All posts by प्रेम आर्य

अवतारवाद अर्थात् नपुंसकवाद:

ओ३म्

अवतारवाद अर्थात् नपुंसकवाद:

जब-जब अधर्मको वृद्धि हुन्छ र धर्मको ह्रास हुन्छ, तब-तब ईश्वरले अवतार धारण गर्दछ, ईश्वर यस धराधाममा अवतार लिन्छ। यसको पुष्टिमा बिशेष गरि मानिसहरुले गीताको निम्न श्लोक प्रमाण स्वरूप दिने गर्दछन :-

यदा यदा हि धर्मस्यग्लानिर्भवति भारत।

अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्।।

परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्‌ ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ॥ (गीता ४/७-८)

यी उपरोक्त गीताका श्लोकहरुमा अवतारको प्रमुख कारण हामीले देख्यौं अब देवी भागवत पुराणमा अवतार लिनु पर्ने कारण हेर्नुस् के लेखेको छ –

शपामि त्वां दुराचारं किमन्यत् प्रकरोमिते।

विध्ुारोहं कृतः पाप त्वयाऽहं शापकारणात्।।

अवतारा मृत्युलोके सन्तु मच्छापसंभवाः।

प्रापो गर्भभवं दुःख भुक्ष्ंव पापाज्जनार्दन।।

यी देवी भागवतको श्लोकहरुमा अवतारको कारण धर्मको रक्षा वा अधर्मको विनाश गर्नको लागि नभएर भृगुको श्राप भोग्न भनिएको छ। अर्थात् महर्षि भृगुले विष्णुलाई उसको दुराचार कर्मको कारण श्राप दिए उनकै श्रापको प्रभावले विष्णुको मृत्यलोकमा अवतार भयो। गीताको र देवी भागवत पुराणमा अवतारको कारणहरुमा परस्पर विरोध छ।

अरु हेर्नुस्-

बौद्धरूपस्त्वयं जातः कलौ प्राप्ते भयानके।

वेदधर्मपरायन् विप्रान् मोहयामास वीर्यवान्।

निर्वेदा कर्मरहितास्त्रवर्णा तामासान्तरे ।।

यहाँ गीताको सर्वथा विपरीत अवतारको कारण भनिएको छ। गीताले धर्मको रक्षा कारण भन्छ र यहाँ त धर्मको नै नाश गर्नको लागि अतवार लिईयो,  अर्थात् भागवत पुराणले भन्छ कि – भगवानले बुद्ध अवतार लिए र सबलाई विरुद्ध उपदेश दिएर नास्तिक बनाए तथा वेद मार्गको नाश गरे। यहाँ यीनै अवतारवादिहरुको ग्रन्थ नै परस्पर विरुद्ध कथन गरिरहेका छन्।

यथार्थमा ईश्वरको कुनै पनि रुपमा जन्म धारण गर्ने कल्पना नै युक्ति तथा शास्त्र विरुद्ध छ। किनकि ईश्वरलाई कुनै पनि प्रकारको सहाराको आवश्यकता छैन, चाहे त्यो सहारा कुनै शरीरको होस् अथवा कुनै अन्य प्राणीको। परमेश्वर आफ्नो सब कार्य गर्नमा सक्षम तथा समर्थ छ, उसलाई कुनै अवतार लिनुपर्ने आवश्यकता छैन।

वेदमा ईश्वरलाई ‘‘अकायमव्रणमस्नाविरम्’’ भनिएको छ। त्यो परमात्मा सूक्ष्म र स्थूल शरीरको बन्धन रहित छ अर्थात् इश्वर यी सब बन्धनमा पर्दैन।

श्वेताश्वतर उपनिषद्मा ऋषिले भनेका छन्-

वेदाहमेतमजरं पुराणं सर्वात्मानं सर्वगतं विभुत्वात्।

जन्मनिरोधं प्रवदन्ति यस्य ब्रह्मवादिनो हिप्रवदन्ति नित्यम्।।४/२१।।

अर्थात् त्यो परमात्मा अजर छ, पुरातन (सनातन) छ, सर्वान्तर्यामी छ, विभू र नित्य छ। ब्रह्मवादीहरु सदा उसको बखान गर्ने गर्दछन् ऊ कहिल्यै जन्म लिदैन।

उपरोक्त सबै प्रमाणहरु बाट सिद्ध हुन्छ कि परमात्माले जीवहरुको आ-आफ्नो कर्मानुसार नै उनीहरुको  भोगको लागि शरीर, स्थान, समुदाय आदि दिने गर्दछ तर आफ्नो इच्छाले कसैको विनाश वा रक्षाको लागि कसैलाई पठाउँदैन र यसैगरी ऊ स्वयं पनि विविध अवतार लिने गर्दैन अर्थात् कसैको रक्षा वा विनाश गर्नको लागि उसलाई कुनै शरीर धारण गर्नु पर्दैन।

श्रीकृष्णले भनेका छन् कि जब-जब धर्मको हानि हुन्छ तथा अधर्म, अनाचार एवं अत्याचार बढ्दछ तब-तब म  शरीर धारण गर्दछु।

साधु पुरुषहरुको उद्धार गर्नको लागि, पाप कर्म गर्नेहरुको विनाश गर्नको लागि र धर्मको स्थापना गर्नको लागि म युग-युगमा प्रकट हुने गर्दछु।

यो विचारधारा वेद प्रतिकूल त छ छ, स्वयं गीता र श्रीकृष्णको सिद्धान्तको पनि प्रतिकूल छ। यति मात्र हैन, यी श्लोकहरुमा थोरै विचार गर्नाले नै यो कुरो स्पष्ट हुन्छ कि यी श्लोकहरु बाट अवतारवाद सिद्ध हुँदैन।

चारवटै वेदमा कहीं एउटा पनि मन्त्र यस्तो छैन जहाँ ईश्वरलाई शरीरधारी भनिएको होस्। वेदमा त ईश्वरलाई ‘…अकायमअब्रणंस्नाविरम्’ (यजु० ४०/८) शरीर रहित र नस-नाडीको बन्धन रहित भनिएको छ। अन्यत्र उसलाई ‘अजः’ (ऋग्० ७/३५/१३) कहिल्यै जन्म नलिने भनिएको छ। उपनिषदहरुमा पनि ईश्वरको यस्तै स्वरुप वर्णित छ।

श्रीकृष्ण अत्यन्त उद्योगी, पुरुषार्थी एवं परिश्रमी महापुरुष थिए। उनको उपदेश थियो:-

क्लैब्यं मा स्म गमः पार्थ नैतत्त्वय्युपपद्यते।

क्षुद्रं ह्रदयदौर्बल्यं त्यक्त्वोत्तिष्ठ परन्तप।। (गीता २/३)

श्रीकृष्णले अर्जुनलाई उपदेश दिंदै भन्दछन:-

नपुंसक, कायर एवं भीरु नबन। यो तिम्रो योग्य छैन। हे शत्रुहरुलाई सन्ताप दिने वाला! ह्रदयको क्षुद्र दुर्बलता त्यागगरेर युद्धको लागि जीवन-संग्राममा संघर्षको लागि उठ।

श्रीकृष्णले गीताको जुन उपदेश दिये त्यो यति विस्तृत हुन सक्दैन। युद्धको अवसरमा जहाँ दुवै तिरका सेनाहरु युद्धको लागि तयार उभिएका छन् र युद्ध आरम्भ हुनै आँटेको छ, त्याहाँ यत्रो लामो पट्यार लाग्दो व्याख्यानको अवसर नै कहाँ हुनु? श्रीकृष्णले जुन उपदेश दिएकाथिए त्यो त गीताको दोस्रो अध्यायको ३८औं श्लोक सम्म प्रायः समाप्त हुन्छ। युद्धको अवसरमा श्रीकृष्णले अर्जुनलाई आत्माको अमरताको सन्देश दिएर उनलाई युद्धमा प्रवृत्त गराएका थिए। आत्माको अमरताको सन्देश नै गीताको सार र प्राण हो।

अज्ञानताका कारण जब समाजमा नाना थरि मत-पन्थहरु फैलिए, तब हाम्रा समस्त ग्रन्थहरुमा आ-आफ्ना स्वार्थका बिषय र प्रसंगहरु थपियो र हटाइयो। गीता पनि यस मिलावट बाट अछुतो रहन सकेन। प्रत्येक मतवादीले आफ्नो अभिप्राय र अनुकूलका श्लोकहरु रचना गरेर यसमा मिलाइदिए। यस प्रकार ७० श्लोकको गीता सात सय श्लोकको भयो।

योगेश्वर श्रीकृष्ण वेद र वेदांगहरुका मर्मज्ञ थिए। उनले वेदविरूद्ध हुने कुनै पनि उपदेश दिने काम गरेनन्, अतः यो निश्चितरुपले भन्न सकिन्छ कि उपर्युक्त श्लोकहरु अवतारवाद प्रचलित भए पछी मात्र गीतामा प्रक्षिप्त गरिएको हो।

माथि उदधृत द्वितीय श्लोकमा अवतार धारण गर्नको लागि तीन कारण दिइएको छ-

  • साधुहरुको रक्षा
  • दुष्टहरुको विनाश र
  • धर्मको स्थापना।

यदि यी तिनै हेतुहरुमा विचार गर्नेहो भने प्रतीत हुन्छ कि जति पनि अवतारहरु भएको भनिन्छ, ति मध्ये एउटा पनि अवतारले यी कार्यहरु पूरा गरेको छैन। किनकि विष्णुका जति पनि अवतारहरु भएको भनिन्छ, ति सबै छली र कपटी थिए। यस्तो प्रतीत हुन्छ कि उनको जन्म नै छल र कपट गर्न कै लागि भनेर भएको थियो अथवा ईश्वरले छल र कपटको विभाग विष्णुलाई सुम्पेको थियो सायद ।

  • मोहिनी अवतारले कुन साधुको रक्षा गरेको थियो? कुन चाई दुष्टलाई दण्ड दियो र कुन धर्मको स्थापना गर्यो? अँ, उसलाई देखेर शिवजीको वीर्यपात अवश्य भएको थियो।
  • वामन अवतार पनि विष्णु कै मानिन्छ। उनले बलीका साथ छल गर्नुको अतिरिक्त कुन चाइ उत्तम कर्म गरे र ?
  • परशुराम पनि पौराणिक कै अवतार हुन्। परशुरामले एक्काइस पल्ट क्षत्रियहरुको संहार गरेर पृथ्वीलाई क्षेत्रीय विहिन बनाएका थिए। के अवतार यसकै लागि हुने गर्दछ?
  • बुद्ध पनि पौराणिक अवतार मानिन्छ। उनले वेद र ईश्वरलाई नै मान्न अस्विकार गरे। यस्तै प्रकारका करतूतहरु उनका अन्य अवतारहरुको पनि छन्।

जब कसैले प्रश्न गर्दछ कि ईश्वरले अवतार किन लिने गर्छ? पौराणिकहरुको उत्तर हुने गर्दछ कि दुष्टहरुको संहार गर्नको लागि नै ईश्वरको अवतार हुने गर्दछ। यो उत्तर सुनेर अलिकति वुद्धि भएको व्यक्ति लाई हाँसो अवश्य लाग्छ। कुनै पनि वस्तु निर्माण गर्न कठिन हुन्छ र त्यसलाई बिगार्न या तोड-फोड गर्न सरल। जुन ईश्वरले शरीर धारण नगरेरै रावण, कंस, जरासन्ध, हिरण्यकश्यपु आदिलाई जन्म दिन सक्छ, यत्रो जटिल जगतलाई सृष्टि गरेर पालन-पोषण गर्न सक्छ भने के शरीर धारण नगरेर उसले यसको संहार गर्न सक्दैन र ?

भनिन्छ, प्रह्लादको रक्षाको लागि र हिरण्यकश्यपुको विनाशको लागि ईश्वर खम्भा फोडेर प्रकट भएका थिए..! एउटा प्रश्न सोध्न सकिन्छ कि ईश्वर प्रह्लादको भित्र थियो कि थिएन? ईश्वर हिरण्यकश्यपुको ह्रदयमा थियो कि थिएन? त्यस सभामा सर्वत्र थियो कि थिएन? जब ईश्वर सर्वव्यापक छ, अणु-अणु र कण-कणमा विद्यमान छ भने ऊ कुनै खम्बा बाट प्रकट हुनु कसरि संभव हुन सक्छ? प्रकट त त्यो हुन सक्छ जो परिछिन्न या एकदेशीय छ। जब ईश्वर हिरण्यकश्यपुको ह्रदयमा पनि थियो उसले भित्रै बाट उसको ह्रदयलाई विदीर्ण गर्न सक्दथ्यो, उसलाई अवतार लिन कीन आवश्यकता पर्यो?

एउटा अर्को विडम्बना हेरौं, सत्ययुगमा चार अवतार भए, त्रेतामा तीन, द्वापरमा दुई र कलियुगमा अहिलेसम्म एउटा पनि अवतार भएको छैन। पौराणिकहरुका अनुसार कलियुग सबभन्दा खराब हो, अतः कलियुगमा सबभन्दा अधिक अवतार हुनु पर्ने थियो र सत्ययुगमा जहाँ धर्म नै धर्म थियो, अधर्म नै थिएन भने त्यस समयमा कुनै अवतार नहुनु पर्ने।

एउटा अर्को गजबको कुरो हेरौं, राम र परशुराम दुवै अवतार एकै समयमा भए। दुवै आपसमा युद्ध गर्नको लागि तयार पनि भए , एक अवतारले अर्को अवतारलाई नचिन्नु कस्तो अचम्म है ?!! अर्को तिर श्रीकृष्ण, बलराम र व्यास तीन अवतार एकै समयमा भए। त्यस समयमा यतिका अवतारहरुको के आवश्यकता थीयो?

सत्य कुरो त यो हो कि अवतारवाद एक आडम्वर हो, पाखण्ड हो। अवतारवादका पोषक पुराणहरु खोलेर हेर्ने गरौँ, सत्ययुग, त्रेता र द्वापरमा जब अधर्म अत्यन्त न्यून थियो, पृथ्वीले अलिकति पुकार गरिन् की उसको भार उतार्नको लागि ईश्वर तुरन्त अवतरित भए। यदि हामि आजको अवस्था अवलोकन गर्यौं भने वर्तमान युगमा सूर्योदय पूर्व नै हजारौं-लाखौँ गौवंश र लाखौँ-करोडौं अन्य पशु-पंक्षीहरुको घाँटी रेटिन्छ। आज नारि अस्मिता भंग भएको घटनाहरुले समाचार-पत्रहरुको पृष्ठ रंगिएका हुन्छन्। प्रत्येक वस्तुमा मिलावट छ,चोरिबजारी, घुसखोरी र भ्रष्टाचारको बजार तातेको छ।

सज्जनहरु कष्टमा छन् र दुर्जनहरु मोज-मस्तीमा गुल्छर्रा उडाउदै छन्, अधर्मीहरु दिन-प्रतिदिन बढ्दै छन् तर अवतारी भगवान् क्षीरसागरमा लक्ष्मीका साथ् विहार गर्नमा मस्त छन्..!?। आजको परिस्थिति पहिलेको भन्दा अत्यन्तै भयङ्कर र भयावह छ। हामि सोध्न चाहन्छौं कि अहिले ईश्वरले अवतार किन लिन्न?

१५ अगस्त १९४७ मा भारत दुई खण्डमा विभाजित हुँदा जुन दानवताको ताण्डव भयो, त्यसलाई लेख्दा पनि हात काँप्छन् र बोल्दा जिब्रो लर्बरिन्छ। लाखौँ हिन्दुहरु हिन्दु भएकै कारणले काटिए..हजारौं नारीहरुको अस्मिता हिन्दु भएकै कारणले लुटियो….हजारौं बाल-बालिकाहरुले आफ्ना अविभावक गुमाए..साना-साना दुधे बालकलाई बेसनमा डुबाएर उम्लिएको तेलको कराहीमा हालियो, कसैलाई आकाशमा उफारेर भालाको चुच्चामा खसालियो..स्त्रिहरुको स्तन काटियो…माता-पिताका अगाडी उनकी पुत्रिहरुलाई बलात्कार गरियो…उनलाई निर्वस्त्र पारेर सडक र बजारमा जुलूस निकालियो..लाखौँलाई जबर्जस्ति हिन्दु धर्म छोड्न वाध्य पारियो..यस्तो दुर्दान्त अवस्थामा पनि ईश्वरले कुनै अवतार लिएन किन?

मैले अत्यन्त नम्रतापूर्वक सोध्न चाहन्छु कि जब यस्तो भीषण परिस्थितिमा पनि ईश्वरले अवतार लिएन भने फेरी उसको अवतार कहिले हुनेहो?

मेरा सम्मानका योग्य समस्त महानुभावहरुमा विनम्रता पुर्वक भन्न चाहन्छु कि यो अवतारवाद एक धोखा,पाखण्ड र दम्भ को। ईश्वरले कदापि अवतार लिन्न। अवतार बाट रक्षा हुने आशा र कामना गर्नु व्यर्थ छ, यो दुराशा मात्र हो। यदि हामि हाम्रो समाज र देश उन्नत बनोस भन्ने चाहन्छौं भने, यदि हामि आफ्नो पूर्व गौरव र वैभव पुनः प्राप्त गर्न चाहन्छौं भने, यदि हामि आफ्मो देश समृद्ध होस् भन्ने चाहन्छौं भने, यदि हामि देश बाट दुराचार र पाखण्ड समाप्त होस् भन्ने चाहन्छौं भने ईश्वरको अवतारवादी धारणा त्याग्नु पर्छ, अवतारको आशा छोड्नु पर्छ। हामि स्वयं आफ्नो जीवनमा आत्मविश्वासको ज्योति जागृत गर्नु पर्छ। आफ्नो बाहुबलको आश्रय लिएर उद्योगको लागि कम्मर कसेर उठ्नु पर्छ..पुरुषार्थ गर्न मुठी कस्नु पर्छ..।अस्तु..

नमस्ते..!

-हार्दिक आभार: ‘पाखण्ड खण्डिनी’

जगत मिथ्या हैन..

ओ३म्..

जगत मिथ्या हैन..

“सन्मूलाः सोम्येमाः प्रजाः सदायतनाः सत्प्रतिष्ठाः” (छा.उ. ६।८।४)

भावार्थ:- हे सोम्य ! यी प्रजाहरु सत्कारण, सत आश्रयवाला र सतमा प्रतिष्टित छन्। यहाँ जे पनि छ, त्यो आफ्नो स्वरूपमा सत् छ, मिथ्या केहि छैन। सबै उपनिषदहरुको शीर्ष स्थानमा एक सन्दर्भ पाइन्छ, जो यस प्रकार छ:

ओ३म् पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते |

पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते||

यस्तो प्रतीत हुन्छ कि यस सन्दर्भमा जे भनिएको छ, त्यसैको विस्तृत विवरण सबै उपनिषदहरुमा प्रस्तुत भएको छ। फलतः यो सबै उपनिषदहरुको सार हो। यस सन्दर्भको सार पनि पहिलो दुई पदमा निहित छ, बाँकी सबै त्यसैको व्याख्यान हो। ति दुई पद हुन्- “अदस्” र “इदम्”।

“अदस्” परोक्ष छ र “इदम्” प्रत्यक्ष। “अदस्” चेतन हो “इदम्” अचेतन, जड। “अदस्” परोक्ष परब्रह्म परमात्मा हो,  “इदम्” प्रत्यक्ष अचेतन(जड) अगणित लोक-लोकान्तरहरुको रूपमा छरिएको विश्व हो। सन्दर्भमा भनिएको- पूर्णं अदः, पूर्णं इदम्, अदस् पूर्ण छ, इदम् पनि पूर्ण नै छ| आ-आफ्नो रूपमा अवस्थित दुवै पूर्ण छन्, कसैमा कुनै न्यूनता छैन। त्यसैले न “अदस्” ले “इदम्” संग केहि लिन्छ, न “इदम्” ले “अदस्” संग। यसकारण न “अदस्” कहिल्यै “इदम्” हुन्छ र न “इदम्” कहिल्यै “अदस्”। त्यसैले “अदस्” पूर्णको अन्तर्गत पनि “इदम्” पूर्ण स्वरूपेण उस देखि पृथक छ। दुवै पूर्ण र स्वतन्त्र हुनुमा दुवै सत्य छन्, मिथ्या कुनै छैन।

कुनै पनि वस्तु सत्य हुनुमा उसको साधक प्रमाण हुनु र बाधक प्रमाण नहुनुमा निर्भर गर्दछ। यस रूपले जगत एक यथार्थ सत्ता हो। उसलाई मिथ्या भन्नु असंगत छ। त्रिगुणात्मक प्रकृतिको मूल उपादान-तत्त्वबाट जीवात्माको भोग तथा अपवर्गको सिद्धिको लागि जगतको प्रादुर्भाव भएको हो। चेतन आत्मतत्त्व तथा प्रकृति दुवै नित्य र सत्य छन् भने सद् ब्रह्म द्वारा ति दुवै बाट मिलाएर बनाएको जगत मिथ्या कसरि हुनसक्छ?  मूल उपादानबाट उत्पन्न भएको कारणले जगको वास्तविकतालाई अपलाप कसरि गर्न सकिन्छ? यदि उपादान सत्य छ भने उसको विकारलाई मिथ्या या कल्पित भन्न सकिन्न। यदि स्वर्ण सत्य छ भने त्यसबाट बनेको गहना-औंठीआदि कसरि मिथ्या होला? संसारको पृष्ठभूमिमा एक गम्भीर आशय निहित छ। त्यसैले उसलाई केवल भ्रान्तिको संज्ञा दिएर परिहासको वस्तु मान्न सकिन्न।

सत्य र मिथ्या सापेक्ष शब्द हुन्। जब हामि आफ्नै आँखा अगाडी फैलिएको जगतलाई मिथ्या भन्दछौं भने कहीं न कहीं कुनै न कुनै सत्य जगतको अपेक्षाले नै भन्दछौं। जब हामीले हातमा राखेको सुन या चाँदीलाई नक्कली वा खोटो भन्दछौं भने कहीं न कहीं र कहिल्यै देखेको असली या खरो सुनको अपेक्षाले नै भन्दछौं। यस्तै प्रकारले कहीं न कहीं साँच्चिकै देखेको जगतको आधारमा नै वर्तमान जगतलाई मिथ्या भन्न सकिन्छ।

नवीन वेदान्ती तथा शंकराचार्यले कार्य र कारणमा अनन्यत्व मान्दछन्। अतएव यदि ब्रह्म सत्य छ, अर्थात यदि जगतको कारणरूप ब्रह्म सत्य छ भने उसको कार्यरूप जगत मिथ्या हुन सक्दैन। कारणरूप ब्रह्मलाई कार्यरूप जगत भन्दा अनन्यत्व मानियो भने र यदि जगतलाई मिथ्या मानियो भने त स्वयं ब्रह्म पनि मिथ्या हुनेछ। तर ब्रह्म सत्य हुनु निर्विवाद छ। त्यसैले उसको कार्यरूप जगत पनि सत्य हुनु स्वतः सिद्ध छ।

जगतलाई मिथ्या सिद्ध गर्नमा सहायक प्रायः दुई दृष्टांत प्रस्तुत गर्ने गरिन्छ त्यो हो- स्वप्नवत तथा रज्जु-सर्पवत। स्वप्नमा आत्माको सम्बन्ध मन संग रहन्छ। जुन संस्कारहरु जाग्रत दशामा इन्द्रियहरुमा पर्दछन्, तिनै निद्राकालमा उठ्दछन्। यसैको नाम स्वप्न हो। वास्तवमा स्वप्नदर्शन स्मृतिरूप हो। जाग्रतका अनुभवहरुको स्मृतिबाट नै स्वप्नको निर्माण हुन्छ। जसरि प्रत्यक्ष बिना अनुमान हुँदैन, त्यसरी नै जाग्रतमा भएको अनुभवको स्मृति बिना स्वप्न पनि हुँदैन। बिना संस्कार स्मृति हुँदैन। कुनै वस्तु या व्यवहारको अनुभव भयो भने त्यसको संस्कार मनमा बनिरहन्छ, अर्थात जे पनि हामीले देख्ने सुन्ने गर्दछौं, त्यसको छाप आत्मामा पर्दछ, त्यसलाई संस्कार भनिन्छ। यस प्रकार स्वप्न आधारभूत संस्कार एवं तज्जन्य स्मृति दुवै पहिले अनुभव गरिएका पदार्थहरुको विषयमा हुन्छन् जुन केवल जाग्रत दशामा नै सम्भव छ। नदेखेर र नसुनेर या अनुभव नभएर, स्वप्नमा देख्नु, सुन्नु या अनुभव गर्नु सम्भव छैन। यसको असन्दिग्ध प्रमाण स्वप्नमा मात्र हैन, जाग्रतमा पनि जन्मान्धले कालो-गोरो, सुन्दर-कुरुप अथवा गाई-गधा आदिको चिन्तन गर्न सक्दैन, अर्थात्, उसलाई रुपको स्वप्न आउँदैन किनकि उसलाई पहिले कहिल्यै पनि यसको अनुभव भएन। जाग्रतको अनुभवबाट र त्यसैको अनुरूप हुने हुनाले स्वप्नको अनुभवलाई सर्वथा मिथ्या मान्न सकिन्न।

अद्वैतमतमा ब्रह्म भन्दा अतिरिक्त कुनै सत्ता नै छैन। त्यसैले यदि जगतलाई केवल कल्पना मान्नेहो भने कल्पना गर्ने त ब्रह्म नै ठहरियो। तर ज्ञानस्वरूप भएको हुनाले ब्रह्मले मिथ्या कल्पना गर्न सक्दैन। यसकारणले पनि जगत मिथ्या हुन सक्दैन।

अद्वैतमतको मान्यता छ कि जसरि अँधेरोमा डोरो सर्प बन्छ, त्यसरी नै ब्रह्ममा कुनै प्रकारको विकार उत्पन्न हुँदा ऊ जगद्रूप हुन्छ। र जसरि प्रकाशको उपस्थितिमा सर्प लोप भएर केवल डोरो मात्र रहन्छ, त्यसै गरि ज्ञान प्राप्त हुँदा जगत देखिन बन्द हुन्छ र केवल ब्रह्म मात्र शेष रहन्छ।

यस प्रकारको प्रतीतिलाई दार्शनिक भाषामा अध्यास अथवा विवर्त्त तथा सामन्य भाषामा भ्रम या भ्रान्ति भनिन्छ। भ्रान्तिको लागि तीन कुरा आवश्यक हुन्छन् – पूर्वद्रिष्ट, त्यसको स्मृति र परत्र। हामीले कहिल्यै वास्तविक सर्प देखेका थियौं, यो हाम्रो “पूर्वद्रिष्ट” भयो। त्यसको संस्कार हामि भित्र रह्यो जुन समय पाउनासाथ् “स्मृतिरूप” भएर जाग्यो। वर्त्तमानमा प्रस्तुत डोरो “परत्र” हो जसमा पूर्वद्रिष्टको स्मृतिका कारणले  सर्पको आभास भयो। डोरामा सर्पको भ्रम तब मात्र सम्भव छ, जब देख्नेवालाले  त्याहाँ न भए पनि कहीं न कहीं र कहिल्यै वास्तविक सर्प देखेको हुन सक्छ। तब सर्पलाई असत या अवस्तु मान्न सकिन्न। यदि कहीं न कहीं र कहिल्यै सर्पको सद्भाव नहुँदो हो त कहाँबाट आउँथ्योर? तब न त्यसको संस्कार रहन्थ्यो, न स्मृति। भ्रान्ति जसलाई पनि, जेमा पनि, कसैको, कुनै कारणले हुन्छ। जस्तै – देवदत्तलाई डोरामा सर्पको भ्रान्ति अँधेरोको कारणले हुन्छ। यदि देख्ने वाला देवदत्त नभएको भए भ्रान्ति कसलाई हुन्थ्यो? डोरो नभएको भए सर्पको भ्रान्ति कसरि हुन्थ्यो? सर्प नामक कुनै वस्तु भएको भए सर्पको भ्रान्ति कसरि हुन्थ्यो? अँधेरो नहुँदोहो त भ्रान्ति कसरि हुन्थ्यो? यदि ब्रह्मको अतिरिक्त कुनै सत्ता भएन भने त यही भनिएला कि – ब्रह्मलाई, ब्रह्ममा, जगतको भ्रान्ति भयो, अज्ञानताको कारणले। अर्को शब्दमा, स्वयं ब्रह्मले स्वयंलाई जगत सम्झने भूल गर्ला। सर्वज्ञ ब्रह्मले आफ्नो स्वरूपलाई बिर्सेर स्वयंलाई जगत सम्झने भूल गर्ला। तर सर्वज्ञ ब्रह्मले आफ्नो स्वरूपलाई बिर्सेर स्वयंलाई अर्कै सम्झन लाग्छ भनेर मान्नु सर्वथा असंगत छ। प्रकाशमा वस्तु जस्तो हुन्छ त्यस्तै देखिन्छ र अन्धकारमा बिलकुल देखिन्न। त्यसैले डोरामा सर्पको भ्रम तब मात्र हुन्छ जब न पूर्ण प्रकाश हुन्छ र न पूर्ण अन्धकार अर्थात् केहि प्रकाश र केहि अन्धकार हुन्छ जसलाई झिसमिसे भनिन्छ। यस प्रकार भ्रम या भ्रान्ति न सर्वज्ञ ब्रह्मलाई हुन सक्छ र न सर्वथा अज्ञ प्रकृतिलाई। भ्रान्ति अल्पज्ञ जीवलाई नै हुन सक्छ। अस्तु..

नमस्ते..!

-प्रेम आर्य

दोहा, कतार बाट

(यो लेख स्वामी विद्यानन्द सरस्वतीको पुस्तक “अद्वैतमत खण्डन” बाट साभार प्रस्तुत छ। यो पुस्तक महर्षि  दयानन्द सरस्वतीको “वेदान्ती-ध्वान्त-निवारणम्” को विस्तृत व्याख्या हो। )

उपनिषदको अमर सन्देश

ओ३म्..

उपनिषदको अमर सन्देश

(‘वेद-मण्डन ब्लग’ बाट)

  • उत्तिष्ठत जाग्रत प्राप्य वरान्निबोधत

क्षुरस्य धारा निशिता दुरत्यया दुर्गं पथस्तत्कवयो वदन्ति।।

(कठोपनिषद: ३/१४)
अर्थात्, आफ्नो चरम लक्ष्य प्राप्त गर्नको लागि हे मनुष्य! उठ, जाग र आफ्ना श्रेष्ठ (विद्वान् एवं योगी) पुरुषहरुको नजिक गएर ब्रह्मज्ञान सिक। यो ब्रह्मज्ञानको मार्ग तेज छुराको धार समान अत्यन्त दुर्गम छ। यस्तो परमात्मालाई साक्षात्कार गर्नेहरुले उपदेश दिन्छन्।

  • कुर्वन्नेवेह कर्माणि जिजीविषेच्छतं समाः । (र्इशावास्योपनिषद:२ )
    अर्थात्, हे मनुष्य ! जीवन भरि श्रेष्ठ कर्म गरेर नै जिउने इच्छा गर।
  • तेन त्यक्तेन भुन्जीथा मा गृध्ः कस्यस्विद् धनम्।। (र्इशावास्योपनिषद:१)

अर्थात्, अनासक्ति भावले संसारको भोगहरुलाई भोग र कसैको धन या वस्तुको इच्छा नगर।

  • न वित्तेन तर्पणीयो मनुष्यः ।। (कठोपनिषद:१/२७)
    अर्थात्, मनुष्यलाई धनबाट कहिल्यै तृप्ति हुन सक्दैन।
  • नाविरतो दुश्चरितान्नाशान्तो नासमाहितः ।
    नाशान्तमानसो वापि प्रज्ञानेनैनमाप्नुयात् ।। (कठोपनिषद:२/२४)
    अर्थात्, परमात्माको प्राप्ति केवल बाह्यप्रदर्शन भजन कीर्त्तनले तबसम्म हुन सक्दैन, जबसम्म पाप कर्ममा लिप्त रहन्छ, अशान्त इन्द्रिहरुको विषयमा फसेको छ, असमाहित- विक्षिप्त चित्त छ र अशान्त मन अर्थात जसको मन तृष्णामा फसेको छ। चाहे जति नै ठूलो विद्वान् किन नहोस्, उसलाई उपर्युक्त दुष्कर्म छोडे पछी नै परमात्मज्ञान हुन सक्छ।
  • वायुरनिलममृतमथेदं भस्मान्त्ँ शरीरम्|

ओ३म् कृतो स्मर कृतं स्मर क्रतो स्मर कृतं स्मर।। (र्इशावास्योपनिषद:१७)

अर्थात्, हे कर्मशिल जीव !, देहान्तको समयमा ओ३म् जसको निज नाम हो, उस् ईश्वरलाई चारैतिर हेर्, आफ्नो सामर्थ्य प्राप्तिको लागि परमात्मालाई र आफ्नो स्वरूपलाई स्मरण गर् र जीवन भरि जे गरिस्, त्यसलाई स्मरण गर्। शरीरको अन्तिम संस्कार भस्मान्त अर्थात् दाहसंस्कार नै हो। तत्पश्चात् मृतकको लागि कुनै संस्कार (मृतक-श्राद्ध आदि कर्म) शेष रहँदैन। संसारको सम्पूर्ण शारीरिक सम्बन्धहरुको अन्त पनि भस्म नै हो।

  • स पर्य्यगाच्छुक्रमकायमव्रणमस्नाविर्ँ शुद्धमपापविध्दम्|

कविर्मनीषी परिभू: स्वयम्भूर्याथातथ्यतोऽर्थान् व्यदधाच्छाश्वतीभ्य: समाभ्य: || र्इशावास्योपनिषद:८||

अर्थात्, ईश्वर सर्वव्यापक छ, जगत उत्पादक, शरीर रहित, शारीरिक विकार रहित, नाडी र नसाको बंधन रहित, पवित्र, पाप रहित, सूक्ष्मदर्शी, ज्ञानी, सर्वोपरि वर्तमान, स्वयंभू: अर्थात् अजन्मा छ त्यसैले अनादि काल देखि प्रज्ञा जीवको लागि ठिक ठीक कर्मको विधान गर्छ।

  • विद्याञ्चाविद्याञ्च यस्तद्वेदोभय्ँ सह|

अविद्यया मृत्युं तीर्त्वा विद्ययाऽमृतमश्नुते || (र्इशावास्योपनिषद:११||

अर्थात्, जसले ज्ञान र कर्म यी दुईलाई साथ-साथ जान्दछ, त्यसले कर्मबाट मृत्युलाई जितेर ज्ञानबाट अमरता प्राप्त गर्दछ| अर्थात्, परमात्माको प्राप्ति आत्मविद्या र शुद्धान्तःकरणको संयोगरूप  धर्मबाट उत्पन्न यथार्थ ज्ञानबाट नै हुन्छ।

  • न तस्य कार्यं करणं च विद्यते…(श्वे. उ. ६/८)
    अर्थात्, उस् परमात्माको कुनै कारण छैन, परमात्मा यस जगत्को उपादानकारण हैन।
  • तमेव विदित्वातिमृत्युमेति ।। (श्वे. उ. ३/८ )
    अर्थात्, एकमात्र परब्रह्मलाई जानेर नै मनुष्य जन्म-मृत्युको दुःखबाट मुक्त हुन सक्छ।अस्तु

नमस्ते..!

-प्रेम आर्य

दोहा, कतार बाट

३३कोटि देवताको रहश्य के हो ?

ओ३म्..

तेत्तिस कोटि देव:

हिन्दु समाजमा देवहरुको वर्णन निक्कै रोचक छ| देवहरुको संख्या तेत्तिस करोड भनिएको छ र यसमा नदी, रुख-वृक्ष, पर्वत, पशु तथा पंक्षी पनि सम्मिलित गरिएको छ| यस्तो स्तिथिमा सत्य शास्त्रहरुको मान्यता अनुसार चल्नु तथा मान्नु अति आवश्यक छ र देवहरुको बारेमा वास्तविक शिक्षालाई नै जीवनमा धारण गरिनु पर्छ|

देव को हुन्:

‘देव’ शब्दले अनेक अर्थ जनाउँछ – ” देवो दानाद् वा, दीपनाद् वा, द्योतनाद् वा, द्युस्थानो भवतीति वा|” (निरुक्त: ७/१५) तदनुसार ‘देव’ को लक्षण हो ‘दान’ अर्थात दिनु| जसले सबैको हितार्थ आफ्नो प्रिय भन्दा प्रिय वस्तु र प्राण पनि देओस्, त्यो देव हो| देवको गुण ‘दीपन’ अर्थात प्रकाश गर्नु हो| सूर्य, चन्द्रमा र अग्निले ताप र प्रकाश दिने हुनाले देव भनिन्छ| देवको कर्म ‘द्योतन’ अर्थात सत्योपदेश गर्नु हो| जुन मनुष्यले सत्य मान्दछ, सत्य बोल्छ, र सत्य नै गर्दछ, त्यो देव हुन्छ| देवको विशेषता ‘द्युस्थान’ अर्थात उच्च स्थानमा स्थित हुनु हो| ब्रह्माण्डमा उच्च स्थानमा स्थित हुनाले सूर्यलाई, समाजमा उच्च स्थानमा स्थित हुनाले विद्वानलाई, र राष्ट्रमा उच्च स्थानमा स्थित हुनाले राजालाई पनि देव भनिन्छ| यस प्रकारले ‘देव’ शब्दको प्रयोग जड र चेतन दुवैको लागि हुन्छ| तर भाव र प्रयोजन अनुसार अर्थ भिन्न-भिन्न हुन्छ|

तेत्तिस कोटी (करोड हैन,प्रकार):

‘कोटि’ शब्दको दुइवटा अर्थ हुन्छ- ‘प्रकार’ र ‘करोड’| विश्वमा तेत्तिस कोटि देव छन् भन्नुको अर्थ तेत्तिस प्रकारक देव छन् भन्नु हो, करोड हैन| अथर्ववेद: १०/७/२७ मा भनिएको छ-

“यस्य त्रयस्त्रिंशद् देवा अङ्गे गात्रा विभेजिरे|

तान् वै त्रयास्त्रिंशद् देवानेके ब्रह्मविदो विदुः||

“अर्थात वेदज्ञहरुले जान्दछछन् कि तेत्तिस प्रकारका देवताले संसारको धारण र प्राणिहरुलाई पालन गरिरहेका छन्| यस प्रकार तेत्तिस करोड देव भन्नु मिथ्या र भ्रामक छ| वैदिक संस्कृतिमा तेत्तिस कोटि अर्थात तेत्तिस प्रकारका अर्थात तेत्तिस वटा देव छन्| यिनको गणना निम्नानुसार छ:-

(शतपथ ब्राह्मणमा यसको उल्लेख छ र महर्षि याज्ञवल्क्यले भद्रनायक उपनिषद्मा भनेका छन्)

  • ८ वसु
  • ११ रुद्र
  • १२ आदित्य
  • १ इन्द्र र
  • १ प्रजापति

 

  • ८ वसु: पृथ्वी, जल, अग्नि, वायु, आकाश, चन्द्रमा, सूर्य र तारा (नक्षत्र), यी आठ सबका निवास स्थान हुनाले वसु भनिन्छ| यी आठ वसुले समस्त प्राणिहरुलाई आश्रय दिने हुनाले देव हुन्|
  • ११ रुद्र: १ जीवात्मा, ५ प्राण र ५ उपप्राण, यी ११ रुद्रले शरीर छोड्नासाथ् शरीरले काम गर्न बन्द गर्दछ र सबैलाई रुवाउँछन्| त्यसैले यिनलाई रूद्र भनिन्छ| यी ११ शरीरको आधार हुनाले देव भनिन्छ|

पाँच प्राण: प्राण, उदान, समान, व्यान र अपान।
पाँच उपप्राण हैं: नाग, कूर्म, कृकल, देवदत्त र धनञ्जय।

  • १२ आदित्य: वर्षका १२ महिना चैत्र, वैशाख, ज्येष्ठ, आषाढ, श्रावण, भाद्र, आश्विन, कार्त्तिक, मार्गशीर्ष, पौष, माघ र फाल्गुन| यिनलाई आदित्य पनि भनिन्छ | यिनले प्राणिहरुलाई आयु प्रदान र क्षीण गर्दछन्|
  • १इन्द्र (विद्युत्): विद्युत्लाई पनि देव मानिएको छ किनकि यो ऐश्वर्यको साधन हो | यसबाट गति, शक्ति, प्रकाश, समृद्धि र सुखका साधनहरु प्राप्त हुन्छन्| बृहदारण्यक उपनिषद: ३/१/६ कानुसार-

“कतम इन्द्रः? अशनिरिति| ” इन्द्रदेव अर्थात ऐश्वर्यका साधन को हुन्? विद्युत् नै इन्द्रदेव अर्थात ऐश्वर्यका  साधन हुन्|

  • १ प्रजापति: प्रजापतिलाई यज्ञ पनि भनिएको छ| किनकि यज्ञको कारणले जल-वायु सुद्ध भएर प्राणिहरुलाई सुख प्राप्त हुन्छ| गीता -३/१४मा भनिएको छ-

“अन्नाद् भवन्ति भूतानि पर्जन्यादन्नसम्भवः|

यज्ञाद् भवति पर्जन्यो यज्ञः कर्म समुद् भवः||”

अर्थात प्राणी अन्नबाट, अन्न बादल बाट र बादल यज्ञबाट उत्पन्न हुन्छन्| यस प्रकार यज्ञ प्राणिहरुको जीवन र सुखको आधार हो| यी समस्त ३३कोटि देवहरुलाई नियन्त्रण गर्ने ईश्वर हुन्, जसलाई हामि अनेकौं नामले जान्दछौं र पुकार्ने गर्दछौं|
उपयोगका देव:

यी तेत्तिसकोटि देवहरुमा केवल जीवात्मा मात्र चेतन छ। यसले अन्य सबलाई उपयोग गर्दछ र स्वयं पनि अन्य जीवात्माहरुको उपयोगमा आउँछ। जस्तै – गाईले दुध दिएर, भेडाले ऊन दिएर,  कुकुरले चौकीदारी गरेर र राँगा-गोरुहरुले हलो तानेर उपयोगमा आउँछन्। मनुष्य सेवक, पाचक, सैनिक, वैद्य आदि बनेर उपयोगमा आउँछ र कृषक, व्यापारी, उपभोक्ता, स्वामी, राजा आदि बनेर अरुको उपयोग लिन्छ। जीवात्माका अतिरिक्त अन्य बत्तीस देव ‘जड’ हुन् र यिनलाई ‘उपयोगका देव’ भनिन्छ। यी सदैव चेतनको उपयोगमा आउँछन् र जड हुनाले स्वयं कसैको उपयोग गर्न सक्दैनन्।

व्यवहारका देव:

माता, पिता, आचार्य, अतिथि र पति-पत्नीबाट संसारको व्यवहार सिद्ध हुन्छ। त्यसैले यी पाँच ‘व्यवहारका देव’ मानिन्छन्। तैत्तिरीय उपनिषद: १/११/२ का अनुसार “मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव, अतिथिदेवो भव” अर्थात माता, पिता, आचार्य र अतिथि आदिलाई देव मानेर सेवा गर्नु पर्दछ। यस प्रकारले त सबै मनुष्य देव भए..! हैन, देवको कोटि यति सामान्य छैन, अत्यन्तै विशेष छ। सम्बन्ध मात्रले देव कोटि प्राप्त हुँदैन। एक पिताले  जब कसैको जेब काट्दछ या कुनै गलत कर्ममा प्रवृत हुन्छ त्यति बेलामा ऊ देव रहँदैन। एक स्त्री जब आफ्नै सन्तान संग पक्षपात गर्दै अन्य कुनै संग विवाद र अन्याय गर्दछे त्यति बेला माता हुँदा हुँदै पनि ऊ देव कोटिमा पर्दैन। वास्तवमा जसमा जति-जति उत्तम गुण, भद्रपन, भलोपन, बडप्पन, शुद्ध भाव र चरित्रको उच्चता छ, त्यो त्यति नै देव कोटिमा पर्दछ। देवपनको समयमा मात्र ऊ पूजनीय हुन्छ।

सबका इष्टदेव

माथि वर्णित तेत्तिस देवहरुमा आंशिक या सीमित देवपन छ। यीबाट सुख प्राप्त हुन्छ तर दुःख पनि पाइन सक्छ। अग्नि देव हुन् तर ज्वाला बनेर अनियन्त्रित भए भने, अतिथि देव हुन् तर शत्रु बने भने, राजा देव हुन् तर कुपित भए भने महा बिनाशक र दुखदायी हुन्छन्। यस कारण यी सब सदुपयोग र सत्कारको मर्यादामा बाँधिएका छन्। सूर्य-चन्द्र र नदी-पर्वतको सदुपयोग गर्नु मर्यादा हो। माता, पिता, आचार्य र अतिथिहरुको सेवा गर्नु धर्म र मर्यादा हो। पूर्वज तथा महापुरुषहरुको अनुसरण गर्नु, संविधानको पालन गर्नु र देशको रक्षा गर्नु सब मनुष्यको कर्तव्य हो। तर यिनमा कुनै पनि उपासनाका देव हैनन्। उपासनाका देव केवल परमपिता परमात्मा मात्र हुन्। महर्षि दयानन्दको ऋग्वेदादिभाष्यभूमिका र वेदविषय विचार अनुसार- “परमेश्वर एवेष्टदेवोsस्ति” अर्थात, परमेश्वर नै सब मनुष्यहरुका इष्टदेव हुन्। जसले भिन्न-भिन्न देवताहरुलाई पूज्ने गर्दछन्, ति कल्याणको व्यर्थ यत्न गर्दछन्। ईश्वरका अतिरिक्त कहिल्यै पनि कुनै पनि कसैका उपास्य देव हुन सक्दैन। उसैको उपासनामा नै सबको कल्याण छ।

एकदेव महादेव:

तेत्तिस या धेरै देव भन्नु त केवल ‘देव’ शब्दको व्याख्या एवं यसको विस्तृत अर्थ सम्झाउनको लागि मात्र हो। कुनै विषयलाई ठीक संग सम्झन र सम्झाउनको लागि उसको गहराई, विस्तार, सीमा, शंका एवं समाधानको  आवश्यकता हुन्छ। यसै पुनीत उद्देश्यले वेद एवं उपनिषदमा यो विषय दर्शनीय छ। उपासकलाई ईश्वरमा दृढ विश्वास हुनु नै यस ज्ञानको मुख्य फल हो। यस सृष्टिको सर्व काल परिस्थितिहरुमा पूर्णतम देव त केवल एक मात्र छ र त्यो हो परमपिता परमात्मा। त्यहि नै पूर्णमहान हुनाले, समस्त देवहरुको पनि देव हुनाले महादेव हो। त्यसैको उपासना गर्नु नै मनुष्यको धर्म हो।अस्तु..

नमस्ते..

-प्रेम आर्य

दोहा, कतार बाट

आभार: डॉ.रूपचन्द्र ‘दीपक’ (वैदिकपथ पत्रिका दिसम्बर, 2009को अंक)

गुणका खानी- महर्षि दयानन्द सरस्वती

ओ३म्..

गुणका खानि- महर्षि दयानन्द सरस्वती..

nirmishbhoji mahapurush

कुनै प्रभु-भक्त त छ तर विद्वान् छैन,
कुनै विद्वान् त छ तर योगी छैन,
कुनै योगी त छ तर सुधारक छैन,
कुनै सुधारक त छ तर शूरवीर छैन,
कुनै शूरवीर त छ तर ब्रह्मचारी छैन,
कुनै ब्रह्मचारी त छ तर वक्ता छैन,
कुनै वक्ता त छ तर लेखक छैन,
कुनै लेखक त छ तर सदाचारी छैन ,
कुनै सदाचारी त छ तर परोपकारी छैन,
कुनै परोपकारी त छ तर कर्मठ छैन,
कुनै कर्मठ त छ तर त्यागी छैन,
कुनै त्यागी त छ तर देशभक्त छैन,
कुनै देशभक्त त छ तर वेदभक्त छैन,
कुनै वेदभक्त त छ तर उदार छैन,
कुनै उदार त छ तर शुद्धाहारी छैन,
कुनै शुद्धाहारी त छ तर योद्धा छैन,
कुनै योद्धा त छ तर सरल छैन,
कुनै सरल त छ तर सुन्दर छैन,
कुनै सुन्दर त छ तर बलिष्ठ छैन,
कुनै बलिष्ठ त छ तर दयालु छैन,
कुनै दयालु त छ तर संयमी छैन…..।

तर यदि हामीहरुले यी सम्पूर्ण गुण एकै स्थानमा देख्न चाहन्छौं भने महर्षि दयानन्द सरस्वतीलाई निष्पक्ष भएर हेर्ने गरौँ।

-(प्रेम आर्य)

हार्दिक आभार: इतिहासचार्य निरंजनदेव केसरी
(सन्दर्भ ग्रन्थः दिवंगत प्रो० डॉ० कुशलदेव शास्त्री रचित “महर्षि दयानन्दः काल और कृतित्व”,पृष्ठ ४२३)

नेपाल आर्यसमाज

ओ३म्

नेपाल आर्यसमाज नेपाल आर्य समाज

 कृर्ण्वन्तो विश्वमार्यम्!

राष्ट्रदेवो भव

नेपाल आर्यसमाज, केन्द्रीय कार्यालय:-

टंकप्रसाद मार्ग, बानेश्वर हाइटस्, काठमाडौँ, नेपाल

दूर-संचार संख्या:- +९७७१४४९२२६५

बिध्युतिय डाक:  nepalarya@wlink.com.np

………………………………………………………………………………………………………………………….

वयंराष्ट्रे जागृयाम पुरोहिताः।

जागौं स्वराष्ट्रमा हामी, प्रखर अग्नि शिखा बनि।

बनोस् वैभव सम्पन्न, यो हाम्रो देश अग्रणी।।

 

आर्यसमाज अतीत र वर्तमान: –

आर्यसमाज एक प्रगतिशील, बुद्धिवादी संस्था हो, कर्मयोगी र ज्ञानिहरुको जमघट हो एवं राष्ट्रवादी वीरहरुको संघ हो। यो दयाको सागर, करुणाको खानि, प्रेम, प्रिती, स्नेह, श्रद्धासमर्पणको संगम हो। आर्यसमाज वैदिक सत्यमाथि आधारित परोपकारी तथा मानवतावादी संगठन हो।

हाम्रो समाजमा शताब्दियौं देखि जातिवाद, छुवाछुत, उँचनीच, अन्याय, अत्याचार, उत्पीडन, शोषण, भेदभाव रुपी पिशाचले यस देशलाई भित्रभित्रै खाएर खोक्रो, दुर्बल, दीनहीन, कृशकाय, दरिद्र एवं दुर्दशाग्रस्त अवस्थामा पुर्याएको थियो। त्यसको साथै नारीजातिको त झनै अवर्णनीय दुरावस्था थियो। ”स्त्री शूद्रौ नाधीयाताम्” को नारा घन्काएर वात्सल्यमयी मातृशक्तिलाई तथा समाज र राष्ट्रको मेरुदण्डको रुपमा मानिने शूद्र अर्थात् श्रमिक वर्गलाई पठन पाठन र शिक्षा देखि बन्चित गरि-गराई, गहन अन्धकारमा राखी घोर अपमानअन्याय गरिएको थियो। वैदिक कर्मकाण्डमा ठूलो बिकृति, अर्थको अनर्थ, ढोंग, पाखण्ड, अन्धविश्वासरुढीवाद खुवै मौलाएको थियो।

यस्तो भयावह कालखण्डमा उद्भट, तार्किक, महान समाज सुधारक चारै वेदका प्रकाण्ड विद्वान, क्रान्तिगुरु युगप्रवर्तक महर्षि दयानन्द सरस्वति को भारतमा उदय भयो। वहांले बि.सं. १९३२ साल चैत्र शुक्ल पंचमी का दिन मुम्बई महानगरीमा आर्यसमाजको स्थापना गर्नुभयो। आर्यसमजले आफ्नो स्थापनाकाल देखि नै उपरोक्त समाजका भयावह अवस्थालाई निराकरण गर्दै धार्मिक.सामाजिक,सांस्कृतिक , साहित्यिक, राजनैतिक र आर्थिक शोषणका विरुद्ध सशक्त आन्दोलन आरम्भ गर्यो। केहि वर्ष भित्रै संसारका प्रायः जसो देशमा आर्यसमाजको विस्तार भयो।

नेपालमा आर्यसमाजको स्थापना:-

जतिखेर महर्षि दयानन्द सरस्वति ज्यूको प्रचार कार्य काशीमा चली रहेको थियो, ललितपुर बकुम्बहाल निवासी एक तरुण (माधवराज जोशी) काशी यात्रामा जानु भएको थियो। त्याहाँ सर्वत्र महर्षि दयानान्दको चर्चा चलिरहेको थियो। एक दिन वहाँको सभामा माधवराज जोशी  पुग्नुभो। स्वामीज्यूको व्याख्यान सुनेर माधवराज जोशी गद्गद् हुनुभो। वहाँका सम्पूर्ण संशय मेटिए , सबै संका उपसंकाहरु ध्वस्त भए। मनमा संकल्प लिनुभो कि म पनि नेपालमा आर्यसमाजको स्थापना गरेर देश सेवा गर्ने छु। अविद्या तथा अन्धकार हटाएर सत्यविद्या देवको उज्यालो छर्दै सामाज सुधारको प्रयास गर्ने छु। माधवराजले स्वामिज्यूलाई भेट गरेर आशिर्वाद लिनुभो। वहाँ छिट्टै नेपाल फर्केर माता-पिताको चरणमा उपस्थित हुनुभो। उहाँ बोल्नमा निकै चतुर, व्यवहारमा इमान्दार तथा स्वभावमा  निडर हुनुहुन्थ्यो। साथै उहाँ संगीत, गायन र ज्योतिष विद्मामा पनि निपुण हुनुहुन्थ्यो। काठमान्डौ, पाटन र भक्तपुर तिनवटै जिल्लामा आर्यसमाजको वैचारिक क्रान्तिको जोडदार प्रचार कार्य शुरु गर्नुभयो। ठाउँ ठाउँमा व्याख्यान दिनुभयो। धेरै मानिसहरु वहाँको व्याख्यान सुनेर निकै प्रभावित भएर वहाँका मित्र बने।

संवत् १९५३ सालमा माधवराज कार्यवश पोखरा जानुभएको थियो। त्याहाँ वहाँले जनरल डम्मरजंगको अध्यक्षतामा सम्वत् १९५३ साल असार १५ गतेका दिन नेपाल राष्ट्रमा प्रथम सामाजिक क्रान्तिको उद्घोषक आर्य समाजको विधिवत स्थापना गर्नुभो। त्यसपछि सम्वत् १९५५ सालमा ललितपुर र काठमान्डौमा पनि आर्य समाजको स्थापना गर्नुभो। वहाँको यस कार्यकालापबाट निरङ्कुश जहानिया राणाशाही क्षुब्ध भयो र एक दिन माधवराजलाई शास्त्रार्थको निहूले षड्यन्त्रपूर्वक श्री ३ चन्द्र शमशेरले शिंहदरबारमा डाके र दरबारिया चाटुकार पण्डितहरुसंग शास्त्रार्थ गराउँदा वहाँलाई तर्कमा जित्न नसकेकाले रगताम्य हुने गरि कुट-पिट गरे। त्यस पछि वहाँलाई गिरफ्तार गरि दुई वर्षका लागि कारावाशको सजाय दिइयो। डेढ वर्ष पछि वहाँ जेलबाट भाग्न सफल हुनुभो। भागेर सपरिवार भारत पुग्नुभो र आफ्ना ३ छोरा र १ छोरीको पढाइको प्रबन्ध आर्य समाज द्वारा संचालित गुरुकुलमा गर्दिनुभो।

श्री माधवराज जोशी सामान्य व्यक्ति हुनुहुन्थ्यो। वहाँ ज्योतिष शास्त्र र संस्कृत भाषाका पनि ज्ञाता हुनुहुन्थ्यो। राजदरबारमा समेत वहांको त्योतिष विद्याको प्रभाव परेको हुनाले वहाँलाई ‘पण्डित माधवराज जोशी’ यस सम्मानित नामले पुकारिन्थ्यो।

पं. माधवराज जोशी तथा वहाँकी धर्मपत्नी श्रीमती रत्न माया जोशीका माहिला छोरा श्री शुक्रराजले गुरुकुलबाट स्नातक भई विद्यालंकार, शास्त्री, बि.ए. तथा विद्याभुषण पद हाशिल गरि नेपाल फर्किनुभो। वहांले  ब्रह्मसूत्र शान्कर्भाश्यको हिन्दीमा अनुवाद गर्नुभो, नेपाल भाषा व्याकरण, नेपाली वर्णमाला, नेपाल भाषा रिडर, स्वर्गको दरबार भन्ने अति उपयोगी पुस्तक लेखेर प्रकाशित गर्नुभो। शुक्रराज शास्त्रीले कलकत्तामा माहात्मा गान्धि र सुभाष चन्द्र वोस संग भेट गरेर नेपालमा समाज सुधार बारे विचार विमर्श गर्नुभएको थियो।

आर्यसमजको उद्देश्य अनुरुप शुक्रराज शास्त्रीले समाजमा विद्यमान अशिक्षा, अन्धविश्वास जात-पात, छुवा-छुत, सबैखाले भेदभाव, मूर्तिपूजा, मृतक श्राद, बाल बिवाह र रुढीगत कुसंस्कार विरुद्द लड्नुभयो। उंच-निचको भेदभाव मेटाउन तथा महिलाहरुको सामाजिक अधिकारको उत्थानमा लागि अविरल प्रयास गर्दै सशक्त अभियानको सुरुवात गर्नुभो। यसका साथै वहाँले नेपाल नागरिक अधिकार समिति स्थापना गरि सम्वत् १९९५ मङ्सिर १३ गते काठमाडौँ इन्द्र चोकको डबलीमा उभिएर सार्वजनिक रुपमा गीताको कर्मयोग तथा “मरे पुगिन्छ सहिदको लोकमा, जिते मुलुकमा सुधार गरौंला, लौ जिन्दगीको बाजी लगाउँ, के बाँच्नु छिः छिः गुलाम बनेर”। भन्ने नारा सहित अत्यन्त प्रभावकारी भाषण गर्नुभयो। भोलि पल्टै क्रुर शासकले वहाँलाई पक्रियो र ३ वर्षका लागि जेल पठायो। “खुलेआम उठी उठी भाषण गरेको र श्री ३ लाई आधा धन्यवाद दिएको, नेवार भएर गीताको प्रवचन, वेद मन्त्रको उच्चारण र ब्रह्मसुत्रको भाष्य गरेको” आदि आरोप लगाई ३ वर्षको लागि जेलमा थुन्ने सजाय दियो। आरोप बारे वहाँको उत्तर यस्तो थियो : “उभिएर बोल्ने बानि परेकाले उभिएर बोलेको, आधा काम गरेकोमा आधा धन्यवाद दिएको हो। ब्रह्म वेत्तालाई ब्राह्मण भनिने हुँदा नेवार परिवारमा जन्मदैमा गीता, वेद र ब्रह्म्सुत्र को प्रवचन गर्न नपाइने विधान कुनै शास्त्रमा छैन”।

वहाँ माथि देश-द्रोहको अभियोग लगाएर तत्कालिन प्रधानमन्त्री श्री ३ जुद्ध शमशेर ज.ब.रा. ले प्राण-दण्डको सजाय सुनाए र सम्वत् १९९७ साल माघ ९ गते रात्रि १२ बजे काठमाडौँ को मचली स्थित बकाइनाको रुखमा झुन्ड्याएर शहिद बनाइएको थियो। मर्नु अघि वहाँको इच्छा थियो कि “म मर्नु अघि वेदका ऋचाहरुको पाठ गर्न पाउँ र आफ्नो फांसीको फन्दा आँफै लगाउनपाउँ” (यो पुरा पनि गरियो, वहाँले आफ्नो फाँसीको फन्दा आँफै लगाउनु भएको थियो) । वहाँको अन्तिम वाक्य थियो-“हे ईश्वर, यो अत्याचारी राणा वर्गलाई सद्वुद्धि देऊ, ओ३म् तत्सत्”।

शुक्रराजको प्रसिद्ध प्रतिज्ञा थियो:- जननी जन्मभूमिका लागि तन, मन र धन अर्पण गर्ने छौं। नश्वर शरीरको माया त्यागी धर्म-युद्धमा मर्ने छौं।।

राणाको अन्त्य भए पछी वहाँलाई देशले सहिद शिरोमणिको समान दियो।

यसै सिलसिलामा शुक्रराज शास्त्रीको अभियानमा साथ् दिंदै आउनु भएका चक्र बहादुर अमात्यलाई देश निकालाको सजाय सुनाइ देशको सिमाना कटाइएको थियो। त्यसपछि वहाँ भारतको इलाहवादमा महात्मा गान्धीको साथमा वस्नुभो र गान्धी बाट अमूल्य शिक्षा प्राप्त गर्नु भयो। सजाय माफी भएपछी नेपाल फर्किनु भयो। प्रजातन्त्र प्राप्त भए पछी पुनः वहाँ शुक्रराज शास्त्री का दाजु अमरराज जोशी र भाइ वाक्पतिराज जोशिहरुको संयुक्त प्रयासमा वहाँहरुकै घर –काठमाडौँको खिन्ल्ह टोलमा नेपाल आर्यसमाज, केन्द्रिय कार्यालय को स्थापना भयो।

त्यस समय भारतको आर्यसमाज संग गहिरो सम्बन्ध थियो र पटना बाट प्रतिनिधिको रुपमा प्रखर वैदिक विद्वान रामदेव शास्त्री नेपाल रहनु भएको थियो। त्यस बेला चक्र बहादुर अमात्यले सशक्त रुपमा समाजको ररुपान्तरणका लागि वैदिक जागरण गराउदै काठमाडौँ उपत्यकाको विभिन्न ठाउँमा सभाको आयोजना गर्दा गर्दै २०१४ साल माघ शुक्ल-प्रतिवदाका दिन ६४ वर्षको उमेरमा वहांको देहावसान भयो। वैदिक विधि अनुसार नै वहाँको दाह संस्कार गरिएको थियो।

नेपालमा सर्वप्रथम नारीको शिक्षाको लागि विद्यालय खोल्ने श्रेय पनि आर्यसमाजलाई जान्छ। पं. माधवराज जोशी ज्यूकी सुपुत्री चन्द्रकान्ता जोशी (मल्ल) आर्यसमाजकी एक सशक्त नेत्री हुनुहुन्थ्यो। वहाँले काठमाडौँ को मखन टोलमा सम्वत् १९८६ सालमा कन्या पाठशाला खोल्नु भएको थियो र पछी काठमाडौँ कै अद्वैत मार्गमा सहिद शुक्र माध्यमिक विद्यालय स्थापना गरि महिलाहरुको जागरणमा ठूलो योगदान दिनु भएको थियो। वहाँले ‘मेरो आत्म कथा’ नामक पुस्तक लेखेर प्रकाशित गर्नुका साथै महिला जागरण सम्बन्धि अन्य थुप्रै क्रियाकलापहरु पनि गर्नु भएको थियो।

त्यसपछि क्रमशः संवत् २०२३ सालमा झापा जिल्लाको सुरुन्गामा नेपाल आर्यसमाजको विधिवत् पुनर्गठन भइ द्रुत गतिमा देशमा अन्य प्रमुख नगर र गाउँमा समेत शाखा-उपशाखाहरु स्थापित हुँदै काठमाडौँको बत्तीसपुतलीमा भू.पु. अन्चालाधिश टेक बहादुर रायमाझीको सक्रियता तथा अध्यक्षतामा संवत् २०४५ सालमा नेपाल आर्यमाज, केन्द्रीय कार्यालयको विधिवत् स्थापना गरि सशक्त कार्य समिति गठन पनि भयो र हाल सम्म निरन्तर सेवाकार्य गर्दै आएको छ। यस उप्रान्त नेपाल आर्यसमाज केन्द्रीय कार्यालयका अध्यक्ष रामचन्द्र मलहोत्राको देहावसान पछी वहाँकी धर्मपत्नी राजकुमारी मलहोत्रा ज्यु बाट गत २०६२ वैशाख १ गते देखि टंकप्रसाद मार्ग, बानेश्वर हाइट स्थित वहाँको निजि भवनमा नेपाल आर्यसमाज को केन्द्रीय कार्यालय संचालन का लागि प्रदान गरिए देखि हाल सम्म पनि सोहि भवनमा कार्यालय संचालनमा छ।

यसका साथै सम्वत् २०६५ सालमा काठमाडौँ जिल्लामा तथा २०६७ साल कार्तिकमा ललितपुरमा यस नेपाल आर्यसमाज को शाखा खोलि सशक्त रुपमा कार्य भइरहेको छ। नेपालमा अहिले आर्यसमाज का ४० वटा शाखा हरु संचालित छन्।

नेपाल आर्यसमाजका आगामी कार्यक्रमहरु र उद्द्श्यहरु: –

१-) सबै धर्महरुको समुचित आदर र सम्मान गर्दै सत्य सनातन वैदिक धर्मको यथार्थ स्वरूप प्रस्तुत गरि वेद एवं वैदिक वाङ्गमयको स्वाद्याय पठन पाठन तथा प्रचार प्रसारमा जोड दिने।

२-) पर्यावरण एवं वायुमंडल शुद्धिका लागि तथा सुख शान्ति र सम्वृद्धिका लागि यज्ञ वा अग्निहोत्रको वैज्ञानिक व्याख्या गरि प्रत्यक नगर र गाउँमा अग्निहोत्रको प्रचार गर्ने।

३-) राजधानी काठमाडौँका आसपासमा एक आर्षपाठ विधिको गुरुकुल खोल्ने।

४-) देशवाशिहरुको धार्मिक, आर्थिक र सामाजिक सेवामा यथाशक्ति योगदान गर्ने।

५-) मानव जीवनका मुख्य १६ संस्कारहरुको वैज्ञानिक व्याख्या गरि समाजमा सबैलाई संस्कार गर्न प्रेरणा गर्ने तथा संस्कार प्रशिक्षण शिविरको आयोजनाहरु गर्ने।

६-) केन्द्रीय कार्यालय काठमाडौँबाट एक मासिक पत्रिका राम्रो आकारमा प्रकाशन आरम्भ गर्ने।

७-)  वेद, दर्शन, उपनिषद्हरुको सहज, सरल र सुरुचिपूर्ण वैज्ञानिक व्याख्या गरि प्रकाशन गर्ने।

८-) सिप विकाशको सम्बन्धमा समाजका निम्न आय भएका वर्गहरुको लागि निः शुल्क रोजगार मूलक प्राविधिक तथा शैक्षिक बिषयहरुको कक्षा संचालन गरि तालिमको व्यवस्था गर्ने।

९-) नेपाल आर्यसमाजको आयोजनामा राष्ट्र भरि नै समय समयमा स्वास्थ्य उपचारको अभियान चालाउदै विभिन्न स्वास्थ्य संगठनहरुको समन्वयमा स्वास्थ्य शिविर र पतंजली योग समितिको समन्वयमा योग शिविर संचालन गर्ने।

१०-) केन्द्रले प्रत्यक वर्ष ३ दिने वार्षिकोत्सव मनाउने जसमा निम्न गोष्ठीहरु हुने छन् :-

(क) विद्वद् गोष्ठी (ख) सत्यासत्य विवेचना गोष्ठी (ग) कवि गोष्ठी

(घ) हास्य-व्यंग्य कलाकार गोष्ठी (ङ) महिला गोष्ठी र (च) युवा गोष्ठी

आर्यसमाजका १० स्वर्ण नियमहरु: –

१-वसबै सत्यविद्या जो पदार्थविद्याको नामले चिनिन्छ, ति सबको आदिमूल ईश्वर हो।

२- ईश्वर सच्चिदानन्दस्वरूप, निराकार, सर्वशक्तिमान, न्यायकारी, दयालू, अजन्मा, निर्विकार, अनन्त, अनादि, अनुपम,           सर्वाधार, सर्वेश्वर, सर्वव्यापक, सर्वान्तर्यामी, अजर, अमर, अभय, नित्य, पवित्र तथा सृष्टिकर्ताहो.  केवल उसैको मात्र उपासना गरौँ।

३- वेद समस्त सत्यविद्याको भण्डार हो, वेद पढ्नु-पढाउनु र सुन्नु-सुनाउनु सब आर्यहरुको परम कर्तव्य हो।

४- सत्य ग्रहण गर्न र असत्य त्याग्न सदा सर्वदा उद्यत रहौं।

५- सबै कार्य धर्मानुसार अर्थात् सत्यासत्यको विचार गरेर मात्र सुरु गरौँ।

६- शारीरिक, आत्मिक र सामाजिक उन्नति का साथै संसारको उपकार गर्नु यस समाजको मुख्य उद्देश्य हो।

७- सबैसंग प्रिती पूर्वक, धर्मानुसार, न्याय संगत, विवेकपूर्ण, यथायोग्य तथा आत्मवत् व्यवहार गरौँ।

८- अविद्या नाश तथा विद्याको वृद्धि गरौँ।

९- हरेकले आफ्नो उन्नतिमा मात्र सन्तुष्ट न रहेर सबैको उन्नतिमा नै आफ्नो उन्नति सम्झौं।

१०- सबै मानिसहरु सामाजिक सर्वहितकारी नियम पालनमा परतन्त्र तथा स्वहितकारी नियममा स्वतन्त्र रहौं। ओ३म् शम् …..

===================================================

– प्रेम आर्य

हार्दिक आभार: राज आर्य/ कमला कान्त आत्रेय

===================================================

थाहा पाई राखौं, वेद-आज्ञा उन्लंघन गर्दाको कति भयङ्कर परिणाम हुन सक्छ?

ओ३म्..

महाभारत काल देखि हाल सम्म हाम्रो दुर्गति हुनुको प्रमुख कारण: वेद-आज्ञाको उन्लंघन…

थाहा पाई राखौं, वेद-आज्ञा उन्लंघन गर्दाको कति भयङ्कर परिणाम हुन सक्छ? महाभारतमा त्यो दुर्गति हुनुको पछाडी वेद-आज्ञाको उन्लंघन नै थियो..।

  • पहिलो आज्ञा:
    अक्षैर्मा दिव्य: (ऋ,१०/३४/१३)
    अर्थात्, “जुवा नखेल।” यस आज्ञाको उन्लंघन भयो। यस आज्ञाको उन्लंघन धर्मराज भनेर चिनिने जेष्ठ पाण्डु पुत्र युधिष्ठिरले गरका थिए।

परिणाम: सभामा एक स्त्रीको अपमान। महाभारत जस्तो भयङ्कर युद्ध जसमा करोडौं योद्धा र लाखौँ विद्वानहरु मारिए। आर्यावर्त पतनको मार्ग तिर अग्रसर भयो।

  • दोस्रो आज्ञा:

मा नो निद्रा ईशत मोत जल्पिः (ऋ ८/४८/१४)
अर्थात्, “आलस्य, प्रमाद र बकवादले हामी माथि शासन नगरुन।” तर यस आज्ञाको पनि उन्लंघन भयो। महाभारत कालमा केहि राजाहरु आलस्य र प्रमादमा डुबे।

परिणाम: विदेशिहरुको आक्रमण। धर्मको नाममा अंधविश्वासको पाखण्ड फैलनु।

  • तेस्रो आज्ञा:

सं गच्छध्वं सं वद्ध्वम (ऋ. १०/१९१/२)
अर्थात्, “आपसमा हातेमालो गर्दै परस्पर मिलेर प्रेम पूर्वक अघि बढौं, हाम्रो गति परस्पर विरुद्ध नहोस्, ‘येन देवा न वियन्ति’ (देवहरुको परस्पर विरुद्ध गति हुँदैन)। हामीहरुमा परस्पर संवाद बनिरहोस्, विवाद त केवल मूर्खहरूले मात्र गर्ने गर्दछन्।

“वेदको यो आज्ञाको पनि उन्लंघन भयो। जब विदेशिहरुको आक्रमण भयो, त्यसबेला देशका समस्त राजाहरु एकसाथ् मिलेर हिँडेनन्। उल्टै कसैले त उनै आक्रमणकारिहरुको सहयोग गर्न पुगे।

परिणाम: लाखौँ मानिसहरुको हत्या, लाखौँ स्त्रिहरुका साथ दुराचार, पापाचार, धन-धान्यको लूटपाट र दासता।

  • चौठो आज्ञा:

कृतं मे दक्षिणे हस्ते जयो में सव्य आहितः (अथर्व: ७/५०/८)
अर्थात्, “मेरो दायाँ हातमा कर्म छ र बायाँ हातमा विजय।” वेदको यस आज्ञाको उन्लंघन भयो। मानिसहरुले वैदिक कर्मलाई छोडेर पौराणिक ग्रहहरुको फलित-ज्योतिष आदिको आश्रय लिए।

परिणाम: पुरुषार्थहीनता, कर्महीनता, भाग्यको भरोसामा रहेर आक्रान्ताहरु संग संघर्ष नगरेर समर्पण गर्नु। धन-धान्यको अपव्यय, मनोबलको कमी र मानसिक दरिद्रता।

  • पाँचौ आज्ञा:

उतिष्ठत सं नह्यध्वमुदारा: केतुभिः सह।
सर्पा इतरजना रक्षांस्य मित्राननु धावत।।
(अथर्व:११/१०/१)

अर्थात्, “हे वीर योद्धाहरु हो ! तिमीहरु आफ्नो झण्डा लिएर उठ र कम्मर कसेर तयार हौ। हे सर्प समान क्रुद्ध रक्षाकारी विशिष्ट पुरुषहरु हो ! आफ्ना  शत्रुहरु माथि आक्रमण गर।” वेदको यस आज्ञाको पनि उन्लंघन भयो। जब मानिसहरु बीच बुद्ध र जैन मतको मिथ्या अहिंसावादको प्रचार भयो, त्यसबेला मानिसहरुले आक्रमणकारिहरुको डटेर सामना गर्न छोडेर मिथ्या अहिंसावादलाई नै मुख्य मान्न थाले।

परिणाम: अशोक जस्ता महान योद्धाले युद्ध छोड्नु। विदेशिहरु द्वारा यसको फाइदा उठाएर भारतमा आक्रमण तेज गर्नु, प्रतिवाद कसैले नगर्नु।

  • छैठौं आज्ञा:

मिथो विघ्राना उप यन्तु मृत्युम (अथर्व: ६/३२/३)
अर्थात्. “आपसमा लड्नेहरु मृत्युको ग्रास बन्दछन् र नष्ट-भ्रष्ट हुन्छन् ।” वेदको यस आज्ञाको उन्लंघन भयो।

परिणाम: भारतका समस्त योद्धाहरु आपसमा लडी-लडी मरे र विदेशिहरुले यसको फाइदा उठाए।

सातौं आज्ञा:

न तस्य प्रतिमा अस्ति (यजुर्वेद:३२/३)

अर्थात्. “ईश्वरको कुनै प्रतिमा तथा उ जस्तो कुनै प्रतिमान छैन।” तर यस आज्ञाको पनि उन्लंघन भयो र मानिसहरुले ईश्वरलाई परिछिन्न एक जडवत मूर्तिमा स्थापित गरिदिए।

परिणाम: ईश्वरको यथार्थ स्वरुपलाई छोडेर बिभिन्न स्वरुपको उपासना र सत्य धर्म त्याग्दिनु या बिर्सनु। मन्दिरहरुमा निक्कै धन जम्मा हुनु, जो न धर्म रक्षामा प्रयोग हुन्छ न अभाव र गरीबी हटाउनमा। त्यहि धन लुट्न लुटेराहरु द्वारा आक्रमण हुनु।

आठौँ आज्ञा:

”इममूर्णायुं वरुणस्य नाभिं त्वचं पशूनां द्विपदां चतुष्पदाम्।
त्वष्टु: प्रजानां प्रथमं जानिन्नमग्ने मा हिश्सी परमे व्योम।।” (येजुर्वेद: १३/५०)

अर्थ: ”ऊन जस्ता रौँ गरेका भेडा-बाख्रा, ऊट आदि चौपायहरु र पक्षिहरु आदि दुई खुट्टे प्राणीलाई नमार।”

” न कि देवा इनीमसि न क्या योपयामसि। मन्त्रश्रुत्यं चरामसि।।’- सामवेद: २/७
अर्थ: ”हे देवहरु हो! हामि हिंसा गर्दैनौं र यस्तो अनुष्ठान पनि गर्दैनौं, वेद मंत्रको आदेशानुसार नै आचरण गर्दछौं।”

अहिंसा र प्राणिहरुको रक्षा गर्ने वेदको यो आदेश पनि उन्लंघन भयो मानिस आफ्नै जिब्राको दास भयो रसलोलुप भयो र विविध काल्पनिक देवी-देवताहरु सिर्जना गरेर तिनको नाममा ति निर्दोष तथा मूक पशु-पंक्षीहरुको हत्या अध्यावधि कायमै छ।

परिणाम: मनुष्यमा सात्विक वृत्तिको लोप र पशु-वृत्ति हावी भयो, दया-माया-करुणा हरायो, मान्छे हिंस्रक भयो, स्वार्थि भयो, आसुरी प्रवृत्ति बढ्यो, पाप र कुकर्म तिर प्रवृत्त हुन थाल्यो, जसले गर्दा मानवता तथा राष्ट्रको उन्नति पतनको दिशामा अग्रसर हुँदैछ।

अब आउनुहोस्, पुनः वेदको मार्गमा लागेर वेदको आदेशानुसार नै एक सशक्त राष्ट्र र चरित्रवान विश्वको निर्माण गरौँ..! “कृण्वन्तो विश्वमार्यम्”..! अस्तु..

(विविध लेख बाट संकलित..)

नमस्ते..!

-प्रेम आर्य

दोहा, कतार बाट

शाकाहार बाट लाभैलाभ:

ओ३म्..

Untitled

आज विश्वको हरेक कुना-कुना बाट वैज्ञानिकहरु र चिकित्सकहरुले यहि चेतावनी दिइरहेका छन् कि मांसाहारले क्यान्सर, उच्चरक्तचाप र हृदयाघात जस्तो भयङ्कर समस्या निम्त्याउँछ र आयु क्षीण गर्दछ भने शाकाहारले अधिक मात्रामा पौष्टिकता, स्वस्थ शरीर, सुखमय तथा आनन्दमय जीवन एवं रोगहरु संग लड्ने क्षमतामा वृद्धि गर्दछ। तर पनि मानवले आफ्नो रसलोलुप तथा उदर-पूर्तिको चाहनाले यदि अन्ध-नक्कल या तथाकथित आधुनिकताको होडमा अप्राकृतिक आहार गरेर आफ्नै सर्वनाश गर्न चाहन्छ भने यो उसको दुर्भाग्य नै भन्न सकिन्छ।

जीव या पशुको शरीर संरचनामा ध्यान दिनेहो भने हामि देख्दछौं कि सर्वाधिक शक्तिशाली, परिश्रमी, वा अधिक सहनशीलता भएका पशु जो लगातार कयौं दिन सम्म काम गर्न सक्छन्, जस्तै हात्ती, घोडा, गोरु, ऊँट, भेडा आदि सब शाकाहारी हुन्छन्। ब्रिटेनमा त्याहांका शोधकर्ताले एक परीक्षण गरेर हेर्दा पाए कि स्वाभाविक मांसाहारी शिकारी कुकुरलाई पनि केहि समय जब शाकाहारभोजन दिएर राखियो तब उनको सहन सक्ने शक्ति एवं क्षमतामा वृद्धि भयो।

अफ्रीकन रिसर्च फाउंडेशनका डा.अन्ना स्पोरीका अनुसार मसाई जनजातिका मानिसहरु जो मांसाहार गर्दछन्, उनीहरुले केहि दिन मात्र दही खाने गर्दा उनको कोलेस्ट्रोल स्तर कम हुन्छ।

शाकाहारी भोजनको गुण थाहा पाएर अब पाश्चात्य देशमा पनि शाकाहार आन्दोलन तेज हुँदैछ। अमेरिकामा ‘सलाद बार’ अत्यधिक लोकप्रिय हुँदैछन्, जहाँ बाट ग्राहकले सलाद भरिएको थाल या डिब्बा घर लैजान सक्छन्।

दिल्लीको एक स्थानीय पत्रिका ‘सन्ध्या टाइम्स’का अनुसार भोजनमा अनुसन्धान गरिरहेका अमेरिकाका वेज्ञानिकहरुले वर्षौंको खोज पछी फल, तरकारी, दुध, र खाद्यान्नमा पाइने पोषक तत्व पत्ता लगाएर भोजन बाट नै क्यान्सर, हृदयरोग आदि असाध्य रोगहरुको चिकित्सा गर्न सकिने दिशामा काम गर्दै छन्। यहि कुरो हाम्रो सनातन वैदिक साहित्यमा भरिएका छन्। तर हामीले त्यो आफ्नो दैवी संस्कृति छोडेर बिदेशी आसुरी संस्कृतिको अन्ध-नक्कल गरेर जीवन नष्ट गर्दै छौं। कयौं चिकित्सकहरुले सल्लाह दिएका छन् कि अंगूर, मेवा, आँप, खरबूजा, टमाटर, हरिया पात भएका तरकारी खानाले भोजन नलीको क्यान्सर हुने संभावना कम हुन्छ। क्यान्सर को एक प्रमुख कारण मांसाहार हो। दुध खानाले आँतको क्यान्सर बाट बच्न सकिन्छ। जुन महिलाहरु शाकाहारी र रेशादार भोजन गर्ने गर्दछन, तिनलाई स्तन-क्यान्सर हुँदैन। हावर्डको एक अध्ययनमा पशुको मासु र गर्भाशयको क्यान्सरमा सम्बन्ध स्थापित गरिएको छ।

जर्मनीको ‘इंस्टीच्यूट अफ सोशल मेडिसन एंड एपीडीमिओलोजी’ द्वारा सन् १९८५मा प्रारम्भ गरिएको सर्वेक्षणमा अहिले सम्मको प्रतिवेदन अनुसार शाकाहारिहरुको  रक्तमा यूरिक अम्लको मात्रा कम हुन्छ, उनका मृगौलाले राम्रो संग काम गर्दछन्, रक्तचाप सामान्य, आदर्श कोलेस्ट्रोल सीमामा नै रहन्छ। यस्ता व्यक्तिहरुको प्रतिशत मांसाहारिको अपेक्षा निक्कै अधिक रहन्छ। शाकाहारले उनलाई स्वस्थ र नीरोगी बनाउँछ।

भारतको मध्येप्रदेश स्थित ग्वालियरका दुईजना शोधकर्ता डा. जसराज सिंह र सी.के. डेवासले ग्वालियर जेलमा बन्द ४०० जना कैदीहरुमा एक शोध गरेर निष्कर्ष निकाले कि २५०जना मांसाहारिहरु मध्ये ८५% रिसाहा स्वभावका एवं झगडालु निस्के, शेष १५० जना शाकाहारीहरु मध्ये ९०% शान्त एवं खुशी स्वभावका थिए। केवल अम्रिकामा मात्र प्रति वर्ष ४०,००० भन्दा अधिक समस्या यस्ता आउँछन् जुन रोग ग्रस्त अण्डा एवं मासु खानाले हुने गर्दछन्।

सामान्य रुपमा एउटा कुरा जान्ने कोशिश गरौँ कि जब पशुले वधशालामा कसाई द्वारा आफ्नो मृत्यु नजिक आएको देख्दछ, ऊ डर र आतंकले थर-थर काप्न थाल्दछ। जब उसले मृत्युलाई नजिक बाट महशुस गर्दछ, एक-दुई दिन अघि देखि नै खान-पीन छोड्दछ। डर र आतंकले उसको केहि मल पनि बाहिर निस्कन्छ। त्यो मल रगतमा मिसिन्छ र बिष युक्त तथा हानिकारक बन्दछ। मृत्यु भन्दा पहिले त्यो बिचरा नि:सहाय पशु आत्म रक्षाको लागि केहि पुरुषार्थ गर्ने प्रयास स्वरूप छटपटाउँछ। पुरुषार्थ बेकार गएको महशुस भएर उसको डर र आवेश झनै बढ्छ। रिसले आँखा राता-राता हुन थाल्दछन्, मुखमा फिन आउँछ, श्वास प्रश्वास बढ्न थाल्दछ, मुटुको धड्कन बढ्न थाल्छ, यस्तो अवस्थामा उस भित्र एकप्रकारको पदार्थ-एड्रनलिन उत्पन्न हुन्छ, जसले उसको रक्तचाप बढाउँछ र मासुलाई विषाक्त बनाउँछ। जब मनुष्यले त्यो मासु खान्छ, तब उसमा पनि त्यहि पदार्थ-एड्रनलिन प्रवेश गरेर उसलाई प्राण-घातक रोग तिर धकेल्दिन्छ। एड्रनलीनका साथ क्लोरिनेटेड हाइड्रो कार्बन लिँदा यसले हृदयाघातको गंभीरतम खतरा उत्पन्न गर्दछ।

जर्मनीको एक प्राध्यापक एग्नरबर्गको मान्यता छ कि अण्डाले ५१.८३% कफ पैदा गर्दछ। त्यसले शरीरको पोषक तत्वहरुलाई असंतुलित गर्दछ। अम्रिकी डा. ई.बी.एमारी तथा बेलायती डा. इन्हाले आफ्नो विश्व विख्यात पुस्तकमा अण्डा मनुष्यको लागि बिष समान हो भनेर स्पस्ट मानेका छन्।

बेपायाती डा. आर. जे. विलियमको निष्कर्ष छ कि सम्भव हुन सक्छ अण्डा खानेहरुले शुरु-शुरूमा अधिक हट्टा-कट्टा र फुर्तीलो पनि अनुभव गर्लान तर पछी तिनलाई हृदय रोग, रातो तथा फुस्रो चिलाउने दाद, पक्षाघात जस्ता भयानक रोगको शिकार हुनु पर्नेछ।

मांसाहारले जुन असाध्य रोगहरुलाई जन्म दिन्छ त्यसमा अन्य ताजा खोजहरुको परिणाम निम्न छन्—

  • हृदयरोग:- रक्तवाहिनिहरुको भित्रि भित्तामा कोलेस्ट्रोलको तह जम्नु हृदयरोग तथा उच्च रक्त चापको मुख्य कारण हो। कोलेस्ट्रोलको सर्वाधिक प्रमुख स्रोत अण्डा, मासु र बजारको निर्मलीकृत या प्रशोधित (refind) तेल हो।
  • मिर्गी/छारेरोग (एपीलेप्सी):- यो रोग संक्रमित मासु या रसायन प्रयोग गरिएको तरकारी खानाले पनि हुन्छ।
  • अल्सर, एपेन्डीसाइटिस, पायल्स/भगंदर/फिस्टुला(मलद्वारमा खटिरा हुनु)आँत र मलद्वारको क्यान्सर:- यी रोग पनि शाकाहारिहरुको अपेक्षा मांसाहारीहरुमा अधिक हुने गर्दछ।
  • मृगौलाको रोग:- जनावर बाट पाइने प्रोटीन र क्याल्सियम अत्यन्त जटिल प्रकारको हुन्छ र स्वादको कारण आवस्यकता भन्दा अधिक पनि खाने गर्दछन्। यसलाई पचाउने क्षमता मानव शरीरमा हुँदैन, जसले गर्दा विविध रोगको कारण बन्ने गर्दछ त्यस्तै भोजन गर्नाले मृगौला पनि खराब हुन्छन्। शाकाहारी भोजनमा पाइने सबै तत्वहरु सुपाच्य हुन्छन् अत: त्यसबाट मनुष्य शरीरलाई कुनै प्रकारको हानि गर्दैन।
  • संधिवात, गठिया लगायत अन्य वात रोग: जनावरको मासुमा सबभन्दा बढी यूरिक एसिड हुन्छ, जसले मानव रगतमा यूरिक एसिडको मात्रा अत्यधिक बढाउँछ र जोर्निहरुमा जम्मा हुन्छ यसको कारणले गर्दा शरीरमा यी रोग उत्पन्न हुन्छन्। मांसाहार, चिया, कफी छोडे पछी यस्ता रोगले पिडितहरुलाई राहत हुन्छ।
  • रक्त धमनिहरु साँगुरो हुनु:- मांसाहारी भोजनमा पोलीसेच्युरेटेड फ्याट, कोलेस्ट्रोल तथा क्यालोरीको अधिकता भएको हुनाले शरीर भित्र थुप्रिदै जान्छ जसको कारणले रक्त धमनिहरु साँगुरा हुन्छन् र हृदय कम्जोर हुन्छ। तर शाकाहारी भोजनमा यी पदार्थ निक्कै कम मात्रामा हुन्छन्। साग-सब्जीहरु र फल इत्यादिमा पोलीसेच्युरेटेड फ्याट र कोलेस्ट्रोल शून्य हुन्छ भने क्यालोरी एकदम कम। अत: शाकाहारी भोजनले यस रोग बाट बच्न सहयोग गर्दछ।
  • क्यान्सर:- यो ज्यानमारा रोग मांसाहारीको अपेक्षा शाकाहारीहरुमा निक्कै कम पाया पाइन्छ।
  • आँत कुहिनु:- अण्डा, मासु आदि छिट्टै सड्ने पदार्थ हुन्, यसलाई छिट्टै पचाउने हाम्रो पाचन क्षमता छैन र मांसाहारीको भन्दा शाकाहारीको पाचन प्रणाली बिशेष लामो पनि हुन्छ, त्यसैले ति पदार्थहरु पाचन हुनु पूर्व नै हाम्रो आन्द्रामा सड्न थाल्दछन् जसको कारणले आमाशय कमजोर हुन्छ र पछी आँत पनि सड्न थाल्दछ। सुरुमा पेट ढुस्स फुलेको जस्तो महशुस हुनु र ग्यासको समस्या देखिन्छ। पछी मंदाग्नि, पैताला पोल्ने अथवा चस्किने, अमिलो डकार आउने, बिहान उठ्न जाँगर नलाग्ने, टाउको दुख्ने, रिंगटा लाग्ने, शरीर भारि भएको महशुस हुने र कब्जियत आदिको समस्या उत्पन्न हुन्छ।
  • त्वक रोग(छाला फुस्रो तथा सुख्खा हुनु) [पिला/डन्डीफोर आदि:- छालाको रक्षाको लागि विटामिन ए, बि र सी को सर्वाधिक महत्व हुन्छ जो गाजर, टमाटर लगायत हरीया साग-सब्जिहरु र फल आदिमा नै बढी मात्रामा पाइन्छ। त्यसैले शाकाहारी भोजनले यस्ता रोगबाट रक्षा गर्दछ भने मांसाहारी भोजनले यी समस्या झनै बल्झाउँछ।
  • अन्य रोग: जस्तै – मधुमेह, अध्कपाली, संक्रमण बाट हुने रोग, स्त्रिहरुको मासिक धर्म सम्बन्धी रोग आदि पनि मांसाहारिहरुमा अधिक पाइन्छन्।

सारांश यहि हो कि जहाँ शाकाहारी भोजनले प्राय: प्रत्येक रोगलाई रोक्न र रोगसंग लड्ने क्षमतालाई वृद्धि गर्दछ भने मांसाहारी भोजनले प्रत्येक रोगलाई मल-जल गरेर बढाउँछ। शाकाहारले आयु बढ्छ भने मांसाहारले आयु क्षीण हुन्छ। शाकाहारी जीवन निरोगी-शुखमय-आनन्दमय हुन्छ भने मांसाहारी जीवन रोगि-दुःखमय-शोकमय हुन्छ। अस्तु..

आज विश्व शाकाहार दिवशको अवसरमा यहि शुभकामना छ कि सबैले शाकाहार जीवन पद्धति अंगालौं ..!

नमस्ते..!

(विविध सामाजिक सञ्जाल बाट संकलित)

-प्रेम आर्य

दोहा, कतार बाट

विश्व शाकाहार दिवश: अक्टोबर-०१

ओ३म्..

विश्व शाकाहार दिवश..

‘उत्तर अम्रिकी शाकाहारी समाज’ले सन् १९७७ देखि अम्रिकामा ‘विश्व शाकाहार दिवस’ मनाउन सुरु गरेको थियो। त्यस समाजले मुख्य रुपमा शाकाहारी जीवनका सकारात्मक तथ्यहरुलाई संसारका सामु ल्याउने गर्दछ। यसको लागि त्यस समाजले शाकाहार संग सम्बन्धित कयौं अध्ययन पनि गराएको छ। चाख लाग्दो कुरो यो छ कि त्यस समाजले यो अभियान शुरू गरेपछि अम्रिकामा मात्र लगभग १० लाख भन्दा धेरै मानिसले मांसाहारलाई पूर्ण रुपमा त्याग गरेका थिए। अहिले त्यहाँ लगभग ५% युरोपमा १५% र भारतमा ३१%मानिस शाकाहारी छन्। विभिन्न आहार विशेषज्ञहरुको भनाइ छ कि शाकाहारी भोजनमा रेशा अत्यधिक मात्रामा पाइन्छ र यसमा विटामिन तथा लवणको मात्रा पनि अपेक्षाकृत अधिक हुन्छ। हाम्रो सनातन वैदिक संस्कृतिमा परापूर्व काल देखि हाम्रा ऋषि-मुनिहरुले शाकाहारको महिमामा नै जोड दिएका छन्, तर अहिले आधुनिक वैज्ञानिकहरुले र विविध शोधकर्ताहरुले गरेको अध्ययन अनुसार शाकाहारलाई नै प्रमुख प्राथमिकता दिइएको छ र हाल शाकाहारको प्रभाव पूरा विश्व भरि नै पर्न थालेको छ। शरीरमा शाकाहारको सकारात्मक परिणाम तथा मांसाहारको दुष्प्रभावहरुलाई देखेर अहिले संसारभरि मानिसहरुले शाकाहारी जीवन पद्धती सुरु गर्न थालेका छन्। संसारभरिका शाकाहारी मानिसलाई एक मन्चमा ल्याएर आपसी सद्भाव तथा सहयोग स्थापना गर्ने र जनावरहरुको सिङ, खुर तथा मुख पाक्ने भयङ्कर संक्रमित जीवाणुयुक्त रोग बाट मानिसलाई बचाउने उद्देश्यले उत्तरी अम्रिकाका केहि मानिसहरुले ७०को दशकमा ‘उत्तर अम्रिकी शाकाहारी समाज’को गठन गरेका हुन्।

दुग्ध उत्पाद, फल, तरकारी, अनाज, बदाम आदि, बीज सहितक वनस्पति-आधारित भोजनलाई शाकाहार भनिन्छ। कुनै पनि शाकाहारीले मांसजन्य पदार्थलाई घृणा गर्दछ, यसमा प्राणिहरुलाई कष्ट दिएर या निर्दयता पूर्वक हत्या गरेर प्राप्त गरिने समस्त जलचर-थलचर तथा नभचर प्राणीहरुको मासु तथा तिनका अण्डा (डिम्ब या गर्भाशय) पनि शामेल छन् र पाश्चात्य पनीर, र जिलेटिन आदि पनि मांसहारको श्रेणीमा पर्दछन्।

नैतिक, स्वास्थ्य, पर्यावरण, धार्मिक, राजनीतिक, सांस्कृतिक, सौन्दर्य, आर्थिक, या अन्य कुनै पनि कारणले शाकाहारी जीवनशैली अपनाउन सकिन्छ। पश्चिमाहरुले आँफूलाई मन पर्ने किसिमले शाकाहारलाई पनि विविध श्रेणीमा विभाजन गरेका छन् जस्तै-:

  • वेगन (vegan): यसमा केवल बनस्पति आधारित भोजन मात्र सम्मिलित छन्। सम्पूर्ण दुग्ध उत्पादन लगायत मह पनि त्याज्य छ। यहाँ सम्म कि यिनीहरुले पशु-पंक्षी बाट उत्पादित कुनै पनि वस्तु प्रयोग गर्दैनन्। जस्तै छालाको थैली, झोला, पेटी, जुत्ता, चप्पल, टोपी, पन्जा, आदि। यिनीहरुको मान्यतामा पशु-पंक्षी हरुबाट कुनै पनि प्रकारको सेवा लिन पाइन्न र पिंजरा तथा खोरमा थुन्न पनि पाइन्न।
  • ल्याक्टो (Lacto):- यसमा बनस्पति आधारित भोजन लगायत दुग्ध उत्पादन र मह पनि सामेल छ, केवल माछा-मासु तथा अण्डा त्याज्य छ।
  • ल्याक्टो-ओवो (Lacto-ovo):- यसमा बनस्पति आधारित भोजन लगायत दुग्ध उत्पादन तथा मह र अण्डा पनि सामेल छ, केवल माछा र मासु मात्र त्याज्य छ।
  • पेस्काटेरियन्स् (Pescatarians): – यसमा बनस्पति आधारित भोजन लगायत दुग्ध उत्पादन, मह, अण्डा र समुद्री जीव पनि सामेल छ, केवल मासु मात्र त्याज्य छ।
  • फ्लेक्सीटेरिएन्स (Flexitarians):- यो नयाँ प्रकारको शाकाहार हो, कहिले पुरै मांसाहार त्याग्छन् र कहिले कुनै बिशेष अवसरमा मांसाहार खाने गर्दछन्। तर आँफूलाई शाकाहारी नै मान्दछन्।

जसले जसरि पनि आँफूलाई शाकाहारी माने पनि शाकाहारी समाजको भनाइ छ कि जुन भोजनमा प्राणीहरुलाई कष्ट दिएर या हत्या गरेर प्राप्त गरिएको माछा, मासु, अण्डा आदि उत्पादन शामेल छन् त्यो शाकाहारी हैन। हाम्रो सनातन वैदिक संस्कृतिको मान्यता पनि यहि हो। अस्तु..

नमस्ते..!

प्रेम आर्य

(दोहा, कतार बाट)

शाकाहार- कविता

ओ३म्..
[विश्व शाकाहार दिवशको अवसरमा]
गर्व थ्यो नेपाल-भूमि लाई, कि गौतम बुद्धकी माता हुँ।।
राम-कृष्ण र जनक जस्ता, वीरहरुकी यशगाथा हुँ॥
प्राणि-प्रेम र शान्तिको झण्डा, संसारमा जसले फहराए।।
मेहनतले पकाएको खिर खाएर जसले सुजाताको मान बढाए॥
सपना जसले देखेका थे, आपसी मनमुटाव अन्तको।।
यो भूमि जन्मस्थल हो, तिनै बुद्ध महा संतको।।
कन्दमूल खानेहरु संग, मांसाहारी डराउँदथे।।
भक्ति जस्ता शूर-वीरलाई, नमन अंग्रेजहरु गर्दथे॥
चौध वर्ष सम्म वनमा, जसको थियो धाम।।
सबका मन-मन्दिरमा बस्ने, शाकाहारी नै थिए राम।।
चाहेको भए खान सक्दथे, मासु पशुहरुको थुप्रोमा।।
तर बयरले नै तृप्त भए, माता शबरीको झुप्रोमा॥
चक्र सुदर्शन धारी थे, महाभारत भन्दा भारी थे॥
शत्रुलाई वश गर्ने वाला, योगिराज शाकाहारी नै थे॥
उठ, जाग, पढेर हेर, आफ्नो गौरवमयी इतिहासलाई।।
महर्षि मनु देखि फैलिएको, समस्त ज्ञान-स्मृतिलाई॥
दयाको आँखा खोल सुन, पशु-पंक्षीको करुण क्रंदनलाई।।
मनुष्य देह बनेको हो, शाकाहारी भोजन गर्नलाई॥
अंगप्रत्यंग लाशको खानु, के त्यो मानव हो?
पेट तिम्रो मुर्दाघर हो, या चिहान घारी हो?
दुःख कति हुन्छ, जब औंलो कुनै जल्दछ।।
सोंचौं उस् पिडाको, जब घाँटीमा छुरा चल्दछ॥
विवशता त्यस् पशुको हेर, बच्ने कुनै अवसर छैन।।
जिउँदै जसको तन काटियोस, उस् पीडाको पार छैन॥
टोक्नु भन्दा पहिले एक चोक्टा, चित्कार प्राणीको अवस्य सुन।।
करुणा र दयाको खातिर तिमि पनि, शाकाहारी जीवनशैली चुन॥
शाकाहारी बनौँ…! दिर्घ जीवन पाउँ..!
जय शाकाहार-अभियान….!!!
नमस्ते..!
-प्रेम आर्य
(दोहा-कतार बाट)