All posts by प्रेम आर्य

…वैदिक ईश्वर

वैदिक ईश्वर-२

३- ईश्वर अनंत गुण सम्पन्न छ। अज्ञानीहरुले आफ्नो अज्ञानतावश उसको विभिन्न गुणहरुलाई नै विभिन्न ईश्वर मान्ने गर्दछन।

4- यस्तो शंका निराकरणको लागि वेदमा अनेकौं मन्त्र छन् जसले स्पष्ट गर्दछन कि केवल एक मात्र ईश्वर छ र उसका साथ हाम्रो सम्पर्क गराउनको लागि कुनै अभिकर्ता, मध्यस्थकर्ता, सहायक, पैगम्बर तथा मसीहाको आवश्यकता पर्दैन ।

ईशावास्यमिदं सर्वं यत् किञ्च जगत्यां जगत्।

तेन त्यक्तेन भुञ्जीथा मा गृधः कस्यस्विद् धनम्।। यजुर्वेद: ४०/१।।

अर्थात्, यो सारा जगत नै एक मात्र ईश्वर द्वारा पूर्णतः व्याप्त तथा नियंत्रित छ। त्यसैले कदापि अन्याय पूर्वक कसैको धन-सम्पत्ति प्राप्त गर्ने इच्छा गर्नु हुँदैन; त्यागको भावनाले न्यायपूर्ण एवं शुद्ध आचरण द्वारा नै ईश्वरको आनंद भोग्नु पर्दछ। किनकि त्यहि नै समस्त सुखदाता हो ।

 अहं भुवं वसुनः पूर्व्यस्पतिरहं धनानि सं जयामि शश्वतः।

मां हवन्ते पितरं न जन्तवोऽहं दाशुषे वि भजामि भोजनम् ॥ऋ. १०/४८/१॥

अर्थात्, एक मात्र ईश्वर नै सर्वव्यापक र सारा संसारको नियन्ता हो। त्यहि सब विजय-दाता र सारा संसारको मूल निमित्त कारण हो। सबै जीवहरुले ईश्वरलाई त्यसैगरि पुकार्नु पर्दछ जसरि एक बालकले आफ्ना माता-पितालाई पुकार्दछ। त्यहि नै  एक मात्र सबलाई पालन-पोषण गर्ने र सब सुखको दाता हो।

अहमिन्द्रो न परा जिग्य इद्धनं न मृत्यवेऽव तस्थे कदा चन।

सोममिन्मा सुन्वन्तो याचता वसु न मे पूरवः सख्ये रिषाथन॥ऋ. १०/४८/५॥

अर्थात्, ईश्वर सारा संसारको प्रकाशक हो। ऊ कदापि पराजित हुँदैन र न उसको कहिल्यै मृत्यु हुन्छ। ऊ यो संसारको रचना गर्नेवाला हो। सम्पूर्ण जीवहरुले ज्ञान प्राप्तिको लागि तथा त्यसै अनुरुप कर्म गरेर सुख प्राप्तिको लागि प्रयत्न गर्नु पर्दछ। उनीहरु ईश्वरको मित्रता देखि कहिल्यै अलग हुनुहुँदैन ।

अहं दां गृणते पूव्र्य वस्वह ब्रह्म कृणवं मह्यं वर्धनम्।

अहं भुवं यजमानस्य चोदिता•यज्वन: साक्षि विश्वस्मिन भरे।। (ऋ. १०/४९/०१)

अर्थात्, केवल एक ईश्वरले नै सत्य प्राप्तिको लागि प्रयत्न गर्नेहरुलाई सत्य ज्ञान दिन्छ। त्यसैले नै ज्ञानको वृद्धि गर्दछ र धार्मिक मनुष्यहरुलाई श्रेष्ठ कार्यमा प्रवृत्त गर्दछ। त्यहि नै एकमात्र यस सारा संसारको रचयिता र नियंता हो। त्यसैले कहिले पनि उस एक ईश्वरलाई छोडेर  अन्य कसैको उपासना गर्नु हुँदैन।

हिरण्यगर्भः समवर्त्तताग्रे भूतस्य जातः पतिरेक ऽआसीत्|

स दाधार पृथिवीं द्यामुतेमां कस्मै देवाय हविषा विधेम (यजुर्वेद: १३/४)

अर्थात, यो सारा संसारको एक मात्र  निर्माता र नियंता छ । केवल एक त्यसैले नै  पृथ्वी, आकाश र सूर्यादि लोकहरुलाई धारण गरेको छ। त्यो स्वयं सुखस्वरूप छ । एक मात्र त्यहि नै हाम्रो लागि उपासनीय छ।

न द्वितीयो न त्रितियश्च्तुर्थो नाप्युच्यते ।

न पञ्चमो न षष्ठः सप्तमो नाप्युच्यते ।

नाष्टमो न नवमो दशमो नाप्युच्यते ।

स सर्वस्मै वि पश्यति यच्च प्राणति यच्च न ।

तमिदं निगतं सहः स एष एक एकवृदेक एव ।

सर्वे अस्मिन् देवा एकवृतो भवन्ति ।। अथर्ववेद: १३/४/ १६-२१ ।।

अर्थात्, ऊ न दुई छ, न तीन, न चार, न पाँच, न छः, न सात, न आठ, न नौ , र न दस छ । यसको विपरीत ऊ केवल एक मात्र छ। ऊ बाहेक अर्को कुनै ईश्वर छैन । सबै देवताहरु उसैमा निवास गर्दछन र उसै द्वारा नियंत्रित हुन्छन। त्यसैले केवल उसैको उपासना गर्नु पर्दछ, अन्य कसैको हैन।

महद्यक्षं भुवनस्य मध्ये तपसि क्रान्तं सलिलस्य पृष्ठे ।
तस्मिन् छ्रयन्ते य उ के च देवा वृक्षस्य स्कन्धः परित इव शाखाः  ।। अथर्ववेद: १०/७/३८।।

भाषार्थ – (महद्यक्षं) ब्रह्म जो महत् अर्थात् सबभन्दा महान र सबको पूज्य छ (भुवनस्य मध्ये) जो सब लोकहरुको बीचमा विराजमान र उपासना गर्न योग्य छ (तपसि क्रान्तं) जो विज्ञानादि गुणहरुमा सबभन्दा ठूलो छ (सलिलस्य पृष्ठे) सलिल जो अन्तरिक्ष अर्थात् आकाश छ, उसको पनि आधार र उसमा व्यापक तथा जगत् प्रलय भए पछी पनि नित्य निर्विकार रहने वाला छ (तस्मिञ्छ्रयन्ते य उ के च देवाः) जसको आश्रयमा वसु आदि पूर्वोक्त तेतीस देव बसिरहेका छन् (वृक्षस्य स्कन्धः परित इव शाखाः) जसरि पृथिवी बाट वृक्षको प्रथम अंकुर निस्केर त्यहि स्थूल भएर सब हाँगाहरुको आधार हुन्छ, त्यसै प्रकार सब ब्रह्माण्डको आधार पनि त्यहि एक परमेश्वर हो॥

अर्थात्, एक ईश्वर मात्र सबभन्दा महान छ र उपासना गर्न योग्य छ। त्यहि नै समस्त ज्ञान र क्रियाहरुको आधार हो।

परीत्य भूतानि परीत्य लोकान् परीत्य सर्वाः प्रदिशो दिशश् च।

उपस्थाय प्रथमजाम् ऋतस्यात्मनात्मानम् अभि सं विवेश॥ (यजुर्वेद: ३२/११)

अर्थात्, ईश्वर संसारको कण-कणमा व्याप्त छ। कुनै पनि स्थान उस बाट खाली छैन। ऊ स्वयंभू हो र आफ्नो कर्म गर्नको लागि उसलाई कुनै सहायक, पैगम्बर, मसीहा या अवतारको आवश्यकता पर्दैन। जसले उसको अनुभव गर्न सक्षम हुन्छ त्यसले बंधनरहित मोक्ष सुख भोग्छ।

वेदमा यस्ता असंख्य मंत्र छन्, जसले एक मात्र ईश्वरको वर्णन गर्दछन। हामीलाई अन्य कुनै अवतार, पैगम्बर या मसीहाको शरणमा नगएर नै सिधा  ईश्वरको उपासनाको निर्देश गर्दछन।

क्रमशः…

वैदिक ईश्वर

ओ३म्..

वैदिक ईश्वर

-प्रेम आर्य

दोहा, कतार बाट

“ ऊ तेजस्विहरुको तेज, बलवानहरुको बल, ज्ञानिहरुको ज्ञान, मुनिहरुको तप, कविहरुको रस, ऋषिहरुको गाम्भीर्य र बालकहरुको मुस्कुराहटमा विराजमान छ। ऋषिको मन्त्र गान र बालकको निष्कपट हाँसो उसलाई एक समान प्रिय छ। उसले शब्द हैन भाव पढ्छ, ओठ हैन, हृदय देख्छ, ऊ मन्दिरमा हैन, मस्जिदमा हैन, गिर्जा घरमा हैन, प्रेम गर्नेहरुको हृदयमा रहन्छ। बुद्धिमानहरुको बुद्धिको लागि ऊ एक रहश्य हो तर एक निष्कपट निरपराधलाई ऊ सदा उपलब्ध छ। ऊ केहि अलग छ। धन-पैसाले ऊ प्राप्त हुँदैन र प्रेम एवं दया राख्नेहरुलाई कहिल्यै छोड्दैन। आडम्वरी र डरपोकहरु उसलाई मन पर्दैनन्, प्रेम गर्नेहरु सदा उसको समिपमा रहन्छन्। ऊ सर्वेश्वर हो, सबभन्दा अलग तर सबमा रहन्छ।

यही नै सनातन वैदिक धर्म हो। यहि धर्ममा हामीलाई गर्व छ।”

टिपण्णी : यहाँ ‘ईश्वर’ को तात्पर्य “परम सत्ता” हो , ‘देवता’ हैन। ‘देवता’ एक अलग शब्द हो जसको अशुद्ध प्रयोग धेरैजसो ‘परमसत्ता’ को लागि गर्ने गरिन्छ। हुनत ईश्वर पनि एक ‘देवता’ नै हो। कुनै पनि पदार्थ – चाहे जड होस् या चेतन, जुन हाम्रा लागि उपयोगी या सहायक हुन्छ, त्यसलाई ‘देवता’ भनिन्छ। तर यसको अर्थ हरेक त्यस्तो सत्ता ईश्वर हो र यसको उपासना गरियोस् भन्ने कदापि हैन। यसमा कुनै किसिमको भ्रम सिर्जना नहोस् भनेर यस लेखमा ‘ईश्वर’ शब्दको प्रयोग गरिएको छ।

त्यो परम-पुरुष जुन निस्वार्थताको प्रतीक हो, जसले सारा संसारलाई नियंत्रणमा राख्दछ, ऊ हरेक कण-कणमा व्याप्त छ र सम्पूर्ण देवताहरुको पनि देवता हो, सबैलाई सुख प्रदान गर्ने एक मात्र त्यहि हो। जसले उसलाई जान्दैनन्, ति भयङ्कर दुःखमा डुबीरहन्छन् र जसले उसलाई अनुभव गर्दछन, तिनले मुक्ति सुख प्राप्त गर्दछन। यथाः

ऋचो अक्षरे परमे व्योमन्यस्मिन्देवा अधि विश्वे निषेदुः ।

यस्तन्न वेद किमृचा करिष्यति य इत्तद्विदुस्त इमे समासते ॥ऋ. १/१६४/३९॥

प्रश्न: वेदमा ईश्वर कति छन्? कसैले भन्दछन कि वेदमा अनेक ईश्वर छन्, सत्य के हो?

उत्तर: तपाइले गलत कुरो गलत व्यक्ति तथा स्थान बाट सुन्नु भएको हो। वेदमा स्पष्टसंग भनिएको छ कि केवल एक मात्र ईश्वर छ र जसको सर्व प्रिय निज नाम ‘ओ३म्’ हो। वेदमा अनेक ईश्वर छन् भन्ने अर्थ जनाउने एउटा पनि मन्त्र छैन। यति मात्र हैन, वेदले यस कुराको पनि खण्डन गर्दछ कि हामी र ईश्वरको बीचमा कुनै अभिकर्ता (मध्यस्थकर्ता) सरह काम गर्नको लागि कुनै पैगम्बर, मसीहा या अवतारको आवश्यकता पर्दछ।

सामान्यतया यदि समानता हेर्नेहो भने:

इस्लाममा शहादा (अश-शहादतन) को जुन पहिलो भाग छ, त्यसलाई हेर्नेहो भने “ला इलाहा इल्लल्लाह” (परमेश्वर वाहेक अर्को कुनै पनि परमेश्वर छैन) र दोस्रो भाग : “मुहम्मदुन रसूलुल्लाह” (मुहम्मद अल्लाहको पैगम्बर हो) लाई छोड्दिने हो भने यो वैदिक ईश्वर कै मान्यता समान छ।

इस्लाममा अल्लाह बाहेक अरु कसैको पनि पूजन गर्नु ‘शिर्क’ (सबभन्दा ठूलो पाप) मानिन्छ। यदि यसै मान्यतालाई अंझ अगाडी हेर्नेहो भने अल्लाह बाहेक अर्को कुनै मुहम्मद, ईशा-मुशा या जीब्रेइललाई मान्न छोड्दिनेहो भने सबै वेद अनुसार महापाप बाट बच्न सक्नेछन।

प्रश्न: वेदमा वर्णित विभिन्न देवताहरु या ईश्वरहरुको बारेमा तपाइँ के भन्नुहुन्छ? ३३ कोटी देवताहरुको बारेमा के भन्ने?

उत्तर:

  • पहिले नै भनियो कि जुन पदार्थ हाम्रा लागि उपयोगी हुन्छन तिनलाई देवता भनिन्छ। तर वेदमा यी सबको उपासना गर्ने भनेर कहीं भनिएको छैन। ईश्वर देवताहरुको पनि देवता हो त्यसैले ऊ महादेव भनिन्छ, केवल त्यसैको मात्र उपासना गर्नु पर्छ।
  • वेदमा ३३ कोटिको अर्थ ३३ करोड नभएर ३३ प्रकारका देवता भन्ने हुन्छ (संस्कृतमा कोटि शब्दको अर्थ प्रकार पनि हुन्छ)। र यी शतपथ ब्राह्मणमा निक्कै स्पष्ट संग यस प्रकारले वर्णित छन्:
    ८ वसु, ११ रुद्र, १२ आदित्य, १ इन्द्र (बिद्युत) र १ प्रजापति (यज्ञ)
  • ८ वसु: पृथ्वी, जल, अग्नि, वायु, आकाश, चन्द्रमा, सूर्य र तारा (नक्षत्र), यी आठ सबका निवास स्थान हुनाले वसु भनिन्छ| यी आठ वसुले समस्त प्राणिहरुलाई आश्रय दिने हुनाले देव हुन्|
  • ११ रुद्र: १ जीवात्मा, ५ प्राण र ५ उपप्राण, यी ११ रुद्रले शरीर छोड्नासाथ् शरीरले काम गर्न बन्द गर्दछ र सबैलाई रुवाउँछन्| त्यसैले यिनलाई रूद्र भनिन्छ| यी ११ शरीरको आधार हुनाले देव भनिन्छ|

पाँच प्राण: प्राण, उदान, समान, व्यान र अपान।

पाँच उपप्राण हैं: नाग, कूर्म, कृकल, देवदत्त र धनञ्जय।

  • १२ आदित्य: वर्षका १२ महिना चैत्र, वैशाख, ज्येष्ठ, आषाढ, श्रावण, भाद्र, आश्विन, कार्त्तिक, मार्गशीर्ष, पौष, माघ र फाल्गुन| यिनलाई आदित्य पनि भनिन्छ । यिनले प्राणिहरुलाई आयु प्रदान र क्षीण गर्दछन्|
  • १ इन्द्र (विद्युत्): विद्युत्लाई पनि देव मानिएको छ किनकि यो ऐश्वर्यको साधन हो | यसबाट गति, शक्ति, प्रकाश, समृद्धि र सुखका साधनहरु प्राप्त हुन्छन् । बृहदारण्यक उपनिषद: ३/१/६ कानुसार-

“कतम इन्द्रः? अशनिरिति । ” इन्द्रदेव अर्थात ऐश्वर्यका साधन को हुन्? विद्युत् नै इन्द्रदेव अर्थात ऐश्वर्यका साधन हुन् ।

  • १ प्रजापति: प्रजापतिलाई यज्ञ पनि भनिएको छ । किनकि यज्ञको कारणले जल-वायु सुद्ध भएर प्राणिहरुलाई सुख प्राप्त हुन्छ । गीता -३/१४ मा भनिएको छ-

“अन्नाद् भवन्ति भूतानि पर्जन्यादन्नसम्भवः।

यज्ञाद् भवति पर्जन्यो यज्ञः कर्म समुद् भवः ।। ”

अर्थात प्राणी अन्नबाट, अन्न बादल बाट र बादल यज्ञबाट उत्पन्न हुन्छन्| यस प्रकार यज्ञ प्राणिहरुको जीवन र सुखको आधार हो| यी समस्त ३३कोटि देवहरुलाई नियन्त्रण गर्ने ईश्वर हुन्, जसलाई हामि अनेकौं नामले जान्दछौं र पुकार्ने गर्दछौं ।

शतपथ ब्राहमणको १४औं काण्डका अनुसार यी ३३ प्रकारका देवताहरुका  स्वामी महादेव नै एकमात्र उपासनीय छन् । ३३ प्रकारका देवताहरुको विषय आँफैमा एक गहन शोधको विषय हो जसलाई बुझ्नको लागि सम्यक अध्ययनको आवश्यकता छ। तर पनि वैदिक शास्त्रहरुमा यो स्पष्ट रुपमा वर्णित छ कि यी देवता ईश्वर हैनन् त्यसैले यिनको उपासना गर्नु हुँदैन।

क्रमशः….

मलाई दयानन्द किन प्रिय छन्?

ओ३म्..

मलाई दयानन्द किन प्रिय छन्?

 अविरल डि.सी “सत्यार्थी”

महर्षि दयानन्द सरस्वती:भारतीय धार्मिक इतिहासको अत्यन्त चर्चित नाम हो । हुन त धार्मिक इतिहासमा भारतीय परम्परामा धेरै नाम छन् जस्तै राजा थाम मोहन राय , केशव चन्द्र सेन, सन्त कबीर, स्वामी विवेकानन्द आदि । तर सत्यता , आध्यात्मिकता, एकेश्वरवाद, वैदिक उन्मुखपन , पाखण्डहीन समाजको कल्पना जहाँ अंग्रेज कालीन उपनिवेशमा गर्न गाह्रो हुन्छ त्यसबेला केवर यौटा एक्लो साधुले यस्तो समाजको निर्माण गरिदियो जुन समाजको उददेश्य सनातन धर्मको परिभाषामा वैदिक विचारधाराको प्रवाहमै सारा राष्ट्रको मैल धुन सकोस् । हो ! त्यसैले महर्षि दयानन्द सरस्वती मलाई प्रिय छन् ।

शैवऔदिच्यसामवेदी ब्राह्मण कुलमा जन्मिएर परिवारको बिघौको जमिनदारी,जागीर आदि सम्पत्ति हुँदा पनि मोह नगरेर ब्रह्मचारीसन्यासी भएर धर्ममा रमाउने , तर्कशीलसंयमी सन्तको रूपमा स्थित थिए हाम्रा स्वामी दयानन्द। हो ! त्यसैले मलाई महर्षि दयानन्द सरस्वती प्रिय छन्।

शुद्रस्त्री जातिलाई दबाएर जहाँ एकातिर धर्मपरिवर्तनको मार्ग विस्तृत गर्दै थिए देशका आन्तरिक शत्रुहरू र बाह्य रूपमा भारतलाई लुटिरहेका थिए युनानी अंग्रेजहरू , त्यो बेला हतोत्साहित नभएर यौटा वैदिक विचारको संग्रह गरेर पंडित लेखरामस्वामी श्रद्धानन्दगुरुदत्त विद्यार्थी जस्ता क्रान्तिकारी दिने तथा स्वराजको सपना देखाएर त्यसलाई प्राप्ति गर्न आचारको विस्तार गर्ने कर्मठ प्रकाशक सन्त थिए दयानन्द । हो ! त्यसैले मलाई महर्षि दयानन्द प्रिय छन्।

जहाँ अवतारवादमा वेदादिशास्त्र विरुद्ध आफूलाई विष्णुशिवगणेश आदिको अवतार बताउने पाखण्डीहरू धर्मलाई बदनाम गर्ने कुचेष्टा गरिरहन्छन् , धर्मलाई रिलिजनमजहब आदि बनाएर कलंकित गर्छन् ,धर्मलाई व्यापारको बाटो बनाउँछन् , त्यसबेला पाखण्डखण्डिनी ध्वजा लहराएर देशलाई अन्धविश्वास हीन बनाउने सपना देख्ने ती आँखा थिए दयानन्दका । हो ! त्यसैले मलाई महर्षि दयानन्द प्रिय छन् ।

आजको समाज महर्षि दयानन्दको तस्वीर ठड्याउन जान्छ, उहाँको मूर्ति अनावरण गराएर घण्टौ भाषण छाड्न सक्छ , अरू मजहबलाई नराम्रो भनेर बहस पनि गर्न सक्छ तर स्वयं दयानन्दको मार्गमा हिँड्न सक्दैन। आज पनि वैदिकमार्गको बाटो संकीर्ण हुँदै छ , दिनप्रतिदिन वैदिक आस्था क्षीण हुँदै छ । तर पनि जब म सत्यार्थ प्रकाश पल्टाउँछु , यसको पानामा मलाई त्यो भगवा वस्त्रको न्यानो पन आभाष हुन्छ, यज्ञको सुवास आउँछ, स्वाभिमानले मेरो छाति फुलेर आउँछ । हो, त्यसैले मलाई महर्षि दयानन्द प्रिय छन् ।

                                               –अविरल डि.सी “सत्यार्थी” –काठमाडौँ, नेपाल

वैदिक कालमा आकाश-मार्ग बाट आवागमन

ओ३म्..

प्राचीन विमान शास्त्र:

Untitled

-प्रेम आर्य

दोहा, कतार बाट

वैदिक कालमा अनेकौं प्रकारका आविष्कारहरु भैसकेका थिए। यसको प्रमाण अनेकौं वैदिक साहित्यमा उपलब्ध हुन्छन्। पश्चिमका वैज्ञानिकहरुले स्वत्वाधिकार(कपी-राइट) को उल्लंघन गरेर हाम्रो विद्या चोरि गरेका हुन्।

वैदिक ऋषि (वैज्ञानिक) हरु सांसारिकता देखि टाढै रहन्थे, त्यसैले उनीहरुले भौतिक उन्नतिलाई अधिक प्रश्रय दिएनन् तर उनीहरुले सबै जान्दथे।

ऋग्वेदमा वरुणको स्तुतिमा भनिएको छ कि उनले आकाशमा उड्न सक्ने पंक्षीहरुको मार्ग जान्दथे:

“वेदा यो वीनां पदमन्तरिक्षेण पतताम् ।” (ऋग्वेदः१/२५/७)

आकाशमा उड्ने वायुयानहरुको लागि ऋग्वेदमा ‘नौ’ र ‘रथ’ शब्दको प्रयोग भएको छ। यिनलाई “अन्तरिक्षप्रुद्” (अन्तरिक्षमा चल्ने) र “अपोदक” (जल-स्पर्श-रहित) भनिएको छ। मन्त्रमा यिनलाई “आत्मन्वती” भनिएको छ। यसबाट सूचित हुन्छ कि यसमा कुनै मशीन राखिन्थ्यो जसको कारणले यी सजीव तुल्य हुन्थ्ये।

“नौभिरात्मन्वतीभिः अन्तरिक्षप्रुद्भिः अपोदकाभिः ।” (ऋग्वेदः १/११६/३)

“वीडुपत्मभिः” र “आशुहेमभिः” शब्दले यिनको तीव्र उडानलाई सूचित गर्दछन:

“वीडुपत्मभिः आशुहेमभिः ।” (ऋग्वेदः१/११६/२)

यी मन्त्रमा अश्विनीकुमारको रथलाई “श्येनपत्वा” बाज सरह उड्ने र मन भन्दा पनि तीव्र गति भएको भनिएको छ:

“रथो अश्विना श्येनपत्वा मनसो जवीयान् ।” (ऋग्वेदः १/११८/१)

यसमा तीन आसन, तीन भाग र तीन पैया हुन्थ्ये:

“त्रिबन्धुरेण त्रिवृता रथेन त्रिचक्रेण ।” (ऋग्वेदः १/११८/२)

यो श्येन (बाज) र गृध्र (गिद्ध) सरह उड्दथ्यो:

“श्येनासो वहन्तु । दिव्यासो न गृध्राः ।” (ऋग्वेदः १/११८/४)

यसबाट यहि ज्ञात हुन्छ कि प्राचीन ऋषि (वैज्ञानिक) हरु आकाशीय मार्ग र आकाशीय यात्रा देखि परिचित थिए। यिनको प्रयोग व्यापार गर्नको लागि हुने गर्दथ्यो।

 प्राचीन विमान शास्त्र !!

प्राचीन विमानहरुको दुई श्रेणि थियो:

१- मानव निर्मित विमान: जुन आधुनिक विमान सरह पंखाको सहायताले उडान भर्ने गर्दथे।

महर्षि भारद्वाजको शब्दमा पक्षिहरु झैं उड्ने हुनाले वायुयानलाई विमान भनिन्छ।
वेगसाम्याद विमानोण्डजानामिति ।।

विमानका प्रकारहरु:-
शकत्युदगमविमान: अर्थात्, विद्युत बाट चल्ने विमान,
धूम्रयान: अर्थात्, धुवाँ, वाष्प आदि बाट चल्ने,
अशुवाहविमान: सौर्य उर्जा बाट चल्ने,
शिखोदभगविमान: पारोको शक्ति बाट चल्ने,
तारामुखविमान: चुम्बक शक्तिले चल्ने,
मरूत्सखविमान: वायु शक्ति बाट चल्ने,
भूतवाहविमान: जल,अग्नि तथा वायु आदि बाट चल्ने।

२- आश्चर्य जनक विमान: जुन मानव निर्मित थिएनन् तर तिनका आकार-प्रकार भने आधुनिक ‘उडन तश्तरीहरु’अनुरूपका थिए।

विमान विकासका प्राचीन ग्रन्थ:

यसको उल्लेख प्राचीन संस्कृत भाषामा सैयौंको संख्यामा उपलब्ध छन्, तर दुःखको कुरो यो छ कि तिनलाई अहिले सम्म कुनै आधुनिक भाषामा अनुवादित गरिएको छैन।

प्राचीन ऋषि-मुनिहरुले जुन विमानहरुको अविष्कार गरेका थिए, उनले विमानहरुको संचालन प्रणाली तथा उनको सम्भार सम्बन्धी निर्देशन पनि संकलित गरेका थिए, जुन आज पनि उपलब्ध छन् र ति मध्ये केहिको अंग्रेजीमा अनुवाद पनि गरिएको छ।

विमान विज्ञान विषयमा केहि मुख्य प्राचीन ग्रन्थहरु यस प्रकार छन्:-

१- ऋगवेद:- यस आदि ग्रन्थमा लगभग २०० पटक विमानको बारेमा उल्लेख छ। यिनमा तीन तले. त्रिभुज आकार को, तथा तीन पैया भएका विमानहरुको उल्लेख छ जसलाई अश्विनीहरुले बनाएका थिए। तिनमा साधारणतया तीन यात्री मात्र चढ्न सक्दथे। विमान निर्माणको लागि स्वर्ण,रजत तथा लौह धातुको प्रयोग गर्ने गरिन्थ्यो तथा तिनको दुवै तिर पंखा हुन्थे। वेदमा कयौं आकार-प्रकारका विमानहरुको उल्लेख गरिएको छ:

अहनिहोत्र विमानको दुई इन्जन तथा हस्तः विमान(हात्ती जस्तै विमान) को दुई भन्दा अधिक इन्जन हुन्थे। एक अन्य विमान राम चरो अनुरूपको थियो।

यस प्रकार कयौं अन्य जीवहरुको रूप भएका विमान हुने गर्दथे। यसमा कुनै सन्देह छैन कि बीसौं सताब्दी कै सरह पहिले पनि मानवले उड्ने प्रेरणा पंक्षीहरु बाट नै लिएका हुन सक्छन।

याता-यातको लागि ऋग्वेदमा जुन विमानहरुको उल्लेख छ ति यस प्रकारका छन्:-

जल-यान: यो वायु तथा जल दुवैमा चल्न सक्थ्यो। (ऋग्वेद: ६/५८/३)

कारा: यो पनि वायु तथा जल दुवैमा चल्न सक्ने थियो। (ऋग्वेद: ९/१४/१)

त्रिताला: यो विमान तीन तले थियो। (ऋग्वेद: ३/१४/१)

त्रिचक्र रथ: यो तीन-पाङ्ग्रे थियो र आकाशमा उड्न सक्दथ्यो। (ऋग्वेद: ४/३६/१)

वायु रथ: रथ आकारको यो विमान वायुको शक्तिले चल्दथ्यो। (ऋग्वेद: ५/४१/६)

विद्युत रथ: यो रथ आकारको विमान विद्युत शक्तिले चल्दथ्यो। (ऋग्वेद: ३/१४/१)

२- यजुर्वेद: यसमा पनि एक अन्य विमानको तथा त्यसको संचालन प्रणालीको उल्लेख छ जसको निर्माण जुम्ल्याहा आश्विन कुमारले गर्दछन्।

३- विमानिका शास्त्र: ईसाई वर्ष-१८७५ मा दक्षिण-भारतको कुनै एक मन्दिरमा ‘विमानिका शास्त्र’ नामक ग्रंथको  एक प्रति भेटिएको थियो। जुन ग्रन्थ ईसाई वर्ष भन्दा ४०० वर्ष पूर्वको भनिन्छ जसलाई महर्षि भारद्वाज द्वारा रचित मानिन्छ। यसको अनुवाद अंग्रेजी भाषामा भैसकेको छ। यसै ग्रंथमा पूर्वका ९७ अन्य विमानाचार्यहरुको वर्णन छ तथा २० यस्ता कृतिहरुको पनि वर्णन छ जसमा विमानहरुको आकार प्रकारको बारेमा विस्तृत जानकारी छ। दुःखको विषय छ कि यी मध्य निक्कै अमूल्य कृतिहरु अहिले लुप्त भैसके या चोरी गरेर पश्चिम तिर गइसके।

यी ग्रन्थहरुको विषय यस्ता थिए:-

  • विमानको संचालनको बारेमा जानकारी,
  • उडानको समयमा सुरक्षा सम्बन्धी जानकारी,
  • आँधी-बेहरी तथा बिजुलीको आघात बाट विमानको सुरक्षा गर्ने उपाय,
  • आवश्यकता परेमा साधारण ईंधनको सट्टा सौर्य ऊर्जा द्वारा पनि विमान चलाउने आदि।

यसबाट यो तथ्य पनि स्पष्ट हुन्छ कि ति विमानमा गुरुत्व-विपरित (एन्टी ग्रेविटी) क्षेत्रको यात्रा गर्ने क्षमता पनि थीयो।

‘विमानिका शास्त्र’ मा सौर्य ऊर्जाको माध्यम बाट विमानलाई उडाउनुको अतिरिक्त ऊर्जालाई संचित राख्ने विधान पनि गरिएको छ।

एक विशेष प्रकारको शीशाको आठ नलिहरुमा सौर्य ऊर्जालाई एकत्रित गरिन्थ्यो जसको विधानको पूरा जानकारी लिखित छ तर यस मध्य निक्कै भाग अहिले सम्म ठिक तरिकाले बुझ्न सकिएको छैन। यस ग्रन्थमा आठ भाग छन् जसमा विस्तरित मानचित्रहरु बाट  विमानहरुको बनावटका अतिरिक्त विमानहरुलाई अग्नि तथा फुट्न बाट बचाउने तरीका पनि उल्लेखित छ।

ग्रन्थमा ३१उपकरणहरुको वृतान्त तथा १६धातुहरुको उल्लेख छ जुन विमान निर्माणमा प्रयोग गर्ने गरिन्छ। ति सब विमानहरुको निर्माणमा उपयुक्त मानिएको छ। किनकि यी सब धातुहरुले गर्मी सहन गर्ने क्षमता राख्दछन र भारमा हल्का पनि छन्।

४- यन्त्र सर्वस्वः यो ग्रन्थ पनि महर्षि भारद्वाज द्वारा रचित हो। यसका ४०भाग छन्। जसमध्य एक भाग ‘विमानिका प्रकरण’ का आठ अध्याय, लगभग १०० विषय र ५०० सूत्र छन् जसमा विमान विज्ञानको उल्लेख छ। यस ग्रन्थमा महर्षि भारद्वाजले विमानहरुलाई तीन श्रेनिमा विभाजित हरेका छन्:

अन्तरदेशीय: जुन देशका एक स्थान बाट अर्को स्थानमा जान्छन।
अन्तरराष्ट्रीय: जुन एक देश बाट अर्को देशमा जान्छन।

अन्तीर्क्षय: जुन विमान एक ग्रह देखि अर्को ग्रह सम्म जान्छन।

यिनै मध्ये बाट अति-उल्लेखनिय सैनिक विमान थिए; जसको विशेषताको बारेमा विस्तार पूर्वक लेखिएको छ। ति विमानहरूले आज भोलिका अत्याधुनिक विज्ञानका काल्पनिक लेखकहरुलाई पनि आश्चर्य-चकित पार्न सक्छन।

उदाहरणार्थ सैनिक विमानहरुको विशेषता यस प्रकार थीयो:-

  • पूर्णतया अटूट।
  • अग्नि बाट पूर्णतया सुरक्षित।
  • आवश्यक्ता परेमा पलमात्र समय भित्र नै एकदम संग स्थिर हुन सक्ने क्षमता।
  • शत्रु बाट अदृष्य हुनसक्ने क्षमता।
  • शत्रुको विमानमा हुने वार्तालाप तथा अन्य ध्वनिलाई सुन्न सक्षम।
  • शत्रुको विमान भित्र बाट आउने आवाज तथा त्याहाँको दृष्यलाई अभिलेख (रेकर्ड) राख्न सक्ने क्षमता।
  • शत्रुको विमानको दिशा तथा दशाको सहि अनुमान लगाउनु र त्यसलाई निरिक्षणमा राख्नु।
  • शत्रुको विमान-चालक तथा यात्रिहरुलाई दीर्घ काल सम्मको लागि स्तब्ध गर्न सक्ने क्षमता।
  • निजि रुकावट तथा स्तब्धताको दशा बाट उम्कन सक्ने क्षमता।
  • आवश्यकता भएमा स्वयंलाई नष्ट गर्न सक्ने क्षमता।
  • चालक तथा यात्रिहरुमा मौसमानुसार आँफूलाई बदल्न सक्ने क्षमता।
  • स्वचालित तापमान नियन्त्रण गर्ने क्षमता।
  • हल्का तथा उष्णता ग्रहण गर्न सक्ने धातु द्वारा निर्मित तथा आफ्नो आकारलाई लघु या बृहत् गर्न सक्ने र आफ्नो आवाजलाई पूर्णतया नियन्त्रित गर्नमा सक्षम।

विचार गर्न योग्य तथ्य यो छ कि यस प्रकारका विमान आजको संसारमा बनाउन त परै जाओस् कसैले कल्पना समेत गरेको आभास पनि पाइदैन। अनुमान लगाउँदा अमेरिकाको अति आधुनिक स्टेल्थ लडाकु विमान र उडन-तशतरीको मिश्रण केहि हद सम्म मिलन सक्छ।

                महर्षि भारद्वाज कुनै आधुनिक विज्ञानका काल्पनिक कथा या उपन्यास लेखक थिएनन्, तर  यस्ता विमानहरुको परिकल्पना गर्नु नै आधुनिक बुद्धिजीविहरुलाई चकित पार्न सक्छ कि आर्य ऋषि-मुनि तथा महर्षिहरुले यस प्रकारको आदर्श वैज्ञिानक नमुनाको  विचार कसरि गरे। उनीहरुले अंतरीक्ष जगत र अति-आधुनिक विमानहरुको बारेमा लेख लेख्ने मात्र नभएर जल-जमिन तथा अन्तरिक्षमा एकछत्र राज पनि गरेका थिए, जब कि विश्वका अन्य देश जो आज आँफूलाई विज्ञान र प्रविधि विकाशको सुत्रधार सम्झन्छन्, त्यति बेला साधारण खेती-पातीको ज्ञान पनि पूर्णतया हासिल गर्नमा सक्षम नभएर जङ्गली पशु सरह जीवन बिताई रहेका थिए।

५- समरांगनः सुत्रधारा: यो ग्रन्थले विमान तथा त्यस संग सम्बन्धित सबै विषयहरुको बारेमा जानकारी दिन्छ। यसका २३०वटा पद्यहरुले विमानहरुको निर्माण, उडान, गति, सामान्य तथा आकस्मिक अवतरण एवं दुर्घटनाहरुको बारेमा पनि उल्लेख जानकारी दिएका छन्।

लगभग सबै वैदिक ग्रन्थहरुमा विमानहरुको बनावट त्रिभुज आकारको देखाइएको छ। तर यी ग्रन्थहरुमा दिइएको आकार प्रकार पूर्णतया स्पष्ट र अति सूक्ष्म छ। कठिनाई केवल धातुहरुको पहिचान गर्नमा आउँछ। समरांगनः सुत्रधाराकानुसार सर्व प्रथम पाँच प्रकारका विमानहरुको निर्माण ब्रह्मा, विष्णु, यम, कुबेर तथा इन्द्रको लागि गरिएको थियो । त्यस पश्चात अतिरिक्त विमानहरु बनाइयो। चार मुख्य श्रेणिहरुको प्रकार यस्तो छ:-

  • रुकमा: रुकमा चुच्चो आकारको र स्वर्ण रङको थियो।
  • सुन्दरः सुन्दर आज-भोलिको रकेट जस्तो आकारको तथा रजत युक्त थियो।
  • त्रिपुरः त्रिपुर तीन तला भएको थियो।
  • शकुनः शकुनःको आकार पंक्षी जस्तो थियो।

दस अध्याय संलग्नित विषयहरुमा लेखिएको छ जस्तै – विमान चालकहरुको परिशिक्षण, उडानको मार्ग, विमानहरुको कल- पुर्जा, उपकरण, चालक एवं यात्रिहरुको परिधान तथा लामो विमान यात्राको समयमा भोजन कस्तो प्रकारको हुनु पर्छ आदि।

ग्रन्थमा धातुहरुलाइ सफा गर्ने विधि, त्यसको लागि प्रयोग गरिने द्रव्य, अम्ल जस्तै कागती अथवा स्याउ या कुनै अन्य रसायन। विमानमा प्रयोग गरिने तेल तथा तापमान आदिको विषयहरुमा पनि लेखिएको छ।

सात प्रकारका ईजनहरुको वर्णन गरिएको छ तथा तिनको कुन विशिष्ट उद्देष्यको लागि प्रयोग गर्नु पर्छ र कति ऊचाईमा त्यसको प्रयोग सफल र उत्तम हुन्छ आदि। सारांश यहि हो कि प्रत्येक विषयमा प्रविधि र प्रयोगात्मक जानकारी उपलब्ध छ।

विमान आधुनिक हेलीकप्टर जस्तै सिधा माथि उडान भर्ने तथा अवतरणको लागि, अगाडी-पछाडी तथा तेर्छो चल्नमा पनि सक्ष्म भएको उल्लेख छ।

६- कथा सरित-सागर: यो ग्रन्थले उच्च कोटिका श्रमिकहरुको उल्लेख गरेको छ जस्तै – काष्ठको काम गर्ने जसलाई राज्यधर र प्राणधर भनिन्थ्यो। तिनीहरुले समुद्र पार गर्नको लागि पनि उच्च कोटिका रथहरु निर्माण गर्दथे तथा एक हजार यात्रिहरुलाई लिएर उड्न सक्ने विमानहरु पनि बनाउन सक्थे।
यी रथ-विमानहरु मनको गति समान चल्न सक्दथे।

कौटिल्यको अर्थशास्त्रमा अन्य कारीगरहरुका अतिरिक्त सोविकाहरुको पनि उल्लेख छ जसले विमानहरुलाई आकाशमा उडाउने गर्दथे। कौटिल्यले उनीहरुको लागि विशिष्ट शब्द ‘आकाश युद्धिनाह’ को प्रयोग गरेका छन्, जसको अर्थ हुन्छ आकाशमा युद्ध गर्ने वाला (फाईटर-पाइलट),

आकाश-रथ चाहे त्यो कुनै पनि आकारको होस्। यसको उल्लेख सम्राट अशोकका आलेखहरुमा पनि गरिएको छ, जो ईसाई वर्ष भन्दा २५६-२३७ वर्ष पूर्वमा लगाइएको थियो। उपरोक्त तथ्यहरुलाई केवल कोरा कल्पना मात्र भनेर नकार्न सकिन्न किनकि कल्पनाको आधारको लागि पनि कुनै ठोस धरातलको आवश्यकता पर्दछ।

हामि एक प्रश्न गर्न सक्छौं कि के विश्वमा अन्य कुनै देशको साहित्यमा यस विषयका प्राचीन ग्रंथ छन्? आजको प्रविधिले हाम्रो उही प्राचीन ज्ञानलाई हाम्रै सामु पुनः साकार गरेर देखाई दिएको छ। तर विदेशमा या त अप्सराहरु र देव-दुत (एन्जल्स) हरुको पाखुरामा उम्रिएका पखेटाहरुको सहायताले उडेको देखाइएको छ या कुनै सिंदबादलाई कुनै बाजले उडाएर लैजान्छ। या कुनै गुलफामले उड्ने गधा (बुर्राक) मा चढेर कुनै अप्सरालाई  कुनै भूत-प्रेत (जिन्न) को उड्दै गरेको खटौली (कालीन) बाट तल झारेर बचाउँछ र फेरी ऊँटमा बसालेर मरुभूमिमा बनेको महलमा फिर्ता छोड्दिन्छ। यसलाई विज्ञान हैन, कपोल कल्पित कहानी या भ्रम (फेन्टासी) भनिन्छ। अस्तु..

नमस्ते..

(सन्दर्भ: स्व.राजिव दिक्षित ज्यू को प्रवचन र ब्लग)

तनाव मुक्त र आनन्दित जीवन बिताउनको लागि सात्विक आहार अपनाउँ …!

ओ३म्..

तनाव मुक्त र आनन्दित जीवन बिताउनको लागि सात्विक आहार अपनाउँ..

       दुःखको कुरो छ कि गलत संस्कार, यथार्थ ज्ञानको अभाव, तथा पाश्चात्य संस्कृतिको अन्ध-नक्कलले गर्दा आजभोली मांसाहारी भोजन गर्ने चलन बढ्दैछ । यति सम्म अज्ञानता छ कि कसैले त अण्डालाई पनि साकाहारी भोजनमा लिन थालेका छन्। यो भन्दा बिडम्बना अरु के होला र!?

मांसाहारले केवल जिब्रोको स्वाद मेटाउन बाहेक अर्को मानव स्वास्थ्यलाइ कुनै किसिमको पनि हित गर्दैन। कसैले समाजमा केवल आफ्नो धाक र बोक्रे सान देखाउनको लागि मात्र पनि निर्दोष पशु-पंक्षीहरु मार्ने गर्दछन। यसैको दुष्परिणाम हो आज हाम्रो समाजमा कहिल्यै नाम नै नसुनेका भयङ्कर रोगले वास गरेको छ, मानिसहरु रोग ग्रस्त भएका छन् जसको कारण आफ्नो अमुल्य समय अस्पतालको चक्कर काट्नमा बिताएका छन्, अथाह धन-सम्पत्ति औषधिमा नाश गरेका छन्, जिन्दगि पीडामय बनाएर आफ्नो जीवन असमयमै गुमाउनु परेको छ । यस्ता मानिसहरुलाई  आज यथार्थ धार्मिक ज्ञान र उचित मार्गदर्शनको खाँचो छ ।

हाम्रा सनातन वैदिक ग्रन्थ तथा हिन्दु शास्त्रहरुमा एकमतले सम्पूर्ण जीवलाई ईश्वरिय अंश मानिएकोछ । अहिंसा, दया, प्रेम, क्षमा आदि गुणहरुको अत्यंत महत्व दिइएकोछ ।  मांसाहारलाई बिल्कुल त्याज्य, दोषपूर्ण, आयु क्षीण गर्ने पदार्थ र पाप योनिमा लैजाने वाला भनिएको छ। महाभारत अनुशासन पर्वमा भीष्म पितामहले मासु खानेहरु, मासुको व्यापार गर्नेहरु र मासुको लागि जीव हत्या गर्नेहरु तीनैलाई दोषी भनेका छन्। उनले भनेका छन् कि जसले अर्काको मासुले आफ्नो मासु बढाउन चाहन्छ, त्यसले जहाँ जन्म लिए पनि सुख र आनन्द पुर्वक रहन सक्दैन। जसले अन्य प्राणिहरुको मासु खान्छन, उनलाई अर्को जन्ममा तिनै प्राणिहरुले भक्षण गर्ने छन्। जुन प्राणीलाई वध गरिन्छ, त्यसले यही भन्ने गर्दछ- “मांस भक्षयते यस्माद भक्षयिष्ये तमप्यहमू ” अर्थात्, आज उसले मलाई खान्छ भने मैले पनि कहिल्यै उसलाई खाउँला।

गीतामा भोजनको तीन श्रेणि दिइएको छ:

  • सात्त्विक भोजन:- जस्तै फल, तरकारी, अनाज, दाल,  दूध, दहि, घिउ इत्यादि जसले आयु, बुद्धि, बल बढाउँछन् र सुख, शान्ति, दयाभाव, अहिंसा भाव र एकरसता प्रदान गर्दछन तथा हर प्रकारका अशुद्धिहरुबाट शरीर, मन, मस्तिष्कलाई बचाउँछन् ।
  • राजसिक भोजन:- अति गरम, पिरो, तितो, अमिलो, मसला युक्त आदि जलन तथा उत्तेजना उत्पन्न गर्ने रूखो भोजन। यस प्रकारको भोजन उत्तेजक हुन्छ जसले मानसिक तनाव, दु:ख, रोग तथा चिन्ता उत्पन्न गर्दछन।
  • तामसिक भोजन: – जस्तै बासी, रसविहीन, आधा पाकेको, दुर्गन्ध युक्त, सडेको अपवित्र नशालु पदार्थमासु इत्यादि जसले मनुष्यलाई निर्दयता, दुराचार र कुसंस्कार तिर लैजान्छ, बुद्धि भ्रष्ट गर्दछ, भयङ्कर रोग तथा आलस्य प्रमाद इत्यादि दुर्गुण उत्पन्न गर्दछ।

वैदिक मत प्रारम्भ देखि नै अहिंसक र शाकाहारी थियो –
य आमं मांसमदन्ति पौरूषेयं च ये क्रवि: ।
गर्भान खादन्ति केशवास्तानितो नाशयामसि।। (अथर्ववेद: ८/६/२३)
अर्थात्, जसले काँचो मासु खान्छ, जसले मनुष्य द्वारा पकाएको मासु खान्छ, जसले गर्भ रूप अण्डाको सेवन गर्दछ, त्यसको यस दुष्ट व्यसनलाई नाश गर।
अघ्न्या यजमानस्य पशून्पाहि (यजुर्वेद: १/१/)
अर्थात्, हे मनुष्य ! पशु अघ्न्य हुन्, कहिल्यै मार्न नहुने, पशुहरुको रक्षा गर।

अहिंसा परमो धर्मः सर्वप्राणभृतां वरः। (महाभारत-आदिपर्व: ११/१३)
अर्थात्, कुनै पनि प्राणीलाई नमार्नु मै परमधर्म हो।
सुरां मत्स्यान्मधु मांसमासवकृसरौदनम् ।
धूर्तैः प्रवर्तितं ह्येतन्नैतद् वेदेषु कल्पितम् ॥ (महाभारत-शान्तिपर्व: २६५/९)
अर्थात्, सुरा, माछा, मद्य, मासु, आसव, कृसरा आदि भोजन धूर्त प्रवर्तित छन्, जसले यस्ता अखाद्यलाई वेदमा कल्पना गरे।

अनुमंता विशसिता निहन्ता क्रयविक्रयी ।
संस्कर्त्ता चोपहर्त्ता च खादकश्चेति घातका: ॥ (मनुस्मृति: ५/५१)
अर्थात्, प्राणीलाई मासुको लागि वध गर्ने अनुमति दिने, सहमति दिने, मार्ने, क्रय-विक्रय गर्ने, पकाउने, पस्कने, र खाने यी सबै घातकी अर्थात  हत्यारा हुन्।

सिख धर्ममा मांसाहारको निषेध:

“कबीर भांग मछली सूरा पान जो-जो प्राणी खाहिं
तीरथ नेम ब्रत सब जे कीते सभी रसातल जाहिं” (श्री गुरुग्रन्थ साहिब:अंग-१३७)
“जीव वधहु को धरम कर थापहु अधरम कहहु कत भाई
आपन को मुनिवर कह थापहु काको कहहु कसाई” (श्री गुरुग्रन्थ साहिब: अंग-११०३)
वेद कतेब कहो मत झूठे, झूठा जो न विचारे

जो सब में एक खुदा कहु तो क्यों मुरगी मारे” (श्री गुरुग्रन्थ साहिब: अंग-१३५०)

ईसाई समुदायमा मांस-मदिराको निषेध: (हुनत बाइबलमा मांस-मदिराको समर्थनमा पनि थुप्रै प्रमाण छन् तर यहाँ जो सत्य छ त्यहि लिनु उपयुक्त छ)

बाइबल-नया करारमा स्पष्ट शब्दमा मांस र मदिरा सेवन गर्न निषेध गरिएको। त्यहाँ भनिएको छ- किनकि यसको सेवन गर्ने वाला स्वयंले ठक्कर खान्छ र अरुलाई पनि सही धर्मबाट बिमुख गराउँछ।

भलो यसैमा छ कि तैले मासु नखानु र न दाख रस पिउनु, न अन्य कुनै यस्तो कर्म गर्नु जसबाट तेरो भाईले दुःख पाओस्। (रोमियो-१४/२१)

बौद्ध सम्प्रदायमा जीवहत्याको निषेध: (यसमा पनि बुद्धको मृत्यु पछी मांसाहारीले प्रक्षेपित गरेका छन्, यहाँ सत्य मात्र ग्रहण गरौँ)

कुनै पनि प्राणीलाई नमारेर मासु प्राप्त हुँदैन, त्यसैले भगवान बुद्धले हर प्रकारका जीवको हत्या गर्नुलाई पाप भनेका छन्। र यस्तो गर्नेहरुले कहिल्यै सुख-शांति प्राप्त गर्न सक्दैनन् भनेका छन्।
धम्मपदको गाथा ‘दण्ड्वग्गो’ मा भगवान बुद्धले भनेका छन :

सब्बे तसन्ति दण्डस्स, सब्बेसं जीवितं पियं।
अत्तानं उपमं कत्वा, न हनेय्य न घातये॥ (१३०)
अर्थात्, सबै दण्ड देखि डराउँछन्। सबैलाई मृत्यु देखि डर लाग्छ। अत: सबैलाई आँफू जस्तो सम्झेर न कसैको हत्या गर या हत्या गर्नको लागि प्रेरित गर।
सुखकामानि भूतानि, यो दण्डेन विहिंसति।
अत्तनो सुखमेसानो, पेच्‍च सो न लभते सुखं॥ (१३१)
अर्थात्, जुन सुखको चाहना गर्ने प्राणिहरुलाई जसले आफ्नो सुखको चाहनाले, दण्डले विहिंसित गर्दछ (कष्ट दिन्छया मार्छ) त्यसले मरेर पनि सुख पाउँदैन।
बौद्धका पंचशील (पाँच प्रतिज्ञा) मा प्रथम प्रतिज्ञा छ-
” पाणाति पाता वेरमणी सिक्खा पदम समादियामि”
अर्थात, मैले कुनै पनि प्राणीलाई नमार्ने प्रतिज्ञा गर्दछु।

जैन सम्प्रदायमा प्राणी हत्याको निषेध:

जैन समुदायमा सुक्ष्म तथा विशाल सबै प्रकारक जीव हत्याको घोर वर्जना गरिएको छ।
भगवान महावीरको भनाइमा-
“सव्वे  जीवा  इच्छन्ति जीवियुं न मररिस्सयुं तम्हा पाणि बहम घोरं निग्गन्ठा पब्बजन्ति च समण”। (सुत्तगाथा-३)
अर्थात, सबै जीव जिउन चाहन्छन्, मर्न कसैले चाहदैन, त्यसैले निर्ग्रन्थ (जैन) प्राणी वधलाई घोर वर्जना गर्दछन्।
अस्तु..

नमस्ते..!

-प्रेम आर्य

दोहा, कतार बाट

 

दिपावलीको वैदिक महत्व

ओ३म्..

दिपावलीको वैदिक महत्व:

dipavali

दीपावलीलाई आदि सृष्टि (१,९६,०८,५३,११८ वर्ष) देखि चली आएको वैदिक धर्ममा “शारदीय नवसस्येष्टि पर्व” भनिन्छ।
अर्थात्, नव= नयाँ, सस्य= फसल या अन्न, ईष्ट= कामनाहरु पूर्ण गर्नको लागि यज्ञ [हवन], शारदीय= शरद ऋतुमा। वैदिक संस्कृतिका जनक सृष्टिनियन्ता सर्वव्यापक एवं निराकार परमात्माले मानव मात्र लाई धर्म, अर्थ, काम तथा मोक्ष प्राप्ति एवं प्रकृतिलाई पवित्र राख्नको लागि ऋतुहरु र पर्वहरुले बाँधेर राखेको छ। जसले यी नियमहरुको पालन गर्दछ उसलाई सुख, शांति तथा आनन्द तीनै प्राप्त हुन्छन्।

यो शरद ऋतु हो। समस्त मानवको लागि धान मुख्य फसल हो। यो फसल काट्ने  तथा रबी फसल रोप्ने (छर्ने) काम यहि समयमा नै हुन्छ तथा शरद् र हेमन्त ऋतुको सन्धिकाल  कार्तिक अमावस्यामा नयाँ फसलको अन्न द्वारा गरिने विशाल यज्ञ प्राचीन कालदेखि नै शारदीय नवसस्येष्टि नामले परिचित छ। यज्ञोपरान्त नवान्न ग्रहण गर्ने प्राचीन वैदिक परम्परा रहेको छ। अघि व्यापारी समुदायहरुको आफ्नो पुरानो हिसाब-किताब बन्द गर्ने र नयाँ वहि-खाता सुरु गर्ने प्रचलन पनि यहि समयमा हुने गर्दथ्यो, त्यसैले यस पर्वलाई वैश्य-पर्व पनि भनिन्छ।

कालान्तरमा यस दिन दीपमाला सजाउने परम्परा प्रचलित भयो। ऋतुहरुको सन्धिकालमा गरिने विशाल यज्ञ रोगनिवारणमा सहयोगी हुन्छ। कुनै अन्ध परम्परानुसार यस दिनलाई मर्यादा पुरुषोत्तम श्रीराम लंका विजय पश्चात् अयोध्या फर्केको प्रसंग संग पनि जोड्ने गरिन्छ, यो नितान्त भ्रामक छ। वाल्मीकि रामायण अनुसार श्रीरामको अयोध्या आगमन चैत्र शुक्ल पंचमीमा भएको थियो। यस पर्वको श्रीरामको इतिहास संग कुनै सम्बन्ध छैन। यो पर्वका साथ विस्तारै अनेकौं दुरितिहरु पनि जोडियो। जुवा खेल्नु, पटाका आदि द्वारा पर्यावरण नष्ट गर्नु र समाजको शान्ति भंग गर्नु भयङ्कर पाप हो, जुन हिन्दू समाज मिथ्या गौरवको गरुङ्गो भारि बोकेर थाकिसकेको छ। पर्यावरण शोधक यज्ञ गर्ने परम्पराको  स्थानमा पर्यावरण नाश गर्ने अभियान प्रचण्ड वेग संग चल्दैछ। ईश्वर संग प्रार्थना छ कि हिन्दुहरुको विवेक यसरि जागृत होस् कि ऊ आफ्नो हानिकारक अन्ध परम्पराहरुलाई त्यागेर समस्त जगतको लागि लाभदायक वैदिक परम्परालाई अपनाएर यस्ता खालका पर्वहरुको परिष्कार गरोस्। हाम्रो हृदयमा ज्ञान, सत्य, प्रेम, करुणा, देशभक्तिको प्रकाश भरियोस, यही ईश्वर संग प्रार्थना छ।

अत: प्रत्येक घरमा आँपको समिधा (दाउरा) तथा हवन सामग्रीहरुमा धानको भुजा, धानको च्युरा, गुड, गुग्गल, बेसार आदि मिलाएर हवन गर्नु पर्दछ जसबाट शरद ऋतुमा हुन सक्ने रोग-व्याधिहरु बाट व्यक्ति, परिवार, समाज एवं समस्त प्राणि जगतलाई बचाउन सकियोस्। तर हाम्रो अज्ञानता भनौं या दुर्भाग्य परमात्माको आदेश र ज्ञानको उपेक्षा गरेर पटाका जलाएर, मोमबत्ती तथा बिजुलीको दुरुपयोग गरेर आफ्नो तन, मन, धन नाश गर्दैछौं।
हामि संकल्प गरौँ कि बिदेशी पटाका, मोमबत्ती, बिजुलीको माला, र वर्क लगाएको मिठाई प्रयोग नगरौं। हवन गरेर घीउ, तिल, तोरीको तेल र माटाको पालाको दीपक जलाएर खीर, पूरी, हलुवाई खाएर आफ्नो देशलाई विश्वगुरु बनाउँ।

परदेशवासी तथा देशवासी समस्त बन्धु बान्धव तथा आफन्तजनलाई दीपावलीको हार्दिक शुभकामना।

नमस्ते..!

(तिहारमा दाजु-भाइ तथा दिदी-बहिनीहरुको टिका (भाइ टिका) को प्रसंग वैदिक हैन, यो नेपालि समाजमा पछी प्रचलित भएको हो। सायद मेरो अनुमान मा यो भाइ टिका लगाउने र दिदी बहिनीहरुको रक्षाको लागि अठोट गर्ने प्रचलन भारतमा मुस्लिम आक्रामण पछी प्रचलित भएको हो। किनकि मुस्लिमहरुले गैरमुस्लिमका चेली-बेटीहरुलाई अपहरण गरेर लग्थे, अस्मिता लुट्थे र दासी बनाउँथे, जबर्जस्ति धर्मान्तरण हुने गर्दथ्यो। त्यसैले उनको रक्षार्थ दाजु-भाइहरुले कसम खान्थे, प्रण गर्दथे र त्यहि सम्झना स्वरूप भारतमा राखी र नेपालमा भाइ-टिका प्रचलित भएको हुन सक्छ।)

-प्रेम आर्य

दोहा, कतार बाट

वैदिक प्रणालीको ईसाई निन्दा

ओ३म्..

वैदिक प्रणालीको ईसाई निन्दा:

-प्रेम आर्य

दोहा, कतार बाट

यूरोपमा ईसाई पन्थ जसरि दिन-प्रतिदिन बढ्दै गयो, त्यसरी नै उसले वैदिक-धर्मका चिह्नहरु र साहित्यहरु मेटाउँदै गयो। पहिले यी सब वैदिक-धर्मी नै थिए। किनभने स्वयंलाई वैदिक-धर्मिहरु बाट अलग देखाउनु थियो, त्यसैले उनीहरु एकदम अलग हुन थाले । क्यूमोन्टले लेखेको छ कि “सबथोक लुप्त भयो” । दोस्रो शताब्दीमा Eusebius र Pallas जस्ता लेखकहरुले “The Mysteries of Mithra” जस्ता प्राचीन दन्तेकथाहरुको जुन विशाल ग्रन्थ प्रकाशित गरे, ति सबैलाई निर्दयता पूर्वक नष्ट गरियो। यी ग्रन्थहरुमा वैदिक संस्कृति झल्काउने खालका कथाहरुको संग्रह गरिएको थियो।
ति ईसाईहरुले घाउमा नुन-चुक लगाए झैं अनेक तरिकाले वैदिक प्रथा, कर्मकाण्ड, संस्कार आदिको निन्दा गर्न थाले। अरब प्रदेशमा र यूरोपका कैयौं नगरहरुमा असंख्य वैदिक उपासना स्थल र कृष्ण मन्दिरहरु थिए । अरबिहरुले ति सबलाई मस्जिदमा बदले । तर पनि तिनले केहि अंस भने पूर्ण रुपमा मेटाउन सकेनन्। वैदिक-धर्म एवं संस्कृतको अवशेषको रुपमा केहि शब्द र केहि प्रथाहरुको उनीहरुकहाँ रहन गए जो अध्यावधि देख्न सकिन्छ जस्तै-

• ईश्वर वाहेक अर्को कुनै ईश्वर छैन (ला इलाहा इल्लल्लाह) यो एकेश्वरवादको        सिधान्त वेद बाट लिइएको हो।
• मक्का-मदिना संस्कृत कै मख-मेदिनी शब्दको अपभ्रंस हो।
• हज गर्दा लगाउने वस्त्र –इहराम यज्ञ गर्दा लगाउने वैदिक ब्राह्मण कै वस्त्र हो।
• काबामा ७ पटक परिक्रमा गर्ने प्रचलन वैदिक नै हो (तर यिनले उल्टो गर्दछन) ।
• जमजमको पानी हिन्दुहरुकै गंगाजल बाट अपभ्रंस भएर गंगगंग हुँदै जमजम भएको हो।
• हरम शब्द हिन्दुहरुकै हरि शब्द बाट बनेको हो, जसले हरिओम् लाइ दर्शाउँछ।
• नमाज पनि नमःशब्द बाट नै लिइएको हो।
• अरब देशहरुमा निक्कै स्थानको नामको अगाडी ‘उम्’ जोडिएको छ, त्यो ‘ओ३म्’ को अपभ्रंस नै हो।
खोज्दै जानेहो भने यस्ता अनेकौं अवशेषको प्रमाणहरु भेटाउन सकिन्छ.. ।
• यूरोपमा हरि-कुल-ईश बाट Hercules, हनुमान बाट Hanniman, राम बाट Rome, वाटिका नगर बाट Vatican city, ईसाई र इस्लाममा पनि ईश नै छ, वैदिक प्रणालीमा ईश परमात्मालाई भनिन्छ।
• बेथलेहम शब्द वत्सल-धाम बाट अपभ्रंस भएको हो।
• Christianity पनि कृष्ण-नीति नै हो। त्यति मात्र हैन, जति पनि शब्दको पछी niti झुन्डिएको छ ति सब संस्कृतका नीति नै हुन्।
• Trinity पनि हिन्दुको ब्रह्मा-विष्णु-महेश अथवा वैदिक त्रिनिती-ईश्वर-जीव र प्रकृति को नीति नै हो।

यहुदीहरु सब यदुवंशी नै हुन्, उनीहरुले मान्ने सम्बत् पनि महाभारत काल संग ठ्याक्कै मिल्न जान्छ तर उनीहरुलाई यसको अवगत छैन। किनकि महाभारतमा जुन मुसल-पर्वको वर्णन छ, त्यो वास्तवमा एक भयङ्कर त्रासदी पूर्ण घटना थियो। त्यहाँ आणविक दुर्घटना भएको थियो। किनकि श्रीकृष्ण संग आणविक शक्ति सम्पन्न मुसल-अस्त्र (मिसाइल) थियो, कृष्ण त्यहाँ नभएको समयमा उनका छोरा प्रध्युम्नको नेतृत्वमा केहि उद्दण्ड युवाहरु मदिरा सेवन गरेर आणविक अश्त्रागारमा पसी केहि खेलवाड गरेको हुनाले त्यहाँ विशाल विस्फोट भयो र हजारौं संख्यामा मरे र जो बाँचे, तिनीहरु आणविक विकिरण को प्रभाव बाट हुन सक्ने खतरा बाट बच्न त्यहाँ बाट भागेर अरब देश र त्यसको आसपास तिर लागे। त्यहि घटनाको स्मरण स्वरूप यहुदीहरुले आफ्नो काल गणना सुरु गरे र मुसलमानहरुले पनि त्यहि मुसल पर्वको स्मरण स्वरूप आंफूलाई मुसलमानको संज्ञा दिए । यो कुरो स्वयं मुसलमानलाइ पनि थाह छैन कि उनीहरु कसरि मुसलमान भए। किनकि उनीहरुले १४०० वर्ष भन्दा अघिको सम्पूर्ण इतिहास र साहित्य नष्ट गरे, जसरि ईसाईहरुले २००० वर्ष भन्दा अघिको वैदिक दस्तावेजहरु नष्ट गरेका थिए ।

प्रारम्भमा ईसाई पन्थ निक्कै सानो थियो। लगभग २५-५० जनाको समुह थियो। तिनीहरुले वैदिक संस्कृति बाट स्वयंलाई अलग देखाउनको लागि अनेक प्रयत्न र वितण्डा गर्ने गर्दथे। उनीहरु के गरेर कुन प्रकारले कसरि स्वयंलाई अलग गर्ने प्रयत्न गर्दथे भन्ने कुराको वर्णन क्यूमोन्ट (Franz Cumont) नामक ब्रिटिश लेखकले आफ्नो पुस्तक “Textas Monuments Figure’s relatifs aux mysteres de Mithra” मा लेखेका छन्। छोट्करीमा यहाँ- “२५ देखि ५० जनाको समुहले स्वयंलाई वैदिक धर्मीहरु देखि अलग देखाउने गर्दथे। सबै वैदिक धर्मको चिह्नहरुको निन्दा गर्ने गर्दथे। पूजा-पाठ र ईश्वरोपासना छोडिसकेका थिए। हवन क्रियालाई घृणित कर्म मान्न थालेका थिए। तिनीहरुले आस्तिकहरुलाई घृणा गर्दथे। ति स्वयंलाई नास्तिक मान्दथे।यिनको संख्या शुरुमा निक्कै कम थीयो तर सशक्त थिए।
अर्को अम्रिकन लेखक (Grant Showerman) ले आफ्नो पुस्तक “Oriental Religions’ को भूमिकामा लेखेका छन् कि “रोममा ईसापूर्व जति पनि वैदिक धर्मी थिए, उनका सिद्धान्तहरु ईसाई पन्थको सिद्धान्तहरु भन्दा कहीं अधिक शरीर, मन, बुद्धि, चेतना आदि सबैको समाधान गर्न सक्षम थिए। उनका परम्परा निक्कै सालिन र प्राचीन थिए । विज्ञान र सभ्यतामा आधारित थिए। उनका विविध उत्सवहरु हुने गर्दथे। तिनीहरु ईश्वरको अनुभूतिमा मग्न हुने गर्दथे। उनका देवता निक्कै दयालु द। उनका धार्मिक समारोहहरुमा सामाजिक समागम निक्कै उत्तम प्रकारको हुन्थ्यो। उनको धार्मिक प्रणाली तर्कमा आधारित हुने गर्दथ्यो। तिनीहरु पुनर्जन्मको सिद्धान्त मान्दथे, अतः अर्को जन्म अधिक शुद्ध, पवित्र र पुण्य प्रदायी होस् भनेर वैदिक धर्मीहरु सदैव प्रयत्न गर्ने गर्दथे। ईसाइहरुले यी सबको विरोध गर्न शुरु गरे। ईसाईहरुले यिनलाई पोगा-पन्थी भन्दथे। जबकि यथार्थता यहि थियो कि ईसाई नै ठूला पोगा-पन्थी थिए। ईसाईहरुले वैदिकहरुको खण्डन गर्न कुनै पनि अवसर चुकाउँदैनथे।” । अस्तु..
नमस्ते..

  • (हार्दिक आभार: शिशु संस्कृतम)

रामायणमा उत्तर काण्ड प्रक्षिप्त भएको प्रमाण:

ओ३म्..

रामायणमा उत्तर काण्ड प्रक्षिप्त भएको प्रमाण

raam

प्रेम आर्य

दोहा, कतार बाट

सायद कुनै यस्तो व्यक्ति होला जुन रामायण महाकाव्य र रचियता महर्षि वाल्मीकि संग परिचित नहोस्? नेपालमा पनि रामायणको नाम लिना साथ् आदिकवि भानुभक्त आचार्यको नाम स्मरण हुन्छ। रामायण हाम्रो प्राण हो। यसको शिक्षा आज पनि त्यतिकै व्यवहारिक र महत्व छ जति प्राचीन कालमा थियो। यसमा जीवनको अति गहन र अति गम्भीर समस्याहरुको समाधान भएको स्वरुप दृष्टिगोचर हुन्छ। एकातिर मर्यादा पुरुषोत्तम श्रीराम एक महान आदर्श पुत्र, आदर्श दाजु, आदर्श शिष्य, आदर्श पति,  आदर्श सेवक एवं आदर्श राजा हुन् भने अर्को तिर महा रानी सीता एक आदर्श पुत्री, आदर्श पत्नी, आदर्श वधु, आदर्श भाउजू र आदर्श नारी हुन्। जहाँ एकातिर आदर्श माताको रूपमा कौशलयाको चरित्र चित्रण छ भने अर्को तिर एक आदर्श भाईको रूपमा लक्ष्मणको वर्णन छ। जहाँ एकातिर भरत जस्ता त्यागि, तपस्वी आदर्श अनुजको वर्णन छ भने त्यहीं अर्कोतिर महा विद्वान हनुमान जस्ता आदर्श सेवकको वर्णन पनि छ। जहाँ एकातिर सुग्रीव जस्ता आदर्श सहयोगीको वर्णन छ भने अर्को तिर जटायु जस्ता आदर्श त्यागीको पनि वर्णन छ। रामायणमा के छैन र? एक सम्पूर्ण जीवनदर्शन छ यसमा। जीवनको सार छ यसमा। तात्पर्य यहि हो कि रामायणमा हामीलाई जीवन जिउनको लागि एक अति उच्चतम आचारको दृष्टान्त पाइन्छ। रामायण बाट पूर्वकालमा जनमानसलाई एक उच्चतम प्रेरणा र मार्गदर्शन पाइयो, आज पनि पाइदैछ र भविष्यमा पनि पाइने नै छ।

आजभोलि हामीकहाँ प्राप्त हुने रामायणको विभिन्न संस्करणमा केहि केहि भिन्नता छन्। यस समय प्राप्त रामायणमा ७ काण्ड छन्- बाल काण्ड, अयोध्याय काण्ड, अरण्य काण्ड, किष्किन्धा काण्ड, सुंदर काण्ड, युद्ध (लंका) काण्ड र उत्तर काण्ड।
त्यसो त रामायण भित्र केहि श्लोकहरु प्रक्षेपित पनि भएको छ तर यसमा सबभन्दा अधिक विवादस्पद उत्तर काण्डलाई मानिन्छ, किनकि यस काण्डमा श्रीरामको अन्तिम जीवन, सीताको निन्दा र वन गमन, सीता शोक, लव कुशको जन्म, शम्बूक वध आदि वर्णित छन्।
यो पुरै उत्तर काण्ड प्रक्षेपित हुनुको कारण:
१. छैठौं काण्ड समाप्त गर्ने बेला कवि वाल्मीकिले फलश्रुति रावणवधका साथ रामायणको अन्त गरेका छन् तर फेरी सातौँ काण्डको अन्तमा अर्को पटक फलश्रुति हुनु संदेहजनक छ किनकि एक ग्रन्थमा दुई फलश्रुति हुँदैनन्।
२. श्री रामलाई आरम्भका ६ काण्डमा (केहि प्रक्षिप्त श्लोकहरु छोडेर) वीर महापुरुष प्रदर्शित गरिएको छ, केवल सातौँ काण्डमा मात्र विष्णुको अवतार देखाइएको छ, जुन विषयान्तर हुनाले प्रक्षिप्त सिद्ध हुन्छ।
३. सातौँ काण्डमा यस्ता अनेकौं उपाख्यान छन् जसको रामायणको मूल कथा भन्दा कुनै पनि प्रकारको सम्बन्ध छैन, जस्तै ययाति नहुषको कथा, वृत्र वध, उर्वशी-पुरुरवाको कथा आदि।  रावण र अन्य राक्षसहरुको वध पहिले नै भैसकेको थियो, फेरी सातौँ काण्डमा रावणको इन्द्र संग युद्ध, राक्षसहरुको उत्पत्तिको वर्णन छ। हनुमान राम मिलन पहिले नै भैसकेको थियो, फेरी सातौँ काण्डमा हनुमानको यौवन कालको उल्लेख अप्रासंगिक प्रतीत हुन्छ।
४. सीताको अग्निपरीक्षा एवं निर्वासनको घटनाको वर्णन सातौँ काण्डमा पाइन्छ। यदि समग्र रूपले सम्पूर्ण रामायण पढ्नेहो भने हामीलाई यही सन्देश प्राप्त हुन्छ कि श्री रामचंद्रले आफ्नी पत्नी सीतालाई अपहरण गर्ने दुष्ट रावणलाई खोजेर उसलाई यथोचित दण्ड दिए। उस् कालको सामाजिक मर्यादा पनि हेरौं, सीतालाई अपहरण गरेपछी पनि रावणमा यति शिष्टाचार थियो कि सीताको अनुमति बिना रावणले सीतालाई स्पर्श गर्ने साहस पनि गरेन। फेरी यो कसरि सम्भव छ कि मर्यादापुरुषोत्तम श्री रामचंद्र महाराज जो उस कालमा  आर्य शिरोमणिको पद्विले विभूषित थिए, सीता माथि एक अज्ञानीका समान संका गर्दथे, अग्निपरीक्षा लिने गर्दथे, प्रतिज्ञा गराउने गर्दथे, धोबीको भनाइ मानेर वनमा जाने आदेश दिए। रामायणमा प्रथम देखि छैठौं काण्ड सम्म नारी जातिको लागि सामाजिक अधिकारहरुको वर्णन प्रभावशाली रूपमा पाइन्छ जस्तै – कौशलयाले महलमा वेद पढ्नु एवं अग्निहोत्र गर्नु, कैकई दशरथका साथ सारथि बनेर युद्धमा भाग लिनु, सीता द्वारा शिक्षा ग्रहण गरेर स्वयंवर द्वारा आफ्नो वर चुन्नु आदि। नारीको यस सम्मानजनक स्थानको ठीक विपरीत सातौँ काण्डमा पुरुष द्वारा नारी जाति माथि संदेह गर्नु, उसको परीक्षा गर्नु, उसलाई घरबाट निष्काशित गरेर निसहाय वनमा एक्लै छोडिदिनुले यही दर्शाउँछ कि मध्य कालमा जब नारीलाई हेयको वस्तु सम्झन थालिएको थियो यो त्यसै कालमा प्रक्षेप गरिएको हो। यसबाट पनि यही सिद्ध हुन्छ कि रामायणको उत्तर काण्ड प्रक्षिप्त हो।
५.  एकातिर रामायणमा श्री रामले माझि, निषाद राज, भीलनी शबरी आदिका साथ बिना कुनै भेद भावले सद्व्यवहार गरेको पाइन्छ भने अर्को तिर सातौँ काण्डमा शम्बूक माथि शुद्र भएको कारणले अत्याचार गरेको वर्णन छ। यी दुवै प्रसंग आपसमा मेल खांदैनन त्यसैले यसबाट यही सिद्ध हुन्छ कि सीताको वनवास, अग्नि परिक्षा र शम्बूक-वध भएको उत्तर काण्डको पुरै कथा प्रक्षिप्त हो।
यस प्रकारका अनेकौं उदहारण उत्तर काण्डलाई प्रक्षिप्त सिद्ध गर्नको लागि दिन सकिन्छ। उत्तर काण्ड श्री रामचंद्रको महान रामायणमा उनको गुण विपरीत हुनाले पनि यसको अंग हैन।अस्तु..

नमस्ते..!

(हार्दिक आभार: वेदको सत्यता)

तीर्थको वास्तविक अर्थ

ओ३म्..

तीर्थको वास्तविक अर्थ:

प्रेम आर्य

दोहा, कतार बाट

तीर्थ भन्ने बित्तिकै धेरैजसो मानिसले गंगा-स्नान, पुष्कर, हरिद्वार, बाला जी, अमरनाथ, केदारनाथ, बद्रीनाथ, मुक्तिनाथ, पशुपति, तिरुपति आदिको यात्रा अथवा सूर्य ग्रहणमा कुनै नदि-विशेषमा स्नान तथा कुरुक्षेत्र आदिको यात्रालाई सम्झने गर्दछन्। तीर्थमा स्नान आदि गर्नाले साम्प्रदायिक मतान्धहरुले बनाएका पुस्तकहरुमा विविध लाभको वर्णन गरिएको छ। केहि उदाहरण:

जसले सयौं, हजारौं कोश टाढा बाट पनि गंगाको नाम जप्ने गर्दछ, उसका समस्त पाप नष्ट भएर ऊ विष्णुलोक अर्थात वैकुण्ठमा जान्छ। (ब्रहम पुराण १७५/८२), (पदम् पुराण उत्तर खंड २३/२)।

पुष्कर, कुरुक्षेत्र, गंगा र मगध देशमा स्नान गर्नाले प्राणीले आफ्ना सात पिंढी अघिका र सात पिंढी पछिकालाई समेत तार्द्छ। गंगाको नाम स्मरण गर्नाले पापबाट बचाउँछ। गङ्गाको दर्शनले हर्ष प्रदान गर्दछ, त्यसमा स्नान गर्नाले र पिउनाले सातौँ कुल सम्मलाई पवित्र गर्दिन्छ । (महाभारत: वनपर्व- अ. ७५)।

कलियुगमा गंगा दर्शनले सय जन्मको पाप, स्पर्श गर्नाले दुईसय जन्मको पाप र स्नान गर्नाले तथा पिउनाले हजारौं पाप नष्ट गर्दछ। (आदि पुराण पृ ७२)

जुन मनुष्यले पूर्व आयुमा पाप गरेर पछी गंगा सेवन गर्दछन, ति पनि परमगति प्राप्त गर्दछन। (महाभारत: अनुशासन पर्व- २६/३०)

जसरि गरुढलाई देख्नासाथ सर्प विषरहित हुन्छ, त्यस्तै गरि गंगालाई देख्नासाथ् मनुष्य सबै पापबाट छुट्छन्। (महाभारत: अनुशासन पर्व- २६/४४)

हावाले उडाएको धुलोको कण पनि कुरुक्षेत्रमा जो कसै माथि पर्छ, त्यसले अति पापीलाई पनि मोक्ष प्राप्त गराउँछ। (महाभारत: वनपर्व- अ. ८३)

यस प्रकारका अनेकौं प्रमाण महाभारत, पुराण आदि ग्रन्थमा पाइन्छन जसमा विभिन्न स्थानहरुमा घुम्नु र गंगा आदि स्नानलाई तीर्थ भनिएको छ।

युगद्रष्टा महर्षि दयानन्द सरस्वतिले आफ्नो कालजयी पुस्तक ‘सत्यार्थ प्रकाश’ को ११औँ समुल्लासमा तीर्थको परिभाषा गर्दै लेखेका छन्-

“वेदादि सत्य शास्त्रहरु पढ्नु-पढाउनु, धार्मिक विद्वानहरुको संगत, परोपकार, धर्म अनुष्ठान, योगाभ्यास, निर्वैर, निष्कपट, सत्य बोल्नु, सत्य मान्नु, सत्य गर्नु, ब्रहमचर्य, आचार्य, अतिथि, तथा माता-पिता आदिको सेवा, परमेश्वरको स्तुति-प्रार्थना-उपासना, शान्ति जितेन्द्रियता, सुशीलता, धर्मयुक्त पुरुषार्थ, ज्ञान-विज्ञान आदि शुभ गुण-कर्महरुले दुखबाटतार्ने हुनाले यी सब तीर्थ हुन्। अर्थात, जति पनि संसारमा श्रेष्ठ कर्म छन् ति गर्नाले मनुष्यलाई  ज्ञानको प्राप्ति हुन्छ र मनुष्य पुण्यको भागी बनेर सुखको प्राप्ति गर्दछ। त्यसैले ति कर्महरुलाई तीर्थको संज्ञा दिइएको छ।

       महर्षि मनुले मनुस्मृति ५/१०९मा भन्छन कि जलबाट शरीर शुद्ध हुन्छ, मन र आत्मा हैन। मन सत्याचरण- सत्य मान्नु, सत्य बोल्नु र सत्य नै गर्नाले पवित्र हुन्छ। जीवात्मा विद्या, योगाभ्यास र धर्माचरणले पवित्र हुन्छ र बुद्धि पृथ्वी देखि परमेश्वर पर्यन्त पदार्थहरुको ज्ञानले पवित्र हुन्छ।

यहि कुरो येजुर्वेद ४०/१४ (ईशोपनिषद्- ११) मा पनि भनिएको छ-

विद्यां चाविद्यां च यस्तद्वेदोभयं सह ।

अविद्यया मृत्युं तीर्त्वा विद्ययामृतमश्नुते।।

भावार्थ: आत्मविज्ञान (कर्म उपासना) तथा पदार्थविज्ञान (यथार्थज्ञान) दुवै ज्ञान एकसाथ प्राप्त गरेर अविद्या अर्थात कर्म उपासनाबाट मृत्युलाइ तरेर विद्या अर्थात यथार्थज्ञानबाट मनुष्यले मोक्षलाभ गर्दछ।

       जसले गंगा स्नान अथवा गंगा गंगा पुकार्नाले मात्र मुक्ति हुने मान्दछन, ति मध्ये कयौं त गंगा कै किनारमा स्थित नगर तथा गाउँमा बस्दछन् । यदि गंगा स्नान, गंगा दर्शन, गंगाको स्मरण, गंगाजल सेवन आदि बाट उनीहरु सम्पूर्ण पापबाट निवृत्त हुनेभए उनलाई कुनै प्रकारको पनि दुःख कष्ट नहुनु पर्ने । तर उनीहरु पनि त्यस्तै प्रकार समान रूपले  दु:खी छन्, जस्तो अन्य संसारका मानिसहरु आफ्ना पाप कर्मले दुःखी छन्। यसबाट यहि सिद्ध हुन्छ कि गंगा स्नान, गंगा दर्शन, गंगाको स्मरण, गंगाजल सेवन आदि बाट कुनै पनि मनुष्य पाप नभोगेर मुक्त हुन सक्दैन । यो कुरो निश्चित छ कि कर्मको फल नभोगेर त्यसबाट कुनै पनि छुट्न सक्दैन।

कर्म फल सिद्धांतको बारेमा अनेकौं प्रमाण छन् जस्तै-

शुभ होस् या अशुभ, गरेको कर्मको फल भोग्नु नै पर्छ। करोडौं कल्प बीतेपछी पनि नभोगेर त्यसको क्षय हुँदैन। (ब्रहमवैवर्त पुराण प्रकृति अ ३७)

जब ब्रह्माको दिन समाप्त भएर सृष्टिको प्रलय हुन्छ, त्यति बेला अभुक्त कर्महरु बीजरूपमा रहिरहन्छन्। जब फेरी नयाँ सृष्टी रचना हुन्छ, तिनै कर्महरु बीजरुपबाट अंकुर पलाउन थाल्छन। पूर्व सृष्टिमा जुन-जुन प्राणीले जे-जे कर्म गरेका थिए, फेरी पनि तिनै कर्म उनलाई पटक-पटक प्राप्त भइ नै रहन्छन्। (देवी भागवत पुराण)

जसरि बाच्छाले हजारौं गाईहरुको बिचमा आफ्नी आमालाई खोज्न सक्छ, त्यस्तै गरिएको कर्मले पनि आफ्नो कर्तालाई समात्छ। (महाभारत शांतिपर्व १५-१६)

मनबाट प्रकाशित ब्रहमज्ञान रुपी जलले जसले मनको तीर्थमा स्नान गर्दछ, तत्व दर्शिहरुको स्नान त्यहि हो। घरमा या जंगलमा जहाँ पनि ज्ञानीजन रहन्छन्, त्यसैको नाम नगर हो, त्यसैलाई तीर्थ भनिन्छ। आत्मा नदी हो, यही पवित्र तीर्थ हो। यसमा सत्यको जल, धैर्यको किनारा तथा दयाको छाल छन्। यसमा स्नान गर्नेहरु पुण्यात्मा पवित्र हुन्छन्। आत्मा पवित्र छ, नित्य छ एवं निर्लोभ छ।

(महाभारत वन पर्व २००/९२ एवं उद्योग पर्व ४०/२१)

ब्रह्माको ध्यान परम तीर्थ, इन्द्रियको निग्रह तीर्थ हो, मनको निग्रह तीर्थ हो, भावको शुद्धि परम तीर्थ हो। जसले ज्ञान रूपी तलाउमा, ध्यान रुपी जलमा र मनको तीर्थमा स्नान गरेर राग-द्वेष रुपी मल हटाउँछ, त्यसले परम गति प्राप्त गर्दछ। (गरुढ पूर्व अ ८१/ श्लोक २३-२४)

यहाँ सोंचनीय बिषय छ कि पुराण तथा महाभारतमा एकै विषयमा यस्तो विरोधाभाष किन? एक स्थानमा गंगा स्नानबाट मुक्तिको वर्णन छ भने अर्को स्थानमा केवल शुभ कर्मले मुक्ति हुने कुरो छ। यसको समाधान पनि महर्षि दयानन्द सरस्वतिले गहिरो शोध र कडा परिश्रम गरेर यसरि निकालेका छन् – “उपनिषद्, दर्शन,ब्राह्मण ग्रन्थ, रामायण-महाभारत, पुराण आदि ग्रंथहरुमा जुन-जुन बिषयहरु वेदानुकुल अर्थात वेद संगत छन् ति सब मान्न योग्य छन् र जुन वेद विपरीत छन् ति त्याग्न योग्य छन्।”

त्यसैले वेदमा वर्णित कर्म फलको अकाट्य सिद्धांतलाई मान्दै पुराणको उक्त प्रमाण जसमा केवल पुण्य कर्मबाट मात्र सुख प्राप्ति हुने भनिएको छ त्यो सत्य हो। अन्य सबै मिथ्या.. ।

       तीर्थको नाममा स्नान दर्शन आदिबाट पुण्य प्राप्ति एक अन्धविश्वास मात्रहो र यसले मानवलाई सत्य मार्गबाट भ्रमित गरेर अंधकारमा लैजान्छ। अस्तु..

नमस्ते..!

-हार्दिक आभार: डॉ विवेक आर्य

श्रीकृष्ण एक महान व्यक्तित्व (आर्य विचार)

ओ३म्..

k

श्रीकृष्ण एक महान व्यक्तित्व

आउनुहोस्, हामी पनि योगिराज श्रीकृष्णको महान चरित्रलाई जानेर आफ्नो जीवनमा अपनाउने संकल्प लिउँ:

(१) *जुवा विरोधी:-*
उनि जुवाको घोर विरोधी थिए। जुवालाई एक अत्यन्तै ग्रिनित व्यसन मान्दथे। जब उनले काम्यक वनमा युधिष्ठिर संग भेट गरे तब युधिष्ठिरलाई भनेका थिए:-
आगच्छेयमहं द्यूतमनाहूतोsपि कौरवैः ।
वारयेयमहं द्यूतं दोषान् प्रदर्शयन् ।।-(वनपर्व १३/१-२)
अर्थ:- हे राजन् ! यदि म पहिले द्वारिकामा या उसको निकट हुन्थें भने तपाईहरु यस भारी संकटमा पर्नुहुने थिएन। म कौरवहरुको अनुमति बिना नै उक्त द्यूत-सभामा जाने थिएँ र जुवाको अनेकौं दोष देखाएर त्यसलाई रोक्ने पूरा चेष्टा गर्ने थिएँ।

(२) *मदिरा विरोधी:-*
उनि मदिरापानका घोर विरोधी थिए। उनले यादवहरुलाई मदिरापान गर्न प्रतिबन्ध लगाएका थिए र त्यसको सेवन गर्नेलाई मृत्युदण्डको व्यवस्था गरेका थिए।
अद्यप्रभृति सर्वेषु वृष्ण्यन्धककुलेष्विह ।
सुरासवो न कर्त्तव्यः सर्वैर्नगरवासिभिः ।।
यश्च नोsविदितं कुर्यात्पेयं कश्चिन्नरः क्वचित् ।
जीवन् स कालमारोहेत् स्वयं कृत्वा सबान्धवः ।।-(मुसलपर्व १/२९,३०,३१)
अर्थ:- आज देखि समस्त वृष्णि र अन्धकवंशी क्षत्रियहरुका यहाँ तथा कुनै पनि नगरवासीले सुरा र आसव तयार नगरुन्।
यदि कसैले लुकी-छिपी कहीं पनि मादक पेय तयार गर्दछ भने त्यो अपराधी आफ्ना बन्धु-बान्धवहरु सहित जिउंदै  सूलीमा चढाइने छ।

(३) *गोभक्त:-*

उनि गोभक्त थिए। ग्वालाहरुको उत्सवमा हलो र जुवाको पूजा हुने गर्दथ्यो। श्रीकृष्णले ग्वालाहरुलाई सम्झाएर भने कि अब तिमीहरु यसको स्थानमा गोपूजन गर। हाम्रा देवता त गौ हुन्, गोवर्धन पर्वत हैन। गोवर्धनमा घाँस हुन्छ। जसलाई खाएर गौ दुध दिन्छिन्। यसबाट हाम्रो गुजारा चल्छ। आऊ, गोवर्धन र गौको यज्ञ गरौँ। गोवर्धन यज्ञ यो हो कि उत्सवका दिन सारा बस्तीका मानिसहरु त्यहीं जाउँ। त्याहाँ होम गरौँ। ब्राह्मणहरुलाई भोजन दिउँ। स्वयं खाउँ र अरुलाई पनि खुवाउँ। यसबाट थाहा हुन्छ कि उनि परम गोभक्त थिए।

(४) *ब्रह्मचर्य पालक तथा एक पत्नि व्रत:-*
महाभारतको युद्ध हुनु भन्दा पहिले श्रीकृष्णले अश्वत्थामालाई भनेका थिए-
ब्रह्मचर्यं महद् घोरं तीर्त्त्वा द्वादशवार्षिकम् ।
हिमवत्पार्श्वमास्थाय यो मया तपसार्जितः ।।
समानव्रतचारिण्यां रुक्मिण्यां योsन्वजायत ।
सनत्कुमारस्तेजस्वी प्रद्युम्नो नाम में सुतः ।।-(सौप्तिकपर्व १२/३०,३१)
अर्थ:- * मैले १२ वर्ष सम्म रुक्मिणीका साथमा हिमालयमा बसेर घोर ब्रह्मचर्य पालन गर्दै सनत्कुमार समान तेजस्वी प्रद्युम्न नामक पुत्र प्राप्त गरें। विवाह पश्चात् १२ वर्ष सम्म घोर ब्रह्मचर्य धारण गर्नु उनको संयमताको एक महान् उदाहरण हो।*
यस्ता संयमी र जितेन्द्रिय पुरुषलाई कुत्सित मनोविकारी पुराणका रचनाकारहरुले कति बीभत्स र घृणास्पद बनाइदिए।

(५) *राधा को थीइन्?:-*
वृषभानोश्च वैश्यस्य सा च कन्या बभूव ह ।
सार्द्धं रायणवैश्येन तत्सम्बन्धं चकार सः ।।
कृष्णमातुर्यशोदाया रायणस्तत्सहोदरः ।
गोकोले गोपकृष्णांश सम्बन्धात्कृष्णमातुलः ।।-
(ब्रह्म० प्रकृति ४९/३२,३७,४०)
अर्थ:- राधा वृषभानु वैश्यकी कन्या थीइन्। रायण वैश्यका साथ उसको विबाह-सम्बन्ध गरिएको थियो। रायण यशोदाको सहोदर भ्राता थिए र कृष्णका मामा। राधा उसकी पत्नि थीइन् भने राधा त कृष्णकी माइजु पो भइन्।
अब कुत्सित मनोविकार भएकाहरुले माइजु र भान्जा संगको प्रेम-व्यापार देखाउनु कहाँ सम्म उचित हो?
पुराणकारहरुले श्रीकृष्णको स्वरुपलाई बिगारेका छन्। बिडम्बना नै भनौं, उनीहरुले त्यस्तो पवित्र व्यक्तित्वलाई घृणित र बीभत्स बनाइदिए..?! अस्तु..

नमस्ते..!