मदरसालाई आतंकवाद संग किन जोडिन्छ? (भाग-१)

54519104_2673822459311279_5539894232812093440_n

मदरसालाई आतंकवाद संग किन जोडिन्छ? (भाग-१)

ओ३म्..
मदरसा माने शिक्षालय, विद्यालय, स्कूल, एक त्यस्तो स्थान जहाँ बालबालिका हरुलाई शिक्षाको तालीम दिने गरिन्छ। यदि कुरो यत्ति नै हो भने फेरी मदरसा भन्ने बित्तिकै यत्रो डर किन हुन्छ? यो शब्द किन यत्रो भयको कारण बनेको छ? किन मदरसाको नाम आउना साथ यसलाई आतंकवाद संग जोडेर हेर्ने गरिन्छ? मदरसामा त्यस्तो के सिकाइन्छ अथवा पढाइन्छ र त्यहाँ पढ्ने हरेक वालक या युवा संसारको लागि खतराको सूचक बन्छ? भारतीय शिया वक्फ बोर्डका अध्यक्ष वसीम रिजवीले “मदरसामा आतंकवाद पढाइन्छ” किन भन्नु पर्थ्यो? यस्तो भन्नुको पछाडी के कारण थियो? युरोप र अमेरिकामा संचालित मदरसाहरुमा किन कडा निगरानी राखिन्छ?
शुरु गरौँ पाकिस्तानका उदारवादी मुस्लिम मौलाना भनेर चिनिने जावेद अहमद घामिडीको एक वक्तव्य बाट जुन केहि वर्ष पहिले उनले अमेरिकामा दिएका थिए। उनि संग मदरसाको बारेमा सोधिएको एक प्रश्नको उत्तरमा उनले भनेका थिए:-
“अहिले जुन आतंकवाद (दहशतगर्दी) मुसलमानहरु बाट हुँदैछ, यसको मूलमा साम्प्रदायिक (मजहबी) चिन्ता र सोंच हो जुन मुसलमानहरुलाई मदरसाहरुमा पढाइन्छ र उनीहरुको राजनीतिक आन्दोलनमा सिकाइन्छ। यसमा मुख्यतः चार वटा कुराहरु मदरसाले सिकाउँछ। ति प्रत्यक्ष रुपमा नसिकाए पनि अप्रत्यक्ष रुपमा त स्वाभाविक रुपमा सिकाउँछ। ति चार कुराहरु के-के हुन्, त्यो पनि सुन्नुहोस्-
• पहिलो: यदि संसारमा कहीं पनि शिर्क (मूर्तिपूजा) हुन्छ, कुफ्र (इस्लाम विरोधी/नास्तिकता) हुन्छ या इर्तिदाद (मुसलमानले इस्लाम छोडेर जाने) हुन्छ भने त्यसलाई मृत्युदण्ड हुनेछ र त्यो दण्ड दिने अधिकार केवल हामीलाई मात्र छ।”
(अर्थात, मदरसामा पढ्ने या त्यहाँ बाट शिक्षा ग्रहण गरेर निस्कने हरेकले मूर्तिपूजक (हिन्दु) हरुलाई आफ्नो घोर शत्रु मान्दछ, जसलाई सिध्याउनु उसको धार्मिक उत्तरदायित्व हो।)
क्रमशः..

Leave a Reply

Your email address will not be published. Required fields are marked *