ओ३म्..
महाभारत काल देखि हाल सम्म हाम्रो दुर्गति हुनुको प्रमुख कारण: वेद-आज्ञाको उन्लंघन…
थाहा पाई राखौं, वेद-आज्ञा उन्लंघन गर्दाको कति भयङ्कर परिणाम हुन सक्छ? महाभारतमा त्यो दुर्गति हुनुको पछाडी वेद-आज्ञाको उन्लंघन नै थियो..।
- पहिलो आज्ञा:
अक्षैर्मा दिव्य: (ऋ,१०/३४/१३)
अर्थात्, “जुवा नखेल।” यस आज्ञाको उन्लंघन भयो। यस आज्ञाको उन्लंघन धर्मराज भनेर चिनिने जेष्ठ पाण्डु पुत्र युधिष्ठिरले गरका थिए।
परिणाम: सभामा एक स्त्रीको अपमान। महाभारत जस्तो भयङ्कर युद्ध जसमा करोडौं योद्धा र लाखौँ विद्वानहरु मारिए। आर्यावर्त पतनको मार्ग तिर अग्रसर भयो।
- दोस्रो आज्ञा:
मा नो निद्रा ईशत मोत जल्पिः (ऋ ८/४८/१४)
अर्थात्, “आलस्य, प्रमाद र बकवादले हामी माथि शासन नगरुन।” तर यस आज्ञाको पनि उन्लंघन भयो। महाभारत कालमा केहि राजाहरु आलस्य र प्रमादमा डुबे।
परिणाम: विदेशिहरुको आक्रमण। धर्मको नाममा अंधविश्वासको पाखण्ड फैलनु।
- तेस्रो आज्ञा:
सं गच्छध्वं सं वद्ध्वम (ऋ. १०/१९१/२)
अर्थात्, “आपसमा हातेमालो गर्दै परस्पर मिलेर प्रेम पूर्वक अघि बढौं, हाम्रो गति परस्पर विरुद्ध नहोस्, ‘येन देवा न वियन्ति’ (देवहरुको परस्पर विरुद्ध गति हुँदैन)। हामीहरुमा परस्पर संवाद बनिरहोस्, विवाद त केवल मूर्खहरूले मात्र गर्ने गर्दछन्।
“वेदको यो आज्ञाको पनि उन्लंघन भयो। जब विदेशिहरुको आक्रमण भयो, त्यसबेला देशका समस्त राजाहरु एकसाथ् मिलेर हिँडेनन्। उल्टै कसैले त उनै आक्रमणकारिहरुको सहयोग गर्न पुगे।
परिणाम: लाखौँ मानिसहरुको हत्या, लाखौँ स्त्रिहरुका साथ दुराचार, पापाचार, धन-धान्यको लूटपाट र दासता।
- चौठो आज्ञा:
कृतं मे दक्षिणे हस्ते जयो में सव्य आहितः (अथर्व: ७/५०/८)
अर्थात्, “मेरो दायाँ हातमा कर्म छ र बायाँ हातमा विजय।” वेदको यस आज्ञाको उन्लंघन भयो। मानिसहरुले वैदिक कर्मलाई छोडेर पौराणिक ग्रहहरुको फलित-ज्योतिष आदिको आश्रय लिए।
परिणाम: पुरुषार्थहीनता, कर्महीनता, भाग्यको भरोसामा रहेर आक्रान्ताहरु संग संघर्ष नगरेर समर्पण गर्नु। धन-धान्यको अपव्यय, मनोबलको कमी र मानसिक दरिद्रता।
- पाँचौ आज्ञा:
उतिष्ठत सं नह्यध्वमुदारा: केतुभिः सह।
सर्पा इतरजना रक्षांस्य मित्राननु धावत।।
(अथर्व:११/१०/१)
अर्थात्, “हे वीर योद्धाहरु हो ! तिमीहरु आफ्नो झण्डा लिएर उठ र कम्मर कसेर तयार हौ। हे सर्प समान क्रुद्ध रक्षाकारी विशिष्ट पुरुषहरु हो ! आफ्ना शत्रुहरु माथि आक्रमण गर।” वेदको यस आज्ञाको पनि उन्लंघन भयो। जब मानिसहरु बीच बुद्ध र जैन मतको मिथ्या अहिंसावादको प्रचार भयो, त्यसबेला मानिसहरुले आक्रमणकारिहरुको डटेर सामना गर्न छोडेर मिथ्या अहिंसावादलाई नै मुख्य मान्न थाले।
परिणाम: अशोक जस्ता महान योद्धाले युद्ध छोड्नु। विदेशिहरु द्वारा यसको फाइदा उठाएर भारतमा आक्रमण तेज गर्नु, प्रतिवाद कसैले नगर्नु।
- छैठौं आज्ञा:
मिथो विघ्राना उप यन्तु मृत्युम (अथर्व: ६/३२/३)
अर्थात्. “आपसमा लड्नेहरु मृत्युको ग्रास बन्दछन् र नष्ट-भ्रष्ट हुन्छन् ।” वेदको यस आज्ञाको उन्लंघन भयो।
परिणाम: भारतका समस्त योद्धाहरु आपसमा लडी-लडी मरे र विदेशिहरुले यसको फाइदा उठाए।
सातौं आज्ञा:
न तस्य प्रतिमा अस्ति (यजुर्वेद:३२/३)
अर्थात्. “ईश्वरको कुनै प्रतिमा तथा उ जस्तो कुनै प्रतिमान छैन।” तर यस आज्ञाको पनि उन्लंघन भयो र मानिसहरुले ईश्वरलाई परिछिन्न एक जडवत मूर्तिमा स्थापित गरिदिए।
परिणाम: ईश्वरको यथार्थ स्वरुपलाई छोडेर बिभिन्न स्वरुपको उपासना र सत्य धर्म त्याग्दिनु या बिर्सनु। मन्दिरहरुमा निक्कै धन जम्मा हुनु, जो न धर्म रक्षामा प्रयोग हुन्छ न अभाव र गरीबी हटाउनमा। त्यहि धन लुट्न लुटेराहरु द्वारा आक्रमण हुनु।
आठौँ आज्ञा:
”इममूर्णायुं वरुणस्य नाभिं त्वचं पशूनां द्विपदां चतुष्पदाम्।
त्वष्टु: प्रजानां प्रथमं जानिन्नमग्ने मा हिश्सी परमे व्योम।।” (येजुर्वेद: १३/५०)
अर्थ: ”ऊन जस्ता रौँ गरेका भेडा-बाख्रा, ऊट आदि चौपायहरु र पक्षिहरु आदि दुई खुट्टे प्राणीलाई नमार।”
” न कि देवा इनीमसि न क्या योपयामसि। मन्त्रश्रुत्यं चरामसि।।’- सामवेद: २/७
अर्थ: ”हे देवहरु हो! हामि हिंसा गर्दैनौं र यस्तो अनुष्ठान पनि गर्दैनौं, वेद मंत्रको आदेशानुसार नै आचरण गर्दछौं।”
अहिंसा र प्राणिहरुको रक्षा गर्ने वेदको यो आदेश पनि उन्लंघन भयो मानिस आफ्नै जिब्राको दास भयो रसलोलुप भयो र विविध काल्पनिक देवी-देवताहरु सिर्जना गरेर तिनको नाममा ति निर्दोष तथा मूक पशु-पंक्षीहरुको हत्या अध्यावधि कायमै छ।
परिणाम: मनुष्यमा सात्विक वृत्तिको लोप र पशु-वृत्ति हावी भयो, दया-माया-करुणा हरायो, मान्छे हिंस्रक भयो, स्वार्थि भयो, आसुरी प्रवृत्ति बढ्यो, पाप र कुकर्म तिर प्रवृत्त हुन थाल्यो, जसले गर्दा मानवता तथा राष्ट्रको उन्नति पतनको दिशामा अग्रसर हुँदैछ।
अब आउनुहोस्, पुनः वेदको मार्गमा लागेर वेदको आदेशानुसार नै एक सशक्त राष्ट्र र चरित्रवान विश्वको निर्माण गरौँ..! “कृण्वन्तो विश्वमार्यम्”..! अस्तु..
(विविध लेख बाट संकलित..)
नमस्ते..!
-प्रेम आर्य
दोहा, कतार बाट
अत्यन्तै मननयोग्य चिन्तनयुक्त सत्यतथ्य जानकारीको लागि धेरै धन्यवाद दाजु। हजुरको जय होस।
ओ३म्..
लिला भाइ, नमस्ते..!
तपाइको अमूल्य प्रतिक्रियाको लागि हार्दिक आभार टक्र्याउँछु ल..
यस्तै यस्तै प्रतिक्रिया तथा सुझाव पनि दिंदै गर्नुस् भनी अपेक्षा छ..
जय होस् उस् परमपिता परमात्माको जसले हामीलाई आफ्नो शुभ कर्म द्वारा यो मनुष्य जन्मलाई साकार पार्ने अवसर प्रदान गरेको छ..
सत्य सनातन वैदिक धर्मको जय..!
धन्यवाद..