–वैदिक ईश्वर-अन्तिम भाग

ओ३म्..

–वैदिक ईश्वर-अन्तिम भाग..

प्रश्न:- यसको मतलब राम, कृष्ण, दुर्गा र लक्ष्मीको मंदिरमा जानु र यिनको पूजा गर्नु सब गलत हो?
उत्तर:- यसलाई सम्झनाको लागि एक उदहारणको रुपमा कुनै दुर्गम गाउँमा बस्ने एक आमालाई हेर जसको पुत्रलाई सापले डसेको छ। उनले आफ्नो बालकको जीवन बचाउनको लागि झार-फूक गर्ने कुनै ओझा या लामा तान्त्रिक कहाँ लिएर जान्छिन भने तिमि उसलाई सही भन्छौ या  गलत? आजभोलि धेरैजसो ईश्वर भक्तहरु चाहे त्यो हिन्दू होस्, मुस्लिम होस् , ईसाई होस् या अन्य कुनै होस्, यस्तै प्रकारका हुन्। उनको भावना सच्चा र सम्मान गर्न योग्य छ तर अज्ञानतावश तिनीहरुले ईश्वर भक्तिको गलत मार्ग चुनेका छन्। यसैबाट यस बिषयको स्पष्ट रुपमा अवगत हुन्छ। जहाँ सम्म वेदको बारेमा जान्ने सुन्नेको कुरो छ त्यस्ता व्यक्ति बिरलै छन् । तर पनि कम से कम हिन्दूहरु त छँदैछन् जसले वेदलाई नै सर्वोच्च  मान्दछन्।

आफ्ना पूर्ववर्ती महापुरुषहरु प्रति हाम्रो सच्चा श्रद्धा यही हुन सक्छ कि हामीहरुले उनका गुणहरुलाई आत्मसात गरेर उनीहरुले जस्तै शुभ कर्म गरौँ। उदहारणको लागि हामि चारैतिर फैलिएको भ्रष्टाचार, अनाचार, व्यभिचार, आतंकवाद र अनैतिकता आदि जस्ता रावणहरुलाई देख्दछौं। यदि हामि न्यायपूर्वक यिनको प्रतिकार गर्न एकजुट भयौं भने मात्र यो श्रीरामको सच्चा गुणगान होला। यसै प्रकार श्रीकृष्णा, दुर्गा, हनुमान आदिको लागि पनि। जो जीवन भरि श्रीहनुमानको प्रशंसक बन्न चाहन्छ, उनको गुणगान गर्ने शैली यहि हो को उसले आफ्नो उच्च नैतिक चरित्र बनाओस् र आफ्नो शरीरलाई स्वस्थ र शक्तिशाली बनाउनको लागि प्रयास गरोस् जसबाट समाजको सेवा गर्न सकियोस् । हनुमानको पूजा गर्नुको अर्थ नै के भयो र यदि आफ्नो शरीर कमजोर होस् र पेट खराब? तर पनि हामि त्यसमा गरिष्ट मिठाइ तथा लड्डु भर्दै जाउँ! हुनत पूजा गर्ने यी सबै विधिहरुको पछाडी जो उद्देश्य छ त्यो वास्तवमा सरहानीय छ र हामी सबै संप्रदायका भक्तहरुको पवित्र भावना प्रति नतमस्तक छौं, तर हाम्रो कामना यहि छ कि सब ईश्वर भक्तहरुले पूजा गर्ने एक मात्र विधि अपनाउँ जो विधि श्रीराम र श्रीकृष्णले आफ्नो जीवनमा अपनाएका थिए।

प्रश्न:- के ईश्वर सर्वशक्तिमान छ?
उत्तर:- अवश्य, ऊ सर्वशक्तिमान छ । तर यसको अर्थ जे चाह्यो त्यो उसले गर्न सक्छ भन्ने कदापि हैन। आफ्नो इच्छाले जे पनि गर्दै जानु त स्वेच्छाचारिता हो यो अनुशासनहीनताको संकेत हो। यसको विपरीत ईश्वर सबभन्दा अधिक अनुशासनपूर्ण छ। सर्वशक्तिमत्ताको अर्थ यहि हो कि उसलाई आफ्नो कर्तव्य कर्म – सृष्टिको उत्पत्त्त्ति, स्थिति र प्रलय, गर्नको लागि अन्य कसैको सहायता आवश्यकता पर्दैन। ऊ स्वयं नै आफ्नो सम्पूर्ण कर्त्तव्य कर्महरु गर्नमा समर्थ छ।

तर उसले केवल आफ्नो कर्तव्य कर्महरु मात्र गर्दछ। उदाहरणको लागि – उसले अर्को ईश्वर बनाएर स्वयंलाई मार्न सक्दैन। उसले स्वयंलाई मूर्ख बनाउन सक्दैन। उसले चोरी, डकैती आदि  दुष्कर्महरु गर्दैन।

प्रश्न:- के ईश्वरको कुनै आदि (आरम्भ) छ?

उत्तर:- ईश्वरको न कुनै आदि छ र न कुनै अन्त। ऊ सदा देखि थियो, छ र रसदा रहनेछ। र उसका सबै गुणहरु सदा एक समान रहन्छन्। जीव र प्रकृति अन्य दुई अनादि तथा अनन्त वस्तु हुन्।

प्रश्न:- ईश्वरले के चाहन्छ?

उत्तर:- ईश्वरले सब जीवहरुको लागि सुख चाहन्छ र जीवहरुले पनि उक्त सुखको लागि प्रयास गरेर आफ्नो योग्यताको आधारमा उसलाई प्राप्त गरुन्।

प्रश्न:- के हामीले ईश्वरको उपासना गर्नु पर्छ र? यदि हामीलाई उसले क्षमा गर्दैन भने किन उपासना गर्नु?

उत्तर:- हो, हामीले ईश्वरको उपासना गर्नु पर्छ र ऊ नै एकमात्र उपासनीय छ। अँ, यो ठीक कुरो हो कि यदि तिमि वास्तवमा अनुत्तीर्ण भएका छौ भने  ईश्वरको उपासना गरेर तिमीलाई कुनै उत्तीर्णताको प्रमाणपत्र त्यतिकै पाइन्न। केवल अल्छी र अर्कालाई धोका दिनेहरु नै सफलताको लागि यस्तै अनैतिक उपायहरुको सहारा लिन्छन् ।

ईश्वरको स्तुति गर्नुको लाभ अरु नै छ, जस्तो:

क) ईश्वरको स्तुति गर्नाले हामि उसलाई र उसद्वारा रचीएको यो सृष्टिलाई अधिक राम्रो संग बुझ्न सक्छौं।
ख) ईश्वरको स्तुति गर्नाले हामि उसको गुणहरुलाई अधिक राम्रो संग बुझेर आफ्नो जीवनमा धारण गर्न सक्छौं।
ग) ईश्वरको स्तुति गर्नाले हामि ‘अन्तरात्माको आवाज’ लाई अधिक राम्रो संग सुन्न सक्छौं र उसको निरन्तर तथा स्पष्ट मार्गदर्शन प्राप्त गर्न सक्छौं।
घ) ईश्वरको स्तुति गर्नाले हाम्रो अविद्या नाश हुन्छ, शक्ति प्राप्त हुन्छ र हामि जीवनका कठिनतम चुनौतिहरुको सामना दृढ आत्मविश्वासका साथ सहजताले गर्न सक्छौं।
ङ) अन्ततः हामिले अविद्यालाई पूर्ण रूपले हटाउन सक्षम हुन्छौं र मुक्तिको परम आनन्द प्राप्त गर्दछौं।

यहाँ ध्यान दिन योग्य कुरो यो छ कि स्तुतिको अर्थ मंत्रोच्चारण या मनलाई विचारशून्य गर्नु हैन। यो त ज्ञान, कर्म र उपासना द्वारा ज्ञानलाई आत्मसात गर्ने क्रियात्मक रीति हो ।

प्रश्न:- जब ईश्वरको कुनै अङ्ग र ज्ञानेन्द्रियहरु नै छैनन् भने उसले आफ्नो कर्म कसरि गर्दछ ?

उत्तर: – उसका क्रियाहरु अत्यन्त सूक्ष्म स्तरमा हुने गर्दछन, त्यो गर्नको लागि उसलाई कुनै अङ्ग या इन्द्रियहरुको आवश्यकता पर्दैन। उसले आफ्नो स्वाभाविक शक्तिले समस्त कर्म गर्दछ। उसका आँखा छैनन्, तर उसले देख्न सक्दछ किनकि उसका आँखाहरु आकाशमा प्रत्येक बिंदुमा छन्, उसका खुट्टा छैनन् तर पनि उसको गति सबभन्दा तिब्र छ, उसक कान छैनन् तर पनि उसले सबै सुन्न सक्छ। उसले सबै जान्दछ तर पनि सबैको पूर्ण प्रज्ञान भन्दा पर छ। यो श्लोक उपनिषद्मा छ । ईशोपनिषदले पनि यसको विस्तृत वर्णन गरेको छ।

प्रश्न: – के ईश्वरलाई सीमाहरु ज्ञात छ?
उत्तर:- ईश्वर सर्वज्ञ छ। यसको अर्थ हो- जति पनि सत्य छ, उसले सब जान्दछ। किनकि ईश्वर असीमित छ त्यसैले उसले जान्दछ कि ऊ असीमित छ। यदि ईश्वरले आफ्नो सीमालाई जान्ने प्रयास गर्यो भने (जुन छँदैछैन) त ऊ अज्ञानी हुनेछ।

प्रश्न:- ईश्वर सगुण छ या निर्गुण?
उत्तर:- दुवै छ। यदि ईश्वरको दया, न्याय, उत्पत्ति, स्थिति आदि गुणहरुको कुरो गरौँ भने ऊ सगुण छ। यदि ति गुणहरुको कुरो गरौँ जुन गुण उसमा छैनन् जस्तै- मूर्खता, क्रोध, छल, जन्म, मृत्यु आदि तब ईश्वर निर्गुण छ । यो अंतर केवल शब्दगत छ।

प्रश्न:- कृपया ईश्वरको मुख्य गुणहरुलाई संक्षेपमा भन्नुहोस्।
उत्तर:- उसका गुण त अनंत छन् र शब्दमा वर्णन गर्न सकिन्न । तर पनि केहि मुख्य गुण यस प्रकार छन्:

  • उसको अस्तित्व छ।
  • ऊ चेतन छ।
  • ऊ सब सुखहरु र आनंदको स्रोत हो।
  • ऊ निराकार छ।
  • ऊ अपरिवर्तनीय छ।
  • ऊ सर्वशक्तिमान छ।
  • ऊ न्यायकारी छ।
  • ऊ दयालु छ।
  • ऊ अजन्मा हो।
  • उसको कदापी मृत्यु हुँदैन।
  • ऊ अनन्त छ ।
  • ऊ सर्वव्यापक छ।
  • ऊ सब संग रहित छ।
  • उसको देश अथवा कालको अपेक्षाले कुनै आदि अथवा अन्त छैन।
  • ऊ अनुपम छ।
  • उसले संपूर्ण सृष्टिको पालन गर्दछ।
  • उसले सृष्टिको उत्पत्ति गर्दछ।
  • उसले सबै जान्दछ।
  • उसको कहिल्यै क्षय हुँदैन, ऊ सदैव परिपूर्ण छ।
  • उसलाई कसैको भय छैन।
  • ऊ शुद्धस्वरूप छ।
  • उसका कुनै अभिकर्ता (सहायक) छैनन्। उसको सम्पूर्ण जीवहरुका साथ सीधा सम्बन्ध छ।

ऊ नै एक मात्र उपासना गर्न योग्य छ, अन्य कसैको सहायताको आवश्यकता छैन।

ऊ नै एक मात्र हरेक विपत्तिहरुलाई दूर गर्ने र सुख प्राप्त गर्ने पथ हो।

-(हार्दिक आभार: अग्निवीर)

One thought on “–वैदिक ईश्वर-अन्तिम भाग”

  1. अति धेरै कुरो बुज्ने मौका दिनु भएको मा धन्यवाद प्रेम गुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *