ओ३म् संगठन र एकताको शक्ति संगठन सूक्तम् (ऋग्वेद १०/१९१/) संसमिद्युवसे वृषन्नग्ने विश्वान्यर्य आ । इळस्पदे समिध्यसे स नो वसून्या भर ॥१॥ सं गच्छध्वं सं वदध्वं सं वो मनांसि जानताम् । देवा भागं यथा पूर्वे संजानाना उपासते ॥२॥ समानो मन्त्रः समितिः समानी समानं मनः सह चित्तमेषाम् । समानं मन्त्रमभि मन्त्रये वः समानेन वो हविषा जुहोमि ॥३॥ समानी व आकूतिः समाना हृदयानि वः । समानमस्तु वो मनो यथा वः सुसहासति ॥४॥ आज समाजमा ईश्वर, धर्म, पूजा-पाठ, उपासना तथा भक्तिको स्वरूपको बारेमा अनेकौं भ्रान्तिहरु फैलिएका छन्। हामीहरुले वेदको निन्दा तथा अवमूल्यन गर्दैछौं, ईश्वरको आदेशको विपरित कर्म गर्दैछौं। हामीले एक हैन, दस हैन, सय हैन, हजारौं प्रकारका ईश्वर स्वयं निर्माण गरेर त्यसैको व्यापार गर्ने अनर्थ गर्दैछौं। सबभन्दा ठूलो दोष हो यो। र वैदिक ईश्वर … Continue reading संगठन र एकताको शक्ति→
ओ३म्.. राहु र केतुको बारेमा पौराणिक तथा आर्य (वैदिक/वैज्ञानिक) मान्यता पौराणिक मान्यता: पौराणिक हिन्दु ज्योतिष शास्त्र का अनुसार राहुलाई छायाँ ग्रह मानिन्छ। यो एक असुरको काटिएको सिर हो, जसले ग्रहणको समयमा सूर्य या चंद्रमालाई निल्ने प्रयास गर्दछ। यसलाई कलात्मक रूप दिएर बिना शरीरको सर्पको रूपमा पनि देखाइन्छ, यो आठ वटा काला घोडा द्वारा खिचिने रथमा आरुढ हुन्छ। राहुलाई नवग्रह मा एक स्थान दिइएको छ। हिन्दु पञ्चाङ्ग अनुसार दिनमा राहुकाल नामक मुहूर्त (२४ मिनट) को अवधि हुन्छ जुन अशुभ मानिन्छ। पौराणिक मान्यता अनुसार समुद्र मंथनको समयमा राहु नामक एक असुरले देवतालाई धोका दिएर दिव्य अमृतको केहि घुट्की लिन सफल भएको थियो। सूर्य र चंद्रले उसलाई चिनेर मोहिनी अवतारका विष्णुलाई चुक्ली लगाई दिए। अमृतको घुट्की उसको घाँटीबाट तल झर्नु भन्दा पहिले नै विष्णुले उसको घाँटी सुदर्शन चक्र द्वारा काटेर अलग गरिदिए। अमर भएको … Continue reading राहु र केतुको बारेमा पौराणिक तथा आर्य (वैदिक/वैज्ञानिक) मान्यता→
ओ३म् ईश्वर पूजाको वैदिक स्वरूप ओ३म् ईशावास्यमिदं सर्वं यत्किञ्च जगत्यां जगत् | तेन त्यक्तेन भुञ्जीथा मा ग्रृधः कस्य स्विद्धनम्||१|| कुर्वन्नेवेह कर्माणि, जिजीविषेच्छतं समाः| एवं त्वयि नान्येतोSस्ति न कर्म लिप्यते नरे||२|| (यजुर्वेद:४०/ईशोपनिषद्) सम्मानका योग्य महानुभाव, आज सम्म पनि हाम्रो समाजमा ‘ईश्वर’ र त्यसको पूजा तथा उपासनाको बारेमा निक्कै भ्रान्ति कायम छ। यसको प्रमुख कारण हाम्रो अज्ञानता हो भने अन्य कारणमा धर्मको नाउमा चन्दा तथा भेटीको व्यापार गर्ने ति पाखण्डी तथा स्वार्थि तथाकथित पण्डितहरु हुन्, जसले न त स्वयं वेद पढेर वेदानुकुल आचरण गरे न त अन्य कसैलाई पढ्न दिए। त्यहि कारणले आज हाम्रो समाजले यस्तो दुर्दशा भोग्नु परेको छ। ईश्वरको यथार्थ स्वरूप र त्यसको पूजा तथा उपासनाको वैदिक प्रकार के हो भन्ने कुराको छोटो वर्णन यहाँ प्रस्तुत गर्ने जमर्को गरिनेछ, जसबाट … Continue reading ईश्वर पूजाको वैदिक स्वरूप→
ओ३म्.. सत्यं वद । धर्मं चर । स्वाध्यायात् मा प्रमदः ॥ (तैत्तिरीयोपनिषत्-शिक्षावल्ली-११/१) सत्यमेव वद, धर्ममेव आचर, स्वाध्यायात् प्रमत्तो मा भव ॥ तथागत गौतम बुद्ध र वेद (दुराग्रह र पूर्वाग्रह देखि माथि उठेर एकजना सच्चा मार्गदर्शकको यथार्थ चरित्र उजागर गर्नु नै यस लेखको मुख्य उद्देश्य हो) कुनै पनि महापुरुष जब लोकोपकारको उच्च भावनाले प्रेरित भएर कार्य गर्दछ, तब त्यो सबको लागि पूज्य हुन्छ । यद्यपि ऊ आफ्नो जीवनमा पाखण्ड तथा अन्धविश्वासहरुको विरोधी नै हुन्छ, तै पनि उसका अनुयायीहरु प्रायः उसका शिक्षाप्रद वाणीलाई यथार्थ रुपमा नबुझेर एक नयाँ दुराग्रहलाई जन्म दिन्छन् । महात्मा गौतम बुद्धका विचारका साथमा पनि यस्तै भएको छ । सामान्य मान्यतानुसार उनलाई वेद बिरोधि, नास्तिक एवं अनिश्वरवादी भनिन्छ, तर उनका विचारहरुले त वेदलाई स्वीकार गर्दछन् । आज बुद्ध जयन्ति … Continue reading गौतम बुद्ध र वेद→
ओ३म्.. पुनर्जन्म या आवागमन किन आवश्यक छ? (एक वैदिक मार्गी ‘आर्य’ र इस्लाम मार्गी ‘इमाम’(मौलाना) का विचको वार्तालाप) वेदाहमेतं पुरुषं महान्तम् आदित्य वर्णं तमसः परस्तात् तमेवविदित्वाति मृत्युमेति नान्यः पन्था विद्यतेऽयनाय। (यजुर्वेद: ३१/१८) अर्थात्, मैले यस्ता ठूला-ठूला गुणयुक्त महानतम् पुरुषलाई जान्दछु जो आदित्य (सूर्य) समान तेजस्वी, अज्ञान तथा अन्धकार देखि पर (पृथक) हुनुहुन्छ। उहाँ ब्रह्माण्ड रूपी नगरीमा निवास गर्नुहुने प्रभु पुरुष हुनुहुन्छ, सर्वव्यापक हुनुहुन्छ, सर्वाधिक महान् हुनुहुन्छ ,विभू हुनुहुन्छ अथवा ‘मह पूजायाम्’ पूजा के योग्य हुनुहुन्छ । उहाँ जस्ता ज्योतिर्मय प्रभुलाई जानेर नै मनुष्यले जन्म-मृत्युको अथाह दुःख सगरलाई जित्न सक्छ तथा मोक्ष प्राप्त गर्न सक्छ। यहि सुखदायी मार्ग हो; यस भन्दा भिन्न अन्य कुनै उपाय या मार्ग छैन। प्रातःकाल उद्यानमा भ्रमण गर्दा गर्दै आर्य र मौलानाको भेट भयो। आर्य विश्वविद्यालयका … Continue reading पुनर्जन्म या आवागमन किन आवश्यक छ?→
ओ३म्.. विश्वानी देव सवितर्दुरितानि परासुव । यद भद्रं तन्न आ सुव ॥ रक्सिको लतबाट उत्पन्न हुने समस्या र छुटाउने घरेलू उपाय: जमी सक्यो रगत नशामा, आजका तन्नेरी नश्लमा, भेटिन्छन् लोटेका जवानीहरु, साँझ भट्टी पशलमा, परिवार जागिरहे छ, बाटो ताक्दै, तर आउने व्यक्ति भने लोटेकोछ, कतै बाटोमा बेहोश, मेरो देशको कन्तबिजोग यो भन्दा अरु केहोस? रक्सीको लत लाग्ने कारणहरुमा साम्प्रदायिक तथा सामाजिक परम्परा, विवाह भोज-भतेर र संगतको परिणाम जे भए पनि रक्सीको लत बस्नु निक्कै घातक छ। एक अध्ययन अनुसार रक्सीको कारणले प्रत्येक वर्ष विश्वमा लगभग ४० लाख मानिसको ज्यान जान्छ। एड्स, टीबी, क्यान्सर जस्ता घातक रोग तथा अन्य हिंसाको शिकार भएका मानिसहरु भन्दा रक्सीको चपेटामा आएर ज्यान गुमाउनेहरूको संख्या अधिक छ। * विश्वभरी १८ मृत्यु मध्ये एक मृत्यु रक्सीको कारणले हुने … Continue reading रक्सिको लतबाट उत्पन्न हुने समस्या र छुटाउने घरेलू उपाय→
/\…ओ३म्…/\ “द्यौः शान्तिः अन्तरिक्षं शान्तिः पृथिवी शान्तिरापः शान्तिः‚ ओषधयः शान्तिः। वनस्पतयः शान्तिः विश्वेदेवाः शान्तिः‚ ब्रह्म शान्तिः सर्वं शान्तिः शान्तिरेव शान्तिः सा मा शान्तिरेधि ।” –यजुर्वेद:३६/१७ शाकाहार संकल्प र पर्यावरण संरक्षण हरा-भरा जीवनदायी ग्रहमा जहाँ हामीहरु निवास गर्दछौं, यहाँबाट जीवहरुको कैयौं प्रजातिहरु सदा सदाको लागि विलुप्त हुँदैछन्। यस्तो घटना सताब्दियौं देखि हुँदै आएको छ। कैयौं प्रजातिहरु त मानवको प्रादुर्भाव हुनु भन्दा पनि पहिले नै यस धरतीलाई विदा गरेर गैसके, कैयौं प्रजातिहरु हाम्रा आँखा अगाडी नै विलुप्त भए। मान्छेको लोभ-लालच तथा अनावश्यक आवश्यकता कै कारणले जुन गतिमा आजभोली जङ्गलबाट जैविक विविधता नष्ट गरिदैछ, यो देखेर लाग्छ अति सिघ्र हाम्रै अस्तित्व संकटमा आउनेछ। जुन गतिमा जङ्गल र समुद्र जीवहरुबाट रित्तो हुँदै गैरहेका छन्, के यसको कुप्रभाव समस्त पर्यावरणमा परेको छैन र? … Continue reading शाकाहार संकल्प र पर्यावरण संरक्षण→
ओ३म् सगुण के हो र निर्गुण के हो? हामीले त ईश्वरलाई निर्गुण तथा सगुण दुवै मान्दछौं। कुनै पनि वस्तु यस्तो छैन जुन निर्गुण नहोस् र कुनै पनि पदार्थ यस्तो छैन जुन सगुण नहोस्। तपाइले भन्न सक्नुहुन्छ कि धार्मिक साहित्यमा त अनेकौं लेखकहरुले निर्गुण भक्तिलाई निराकारको उपासना र सगुण उपासनाको अर्थ मूर्तिपूजा नै मानेका छन् तर तपाइँ यो भन्नुस् त सगुण तथा निर्गुण यी दुई शब्दमा जुन ‘गुण’ शब्द छ, त्यसको अर्थ के हो? कुनै पनि शब्दकोषको पन्ना पल्टाउनुहोस् अथवा कुनै पनि गाउँले निरक्षर वृद्धहरु संग पनि सोध्नुहोस् त ‘गुण’ शब्दको अर्थ के हो? यो शब्द जहाँ पनि प्रयुक्त हुन्छ। सर्वत्र यसको आशय क्वालिटी, निपुणता, विशेषता तथा लक्षण नै मानिन्छ र सम्झने पनि गरिन्छ। सद्गुण तथा अवगुण आदि सबै यस्ता शब्दले … Continue reading सगुण-निर्गुण→
ओ३म् बिना बाउको छोरालाई ईश्वर..! ‘‘अरे गठ्ठी..! सुपोले त हउँकिन बन्छ तर नौसय साठी भुन परेका चाल्नाले के हउँकेलाए बाल..?! ए साँच्चै भनत, के आजको वैग्यानिक जुगमा पनि कुनै लखे सङ नसुतीन एउटी कन्ये लखीको पेटबाट बच्चो जन्मेला भनेर तम्रो हरिलट्ठक समाज बाहेकका कोइले पत्याउला त? कस्तो बिग्यान पर्छौ र हो कुन्नि तमि? कोइले सोंच्न पनि सक्ला र यस्तो बौला कुरो? धत्तेरी..! र तमि भने असंभव कुरालाई सत्य तथ्य मानेर त्यो लखेलाई काठा बलामा टङ्गाइन ईशोरको छोरो भन्दै छौ र फेरी एक बित्ताका बाङ्गा करङ भया ढुक्कुरे छाती तन्काउँदै जसलाई भेट्यो त्यसलाई त्यो बालखमा विश्वास गर भनि उक्साउँदै हिन्छौ? ए गठ्ठीहो..! साँच्चै कुरो भन त, के तम्रो ईशोरले जिब्रो टोकेर आँखा फर्काइ सक्यो र हो कि केहो त्यसको अवैध छोरा … Continue reading बिना बाउको छोरालाई ईश्वर→
ओ३म्.. आर्य समाजबाट केहि सिक हिन्दु समाज जसले आँफूलाई सत्य सनातन वैदिक धर्मी मान्दछ, आज ऊ वास्तवमा वेद देखि विमुख भैसकेको छ र अन्ध-विश्वास तथा अनेकौं कुरीतिहरुको शिकार भएको छ। एउटा कुरीति हटायो कि चार नयाँ कुरीतिहरु भित्र घुस्छन्। सत्यासत्यको कसौटी नहुनाले यस समाजमा बितण्डावाद र वैचारिक अराजकता छ। धर्म के हो र अधर्म के हो, यसको निर्णय के गोमांस भक्षक विवेकानन्दको अंग्रेजी भाषणबाट होला र? गीता तथा भागवतको फेरी लगाउन थाले भने त्यसको सुगा रटाइ सुरु भयो। गीतामा योगीराज श्रीकृष्णको मुखबाट भन्न लगाइयो कि “म वेदहरुमा ‘सामवेद’ हुँ”। के यी नविन हिन्दु रक्षकहरुले वेदका कुनै दस-बीस मन्त्र सुनाउन सक्लान्? एक शंकराचार्यले भन्यो कि गजडी मुस्लिम साईं बाबा हाम्रा भगवानहरुको सूचीमा छैन, त्यहीं साईं बाबाका चाटुकारहरु लाजै नमानी चिच्याउँछन् … Continue reading आर्य समाजबाट केहि सिक→