….योग र यसका अंग-७

ओ३म्..

….योग र यसका अंग-७

(५) प्रत्याहार
===========

प्रत्याहारको स्वरूपः- “स्वविषयासंप्रयोगे चित्तस्वरूपानुकार इवेन्द्रियाणां प्रत्याहारः।।” (योगदर्शन: २/५४)

व्यास भाष्यः- “स्वविषयसंप्रयोगाभावे चित्तस्वरूपानुकार इवेति चित्तनिरोधे चित्तवन्निरुद्धानीन्द्रियाणि नेतरेन्द्रियजयवदुपायान्तरमपेक्षन्ते। यथा मधुकरराजं मक्षिका उत्पन्तमनूत्पतन्ति निविशमानमनुनिविशन्ते तथेन्द्रियाणि चित्तनिरोधे निरुद्धानीत्येष प्रत्याहारः।।”

भाष्यानुवादः– इन्द्रियहरु आ-आफ्ना विषयहरु (रूपरसादि) को संप्रयोग-संन्निकर्ष नभएमा मानौं चित्तवृत्तिको अनुरूप नै इन्द्रियहरु हुन्छन्, त्यसैले चित्तको निरोध भएमा चित्त समान इन्द्रियहरु पनि निरुद्ध हुन्छन्। इन्द्रियहरुलाई जित्नको लागि अन्य उपायहरुको आवश्यकता हुँदैन। जस्तै-महको संग्रह गर्ने माहुरीहरु सबै रानी माहुरी उड्यो भने उड्छन् र बस्यो भने साथ्मा बस्दछन्। त्यस्तै नै इन्द्रियहरु पनि चित्त निरोध भए पछी (बाह्य विषयहरु बाट विमुख भए पछी) निरुद्ध हुन्छन्। यही प्रत्याहार नामक योगांग हो

सूत्रार्थः- नेत्रादि इन्द्रियहरुको आ-आफ्नो विषयहरु संग सम्बन्ध नभएमा मन जस्तै स्वरूप अनुरूप हुनु प्रत्याहार नामक योगांग हो।

ऋग्वेदादि-भाष्य-भूमिकाः- प्रत्याहार त्यसको नाम हो जो जब पुरुषले आफ्नो मनलाई जित्छ, तब इन्द्रियहरुको विजय स्वयं हुन्छ किनकि मनले नै इन्द्रियहरुलाई चलाउँछ।

भावार्थः- “प्रत्याहार” शब्दको अर्थ विषय बाट विमुख (पृथक्) हुनु हो। यसमा इन्द्रियहरु बाह्य विषयहरु बाट विमुख भएर अन्तर्मुखी हुन्छन्। आङ् पूर्वक हृञ् धातु, आहरण (आकृष्ट) गर्ने अर्थमा प्रयुक्त हुन्छन्। प्रति उपसर्गले त्यस भन्दा विपरीत अर्थ (विमुख हुनु) द्योतित गर्दैछ। मन एकाग्र हुनासाथ् इन्द्रियहरु पनि मनको अनुसरण गरेर एकाग्र हुन्छन्। यस विषयमा यो जान्नु पर्दछ कि बाह्य नेत्रादि इन्द्रियहरु मनको सम्पर्क बिना विषयहरुको ग्रहण गर्न सक्दैनन्। त्यसैले जब हाम्रो ध्यान अन्यत्र हुन्छ, त्यति बेला हामि देखेर पनि देख्न सक्दैनौं र सुनेर पनि सुन्न पनि सक्दैनौं। जब मन शुद्ध र एकाग्र भएर आत्मचिन्तनमा लाग्दछ, यी अन्य नेत्रादि इन्द्रियहरु विषयमा सम्बद्ध भएर पनि उसको ज्ञान गराउन सक्दैनन्। यसैलाई सूत्रकारले भनेका छन् कि इन्द्रियहरु आफ्नो विषय देखि असम्बद्ध भएर चित्तको अनुसरण त्यसरी नै गर्न लाग्दछन् जसरि माहुरीहरु रानी माहुरीको  अनुसरण गर्ने गर्दछन। मनको निरोध हुनाले इन्द्रियहरुको पनि निरोध हुन्छ। योगको यस स्थितिलाई नै “प्रत्याहार” नामले चिनिन्छ।

 प्रत्याहारको फल
===============

“ततः परमा वश्यतेन्द्रियाणाम् ।।” (योगदर्शन:२/५५)

व्यास-भाष्यः- “शब्दादिष्वव्यसनमिन्द्रियजय इति केचित्। सक्तिर्व्यसनं व्यस्यत्येनं श्रेयस इति। अविरुद्धा प्रतिपत्तिर्न्याय्या। शब्दादिसंप्रयोगः स्वेच्छयेत्यन्ये। रागद्वेषाभावे सुखदुःखशून्यं शब्दादिज्ञानमिन्द्रियजय इति केचित्। चित्तैकाग्र्याद प्रतिपत्तिरेवेति जैगीषव्यः। ततश्च परमात्वियं वश्यता यच्चित्त-निरोधे निरुद्धानीन्द्रियाणि नेतरेन्द्रियजयवत्प्रयत्न-कृतमुपायान्तरमपेक्षन्ते योगिन इति।।

भाष्यानुवादः– परमावश्यता–स्वाधीनता–इन्द्रियजयको विषयमा कसैको मान्यता छ कि इन्द्रियहरुको शब्द, स्पर्श, रूप, रस र गन्ध विषयमा आसक्ति नहुनु नै इन्द्रिय जय हो।

व्यसनको व्याख्या: आसक्ति नै व्यसन हो, किनकि प्राणियहरुलाई यसले कल्याण-मार्ग देखि पर हटाउँछ। र जुन अविरुद्ध (शास्त्र अनुकूल प्रतिपत्तिः) विषयहरुको भोग गर्नु हो, त्यो न्यायोचित छ। केहि मानिसहरुले यस्तो मान्दछन कि स्वेच्छाले (भोगको वशीभूत भएर हैन) इन्द्रियहरुको शब्दादि विषयका साथ सम्पर्क गर्नु इन्द्रिय जय हो भने कसैको मान्यता विषयहरु प्रति राग र द्वेष रहित भएर शब्दादि विषयहरुको सुख-दुःख देखि पृथक् भएर अनुभव गर्नु इन्द्रिय जय हो। र जैगीषव्य मुनिको मान्यता छ कि चित्तको एकाग्रता हुनाले शब्दादि विषयहरुमा प्रवृत्ति नहुनु नै इन्द्रिय जय हो। यसमा श्रेष्ठ उपाय: चित्तको निरोध भएमा इन्द्रियहरु पनि निरुद्ध हुन्छन्। यसबाट योगीहरुले अन्य इन्द्रियहरुको जय समान पृथक् गरिएका अन्य उपायहरुको अपेक्षा आवश्यकता अनुभव गर्दैनन्।

ऋग्वेदादि-भाष्य-भूमिकाः- त्यो मनुष्य जितेन्द्रिय भएर जहाँ आफ्नो मनलाई टिकाउन या चलाउन चाहन्छ, त्यसैमा टिकाउन र चलाउन सक्छ र फेरी त्यसलाई ज्ञान भैसकेपछी सदा सत्यमा नै प्रीति हुन्छ; असत्यमा कदापि हुन्न।

प्रत्याहारको स्थिति पछी इन्द्रियहरुको सर्वोत्कृष्ट स्वाधीनता (जितेन्द्रियता) हुन्छ।

भावार्थः- यो स्तरमा पुगेपछि इन्द्रियहरु पूर्ण रूपेण वशमा हुन्छन। फेरी कुनै अन्य उपायको आवश्यकता हुँदैन। महर्षि व्यासले इन्द्रिय-जयको  सम्बन्धमा अनेक आचार्यहरुको परिभाषाहरु दिएका छन्:
(१)  शब्दादि-विषयहरुमा नफस्नु,
(२) स्वेच्छाले भोग भोगनु, आसक्त भएर हैन,
(३) राग-द्वेषको अभाव भएमा सुख-दुःख देखि रहित भएर शब्दादि-विषयहरुको अनुभव गर्नु इन्द्रिय-जय हो।
(४) चित्तको एकाग्रता भएमा  शब्दादि-विषयहरुमा प्रवृत्त नहुनु इन्द्रिय-जय हो।
यी सबमा अन्तिम पक्ष नै सर्वोत्कृष्ट हो। शेष अपूर्ण इन्द्रिय-जय हुन्, किनकि उनमा भोग प्रति लालसा बनिरहन्छ। अतः मनको निरोध हुनाले इन्द्रियहरुको निरोध हुनु नै परमावश्यता (इन्द्रिय-जय) हो।

(६) धारणा
===========

उक्तानि पञ्च बहिरङ्गानि साधनानि धारणा वक्तव्या-
यम देखि प्रत्याहार सम्म योगका पाँच बहिरंग साधन मानिएका छन्। अब योगको अन्तरङ्ग अङ्ग प्रारम्भ हुँदैछन्।
पहिलो अन्तरंग धारणा हो, जसको प्रथम सूत्र छ:

“देशबन्धश्चित्तस्य धारणा” (योगदर्शन-३/१)
जब उपासना योगको पूर्वोक्त पाँचै अङ्ग सिद्ध हुन्छन, तब उसको छैठौं अङ्ग धारणा पनि यथावत् प्राप्त हुन्छ। जसले मनलाई चञ्चलता बाट छुटाएर नाभि, हृदय, निधार, नाक र जीब्रोको अग्रभाग आदि देश (अङ्ग) मा स्थिर गरेर ओङ्कारको जप र उसको अर्थ जो परमेश्वर हो उसको विचार गर्नु लाई धारणा भनिन्छ (ऋ.वे.भा.भू) ।

व्यास-भाष्यः- नाभिचक्रे, हृदयपुण्डरीके, मूर्ध्नि ज्योतिषि, नासिकाग्रे, जिह्वाग्रे इत्येवमादिषु देशेषु बाह्ये वा विषये चित्तस्य वृत्तिमात्रेण बन्ध इति धारणा।” 

नाभि, हृदय, मूर्धाज्योति अर्थात् नेत्र, नासिकाग्र जिह्वाग्र इत्यादि देशहरुको बीचमा चित्तलाई योगीहरुले धारण गरुन् तथा बाह्य विषय जस्तै ओङ्कार वा गायत्री मन्त्रमा चित्त लगाउन्, किनकि “तज्जपस्तदर्थभावना” (योगदर्शन १/२८)। योगीले यसको जप अर्थात् चित्त बाट पुनः-पुनः आवृत्ति गरुन् र यसको अर्थ जो ईश्वर हो उसलाई हृदयमा विचारुन्। “तस्य वाचकः प्रणवः” (योगदर्शन–१/२७)। ओङ्कारको वाच्य ईश्वर हो र उसको वाचक ओङ्कार हो। बाह्य विषय बाट यहि नै लिनु र कुनै अन्य विषयलाई हैन किनकि अन्य प्रमाण कहीं  छैन।

धारणाको विषयमा
=================

बाह्य पाँच अङ्ग यी हुन्:- यम, नियम, आसन, प्राणायाम, प्रत्याहार। मुख्य रूपले योगका साधनहरुको कथन भएको हुनाले योग-दर्शनको द्वितीय पाद (अध्याय) को नाम “साधनपाद” राखिएको हो। योगका शेष तीन अङ्ग- धारणा, ध्यान र समाधिलाई तृतीय पाद (अध्याय)  “विभूतिपाद” मा राखिएको छ। यी अवशिष्ट हुनाले अन्तरंग हुन्। योगीले यिनी बाट विशेष सिद्धि या ऐश्वर्य प्राप्त गर्दछ। यी सिद्धिहरु विभूतिको रूपमा छन्, अतः यिनलाई “विभूतिपाद” मा राखिएको छ

यद्यपि धारणादि पनि योगका नै अङ्ग हुन् अतः समस्त योगांगहरुको एकत्र कथन गर्नु नै उचित थियो। तर पनि यी तीन अङ्गहरुलाई विभूतिपादमा किन राखियो भन्ने आशंका पाठकहरुको लागि स्वाभाविक नै थियो। यसको समाधान पतञ्जलि मुनिले योगदर्शन ३/७ मा स्वयं दिएका छन् । यम-नियमादि साधनहरुको अपेक्षा योगसाधनामा धारणादि तीन साधन अन्तरङ्ग हुन्। यम-नियम बहिरंग किन हुन्? किनकि यी अंगले चित्त बाट  अविद्यादि क्लेशहरु शुद्धि गरेर योगको लागि उपयोगी बनाउँछन् जसबाट चित्तवृत्ति एकाग्र भएर योगमा लाग्न सकियोस्। जसरि कृषकले बीउ छर्नु भन्दा पहिले जमिन जोतेर नरम, स्वच्छ र उपजाऊ बनाउँछ, त्यसै गरि बहिरंग साधनहरु बाट चित्त निर्मल भएर स्वच्छ तथा सूक्ष्म विषयलाई जान्ने सामर्थ्य प्राप्त गर्दछ। अतः यी धारणादि योगका साक्षात् प्रमुख साधन हुन् र योगांगहरुमा पनि आठौँ अंग समाधि प्रथम अंगहरुको फल हुनाले विभूति हो र यसको प्राप्तिमा धारणा र ध्यानको साक्षात् सम्बन्ध छ। अतः यी तीनलाई “विभूतिपाद” मा राखिएको हो।

विमर्श:- चित्तलाई शरीरका कुनै पनि (नाभिचक्रादि) अंग-विशेषमा विषयान्तर बाट हटाएर बाँध्नु, रोक्नु या स्थिर गर्ने अभ्यास गर्नुलाई धारणा भनिन्छ। तर यो देश-बन्ध शरीर भित्र नै हुनु पर्दछ, बाह्य कुनै पदार्थ या स्थानमा हैन। यस सूत्रको भाष्यमा महर्षि व्यासले “बाह्ये वा विषये” लेखेका छन्, जसको अर्थ प्रायः व्याख्याकारहरुले शरीर बाहिर कुनै स्थान या पदार्थमा चित्तलाई रोक्नु भन्ने अर्थ गर्दछन, तर यो अर्थ यहाँ संगत छैन। यहाँ सही अर्थ प्रणव-जप र तदर्थ-भावना हो, जुन प्रकरणले संगत पनि छ। योगशास्त्रमा प्रणव-जपको विधान गरिएको छ। धारणाको सम्बन्ध ध्यान र समाधि संग छ र यी तीनवटै  योगांगहरु अन्तरंग हुन्, यो कुरो सूत्रकारले ३/७ मा स्वयं मानेका छन्। अन्तरंग शब्दले यस विषयमा स्पष्ट पार्दै छ कि धारणा अन्तरंग हुनाले शरीर भित्र नै गर्नु पर्दछ, बाहिर हैन र त्यो अर्थ व्यावहारिक पनि छैन। किनकि जब इन्द्रियहरुले बाहिर कार्य गरिरहेका हुन्छन्, त्यति बेला मनको सम्बन्ध पनि हुँदैन र मन बाह्य सान्त पदार्थहरुमा कदापि स्थिर हुन सक्दैन अर्थात् बाँधिन सक्दैन। त्यसैले भित्र नै प्रणवोपासना द्वारा यसलाई रोक्न सकिन्छ र जहाँ धारणा गरिन्छ ध्यान पनि त्यहीं लगाउनु पर्ला, यहि कुरो सूत्रकारले ३/२ मा “तत्र” पदले स्पष्ट गरेका छन्। यदि धारणा बाहिर भयो भने ध्यान पनि बाहिर होला। तर बाह्य ध्यानमा प्रत्ययैकतानता (ज्ञानवृत्ति) को एकाग्रता कदापि संभव हुँदैन। त्यसैले धारणा शरीर बाहिर गर्नु सूत्रकार र भाष्यकार दुवैको आशय विरुद्ध हुनाले असंगत छ।

क्रमशः…

10 thoughts on “….योग र यसका अंग-७”

  1. prem ji namaste ??? maine dekha hain aur apne bhi suna hoga ki rishi muni kisi animal ki skin ke upar baith kar yog kiya kate the ? ye kitna theek aure galat hai ? iske upar chancha karni chaie ?? apka kya mat is bare mein dhanyvaad .

    1. ओ३म..
      नमस्ते पुन जी..!
      मैंने भी यह वात सूना तो है, लेकिन कोई पुख्ता वैदिक प्रमाण नहीं मिला अभीतक..पौराणिक प्रमाण मानने लायक नहींहै..अगर आप ने कहीं वैदिक प्रमाण देखा हो तो हमें बताने की कृपा करें..मेरे विचारमें पशु-चर्म पर बैठना योग से कोई सम्बन्ध नहीं है..और ना कोई अपराध, हाँ यह जरुर विचार किया जा सकता है की ओह पशु अपनी काल गति से मरा है या चर्म के लिए मारा गया है, यदि किसी ने ह्त्या किया है तो ओह योगी भी जरुर पाप का भागी बनेगा, नहीं तो अपनी काल गति से मरने वाले पशु से हम उसकी चर्म प्रयोग कर सकते हैं..!
      धन्यवाद..!

  2. namaste prem ji je main ek kit pad raha tha “https://archive.org/details/Review_of_Beef_In_Ancient_India_Jaidayal_Dalmia” iska page no 169 padie inke anusar “gobhih” shabd ka arth cow ki skin hai dhanyvaad aapki kya vyakhya hai ? dhanyvaad ?

    1. ओ३म्..
      नमस्ते जी..!
      निरुक्त-२/५ इस बिषय से सम्बंधित नहीं है..
      धन्यवाद..

    1. ओ३म्..
      नमस्ते जी..!
      निरुक्त-२/५ इस बिषय से सम्बंधित नहीं है..
      धन्यवाद..

    1. ओ३म्..
      पुन जी नमस्ते..!
      बैठ्नेको कोई मना नहीं, बैठ सकते हो..

Leave a Reply

Your email address will not be published. Required fields are marked *