राहु र केतुको बारेमा पौराणिक तथा आर्य (वैदिक/वैज्ञानिक) मान्यता

ओ३म्..

राहु र केतुको बारेमा पौराणिक तथा आर्य (वैदिक/वैज्ञानिक) मान्यता

 Untitled

पौराणिक मान्यता:

पौराणिक हिन्दु ज्योतिष शास्त्र का अनुसार राहुलाई छायाँ ग्रह मानिन्छ। यो एक असुरको काटिएको सिर हो, जसले ग्रहणको समयमा सूर्य या चंद्रमालाई निल्ने प्रयास गर्दछ। यसलाई कलात्मक रूप दिएर बिना शरीरको सर्पको रूपमा पनि देखाइन्छ, यो आठ वटा काला घोडा द्वारा खिचिने रथमा आरुढ हुन्छ। राहुलाई नवग्रह मा एक स्थान दिइएको छ। हिन्दु पञ्चाङ्ग अनुसार दिनमा राहुकाल   नामक मुहूर्त (२४ मिनट) को अवधि हुन्छ जुन अशुभ मानिन्छ।

पौराणिक मान्यता अनुसार समुद्र मंथनको समयमा राहु नामक एक असुरले देवतालाई धोका दिएर दिव्य अमृतको केहि घुट्की लिन सफल भएको थियो।  सूर्य र चंद्रले उसलाई चिनेर मोहिनी अवतारका विष्णुलाई चुक्ली लगाई दिए। अमृतको घुट्की उसको घाँटीबाट तल झर्नु भन्दा पहिले नै विष्णुले उसको घाँटी सुदर्शन चक्र द्वारा काटेर अलग गरिदिए। अमर भएको उसको सिरलाई राहु र शरीरलाई केतु भनिन्छ। त्यहि कारणले राहुले सूर्य र चंद्रमा संग द्वेष राख्ने गर्दछ। त्यहि द्वेषका कारणले उसले सूर्य र चंद्रमालाई ग्रहण (निल्ने) प्रयास गर्दछ। ग्रहण पश्चात सूर्य या चंद्रमा उसको काटिएको घाँटीबाट निस्केर मुक्त हुन्छन्।

यस्ता मिथ्या मन्त्रहरु सिर्जना गरिएको छ र भ्रमको खेति तथा भेटीको व्यापार मज्जाले फस्टाउँदै छ र नयाँ-नयाँ गुरु घण्टाल जन्मिदै छन्..! (राहु-मन्त्र: ॐ भ्रां भ्रीं भ्रौं सः राहवे नमः॥”, १८००० पटक ४० दिन सम्म)

आर्य (वैदिक तथा वैज्ञानिक) मान्यता:

वैदिक ज्योतिषका अनुसार राहु या केतु नामका कुनै ग्रह या छायाँ-ग्रहको अस्तित्व हाम्रो सौर्यमण्डलमा छैन। राहु र केतु कुनै ग्रह नभएर दुई विन्दु हुन्। जुन विन्दु चन्द्रमाले पृथ्वीको परिक्रमा गर्ने क्रममा र पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा ति मार्गहरु जुन स्थानमा आएर आपसमा काटिन्छन्, तिनै बिन्दुको नाउ राहु र केतु हुन्। चन्द्रमा सूर्य तिर प्रवेश गर्दाको बिन्दुलाई राहु र चन्द्रमा सूर्यबाट ओझेल हुँदाको बिन्दुलाई केतु भनिन्छ । ति पृथ्वीको सापेक्ष एक-अर्काका उल्टो दिशामा (१८० डिग्री मा) स्थित रहन्छन्। तर यी कुनै खगोलीय पिण्ड भने हैनन्। पृथ्वी र चन्द्रमा आ-आफ्नो पथमा हिँड्ने क्रममा राहु र केतुको स्थिति पनि बदलिन्छ। जब पूर्णिमाको समयमा चन्द्रमा राहु (अथवा केतु) बिन्दुमा हुन्छ तब पृथ्वीको छायाँ पर्नाले चंद्र-ग्रहण लाग्छ। किनकि पूर्णिमाको समयमा चंद्रमा र सूर्य एक-अर्काका उल्टो दिशामा हुन्छन्। त्यस्तै औंशीमा सूर्य ग्रहणको बेला चन्द्रमा पृथ्वी र सूर्यको बिचमा हुन्छ। आधुनिक विज्ञानमा राहु एवं केतुलाई क्रमशः ‘उत्तरी एवं दक्षिणी लुनार नोड’ भनिन्छ। अस्तु..

सदा सत्यलाई मात्र ग्रहण गरौँ र असत्यलाई त्यागौं..!

सत्य सनातन वैदिक धर्मको जय..!

नमस्ते..!

2 thoughts on “राहु र केतुको बारेमा पौराणिक तथा आर्य (वैदिक/वैज्ञानिक) मान्यता”

  1. राहु र केतुको स्तोत्र हेरेर भन्……… हावाको भरमा हैन
    राहु सरिर र केतु सिर हो

    1. ओ३म्..
      रुप..ज्यू, नमस्ते..!
      तपाइको अध्ययन अनुसार नै सम्झाउनुस न त, राहु र केतुको अस्तित्व ब्रह्माण्डमा कहाँ छ?
      वेदानुकूल आचरण गर्नुस्, वेदमार्गमा लाग्नुस् यसैमा सर्वकल्याण छ..!

Leave a Reply

Your email address will not be published. Required fields are marked *