संसार भरिका विकासवादीहरु संग केहि प्रारम्भिक प्रश्न:

संसार भरिका विकासवादीहरु संग केहि प्रारम्भिक प्रश्न:

52181524_2616932025000323_6180016244507279360_n

ओ३म्..

 
अल्पवुद्धि तथा चाटुकारहरुले भरिएको हाम्रो जस्तो समाजमा कुतर्कमा आधारित काल्पनिक तथा अवैज्ञानिक विकासवादको प्रमाणिकताको विषयमा प्रश्न उठाउनेलाई नै अवैज्ञानिक र कूपमंडूकता मान्नेहरु संग केहि प्रश्न सोध्न मन लाग्यो। यी प्रश्नहरु प्रारम्भिक नै हुन्, तथ्यपरक, तर्कसंगत तथा वैज्ञानिक विचारले युक्त उत्तर प्राप्त भएमा अन्य प्रश्न पनि गरिनेछ:-
 
१- शारीरिक विकास सम्बन्धि:
क- विकासवादी हरुले अमीबा बाट विकसित भएर बाँदर, त्यसपछि शनैःशनैः मनुष्यको उत्पत्ति मान्दछन्।अब भन्नुहोस्, अमीबाको उत्पत्ति कसरो भयो?
 
ख- यदि कुनै अन्य ग्रहबाट जीवन यहाँ आएको हो भने त्यहाँ उत्पत्ति कसरि भयो? जब त्यहाँ उत्पत्ति हुन सक्छ भने यो पृथ्वीमा किन हुन सक्दैन?
 
ग- यदि अमीबाको उत्पत्ति रासायनिक क्रियाबाट कुनै ग्रहमा भएको हो भने मनुष्यका शुक्राणु र अण्डाणुको उत्पत्ति पनि यहि प्रक्रियाले किन हुन सक्दैन?
 
घ- उड्ने आवश्यकता हुँदा प्राणीहरुको पखेटा उम्रिने कुरो भनिन्छ तर मनुष्यको उत्पत्ति भए देखि नै उसलाई उड्ने रहर अथवा आवश्यकता भएर नै वायुयान बनाउने प्रयत्न गरिरहेको छ, तर उसका पखेटा किन उम्रेनन? यदि पखेटा उम्रेको भए वायुयानको आवश्यकता नै पर्ने थिएन|
 
ङ- शीतप्रदेशमा बस्ने प्राणीहरुका शरीरमा लामा-लामा रौँ विकसित हुने कुरो भनिन्छ, तर शीतप्रधान देशमा रहने मनुश्यहरुको पनि भालुका झैं रौँ किन आएनन्? उसलाई कम्बल र सिरकको आवश्यकता किन भयो?
 
च- धरतीमा घाँस सुकेको कारणले अग्ला-अग्ला रुखका पातहरु खाने गर्दा जिराफको गर्दन लामो भएको मानिन्छ, कसैले यो त भनोस् कि कति वर्ष सम्म धरतीको घाँस सुकेको थियो र रुखका पातहरु हरिया रहेका थिए? फेरी बाख्राले आज सम्म पनि दुईटा खुट्टा उचालेर रुखका पात खाइरहेको छ, उसको गर्दन लामो किन भएन?
 
छ- बाँदरको पुच्छर गायब भएर मनुष्य बन्यो रे..! यो भन्नुस त बाँदरको पुच्छर कसरि गायब भयो? के उसले पुच्छरको उपयोग गर्न छोडेको थियो र ? कसैले भन्न सक्ला कि बाँदरले आफ्नो पुच्छरको के उपयोग गर्छ? र उसले यो उपयोग किन बन्द गर्नु परेको थियो? यदि यस्तो हो भने मनुष्यका पनि नाक, कान गायब भएर प्वाल मात्र रहनु पर्ने..! मनुष्यले लाखौँ-करोडौं वर्ष देखि कपाल र नङ काट्दै आएको छ, तै पनि पुनः उम्रीरहन्छन्, यस्तो किन हुन्छ?
 
ज- सबै बाँदरहरुको विकास भएर मानव किन बनेनन्? केहि त अहिले सम्म पनि अमीबाकै रुपमा छन्, हामी भने मनुष्य बनिसक्यौं, यो केहो?
 
झ- भनिन्छ कि सर्पका पहिले खुट्टा थिए, पछी विस्तारै-विस्तारै घिसिएर गायब भए..! अलिकति विचार गर्नुस् त सर्पका खुट्टा कसरि गायब भए ? अन्य खुट्टा भएका सबै प्राणीहरुका खुट्टा कत्ति पनि घिसिएनन्|
 
ञ- पहिले हड्डी नभएका जनावरहरुका पछी हड्डी बने, पछी उनीहरुलाई हड्डीको आवश्यकता किन भयो?
 
ट- बाँदर र मनुष्यका बीच बन्ने प्राणीहरुको शृंखला कहाँ गयो?
 
ठ- विकास मनुष्यमा नै आएर किन रोकियो? कसले यसलाई विराम दियो? के उसलाई विकासको कुनै आवश्यकता छैन?
 
क्रमशः..

Leave a Reply

Your email address will not be published. Required fields are marked *