सनातन धर्म सम्बन्धि केहि मौलिक प्रश्नोत्तर

ओ३म्….!

सनातन धर्म सम्बन्धि केहि मौलिक प्रश्नोत्तर: (भाग-१)

Untitled

प्रश्न १- हाम्रो देशको प्राचीन र प्रथम नाम के थियो?

उत्तर: हाम्रो देशको प्राचीन र प्रथम नाम आर्यावर्त थियो।

प्रश्न २- हामी नेपालवासिहरुको प्राचीन नाम के थियो?

उत्तर: हामि नेपालवासिहरुको प्राचीन नाम आर्य थियो।

प्रश्न ३- हाम्रो प्राचीनतम धर्म के हो?

उत्तर: हाम्रो प्राचीनतम धर्म वैदिक धर्म हो।

प्रश्न ४- हामि वैदिक धर्मिहरुको धार्मिक पुस्तक कुन हो?

उत्तर: हामि वैदिक धर्मिहरुको धार्मिक पुस्तक वेद हो।

प्रश्न ५- वेद कति छन्?

उत्तर: वेद पुस्तकको रुपमा चार छन् -ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद।

प्रश्न ६- वेद कति पुराना हुन्?

उत्तर: वेद (हाल बि.सम्वत्-२०७४ मा)  १,९६,0८,५३,११८ वर्ष पुराना भए। पुस्तक संस्करण वर्षका अनुसार यसमा केहि परिवर्तन हुन सक्छ।

प्रश्न ७- चार वेदमा कति मन्त्र छन्?

उत्तर: चार वेदमा जम्मा २0,३७९ मन्त्र छन्। ऋग्वेदमा- १0,५५२, यजुर्वेदमा- १,९७५, सामवेदमा-१,८७५ र अथर्ववेदमा- ५,९७७ मन्त्र छन्।

प्रश्न ८- वेदको भाषा कुन हो ?

उत्तर: वेदको भाषा वैदिक संस्कृत हो।

प्रश्न ९- वेदमा के के विषय छ?

उत्तर: वेदमा मनुष्यका लागि आवश्यक समस्त ज्ञान-विज्ञान छ। संक्षेपमा- ईश्वर, जीव, प्रकृतिको विज्ञान अथवा ज्ञान-कर्म-उपासनाको विषय छ।

प्रश्न १0- वेदको ज्ञान मनुष्यहरुलाई कसरि प्राप्त भयो ?

उत्तर: वेदको ज्ञान सृष्टिको आदिमा ईश्वरले चार जना सर्व श्रेष्ठ उत्तम मनुष्य (ऋषि) हरुलाई प्रदान गरे। जसको नाम अग्नि, वायु, आदित्य र अंगिरा थियो।

प्रश्न ११- अनादि वस्तुहरु कति छन्?

उत्तर: अनादि वस्तुहरु तीन छन्- ईश्वर, जीव र प्रकृति।

प्रश्न १२- वेद पुस्तक रूपमा कहिले बने?

उत्तर: यो सुरुमा गुरु-शिष्य परम्परा अनुसार नै सुन्ने-सुनाउने गरिन्थ्यो त्यसैले वेदलाई श्रुति पनि भनिन्छ, यो पुस्तकको रुपमा कहिले बन्यो भन्ने बारेमा कुनै निश्चित रुपमा भन्न सकिन्न तर संभावना छ कि सृष्टिको केहि काल बिते पछी वेद पुस्तक रूपमा बनेका हुन सक्छन्।

प्रश्न १३- अनादि भनेको के हो?

उत्तर: जसको उत्पत्ति नै नभएको होस्, जो सदा देखि छ; त्यसलाई अनादि भनिन्छ।

प्रश्न १४- ईश्वरका मुख्य कर्म के के हुन्?

उत्तर: ईश्वरका मुख्य कर्म ५ छन्- १ संसार बनाउनु, २ संसारको पालन गर्नु, ३ संसारको विनाश (प्रलय) गर्नु, ४ वेदको ज्ञान दिनु र ५ शुभाशुभ कर्मको उचित फल दिनु।

प्रश्न १५- ईश्वरको मनुष्यहरुका साथ कस्तो किसिमको सम्बन्ध छ?

उत्तर: ईश्वरको मनुष्यहरुका साथ पिता-पुत्र, माता-पुत्र, गुरु-शिष्य, राजा-प्रजा, साध्य-साधक, उपास्य-उपासक, व्याप्य-व्यापक आदि अनेकौं सम्बन्ध छन्।

प्रश्न १६- वेदमा ईश्वरको कस्तो स्वरूप वर्णन गरिएको छ ?

उत्तर: वेदमा ईश्वरलाई सच्चिदानन्दस्वरूप, निराकार, सर्वशक्तिमान, न्यायकारी, दयालु, अजन्मा, निर्विकार, अनन्त, अनादि, अनुपम, सर्वाधार, सर्वेश्वर, सर्वव्यापक, सर्वान्तर्यामी, अजर, अमर, अभय, नित्य, पवित्र तथा सृष्टिकर्ता आदि गुण भएको वर्णन गरिएको छ।

प्रश्न १७- यो संसार कहिले बन्यो?

उत्तर: यो संसार बनेको  १,९६,0८,५३,११८ वर्ष व्यतित भयो (विसं २०७४मा) । तर  पुस्तक संस्करण वर्षका अनुसार यसमा केहि परिवर्तन हुन सक्छ।

प्रश्न १८- यो संसार अरु कति वर्ष सम्म चल्छ?

उत्तर: यो अरु २,३५,९९,४६,८८२ वर्ष सम्म चल्नेछ (विसं २०७४ देखि)।  तर  पुस्तक संस्करण वर्षका अनुसार यसमा केहि परिवर्तन हुन सक्छ।

प्रश्न १९- मर्यादा पुरुषोत्तम श्री रामको इतिहास (रामायण काल) कति वर्ष पुरानो हो?

उत्तर: मर्यादा पुरुषोत्तम श्री रामको समय (रामायण काल) लगभग १0 लाख वर्ष पुरानो हो।

प्रश्न २0- योगीराज श्री कृष्णको समय (महाभारत काल) कति वर्ष पुरानो भयो?

उत्तर: योगिराज श्री कृष्णको समय (महाभारत काल) लगभग ५२00 वर्ष पुरानो भयो। तर  पुस्तक संस्करण वर्षका अनुसार यसमा केहि परिवर्तन हुन सक्छ।

क्रमशः…

Leave a Reply

Your email address will not be published. Required fields are marked *