गुणका खानी- महर्षि दयानन्द सरस्वती

ओ३म्..

गुणका खानि- महर्षि दयानन्द सरस्वती..

nirmishbhoji mahapurush

कुनै प्रभु-भक्त त छ तर विद्वान् छैन,
कुनै विद्वान् त छ तर योगी छैन,
कुनै योगी त छ तर सुधारक छैन,
कुनै सुधारक त छ तर शूरवीर छैन,
कुनै शूरवीर त छ तर ब्रह्मचारी छैन,
कुनै ब्रह्मचारी त छ तर वक्ता छैन,
कुनै वक्ता त छ तर लेखक छैन,
कुनै लेखक त छ तर सदाचारी छैन ,
कुनै सदाचारी त छ तर परोपकारी छैन,
कुनै परोपकारी त छ तर कर्मठ छैन,
कुनै कर्मठ त छ तर त्यागी छैन,
कुनै त्यागी त छ तर देशभक्त छैन,
कुनै देशभक्त त छ तर वेदभक्त छैन,
कुनै वेदभक्त त छ तर उदार छैन,
कुनै उदार त छ तर शुद्धाहारी छैन,
कुनै शुद्धाहारी त छ तर योद्धा छैन,
कुनै योद्धा त छ तर सरल छैन,
कुनै सरल त छ तर सुन्दर छैन,
कुनै सुन्दर त छ तर बलिष्ठ छैन,
कुनै बलिष्ठ त छ तर दयालु छैन,
कुनै दयालु त छ तर संयमी छैन…..।

तर यदि हामीहरुले यी सम्पूर्ण गुण एकै स्थानमा देख्न चाहन्छौं भने महर्षि दयानन्द सरस्वतीलाई निष्पक्ष भएर हेर्ने गरौँ।

-(प्रेम आर्य)

हार्दिक आभार: इतिहासचार्य निरंजनदेव केसरी
(सन्दर्भ ग्रन्थः दिवंगत प्रो० डॉ० कुशलदेव शास्त्री रचित “महर्षि दयानन्दः काल और कृतित्व”,पृष्ठ ४२३)

2 thoughts on “गुणका खानी- महर्षि दयानन्द सरस्वती”

    1. ओ३म्..
      श्याम भाइ, नमस्ते..!
      मेरो जीवनलाई एक नयाँ क्रान्तिकारी मोंड दिनमा महर्षि दयानन्द सरस्वती ज्यूको आदर्शले अहम् भूमिका निभाएको छ..
      सत्य मानौं र मान्न लगाउँ..!
      धन्यवाद..!

Leave a Reply

Your email address will not be published. Required fields are marked *