ओ३म्..
परात्मा नै सच्चा गणेशहो
(केहि लामो छ, तर मेरो अनुरोध- पुरा लेख अवश्य पढ्नुहोस् ..)
हिन्दुहरुको विश्वास अनुसार गणेश-पूजा गर्नुको पछाडी धारणा के छ भने यसमा सम्पूर्ण सुख, सौभाग्य तथा समृद्धिको प्राप्ति हुन्छ, थालिएका सबै काम सिद्ध हुन्छन् तथा जीवनका हरेक बिघ्नबाधाहरु बाट मुक्ति पाइन्छ। गणेशको जन्मको बारेमा पुराणमा लेखिएका केहि कहानी मध्ये एक यस्तो छ – पार्वतीले स्नान गर्दा आफ्नो शरीरमा लगाएको उबटन बाट एक मनुष्यको शरीर बनाइन् र त्यसमा प्राण फूकिन् र त्यसलाई आफ्नो पुत्र बनाइन्। यो पनि लेखिएको छ कि महादेवले आदेश दिएर भने कि जो संसारको चक्कर लगाएर पहिले आउला त्यहि प्रथम पूजनीय होला सबै देवता तेज गतिमा दौड़े तर गणेश नामक शिवको पुत्र दौडन सकेन किनकि उसको शरीर भयङ्कर थियो। गणेशले आफ्नै माता-पिताको नै ओरिपरी चक्कर लगायो एवं उनलाई प्रणाम गरेर बस्यो अतः गणेश प्रथम पूज्य बन्यो इत्यादि।
यो पूरा कथा अवैज्ञानिक, तर्कहीन तथा प्रमाणहीन छ। यसलाई पढ्ने र वेदको अलि अलि ज्ञान राख्ने जो कोहीलाई पनि यसले आश्चर्य र दुःखी अवश्य गर्छ। यसको सत्य तथ्य कुरो पत्ता लाएर यसको उत्तरमा केहि कुरो राख्नु अथवा तर्क र विज्ञानको आधारमा लेख्नु वाञ्छनीय छ, ताकि आर्य समाज मा लाग्ने लान्छाना मेटिन सकोस् र सत्य कुरो सबैले बुझुन् र कोहि भ्रममा नपरुन् ।
सर्वप्रथम त मेरा पौराणिक बन्धुहरुलाई केहि प्रश्न सोध्न मन लायो:– यदि कुनै स्त्रीको शरीरमा लगाएको उबटनले मात्र पुत्रको शरीर बन्न सक्छ भने ईश्वरले पुरुषजातिलाई किन उत्पन्न गरेका हुन् ? पार्वती हुन् या अन्य कुनै स्त्री, उसको शरीरमा गर्भाशयको स्थापना नै किन गरेका हुन् ? वेदानुसार विवाह को मुख्य उद्देश्य उत्तम सन्तान उत्पन्न गर्नु हो। यदि पार्वतीले पति बिना नै पुत्र उत्पन्न गर्ने कुनै कला अथवा विद्या जान्थिन् भने फेरी उनले महादेव संग विवाह नै किन गरिन् त ? कि महादेव मा कुनै कमजोरी थियो र ? उबटन बाट पुत्र-प्राप्ति गर्ने यो विद्याको उल्लेख कुन चाइ वेद या कुन आयुर्वेदिक अथवा एलोपेथिक ग्रन्थ मा छ? पौराणिक मित्रहरुलाई मेरो अनुरोध छ कि यस्तो प्रकारको उपचार पद्धतिको सन्तान विहिन स्त्रिहरुमा प्रचार गरुन् ताकि उनीहरु पनि आफ्नो शरीर मा उबटन लगाउने गरुन् र आवश्यक परेको बेला उबटन बाट नै पुत्र उत्पन्न गरेर सन्तानको सुख भोग गर्न पाउन् । उनीहरु पति तथा वैद्य-डॉक्टरहरुको सहायता लिने आवश्यकता बाट मुक्त होइजाउन् । यदि प्राण फूक्नाले पुत्रमा आत्मा आउँछ भने मृत पुत्रको कुनै पनि माताहरुलाई आजसम्म पुत्र-वियोगको दुःख किन भोग्न पर्थ्यो र ? पुत्रको मृत्यु भए पछी मृतशरीर त घरमा नै हुन्छ, पार्वतीले गरे सरह त्यस पुत्रकी माताले उस् मृत देहमा एक फू… मारिदिए भैगो नि हैन र ! यो सूत्रको बिस्तार गर्दिने भए म तपाइँहरुलाई धेरै धेरै धन्यवाद दिने थिएँ र आभारी पनि रहने थिएँ।
पार्वतीले आफ्नो उबटन बाट उत्पन्न गरेको गणेशलाई घर बाहिर पहरेदार बनाएर राखिन् ता कि उनि निश्चिन्त भएर स्नान गर्न सकुन्, कुनै पनि व्यक्ति भित्र प्रवेश गर्न नसकोस्, तर महादेव स्वयंलाइ रोक्न नसकेर पुत्र गणेश र पिता महादेव बीच भिषण युद्ध नै सुरु भयो। परिणामतः पुत्रको सिर काटेर महादेव भित्र प्रवेश गरे । पार्वतीले हाहाकार मच्चाए पछी महादेवले एक हात्तिको सिर जोडेर पुत्रलाई पुनः जीवित गरिदिए।
विद्वानहरु संग मेरो यो जान्ने इच्छा छ कि जुन महादेवलाई पौराणिकहरुले ईश्वर मान्ने गर्छन्, उनको घरमा यत्रो दरिद्रता के कारणले थियो र उनि आफ्नो घरमा ढोका बन्द गरेर स्नान गर्न योग्य एक स्नानगार पनि बनाउन सकेनन् ? जब यत्रो निर्धनता थीयो भने उनि कसरि ईश्वर मानिन सक्छन् , किनकि ईश्वरको अर्थ ऐश्वर्यशाली हुन्छ। तपाईहरुले यो पनि भन्नु पर्ला कि जब महादेवकी पत्नी घर भित्र स्नान गर्दै थिइन् र उनको पुत्र गणेशले उनलाई भित्र जान बाट रोके तर महादेव किन रोकिएनन् ? उनलाई भित्र जाने त्यति उत्ताउलो पन किन गर्नु पर्ने? यसले उनको असंयमताको पोल खोल्छ। भित्र जान यति आत्तिएका थिए कि आफ्नो पुत्रको सिर समेत काट्न अधर्म प्रतित भएन? जव कसैको सिर काटिन्छ तव उसको शरीर बाट उसको प्राण र आत्मा निस्केर जान्छ, यो एक दृढ़ वैज्ञानिक नियम हो। तत्पश्चात् कुनै पनि पिता, माता, राजा, वैज्ञानिक या गुरु त के स्वयं ईश्वरले पनि आफ्नो नियम विपरित पुनः प्राण तथा आत्मालाई त्यहि शरीरमा प्रवेश गराउन सक्दैन।
पुराण अनुसार जब पार्वतीले आफ्नो पतिवेद समक्ष पुत्र वियोगको पिडा सहन नसकी बिलाप गर्न थालिन्, तव महादेवले एक हात्तिको सिर सिरविहीन पुत्रको शरिरमा जोडेर जीवित गरिदिए। यसमा प्रश्न उठ्न सक्छ- कुन कम्पनीको फेविकोल या किला-काँटी बाट गणेशको सिर पुनः जोडिएको थियो ? आज संसारमा परस्पर लड़ाईका कारण एकार्काको सिर काटीईरहेको छ। पौराणिक बन्धुहरुको मान्यता अनुसार जुन ग्रन्थमा सिरविहीन शरीर मा कुनै अन्य प्राणीको सिर जोड्ने सफल विधिको उल्लेख छ, त्यस ग्रन्थको पृष्ठ संख्या सहित नाम र लेखकको नाम पनि भन्दिने कृपा गर्नु पर्यो ताकि आज जहाँ पनि परस्पर लड़ाईमा सिर काटिन्छन् , म त्यहाँ गएर सिर जोड्न कुनै सहायता गर्न सकूँ।
अर्को प्रश्न – महादेवमा हात्तिको सिर आफ्नो मृत पुत्रको शरीरमा जोडेर पुनर्जीवित गर्न सक्ने योग्यता तथा क्षमता थियो भने उनले आफ्नै पुत्रको उक्त सिर नै किन न जोडेको? एउटा निर्दोष हात्तिलाई मारेर आफ्नो पुत्रलाई पुनर्जीवित गर्नु कथित् ईश्वर-महादेवको शोभा बढ़ाउने कार्य हो यो ? कुनै पनि मनुष्य जसको शरीर मनुष्यको तर सिर चाइ हात्तिको होस्, के त्यो सूख र आनन्दपूर्वक सुत्न सक्ला?
उपरोक्त कथा अनुसार एक पटक देवताहरुमा यो विवाद उत्पन्न भयो कि उनमा कुन चाइ देवताको पूजा सर्वप्रथम हुने ? महादेवले उनीहरुलाई संसारको चक्कर लगाएर आउने आदेश दिए। जो दौडेर सब भन्दा पहिले फर्किन्छ, त्यहि देवता प्रथम पूज्य हुनेछ। गणेशको शरीर भयङ्कर भारी थियो।ऊ दौड्न सकेन र माता-पिताको चक्कर लगाएर प्रणाम गरि बस्यो। अतः प्रथम पूज्य मानियो। मेरो निवेदन छ कि प्रथम पूज्य देवको निर्णय गर्ने अधिकार महादेवलाई कल्ले दियो? उनको नै निर्णय मान्य किन हुनु पर्यो? तिनिहरुलाई देव कसरि मान्न सकिन्छ? के देवको मर्यादा र लक्षण त्यस्तै हुन्छ? जब आपसमा परस्पर होड़ मच्चिएको छ कि मेरो पूजन सर्वप्रथम हुनु पर्छ भनेर, लोकैषणा रहित व्यक्ति देवता हुन्छ जबकि लोकैषणायुक्त (प्रशंसा प्राप्त गर्ने इच्छा हुने) व्यक्ति मनुष्य हुन्छ, देवता त कदापि मान्य हुने सक्दैन। यहाँ आचार्य यास्क द्वारा निरुक्त ७/११ मा वर्णित देवहरुको वर्णन गर्नु उचित होला – “देवो दानाद्वा दीपनाद्वा द्योतनाद्वा द्युस्थाने भवतीति वा।“ यस अनुसार निम्नलिखित केहि मूर्तिमान तथा केहि अमूर्तिमान देव यस्ता हुन्छन्:-
- दान दिने वाला = मनुष्य, विद्वान् तथा परमेश्वर।
- दीपन तथा प्रकाश वाला = सूर्योदि लोक, सब मूर्तिमान द्रव्यहरुको प्रकाश गर्ने वाला।
- द्योतन गर्ने वाला = सत्योपदेश गर्ने हुनाले देव अर्थात् माता, पिता , आचार्य र अतिथि तथा पालन, विद्या र सत्योपदेशादि गर्ने वाला।
- द्युस्थान वाला देव= सूर्यको किरण, प्राण तथा सूर्यादि लोकहरुका पनि जो प्रकाश गर्ने वाला छन्, उनि परमेश्वर देवहरुका पनि देव हुन।
- अन्य देव= इन्द्रियहरु, मन। यी शदादि विषय तथा सत्यासत्यको प्रकाश गर्छन्। वेद मन्त्र पनि देव हुन्।
महर्षि दयानन्द सरस्वतीले ‘‘सत्यार्थप्रकाश’’को सप्तम समुल्लास मा यस विषय को बारेमा लेख्छन् – ‘‘दिव्य गुणहरुले युक्त हुनाको कारणले नै देवता भनिन्छ, जस्तै पृथिवी।……….जो त्रयस्त्रिशनिशता’’ इत्यादि वेद मा प्रमाण छ, यसको व्याख्या ‘शतपथ’मा गरिएको छ कि -३३ देव अर्थात् पृथिवी, जल, अग्नि, वायु,आकाश, चन्द्रमा,सूर्य र नक्षत्र सब सृष्टिको निवास स्थान हुनाले यी आठ वसु हुन्। प्राण, अपान, व्यान, उदान, सामान, नाग, कूर्म, कृकल, देवदत्त, धनञ्जय र जीवात्मा, यी ११ रुद्र यसकारणले भनिन्छ कि जब यी शरीर छोडेर जान्छन्, तब रोदन गराउँछन्। संवत्सर का १२ महीनालाई १२आदित्य यसकारणले भनिन्छ कि यिनले सबको आयु लिन्छन्। बिजुलीको नाम इन्द्र यस कारणले हो कि यो परम ऐश्वर्यको हेतु हो। यज्ञलाई प्रजापति भन्नुको कारण यसबाट वायु, वृष्टि, जल, औषधीको शुद्धि, विद्वानहरुको सत्कार र नाना प्रकारको शिल्पविद्या बाट प्रजाको पालन हुन्छ। यी ३३ पदार्थ पूर्वोक्त गुणहरुको योग बाट नै देव भनेर चिनिन्छन्।
मित्रहरु! पुत्रले आफ्ना माता-पिताको आदर तथा यथोचित सेवा गर्नु नै पर्छ, यो निर्विवाद छ तर गणेश ले गरेझैँ माता-पिताको परिक्रमा गर्नु न कुनै प्रकारको सेवा हो न त यसप्रकारको कार्यमा आदरको भाव छ। गणेशको मनमा नै आफ्नो अग्र-पूजा गराउने इच्छा थियो जसलाई शास्त्रीय भाषामा लोकैषणा भनिन्छ। म पौराणिक बन्धुहरुलाई स्मरण गराउन चाहन्छु कि इतिहासमा माता-पिताको आदर र उचित सेवा गर्ने कैयौं सुपुत्रहरुको प्रमाण उपलध छ। श्रवण कुमार तथा मर्यादा पुरुषोत्तम श्रीराम इत्यादिको कर्मलाई ध्यान मा राखेर सोंच्नुहोस र पाठहरुलाई भन्नुहोस् कि माता-पिताको शरीरको परिक्रमा गर्ने गणेश मा सुपुत्रको गुण थियो अथवा श्रवण कुमार मा? श्रीराम ले त राजभवनको सुख-सुविधाहरुको परित्याग गरि १४ वर्ष सम्म वनमा रहेर आफ्नो पिताको प्रतिष्ठा तथा सौतेनि आमाको इच्छाको रक्षा गरेका थिए। गणेशको जीवनमा सेवाको एकांकी घटना जब उपलध नै हुँदैन भने उसको पूजन सर्वप्रथम गर्नु-गराउनु मा औचित्य के छ? सर्वप्रथम पूजन गर्नु र गराउनु नै यदि छ भने त्यो श्रवण कुमार अथवा श्रीरामचन्द्र को हुन सक्छ। त्यसो त आज न गणेश यो संसार मा छ, न त श्रवण कुमार कतै देखिन्छन् तथा न श्रीरामचन्द्र नै कतै भेटिन्छन्। उनको पूजा कसरि गर्ने र गराउने? केवल चित्र, मूर्ति या आरती तथा धूप अगरबत्तीको अगाडी टाउको टेक्नु पूजा हैन। पूजाको अर्थ महर्षि दयानन्द सरस्वतीले ‘‘आर्योद्देश्यरत्नमाला’’ मा यस प्रकार लेख्नु भएको छ – ‘‘जो ज्ञानादि गुण भएकाहरुलाई यथायोग्य सत्कार गर्नु नै उसको ‘पूजा’ हो ।’’ आज जे हुँदैछ, त्यो पूजा नभएर अपूजा हो, किनकि महर्षि दयानन्द सरस्वतीले ‘‘आर्योद्देश्यरत्नमाला’’ मा यो पनि लेख्नु भएको छ कि – ‘‘जो ज्ञानादि रहित जड़ पदार्थ र जो सत्कार गर्न योग्य छैनन्। उनको जो सत्कार गरिन्छ, त्यो ‘‘अपूजा’’हो।’’यदि केहि समय हामि बहसको लागि मानौं कि गणेशले आफ्ना माता-पिताको परिक्रमा गरेको थियो, त्यसैले सर्वप्रथम उसैको पूजा गर्नु पर्छ भने प्रश्न उत्पन्न हुन सक्छ कि जुन गणेशले उक्त कार्य गरेको थियो, त्यो आज हामिकहाँ छैन। पत्थर तथा धातु-काठ बाट बनेको मूर्ति या कागज मा चित्रित गणेश वास्तविक गणेश हैन।तपाइँ पत्थर या कागजको पूजा गराउनु हुन्छ जो जड वस्तु हुन्; ज्ञानरहित, क्रियारहित। त्यसैले त्यसको सत्कार हुन सक्दैन अतः यो कथित गणेशको लागि जे गर्नुहुन्छ, त्यो अपूजा हो कुकर्म हो यसबाट केहि लाभ हुनेवाला छैन तर हानि भने अवश्य हुनेछ र भैरहेको पनि छ।
गणेश पूजन गर्ने नै हो भने सर्वप्रथम गणेश शब्दको अर्थ बुझ्नु आवश्यक छ। ‘गण संख्याने’ यस धातु बाट गण शब्द सिद्ध हुन्छ। यसमा ‘ईश’ वा ‘पति’ शब्द लगाउँदा ‘गणेश’ वा ‘गणपति’ शब्द सिद्ध हुन्छन्। “ये प्रक्रित्यादयो जडा जीवाश्च गण्यन्ते संख्यायन्ते तेषामीशः स्वामी पतिः पालको वा” अर्थ = जो प्रक्रित्यादि जड र सबै जीव प्रख्यात पदार्थहरुको स्वामी हो र तिनको पालन गर्छ, त्यसैले ईश्वरको नाम ‘गणेश’ वा ‘गणपति’ हो।
-(सत्यार्थप्रकाश, प्रथम समुल्लास)
परमपिता परमेश्वरको अनेकौं गुणवाचक, कर्मवाचक, सबन्धवाचक नाम छन्। तिमध्ये शिव, गणेश, ब्रह्मा, विष्णु, इन्द्र तथा सरस्वती आदि नाम पनि हुन्। वेद जो सृष्टिको प्रथम दिनमा नै ईश्वरले दिएको हो, त्यस दिनमा यी नामका शरीरधारी कुनै मनुष्य थिएनन्। सामाजिक व्यवहारको लागि मनुष्यहरुको नाम राख्नु आवश्यक हुन्छ, अतः वेदमा प्रयुक्त शब्दहरुको आफ्नो या आफ्नो सन्तानहरुको नामाकरणको लागि प्रयोग गर्नु परेको थियो। आज पनि त्यस्तै भैरहेको छ। वेदमा यदि गणेश पूजाको आदेश छ भने त्यो सदैव रहीरहने शरीर विहिन गणेश-(ईश्वर) नै हो, पछी शरीरधारी भएको कुनै गणेश नामक व्यक्ति संग कुनै सम्बन्ध छैन। अस्तु..
नमस्ते..
मूल लेखक:- इन्द्रजित देव
Bhai aap ganesh Ji ki bat kar rahe hai main aap se keh ta hu ki mantro main so shakti hai mantra bhi vigyan hai aap arya samaj se hai kya aap Mata ki shakti pe bharosa nahi ki fir aap aise bat kar ke khud hindu o ka apman kar rahe ho kya hindu o ko zyada nuksan him log hi kar rahe hai gayatri mantra ya koi bhi mantra sahi uchharan aur sahi dnag se na bole to wo gal dene ki jagh nuksan kar Sakta hai bhai aaj koi bhi ho arya samaj ya koi aur sab ko sath le ke chalo (hindu) Jo hum samprday aur guru ke name se ya vicharo se hum alag hai unko mila o na ap apne vicharo ka tyag kare na hum ap ke vicharo ka bus sath mile tabhi dharm ki raksha hogi aap ye awaz kyun nahi utha te ki hindu mandiro main chadhave ko hindu kalyan ke liye upyog ho
ओ३म्..
सुनिल भाइ, नमस्ते..!
लेख पढ़के प्रतिक्रिया देनेके लिए आभार प्रकट कर्ता हुँ, किन्तु येह नेपाली पेज है, येह लेख आपको कितना समझमें आया, यह तो आपही जानो..! किन्तु हिन्दिमें बहश करना है तो आप हिंदी पेज (http://aryamantavya.in/ishwawr-hi-sachcha-ganesh-hai/) में जाइए..!
धन्यवाद..!