Category Archives: नेपाली

प्रशोधित (रिफाईन) तेलको सत्यता…!

प्रशोधित (रिफाईन) तेलको सत्यता…!

(एक पटक अवश्य पढ्नलायक अत्यन्तै महत्वपूर्ण जानकारी ।)

Untitled

  • लेखक: स्व. राजिव दीक्षित
  • अनुवादक: प्रेम आर्य

 

मित्रहरु! के हामीले कहिल्यै विचार गरेका छौं कि आखिर जुन प्रशोधित (रिफाइन) तेलले हामी आफ्नो र आफ्ना स-साना बालबालिकाहरुको शरीर मालिश गर्न सक्दैनौं, जुन  प्रशोधित (रिफाइन) तेललाई हामीले आफ्नो कपालमा लगाउन सम्दैनौं भने त्यस्तो हानिकारक प्रशोधित (रिफाइन) तेल हामीले कसरि खाइरहेकाछौं त.. ??!

मित्रहरु..! आजभन्दा ५० वर्ष अघि सम्म कुनै पनि प्रकारको प्रशोधित (रिफाइन) तेल थिएन, यो विगत ३०-४० वर्ष देखि हाम्रो देशमा देखिन थालेको हो| यस खेलमा केहि विदेशी तथा आफ्नै देशका नाफाखोर कम्पनिहरु लागेका छन्| शुरुवातमा यिनीहरुले केहि कमिशनखोर भ्रष्ट डाक्टरहरुको सहयोगमा चक्कर चलाए र पछी टेलीविजन तथा अन्य संचार माध्यमबाट झुटो प्रचार गरेर जनतालाई आफ्नो कुरो मान्न लगाए| डाक्टरहरुले आफ्नो प्रेस्क्रिप्सनमा रिफाइन तेल लेख्न शुरू गरे कि तेल खानु त रिफाइन तेल सूर्यमुखी, भटमास, सफोला आदिकोनै खानु, सुद्ध तिलको तेल, तोरीको तेल, बदामको तेल खानु भनेर कहिल्यै भन्दैनन्|

सर्वप्रथम यो जान्न आवश्यक छ कि यो प्रशोधित (रिफाइन) तेल कसरि बनाइन्छ ? मैले देखेको छु  र तपाइँहरुले पनि कहिल्यै देख्नुभो भने यो कुरो बुझ्न सक्नुहुनेछ| कुनै पनि तेललाई प्रशोधित (रिफाइन) गर्नको लागि ६-७ वटा रसायन (केमिकल) को प्रयोग गर्ने गरिन्छ र डबल रिफाइन गर्दा यो संख्या १२-१४ हुन्छ | यी सबै रसायनहरु प्रयोगशालामा मान्छे द्वारा बनाइएका हुन्, भगवान द्वारा बनाइएको एउटा पनि रसायन प्रयोग हुँदैन, भगवानले बनाएको मतलब प्रकृतिले दिएको जसलाई हामी प्राकृतिक या जैविक (अरगेनिक) भन्छौं |

प्रशोधन (रिफाइन) गर्दा सर्वप्रथम तेलमा ग्यासोलीन नामक क्यारोसिन परिवारको रसायन मिलाएर त्यसलाई पातलो गरिन्छ फेरी त्यसमा एन हेक्सेन (पेट्रोलियम पदार्थ प्रशोधित गर्दा निस्कने एक पदार्थ) मिलाएर खुब संग मिलाइन्छ र तेलमा उपस्थित महत्वपूर्ण घटक चिल्लो (Fatty Acid) र विटामिन-र्इ तथा अन्य खनिज तत्वहरु (Minerals) पनि निकालिन्छ। ति पदार्थहरु हाम्रो शरीरले स्वयं बनाउन सक्दैन, त्यसैले ति तत्वहरु हामीलाई तेल बाट प्राप्त हुन्छन्। त्यसपछि उक्त तेललाई १५० डिग्री सेन्टिग्रेडको तापमा उमालिन्छ कारण ग्यासोलीन र हेक्सेनको दुर्गन्धलाई हटाउन सकियोस्। तेलको प्राकृतिक रङ निकालेर त्यसलाई पारदर्शी (ट्रान्सपेरेन्ट) बनाउनको लागि ब्लीचिंग गरिन्छ जसको कारणले वीटा केरोटिन र क्लोरोफिल खतम हुन्छन्। यी तत्वहरुले हाम्रो शरीरमा खराब कोलेष्ट्रोललाई कम गर्ने काम गर्दछन्। त्यस पछी  Degumming प्रक्रिया द्वारा तेलका महत्वपूर्ण घटकहरु Phosphalipiel तथा Lecithene लाई निकालिन्छ जसबाट तेल अधिक पातलो हुन्छ। पुनः तेलबाट त्यसको दुर्गन्ध हटाउनको लागि तेललाई २४० डिग्री सेन्टिग्रेड तापमा पकाइन्छ। र सबभन्दा अन्तमा यस्तो प्रकारको गुणस्तर हीन र तत्वहीन तेललाई लामो समय सम्म सुरक्षित राख्नको लागि त्यसमा प्रिजरवेटिवको रुपमा Synthetic Anti Oxidants मिलाइन्छ। अब तपाइँ आँफै सोंच्नुहोस त हामीले तेल खाइरहेका छौं या विष ?

प्राकृतिक रुपमा निस्केको तेललाई सफा गर्ने या प्रशोधित (रिफाइन) गर्ने नाउमा जति प्रकारका र जस्ता किसिमका रसायनहरु प्रयोग गर्ने गरिन्छ ति सबै अप्राकृतिक या अजैविक (Inorganic) हुन्|यिनै रसायनहरुले नै संसारमा बिषको निर्माण गर्दछन् र तिनको संयुक्त मिश्रणले तेललाई झनै विषाक्त तिर लैजान्छ| त्यसैले प्रशोधित (रिफाइन) तेल तथा डबल रिफाइन तेल गल्तीले पनि नखानु|

फेरी तपाई भन्न सक्नुहुन्छ कि के खाने त ? यसको सरल उत्तर छ – तपाइँ शुद्ध तेल खानुहोस्, तिलको, तोरीको, बदामको या नारियलको जुन तेल हाम्रा परम पूज्य देव स्वरूप पूर्खाहरुले खाने गर्दथे, आज भन्दा ५० वर्ष पहिले सम्म खाने गरिन्थ्यो| अब कसैले भन्न सक्नुहुन्छ कि शुद्ध तेलमा एक किसिमको गन्ध आउँछ र शुद्ध तेल बढी चिल्लो तथा लेसिलो हुन्छ| हाम्रो शरीरलाई सबभन्दा बढीमात्रामा लाभ गर्ने नै त्यहि गन्ध आउने, बढी चिल्लो तथा लेसिलो भएको तेल हो|हामीहरुले जब शुद्ध तेलमा शोधको काम गर्यौं र हामीलाई थाहा भयो कि तेलमा भएको चिल्लो र लेसिलो पन उसको सबभन्दा महत्वपूर्ण घटक हो |यदि तेलबाट उक्त चिल्लो र लेसिलो पदार्थ निकालिन्छ तब त्यो तेल तेल रहँदैन| फेरी हामीले देख्यौं कि तेलमा जुन गन्ध हुन्छ त्यो त्यसको प्रोटीन हो, जुन हाम्रो शरीरलाई आवश्यक पर्दछ| शुद्ध तेलमा प्रोटीन निक्कै हुन्छ| दालमा ईश्वरले दिएको प्रोटीन सबभन्दा अधिक मात्रामा हुन्छ | दाल पछी जुन सबभन्दा अधिक प्रोटीन हुन्छ, त्यो तेलमा नै हुन्छ| तेलमा आउने गन्ध अरु केहि नभएर प्रोटिनकै एक घटक जैविक पदार्थ (Organic content) हो|

सबै तेलमा ४-५ प्रकारका प्रोटीन हुन्छन्, प्रशोधन (रिफाइन) गर्दा जब तेलबाट उक्त सुगन्ध निकालिन्छ, तेलको प्रोटीन वाला घटक गायब हुन्छ र चिल्लो तथा लेसिलो पन निकालि दिनेहो भने हाम्रो शरीरलाई आवश्यक पर्ने तत्व वसा अम्ल (Fatty Acid) पनि गायब हुन्छ | अब यी दुवै तत्व तेलबाट निस्के भने त्यो तेल हैन पानी हो, त्यो पनि बिष मिलाइएको पानी..! र यस्ता प्रशोधन (रिफाइन) गरिएका तेल खानाले कैयौं प्रकारका घातक रोग हुन्छन्, जस्तै- साना रोगहरु घुडा दुख्ने, कम्मर दुख्ने, हड्डिमा पिडा देखि लिएर प्राणघातक रोगहरु हृदयघात (Heart Attack), पक्षाघात (प्यारालाइसिस) दिमागमा खराबी हुनु, रक्त धमनीहरु साँगुरो हुनु, उच्च रक्तचाप आदिबाट ग्रसित भइन्छ| जसले प्रशोधन (रिफाइन) गरिएको तेल खाएको छ, त्यो व्यक्ति यी सबै समस्याहरुबाट ग्रसित भएको देख्न सकिन्छ| मैले अहिले सम्म यहि देखेको छु कि जुन घरमा यो प्रशोधन (रिफाइन) गरिएको तेलको प्रयोग भइरहेको छ, तिनकै घरमा घुँडा दुख्ने, कमर दुख्ने, मुटुको रोग, हृदयघात, उच्च रक्तचाप, खराब कोलेष्ट्रोल बढ्ने आदि समस्याहरु बढी मात्रामा भैरहेको छ|

जब अलग अलग कम्पनि र छापका प्रशोधित (रिफाइन) सूर्यमुखी, भटमास, सफोला आदि तेल प्रयोगशालामा परिक्षण गरियो, त्यसमा All India Institute of Medical Sciences, Delhi का थुप्रै  डाक्टरहरुको पनि रूचि पैदा भयो र उनीहरुले पनि यसमा काम गरे त्यसपछी ति डाक्टरहरुले जे भने त्यो मैले एक वाक्यमा भन्छु किनकि उक्त प्रतिवेदन निक्कै लामो छ र त्यसलाई यहाँ जस्ताको तस्तै दिन समय र स्थानाभावको कारणले असम्भव छ| उनीहरुले भने “तेलबाट जब चिल्लो तथा लेसिलो पन र त्यसको सुगन्ध निकालिन्छ, तब त्यो तेल तेल रहँदैन, तेलको सारा गुण र महत्वपूर्ण घटक निकालिन्छन् र डबल रिफाइनमा त झनै केहि पनि रहन्न, त्यो केवल बिष मिश्रित तरल पदार्थ मात्र बाँकी रहन्छ र त्यहि हामी खाने गर्दछौं|”

त्यसैकारण तेलबाट जुन पौष्टिकता हामीलाई प्राप्त हुनु पर्नेहो त्यो पाइएको छैन|  तपाइँले फेरी सोध्नु होला तेलबाट हामीलाई के प्राप्त हुन्छ ? म भन्छु, तपाइँलाई अवगत नै होला तेलमा जुन चिल्लो या लेसिलो पन हुन्छ, त्यो पनि दुई प्रकारको हुन्छ राम्रो चिल्लो र खराब चिल्लो। तपाइँ-हाम्रो अनुहारमा जुन चमक, घुँडा लगायत जोर्नीहरु खुम्चिने र यता-उता हल्लिने-घुम्ने गर्छन् , हात-खुट्टाका औंलाहरु मोडिन्छन्, खुल्छन्, यो सब तेलमा पाइने  त्यहि राम्रो प्रकारको चिल्लो तथा लेसिलो वस्तुकै कारणले हुन्छ|

तपाइँले कहिलेकाहीं आफ्नो रगत परिक्षण गराउनु भयो भने परिक्षण प्रतिवेदनमा देख्नुहुन्छ र डाक्टरले पनि तपाईलाई भन्ला कि तपाईको राम्रो कोलेष्ट्रोल- HDL (High Density Lipoprotein) बढ्नु पर्छ र खराब कोलेष्ट्रोल- LDL (LOW Density Lipoprotein) कम हुनु पर्छ।
साधारण भाषामा भन्नु पर्दा HDL अर्थात राम्रो प्रकारको चिल्लो पदार्थ र LDL अर्थात खराब प्रकारको चिल्लो पदार्थ जसको कारणले हृदयमा हुने रक्त संचारलाई बाधा गर्दछ र त्यसैको कारणले मधुमेह हुन्छ र हृदयाघात पनि हुन्छ।

यसरि भन्न सकिन्छ कि हामीलाई शुद्ध तेलबाट प्राप्त हुन्छ HDL (High Density Lipoprotein), हाम्रो शरीरमा यो तेलबाट नै आउँछ। त्यसो त यो कलेजोमा बन्छ तर शुद्ध तेल खाए पछी मात्र। यदि तपाइँले रिफाइन नगरिएको शुद्ध तेल खानुहुन्छ भने तपाइँको HDL राम्रो रहन्छ र जीवनभरि ह्रदय रोगको सम्भावना हुँदैन।

अहिले हाम्रो देशमा सबभन्दा अधिक विदेशी तेल बिक्दैछ। विदेशबाट पामोलिन नामक बिषालु तेल आयात गरिन्छ जसलाई पाम तेलको नामले पनि जानिन्छ। त्यहि तेल यहाँको बजारमा बिना हिचकिच सबभन्दा बढी बिक्दैछ। एक-दुई टन हैन, लाखौँ टन आयात हुँदैछ र अन्य तेलहरुमा मिलावट गरेर बजारमा बेचिदैछ। जनस्वास्थ्य संग सरोकार राख्ने देशमा कुनै कानुन छैन, डाक्टरको काम जनताको जीवन रक्षा गर्नु हो, त्यसैले डाक्टरलाई भगवान स्वरूप मानिन्छ तर आजभोली उल्टो हुँदैछ। कमिशनको लोभमा परेर डाक्टरहरुले त्यहि बिष सेवन गर्ने सिफारिस गर्दैछन्। त्यस्ता डाक्टरलाई के भन्ने शैतान या शैतानको बाउ..? शैतानले त ज्यान मात्र लिन्छ तर यी डाक्टरहरु भने लामखुट्टे, उपियाँ, उडुस तथा जुकाले रगत चुसे झैं रोगीको पहिले धन-पैसो चुस्छन् र गलत वस्तु खाने सिफारिस गरेर तथा आवश्यकता भन्दा अधिक औषधि खुवाएर ज्यान पनि लिन्छन्!

पहिले देशमा पाम तेल आयात गर्न नपाउने र अन्य तेलमा मिलाएर बेच्न पनि नपाउने कानुन थियो तर  देशका गद्दार नेताहेउले गेट (GATT) समझौता र विश्व व्यापार संघ (WTO) को दबावमा आएर अब यस्तो कानून बनाए कि पाम तेल कुनै पनि तेलमा मिलाएर बेच्न सकिन्छ। यस्ता नेतालाई के भन्ने? बजारमा बेच्न राखिएको कुनै पनि नाम या छापको डब्बा बंद तेल भए पनि त्यो रिफाइन र डबल रिफाइन तेल नै हो र त्यो विषाक्त पामोलिन तेल हो।

जसले यो तेल खान्छ, म सहि-छाप गरेर दिन तयार छु कि त्यसको मृत्यु ह्रदय सम्बन्धी रोगकै कारणले हुनेछ। किनकि पाम तेलको बारेमा सारा संसारका सोध र अनुसन्धानबाट अवगत भइसकेको छ कि पाम तेलमा सबभन्दा अधिल ट्रांस-फ्याट छ र ट्रांस-फ्याट त्यस्तो वस्तु हो जुन शरीरमा कदापि घुल्न सक्दैन, कुनै पनि तापमानमा त्यो पग्लन सक्दैन। र ट्रांस फ्याट जब शरीरमा घुल्दैन तब त्यो थुप्रिन्छ र बढ्दै जान्छ, तब हृदयघात हुन्छ, तब दिमागले काम गर्न छोड्छ र मान्छे पक्षाघातको शिकार हुन्छ, मधुमेह हुन्छ, रक्तचापको समस्या हुन्छ।

महानुभाव, राम्रो प्रकारको चिल्लो (HDL) प्राप्त गर्नको लागि सदा शुद्ध तेल नै खाने गरौँ पहाडमा रहनेहरुको लागि तिलको तेल, मैदानी क्षेत्रमा रहनेहरुका लागि तोरीको तेल र समुन्द्रको आस-पास रहनेहरुका लागि नारियलको तेल  सबभन्दा उत्तम हुन्छ। यसका अतिरिक्त बदाम तथा ओखरको तेल पनि प्रयोग गर्न सकिन्छ।

ईश्वरको आदेश पनि यहि हो कि आफ्नो शरीरको रक्षा गर्नु नै मनुष्यको प्रथम कर्तव्य हो..| अस्तु..

स्वस्थ रहौं र आ-आफ्नो कल्याणको मार्ग प्रसस्त गरौँ..!

नमस्ते..!

परात्मा नै सच्चा गणेश हो

ओ३म्..

परात्मा नै सच्चा गणेशहो

(केहि लामो छ, तर मेरो अनुरोध- पुरा लेख अवश्य पढ्नुहोस् ..)

हिन्दुहरुको विश्वास अनुसार गणेश-पूजा गर्नुको पछाडी धारणा के छ भने यसमा सम्पूर्ण सुख, सौभाग्य तथा समृद्धिको प्राप्ति हुन्छ, थालिएका सबै काम सिद्ध हुन्छन् तथा जीवनका हरेक बिघ्नबाधाहरु बाट मुक्ति पाइन्छ। गणेशको जन्मको बारेमा पुराणमा लेखिएका केहि कहानी मध्ये एक यस्तो छ – पार्वतीले स्नान गर्दा आफ्नो शरीरमा लगाएको उबटन बाट एक मनुष्यको शरीर बनाइन् र त्यसमा प्राण फूकिन् र त्यसलाई आफ्नो पुत्र बनाइन्। यो पनि लेखिएको छ कि महादेवले आदेश दिएर भने कि जो संसारको चक्कर लगाएर पहिले आउला त्यहि प्रथम पूजनीय होला सबै देवता तेज गतिमा दौड़े तर गणेश नामक शिवको पुत्र दौडन सकेन किनकि उसको शरीर भयङ्कर थियो। गणेशले आफ्नै माता-पिताको नै ओरिपरी चक्कर लगायो एवं उनलाई प्रणाम गरेर बस्यो अतः गणेश प्रथम पूज्य बन्यो इत्यादि।

यो पूरा कथा अवैज्ञानिक, तर्कहीन तथा प्रमाणहीन छ। यसलाई पढ्ने र वेदको अलि अलि ज्ञान राख्ने जो कोहीलाई पनि यसले आश्चर्य र दुःखी अवश्य गर्छ। यसको सत्य तथ्य कुरो पत्ता लाएर यसको उत्तरमा केहि कुरो राख्नु अथवा तर्क र विज्ञानको आधारमा लेख्नु वाञ्छनीय छ, ताकि आर्य समाज मा लाग्ने लान्छाना मेटिन सकोस् र सत्य कुरो सबैले बुझुन् र कोहि भ्रममा नपरुन् ।

सर्वप्रथम त मेरा पौराणिक बन्धुहरुलाई केहि प्रश्न सोध्न मन लायो: यदि कुनै स्त्रीको शरीरमा लगाएको उबटनले मात्र पुत्रको शरीर बन्न सक्छ भने ईश्वरले पुरुषजातिलाई किन उत्पन्न गरेका हुन् ? पार्वती हुन् या अन्य कुनै स्त्री,  उसको शरीरमा गर्भाशयको स्थापना नै किन गरेका हुन् ?  वेदानुसार विवाह को मुख्य उद्देश्य उत्तम सन्तान उत्पन्न गर्नु हो। यदि पार्वतीले पति बिना नै पुत्र उत्पन्न गर्ने कुनै कला अथवा विद्या जान्थिन् भने फेरी उनले महादेव संग विवाह नै किन गरिन् त ? कि महादेव मा कुनै कमजोरी थियो र ? उबटन बाट पुत्र-प्राप्ति गर्ने यो विद्याको उल्लेख कुन चाइ वेद या कुन आयुर्वेदिक अथवा एलोपेथिक ग्रन्थ मा छ? पौराणिक मित्रहरुलाई मेरो अनुरोध छ कि यस्तो प्रकारको उपचार पद्धतिको सन्तान विहिन स्त्रिहरुमा प्रचार गरुन् ताकि उनीहरु पनि आफ्नो शरीर मा उबटन लगाउने गरुन् र आवश्यक परेको बेला उबटन बाट नै पुत्र उत्पन्न गरेर सन्तानको सुख भोग गर्न पाउन् । उनीहरु पति तथा वैद्य-डॉक्टरहरुको सहायता लिने आवश्यकता बाट मुक्त होइजाउन् । यदि प्राण फूक्नाले पुत्रमा आत्मा आउँछ भने मृत पुत्रको कुनै पनि माताहरुलाई आजसम्म पुत्र-वियोगको दुःख किन भोग्न पर्थ्यो र ?  पुत्रको मृत्यु भए पछी मृतशरीर त घरमा नै हुन्छ, पार्वतीले गरे सरह त्यस पुत्रकी माताले उस् मृत देहमा एक फू… मारिदिए भैगो नि हैन र ! यो सूत्रको बिस्तार गर्दिने भए म तपाइँहरुलाई धेरै धेरै धन्यवाद दिने थिएँ र आभारी पनि रहने थिएँ।

पार्वतीले आफ्नो उबटन बाट उत्पन्न गरेको गणेशलाई घर बाहिर पहरेदार बनाएर राखिन् ता कि उनि निश्चिन्त भएर स्नान गर्न सकुन्, कुनै पनि व्यक्ति भित्र प्रवेश गर्न नसकोस्, तर महादेव स्वयंलाइ रोक्न नसकेर पुत्र गणेश र पिता महादेव बीच भिषण युद्ध नै सुरु भयो। परिणामतः पुत्रको सिर काटेर महादेव भित्र प्रवेश गरे । पार्वतीले हाहाकार मच्चाए पछी महादेवले एक हात्तिको सिर जोडेर पुत्रलाई पुनः जीवित गरिदिए।

विद्वानहरु संग मेरो यो जान्ने इच्छा छ कि जुन महादेवलाई पौराणिकहरुले ईश्वर मान्ने गर्छन्, उनको घरमा यत्रो दरिद्रता के कारणले थियो र उनि आफ्नो घरमा ढोका बन्द गरेर स्नान गर्न योग्य एक स्नानगार पनि बनाउन सकेनन् ?  जब यत्रो निर्धनता थीयो भने उनि कसरि ईश्वर मानिन सक्छन् , किनकि ईश्वरको अर्थ ऐश्वर्यशाली हुन्छ। तपाईहरुले यो पनि भन्नु पर्ला कि जब महादेवकी पत्नी घर भित्र स्नान गर्दै थिइन् र उनको पुत्र गणेशले उनलाई भित्र जान बाट रोके तर महादेव किन रोकिएनन् ? उनलाई भित्र जाने त्यति उत्ताउलो पन किन गर्नु पर्ने? यसले उनको असंयमताको पोल खोल्छ। भित्र जान यति आत्तिएका थिए कि आफ्नो पुत्रको सिर समेत काट्न अधर्म प्रतित भएन? जव कसैको सिर काटिन्छ तव उसको शरीर बाट उसको प्राण र आत्मा निस्केर जान्छ, यो एक दृढ़ वैज्ञानिक नियम हो। तत्पश्चात् कुनै पनि पिता, माता, राजा, वैज्ञानिक या गुरु त के स्वयं ईश्वरले पनि आफ्नो नियम विपरित पुनः प्राण तथा आत्मालाई त्यहि शरीरमा प्रवेश गराउन सक्दैन।

पुराण अनुसार जब पार्वतीले आफ्नो पतिवेद समक्ष पुत्र वियोगको पिडा सहन नसकी बिलाप गर्न थालिन्, तव महादेवले एक हात्तिको सिर सिरविहीन पुत्रको शरिरमा जोडेर जीवित गरिदिए। यसमा प्रश्न उठ्न सक्छ- कुन कम्पनीको फेविकोल या किला-काँटी बाट गणेशको सिर पुनः जोडिएको थियो ? आज संसारमा परस्पर लड़ाईका कारण एकार्काको सिर काटीईरहेको छ। पौराणिक बन्धुहरुको मान्यता अनुसार जुन ग्रन्थमा सिरविहीन शरीर मा कुनै अन्य प्राणीको सिर जोड्ने सफल विधिको उल्लेख छ, त्यस ग्रन्थको पृष्ठ संख्या सहित नाम र लेखकको नाम पनि भन्दिने कृपा गर्नु पर्यो ताकि आज जहाँ पनि परस्पर लड़ाईमा सिर काटिन्छन् , म त्यहाँ गएर सिर जोड्न कुनै सहायता गर्न सकूँ।

अर्को प्रश्न – महादेवमा हात्तिको सिर आफ्नो मृत पुत्रको शरीरमा जोडेर पुनर्जीवित गर्न सक्ने योग्यता तथा क्षमता थियो भने उनले आफ्नै पुत्रको  उक्त सिर नै किन न जोडेको? एउटा निर्दोष हात्तिलाई मारेर आफ्नो पुत्रलाई पुनर्जीवित गर्नु कथित् ईश्वर-महादेवको शोभा बढ़ाउने कार्य हो यो ? कुनै पनि मनुष्य जसको शरीर मनुष्यको तर सिर चाइ हात्तिको होस्, के त्यो सूख र आनन्दपूर्वक सुत्न सक्ला?

उपरोक्त कथा अनुसार एक पटक देवताहरुमा यो विवाद उत्पन्न भयो कि उनमा कुन चाइ देवताको पूजा सर्वप्रथम हुने ?  महादेवले उनीहरुलाई संसारको चक्कर लगाएर आउने आदेश दिए। जो दौडेर सब भन्दा पहिले फर्किन्छ, त्यहि देवता प्रथम पूज्य हुनेछ। गणेशको शरीर भयङ्कर भारी थियो।ऊ दौड्न सकेन र माता-पिताको चक्कर लगाएर प्रणाम गरि बस्यो। अतः प्रथम पूज्य मानियो। मेरो निवेदन छ कि प्रथम पूज्य देवको निर्णय गर्ने अधिकार महादेवलाई कल्ले दियो? उनको नै निर्णय मान्य किन हुनु पर्यो? तिनिहरुलाई देव कसरि मान्न सकिन्छ? के देवको मर्यादा र लक्षण त्यस्तै हुन्छ? जब आपसमा परस्पर होड़ मच्चिएको छ कि मेरो पूजन सर्वप्रथम हुनु पर्छ भनेर, लोकैषणा रहित व्यक्ति देवता हुन्छ जबकि लोकैषणायुक्त (प्रशंसा प्राप्त गर्ने इच्छा हुने) व्यक्ति मनुष्य हुन्छ, देवता त कदापि मान्य हुने सक्दैन। यहाँ आचार्य यास्क द्वारा निरुक्त ७/११ मा वर्णित देवहरुको वर्णन गर्नु उचित होला – “देवो दानाद्वा दीपनाद्वा द्योतनाद्वा द्युस्थाने भवतीति वा।“ यस अनुसार निम्नलिखित केहि मूर्तिमान तथा केहि अमूर्तिमान देव यस्ता हुन्छन्:-

  • दान दिने वाला = मनुष्य, विद्वान् तथा परमेश्वर।
  • दीपन तथा प्रकाश वाला = सूर्योदि लोक, सब मूर्तिमान द्रव्यहरुको प्रकाश गर्ने वाला।
  • द्योतन गर्ने वाला = सत्योपदेश गर्ने हुनाले देव अर्थात् माता, पिता , आचार्य र अतिथि तथा पालन, विद्या र सत्योपदेशादि गर्ने वाला।
  • द्युस्थान वाला देव= सूर्यको किरण, प्राण तथा सूर्यादि लोकहरुका पनि जो प्रकाश गर्ने वाला छन्, उनि परमेश्वर देवहरुका पनि देव हुन।
  • अन्य देव= इन्द्रियहरु, मन। यी शदादि विषय तथा सत्यासत्यको प्रकाश गर्छन्। वेद मन्त्र पनि देव हुन्।

महर्षि दयानन्द सरस्वतीले ‘‘सत्यार्थप्रकाश’’को सप्तम समुल्लास मा यस विषय को बारेमा लेख्छन् – ‘‘दिव्य गुणहरुले युक्त हुनाको कारणले नै देवता भनिन्छ, जस्तै पृथिवी।……….जो त्रयस्त्रिशनिशता’’ इत्यादि वेद मा प्रमाण छ, यसको व्याख्या ‘शतपथ’मा गरिएको छ कि -३३ देव अर्थात् पृथिवी, जल, अग्नि, वायु,आकाश, चन्द्रमा,सूर्य र नक्षत्र सब सृष्टिको निवास स्थान हुनाले यी आठ वसु हुन्। प्राण, अपान, व्यान, उदान, सामान, नाग, कूर्म, कृकल, देवदत्त, धनञ्जय र जीवात्मा, यी ११ रुद्र यसकारणले भनिन्छ कि जब यी शरीर छोडेर जान्छन्, तब रोदन गराउँछन्। संवत्सर का १२ महीनालाई १२आदित्य यसकारणले भनिन्छ कि यिनले सबको आयु लिन्छन्। बिजुलीको नाम इन्द्र यस कारणले हो कि यो परम ऐश्वर्यको हेतु हो। यज्ञलाई प्रजापति भन्नुको कारण यसबाट वायु, वृष्टि, जल, औषधीको शुद्धि, विद्वानहरुको सत्कार र नाना प्रकारको शिल्पविद्या बाट प्रजाको पालन हुन्छ। यी ३३ पदार्थ पूर्वोक्त गुणहरुको योग बाट नै देव भनेर चिनिन्छन्।

मित्रहरु! पुत्रले आफ्ना माता-पिताको आदर तथा यथोचित सेवा गर्नु नै पर्छ, यो निर्विवाद छ तर गणेश ले गरेझैँ माता-पिताको परिक्रमा गर्नु न कुनै प्रकारको सेवा हो न त यसप्रकारको कार्यमा आदरको भाव छ। गणेशको मनमा नै आफ्नो अग्र-पूजा गराउने इच्छा थियो जसलाई शास्त्रीय भाषामा लोकैषणा भनिन्छ। म पौराणिक बन्धुहरुलाई स्मरण गराउन चाहन्छु कि इतिहासमा माता-पिताको आदर र उचित सेवा गर्ने कैयौं सुपुत्रहरुको प्रमाण उपलध छ। श्रवण कुमार तथा मर्यादा पुरुषोत्तम श्रीराम इत्यादिको कर्मलाई ध्यान मा राखेर सोंच्नुहोस र पाठहरुलाई भन्नुहोस् कि माता-पिताको शरीरको परिक्रमा गर्ने गणेश मा सुपुत्रको गुण थियो अथवा श्रवण कुमार मा? श्रीराम ले त राजभवनको सुख-सुविधाहरुको परित्याग गरि १४ वर्ष सम्म वनमा रहेर आफ्नो पिताको प्रतिष्ठा तथा सौतेनि आमाको इच्छाको रक्षा गरेका थिए। गणेशको जीवनमा सेवाको एकांकी घटना जब उपलध नै हुँदैन भने उसको पूजन सर्वप्रथम गर्नु-गराउनु मा औचित्य के छ? सर्वप्रथम पूजन गर्नु र गराउनु नै यदि छ भने त्यो श्रवण कुमार अथवा श्रीरामचन्द्र को हुन सक्छ। त्यसो त आज न गणेश यो संसार मा छ, न त श्रवण कुमार कतै देखिन्छन् तथा न श्रीरामचन्द्र नै कतै भेटिन्छन्। उनको पूजा कसरि गर्ने र गराउने? केवल चित्र, मूर्ति या आरती तथा धूप अगरबत्तीको अगाडी टाउको टेक्नु पूजा हैन। पूजाको अर्थ महर्षि दयानन्द सरस्वतीले ‘‘आर्योद्देश्यरत्नमाला’’ मा यस प्रकार लेख्नु भएको छ – ‘‘जो ज्ञानादि गुण भएकाहरुलाई यथायोग्य सत्कार गर्नु नै उसको ‘पूजा’ हो ।’’ आज जे हुँदैछ, त्यो पूजा नभएर अपूजा हो, किनकि महर्षि दयानन्द सरस्वतीले  ‘‘आर्योद्देश्यरत्नमाला’’ मा यो पनि लेख्नु भएको छ कि – ‘‘जो ज्ञानादि रहित जड़ पदार्थ र जो सत्कार गर्न योग्य छैनन्। उनको जो सत्कार गरिन्छ, त्यो ‘‘अपूजा’’हो।’’यदि केहि समय हामि बहसको लागि मानौं कि गणेशले आफ्ना माता-पिताको परिक्रमा गरेको थियो, त्यसैले सर्वप्रथम उसैको पूजा गर्नु पर्छ भने प्रश्न उत्पन्न हुन सक्छ कि जुन गणेशले उक्त कार्य गरेको थियो, त्यो आज हामिकहाँ छैन। पत्थर तथा धातु-काठ बाट बनेको मूर्ति या कागज मा चित्रित गणेश वास्तविक गणेश हैन।तपाइँ पत्थर या कागजको पूजा गराउनु हुन्छ जो जड वस्तु हुन्; ज्ञानरहित, क्रियारहित। त्यसैले त्यसको सत्कार हुन सक्दैन अतः यो कथित गणेशको लागि जे गर्नुहुन्छ, त्यो अपूजा हो कुकर्म हो यसबाट केहि लाभ हुनेवाला छैन तर हानि भने अवश्य हुनेछ र भैरहेको पनि छ।

गणेश पूजन गर्ने नै हो भने सर्वप्रथम गणेश शब्दको अर्थ बुझ्नु आवश्यक छ। ‘गण संख्याने’ यस धातु बाट गण शब्द सिद्ध हुन्छ। यसमा ‘ईश’ वा ‘पति’ शब्द लगाउँदा ‘गणेश’ वा ‘गणपति’ शब्द सिद्ध हुन्छन्। “ये प्रक्रित्यादयो जडा जीवाश्च गण्यन्ते संख्यायन्ते तेषामीशः स्वामी पतिः पालको वा अर्थ = जो प्रक्रित्यादि जड र सबै जीव प्रख्यात पदार्थहरुको स्वामी हो र तिनको पालन गर्छ, त्यसैले ईश्वरको नाम ‘गणेश’ वा ‘गणपति’ हो।

-(सत्यार्थप्रकाश, प्रथम समुल्लास)

परमपिता परमेश्वरको अनेकौं गुणवाचक, कर्मवाचक, सबन्धवाचक नाम छन्। तिमध्ये शिव, गणेश, ब्रह्मा, विष्णु, इन्द्र तथा सरस्वती आदि नाम पनि हुन्। वेद जो सृष्टिको प्रथम दिनमा नै ईश्वरले दिएको हो, त्यस दिनमा यी नामका शरीरधारी कुनै मनुष्य थिएनन्। सामाजिक व्यवहारको लागि मनुष्यहरुको नाम राख्नु आवश्यक हुन्छ, अतः वेदमा प्रयुक्त शब्दहरुको आफ्नो या आफ्नो सन्तानहरुको नामाकरणको लागि प्रयोग गर्नु परेको थियो। आज पनि त्यस्तै भैरहेको छ। वेदमा यदि गणेश पूजाको आदेश छ भने त्यो सदैव रहीरहने शरीर विहिन गणेश-(ईश्वर) नै हो, पछी शरीरधारी भएको कुनै गणेश नामक व्यक्ति संग कुनै सम्बन्ध छैन। अस्तु..

नमस्ते..

मूल लेखक:- इन्द्रजित देव

महामृत्युंजय मन्त्र

ओ३म्

त्र्यम्बकं यजामहे सुगन्धिम् पुष्टिवर्धनम्।

उर्वारूकमिव बन्धनान्मृत्योर्मुक्षीय मामृतात्।।

(ऋग्वेद:७/५९/१२/ शुक्ल यजुर्वेद: ३/६०/ निरुक्तम्:१३/४५/ वैतान श्रौतसूत्रम्: ९/१९; )

भावार्थ:

“हाम्रो पुरुषार्थ, बल, वुद्धि, पराक्रम बढाउने तथा हामीलाई आरोग्य तथा पुष्टि प्रदान गर्ने तीनै काल (भूत, वर्तमान र भविष्य) का अखण्ड एकरस ज्ञाता, जीव, प्रकृति-परमाणु तथा लोक-लोकान्तरका रक्षक हे परमपिता परमात्मा..! हामी प्रतिदिन उत्तम प्रकारले  वेद विधि अनुसार तपाइँको पूजा-उपासना-भक्ति तथा तपाइँको आज्ञानुसार व्यवहार गर्ने गर्दछौं । जसरि लताको बन्धनमा जकडिएको काँक्रो या खरबुजो पाकेर सुगन्धित, पुष्टिकारक एवं मधुर स्वादयुक्त भएर लहरा बाट स्वतः छुट्छ, त्यसरी नै हे परमेश्वर ! हामी पनि यशस्वी भएर जन्म-मरणको भयङ्कर दुःखदायक बन्धन बाट छुटेर तपाइकै कृपाले मोक्ष प्राप्त गर्न सकौं।”

यो मन्त्र ईश्वरको रचना हो र हामीलाई यस आशयले प्रदान गरिएको हो कि हामी ईश्वरसंग यसै द्वारा प्रार्थना गरौँ र स्वस्थ जीवनको लागि आयुर्वेद आदि ग्रन्थहरुमा दिइएको सबै नियमहरु पालन गर्दै ईश्वर स्तुति-प्रार्थना-उपासना गरेर बन्धनहरु बाट छुटेर मुक्ति प्राप्त गर्न सकौं।

 

  • त्रि = तीन
  • यम्बकम् = रक्षक (तीनको रक्षक)
  • त्र्यम्बकं = तीनै काल (भूत, वर्तमान र भविष्य) का अखण्ड एकरस ज्ञाता तथा समस्त जीव, प्रकृति-परमाणु तथा लोक-लोकान्तरका रक्षक इश्वर
  • यजामहे = हामी उसको पूजन-भक्ति-ध्यान तथा उपासना गर्दछौं, उसको सम्मान गर्दछौं, उसको आज्ञा अनुसार व्यवहार गर्दछौं
  • सुगंधिम = मीठो वासना भएको, मधुर स्वादिलो एवं सुगंधित
  • पुष्टिः = एक सुपोषित स्थिति, फल्ने फूल्ने, समृद्ध जीवनको परिपूर्णता, पालन
  • वर्धनम् = त्यो जसले पोषण गर्दछ, शक्ति दिन्छ, (स्वास्थ्य, धन, सुखमा ) वृद्धिकारक; जसले हर्षित गर्दछ, आनन्दित गर्दछ र आरोग्यता प्रदान गर्दछ, एक उत्तम माली
  • उर्वारुकम = काक्रो या खरबुजा
  • इव = जस्तै, जसरि, भाँती
  • बन्धनात = बन्धन देखि
  • मृत्योः = मृत्युको भयङ्कर दुःख देखि
  • मुक्षीय = मुक्ति देऊ, छुटाई देऊ
  • मा = मलाइ/मेरो लागि (निषेध वाचक रुपमा पनि प्रयोग हुन्छ)
  • अमृतात = अमरता, मोक्ष प्रदान गर

– (हार्दिक आभार:  स्वामी सत्यपति परिव्राजक)

गौ हत्यारालाई वेदमा छ मृत्युदण्डको विधान

ओ३म्..

गौ हत्यारालाई वेदमा छ मृत्युदण्डको विधान

Untitled

गौ हत्याको बारेमा सनातन वैदिक धर्ममा कस्तो व्यवस्था छ र वेदले के भन्छ? यसको बारेमा धेरैजसोलाई जानकारी नै छैन। अधिकांस मानिसहरुले यसलाई एक राजनीतिक मुद्दा नै मान्ने भूल गर्दछन् तर यदि हामिले सत्य सनातन वैदिक धर्मको आधार स्तंभ वेदका पन्ना पल्टाएर हेर्नेहो भने थाहा हुनेछ कि गौहत्या हाम्रा लागि यत्रो संवेदनशील मुद्दा किन छ। धेरैजसोले सोध्ने गर्दछन् वेदमा गौहत्या गर्नेहरुका लागि के आदेश छ?

सत्य सनातन वैदिक धर्म तथा संस्कृतिको पक्षपाती आर्यहरुको देश नेपाल जसले वेदलाई आफ्नो एकमात्र आदर्श तथा धर्म ग्रन्थ मान्दछ, अहिले केहि विदेशी दलालहरुको चंगुलमा फसेर धर्मनिरपेक्ष देशमा परिणत भएको छ र यहाँ अहिले केहि मानवता विरोधी शक्तिहरुले आफ्नो तथाकथित् धर्म-पुस्तकलाई नै सबैथोक मानेर त्यहि हिसाबले विधेयक ल्याउने र कानून बनाउने कोशिशमा लागेका छन् र नेपालको लाखौँ वर्षको इतिहास र शान्तिपूर्ण छविलाई धमिल्याउने कुत्सित तथा घृणित चेष्टा गर्दैछन्। तथाकथित् कम्निष्टका जनहत्यारा नेताहरु भ्याटिकन पोपको दलाल भैसकेका हुनाले र अहिले देशको वागडोर पनि उनकै हातमा भएको हुनाले  यसमा निकै हद सम्म सफल पनि हुन सक्छन्। उनिहरुले यस आर्य देशमा गोहत्यालाई वैधानिकता दिन न्वारन देखिको बल लगाएर लागेका छन्।

हुनत संविधानमा त्यतिबेलाको जन दवाफकै कारणले गाईलाई राष्ट्रिय जनावर घोषणा गरिएको छ तर यसैको विरोधमा  हाल आसुरी शक्ति- ईसाईहरुले  कुनै पनि हालतमा गौहत्यालाई आफ्नो मौलिक अधिकार घोषित गराउन र संविधानको उक्त प्रावधान संशोधन गराउनको लागि ठूलो धनराशी खर्च गर्दैछन्। नेपालका कम्निष्ट मुकुण्डो धारी नेताहरु तिनको चंगुलमा फस्न सक्ने ठूलो सम्भावना देखिन्छ।

त्यसको विरोधमा अब हामीहरु पनि गौहत्यारालाई मृत्युदण्डको प्रावधान हुनु पर्ने माग राखेर सडकमा उत्रिनु पर्छ। हाम्रो आवाज सुन्ने प्रयास गरिएन भने एउटै मार्ग बच्नेछ, त्यो हो – विद्रोह। किनकि विद्रोह जनताको अधिकार पनि हो। हामि आफ्नो सनातन अधिकारको लागि विद्रोह गर्न पनि तयार हुनु पर्दछ।  गौहत्याराको लागि वेदमा मृत्युदण्डको विधान छ; यसको प्रमाण अनेकौं स्थानमा भेट्न सकिन्छ। चारै वेदले गौमाताको महिमा गाउँछन् भने विडम्वना नै भनौं, यहाँ केहि आसुरी शक्तिका पक्षपोशक- मुठ्ठीभर ईसाई तथा धुर्त कम्निष्टहरु गौमांस खान पाउने कुराको वकालत गर्दैछन्।

र यसमा कसैले कुनै पनि किसिमको विरोध नगर्नु सनातन धर्म प्रतिको स्नेह र वेद प्रति विश्वासको अभाव नै भन्न सकिन्छ। वेद सनातन धर्मको मूल आधार हो, हेर्नुस्, वेदले गौहत्याराको लागि के गर्ने आदेश दिएको छ:-

यः पौरुषेयेण क्रविषा समङ्क्ते यो अश्व्येन पशुना यातुधानः|

यो अघ्न्याया भरति क्षीरमग्ने तेषां शीर्षाणि हरसापि वृश्च||

(अथर्ववेद: ८/३/१५/ ऋग्वेद: १०/८७/१६)

अर्थात, जुन मनुष्यले घोडा या अन्य पशुहरु जस्तै गाईको मासु खान्छ तथा दुध दिने र कहिल्यै नमार्न योग्य (अघ्न्या) गाईको दुध हरण गर्दछ र प्राणिहरुलाई उसको दुधबाट वंचित गर्दछ, राजाले तलवारको तेज प्रहारले त्यस्ताको सिर काटिदिनु।

यदि नो गां हंसि यद्यश्वं यदि पुरुषम्।

त्वं त्वा सीसेन विध्यामो यथा नो असो अवीरहा।  (अथर्ववेद: १/१६/४)

हे शत्रु! यदि तैंले हाम्रा गाई, घोडा या मानिसलाई मार्दछस् भने हामि तँलाई सीसाको गोलिले मारिदिने छौं ताकि तैंले हाम्रा वीरहरुलाई मार्न पाउने छैनस|

अक्षराजाय कितवं कृतायादिनवदर्शं त्रेतायै कल्पिनं द्वापरायाधिकल्पिनमास्कन्दाय

स्भास्थाणुम् मृत्यवे गोव्यच्छमन्तकाय गोघातं क्षुधे यो गां विकृन्तन्तं भिक्षमाणउप तिष्ठति

दुष्कृताय चरकाचार्यं पाप्मने सैलगम|| ~यजुर्वेद 30.18

पासा खेल्ने जुवारिहरुका बीच राजाले चतुर पुरुषलाई नियुक्त गर। राज्यको कार्य व्यवस्था नियमित गर्नको लागि राष्ट्रको रस (कर) लिन मुख्य पदाधिकारीहरुलाई नियुक्त गर। गौ आदि कल्याणकारी पशुहरुलाई कष्ट दिनेहरुलाई मृत्युदण्ड देऊ।

गौलाई मार्ने व्यक्तिलाई जल्लादको हातमा सुम्पिदेऊ। अन्नको भीख माग्दै प्रजाजन उपस्थित भए भने त्यसको भोक निवृत्तिका लागि कृषकलाई नियुक्त गर। भोज्य पदार्थको लागि आचार्यलाई नियुक्त गर जसले पुष्टिकारक भोजनको लाभको बारेमा उपदेश गरोस् र खराब भोजन बाट हुने हानिको बारेमा अवगत गरावस्, यसबाट मानिसहरु खराब आचार-व्यवहारलाई छोडेर उत्तम आहार-विहार गर्न सिकुन्।  पाप कार्यलाई रोक्नको लागि दुष्टहरुका संतान, शिष्य तथा साथिहरुलाई पनि दण्डित गर|

यसबाट सिद्ध हुन्छ कि वेदमा गौहत्याराको लागि मृत्युदण्डको प्रावधान छ। केवल यसलाई हाम्रो समाजमा अवगत गराउनु मात्र छ।

अस्तु..

नमस्ते..!

सत्य सनातन वैदिक धर्मको जय..!

ईश्वरको यथार्थ स्वरूपलाई कसले जान्दछ?

ओ३म्..

स पर्यगाच्छुक्रमकायमव्रणमस्नाविरं शुद्धमपापविद्धम्‌।
कविर्मनीषी परिभूः स्वयम्भूर्याथातथ्यतोऽर्थान्‌ व्यदधात् शाश्वतीभ्यः समाभ्यः ॥

(यजुर्वेद:४०/८ तथा ईशोपनिषद:८)

(भावार्थः ईश्वर सर्वव्यापक छ, जगत उत्पादक, शरीर रहित, शारीरिक विकार रहित, नाडी र नसाको बंधन रहित, पवित्र, पाप रहित, सूक्ष्मदर्शी, ज्ञानी, सर्वोपरि वर्तमान, स्वयंभू: (उसलाई बनाउने कोहि छैन, ऊ स्वयं उत्पन्न भएकोहो) अर्थात् अजन्मा छ, त्यसैले नै अनादि काल देखि जीवहरुको लागि ठिक ठीक कर्मको विधान गर्दछ।)

ईश्वरको यथार्थ स्वरूपलाई कसले जान्दछ?’

  • संसारमा ईश्वरलाई मान्ने र नमान्ने दुई श्रेणिका मानिसहरु छन्। ईश्वरको अस्तित्व स्वीकार नगर्नेलाई नास्तिक भनिन्छ।
  • जो नास्तिक छन्, उनीहरुले ईश्वरको सत्य स्वरूपलाई जान्दछन् भन्ने कुराको अपेक्षा पनि गर्न सकिन्न।
  • जसले ईश्वरलाई मान्दछन्, ईश्वरको अस्तित्वलाई स्वीकार गर्दछन्, के तिनीहरु सबैले ईश्वरको सत्य स्वरूपलाई जान्दछन्? यसको उत्तर नकारात्मक नै आउँछ। ति सबै आस्तिकहरुले ईश्वको सत्य स्वरूपलाई जान्दैनन्।
  • ईश्वरको यथार्थ स्वरूपलाई केहि अत्यन्त थोरै मानिसहरुले मात्र जान्दछन्।
  • ईश्वरलाई यथार्थ रूपमा जान्नेहरु ति मानिस हुन् जसले वेद तथा आर्ष ग्रन्थहरुमा सत्यार्थ प्रकाश सहित ऋषि दयानन्दका साहित्य एवं वेदांग, उपांग सहित उपनिषद तथा विसुद्ध मनुस्मृति आदिको यथार्थ ज्ञान राख्दछन्।
  • अर्को शब्दमा भन्न सकिन्छ कि जो मानिस वैदिक सनातन धर्मी आर्य हुन्, निरन्तर आर्ष साहित्य स्वाध्याय गर्दछन्, चिन्तन तथा मनन गर्दछन्, जसले शुद्ध सात्विक भोजन तथा छल-कपट रहित ईश्वरको आदेशानुसार शुद्ध व्यवहार गर्ने गर्दछन्, तिनीहरुले नै ईश्वरको यथार्थ स्वरूपलाई जान्दछन्।
  • इतर जो आस्तिक हुन्, जसले भन्ने गर्दछन् कि हामि पनि ईश्वरलाई मान्ने गर्दछौं, उनीहरुको बारेमा यो भन्न सकिन्छ कि उनको ईश्वर-ज्ञान अधुरो तथा केहि यथार्थ स्वरूपको विपरीत हुनाले मिथ्याज्ञान युक्त ज्ञान हो।
  • जसले मूर्ति पूजा गर्दछ, अवतारवादलाई मान्दछ, जसको जीवन सामाजिक भेदभाव युक्त छ, जसले फलित ज्योतिषलाई मान्दछ, जसले वैदिक विधिले ईश्वरोपासना गर्दैन, उसको बारेमा भन्नु पर्दा यहि भन्न सकिन्छ कि उसले ईश्वरको यथार्थ स्वरूपलाई जान्दैन।
  • केहि यस्ता मानिसहरु पनि छन् जसले भन्ने गर्दछन् कि ईश्वर माथि या कुनै विशेष आकास तथा स्थानमा रहन्छ, ति पनि अविद्या ग्रस्त हुनाले ईश्वरको यथार्थ स्वरूप देखि परिचित छैनन्।
  • यस्तो पनि मत छ जसका अनुयायीहरुले ईश्वरलाई पाप क्षमा गर्ने मान्दछन्। पाप क्षमा गर्नुको मतलब हुन्छ झनै ठूलो महापापलाई प्रोत्साहन दिनु। यदि हाम्रा पाप कर्महरु क्षमा हुन थाले या हाम्रा गलत कार्यहरुलाई क्षमा गर्न थालियो भने हामी अरु अधिक असावधान हुन्छौं र पटक-पटक गल्ति गर्दै जान्छौं किनकि हामी जान्दछौं कि क्षमा मागेर अपराध तथा उसको दण्ड बाट बच्नेछौं। पाप क्षमा हुन्छ भन्ने मिथ्या सिद्धान्तले व्यक्तिमा दोष, अवगुण तथा समाजमा अपराध बढ्ने गर्दछन्।
  • जसले कुनै निश्चित फलानो मतका अनुयायिहरुको पाप तथा गल्तिलाई मात्र ईश्वरले क्षमा गरिदिन्छ भनेर मान्ने तथा भन्ने गर्दछन्, उनीहरुले पनि ईश्वरको सत्य स्वरूपलाई यथार्थतः जान्दैनन्।
  • जो मानिस सिधा-साधा-अशिक्षित, भोका, निर्धन, रोगी, कमजोर तथा दुःखीहरुको धर्म परिवर्तन गर्नमा संलग्न छन्, तिनीहरुले पनि सच्चा ईश्वरलाई जान्दैनन् र कदापि जान्न पनि सक्दैनन्।
  • उनको यो काम धर्म सम्मत नभएर धर्म विरोधी हुन्छ; यस पछिको उद्देश्य पनि राम्रो हुँदैन। यस्ता मानिसहरुलाई धर्मको विषयमा चर्चा गर्नको लागि आमंत्रित गर्नेहो भने नजिक पर्दैनन् तर येन केन प्रकारेण धर्मान्तरण गर्नमा तत्पर रहन्छन्।
  • मलाइ लाग्छ, ति मानिसहरुले त्यस्ता निन्दनीय कर्मको फल उनको मृत्यु पछी पुनर्जन्ममा नै प्रायः पाउँछन् होला।
  • शोषित-पिडित-उपेक्षित तथा निर्धन र निर्बल मानिसहरुको धर्म परिवर्तन गर्नुको साटो आँफूलाई धार्मिक भन्न रुचाउनेहरुले यिनको सच्चा हृदयले सेवा गर्नु पर्छ, यही उनको यथार्थ धर्म हो। ईश्वरले पनि समस्त मनुष्यहरु बाट यहि अपेक्षा गर्दछ।
  • ईश्वरले नै यो समस्त सृष्टि, मनुष्य तथा इतर सब प्राणिहरुलाई बनाएको हो।
  • यो सृष्टि ईश्वरले जीवात्माहरुको लागि उनका पूर्व जन्मका अवशिष्ट कर्महरुको फल भोग गर्नको लागि बनाएको हो।
  • मनुष्यहरुले आ-आफ्ना कर्मको भोग भोग्दै मोक्ष प्राप्तिका लागि गजत कल्याण तथा परोपकार एवं सेवा आदि कार्य पनि गर्दछन्।
  • पशु-पंक्षी तथा अन्य जीवहरुले आ-आफ्ना कर्मफलको भोग मात्र गर्दछन्।
  • ईश्वरले कुनै पनि मनुष्यलाई यो अधिकार दिएको छैन कि उसले आफ्नो भोजन-मनोरंजन तथा जिब्रोको स्वादका लागि पशु-पंक्षीहरुको जीवन नष्ट गरोस् र पिडा तथा हानि पुर्‍याओस्
  • यस प्रकारको कर्म ईश्वरिय व्यवस्थाको विरोध तथा ईश्वरलाई चुनौती दिनु हो।
  • यदि कुनै मनुष्यले, मत-पन्थ-सम्प्रदायले माछा-मासु-अण्डा आदि तामसिक भोजन गर्नुमा कुनै पाप छैन भन्ने मान्दछन् भने यो निक्कै ठूलो भूल गर्दैछन्। यस्ता मानिसहरुले पनि ईश्वरको सत्य स्वरूपलाई जान्दैनन्।
  • यसरि चिन्तन गरेर यहि निष्कर्षमा पुग्न सकिन्छ कि जो मानिसहरु वेदको यथार्थ स्वरूप देखि परिचित छन् तथा जसले वेदानुकूल वेदका अंग-उपांग सहित विसुद्ध मनुस्मृति, सत्यार्थ प्रकाश, ऋग्वेदादिभाष्यभूमिका, आर्याभिविनय, पंचमहायज्ञविधि आदि ग्रन्थहरु पढेको छ र सम्झे-बुझेको छ, त्यसैले ईश्वरको सत्य स्वरूपलाई जान्दछ।
  • त्यस्तो व्यक्तिले न मांसाहार गर्दछ, न कसैको शोषण गर्न सक्छ, न कसैलाई अन्याय गर्न सक्छ, त्यस्तो व्यक्ति ईश्वरको सत्य स्वरूपको उपासक हुन्छ, ऊ जगत कल्याण, परोपकार तथा सेवा भावी हुन्छ, माता-पिता तथा आचार्यहरुको आदर-सत्कार र सम्मान गर्ने हुन्छ, सद्कर्महरुको सेवन गर्ने हुन्छ तथा नियमित स्वाध्याय गर्नुको साथै वैदिक तथा आर्य विद्वानहरुको ज्ञानयुक्त उपदेशलाई श्रवण गर्दछ। त्यस्तो व्यक्तिको बारेमा यहि भन्न सकिन्छ कि उसले ईश्वरको सत्य स्वरूपलाई जान्दछ।
  • मेरो दृष्टिमा ईश्वरलाई मान्नेहरु, उसको अस्तित्वलाई स्वीकार्नेहरु जति सबै आस्तिक मतका मानिसहरु भएता पनि ईश्वरको सत्य तथा यथार्थ स्वरूपलाई जान्नेहरू भने कमै मात्र हुन्छन् ति मध्ये अधिकांश वैदिक सनातन धर्मी आर्यसमाजका अनुयायी नै सिद्ध हुन्छन्।
  • हाम्रो कर्तव्य हुनु पर्दछ कि हामी आफ्नो अनुकरणीय आचरण तथा वाणीले प्रचार गरेर अन्य मत-पन्थका अनुयायिहरुको अविद्या समाप्त गर्ने प्रयास गरौँ जसबाट सबै एक मतस्थ हुने दिशामा केहि अघि बढ्न सकियोस्।
  • निष्कर्ष यहि हो कि संसारमा ईश्वरको सत्य स्वरूपलाई जान्ने मानिसहरु निक्कै कम मात्र छन्।
  • जसले ईश्वरलाई जान्दछन्, तिनमा पनि निक्कै कम मात्रले ईश्वरको यथार्थ उपासना गर्ने गर्दछन्।
  • ईश्वरको सत्यस्वरूपको प्रचार-प्रसारमा आर्यसमाजको उत्तरदायित्व सबभन्दा अधिक छ। त्यसैले आर्यसमाजीहरुले शिथिलता त्यागेर प्रभावशाली प्रचार गर्नु पर्ने आजको आवश्यकता हो। इति ओ३म् शम्।

नमस्ते…!

सत्य सनातन वैदिक धर्मको जय..!

के येशु स्वयं मरेर आफ्नो बलिदान दिएको र पुनः जीवित पनि भएको थियो?

ओ३म्..

के येशु स्वयं मरेर आफ्नो बलिदान दिएको र पुनः जीवित पनि भएको थियो?

विषयलाई पढेर तपाइँहरु अवश्य आश्चर्यमा पर्नुभयो होला कि यो के लेख्यो तर सबै ईसाईहरुले यस्तै मान्ने गर्दछन्। ईसाईहरु भन्ने गर्दछन् कि येशुले स्वयं आफ्नो बलिदान संसारका समस्त मनुष्यहरुका लागि दियो जसबाट अहिले जसले ईसालाई “परमेश्वरको पुत्र” मान्दछ, त्यो निश्चित रुपमा स्वर्ग जान्छ। यो केवल मात्र एक कपोल कल्पना नै हो। किनकि यदि येशुले आँफूलाई आँफै बलिदान दिएको हुन्थ्यो भने त क्रुसमा झुन्ड्याउनु भन्दा पहिले या क्रुसमा झुन्ड्याइए पछी आफ्नो प्राण निस्कन लाग्दा पिडा र मृत्युको डरले दुःखी हुने थिएन र आफ्नो ज्यान बचाइदिन भनेर ईश्वर संग प्रार्थना पनि गर्ने थिएन। र न त उसको एक पटक प्राणपखेरु उडिसके पछी ऊ पुनः जीवित नै भएको थियो। तर मूर्ख ईसाईहरुलाई यसमा पनि शायद कुनै संदेह देखिन्न त्यसैले यहि भ्रान्तिलाई निक्कै महान चमत्कार भएको भन्दै अज्ञानी तथा सिधा-साधा अनपढ हिन्दु दाजु-भाइ तथा दिदी-बहिनीहरुलाई बहकाउँदै स्वर्गको झुटो आशा देखाउँदै छन् र ति सिधा-साधा अशिक्षित हिन्दु दाजु-भाइ तथा दिदी-बहिनीहरु पनि यहि स्वर्गको लालचमा आएर यस्तो भ्रान्तिलाई चमत्कार मानेर अंगीकार गर्दै आफ्नो शुद्ध सत्य सनातन वैदिक धर्म र संस्कृति छोडेर ईसाइहरुको अन्धविश्वास र पाखण्ड रुपी चंगुलमा फस्छन्।

यसकिसिमको चंगुलमा फसेर त कसैले कह्ल्यै स्वर्ग अथवा नरकलाई सम्झन र बुझ्न नै सक्दैन। र मुक्तिको विषयमा त सोध्नु नै व्यर्थ छ किनकि जुन व्यक्ति अंधविश्वास र पाखण्डमा सदैव लिप्त रहन्छ ऊ कहिल्यै पनि यस जन्म-मरण रुपी चक्रबाट मुक्त हुन सक्दैन। अँ, आफ्नो कृत कर्म द्वारा स्वर्ग (सुख विशेष) र नरक (दुःख विशेष) प्राप्त भने अवश्य गर्दछ। र यस प्रकारको स्वर्ग र नरक प्राप्त गर्नको लागि कुनै येशु, मुशा या मुहम्मद आदिको औंलो समात्नु पर्ने या तिनको काँडादार मार्गमा हिँड्नु पर्ने आवश्यक छैन। किनकि जसले जस्तो कर्म गर्दछ, त्यसले त्यस्तै किसिमको फल भोग्नु पर्छ, यो ईश्वरीय विधान या वैदिक मान्यता हो। यसमा कुनै तथाकथित “ईश्वरको पुत्र” या मशिया-नबी-रसूल आदि कसैले पनि केहि कम-बढी या थप-घट गर्न सक्दैनन्।

अब हामि मूल बिषयमा ध्यान दिन्छौं। विषय छ- “के येशु स्वयं मरेर आफ्नो बलिदान दिएको र पुनः जीवित पनि भएको थियो?

पूरा बाइबल (पूरानो तथा नयाँ भाग) लाई यदि ध्यानपूर्वक पढ्नेहो भने सबैको सबै प्रकारको संशय स्वयं मेटिन्छ। किनकि अलग अलग अध्यायमा अलग अलग किसिमले भनिएको छ, जसबाट येशुको मृत्युमा नै शंका उत्पन्न हुन्छ।

पुनः जीवित भएको कुरो त छोडीदिउँ, कुनै व्यक्ति पुनः जीवित हुने कुरो तब मात्र सम्भव या असम्भव जे भए पनि होला जब ऊ साँच्चीकै मरेको होस्..! बाइबल पढ्दा त यही ज्ञात हुन्छ कि येशु भन्ने कुनै व्यक्ति मरेको नै थिएन, ऊ जिउंदै थियो। त्यसैले मरेर पुनः जीवित हुने प्रश्नै भएन र जब ऊ मरेकै थिएन भने बलिदान कसरि भयो?

सत्यता यहि हो कि आफ्नो ज्यान बचाउनको लागि येशुले ईश्वर संग अनेक पटक करुण पुकार तथा प्रार्थना गरेको देखिन्छ, यहाँ सम्म कि जुन समयमा येशुलाई सूलीमा चढाइएको थियो, त्यस समयलाई नै स्वयं हटाउनको लागि प्रार्थना गरिएको थियो।

आउनुहोस् यहाँ सप्रमाण सम्झने प्रयास गरौँ:-

  • उहाँचाहिँ अलिक पर गएर भूइँमा घोप्‍टो परी यसो भन्‍दै प्रार्थना गर्न लाग्‍नुभयो, “हे मेरा पिता, हुन सक्‍छ भने यो दुःखको घुट्को मबाट हटाइदिनुहोस्।” (मत्ती: २६/३९/ मरकुस: १४/३६)
  • उहाँचाहिँ अलिक पर गएर भूइँमा घोप्‍टो परी ‘हुन सके आउन लागेको कष्‍टको समय मदेखि हटोस्’ भनेर प्रार्थना गर्न लाग्‍नुभयो।(मरकुस:१४/३५)
  • यति भनिसक्‍नुभएपछि येशू एकदम विचलित हुनुभयो..। (यूहन्ना: १३/२१)
  • येशू आफ्‍नो शारीरिक जीवनमा हुनुहुँदा आफूलाई मरेकोबाट बचाउन सक्‍नुहुनेसँग रुँदै आँसु बगाएर बिन्‍ती र प्रार्थना चढाउनुभयो।(हिब्रू: ५/७)
  • तीन बजेतिर येशूले ठूलो सोर निकालेर भन्यो, “इलोई-इलोई लामा सबखथनी?” यसको अर्थ हो, “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, मलाई किन त्‍याग्‍नुभयो?” (मत्ती: २७/४६)

येशु द्वारा गरिएका उपरोक्त बिलाप, करुण पुकार तथा रोदनयुक्त प्रार्थनाबाट यहि स्पष्ट हुन्छ कि येशुले कुनै बलिदान दिएको थिएन किनकि बलिदानमा यस्ता करुण पुकार, रोदन तथा प्रार्थनाहरु हुँदैनन्। उदहारणको लागि अमर हुतात्मा शुक्रराज शास्त्री, दशरथ चन्द, गंगालाल श्रेष्ठ तथा धर्म भक्त माथेमा आदि वीरहरुको वलिदानलाई हेर्नुहोस्  जब उहाँहरुलाई प्राण-दण्डको लागि लगिदै थियो, तब उहाँहरुको अनुहारमा कुनै पनि प्रकारको दुःख झल्कदैन थ्यो बरु देश र जनताको लागि वलिदान हुने असिम आनन्द र सुख थियो; उहाँहरुले गर्वका साथ हाँसी-हाँसी मृत्यु वरण गर्नु भएको थियो।  यसलाई भनिन्छ बलिदान। कति महान छ यो वलिदान..!

अब यी रुन्चे ईसाईहरुले यसलाई कसरि येशुको बलिदान थियो भनेर सिद्ध गर्लान् खै..!? सत्य कुरो यहि हो कि येशु स्वयं स्वेच्छाले सूलीमा चढेको थिएन। उसलाई त गलत काम गरेको हुनाले दण्डित गरिएको थियो किनकि येशुले आँफूलाई “ईश्वरको पुत्र” घोषित गर्ने जस्तो मिथ्या चाल चलेको थियो जुन त्यस देशको त्यस समयको कानूनको नजरमा दण्डित कृत्य थियो।

जेसुकै होस्, अहिले ईसाई भेडाहरुले केवल यत्ति कुरो भनुन कि जब येशुले आफ्नो बलिदान नै दिएको थिएन जुन कुरो बाइबलले स्वयं सिद्ध गर्दछ भने ईसाईहरु “येशुले आफ्नो बलिदान मनुष्यहरुका लागि दिनुभयो र जसले येशुलाई मान्दछ, त्यो स्वर्गको अधिकारी हुनेछ” भनेर किन लाटोकोसेरा झैं चिच्याउने गर्दछन् ?

अझैं पनि समय छ, यस्तो प्रकारको मिथ्या प्रचार र पाखण्ड छोडेर सत्य सनातन वैदिक धर्म र संस्कृतिलाई अपनाउ। चाहे येशुलाई मान या नमान आ-आफ्नो कर्मको आधारमा नै सबै मानिसहरु स्वर्ग (सुख विशेष) का अधिकारी छन्। त्यसैले यो मिथ्या तथा काल्पनिक स्वर्गको लालच छोडेर शुद्ध र सात्विक कृत्य गर र वेद मार्ग तिर फर्क। अस्तु..

नमस्ते..!

सबको मनमा अभय, वैदिक धर्मको जय..!

अजान के हो?

ओ३म्..

अजान के हो?

आजन

यो वेदबाट लिइएको वैदिक एकेश्वरवादकै एउटा नक्कल हो भन्दा अत्युक्ति नहोला तर यसमा आफ्नो छुट्टै सम्प्रदाय अघि बढाउनको लागि स्वार्थवश ईश्वरको एकदम समिपमा मुहम्मदलाई बसालेर साम्प्रदायिक रङ दिइयो र एकेश्वरवादको धज्जी उडाइएको छ।
जतिसुकै प्रलाप गरे पनि इस्लाममा अल्लाह र मुहम्मद एकार्काका परिपुरक हुन्, त्यसैले एकेश्वरवादको सिद्धान्त खण्डित भएको छ..!

• के अजान लाउड स्पीकर मार्फत नै हुनु आवश्यक छ?
• अजानको बारेमा मुहम्मदको मान्यता के थियो?
• लाउड स्पिकरको आविस्कार हुनु भन्दा पहिले कसरि गरिन्थ्यो?
• के यो इस्लामको अहम कडी हो या साम्प्रदायिक उद्दण्डता?
• यो अजान, अज्ञान हो या अन्जान?!!!
सबैको मनमा यस्ता-यस्ता प्रश्नहरु अवश्य उठ्ने गर्दछन् होला, स्वयं धेरै जसो मुस्लिमहरुको मनमा पनि उठ्ने गर्छन् सायद…
कहिले काहीं यहि बिषयलाई लिएर संसारका कतिपय देशमा निक्कै विवादको सिर्जना पनि हुने गर्दछ र हिंसात्मक झडप पनि। अजान कहिले काहीं समाचार माध्यम तथा सामाजिक संजालहरुमा ठूलो चर्चाको बिषय पनि बन्छ। सबैको एउटा कुरामा ध्यान जान्छ कि आखिर यो अजान भनेको के हो त? र अजानले हामीलाई के भन्छ ? पूरा अजानको अर्थ केहो? यो कहिले देखि सुरु भयो,कसरि सुरु भयो कल्ले सुरु गर्यो?
यसको अलिकति इतिहास हेरौं:-

अजानको इतिहास:
(प्रमाण:- हदिथ-साहीह्-बुखारी: १/११ /५७७-५८१)
मुहम्मदको समयमा साउदी अरबको मदीना सहरमा जब सामूहिक नमाज पढ्नको लागि मस्जिद बनाईयो तब यो कुराको आवश्यकता महसुस भयो कि मानिसलाई नामाजका लागि कसरि थाहा दिएर बोलाउने? उनीहरुलाई नमाजको समय भयो भनेर कसरि सूचित गर्ने? मुहम्मदले जब यस बारेमा आफ्ना मित्रहरु संग सल्लाह गरेर सुझाव मागे तब सबैले आ-आफ्नो किसिमले अलग-अलग सुझाव दिए। कसैले भने कि प्रार्थनाको समयमा कुनै ध्वज फहराउनु पर्छ। कसैले भने कि कुनै उच्च स्थानमा आगो बाल्नु पर्छ। बिगुल बजाउने र घन्टी बजाउने पनि प्रस्ताव आयो तर मुहम्मदलाई यी कुनै पनि सुझाव मन परेन।
त्यसै रात मुहम्मदका एकजना घनिष्ट अंसारी मित्र हजरत अब्दुल्ला बिन जैदले सपना देखे कि कसैले उनलाई अजान र शान्ति (इकामत) का शब्दहरु सिकायो। उनले बिहान सबेरै उठेर मुहम्मदलाई भेटेर यो सपनाको बारेमा भने। मुहम्मदले यो सपनाको कुरो मन पराए र उक्त सपनालाई अल्लाहबाट आएको एक सच्चा संदेश भनेर त्यसको सम्मान गर्ने कुरो भने।
मुहम्मदले अब्दुल्लाह बिन जैद संग भने – ‘तिमि गएर बिलाललाई अजान यिनै शब्दमा पढ्ने भनेर सूचित गरिदेऊ, किनकि उनको स्वर निक्कै टाँठो छ त्यसैले उनले नै प्रत्येक नमाजको लागि यसैगरी अजान दिनेछन्।’ यसरि बिलालले इस्लामको प्रथम अजान दिएका थिए।

अजानको अर्थ:
अजानको प्रत्येक बोलमा निक्कै गहीरो माने लुकेको छ। अरबीमा अजान भन्ने व्यक्तिलाई मुअज्जिन भनिन्छ। मुअज्जिनले अजानको शुरुवात गर्दै भन्छ कि ‘अल्लाहु अकबर’ (ईश्वर महान छ)। अजानको अन्त्यमा पनि ‘अल्लाहु अकबर’ नै भनिन्छ। र फेरी ‘ला इलाहा इल्लाह’ (ईश्वर वाहेक अरु कुनै उपास्य छैन) को बोलका साथ अजान सम्पूर्ण हुन्छ।
अजानको शुरुवात र यसको सम्पूर्णता ईश्वर (अल्लाह) को महानताका साथ हुन्छ भने यसको बीचको बोलले अजानको महत्व तथा गम्भीरतामा प्रकाश पार्दछ।

पूरा अजान र त्यसको अर्थ:

अल्लाहु अकबर, अल्लाहु अकबर
अल्लाहु अकबर, अल्लाहु अकबर
अर्थ: ईश्वर सबभन्दा महान छ।

अश-हदू अल्लाह्-इलाहा इल्लल्लाह्
अश-हदू अल्लाह्-इलाहा इल्लल्लाह्
अर्थ: म साक्ष्य दिन्छु कि ईश्वरका अतिरिक्त कुनै अर्को उपासनाको योग्य छैन।

अश-हदू अन्ना मुहम्मदर रसूलुल्लाह्
अश-हदू अन्ना मुहम्मदर रसूलुल्लाह्
अर्थ: म साक्ष्य दिन्छु कि मुहम्मद नै ईश्वरका अन्तिम संदेष्टा हुन्।

ह्या ‘अलास्सलाह्, ह्या ‘अलास्सलाह्
अर्थ: नमाज तिर आऊ।

हया ‘अलल फलाह्, हया ‘अलल फलाह्
अर्थ: सफलता तिर आऊ।

अस्‍सलातु खैरूं मिनन नउम्
अस्‍सलातु खैरूं मिनन नउम्
(यो बोल केवल प्रातः काल (फजर) को अजानमा भनिन्छ)
अर्थ: सुतिरहनु भन्दा नमाज उत्तम छ।

अल्लाहु अकबर, अल्लाहु अकबर
अर्थ: ईश्वर सबभन्दा महान छ।

ला-इलाहा इल्लल्लाह
अर्थ: ईश्वर वाहेक अर्को कुनै उपास्य छैन।

(वाह..! क्या गजबको सपना रैछ है..!! के इस्लामको भवन कुनै व्यक्तिको सपनाको जगमा उभिएको छ? अहिलेका मान्छेले सपना देख्नै छोडे क्याहो?)

यी समस्त पाखण्ड छोडेर आऊ वैदिक मार्गी बन, यसैमा मनुष्य जुनीको शार्थकता छ..! अस्तु..

नमस्ते..
सबको मनमा अभय, वैदिक धर्मको जय..!
कृण्वन्तो विश्वमार्यम्…!

जहाँ ज्युदाको कुनै मूल्य छैन..

ओ३म्..

वेदाहमेतं पुरुषं महान्तं आदित्यवर्णं तमसो परस्तात् ।

तमेव विदित्वा मृत्युमत्येति नान्य: पन्था विद्यतेऽयनाय ॥ ।।यजुर्वेद: ३१/१८।।

Untitled

            भावार्थ: मनुष्यले परमेश्वरलाई नै यथावत जानेर ठीक प्रकारले ज्ञानी हुन्छ अन्यथा हुँदैन । जो सबभन्दा महान, सबलाई प्रकाशित गर्ने र अविद्या, अन्धकार अर्थात अज्ञान आदि दोषहरुले अलग छ, त्यहि पुरुषलाई मैले परमेश्वर र इष्टदेव भनेर जान्दछु । उसलाई नजानेर कुनै पनि मनुष्य यथावत् ज्ञानवान हुन सक्दैन । किनकि त्यहि परमात्मालाई जानेर र प्राप्त गरेर नै जन्म-मरणादि क्लेशहरुको समुद्र समान दु:ख देखि छुटेर परमानन्द स्वरूप मोक्ष प्राप्त गर्दछ, अन्यथा कुनै प्रकारले मोक्षसुख प्राप्त हुन सक्दैन । यसबाट यहि सिद्ध हुन्छ कि सबैले उसैको उपासना गर्नु उचित छ। त्यो भन्दा भिन्न अरु कसैको उपासना गर्नु हुँदैन, किनकि मोक्ष प्रदान गर्नेवाला केवल एक परमेश्वर बाहेक अर्को कोहि छैन । व्यवहार र परमार्थका दुवै सुखको मार्ग एक परमेश्वरको उपासना र उसलाई जान्नु नै हो, किनकि यो बिना मनुष्यलाई कुनै पनि प्रकारले सुख प्राप्त हुन सक्दैन। यो भन्दा भिन्न अन्य कुनै मार्ग छैन।

धर्म र ईश्वरको नाउमा आ-आफ्नो दुकान चलाउन, व्यापार चम्काउन, आफ्ना भेडा समान चेलाहरुको संख्या बढाउनको लागि जसले जति पनि प्रपंच गर्दैछन्, ति सबै वेदको सन्देश विपरीत हिड्दैछन्। तिनीहरुले कसैको भलो गर्नु त परै जावस्, अलिकति डुबेकालाई झनै चुर्लुम्म डुबाउनेछन्…!
~~~~~~~ऋग्वेदादिभाष्य भूमिका~~~~

संगठन र एकताको शक्ति

ओ३म्

संगठन र एकताको शक्ति

एकता

 

संगठन सूक्तम् (ऋग्वेद १०/१९१/)

संसमिद्युवसे वृषन्नग्ने विश्वान्यर्य आ ।
इळस्पदे समिध्यसे स नो वसून्या भर ॥१॥
सं गच्छध्वं सं वदध्वं सं वो मनांसि जानताम् ।
देवा भागं यथा पूर्वे संजानाना उपासते ॥२॥
समानो मन्त्रः समितिः समानी समानं मनः सह चित्तमेषाम् ।
समानं मन्त्रमभि मन्त्रये वः समानेन वो हविषा जुहोमि ॥३॥
समानी व आकूतिः समाना हृदयानि वः ।
समानमस्तु वो मनो यथा वः सुसहासति ॥४॥

आज समाजमा ईश्वर, धर्म, पूजा-पाठ, उपासना तथा भक्तिको स्वरूपको बारेमा अनेकौं भ्रान्तिहरु फैलिएका छन्। हामीहरुले वेदको निन्दा तथा अवमूल्यन गर्दैछौं, ईश्वरको आदेशको विपरित कर्म गर्दैछौं। हामीले एक हैन, दस हैन, सय हैन, हजारौं प्रकारका ईश्वर स्वयं निर्माण गरेर त्यसैको व्यापार गर्ने अनर्थ गर्दैछौं। सबभन्दा ठूलो दोष हो यो।

र वैदिक ईश्वर भक्तिको स्वरूप छोडेर हामि मध्ये कुनै लामा-लामा दाह्री-कपाल-नङ पालेर पागल सरि उफ्री-उफ्री नाच्दैछ, कुनै दौड्दैछ, कुनै उठ-बस् गर्दैछ, कसैले दण्ड-बैठक पेल्दैछ, कसैले आफ्नो शरीर तातो पन्यूले डामेकोछ, कसैले आफ्नो शरीरका अंगमा रङ पोतेर रंगाएको छ, कोहि वैदिक सभ्यतालाई कलंकित गर्दै निर्वस्त्र भएर निर्लज्ज घुमेकोछ..! के यहि हो ईश्वर भक्ति? हामि यो के गर्दैछौं? अखिल विश्वलाई के संदेश सम्प्रेषण गर्दैछौं? पहिले हाम्रो स्थितिमा के थियो र अहिले कुन स्थितिमा छौं?

पूजाको स्वरूप हेरौं, जहाँ वर्सेनी हजारौं बालबालिकाहरु दुध खान नपाएर अकाल मर्ने गर्दछन्, त्यहाँ कसैले लगेर ढुङ्गामा दुध चढाउँदैछ, जहाँ जीवितलाई दिनभरी पसिना बगाएर साँझ छाक टार्न धौ-धौ हुने देशमा कसैले निर्जीव-जड वस्तुको अगाडी लगेर पेडा-लड्डू-मनभोग-खिर-फल आदि चढाउँदैछ, कसैले मदिराको धार हाल्दैछ, कसैले गाँजा-भाङ-धतुरो-घोट्टा-चरस चढाउँदैछ ईश्वरलाई..! ईश्वरको नाउमा स्वयं सेवन गर्दै समाजमा एक-एक नयाँ-नयाँ अपराधलाई जन्म दिंदैछ…! मन्दिरमा, उपासना स्थल तथा धार्मिक संस्थानहरुमा मदिरा सेवन गरिदैछ, भाङ-चरस-घोट्टा घोटेर खाइदैछ..! सबभन्दा ठूलो दुष्कर्म, महापाप तथा मानव सभ्यतालाई नै कलंकित गर्ने गरि गाई-गोरु-राँगा-भैंसी-भेडा-बाख्रा-बोका-कुखुरा काटेर खाइदैछ; भगवानको नाउमा उसकै उपासना गर्ने पवित्र स्थलहरुलाई उसकै निर्दोष सन्तान (पशु-पंक्षी) हरुको घाँटी रेटेर तिनको रगतले रगताम्य पारिदैछ..!? यो कुकर्म अन्यत्र कतै हैन, आफ्नै देशमा हुँदैछ, हाम्रै समाजमा चालुछ, आफ्नै भाइ-बन्धुहरुले गर्दैछन् जसलाई वेदमार्गी-हिन्दु भनेर चिनिन्छ। अन्य सम्प्रदायको कुरो छोडौं, तिनको जन्म नै अज्ञानताको गर्भबाट भएको हो, ति बिचराहरुले त काट्छन् र खान्छन् पनि, तिनीहरुले जे गर्दछन्, जे खान्छन् त्यो उनको धर्मग्रंथमा लेखिएको छ। यहाँ आफ्नै वैदिक धर्मी-हिन्दु समाजको कुरो हुँदैछ। जहाँ एक विकृतिको हल भएको हुँदैन कि अरु पाँच नयाँ विकृतिहरुले जन्म लिन्छन्..! के यस्तो सडेगलेको दुर्गन्धयुक्त विचार लिएर हामिले अखिल विश्वलाई नेतृत्व दिन सक्छौं? वेदको साख बचाउन सक्छौं?

यो भयङ्कर अज्ञानता हो, अनेकतामा एकताको भयङ्कर भ्रान्ति फैलाइदै (जसको एकता नै हुन सक्दैन, त्यो अनेकता हो)। यहाँ त्यहि कुरो सम्झाउने प्रयास गरिदैछ। वेदले भन्छ- एक ईश्वर, एक धर्म, एक धर्मग्रन्थ, एक पूजा-उपासना पद्धति, एक संविधान, एक राजा, एक राज्यव्यवस्था, एक सेना, एक शिक्षा पद्धति, एक भाषा, एक वाणी, एक आचार-विचार, एक खानपान, एक चाल-चलन, जब सम्म एकत्व हुँदैन, तब सम्म हामीले यस संसारमा शान्ति प्राप्त गर्न सक्दैनौं।

हामीहरुलाई वेद विरोधीहरु देखि त खतरा छंदैछ त्यो भन्दा पनि बढी खतरा हामीलाई आँफै भित्र पलाएको वेद विरोधी सोंच-विचार-भावना तथा मान्यता बाट छ। जसको विचार भिन्न छ, ईश्वर भिन्न छ, धर्मग्रन्थ भिन्न छ, पूजा पद्धति भिन्न छ, उपासनास्थल भिन्न छ, जीवन जिउने ढंग भिन्न छ, चाल-चलन भिन्न छ, खान-पान भिन्न छ, त्यहाँ आपसमा भेद तथा मनमुटाव सिर्जना हुन्छ। जहाँ भेद हुन्छ, त्यहाँ विरोध हुन्छ, द्वेष हुन्छ, निन्दा-चुक्ली हुन्छ, झगडा हुन्छ, संधर्ष हुन्छ, युद्ध हुन्छ, मार-काट हुन्छ, आतंकवाद फैलन्छ।

त्यसैले विरोध हुनु हुँदैन। नेपालमा यस किसिमको एकताको लागि वैदिक दृष्टिकोणबाट कुनै वेशेष प्रयास गरिएन। विसं१९५३ मा नेपाल आर्य समाजको विधिवत स्थापना गरेर माधवराज जोशी र डम्मरजंग जस्ता अग्रजले कुरीतिको सुधार गरि एकताको प्रयास थाले पनि त्यो त्यति प्रभावकारी हुन सकेन किनकि त्यतिबेला जहाँनिया राणा शासनको एकछत्र दबदबा थियो। त्यसैले उहाँलाई निर्वासनमा जानु पर्यो। पछी वीर हुतात्मा शुक्रराज शास्त्रीले त्यसलाई आन्दोलनको रुप दिनु भयो, फलस्वरूप युवाहरुमा केहि जागरण आउन थालेको थियो, तर विडम्वना नै भनौं, धर्मको नाउमा आफ्नो व्यापार चम्काउने केहि यथास्थितिवादी राणाका चाटुकार पण्डितहरुले चुक्ली लगाइदिए र उहाँलाई विसं.१९९७ माघ-९गते मृत्यु दण्ड दिइयो। त्यस पछी यो आन्दोलन विस्तारै शिथिल भयो।

जबसम्म समाजमा एकता हुँदैन, तबसम्म हामि सुख र शान्ति संग बस्न सक्दैनौं। जुनसुकै देशमा पनि आजभोलिका प्रत्येक समाचार माध्यम तथा सामाजिक संजालहरुमा साम्प्रदायिक उन्माद स्वरूप उपद्रोह, बम बिस्फोट, आतंकवादी आक्रमण आदिको नै सबभन्दा धेरै चर्चा हुने गर्दछ। महानुभाव, यो वेदादेश “संगच्छध्वं संवदध्वं…” र “कृण्वन्तो विश्वमार्यम्…!” लाई चरितार्थ अरु कसले गर्ला? हामीले त गरौंला नि, हामीले नै यो देशको विभाजन गरेका हौँ, विश्वलाई टुक्रा-टुक्रा पारेर बाँडेका हौँ, ईश्वरको अति सुन्दर रचना एक मानव जातिलाई आफ्नो स्वार्थको वशीभूत भएर अनेकौं जात-जाति-वर्ण-मत-पन्थ-सम्प्रदायमा हामिले नै विभाजन गरेकाहौं भने हामि मध्यकै कुनै व्यक्ति अघि सरेर आउला र यो समाज, देश र विश्वलाई एक रूपतामा त्याएर एक पनि अवश्य गर्ला।

त्यसैले यो वेद मन्त्र “संगच्छध्वं संवदध्वं” मा भनिएको छ- एक ईश्वर, एक धर्म, एक धर्मग्रन्थ, एक पूजा पद्धति, एक संगठन, एक समिति, एक शासन व्यवस्था, एक संविधान, एक विचार, एक वाणी, एक शिक्षाप्रणाली, एक भाषा, एक चाल-चलन, एक खान-पिन हुनु अत्यन्त आवश्यक छ।

सेनाको सेनापति एक हुन्छ, विद्यालय, महाविद्यालयमा प्रधानाध्यापक र कुलपति एक हुन्छन्, बैंकमा मेनेजर एक हुन्छ, न्यायालयमा प्रधान न्यायाधीस पनि एक हुन्छ, त्यस्तै गरि धार्मिक क्षेत्रमा पनि जबसम्म एक ईश्वर हुँदैन, एक पूजा पद्धति हुँदैन, एक धर्मग्रन्थ हुँदैन, भक्तिको स्वरूप एक हुँदैन, एक चाल-चलन हुँदैन, एक अनुशासन हुँदैन, तब सम्म हामिले शान्ति प्राप्त गर्न सक्दैनौं। त्यसैले यस वेद मंत्रमा भनिएको छ कि एकत्व ल्याऊ..! केवल एक देश, एक प्रान्त, एक राज्यमा मात्र हैन, अखिल विश्वमा; यो आदेश हो। कति सुन्दर आदेश छ। कुनै एक सम्प्रदायका लागि मात्र हैन, समस्त मानव जातिका लागि हो यो। जबसम्म हिन्दु-मुस्लिम-सिख-ईसाई-यहुदी-जैन-बौद्ध-फारसी-नास्तिक-आस्तिक-उपेक्षितहरु अलग-अलग मत-पन्थ-सम्प्रदाय बनेर रहन्छन्, तबसम्म एकताको स्थापना हुँदैन र शान्ति पनि प्राप्त हुँदैन। यो वेदको आदेश हो। कसले विरोध गर्छ? कसैले विरोध गर्न सक्दैन। अस्तु..!

नमस्ते..!

कृण्वन्तो विश्वमार्यम्…!

सबको मनमा अभय, वैदिक धर्मको जय..!

राहु र केतुको बारेमा पौराणिक तथा आर्य (वैदिक/वैज्ञानिक) मान्यता

ओ३म्..

राहु र केतुको बारेमा पौराणिक तथा आर्य (वैदिक/वैज्ञानिक) मान्यता

 Untitled

पौराणिक मान्यता:

पौराणिक हिन्दु ज्योतिष शास्त्र का अनुसार राहुलाई छायाँ ग्रह मानिन्छ। यो एक असुरको काटिएको सिर हो, जसले ग्रहणको समयमा सूर्य या चंद्रमालाई निल्ने प्रयास गर्दछ। यसलाई कलात्मक रूप दिएर बिना शरीरको सर्पको रूपमा पनि देखाइन्छ, यो आठ वटा काला घोडा द्वारा खिचिने रथमा आरुढ हुन्छ। राहुलाई नवग्रह मा एक स्थान दिइएको छ। हिन्दु पञ्चाङ्ग अनुसार दिनमा राहुकाल   नामक मुहूर्त (२४ मिनट) को अवधि हुन्छ जुन अशुभ मानिन्छ।

पौराणिक मान्यता अनुसार समुद्र मंथनको समयमा राहु नामक एक असुरले देवतालाई धोका दिएर दिव्य अमृतको केहि घुट्की लिन सफल भएको थियो।  सूर्य र चंद्रले उसलाई चिनेर मोहिनी अवतारका विष्णुलाई चुक्ली लगाई दिए। अमृतको घुट्की उसको घाँटीबाट तल झर्नु भन्दा पहिले नै विष्णुले उसको घाँटी सुदर्शन चक्र द्वारा काटेर अलग गरिदिए। अमर भएको उसको सिरलाई राहु र शरीरलाई केतु भनिन्छ। त्यहि कारणले राहुले सूर्य र चंद्रमा संग द्वेष राख्ने गर्दछ। त्यहि द्वेषका कारणले उसले सूर्य र चंद्रमालाई ग्रहण (निल्ने) प्रयास गर्दछ। ग्रहण पश्चात सूर्य या चंद्रमा उसको काटिएको घाँटीबाट निस्केर मुक्त हुन्छन्।

यस्ता मिथ्या मन्त्रहरु सिर्जना गरिएको छ र भ्रमको खेति तथा भेटीको व्यापार मज्जाले फस्टाउँदै छ र नयाँ-नयाँ गुरु घण्टाल जन्मिदै छन्..! (राहु-मन्त्र: ॐ भ्रां भ्रीं भ्रौं सः राहवे नमः॥”, १८००० पटक ४० दिन सम्म)

आर्य (वैदिक तथा वैज्ञानिक) मान्यता:

वैदिक ज्योतिषका अनुसार राहु या केतु नामका कुनै ग्रह या छायाँ-ग्रहको अस्तित्व हाम्रो सौर्यमण्डलमा छैन। राहु र केतु कुनै ग्रह नभएर दुई विन्दु हुन्। जुन विन्दु चन्द्रमाले पृथ्वीको परिक्रमा गर्ने क्रममा र पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा ति मार्गहरु जुन स्थानमा आएर आपसमा काटिन्छन्, तिनै बिन्दुको नाउ राहु र केतु हुन्। चन्द्रमा सूर्य तिर प्रवेश गर्दाको बिन्दुलाई राहु र चन्द्रमा सूर्यबाट ओझेल हुँदाको बिन्दुलाई केतु भनिन्छ । ति पृथ्वीको सापेक्ष एक-अर्काका उल्टो दिशामा (१८० डिग्री मा) स्थित रहन्छन्। तर यी कुनै खगोलीय पिण्ड भने हैनन्। पृथ्वी र चन्द्रमा आ-आफ्नो पथमा हिँड्ने क्रममा राहु र केतुको स्थिति पनि बदलिन्छ। जब पूर्णिमाको समयमा चन्द्रमा राहु (अथवा केतु) बिन्दुमा हुन्छ तब पृथ्वीको छायाँ पर्नाले चंद्र-ग्रहण लाग्छ। किनकि पूर्णिमाको समयमा चंद्रमा र सूर्य एक-अर्काका उल्टो दिशामा हुन्छन्। त्यस्तै औंशीमा सूर्य ग्रहणको बेला चन्द्रमा पृथ्वी र सूर्यको बिचमा हुन्छ। आधुनिक विज्ञानमा राहु एवं केतुलाई क्रमशः ‘उत्तरी एवं दक्षिणी लुनार नोड’ भनिन्छ। अस्तु..

सदा सत्यलाई मात्र ग्रहण गरौँ र असत्यलाई त्यागौं..!

सत्य सनातन वैदिक धर्मको जय..!

नमस्ते..!