…वैदिक ईश्वर

वैदिक ईश्वर-२

३- ईश्वर अनंत गुण सम्पन्न छ। अज्ञानीहरुले आफ्नो अज्ञानतावश उसको विभिन्न गुणहरुलाई नै विभिन्न ईश्वर मान्ने गर्दछन।

4- यस्तो शंका निराकरणको लागि वेदमा अनेकौं मन्त्र छन् जसले स्पष्ट गर्दछन कि केवल एक मात्र ईश्वर छ र उसका साथ हाम्रो सम्पर्क गराउनको लागि कुनै अभिकर्ता, मध्यस्थकर्ता, सहायक, पैगम्बर तथा मसीहाको आवश्यकता पर्दैन ।

ईशावास्यमिदं सर्वं यत् किञ्च जगत्यां जगत्।

तेन त्यक्तेन भुञ्जीथा मा गृधः कस्यस्विद् धनम्।। यजुर्वेद: ४०/१।।

अर्थात्, यो सारा जगत नै एक मात्र ईश्वर द्वारा पूर्णतः व्याप्त तथा नियंत्रित छ। त्यसैले कदापि अन्याय पूर्वक कसैको धन-सम्पत्ति प्राप्त गर्ने इच्छा गर्नु हुँदैन; त्यागको भावनाले न्यायपूर्ण एवं शुद्ध आचरण द्वारा नै ईश्वरको आनंद भोग्नु पर्दछ। किनकि त्यहि नै समस्त सुखदाता हो ।

 अहं भुवं वसुनः पूर्व्यस्पतिरहं धनानि सं जयामि शश्वतः।

मां हवन्ते पितरं न जन्तवोऽहं दाशुषे वि भजामि भोजनम् ॥ऋ. १०/४८/१॥

अर्थात्, एक मात्र ईश्वर नै सर्वव्यापक र सारा संसारको नियन्ता हो। त्यहि सब विजय-दाता र सारा संसारको मूल निमित्त कारण हो। सबै जीवहरुले ईश्वरलाई त्यसैगरि पुकार्नु पर्दछ जसरि एक बालकले आफ्ना माता-पितालाई पुकार्दछ। त्यहि नै  एक मात्र सबलाई पालन-पोषण गर्ने र सब सुखको दाता हो।

अहमिन्द्रो न परा जिग्य इद्धनं न मृत्यवेऽव तस्थे कदा चन।

सोममिन्मा सुन्वन्तो याचता वसु न मे पूरवः सख्ये रिषाथन॥ऋ. १०/४८/५॥

अर्थात्, ईश्वर सारा संसारको प्रकाशक हो। ऊ कदापि पराजित हुँदैन र न उसको कहिल्यै मृत्यु हुन्छ। ऊ यो संसारको रचना गर्नेवाला हो। सम्पूर्ण जीवहरुले ज्ञान प्राप्तिको लागि तथा त्यसै अनुरुप कर्म गरेर सुख प्राप्तिको लागि प्रयत्न गर्नु पर्दछ। उनीहरु ईश्वरको मित्रता देखि कहिल्यै अलग हुनुहुँदैन ।

अहं दां गृणते पूव्र्य वस्वह ब्रह्म कृणवं मह्यं वर्धनम्।

अहं भुवं यजमानस्य चोदिता•यज्वन: साक्षि विश्वस्मिन भरे।। (ऋ. १०/४९/०१)

अर्थात्, केवल एक ईश्वरले नै सत्य प्राप्तिको लागि प्रयत्न गर्नेहरुलाई सत्य ज्ञान दिन्छ। त्यसैले नै ज्ञानको वृद्धि गर्दछ र धार्मिक मनुष्यहरुलाई श्रेष्ठ कार्यमा प्रवृत्त गर्दछ। त्यहि नै एकमात्र यस सारा संसारको रचयिता र नियंता हो। त्यसैले कहिले पनि उस एक ईश्वरलाई छोडेर  अन्य कसैको उपासना गर्नु हुँदैन।

हिरण्यगर्भः समवर्त्तताग्रे भूतस्य जातः पतिरेक ऽआसीत्|

स दाधार पृथिवीं द्यामुतेमां कस्मै देवाय हविषा विधेम (यजुर्वेद: १३/४)

अर्थात, यो सारा संसारको एक मात्र  निर्माता र नियंता छ । केवल एक त्यसैले नै  पृथ्वी, आकाश र सूर्यादि लोकहरुलाई धारण गरेको छ। त्यो स्वयं सुखस्वरूप छ । एक मात्र त्यहि नै हाम्रो लागि उपासनीय छ।

न द्वितीयो न त्रितियश्च्तुर्थो नाप्युच्यते ।

न पञ्चमो न षष्ठः सप्तमो नाप्युच्यते ।

नाष्टमो न नवमो दशमो नाप्युच्यते ।

स सर्वस्मै वि पश्यति यच्च प्राणति यच्च न ।

तमिदं निगतं सहः स एष एक एकवृदेक एव ।

सर्वे अस्मिन् देवा एकवृतो भवन्ति ।। अथर्ववेद: १३/४/ १६-२१ ।।

अर्थात्, ऊ न दुई छ, न तीन, न चार, न पाँच, न छः, न सात, न आठ, न नौ , र न दस छ । यसको विपरीत ऊ केवल एक मात्र छ। ऊ बाहेक अर्को कुनै ईश्वर छैन । सबै देवताहरु उसैमा निवास गर्दछन र उसै द्वारा नियंत्रित हुन्छन। त्यसैले केवल उसैको उपासना गर्नु पर्दछ, अन्य कसैको हैन।

महद्यक्षं भुवनस्य मध्ये तपसि क्रान्तं सलिलस्य पृष्ठे ।
तस्मिन् छ्रयन्ते य उ के च देवा वृक्षस्य स्कन्धः परित इव शाखाः  ।। अथर्ववेद: १०/७/३८।।

भाषार्थ – (महद्यक्षं) ब्रह्म जो महत् अर्थात् सबभन्दा महान र सबको पूज्य छ (भुवनस्य मध्ये) जो सब लोकहरुको बीचमा विराजमान र उपासना गर्न योग्य छ (तपसि क्रान्तं) जो विज्ञानादि गुणहरुमा सबभन्दा ठूलो छ (सलिलस्य पृष्ठे) सलिल जो अन्तरिक्ष अर्थात् आकाश छ, उसको पनि आधार र उसमा व्यापक तथा जगत् प्रलय भए पछी पनि नित्य निर्विकार रहने वाला छ (तस्मिञ्छ्रयन्ते य उ के च देवाः) जसको आश्रयमा वसु आदि पूर्वोक्त तेतीस देव बसिरहेका छन् (वृक्षस्य स्कन्धः परित इव शाखाः) जसरि पृथिवी बाट वृक्षको प्रथम अंकुर निस्केर त्यहि स्थूल भएर सब हाँगाहरुको आधार हुन्छ, त्यसै प्रकार सब ब्रह्माण्डको आधार पनि त्यहि एक परमेश्वर हो॥

अर्थात्, एक ईश्वर मात्र सबभन्दा महान छ र उपासना गर्न योग्य छ। त्यहि नै समस्त ज्ञान र क्रियाहरुको आधार हो।

परीत्य भूतानि परीत्य लोकान् परीत्य सर्वाः प्रदिशो दिशश् च।

उपस्थाय प्रथमजाम् ऋतस्यात्मनात्मानम् अभि सं विवेश॥ (यजुर्वेद: ३२/११)

अर्थात्, ईश्वर संसारको कण-कणमा व्याप्त छ। कुनै पनि स्थान उस बाट खाली छैन। ऊ स्वयंभू हो र आफ्नो कर्म गर्नको लागि उसलाई कुनै सहायक, पैगम्बर, मसीहा या अवतारको आवश्यकता पर्दैन। जसले उसको अनुभव गर्न सक्षम हुन्छ त्यसले बंधनरहित मोक्ष सुख भोग्छ।

वेदमा यस्ता असंख्य मंत्र छन्, जसले एक मात्र ईश्वरको वर्णन गर्दछन। हामीलाई अन्य कुनै अवतार, पैगम्बर या मसीहाको शरणमा नगएर नै सिधा  ईश्वरको उपासनाको निर्देश गर्दछन।

क्रमशः…

2 thoughts on “…वैदिक ईश्वर”

    1. ओ३म्..
      श्याम भाइ, आँफूले पनि जानौं र अरुलाई पनि जानकारी दिउँ..
      हार्दिक आभार..

Leave a Reply

Your email address will not be published. Required fields are marked *