मूर्ति कसरि? जसले ईश्वरलाई मूर्ति मानेर पूजन गर्दछन् र उसलाई जल-स्थान आदि तथाकथित तिर्थहरुमा खोज्न जान्छन् यस्ता अन्धा र अधमहरुलाई भागगवत पुराण १०.८४.१३ मा गधा भनिएको छ

यस्यात्मबुध्दिः कुणपे त्रिधातुके स्वधी कलत्रादिषु भौम इज्यधीः

यत्तीर्थबुध्दिः सलिले न कर्हिचिज् जनेष्वभिजेषु स एव गोखरः।।
अर्थात्, वात-पित्त-कफ तीनै मल बाट बनेको शरीरमा आत्मा बुध्दि, स्त्री आदि मा स्वबुध्दि, पृथ्वी बाट नेको मूर्तिमा पूज्य बुध्दि र पानीमा तीर्थ बुध्दि गर्दछ त्यो गधा हो।।

देवीभागवत पुराण शाक्तहरुको मूल ग्रन्थ हो। मूर्ति पूजा र तीर्थका सम्बन्धमा देवी भागवत पुराणलर ९.७.५२मा निक्कै महत्त्पूर्ण कुरो भनेको छ-
न ह्यम्मयानि तीर्थानि न देवा मृच्छिलामयः

ते पुनन्त्युरू कालेन, विष्णुभक्ताः क्षणादिह।।
अर्थात्, पानीको तीर्थ हुँदैन, माटो र पत्थरको देवता हुँदैनन्, तिनले कुनै कालमा पवित्र गर्दैनन्, प्रभुले भक्तलाई यस संसारमा क्षणभरमा पवित्र गर्दिन्छ।

माथि पुराणका केहि यस्ता श्लोकहरु राखियो जुन वेदानुकूल छन् र वेद ईश्वरवाणी हुनाले परम प्रमाण हो अतः पौराणिक बन्धुहरुले गम्भीरता पूर्वक विचार गर्नु पर्दछ। र जसले अब पनि आफ्नो मनपरी गर्दछन्, त्यस्ता पौराणिक पण्डितहरुको लागि भागवत महात्म्य अ० १ श्लोक ७५ ले जे भन्दछ त्यो वास्तवमा गम्भीर छ-
 पण्डितास्तु कलत्रेण रमन्ते महिषा इव

पुत्रस्योत्पादने दक्षा अदक्षा मुक्तिसाधने।।
अर्थात्, पण्डितहरुको यो दशा छ कि ति आफ्ना स्त्रिहरुका साथ राँगो सरह रमण गर्दछन्, उनमा सन्तान पैदा गर्ने मात्र कुशलता पाइन्छ, मुक्ति साधनमा सर्वथा अकुशल छन्।।

यो लेख लेख्नाको उद्देश्य कसैको कुनै भावनामा ठेस पुर्याउनु नभएर वैदिक मान्यताहरुको दर्शन गराउनु हो जसलाई आर्य समाजले मान्दछ

पौराणिहरुले आर्य समाजलाई आफ्नो शत्रु मान्नु स्वयं आफ्नै साथ छल गर्नु हो। आर्य समाजीको ईश्वर भक्ति, र राष्ट्र भक्ति माथि संशय गर्न सकिन्न । अस्तु..

नमस्ते..!

..योग र यसका अंग-०९

ओ३म्..

..योग र यसका अंग: (अन्तिम भाग)

संयमजयको फल
==================

“तज्जयात्प्रज्ञालोकः।।” (योगदर्शन ३/५)

माथि संयमको बारेमा भनिएको छ, संयम-जय सम्यक् अभ्यस्त हुनाले योगीको समाधिजन्य प्रज्ञा (बुद्धिको आलोक) प्रकाश प्रकट हुन्छ, अर्थात् स्वच्छ एवं सूक्ष्म हुनाले प्रज्ञा विकसित हुन्छ।

व्यास भाष्यः “तस्य संयमस्य जयात् समाधिप्रज्ञाया भवत्यालोको यथा यथा संयमः स्थिरपदो भवति तथा तथेश्वर प्रसादात् समाधिप्रज्ञाविशारदी भवति।”

अर्थः पूर्वोक्त सूत्रोक्त संयम-जय अभ्यस्त हुनाले समाधि-प्रज्ञा अर्थात्, समाधिजन्य प्रज्ञा बुद्धिको आलोक (प्रकाश) दीप्त हुन्छ र जसै-जसै संयम स्थिर पद राम्रो प्रकारले अभ्यस्त हुन्छ, त्यसै-त्यसै ईश्वरको अनुग्रहले समाधिजन्य प्रज्ञा विशारदी निर्मल तथा सूक्ष्मविषयलाई पनि शीघ्र ग्रहण गर्न सक्ने हुन्छ।

संयमको उत्तरवर्ती दशाहरुमा उपयोग

“तस्य भूमिषु विनियोगः ।।” (योगदर्शन: ३/६)

सूत्रार्थः ति पूर्वावस्थाहरुमा अभ्यस्त संयमलाई उत्तरवर्ती अतिशय उन्नतदशाहरुमा उपयोग गर्नु पर्छ।

व्यास भाष्यको अभिप्रायः

त्यो संयम जसले योगसाधना भूमि अर्थात्, अवस्था विशेषलाई जितीसकेको छ, अर्थात् अभ्यास गरिसकेको छ, त्यसले अनन्तर (व्यवधान रहित) अतिशय निकट क्रमप्राप्त अगाडिका अवस्थाहरुमा विनियोग (उपयोग) लिनु पर्छ। किनकि निम्न अथवा प्रथम भूमि (अवस्थाहरु) नजितेर त्यसको उत्तरवर्ती भूमिको उल्लंघन गरेर (नजितेका प्रान्तभूमि) अत्युच्च सूक्ष्म भूमिहरुमा संयम गर्न सकिन्न र उक्त संयम बिना योगीलाई प्रज्ञालोक (समाधिजन्य बुद्धि) को प्रकाश कसरि प्राप्त हुन सक्ला? र ईश्वरको अनुग्रहले यदि योगीले उत्तर भूमि (उच्च दशा) मा संयमको अभ्यास गरिसकेको छ भने त्यसले निम्न परचित्त (ज्ञानादि अवस्थाहरु) मा संयम गर्नु उपयुक्त छैन। अर्थात्, उन्नत दशा प्राप्त भएर अधर दशामा संयम गर्नु व्यर्थ छ। यसको कारण यहि हो कि उक्त प्रयोजनले अधारभूमिमा  संयम गर्नुको संयम भन्दा भिन्न उपाय ईश्वरानुग्रहले नै बोध अथवा सिद्धि हुन्छ  र यो जान्नको लागि यस भूमि (दशा) को अनन्तर भूमि कुन चाइ हो, यस विषयमा योगको अभ्यास नै उपाध्याय अथवा गुरु हुन्छ।  यसको कारण यस्तो भनिएको छ:-

“योगेन योगो ज्ञातव्यो योगो योगात् प्रवर्तते।
यो अप्रमत्तस्तु योगेन स योगे रमते चिरम्।।”

योग बाट नै योगलाई जान्नु पर्दछ । योगको अभ्यास बाट नै योग अगाडी बढ्दछ। जुन योगीले योग-साधनहरुमा प्रमाद गर्दैन अर्थात् सदा अभ्यास गर्दछ, ऊ योगाभ्यासरूपी गुरु संग योगसाधनामा दीर्घकाल सम्म रमण गर्दछ। अस्तु..

नमस्ते..!

-(हार्दिक आभार: शिशु संस्कृतम्)

प्रेम आर्य

दोहा, कतार बाट

..योग र यसका अंग-०८

ओ३म्..

..योग र यसका अंग-०८

(७) ध्यान
===========
ध्यान केलाई भनिन्छ?

“तत्र प्रत्ययैकतानता ध्यानम्।।” (योगदर्शन: ३/२)

धारणा पछी त्यहि देशमा ध्यान गर्न र आश्रय लिन योग्य जुन अन्तर्यामी व्यापक परमेश्वर छ, उसको प्रकाश र आनन्दमा अत्यन्त विचार र प्रेमभक्तिका साथ यस प्रकारले प्रवेश गर्नु जसरि समुद्रको बीचमा नदी प्रवेश गर्दछ। त्यस समयमा ईश्वरलाई छोडेर कुनै अन्य पदार्थको स्मरण नगर्नु तर त्यहि अन्तर्यामीको स्वरूप र ज्ञानमा मग्न हुनु, यसैको नाम ध्यान हो।

व्यास भाष्यः “तस्मिन्देशे ध्येयालम्बनस्य प्रत्ययस्यैकतानता सदृशः प्रवाहः प्रत्ययान्तरेणापरामृष्टो ध्यानम्।।”

अर्थः- ति देशहरुमा अर्थात् नाभि, हृदय, नेत्र, नासिकाग्र, जिह्वाग्र इत्यादिमा ध्येय जुन परम-आत्मा छ, उस् आलम्बन तिर चित्तको एकतानता अर्थात् परस्पर दुवैको एकता, चित्त आत्मा भन्दा भिन्न नरहोस् तथा आत्मा चित्त भन्दा पृथक् नरहोस, उसको नाम ‘सदृश प्रवाह’ हो। जब चित्त चेतन संग नै युक्त रहोस्, अन्य प्रत्यय (कुनै पदार्थान्तर) को स्मरण न रहोस्, तब जान्नु कि ध्यान ठीक भयो।

प्रश्न: मूर्त (भौतिक) पदार्थ बिना ध्यान कसरि हुन सक्ला ?

उत्तरः- संसारमा कैयौं यस्ता पदार्थ छन्, जसको कुनै आकार हुँदैन, तर उनको अस्तित्व पनि छ र महसूस (अनुभव) पनि। उदाहरणको लागि – शब्दको आकार हुँदैन, तर पनि शब्द ध्यानमा आउँछ। यसै प्रकारले आकाशको कुनै आकार हुन्न, तर पनि आकाशको ज्ञान हुन्छ। जीवको आकार छैन, तर पनि जीवको ध्यान हुन्छ। ज्ञान, सुख, दुःख, इच्छा, द्वेष, प्रयत्न यी नष्ट हुनासाथ जीव निस्कन्छ, यो कुरो एक साधारण व्यक्तिले पनि बुझ्न सक्छ। साकारको ध्यान कसरि गर्ने? साकारका गुणहरु ज्ञानाकार हुँदा सम्म ध्यान बन्दैन अर्थात् संभव हुन्न कि ज्ञान भन्दा पहिले ध्यान होस्। एक सूक्ष्म परमाणुको पनि अधम, उत्तम र मध्यम यस्ता अनेक विभाग ज्ञान-बल बाट कल्पनामा आउँछन्। अब कसैले सोधोस कि मुट्ठीमा के छ? तब विदित हुँदा सम्म बन्द मुट्ठी तिर हेरेर मात्र केवल त्यस पदार्थको ध्यान कसरि गर्ने? प्रत्यक्ष बाहेक त्यस पदार्थलाई जान्नको लागि अन्य पनि दृढ एवं सबल उपाय छन्।जस्तै अनुमान। अभिप्राय यहि हो कि प्रत्यक्षका अतिरिक्त अनुमान बाट पनि पदार्थलाई जान्न सकिन्छ। त्यस्तै दृढतर रूपमा परमात्मालाई जानेर उपासना गर्नु पर्दछ। सांसारिक पदार्थहरुमा ध्यान गर्नाले मन सांसारिक पदार्थहरुमा नै लागिरहन्छ। परमात्मामा चित्तको दृढता हुँदैन, ध्यान सफल हुँदैन र मन बेचैन रहन्छ। अतः आवश्यकतायहि कुराको छ कि परमपिता परमात्माको नै उपासना गरियोस्।

प्रश्न: यद्यपि परमात्मा निराकार छ तथापि ध्यानको लागि कुनै सांसारिक मूर्तिको आवश्यकता त हुन्छ नै। अतः ध्यानको लागि कुनैआधार त चाहियो नि।

उत्तरः- जब परमात्मा निराकार, सर्वव्यापक, सर्वन्तर्यामी छ भने उसको मूर्ति कसरि बन्न सक्ला? जसलाई यो आभास छ कि मूर्तिलाई देखेर नै परमेश्वको स्मरण हुन्छ, यो विचार तर्कहीन, आधारहीन र तथ्यहीन छ। किनकि यदि उक्त मूर्ति समिपमा भएन भने कोहि व्यक्ति एकान्त पाएर चोरी, जारी आदि कुकर्म (आजकल व्यभिचार, बलात्कार पनि) गर्नमा प्रवृत्त हुन सक्छ। किनकि यस्ता कुकर्म गर्नेहरुले यहि सोंच्ने गर्दछन कि यस समय यहाँ उसलाई देख्ने कोहि पनि छैन, त्यसैले ऊ यो अनर्थ कार्य गर्न प्रवृत्त हुन्छ। जसले पाषाण आदि मूर्तिहरुलाई नमानेर सर्वदा सर्वव्यापक, सर्वान्तर्यामी, न्यायकारी परमात्मालाई सर्वत्र जान्छ र मान्छ त्यो व्यक्तिले कुकर्म, कुचेष्टा गर्दैन।

प्रश्न:- जब कुनै मूर्तिमान् वस्तु (चाहे त्यो जेसुकैको होस्) मानिदैन भने ध्यान कसको गर्ने ?

उत्तर: – कुनै वस्तु मानेर ध्यान गर्नु हुँदैन। ईश्वर सर्वशक्तिमान्, सर्वसृष्टिकर्त्ता, सृष्टिलाई एक क्रममा चलाउने, नियन्ता, पालनकर्त्ता र यस्ता अनेक ब्रह्माण्डहरुको स्वामी र नियन्ता हो। यस्ता-यस्ता असंख्य गुणहरु तथा उसको महिमा स्मरण गरेर आफ्नो चित्तमा उसको महत्ताको ध्यान गर्नु पर्दछ। अर्थात् यसै प्रकार समस्त विशेषणहरुले युक्त परमेश्वको स्मरण गरेर उसको ध्यान गर्नु पर्दछ र उसको अपार महिमाको वर्णन गर्नु पर्दछ। यहि नै ध्यान हो।

(८) समाधि

===================

समाधि केलाई भनिन्छ?

“तदेवार्थमात्रनिर्भासं स्वरूपशून्यमिव समाधिः।।” (योगदर्शन: ३/३)

सूत्रार्थः- माथि ध्यानको वर्णन गरियो। त्यो ध्यान नै ध्येय वस्तु मात्रको प्रतीत हुनु र आफ्नो स्वरूप शून्य जस्तो भान हुनु समाधि हो।

ऋग्वेदादी भाष्य भूमिका:- जसरि अग्निको भट्टीमा तपाएको फलाम पनि अग्नि रूप देखिन्छ, त्यसै प्रकार परमेश्वरको ज्ञानमा प्रकाशमय भएर आफ्नो शरीरलाई पनि बिर्सेर परमेश्वरको प्रकाशस्वरूप आनन्द र ज्ञानमा परिपूर्ण हुनु लाई समाधि भनिन्छ।

ध्यान र समाधिमा अन्तर: यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान यी सात अंगहरुको फल समाधि हो।

जब ध्याता, ध्यान र ध्येय यी तीनको पृथक् भाव रहेन भने तब जान्नु कि समाधि सिद्ध भयो।

 “ध्यानसमाधयोरयं भेदः ध्याने मनसो ध्यातृध्यानध्येयाकारेण विद्यमाना वृत्तिर्भवति, समाधौ तु परमेश्वरस्वरूपे तदानन्दे च मग्नः स्वरूपशून्य इव भवति।”

ध्यान र समाधिमा यत्तिनै भेद छ कि ध्यानमा ध्यान गर्नेले जुन मनले जुन वस्तुको ध्यान गर्दछ, ति तीन विद्यमान रहन्छन्। तर समाधिमा केवल परमेश्वरको आनन्दस्वरूप ज्ञानमा आत्ममग्न हुन्छ, त्याहाँ तीनको भेदभाव रहँदैन। जसरि मनुष्य जलमा डुब्की मारेर केहि समय भित्र नै रोकिन्छ, त्यस्तै झैं जीवात्मा परमेश्वरको बीचमा मग्न भएर पुनः बाहिर आउँछ।

व्यास भाष्यः- “ध्यानमेव ध्येयाकारनिर्भासं प्रत्ययात्मकेन स्वरूपेण शून्यमिव यदा भवति ध्येयस्वभावावेशात् तदा समाधिरित्युच्यते।।” (योगदर्शन:३/३)

संयम केलाई भनिन्छ?

“त्रयमेकत्र संयमः” (योगदर्शन:३/४)

जुन देश (स्थान) मा धारणा गरिन्छ, त्यसैमा ध्यान र समाधि अर्थात् ध्यान गर्न योग्य परमेश्वरमा मग्न हुनुलाई संयम भनिन्छ। जुन एकै कालमा तीनको मेल हुनु हो, अर्थात् धारणा बाट संयुक्त ध्यान र ध्यान बाट संयुक्त समाधि हुन्छ। यसमा नितान्त सूक्ष्म कालको भेद रहन्छ, तर जब समाधि हुन्छ तब आनन्दका बीच तीनको फल एकै हुन्छ।

व्यास भाष्य: “तदेतद्धारणाध्यानसमाधित्रयमेकत्र संयमः। एकविषयाणि त्रीणि साधनानि संयमः इत्युच्यते। तदस्य त्रयस्य तान्त्रिकी परिभाषा संयम इति।।”

अर्थः- धारणा, ध्यान र समाधि तीनैको एक विषयक हुनु नै संयम हो। यी तीन साधनहरुको एक शास्त्रीय परिभाषा संयम हो। अर्थात् योगशास्त्रमा  संयम शब्दले धारणा, ध्यान र समाधिको सम्मिलित रूपको बोध हुन्छ।

क्रमशः….

येशु परम ज्ञानी हैन, महा मूर्ख थियो.!

ओ३म्..!

येशु परम ज्ञानी हैन, महा मूर्ख थियो..!

येशु मांसाहारी थियो, मदिरा सेवन गर्ने गर्दथ्यो र झुटो पनि बोल्ने गर्दथ्यो। हाम्रो वैदिक धर्म र संस्कृति मान्ने समाजले यो कदापि स्वीकार गर्न सक्दैन कि उसको परम श्रेष्ठ पुरुष मांसाहारी होस्, मदिरा सेवी होस् र झुटो बोल्ने गरोस्। जसमा यत्ति पनि करुणा नहोस् कि आफ्नो उदर पूर्तिको लागि कसैको जीवन बर्वाद गरोस्, जसले आफ्नो भोजनको लागि जीवनलाई यति अनादर गरोस्। जुन व्यक्ति मदिरा सेवी छ, उसलाई ध्यानको उच्चता प्राप्त हुने त प्रश्न नै उठ्दैन। मदिरा त अज्ञानीहरुले पिउने गर्दछन्, जो दुःखी छन्, तिनले पिउने गर्दछन्, जीवन देखि हैरान र व्याकुल भएकाहरुले पिउने गर्दछन्, तनाव बाट मुक्ति पाउने भनेर पिउने गर्दछन्। किनकि मदिराको गुण जो जुन अवस्थामा हुन्छ त्यसलाई भुलाइदिने हुन्छ। यदि कुनै व्यक्ति व्याकुल छ, पिडित छ, दुःखी छ भने मदिरा सेवन गरेर त्यसलाई क्षणिक बिर्सन्छ र अर्को दिन पुनः दुःख उही अवस्था फर्किन्छ। किनकि मदिराले दुःखलाई नामेट गर्दैन, केवल रनभुल्लमा पारिदिन्छ। ध्यानले दुःखलाई मेटाउँछ, रनभुल्लमा पार्दैन। ध्यान र मदिरा एकार्काका विरोधी हुन्।

ईसाई सम्प्रदायमा ध्यानको लागि कुनै स्थान छैन। तर आँफूलाई हिन्दुत्वका ठेकेदार सम्झने विवेकानन्द, योगानंद र रामतिर्थहरुले केवल पश्चिमी प्रसंशा पाउनकै लागि मात्र यो सम्झाउने कोशिस गरिरहे कि येशु पनि त्यहि कोटीमा आउँछन् जसमा मर्यादा पुरुषोत्तम श्रीराम, योगिराज श्रीकृष्ण, महात्मा बुद्ध तथा महाबिर आउँछन्। यो सरासर झुट थियो। हामि यो कदापि स्वीकार गर्न सक्दैनौं कि येशुका कुनै पनि वचनहरुमा त्यो उचाई छ जुन उपनिषद् मा छ, या उसको जीवनमा त्यस्तो कुनै खुवी छ जुन मर्यादा पुरुषोत्तम श्रीराम, योगिराज श्रीकृष्ण तथा महात्मा बुद्धको जीवनमा छ।

उसका खुवीहरु असाधारण! यदि कुनै व्यक्ति पानि माथि हिंड्न सके पनि त्यो कुनै जादुगर हुन सक्ला। सायद ऊ कदापि पानी माथि हिँड्यो रे, यसको उल्लेख केवल ईसाइहरुको स्वयंको पुस्तक छोडेर कुनै अन्य पुस्तकमा छैन। प्रथम कुरो त हिंड्नै सक्दैन, यदि येशु पानी माथि हिँडे पनि यसमा कुन चाइ अध्यात्म छ? यदि यो सत्यहो भने पोपले कमसेकम कुनै स्विमिंग-पूल माथि नै हिँडेर देखाई दिनु पर्यो। स्विमिंग-पूल पनि छोडौं, उसको बाथ-टव माथि नै हिँडोस्, यति प्रमाण पनि येथेष्ठ होला किनकि ऊ प्रतिनिधि हो र अचुक छ उस् बाट कुनै भूल हुँदैन। यदि कुनै व्यक्ति पानी माथि हिँडेको भए पनि यसबाट अध्यात्मको के सम्बन्ध छ?

एक पटक रामकृष्णलाई भेट्न एक व्यक्ति पुग्यो, ऊ एक पुरानो योगी थियो, रामकृष्ण भन्दा उसको उमेर धेरै थियो, रामकृष्ण गङ्गा तटमा बसेका थिए, उस् व्यक्तिले आएर भन्यो कि – “मैले सुनेको छु, तिमीलाई मानिसहरुले पूज्ने गर्छन्, यदि साँच्चिकै तिम्रो जीवनमा अध्यात्म छ भने आऊ मसंग गङ्गामा हिंड” रामकृष्णले भने -“ थाकेका छौ, केहि बेर बस अनि फेरी हिँडौला, अहिले कहीं जाने आवस्यकता छैन र तब सम्म केहि थोरै परिचय पनि भैजाला, हाम्रो परिचय पनि भाछैन, पानीमा हिँड्न सिक्नमा तिमीलाई कति समय लाग्यो?” त्यसले भन्यो – “१८ वर्ष” रामकृष्ण हाँस्न थाले र भने -“म त पानीमा हिंडेको छैनकिनकि २ पैसामा गङ्गा पार गर्दछु, २ पैसाको काम १८ वर्षमा सिक्नु! म यो मूर्खता सम्झन्छु, अध्यात्म हैन। यसमा कुन चाइ अध्यात्म छ कि तिमि पानीमा हिंड्छौ? यसबाट तिमीले जीवनको कुन चाइ रहश्य पायौ?”

एक अर्को घटना येशुको सम्बन्धमा भन्ने गरिन्छ कि उसले एक मुर्दालाई जीवित गरेको थियो। अलिकति सोंच्ने कुरो छ कि मर्न त मानिसहरु दैनिक असंख्य मर्दछन्, जसले मुर्दालाई जीवित गर्न सक्दथ्यो तर केवल एकलाई मात्र जीवित गर्नु?! यो अलि आचार्यजनक कुरो छ कि उसले एउटालाई मात्र जीवित गर्यो र त्यो पनि उसको आफ्नै मित्र (लजारस) थियो। घटना बिल्कुल बनाइएको हो, लजारस एक गुफामा सुतेको थियो, येशुले बाहिर आएर आवाज दिन्छ कि लजारस उठ..! मृत्यु देखि बाहिर जीवनमा आऊ ! र लजारस तत्काल गुफा देखि बाहिर आउँछ। यसमा केहि कुरा बिचारनीय छ। सर्वप्रथम त यो व्यक्ति येशुको वाल्यकालको मित्र थियो, अर्को कुरो जुन व्यक्ति मरे पछी पुनः जीवित भएको होस्, यो ईश्वरीय नियम विपरित छ। यो घटना बाहेक लजारसको बारेमा पुनः कहीं कुनै उल्लेख पनि छैन। जब मरेको व्यक्तिलाई येशुले जीवित गर्न सक्थ्यो भने त फेरी संसारमा कसैलाई मर्न नै किन आवस्यकता थियो र?

यस घटनालाई यहाँ लिनुको कारण के भने ठिक यस्तै घटना महात्मा बुद्धको जिवनमा घटेको थियो। उनि एक पटक कुनै गाउँमा प्रवचन गर्न आएका थिए। त्यहाँ कुनै एक स्त्रीको पति, र अन्य सबै सन्तान मरेका थिए र एक छोरो, जसको सहाराले ऊ जिवित थिई, उसको भर्खरै मृत्यु भएको थियो। हामी सोंच्न सक्छौं उसको स्थिति, ऊ बिल्कुल विक्षिप्त भएकी थिई, प्रलाप गर्दै थिई। गाउलेहरुले सम्झाउने गर्दथे कि “प्रलाप गरेर केहि हुँदैन, बुद्धको आगमन भएको छ, यसको मृत शरीरलाई लैजा र बुद्धको चरणमा राखिदे र उनीसंग भन्नु कि तिमि त परम ज्ञानी छौ, यसलाई जीवित गरिदेऊ। मेरो त सबै साहारा छिन्न-भिन्न भयो, यहि एक छोराको सहारामा बाँच्दै थिएँ अब यो पनि गयो। अब त मेरो जीवनमा केहि पनि बचेन ।” त्यस स्त्रीले बुद्धकहाँ गएर त्यसै गरि । बुद्धले उस् स्त्रीलाई ध्यान संग हेरेर भने निश्चित नै तिम्रो छोरालाई आज साँझ सम्म म जीवित गरिदिन्छु, यसको लागि तिमीले पहिले एक सर्त पूरा गर्नु पर्ने छ, त्यो के भने तिमि आफ्नो गाउँमा जाऊ र कुनै पनि घर बाट एक मुठी तिल लिएर आउ । तर त्यो घर बाट ल्याउनु जहाँ कसैको मृत्यु नभएको होस् । वस् यति तिल ल्यायौ भने म तिम्रो छोरालाई जीवित पारि दिन्छु ।

त्यो विक्षिप्त स्त्री, स्वभावतः पागल हुने जस्तो स्थितिमा थिई, त्याहाँ बाट दौडी र यो घर, ऊ घर, सबैमा गई, सबैले भने कि तिमि एक मुठी तिलको कुरो गर्छ्यौ, हामि कहाँ भकारी भरि तिल छ, गाडी भरेर दिन सक्छौं, तिलको थुप्रो नै लगाई दिन सक्छौं तर के गर्ने, हाम्रो तिल तिमीलाई कुनै काम आउँदैनन् किनकि हाम्रो घरमा थाहा छैन, कति जनाको मृत्यु भैसकेको छ । साँझ हुँदा सम्म सबै गाउँलेहरुले उसलाई एकमात्र उत्तर दिए कि हाम्रो तिल तिमि जति सक्छ्यौ लैजाऊ तर यो तिम्रो कुनै कामको छैन । महात्मा बुद्धले निक्कै उल्टो सर्त लगाइदिए, यस्तो कुन घर होला जसमा कसैको मृत्यु नभएको होस्?

दिनभरिको अनुभव त्यस स्त्रिको जीवनमा क्रान्ति बन्यो । ऊ फिर्ता आइपुगी, उसले महात्मा बुद्धको चरण छोई र भनी कि “छोड्नुस्, अब बिर्सनुस् यस कुरालाई कि मेरो छोराको मृत्यु भयो, यहाँ जो पनि आएको छ उसलाई मर्नु नै पर्ने हुन्छ । तपाइले मलाई ठिक समयमा उचित शिक्षा दिनुभयो । अब म आफ्नो मृत्यु हुनु भन्दा पहिले यो जान्न चाहन्छु कि त्यो कुन हो जो म भित्र जीवन छ? मलाई दीक्षा दिनुस् ।

जो स्त्री आफ्नो छोराको जीवन माग्न आएकी थिई, ऊ आफ्नो जीवन संग परिचित हुने प्रार्थना लिएर उपस्थित भई । ऊ सन्यासिनी बनी । र महात्मा बुद्धका जो शिष्य परम अवस्था प्राप्त भएका थिए, ति मध्ये ऊ अग्रणी थिई । यहि नै क्रान्ति हो । यदि महात्मा बुद्धले उस्को छोरालाई जीवित गरिदिएको भए पनि के हुने थियो? एक दिन त ऊ अबस्य मर्ने नै थियो ।

लजारस पनि एकदिन पक्कै पनि मर्यो होला । तर बुद्धले त्यस स्थितिलाई एक अध्यात्मिक मोंड, एक नयाँ आयाम दिए; यो उनको बुद्धत्व हो। हामीहरु हरेक वस्तुलाई केवल बाहिरि तथा सतही दृष्टिले मात्र देख्ने गर्दैनौं । म मान्छु कि बुद्धले जे गरे त्यो महान थियो र येशुले जे पर्यो त्यो साधारण । त्यसको कुनै मूल्य छैन। यहि फरक छ, पूर्व र पश्चिमको सोंचमा ।

पश्चिम यहि सोंचले अहिले पनि ग्रसित छ र ऊ सदा पूर्वको दृष्टिकोण बाट डराउँछ र आत्तिन्छ । किनकि पश्चिमको मान्यता छ कि पूर्व गरिब छ, ईसाई मिसिनरी पठाऊ र गरिबहरुलाई ईसाई बनाऊ । र लाखौँ मानिसहरु ईसाई बन्दै छन् पनि । तर जुन मानिसहरु ईसाई बन्दैछन् पूर्वमा, ति सब गरिब हुन्, भिखारी हुन्, अनाथ हुन्, आदिवाशी हुन्, भोका हुन्, नाङ्गा हुन्, तिनलाई धर्म संग कुनै सम्बन्ध छैन, उनलाई विद्यालय चाहिएको छ, अस्पताल चाहिएको छ, औषधि चाहिएको छ, उनका सन्तानहरुको लागि शिक्षा चाहिएको छ, कपडा चाहीएको छ, भोजन चाहिएको छ । ईसाईले कपडा र रोटिले उनको धर्म खरिद गर्दै छ ।

पश्चिममा कुनै भिख माग्नेहरुको कमि छैन, केवल अम्रिकामा मात्र अहिले लगभग पाँच करोड गरिब छन् । जो संसार भरिका अन्य गरिबहरुलाई ईसाई बनाउनमा लागेका छन्, तिनले आफ्ना गरिबहरको लागि केहि पनि गर्दैनन् किनकि ति ईसाई नै हुन् ।

हे ईसाईहरुहो! हामि सत्य सनातन वैदिक धर्मिहरुले तिमिहरुलाई यो चेतावनी दिन चाहन्छौं कि तिमीहरुले जेलाई धर्म भनिरहेका छौ, त्यो धर्म हैन र जो धर्म हो, त्यसको तिमीहरुलाई अवगत पनि छैन ।

स्वभावतःतिमीहरुलाई वेद देखि शत्रुता छ, किनकि त्यसमा सृष्टिको सत्यता लुकेको छ र तिमीहरु सत्य देखि अलग्गै रहन चाहन्छौ र संसारलाई अन्धकार मै राख्न चाहन्छौ। तिम्रो लागि वेद शब्द नै एक खतराको संकेत हो किनकि वेदले तिम्रो ठेकेदारी नैतिकता नष्ट गर्दिन्छ, तिम्रो कमाइ खाने भाँडो फुटाइदिन्छ, तिम्रो धर्म नष्ट गरिदिन्छ, नष्ट हुन्छ तिम्रो दुई हजार वर्षको मेहनत..! यदि त्यो मेहनत बचाउन योग्य नै छैन भने त्यसलाई नष्ट हुन देऊ र आऊ वेदको सितल छहारीमा ..! अस्तु..

नमस्ते.!

प्रेम आर्य

दोहा-कतार बाट

….योग र यसका अंग-७

ओ३म्..

….योग र यसका अंग-७

(५) प्रत्याहार
===========

प्रत्याहारको स्वरूपः- “स्वविषयासंप्रयोगे चित्तस्वरूपानुकार इवेन्द्रियाणां प्रत्याहारः।।” (योगदर्शन: २/५४)

व्यास भाष्यः- “स्वविषयसंप्रयोगाभावे चित्तस्वरूपानुकार इवेति चित्तनिरोधे चित्तवन्निरुद्धानीन्द्रियाणि नेतरेन्द्रियजयवदुपायान्तरमपेक्षन्ते। यथा मधुकरराजं मक्षिका उत्पन्तमनूत्पतन्ति निविशमानमनुनिविशन्ते तथेन्द्रियाणि चित्तनिरोधे निरुद्धानीत्येष प्रत्याहारः।।”

भाष्यानुवादः– इन्द्रियहरु आ-आफ्ना विषयहरु (रूपरसादि) को संप्रयोग-संन्निकर्ष नभएमा मानौं चित्तवृत्तिको अनुरूप नै इन्द्रियहरु हुन्छन्, त्यसैले चित्तको निरोध भएमा चित्त समान इन्द्रियहरु पनि निरुद्ध हुन्छन्। इन्द्रियहरुलाई जित्नको लागि अन्य उपायहरुको आवश्यकता हुँदैन। जस्तै-महको संग्रह गर्ने माहुरीहरु सबै रानी माहुरी उड्यो भने उड्छन् र बस्यो भने साथ्मा बस्दछन्। त्यस्तै नै इन्द्रियहरु पनि चित्त निरोध भए पछी (बाह्य विषयहरु बाट विमुख भए पछी) निरुद्ध हुन्छन्। यही प्रत्याहार नामक योगांग हो

सूत्रार्थः- नेत्रादि इन्द्रियहरुको आ-आफ्नो विषयहरु संग सम्बन्ध नभएमा मन जस्तै स्वरूप अनुरूप हुनु प्रत्याहार नामक योगांग हो।

ऋग्वेदादि-भाष्य-भूमिकाः- प्रत्याहार त्यसको नाम हो जो जब पुरुषले आफ्नो मनलाई जित्छ, तब इन्द्रियहरुको विजय स्वयं हुन्छ किनकि मनले नै इन्द्रियहरुलाई चलाउँछ।

भावार्थः- “प्रत्याहार” शब्दको अर्थ विषय बाट विमुख (पृथक्) हुनु हो। यसमा इन्द्रियहरु बाह्य विषयहरु बाट विमुख भएर अन्तर्मुखी हुन्छन्। आङ् पूर्वक हृञ् धातु, आहरण (आकृष्ट) गर्ने अर्थमा प्रयुक्त हुन्छन्। प्रति उपसर्गले त्यस भन्दा विपरीत अर्थ (विमुख हुनु) द्योतित गर्दैछ। मन एकाग्र हुनासाथ् इन्द्रियहरु पनि मनको अनुसरण गरेर एकाग्र हुन्छन्। यस विषयमा यो जान्नु पर्दछ कि बाह्य नेत्रादि इन्द्रियहरु मनको सम्पर्क बिना विषयहरुको ग्रहण गर्न सक्दैनन्। त्यसैले जब हाम्रो ध्यान अन्यत्र हुन्छ, त्यति बेला हामि देखेर पनि देख्न सक्दैनौं र सुनेर पनि सुन्न पनि सक्दैनौं। जब मन शुद्ध र एकाग्र भएर आत्मचिन्तनमा लाग्दछ, यी अन्य नेत्रादि इन्द्रियहरु विषयमा सम्बद्ध भएर पनि उसको ज्ञान गराउन सक्दैनन्। यसैलाई सूत्रकारले भनेका छन् कि इन्द्रियहरु आफ्नो विषय देखि असम्बद्ध भएर चित्तको अनुसरण त्यसरी नै गर्न लाग्दछन् जसरि माहुरीहरु रानी माहुरीको  अनुसरण गर्ने गर्दछन। मनको निरोध हुनाले इन्द्रियहरुको पनि निरोध हुन्छ। योगको यस स्थितिलाई नै “प्रत्याहार” नामले चिनिन्छ।

 प्रत्याहारको फल
===============

“ततः परमा वश्यतेन्द्रियाणाम् ।।” (योगदर्शन:२/५५)

व्यास-भाष्यः- “शब्दादिष्वव्यसनमिन्द्रियजय इति केचित्। सक्तिर्व्यसनं व्यस्यत्येनं श्रेयस इति। अविरुद्धा प्रतिपत्तिर्न्याय्या। शब्दादिसंप्रयोगः स्वेच्छयेत्यन्ये। रागद्वेषाभावे सुखदुःखशून्यं शब्दादिज्ञानमिन्द्रियजय इति केचित्। चित्तैकाग्र्याद प्रतिपत्तिरेवेति जैगीषव्यः। ततश्च परमात्वियं वश्यता यच्चित्त-निरोधे निरुद्धानीन्द्रियाणि नेतरेन्द्रियजयवत्प्रयत्न-कृतमुपायान्तरमपेक्षन्ते योगिन इति।।

भाष्यानुवादः– परमावश्यता–स्वाधीनता–इन्द्रियजयको विषयमा कसैको मान्यता छ कि इन्द्रियहरुको शब्द, स्पर्श, रूप, रस र गन्ध विषयमा आसक्ति नहुनु नै इन्द्रिय जय हो।

व्यसनको व्याख्या: आसक्ति नै व्यसन हो, किनकि प्राणियहरुलाई यसले कल्याण-मार्ग देखि पर हटाउँछ। र जुन अविरुद्ध (शास्त्र अनुकूल प्रतिपत्तिः) विषयहरुको भोग गर्नु हो, त्यो न्यायोचित छ। केहि मानिसहरुले यस्तो मान्दछन कि स्वेच्छाले (भोगको वशीभूत भएर हैन) इन्द्रियहरुको शब्दादि विषयका साथ सम्पर्क गर्नु इन्द्रिय जय हो भने कसैको मान्यता विषयहरु प्रति राग र द्वेष रहित भएर शब्दादि विषयहरुको सुख-दुःख देखि पृथक् भएर अनुभव गर्नु इन्द्रिय जय हो। र जैगीषव्य मुनिको मान्यता छ कि चित्तको एकाग्रता हुनाले शब्दादि विषयहरुमा प्रवृत्ति नहुनु नै इन्द्रिय जय हो। यसमा श्रेष्ठ उपाय: चित्तको निरोध भएमा इन्द्रियहरु पनि निरुद्ध हुन्छन्। यसबाट योगीहरुले अन्य इन्द्रियहरुको जय समान पृथक् गरिएका अन्य उपायहरुको अपेक्षा आवश्यकता अनुभव गर्दैनन्।

ऋग्वेदादि-भाष्य-भूमिकाः- त्यो मनुष्य जितेन्द्रिय भएर जहाँ आफ्नो मनलाई टिकाउन या चलाउन चाहन्छ, त्यसैमा टिकाउन र चलाउन सक्छ र फेरी त्यसलाई ज्ञान भैसकेपछी सदा सत्यमा नै प्रीति हुन्छ; असत्यमा कदापि हुन्न।

प्रत्याहारको स्थिति पछी इन्द्रियहरुको सर्वोत्कृष्ट स्वाधीनता (जितेन्द्रियता) हुन्छ।

भावार्थः- यो स्तरमा पुगेपछि इन्द्रियहरु पूर्ण रूपेण वशमा हुन्छन। फेरी कुनै अन्य उपायको आवश्यकता हुँदैन। महर्षि व्यासले इन्द्रिय-जयको  सम्बन्धमा अनेक आचार्यहरुको परिभाषाहरु दिएका छन्:
(१)  शब्दादि-विषयहरुमा नफस्नु,
(२) स्वेच्छाले भोग भोगनु, आसक्त भएर हैन,
(३) राग-द्वेषको अभाव भएमा सुख-दुःख देखि रहित भएर शब्दादि-विषयहरुको अनुभव गर्नु इन्द्रिय-जय हो।
(४) चित्तको एकाग्रता भएमा  शब्दादि-विषयहरुमा प्रवृत्त नहुनु इन्द्रिय-जय हो।
यी सबमा अन्तिम पक्ष नै सर्वोत्कृष्ट हो। शेष अपूर्ण इन्द्रिय-जय हुन्, किनकि उनमा भोग प्रति लालसा बनिरहन्छ। अतः मनको निरोध हुनाले इन्द्रियहरुको निरोध हुनु नै परमावश्यता (इन्द्रिय-जय) हो।

(६) धारणा
===========

उक्तानि पञ्च बहिरङ्गानि साधनानि धारणा वक्तव्या-
यम देखि प्रत्याहार सम्म योगका पाँच बहिरंग साधन मानिएका छन्। अब योगको अन्तरङ्ग अङ्ग प्रारम्भ हुँदैछन्।
पहिलो अन्तरंग धारणा हो, जसको प्रथम सूत्र छ:

“देशबन्धश्चित्तस्य धारणा” (योगदर्शन-३/१)
जब उपासना योगको पूर्वोक्त पाँचै अङ्ग सिद्ध हुन्छन, तब उसको छैठौं अङ्ग धारणा पनि यथावत् प्राप्त हुन्छ। जसले मनलाई चञ्चलता बाट छुटाएर नाभि, हृदय, निधार, नाक र जीब्रोको अग्रभाग आदि देश (अङ्ग) मा स्थिर गरेर ओङ्कारको जप र उसको अर्थ जो परमेश्वर हो उसको विचार गर्नु लाई धारणा भनिन्छ (ऋ.वे.भा.भू) ।

व्यास-भाष्यः- नाभिचक्रे, हृदयपुण्डरीके, मूर्ध्नि ज्योतिषि, नासिकाग्रे, जिह्वाग्रे इत्येवमादिषु देशेषु बाह्ये वा विषये चित्तस्य वृत्तिमात्रेण बन्ध इति धारणा।” 

नाभि, हृदय, मूर्धाज्योति अर्थात् नेत्र, नासिकाग्र जिह्वाग्र इत्यादि देशहरुको बीचमा चित्तलाई योगीहरुले धारण गरुन् तथा बाह्य विषय जस्तै ओङ्कार वा गायत्री मन्त्रमा चित्त लगाउन्, किनकि “तज्जपस्तदर्थभावना” (योगदर्शन १/२८)। योगीले यसको जप अर्थात् चित्त बाट पुनः-पुनः आवृत्ति गरुन् र यसको अर्थ जो ईश्वर हो उसलाई हृदयमा विचारुन्। “तस्य वाचकः प्रणवः” (योगदर्शन–१/२७)। ओङ्कारको वाच्य ईश्वर हो र उसको वाचक ओङ्कार हो। बाह्य विषय बाट यहि नै लिनु र कुनै अन्य विषयलाई हैन किनकि अन्य प्रमाण कहीं  छैन।

धारणाको विषयमा
=================

बाह्य पाँच अङ्ग यी हुन्:- यम, नियम, आसन, प्राणायाम, प्रत्याहार। मुख्य रूपले योगका साधनहरुको कथन भएको हुनाले योग-दर्शनको द्वितीय पाद (अध्याय) को नाम “साधनपाद” राखिएको हो। योगका शेष तीन अङ्ग- धारणा, ध्यान र समाधिलाई तृतीय पाद (अध्याय)  “विभूतिपाद” मा राखिएको छ। यी अवशिष्ट हुनाले अन्तरंग हुन्। योगीले यिनी बाट विशेष सिद्धि या ऐश्वर्य प्राप्त गर्दछ। यी सिद्धिहरु विभूतिको रूपमा छन्, अतः यिनलाई “विभूतिपाद” मा राखिएको छ

यद्यपि धारणादि पनि योगका नै अङ्ग हुन् अतः समस्त योगांगहरुको एकत्र कथन गर्नु नै उचित थियो। तर पनि यी तीन अङ्गहरुलाई विभूतिपादमा किन राखियो भन्ने आशंका पाठकहरुको लागि स्वाभाविक नै थियो। यसको समाधान पतञ्जलि मुनिले योगदर्शन ३/७ मा स्वयं दिएका छन् । यम-नियमादि साधनहरुको अपेक्षा योगसाधनामा धारणादि तीन साधन अन्तरङ्ग हुन्। यम-नियम बहिरंग किन हुन्? किनकि यी अंगले चित्त बाट  अविद्यादि क्लेशहरु शुद्धि गरेर योगको लागि उपयोगी बनाउँछन् जसबाट चित्तवृत्ति एकाग्र भएर योगमा लाग्न सकियोस्। जसरि कृषकले बीउ छर्नु भन्दा पहिले जमिन जोतेर नरम, स्वच्छ र उपजाऊ बनाउँछ, त्यसै गरि बहिरंग साधनहरु बाट चित्त निर्मल भएर स्वच्छ तथा सूक्ष्म विषयलाई जान्ने सामर्थ्य प्राप्त गर्दछ। अतः यी धारणादि योगका साक्षात् प्रमुख साधन हुन् र योगांगहरुमा पनि आठौँ अंग समाधि प्रथम अंगहरुको फल हुनाले विभूति हो र यसको प्राप्तिमा धारणा र ध्यानको साक्षात् सम्बन्ध छ। अतः यी तीनलाई “विभूतिपाद” मा राखिएको हो।

विमर्श:- चित्तलाई शरीरका कुनै पनि (नाभिचक्रादि) अंग-विशेषमा विषयान्तर बाट हटाएर बाँध्नु, रोक्नु या स्थिर गर्ने अभ्यास गर्नुलाई धारणा भनिन्छ। तर यो देश-बन्ध शरीर भित्र नै हुनु पर्दछ, बाह्य कुनै पदार्थ या स्थानमा हैन। यस सूत्रको भाष्यमा महर्षि व्यासले “बाह्ये वा विषये” लेखेका छन्, जसको अर्थ प्रायः व्याख्याकारहरुले शरीर बाहिर कुनै स्थान या पदार्थमा चित्तलाई रोक्नु भन्ने अर्थ गर्दछन, तर यो अर्थ यहाँ संगत छैन। यहाँ सही अर्थ प्रणव-जप र तदर्थ-भावना हो, जुन प्रकरणले संगत पनि छ। योगशास्त्रमा प्रणव-जपको विधान गरिएको छ। धारणाको सम्बन्ध ध्यान र समाधि संग छ र यी तीनवटै  योगांगहरु अन्तरंग हुन्, यो कुरो सूत्रकारले ३/७ मा स्वयं मानेका छन्। अन्तरंग शब्दले यस विषयमा स्पष्ट पार्दै छ कि धारणा अन्तरंग हुनाले शरीर भित्र नै गर्नु पर्दछ, बाहिर हैन र त्यो अर्थ व्यावहारिक पनि छैन। किनकि जब इन्द्रियहरुले बाहिर कार्य गरिरहेका हुन्छन्, त्यति बेला मनको सम्बन्ध पनि हुँदैन र मन बाह्य सान्त पदार्थहरुमा कदापि स्थिर हुन सक्दैन अर्थात् बाँधिन सक्दैन। त्यसैले भित्र नै प्रणवोपासना द्वारा यसलाई रोक्न सकिन्छ र जहाँ धारणा गरिन्छ ध्यान पनि त्यहीं लगाउनु पर्ला, यहि कुरो सूत्रकारले ३/२ मा “तत्र” पदले स्पष्ट गरेका छन्। यदि धारणा बाहिर भयो भने ध्यान पनि बाहिर होला। तर बाह्य ध्यानमा प्रत्ययैकतानता (ज्ञानवृत्ति) को एकाग्रता कदापि संभव हुँदैन। त्यसैले धारणा शरीर बाहिर गर्नु सूत्रकार र भाष्यकार दुवैको आशय विरुद्ध हुनाले असंगत छ।

क्रमशः…

….योग र यसका अंग-६

ओ३म्.. …..

….योग र यसका अंग-६

 

चौथो प्राणायाम:
===========
“बाह्याभ्यन्तरविषयाक्षेपी चतुर्थः।।” (योगदर्शन:२/५१)
सूत्रार्थः- बाह्य र आभ्यन्तर प्राणायामको विषयलाई टाढा फाल्ने चतुर्थ प्राणायाम हुन्छ।

ऋग्वेदादिभाष्यभूमिका अनुसारः- जब श्वास भित्र बाट बाहिर जान्छ तब बाहिर नै केहि रोकिरहने र जब बाहिर बाट भित्र आउँछ तब त्यसलाई भित्र नै केहि बेर रोक्ने। यसलाई बाह्याभ्यन्तराक्षेपी भनिन्छ।
सत्यार्थप्रकाश अनुसार: जब प्राण भीत्र बाट बाहिएर निस्कन लाग्छ तब त्यसको विरुद्ध त्यसलाई निस्कन नदिनको लागि बाहिर बाट भित्र लिनु र जब बाहिर बाट भित्र आउन लाग्छ तब भित्र बाट बाहिर तिर प्राणलाई धकेलेर रोकिरहनु।
व्यास-भाष्यः “देशकालं संख्याभिर्बाह्यविषयपरिदृष्ट आक्षिप्तः। तथा आभ्यन्तरविषयपरिदृष्ट आक्षिप्तः। उभयथा दीर्घसूक्ष्मः। तत्पूर्वको भूमिजयात्क्रमेणोभयोर्गत्यभावश्चतुर्थः प्राणायामः।”

आङ् पूर्वक क्षिप् धातुको प्रयोग निवृत्ति अर्थमा हुन्छ, तर यहाँ र व्यास भाष्यमा यसको अतिक्रान्त अर्थ अधिक संगत छ। यस कारण यस प्राणायामको उच्चस्तरको पुष्टि हुन्छ । यस प्राणायाममा  क्रिया-व्यापार पहिले देखि नै निश्चित र परीक्षित हुन्छ र उच्चस्तरमा पुगेर दुवै प्राणायामको निवृत्ति अथवा अतिक्रमण गरिन्छ, अर्थात् प्राणलाइ भित्र रोकेर राखेको छ र त्यो बाहिर निस्कन चाहन्छ भने त्यसको विपरीत बाहिर बाट भित्र धक्का दिनु तथा बाहिर निस्कन नदिनु चतुर्थ प्राणायाम हो। त्यसै गरि प्राणलाई बाहिर रोकेर राखेको छ र त्यो भित्र आउन चाहन्छ भने त्यसको विपरीत भित्र बाट बाहिर धक्का दिनु देना तथा भित्र आउन नदिनु चतुर्थ प्राणायाम हो। यस प्राणायामलाई सुरुमै छिटो प्रारम्भ गर्नु हुँदैन। पहिले बाह्य अथवा आभ्यन्तर प्राणायामको प्रक्रिया चलेको होस् अनिमात्र तिनको अतिक्रमण गरेर दुवै प्राणवायुलाई रोक्नु चतुर्थ प्राणायाम हो।

प्राणायाम बाट लाभः
===============

“ततः क्षीयते प्रकाशावरणम्।।” (योगदर्शन: २/५२)
सूत्रार्थः- उपर्युक्त प्राणायामको निरन्तर अभ्यास बाट विवेकज्ञानलाई ढाक्ने अविद्याजन्य कर्माशय दुर्बल भएर क्षीण हुँदै जान्छन।

ऋग्वेदादि भाष्य भूमिका अनुसार: यस प्रकार प्राणायामपूर्वक उपासना गर्नाले आत्माको ज्ञानलाई ढाक्ने आवरण जुन अज्ञान छ, त्यो नित्यप्रति नष्ट हुँदै जान्छ र ज्ञानको प्रकाश बिस्तारै-बिस्तारै बढ्दै जान्छ।

सत्यार्थ प्रकाश अनुसार:-
(१) यसरि एकार्काको विरुद्ध क्रिया गर्नाले दुवैको गति रोकिएर प्राण आफ्नो वशमा हुनाले मन र इन्द्रियहरु पनि स्वाधीन हुन्छन्। बल र पुरुषार्थ बढेर बुद्धि तीव्र एवं सूक्ष्मरूप हुन्छ जसलेगर्दा अत्यन्त कठिन र सूक्ष्म विषयलाई पनि शीघ्र ग्रहण गर्दछ। यस बाट मनुष्यको शरीरमा वीर्य वृद्धि प्राप्त भएर स्थिर, बल, पराक्रम, जितेन्द्रियता, सब शास्त्रहरुलाई अल्प समयमा सम्झेर उपस्थित गर्दछ। स्त्रीहरुले पनि यसै प्रकार योगाभ्यास गरुन।
(२) जब मनुष्यले प्राणायाम गर्दछ, तब प्रतिक्षण उत्तरोत्तर कालमा अशुद्धि नाश र ज्ञान प्रकाश हुँदै जान्छ। जबसम्म मुक्ति हुँदैन तबसम्म उसको ज्ञान बराबर बढ्दै जान्छ।

सूत्रको भावार्थः-
यस सूत्रमा प्राणायाम गर्नुको फल कथन गरिएको छ। प्राणायामको निरन्तर अभ्यास गर्नाले विवेक-ज्ञान बढाउने आवरण (चित्तस्थ अशुभ संस्कार रूप पर्दा) क्षीण हुन्छ। यसै अशुद्धिका कारण जीवात्मा सांसारिक बन्धनमा बाँधी रहन्छ र विवेकज्ञान (जड-चेतनमा भेद) हुन दिन्न। प्राणायाम बाट यस अशुद्धिको नाश कसरि हुन्छ, यसको स्पष्टीकरण उदाहरण दिएर मनुस्मृतिमा भनिएको छ, जसबाट प्राणायामको फल निक्कै स्पष्ट हुन्छ:

(क) “दह्यन्ते ध्मायमानानां धातूनां च यथा मलाः।
तथेन्द्रियाणां दह्यन्ते दोषाः प्राणस्य निग्रहात्।।” (मनुस्मृतिः–६/७१)
अर्थः जसरि अग्निमा तपाउनाले सुवर्णादि धातुहरुको मल नष्ट भएर शुद्ध हुन्छ,  त्यसै गरि प्राणायाम गर्नाले मन आदि इन्द्रियहरुको दोष क्षीण भएर निर्मल हुन्छन्।

(ख) “प्राणायामा ब्राह्मणस्य त्रयो अपि विधिवत्कृताः।
व्याहृतिप्रणवैर्युक्ता विज्ञेयं परमं तपः।।” (मनस्मृतिः–६/७०)
अर्थः जुन ब्राह्मण (वेदको विद्वान्) ब्रह्मज्ञानको इच्छुक छ, उसको लागि यथाविधि ओङ्कारोपासना तथा महाव्याहृतिको जपका साथ गरिएको कम्तिमा तीन प्राणायाम पनि परम-तप भनिन्छ। यस प्रकार योगाभ्यासीको लागि प्राणायाम गर्नुको विशेष महत्त्व छ किनकि यसबाट योगमार्गको चरम लक्ष्य (विवेकख्याति) प्राप्तिमा मनादि इन्द्रियहरुको दोष क्षीण हुनाले अत्यधिक सहायता पाइन्छ।

प्राणायामका अन्य लाभ
=================

“धारणासु च योग्यता मनसः ।।” (योगदर्शन–२.५३)
व्यास-भाष्य:-
“प्राणायामाभ्यासादेव “प्रच्छर्दनविधारणाभ्यां वा प्राणस्य” (योगदर्शन:१/३४) इति वचनात् ।।”

भाष्यानुवादः- प्राणायामको अभ्यास गर्नाले नै धारणा गर्न अर्थात् परमेश्वरमा मनको धारणा हुनाले मनको योग्यता बढ्दछ। यसमा “प्रच्छर्दन-विधारणाभ्यां वा प्राणस्य” सूत्र पनि प्रमाण छ।

सूत्रार्थः-
ऋग्वेदादि भाष्य भूमिकाः “त्यस अभ्यास बाट यो पनि फल हुन्छ कि (किंच धारणा.) परमेश्वको बीचमा मन र आत्माको धारणा हुनाले मोक्षपर्यन्त उपासना योग र ज्ञानको योग्यता बढ्दै जान्छ, तथा त्यसबाट व्यवहार र परमार्थको विवेक पनि बराबर बढी रहन्छ।”

सूत्रको भावार्थः- प्राणायाम गर्नुको पूर्वोक्त लाभ चित्तस्थ अशुद्धिको नाश त हुन्छ नै र अर्को लाभ यो हुन्छ कि मनको एकाग्रता बढाउनमा पनि पर्याप्त सहायता प्राप्त हुन्छ। धारणाको लक्षण (योगदर्शन:३/१) सूत्रमा यस्तो गरिएको छ कि चित्तलाई शरीरको कुनै स्थानमा बाँधिदिनु नै धारणा हो र प्राणायाम गर्नाले धारणा गर्नमा मनको योग्यता र क्षमता हुन्छ। त्यसैले योगको धारणादि अन्तरंग अंगहरुको अनुष्ठान गर्नमा प्राणायाम मुख्य आधार हो।

क्रमशः…