मदरसालाई आतंकवाद संग किन जोडिन्छ? (भाग-२)

54519104_2673822459311279_5539894232812093440_n
मदरसालाई आतंकवाद संग किन जोडिन्छ? (भाग-२)
ओ३म्..
 
• दोस्रो: संसारमा गैर मुस्लिमहरु केवल महकूम (शासित/आश्रित) हुनको लागि नै पैदा गरिएका हुन्। मुसलमान वाहेक अन्य कसैलाई पनि संसारमा हुकूमत (प्रभुत्व/शासन) को अधिकार छैन। गैर मुस्लिमहरुको हरेक शासन या प्रभुत्व एक विधि विरुद्धको (नाजायज) हो। जब हामि संग शक्ति या बहुमत हुनेछ तब हामी त्यसलाई उल्ट्याउने छौं।
(यहाँ पनि यो ध्यान दिनु पर्ने कुरो छ कि नेपाल र भारतमा लोकतंत्र छ र बहुसंख्यक हिन्दू नै सत्तामा रहन्छन्। यस्तो स्थितिमा मदरसामा पढ्ने हरेक शिक्षार्थीहरु यहि शिक्षाका साथ हुर्केका हुन्छन् कि उनलाई देशमा हिन्दुहरुको शासन खतम गर्नुछ।)
• तेस्रो: संसारमा केवल मुसलमानहरुको मात्र एक शासन हुनु पर्दछ जसलाई खिलाफत (खलिफाको पद/पैगम्बरको प्रतिनिधि हुनु) भनिन्छ।
(यहि त्यो सोंच हो, जसले तालिबान, अलकायदा र आइएसआइएस (ISIS) जन्मायो। थाह छैन अझैं के के जन्मिने हुन्..!)
• चौथो: इस्लाममा लोकतंत्र एक कुफ्र (इस्लाम विरोधी/नास्तिकता) हो यसको लागि इस्लाममा कुनै स्थान छैन।
(मतलब स्पष्ट छ कि मदरसामा पढ्ने प्रत्येक शिक्षार्थी लोकतंत्रको विरुद्धमा उभिने एक संभावित जिहादी (आतंकवादी) हुन्छ।)
यी चार कुराहरु हाम्रो सम्प्रदायका आधार-स्तम्भ हुन्। मलाइ यो भन्नुस त यदि यी कुराहरु तपाइँलाई वाल्यकाल मै सिकाइदिएको भए तपाई के गर्नुहुन्थ्यो? त्यहि गर्नुहुन्थ्यो जुन मदरसाहरु बाट निस्कने युवाहरुले गर्दछन्; आतंकवादी घटनाहरु घटाउनु हुन्थ्यो। यसको मतलब यो बिल्कुल हैन कि मदरसामा जाने हरेक बच्चाले आतंतवादी घटना घटाउँछ तर यहाँ यो पनि सत्य हो कि संसारमा जहाँ पनि इस्लामिक आतंकवादको फसल तयार गरिएको छ, त्यसका लागि मदरसा कै भूमी प्रयोग भएको छ। यस्तो यसकारणले हुन्छ किनकि तिनै मदरसा हुन् जसले वाल मस्तिष्कमा जिहाद (आतंकवाद) को बिउ रोप्छन्, गोड-मेल गर्छन् र मल-जल हाल्छन्। यहि कुरा तिर घामिडीले संकेत गर्दैछन्।
घामिडीले आधुनिक इस्लामिक आतंतवादको जरो मदरसाको भूमीमा नै गाडिएको छ भन्ने कुराको निष्कर्ष निकाल्छन् भने केहि गलत पनि छैन। यो पाकिस्तानको एक यस्तो सत्यता हो जसलाई आज पाकिस्तानले पनि अस्विकार गर्न सकेको छैन। अफगानिस्तानमा जिहादिहरुको सहायताले कब्जा गर्ने जुन योजना तयार गरिएको थियो, त्यसको लागि आईएसआईले एउटा मदरसाको नै प्रयोग गरेको थियो। उक्त मदरसाको नाम थियो- “दारुल उलूम हक्कानिया” जुन दारुल उलूम देओबंदको पाठ्यक्रममा चल्ने मदरसा हो। यहाँको एक तालिब (छात्र) मुल्ला उमरलाई आईएसआईले नेता बनाएर उसकै नेतृत्वमा तालिबान तयार गरेको थियो।
क्रमशः..

Leave a Reply

Your email address will not be published. Required fields are marked *