मदरसालाई आतंकवाद संग किन जोडिन्छ?

54519104_2673822459311279_5539894232812093440_n
मदरसालाई आतंकवाद संग किन जोडिन्छ?
(अन्तिम भाग)
 
ओ३म्..
 
आज पाकिस्तानले पनि यहि मान्न वाध्य भएको छ कि स्वयं पाकिस्तान जुन आतंकवादको शिकार भइरहेको छ, त्यसको कारण पनि मदरसा नै हो। त्यसैले पाक सेनाले मदरसाहरुलाई नियंत्रित गर्ने सुझाव दिएको छ। भारतका सेनाध्यक्षले पनि कश्मीरमा जारी आतंकवादलाई रोक्नका लागि मदरसामा दिइने शिक्षामा कडा नजर राख्ने कुरा गरेका छन्। यिनीहरुले त अहिले केवल कुरा मात्र गरिरहेका छन्, बंगलादेशले मदरसाहरुको पाठ्यक्रम बाट “जिहाद” को पाठ नै निकाली सक्यो। उसले यस्तो यसकारणले गरेको हुन सक्छ किनकि उसलाई थाहा छ कि आतंकवादको जरो कहाँ छ, त्यसैले उसले जरोलाई नै काटेर फालिदियो।
भारतमा धेरै पहिले देखि र नेपालमा अहिले मदरसा शिक्षाको राजनीतिक रुपमा यस्तो अनुचित प्रयोग गर्न थालिएको छ कि जुन मदरसाहरुमा निगरानी राख्नु पर्ने आवश्यकता छ, ति सरकारी अनुदानमा पालिन्छन् र पोसिन्छन्। कसैले केहि भन्यो भने नेताहरुले धर्म-निरपेक्षताको कुरो गरेर बिषयको गाम्भीर्यतालाई त्यतिकै टाल्ने प्रयास गर्दछन् र मदरसा आधुनिकीकरणको कुरो गर्दा इस्लामिक संस्थानहरु नै विरोधमा उत्रिन्छन्। बिरोधमा सबभन्दा बढी आँफूलाई धर्मका ठेकेदार मान्ने मौलानाहरु नै अघि सर्छन् र भन्ने गर्दछन् यी मदरसाहरु हामीले आफ्नो रगत पसिनाले तयार गरेकाहौं, हामी यसमा सरकारको कुनै पनि प्रकारको हस्तक्षेपलाई सहन गर्दैनौं।
कुरो स्पष्ट छ, सुन्नी देओबंदी मुसलमानले चाहदैन कि उनका मदरसाहरुमा सरकारको नियन्त्रण होस्। उसले यस्तो गर्न किन मान्दैन? उसले धर्मको तालीम दिने नाममा त्यस्तो के पढाउँदै छ र उसलाई सरकारको नजर देखि लुकाएर राख्न चाहन्छ? कट्टरपंथी देओबंदी विचारधारा जुन बहावी विचारधारा देखि सबभन्दा अधिक प्रभावित छ, त्यसैले मदरसाहरुको सबभन्दा बढी रक्षा चाहन्छ।
यी त्यहि विचारधारा हो, जसले मुल्ला उमरलाई जन्म दियो, यो त्यहि विचारधारा हो जसमा हाफिज सईद र मौलाना मसूद अजहर जस्ता आतंकवादी पालिन्छन् र हुर्कन्छन्। पोहर साल नेपालगंज बाट एकजना त्यस्तै आतंकवादीलाई प्रहरीले पक्राउ गरेर भारतलाई बुझाएको थियो। नेपालगंजमा पनि सबभन्दा अधिक यहि देओबंदी विचारधारा पल्लवित हुँदैछ। आज पाकिस्तानमा सबभन्दा अधिक मदरसा यहि देओबंदी विचारधाराका छन् जसको गर्मी अब पाकिस्तान सरकार र सेनाको पनि टाउको दुखाइको कारण बनेको छ। भारतको उत्तर प्रदेशमा संचालित सबभन्दा बढी मदरसाहरु यहि देओबंदी विचारधारालाई मल-जल गर्ने खालका छन्।
यस्तो डरलाग्दो स्थिति देख्दा-देख्दै पनि यस्ता मदरसाहरुलाई सरकारको हस्तक्षेप बिना तथा बिना निगरानी चल्न दिने हो भने निकट भविष्यमा नेपालको दशा पनि कास्मिर र पाकिस्तानको जस्तो नहोला भन्न सकिन्न।स्मरण रहोस्, पाकिस्तान तथा भारतको कास्मिरमा आतंकवादको शुरुआत एक मदरसा बाट नै भएको थियो। त्यसैले त्यस्तो भयावह स्तिथि आउनु भन्दा अघि नै सबैले बिचार पुर्याउनु पर्ने देखिन्छ। अस्तु..
नमस्ते..
सत्य सनातन धर्मको जय..!

Leave a Reply

Your email address will not be published. Required fields are marked *