बेपायतमा अंग्रेजीको विरोध

Jayatu_saskritam

बेपायतमा अंग्रेजीको विरोध

 

ओ३म्..

 
संसारका सबै वैज्ञानिकहरु बहुभाषी या कम से कम द्विभाषी हुनु पर्दछ ताकि त्यसको लाभ सबलाई प्राप्त होस्।
 
यो कुरो स्वयंमा निक्कै महत्वपूर्ण हो कि बेलायतका वैज्ञानिकहरुले अंग्रेजी भाषाको एकाधिकारका विरुद्ध आवाज उठाउँदै छन्। युआन गोंजालीज, विलियम सदरलेण्ड र तात्सुआ अमानो नामक वैज्ञानिकले एउटा विज्ञान-पत्रिकामा लेख लेखेर यो कुरामा आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् कि आजभोलि विज्ञान संबंधी धेरैजसो शोधकार्य अंग्रेजीमा हुन्छ। गैर-अंग्रेजहरुले पनि अंग्रेजी कै प्रयोग गर्ने गर्दछन्। यसको एउटा दुष्परिणाम यो हुन्छ कि संसारका वहुसंख्यक मानिसहरुले यस्ता नयाँ शोध-कार्यहरुको लाभ उठाउन सक्दैनन्। उनीहरुले चीनको उदाहरण दिए। सन् २००४मा चीनमा लाखौँ पंक्षीहरुलाई बचाउन सकिएन किनकि त्यहाँका वैज्ञानिकहरुले अंग्रेजीमा लेखिएको सूत्र बुझ्न सकेनन्। यसको उल्टो पनि सत्य हुन्छ। रुस र जापानका वैज्ञानिकहरुले आफ्नो शोध-कार्य आफ्नै मातृभाषामा गर्दछन्, जसको लाभ संसारका अन्य देशहरुले तबसम्म लिन सक्दैनन् जबसम्म त्यसको अंग्रेजीमा ठीक-ठाक अनुवाद हुँदैन। बेलायतका वैज्ञानिकहरुको आग्रह छ कि संसारका सबै वैज्ञानिकहरु बहुभाषी या कम से कम द्विभाषी त हुनु पर्छ नै ताकि त्यसको लाभ सबलाई प्राप्त हुन सकोस्।
 
यी वैज्ञानिकहरुको एउटा तर्क यो पनि छ कि पराई भाषामा विज्ञान पढ्ने र पढाउने गर्दा आफ्नो मौलिकता नष्ट हुन्छ। विदेशी भाषालाई माध्यम बनाउनाले आफ्नो सोंच-विचार गर्ने शैली बदलिन थाल्छ र बुद्धिमा पनि बोझ बढ्दछ। अपरिचित भाषाको प्रयोगमा बौद्धिक शक्तिको अपव्यय हुन्छ। विदेशी माध्यम सहज हुँदैन। विज्ञानका अनेकौं महारथी जस्तै- कोपरनिकस, न्यूटन, केपलर्स आदि ले आफ्ना समस्त खोज तथा शोध कार्यहरु लेटिन भाषामा गरेका थिए। कुनै समयमा विज्ञानको मुख्य भाषा जर्मन नै थियो। यसको मतलब गैर-अंग्रेज वैज्ञाानिकहरुले अंग्रेजी नै नसिकुन् या अंग्रेजीमा कामै नगरुन् भन्ने हैन। यी वैज्ञानिकहरुको आग्रह यहि कुरामा हो कि अंग्रेजीका शोध-पत्रहरुलाई संसारका अन्य भाषामा पनि अनुवाद या सार-संक्षेप अवश्य दिनु पर्दछ र अन्य भाषामा हुने शोध पनि अंग्रेजी वैज्ञानिकहरुलाई प्राप्त भैरहोस। के हाम्रा नेपाली वैज्ञानिकहरुले यी अंग्रेज वैज्ञानिकहरुको सुझावमा ध्यान देलान्? नेपाल जस्तो देश जुन उत्पत्ति काल देखि कुनै पनि बिदेशीको प्रभूत्व स्वीकार गरेन, कुनै पनि साम्राज्यको यहाँ दाल गलेन, नेपाल कसैको दास बनेन त्यस्तो देशमा अहिले विज्ञान मात्र नभएर दिनचर्यामा पनि अंग्रेजीको एकाधिकार चलेको छ, बालबालिका हरुको कोमल मस्तिष्क जसलाई आफ्नै मातृभाषामा शिक्षा ग्रहण गर्ने अधिकार हुन्छ र विज्ञानले पनि यहि भन्छ कि बालबालिका हरुलाई कम्तिमा प्राथमिक तह सम्मको शिक्षा आफ्नै मातृभाषामा दिनु पर्दछ। तर यहाँ “खाए खा, नखाए घिच्” भने झैं बालबालिकाका माता-पिता स्वयंलाई मृत घोषित गराउनमा खुशी तथा गर्व महशुस गर्दैछन्।
यो एक किसिमको मानसिक दासता हो, यसबाट बाहिर ननिस्किदा सम्म देशको धार्मिक, सांस्कृतिक, नैतिक, सामाजिक तथा बैज्ञानिक उन्नति हुन सक्दैन। भाषा संग त्यसको संस्कृति पनि आउँछ, त्यसको दुष्प्रभाव हाम्रो समाजमा अहिले प्रष्ट संग देख्न सकिन्छ। हे राष्ट्रका पहरेदार सच्चा देशभक्त नेपाली हरुहो.! यो दासमनोवृत्ति बाट स्वयंलाई माथि उठाऔँ, आफ्नो गौरवपूर्ण इतिहास र पूर्खाको बलिदानलाई स्मरण गरौँ..! बरु संसारका समस्त भाषाकी जननी संस्कृतलाई अपनाऔँ..! अस्तु..
जयतु संस्कृतम्..!
जय नेपाल..!

Leave a Reply

Your email address will not be published. Required fields are marked *