ओ३म् रामका परम मित्र महावीर हनुमानको आदर्श तथा अनुकरणीय जीवन चैत्र पूर्णिमा, २०७६, वैशाख ६ (अप्रिल-१९, २०१९) आज सनातन धर्म र संस्कृतिका महान आदर्श आजन्म ब्रह्मचारी महावीर हनुमानको जन्म जयन्ती हो। मर्यादा पुरुषोत्तम श्री रामचन्द्रका साथ महावीर हनुमानको नाम पनि आर्य इतिहासको पानामा सुनौलो अक्षरले अंकित छ र सदा अमर रहनेछ। उनि समान ब्रह्मचर्यको पालन गर्ने, स्वामी-भक्त, आफ्ना स्वामीका कार्यलाई प्राणपणले पूरा गर्ने वाला तथा सबै कार्यलाई सफल पार्ने वाला सनातन धर्म र संस्कृतिका रक्षक, पाकाल उनि समान विद्वान तथा आचरणीय आर्य वीर पुरुष अखिल विश्वको इतिहासमा अन्य छैनन्। वीर हनुमानले श्रेष्ठतम वैदिक धर्म र संस्कृतिलाई वरण गरेर त्यसलाई हर पल तथा हर क्षण पालन गरे। उनि आजीवन ब्रह्मचारी रहे। रामायण एक प्राचीन ग्रन्थ हुनाका कारण त्यसमा अन्य ग्रन्थ झैं … Continue reading रामका परम मित्र महावीर हनुमानको आदर्श तथा अनुकरणीय जीवन→
बेपायतमा अंग्रेजीको विरोध ओ३म्.. संसारका सबै वैज्ञानिकहरु बहुभाषी या कम से कम द्विभाषी हुनु पर्दछ ताकि त्यसको लाभ सबलाई प्राप्त होस्। यो कुरो स्वयंमा निक्कै महत्वपूर्ण हो कि बेलायतका वैज्ञानिकहरुले अंग्रेजी भाषाको एकाधिकारका विरुद्ध आवाज उठाउँदै छन्। युआन गोंजालीज, विलियम सदरलेण्ड र तात्सुआ अमानो नामक वैज्ञानिकले एउटा विज्ञान-पत्रिकामा लेख लेखेर यो कुरामा आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् कि आजभोलि विज्ञान संबंधी धेरैजसो शोधकार्य अंग्रेजीमा हुन्छ। गैर-अंग्रेजहरुले पनि अंग्रेजी कै प्रयोग गर्ने गर्दछन्। यसको एउटा दुष्परिणाम यो हुन्छ कि संसारका वहुसंख्यक मानिसहरुले यस्ता नयाँ शोध-कार्यहरुको लाभ उठाउन सक्दैनन्। उनीहरुले चीनको उदाहरण दिए। सन् २००४मा चीनमा लाखौँ पंक्षीहरुलाई बचाउन सकिएन किनकि त्यहाँका वैज्ञानिकहरुले अंग्रेजीमा लेखिएको सूत्र बुझ्न सकेनन्। यसको उल्टो पनि सत्य हुन्छ। रुस र जापानका वैज्ञानिकहरुले आफ्नो शोध-कार्य … Continue reading बेपायतमा अंग्रेजीको विरोध→
ओ३म्… हिरण्यगर्भ: समवर्त्तताग्रे भूतस्य जात: पतिरेक आसीत्। स दधार पृथिवीं द्यामुतेमां कस्मै देवाय हविषा विधेम।। [ऋग्वेद १०/१२९/१] अर्थात्, हिरण्यगर्भ जुन परमेश्वर हो, त्यहि एक मात्र सृष्टि पूर्व वर्तमान थियो, जुन यो समस्त जगतको स्वामी हो र त्यसैले पृथिवी लगायत सूर्य पर्यन्त समस्त जगत्लाई रचेर धारण गरिरहेको छ। त्यहि सुखस्वरूप परम पिता परमेश्वरको नै हामीहरुले उपासना गर्ने गरौँ, अन्य कसैको हैन। समस्त सहृदयी मित्र तथा आफन्तजन हरुमा नववर्ष विक्रम संवत् २०७६ एवं सृष्टिसंवत् १,९६,०८,५३,१२० को हार्दिक शुभकामना। नयाँ वर्षले सबैमा सुख, शान्ति, सम्वृद्धि तथा आनन्द ल्याओस्.. ईश्वर संग यहि कामना गर्दछु..! नमस्ते..! शुभप्रभात…!
शल्य चिकित्साका पितामह- महर्षि सुश्रुत ओ३म्.. शल्यक्रियाको क्षेत्रमा सुश्रुतको नाम सबभन्दा पहिले आउँछ। उहाँ एक प्रसिद्ध तथा कुशल शल्य चिकित्सक हुनुहुन्थ्यो। शल्यको शाब्दिक अर्थ हो- चिरफार। शरीरलाई कुनै पीडा या दर्द नदिएर चिरफार गर्नु नै शल्य चिकित्सा हो। आङ्ग्ल भाषामा यसलाई सर्जरी अथवा अपरेशन पनि भनिन्छ। सामान्यतः संसारमा एउटा भ्रम सिर्जना गरिएको छ कि शल्यक्रियाको प्रारम्भ युरोपमा भएको थियो। तर यहाँ यो प्राचीन काल देखि नै विद्यमान रहेको छ। शल्यक्रियाको ज्ञान त्यसो त पुरातन काल देखि नै मानव लाई थियो। तर त्यो विकसित अवस्थामा नभएको हुनाले अत्यन्त पीडादायक प्रक्रियाको रुपमा थियो। यसमा मरणको सम्भावना पनि अधिक मात्रामा थियो। सुश्रुत नै त्यस्ता प्रथम चिकित्सक हुनुहुन्थ्यो जसले शल्यक्रियालाई एक व्यवस्थित स्वरूप दिनुभयो। उहाँले यस विद्यालाई परिष्कार गरेर अनेकौं मनुष्यलाई स्वास्थ्य लाभ दिनमा … Continue reading शल्य चिकित्साका पितामह- महर्षि सुश्रुत→
मदरसालाई आतंकवाद संग किन जोडिन्छ? (अन्तिम भाग) ओ३म्.. आज पाकिस्तानले पनि यहि मान्न वाध्य भएको छ कि स्वयं पाकिस्तान जुन आतंकवादको शिकार भइरहेको छ, त्यसको कारण पनि मदरसा नै हो। त्यसैले पाक सेनाले मदरसाहरुलाई नियंत्रित गर्ने सुझाव दिएको छ। भारतका सेनाध्यक्षले पनि कश्मीरमा जारी आतंकवादलाई रोक्नका लागि मदरसामा दिइने शिक्षामा कडा नजर राख्ने कुरा गरेका छन्। यिनीहरुले त अहिले केवल कुरा मात्र गरिरहेका छन्, बंगलादेशले मदरसाहरुको पाठ्यक्रम बाट “जिहाद” को पाठ नै निकाली सक्यो। उसले यस्तो यसकारणले गरेको हुन सक्छ किनकि उसलाई थाहा छ कि आतंकवादको जरो कहाँ छ, त्यसैले उसले जरोलाई नै काटेर फालिदियो। भारतमा धेरै पहिले देखि र नेपालमा अहिले मदरसा शिक्षाको राजनीतिक रुपमा यस्तो अनुचित प्रयोग गर्न थालिएको छ कि जुन मदरसाहरुमा निगरानी राख्नु पर्ने … Continue reading मदरसालाई आतंकवाद संग किन जोडिन्छ?→
अरविन्द केजरीवाल ने किया “औ३म्” का अपमान भारतीय लोकतंत्र का उत्सव (चुनाव) आने वाला है, हर पार्टी अपने अपने सामर्थ्यानुसार प्रचार कार्य कर रही है, परन्तु अभी देखने में आया है की कुछ पार्टियाँ कुछ जमात विशेष, मत विशेष वालों को खुश करने के लिए हिन्दुओं के उनके ईश्वर के मुख्य नाम “औ३म्” का अपमान कर रही है | झाड़ू पार्टी (नाम जान गये होंगे) के मुख्या, दिल्ली की भूल मुख्यमंत्री “अरविन्द केजरीवाल” ने 21 मार्च 2019 को एक ट्वीट किया और स्वास्तिक के निशान के पीछे एक व्यक्ति झाड़ू लेकर दौड़ते हुए का चित्र उसमें डाला है इसने लिखा है की यह फोटो किसी ने इसे भेजा है मेरा सवाल है अरविन्द जी की कल को … Continue reading अरविन्द केजरीवाल ने किया “औ३म्” का अपमान→
मदरसालाई आतंकवाद संग किन जोडिन्छ? (भाग-२) ओ३म्.. • दोस्रो: संसारमा गैर मुस्लिमहरु केवल महकूम (शासित/आश्रित) हुनको लागि नै पैदा गरिएका हुन्। मुसलमान वाहेक अन्य कसैलाई पनि संसारमा हुकूमत (प्रभुत्व/शासन) को अधिकार छैन। गैर मुस्लिमहरुको हरेक शासन या प्रभुत्व एक विधि विरुद्धको (नाजायज) हो। जब हामि संग शक्ति या बहुमत हुनेछ तब हामी त्यसलाई उल्ट्याउने छौं। (यहाँ पनि यो ध्यान दिनु पर्ने कुरो छ कि नेपाल र भारतमा लोकतंत्र छ र बहुसंख्यक हिन्दू नै सत्तामा रहन्छन्। यस्तो स्थितिमा मदरसामा पढ्ने हरेक शिक्षार्थीहरु यहि शिक्षाका साथ हुर्केका हुन्छन् कि उनलाई देशमा हिन्दुहरुको शासन खतम गर्नुछ।) • तेस्रो: संसारमा केवल मुसलमानहरुको मात्र एक शासन हुनु पर्दछ जसलाई खिलाफत (खलिफाको पद/पैगम्बरको प्रतिनिधि हुनु) भनिन्छ। (यहि त्यो सोंच हो, जसले तालिबान, अलकायदा र आइएसआइएस … Continue reading मदरसालाई आतंकवाद संग किन जोडिन्छ? (भाग-२)→
आचार्यों द्वारा कुमार का गर्भ में धारण ऋषिः वामदेवः। देवता पितरः। छन्दः निवृद्आर्षीगायत्री। आर्धत्तपितरोगर्भकुमारंपुष्करस्रजम्।यथेहपुरुषोऽसत्॥ -यजु० २। ३३ | हे ( पितर:१) पालनकता गुरुजनो! आचार्यो ! आप ( पुष्करस्त्रजं कुमारं ) कमल फूलों की माला पहने हुए इस कुमार को ( गर्भम् आधत्त ) गर्भ रूप में धारण करो, ( यथा ) जिससे यह (इह ) यहाँ, गुरुकुल में ( पुरुषः ) विद्वान् पुरुष ( असत्) ही जाए। वेद के आदेश और अनुभवी शिक्षाविज्ञों के अनुभव के अनुसार राष्ट्र में बालक-बालिकाओं की शिक्षा अनिवार्य होनी चाहिए। एक महान् शिक्षाशास्त्री के वचन हैं—“इसमें राजनियम और जातिनियम होना चाहिए कि पाँचवें अथवा आठवें वर्ष से आगे कोई अपने लड़कों और लड़कियों को घर में न रख सके, पाठशाला में अवश्य भेज देवे। जो … Continue reading आचार्यों द्वारा कुमार का गर्भ में धारण :रामनाथ विद्यालंकार→
मदरसालाई आतंकवाद संग किन जोडिन्छ? (भाग-१) ओ३म्.. मदरसा माने शिक्षालय, विद्यालय, स्कूल, एक त्यस्तो स्थान जहाँ बालबालिका हरुलाई शिक्षाको तालीम दिने गरिन्छ। यदि कुरो यत्ति नै हो भने फेरी मदरसा भन्ने बित्तिकै यत्रो डर किन हुन्छ? यो शब्द किन यत्रो भयको कारण बनेको छ? किन मदरसाको नाम आउना साथ यसलाई आतंकवाद संग जोडेर हेर्ने गरिन्छ? मदरसामा त्यस्तो के सिकाइन्छ अथवा पढाइन्छ र त्यहाँ पढ्ने हरेक वालक या युवा संसारको लागि खतराको सूचक बन्छ? भारतीय शिया वक्फ बोर्डका अध्यक्ष वसीम रिजवीले “मदरसामा आतंकवाद पढाइन्छ” किन भन्नु पर्थ्यो? यस्तो भन्नुको पछाडी के कारण थियो? युरोप र अमेरिकामा संचालित मदरसाहरुमा किन कडा निगरानी राखिन्छ? शुरु गरौँ पाकिस्तानका उदारवादी मुस्लिम मौलाना भनेर चिनिने जावेद अहमद घामिडीको एक वक्तव्य बाट जुन केहि वर्ष पहिले उनले … Continue reading मदरसालाई आतंकवाद संग किन जोडिन्छ? (भाग-१)→