Category Archives: नेपाली

व्यक्तित्व विकास र राष्ट्र निर्माणको कुञ्जी – गुरुकुलीय शिक्षा पद्धति:

ओ३म् ….

gurukul

व्यक्तित्व विकास र राष्ट्र निर्माणको कुञ्जी – गुरुकुलीय शिक्षा पद्धति:

प्रेम आर्य (दोहा, कतार बाट)

कमि कमजोरी एउटा व्यक्ति मा पनि हुन्छ, र कुनै संस्था मा पनि हुन सक्छ। तर हाम्रा ऋषि-मुनिहरुले भनेको र अवलम्बन गरिएको गुरुकुलीय शिक्षा पद्धति मा कुनै कमि कमजोरीहरु हुनै सक्दैनन्। यो पद्धतिले व्यक्तिमा मानवीय गुण समावेश गरेर उसको निर्माण गर्दछ। जसबाट परिवार, समाज, राष्ट्र एवं अखिल जगतको नै सहि निर्माण हुन्छ। आजको शिक्षा पद्धति जो केवल धन कमाउने सम्म मात्र सिमित भएको छ। अक्षर-ज्ञान जसको ध्यय हुन्छ, त्यसबाट नैतिकताको बिकास हुन सक्दैन। फलतः व्यक्ति तथा समाजको सर्वांग विकास गर्नमा त्यो सक्षम हुँदैन। भौतिक एवं अध्यात्मिक दुवै प्रकारको समानान्तर बिकासले नै उच्चादर्श-युक्त समाजको निर्माण गर्न सक्छ जो गुरुकुलीय शिक्षा पद्धतिको उज्वल पक्ष अङ्गीकार गरेर नै सम्भव छ। यदि यस्तो भएन भने जुन गतिमा अहिले सामाजिक मूल्य मान्यताको ह्रास हुँदै गएको छ, यसलाई रोक्न असम्भव हुने छ तथा “क्रिन्वन्तो विश्वमार्यम्“ को उद्घोष मात्र थोत्रो नारा मा सिमित रहनेछ। श्रेष्ठ व्यक्तिहरु चिन्तित छन्, आ-आफ्नो सामर्थ्यानुसार गुरुकुल पद्धति को प्रचार-प्रसार गर्दैछन्। तर अर्थकरी विद्याको अवधारणा भएको कारणले उनको प्रयास पूर्ण सफल हुन सकेको छैन। अतः गुरुकुल पद्धतिको पुनर्स्थापना को लागि समाजको सहयोगका साथै सरकारी संरक्षण पनि नितान्त आवस्यक छ। अस्तु..

नमस्ते..!

राधा को थिइन् ?

ओ३म्..

नपढेकाहरुको कुरो त के गरौँ र, आजभोली आँफूलाई निक्कै आधुनिक शिक्षा पढेलेखेको सम्झनेहरुको जिब्रोमा पनि ‘राधे-राधे’ शब्द झुण्डिएको हुन्छ। नगर तथा गाउँमा पनि राधा-कृष्णको मन्दिर देख्न पाइन्छ। तर कसैको मुखबाट योगिराज श्रीकृष्णकी प्राण प्रिय धर्म पत्नी रुक्मिणीको नाउ उच्चारण हुँदैन र उनको कहीं कुनै एउटा पनि मन्दिर देख्न सकिएको छैन। राधा को थिई भनेर कसैलाई सोध्यो भने पनि सिधा उत्तर पाइन्न कसैबाट। यस्तो घुमाउरो पाराले उत्तर दिने गर्दछन कि ति स्वयं पनि अन्तिममा अक्क-बक्क मै पर्छन्, मैले के भनें भनेर। किनकि तिनलाई पनि थाहा छैन वास्तवमा राधा एक काल्पनिक पात्र हो भनेर। बस्, सुगा रटाइ र भेडा-चाल मात्र छ…!

हजुर, राधालाई यसकारणले काल्पनिक पात्र भन्न सकिन्छ कि श्रीकृष्ण आफ्नो समयका एक महान आदर्शवान चरित्रले भरिएका महामानव थिए। महाभारतका सबै प्रमुख पात्रहरु भीष्म, द्रोण, व्यास,धृतराष्ट्र, कर्ण, अर्जुन, युधिष्ठिर आदिले श्रीकृष्णको महान-चरित्रको प्रशंसा गर्ने गर्दथे। उस् कालमा पनि परस्त्री संग अवैध संबंध राख्नु दुराचार नै मानिन्थ्यो। त्यसैकारण भीमले द्रौपदी तिर उठेका कामि कीचकका कामुक आँखा नै निकाल्दिएका थिए। र जयद्रथलाई युधिष्ठिरको बिशेष आग्रहमा मुण्डन मात्र गरेर बेइज्जत गरि छोडेका थिए। यदि श्रीकृष्णको पनि कुनै राधा नामकी स्त्री संग अवैध सम्बन्ध भएको भए श्रीकृष्णलाई मिथ्या दोषारोपण गर्ने वाला शिशुपालले त्यो प्रसंग पनि पक्कै उठाउने थियो। सम्पूर्ण महाभारतमा केवल कर्णलाई पालन-पोषण गर्ने आमा राधालाई छोडेर यस काल्पनिक राधाको नाम कहीं पनि छैन भने केका आधारमा यी अन्ध-भक्तहरु राधा-कृष्ण सरह हाम्रो वैदिक सभ्य समाजको सालिनता खण्डित गर्दै तरुण स्त्री-पुरुषलाई विवाह बन्धनमा नपरेर नै साथमा रहने अर्थात् दुराचार गर्ने स्वतंत्रता दिन चाहन्छन्?

भागवत् पुराणमा श्रीकृष्णको अनेकौं काल्पनिक लीलाहरुको वर्णन छ तर यी राधा रानीको नाउ त्याहाँ पनि  छैन। राधाको वर्णन मुख्य रूपले ब्रह्मवैवर्त पुराणमा आएको छ। यो पुराण वास्तवमा कामशास्त्र नै हो। जसमा श्रीकृष्ण राधा आदिको आडमा लेखकले  आफ्नो काम पिपासा शान्त गरेको छ। तर यहाँ पनि मुख्य कुरो यो छ कि यस एक ग्रन्थमा श्रीकृष्णको राधाका साथ्मा भिन्न-भिन्न सम्बन्ध दर्शाइएको छ। जसले स्वतः नै राधालाई काल्पनिक सिद्ध गर्दछ। हेरौं-

ब्रह्मवैवर्त पुराण ब्रह्मखंडको पाँचौ अध्यायमा श्लोक २५ र २६ का अनुसार राधालाई कृष्णकी पुत्री सिद्ध गरिएको छ। किनकि राधा श्रीकृष्णको वामपार्श्व बाट उत्पन्न भएकी भनिएको छ।
ब्रह्मवैवर्त पुराण प्रकृति खण्ड अध्याय ४८ अनुसार राधा कृष्णकी पत्नी (विवाहिता) थीइन्, जसको विवाह ब्रह्माले गराएका थिए। यसै पुराणको प्रकृति खण्ड अध्याय ४९ श्लोक ३५/३६/३७/४० र ४७ का अनुसार राधाा श्रीकृष्णकी माइजू थीइन्। किनकि उनको विवाह कृष्णकी माता यशोदाका भाई रायणका साथ भएको थियो। गोलोकमा रायण श्रीकृष्णको अंशभूत गोप थियो। अतः गोलोकको नाताले राधा श्रीकृष्णकी पुत्रवधु भइन्।

के यस्तो ग्रंथ र यस्ता व्यक्तिलाई प्रमाण मान्न सकिन्छ? अनेकौं कविहरुले पनि यिनै पुराणहरुको काल्पनिक कथालाई आधार मानेर भक्तिको नाममा  शृंगारिक रचनाहरु लेखेका छन्। यी सब महाभारतका श्रीकृष्ण सम्म पुग्न नै सकेनन्। जसले पराई स्त्री संग त के भनौं र, आफ्नी विवाहिता परमप्रिय स्त्री रुक्मिणी संग पनि १२ वर्ष सम्म ब्रह्मचर्य ब्रत धारण गरेर तपस्या गरेपछि मात्र केवल संतान प्राप्ति हेतु समागम गरेको होस्, जसको हातमा मुरली हैन, दुष्टहरुलाई विनाश गर्नको लागि सुदर्शन चक्र थियो, जसलाई गीतामा योगेश्वर भनिएको छ, जसलाई दुर्योधन जस्तो अति कृतघ्नले पनि पूज्यतमों लोके (संसारमा सबभन्दा अधिक पूज्य) भनेको छ, जसले आधा प्रहर रात्रि शेष रहँदै शैया त्यागेर ईश्वरको उपासना गर्ने गर्दथ्यो, युद्ध र यात्रामा पनि जसले निश्चित रूपले संध्या गर्दथ्यो, जसको गुण, कर्म, स्वभाव र चरित्रलाई महर्षि दयानन्दले आप्तपुरुषहरुको सदृश भनेका छन्, बंकिम चन्द्रले जसलाई सर्वगुणान्ति र सर्वपापरहित आदर्श चरित्र भनेर लेखेका छन्, जसले धर्मात्माहरुको रक्षाको लागि धर्म र सत्यको परिभाषा पनि बदलदिन्थ्यो। यस्ता धर्म-रक्षक एवं दुष्ट-संहारक श्रीकृष्णको अस्तित्त्वलाई मान्ने उदारता यी तथाकथित् धर्मभिरु तथा दुराग्रहग्रस्त इतिहास वेत्ताहरुले देखाउलान् ? अस्तु..

नमस्ते..!