ओ३म्
रामका परम मित्र महावीर हनुमानको आदर्श तथा अनुकरणीय जीवन
चैत्र पूर्णिमा, २०७६, वैशाख ६ (अप्रिल-१९, २०१९)
आज सनातन धर्म र संस्कृतिका महान आदर्श आजन्म ब्रह्मचारी महावीर हनुमानको जन्म जयन्ती हो। मर्यादा पुरुषोत्तम श्री रामचन्द्रका साथ महावीर हनुमानको नाम पनि आर्य इतिहासको पानामा सुनौलो अक्षरले अंकित छ र सदा अमर रहनेछ। उनि समान ब्रह्मचर्यको पालन गर्ने, स्वामी-भक्त, आफ्ना स्वामीका कार्यलाई प्राणपणले पूरा गर्ने वाला तथा सबै कार्यलाई सफल पार्ने वाला सनातन धर्म र संस्कृतिका रक्षक, पाकाल उनि समान विद्वान तथा आचरणीय आर्य वीर पुरुष अखिल विश्वको इतिहासमा अन्य छैनन्।
वीर हनुमानले श्रेष्ठतम वैदिक धर्म र संस्कृतिलाई वरण गरेर त्यसलाई हर पल तथा हर क्षण पालन गरे। उनि आजीवन ब्रह्मचारी रहे। रामायण एक प्राचीन ग्रन्थ हुनाका कारण त्यसमा अन्य ग्रन्थ झैं ठूलो मात्रामा प्रक्षेप पनि भएको छ। केहि प्रक्षेपनले उनको आदर्शपूर्ण ब्रह्मचर्य जीवनलाई दूषित पनि गर्दछ। हाम्रो अनुमान मात्र हैन पूर्ण निश्चय छ कि उनले आजीवन कठोर तथा अन्यका लागि असम्भव ब्रह्मचर्य व्रतको पूर्ण रूपले पालन गरेका थिए।
सनातन वैदिक धर्म र संस्कृतिको यहि विशेषता रहेको छ कि यसमा महाभारतकाल भन्दा पूर्व ठूलो संख्यामा आदर्श राजा, वेदका पारदर्शी र तलस्पर्शी गूढ विद्वान, ऋषि, मुनि, योगी, दर्शन-तत्ववेत्ता, आदर्श गृहस्थी, देश-धर्म-संस्कृतिलाई गौरव प्रदान गर्ने वाला स्त्री र पुरुषहरु उत्पन्न भएका छन्, जसमा वीर हनुमानको स्थान निक्कै उच्च एवं गौरवपूर्ण छ।
हनुमान वानरराज राजा सुग्रीवका विद्वान मन्त्री थिए। वानरराज बाली र सुग्रीव दाजु-भाइको परस्पर विवादमा धर्मात्मा सुग्रीवलाई राज्यच्युत गरेर राजधानी देखि बाहिर निकालिएको थियो। उनि वनमा एक्लै विचरण गर्दथे। त्यहाँ उनको साथ यदि कसैले दिएको थियो त त्यो वीर हनुमानले मात्र दिएका थिए। धर्ममा आरूढ हनुमानले सत्य र धर्मलाई नै साथ दिए र राजसुखलाई त्यागेर वनको कठोर जीवनलाई नै चुने।
मर्यादापुरुषोत्तम श्री रामको वनवास कालमा जब दुरात्मा रावणले महारानी सीतालाई हरण गरेर लग्यो तब यस घटना पछी श्री रामचन्द्रको भेट पदच्युत राजा सुग्रीवका मन्त्रि हनुमान संग हुन्छ। राम र हनुमानका विच परस्पर संस्कृतमा नै संवाद हुन्छ। रामचन्द्र हनुमानको संस्कृत ज्ञान र भाषा माथिको अधिकार तथा व्यवहार गर्ने योग्यता देखि अत्यन्तै प्रभावित हुन्छन् र आफ्ना प्यारा भ्राता लक्ष्मण संग भन्छन् कि यी हनुमान वेदका जानकार विद्वान हुन्। यिनले जुन कुरा गरे, त्यसमा उनले व्याकरण सम्बन्धि कुनै साधारण पनि भूल तथा त्रुटि गरेनन। यस घटनाले हनुमानको बौद्धिक क्षमता र राजनैतिक कुशलता आदिको ज्ञान हुन्छ। हनुमानको प्रशंसा मर्यादापुरुषोत्तम श्री रामचन्द्रले स्वयं आफ्नै श्रीमुखले वाल्मीकि रामायणमा गरेका छन्।
हनुमानको मुख्य कार्य महारानी सीताको खोज र राम-रावण युद्धमा रामचन्द्रको सहायता तथा उनको विजयमा मुख्य सहायक हुनु पनि हो। उनले लाखौं वर्ष पूर्व लंका जानको लागि समुद्रलाई पौडेर पार गरेका थिए भन्ने अनुमान गर्न सकिन्छ। साहित्यकार र भावुक कविहरुले कहिलेकाहीं पौडनेलाई पनि भावनाको उच्च उडानमा घटनाहरुलाई अलंकारिक रूप दिएर नाघ्ने भन्न सक्छन्। यो उनको वीरताको अपूर्व तथा महानतम उदाहरण हो। उनि लंका पुगे र माता सीता संग भेट गरेर उनलाई पुनः रामचन्द्रको दर्शन तथा उनीसंग मिलन हुने कुरामा आश्वस्त पनि गरे। उनले लंकामा आफ्नो बल र पराक्रमको उत्तम परिचय पनि दिए जसबाट यो विदित होस् कि श्री राम अविजेय छन् र लंकाको अशुभ समय निकट छ। हनुमान रावणको दरबारमा पनि पुग्न सफल भए र त्यहाँ रामचन्द्रको सन्देश सुनाए पछी आफ्नो वीरता र पराक्रमको उदाहरण प्रस्तुत गरे।
लंकाका सेनापति, सैनिक तथा रावणका परिवारका सदस्यहरुले चाहेर पनि उनलाई बन्दी बनाएर दण्डित गर्न सकेनन् र उनि सकुशल लंका देखि बाहिर आए र माता सीता संग मिलेर सकुशल रामचन्द्रलाई भेट्न आइपुगे। उनले माता सीता लंकामा जीवित रहेको समाचार पनि दिए । यो जुन कार्य हनुमानले गरे, त्यो अन्य कुनै पनि वीरले गर्न त के सोंच्न समेत असम्भव जस्तो लाग्छ। यो कुरो रामचन्द्रले राम्रो संग जानेका थिए। हनुमानको यहि कार्यले रामचन्द्रलाई एक प्रकारले कृतज्ञ बनाइदियो।
त्यसपछि राम-रावण युद्ध हुँदा पनि समुद्रमा सेतु निर्माण र लक्ष्मण युद्धमा मूर्छित हुँदा उनका लागि त्यहाँबाट हिमालय पर्वत गएर एकै रातमा संजीवनी बूटी ल्याउनु हनुमान जस्ता वीर तथा विचारशील मनीषीको नै काम थियो। भनिन्छ कि उनि उडेर हिमालय पर्वत पुगेका थिए। कुनै पनि साधन बिना यस्तो हुनु सम्भव छैन। हुन सक्छ उनिसंग कुनै सिघ्रगामी लडाकु विमान थियो, अन्यथा एकै रातमा उनि समुद्र किनार बाट हिमालय पुगी औषधि ल्याएर आउनु कसरि सम्भव होला? नत्र मनुष्य कुनै विमान आदि साधन बिना उड्नु असम्भव छ। साधारण भाषामा पनि आजभोलि विमानमा यात्रा गर्ने वाला व्यक्तिले भन्ने गर्दछ कि म उडेर आएँ। त्यसै गरि हनुमान उडेर गएको भन्ने शब्दोको प्रयोग रामायणमा गरिएको हुन सक्छ।
आज ज्ञान र विज्ञान उन्नतिको चरम शिखरमा छ तर पनि संसारका साढे सात अरब मनुष्यहरु मध्ये कसैलाई पनि त्यस्तो उड्ने विद्या तथा कलाको ज्ञान छैन। अतः यही स्वीकार गर्नु पर्ने हुन्छ कि हनुमान कुनै सानो स्वचालित सिघ्रगामी विमानमा हिमालय गए र संजीवनी आदि इच्छित औषधिहरु लिएर लंका फर्किएका थिए। प्राचिन साहित्यमा यो पनि वर्णन पाइन्छ कि त्यो समयमा निर्धन भन्दा निर्धन व्यक्तिहरु संग पनि आ-आफ्ना विमान हुने गर्दथे। सृष्टिको आरम्भ कालमा पनि मानिसहरु विमानबाट एक स्थान देखि अर्को स्थान सम्म जाने गर्दथे। उनलाई जहाँको स्थान राम्रो लाग्यो त्यहीं गएर आफ्ना परिवार तथा इष्ट-मित्र सहित बसोबास गर्ने गर्दथे। यहि प्रकारले सारा संसार भरि मानव बस्ति बसेको हो। यो कुरो सत्य हो कि आदि सृष्टि त्रिविष्टव (तिब्बत) मा भएको थियो। सृष्टिको आदि कालमा नेपाल, तिब्बत, चीन आदि कुनै पनि देश थिएनन्; सारा संसार नै आर्यावर्त्त थियो।
माता सीता प्रति हनुमानको माता-पुत्र सरहको अनुराग तथा प्रेमभाव थियो। विश्व इतिहासमा यस्तो माता-पुत्रको संबंधले पनि विशेष महत्व राख्छ। आज संसारका समस्त देश तथा उनका नागरिकहरुले हनुमानको यस्तो चारित्रिक विशेषताबाट निक्कै शिक्षा लिन सक्छन्। ‘‘पर दारेषु मात्रेषु” अर्थात् अन्य समस्त स्त्रिहरु माता समान हुन्छन् भन्ने यो भावना वैदिक संस्कृतिको उच्चतम देन हो। यही वैदिक धर्म र संस्कृतिको गौरव पनि हो। यस्तो आदर्शलाई राम्रो मान्नेहरु यहि स्थानमा आउनु पर्छ अर्थात् वैदिक धर्म र संस्कृतिलाई अंगीकार गर्नु पर्छ।
हाम्रा पौराणिक मित्रहरुले हनुमानलाई वानर शब्दको कारणले वनको एक वृक्ष देखि अर्को वृक्षमा कुद्ने बाँदर सम्झन्छन् जुन अत्यन्त अनुचित तथा हनुमान प्रति अन्याय र उनको अपमान हो। हनुमान हामी जस्तै मनुष्य नै थिए। तथा वनमा बस्ने भएको हुनाले वानर भनिन्थ्यो। आजभोलि भारतको एक प्रदेश नागालैण्ड छ जसका निवासीलाई नागा भनिन्छ तर उनको आकृति नाग (सर्प) जस्तो हुँदैन। पहाडमा बस्नेलाई गिरी भनिन्छ। यसैगरि इंग्लिश, चीनी, जर्मनी, फ्रांसीसी आदि नागरिक हुन्। यी सबै हामि जस्ता छन् र हामि उनि जस्ता छौं। हनुमान तथा सुग्रीव आदि समस्त वानर पनि हामि जस्तै मनुष्य नै थिए। उनीहरु कसैको पनि पुच्छर् थिएन। उनीहरुको पुच्छर मान्नु, चित्र तथा मुर्तिमा चित्रित गर्नु भनेको आफ्नै बुद्धिको परिहास गर्नु हो; अज्ञानता प्रदर्शित गर्नु हो। सनातन वैदिक धर्मी भनेर मननशील तथा सत्यासत्यको विवेकीलाई नै भनिन्छ।
अतः वानर हनुमान बिना पुच्छरका राम, लक्ष्मण तथा अन्य मनुष्य समान मनुष्य नै थिए। यो कुरो विवेकपूर्ण एवं निर्विवाद छ। यसमा विचार गर्नु पर्दछ र यहि विचार र मान्यतालाई सबै पौराणिक मित्रहरुले पनि अनुसरण गर्नु पर्दछ। हनुमानलाई पुच्छर भएको बाँदर मान्ने हाम्रा मित्रहरु आजको सभ्य समाजमा हाँस्यका पात्र नबनौं र आफ्ना आदर्श महापुरुषहरुको यसरि अपमान नगराऔं। यो हाम्रो उनीहरु संग विनम्र प्रार्थना छ।
यसैका साथ यो संक्षिप्त लेखलाई अब विराम दिन्छौं र हाम्रा तथा अखिल विश्वका आदर्श वीर हनुमानको सच्चा चरित्रलाई स्मरण गरौँ र उनको जीवनबाट यहि प्रेरणा ग्रहण गरेर उनको पथलाई अनुसरण गर्ने प्रयास गरौँ यहि नै उनि प्रति सच्चा भक्ति तथा पूजा हुने छ। अस्तु..
मेरा समस्त इष्ट-मित्र तथा बन्धु-बान्धवहरुलाई हनुमान जयन्तिको हार्दिक शुभकामना छ..!
वेदको सुखदायी तथा मोक्षमार्ग तिर लागौं..!
सबको मनमा अभय – वैदिक धर्मको जय..!
नमस्ते।
–(हार्दिक आभार: मनमोहन कुमार आर्य)