सनातन धर्म सम्बन्धि केहि मौलिक प्रश्नोत्तर

ओ३म्….!

सनातन धर्म सम्बन्धि केहि मौलिक प्रश्नोत्तर: (भाग-३)

Untitled

प्रश्न ४१- वैदिक साम्राज्यको कालमा विश्व शासनको भाषा कुन थियो?

उत्तर: वैदिक साम्राज्य को कालमा विश्व शासनको भाषा संस्कृत थीयो।

प्रश्न ४२- वैदिक कालमा शिक्षा प्रणाली कस्तो प्रकारको थियो?

उत्तर: वैदिक कालमा गुरुकुलीय शिक्षा प्रणाली थियो।

प्रश्न ४३- वैदिक धर्ममा व्यक्तिगत जीवनलाई कति भागमा बाँडिएको छ?

उत्तर: वैदिक धर्ममा (व्यक्तिको औसत आयु १०० वर्ष मानेर) व्यक्तिगत जीवनलाई चार भागमा बाँडिएको छ, जसलाई चार आश्रम भनिन्छ।

प्रश्न ४४- चार आश्रमहरु के के हुन्?

उत्तर: चार आश्रमका नाम यी हुन् – २५ वर्ष सम्म-ब्रह्मचर्य आश्रम, २५-५० वर्ष सम्म-गृहस्थ आश्रम, ५०-७५ वर्ष सम्म-वानप्रस्थ आश्रम र त्यस पछि सन्यास आश्रम।

प्रश्न ४५- वैदिक धर्ममा गुण-कर्मको आधारमा मानव समाजलाई कति भागमा बाँडिएको छ र तिनको नाम के के हो?

उत्तर: वैदिक धर्ममा व्यक्तिको गुण-कर्म-स्वभाव अनुसार मानव समाजलाई चार भागमा बाँडिएको छ जसलाई वर्ण-व्यवस्था भनिन्छ। जसको नाम – ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र हुन्।

प्रश्न ४६- के वैदिक धर्ममा ईश्वरको अवतार हुने कुरो भनिएको छ?

उत्तर: वैदिक धर्ममा ईश्वरले अवतार लिने कुरो कहीं भनिएको छैन। किनकि सर्वव्यापक र  निराकार ईश्वरको कुनै एक स्थानमा अवतार हुने कुरो असंभव र निरर्थक छ।

प्रश्न ४७- वैदिक धर्मीका लागि कुन-कुन कार्य गर्न अनिवार्य छ?

उत्तर: वैदिक धर्मीका लागि पंचमहायज्ञ गर्नु अत्यन्त अनिवार्य छ।

प्रश्न ४८- पंचमहायज्ञ के के हुन्?

उत्तर: पंचमहायज्ञका नाम – ब्रह्मयज्ञ (ईश्वरको ध्यान गर्नु, वेद पढ्नु-पढाउनु), देवयज्ञ (अग्निहोत्र-हवन गर्नु), पितृयज्ञ (माता-पिता, मान्यजन व्यक्तिहरुको सेवा गर्नु), अतिथियज्ञ (विद्वान, सन्यासी, समाजसेवी व्यक्तिहरुको सत्कार गर्नु), बलिवैश्वदेवयज्ञ (पशु-पंक्षी-किट आदिको सेवा गर्नु तथा तिनलाई भोजन दिनु)।

प्रश्न ४९- वैदिक धर्ममा जीवनलाई श्रेष्ठ बनाउनको लागि के के विधि-विधान दिइएको छ?

उत्तर: वैदिक धर्ममा जीवनलाई श्रेष्ठ बनाउनको लागि १६ संस्कार गर्नु अनिवार्य भनिएको छ।

प्रश्न ५0- १६ संस्कारहरु के के हुन्?

उत्तर: १६ संस्कारका नाम यसप्रकार छन्- गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, नामकरण, अन्नप्राशन, निष्क्रमणम्, चूडाकर्म, कर्णवेध, उपनयन, वेदारम्भ, समावर्तन, विवाह, वानप्रस्थ, सन्यास र अन्त्येष्टि।

प्रश्न ५१- वैदिक धर्मिहरुको सर्वोत्तम अविवादनसूचक शब्द कुन हो?

उत्तर: वैदिक धर्मिहरुको सर्वोत्तम अविवादनसूचक शब्द ‘नमस्ते’ [(नम:+ते) ‘तपाईको सम्मान गर्दछु’] हो।

प्रश्न ५२- के वैदिक धर्ममा हाम्रो कुनै त्रुटि, भूल, दोष अथवा पाप कर्मको लागि ईश्वर संग क्षमा मागेर पाइने कुनै विधान छ?

उत्तर: वैदिक धर्ममा कुनै पनि त्रुटि, भूल, दोष अथवा पाप कर्मको लागि ईश्वर संग क्षमा मागेर पाइने कुनै पनि विधान छैन; कर्मको फल त भोग्नु नै पर्दछ।

प्रश्न ५३- शास्त्रहरु कति छन् र तिनका नाम के हुन्?

उत्तर: शास्त्रहरु ६वटा छन् तिनका नाम यी हुन् – योगदर्शन, सांख्यदर्शन, वैशेषिकदर्शन, न्यायदर्शन, वेदान्तदर्शन, र मीमांसादर्शन।

प्रश्न ५४- वेदका अंग कति वटा छन् र तिनका नाम के के हुन्?

उत्तर: वेदका अंग ६ वटा छन् र तिनका नाम यी हुन्- शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिष।

प्रश्न ५५- वेदको आधारमा ऋषिमुनिहरू द्वारा बनाइएको सामाजिक विधि-विधान तथा आचार संहिताको प्रसिद्ध, प्राचीन र महत्त्वपूर्ण धार्मिक ग्रन्थ कुन चाहिं हो?

उत्तर: वेदको आधारमा ऋषिमुनिहरू द्वारा बनाइएको सामाजिक विधि-विधान तथा आचार संहिताको प्रसिद्ध, प्राचीन र महत्त्वपूर्ण धार्मिक ग्रन्थ ‘मनुस्मृति’ हो।

प्रश्न ५६- के वैदिक धर्ममा छुवा-छूत, जाति-पातीको भेदभाव, जादु-टुना, रंगी-चंगी डोरा-धागा, माला, निधारमा सुर्के टिका, शरीर डाम्ने, जन्तर-मन्तर, ताबीज, शुभाशुभ साइत, फलित-ज्योतिष, जन्मकुण्डली, हस्तरेखा, नवग्रह पूजा, नदी स्नान, तिर्थस्थान, बलिप्रथा, सतीप्रथा, मांसाहार, मद्यपान, बहुविवाह, भूत-प्रेत, मृतकहरुको नाममा श्राद्ध-तर्पण तथा पिण्डदान, भविष्यवाणी आदिको विधान छ?

उत्तर: वैदिक धर्ममा छुवा-छूत, जाति-पातीको भेदभाव, जादु-टुना, रंगी-चंगी डोरा-धागा, माला, निधारमा सुर्के टिका, शरीर डाम्ने, जन्तर-मन्तर, ताबीज, शुभाशुभ साइत, फलित-ज्योतिष, जन्मकुण्डली, हस्तरेखा, नवग्रह पूजा, नदी स्नान, तिर्थस्थान, बलिप्रथा, सतीप्रथा, मांसाहार, मद्यपान, बहुविवाह, भूत-प्रेत, मृतकहरुको नाममा श्राद्ध-तर्पण तथा पिण्डदान, भविष्यवाणी आदिको विधान छैन।

प्रश्न ५७- वैदिक धर्ममा मनुष्य जीवनको अन्तिम लक्ष्य/ उद्देश्य/प्रयोजन के भनिएको छ?

उत्तर: वैदिक धर्ममा मनुष्य जीवनको अन्तिम लक्ष्य/ उद्देश्य/प्रयोजन समस्त दुःखहरुबाट छुट्नु (मोक्ष प्राप्त गर्नु) र पूर्ण आन्नद प्राप्त गर्नु भनिएको छ।

प्रश्न ५८- समस्त दुःखहरुबाट छुट्न कसरि संभव छ?

उत्तर: आध्यात्मिक अज्ञानता नष्ट भए पछी समस्त दुःखहरुबाट छुट्न संभव छ।

प्रश्न ५९- आध्यात्मिक अज्ञान कसरि नष्ट हुन्छ?

उत्तर: आध्यात्मिक अज्ञान ईश्वर द्वारा आध्यात्मिक शु़द्ध ज्ञान दिए पछी नष्ट हुन्छ।

प्रश्न ६0- ईश्वरले आध्यात्मिक शुद्ध ज्ञान कहिले दिन्छ?

उत्तर: ईश्वरले आध्यात्मिक शुद्ध ज्ञान मनको समाधि अवस्थामा दिन्छ।

क्रमशः..

Leave a Reply

Your email address will not be published. Required fields are marked *