श्रीकृष्ण एक महान व्यक्तित्व (आर्य विचार)

ओ३म्..

k

श्रीकृष्ण एक महान व्यक्तित्व

आउनुहोस्, हामी पनि योगिराज श्रीकृष्णको महान चरित्रलाई जानेर आफ्नो जीवनमा अपनाउने संकल्प लिउँ:

(१) *जुवा विरोधी:-*
उनि जुवाको घोर विरोधी थिए। जुवालाई एक अत्यन्तै ग्रिनित व्यसन मान्दथे। जब उनले काम्यक वनमा युधिष्ठिर संग भेट गरे तब युधिष्ठिरलाई भनेका थिए:-
आगच्छेयमहं द्यूतमनाहूतोsपि कौरवैः ।
वारयेयमहं द्यूतं दोषान् प्रदर्शयन् ।।-(वनपर्व १३/१-२)
अर्थ:- हे राजन् ! यदि म पहिले द्वारिकामा या उसको निकट हुन्थें भने तपाईहरु यस भारी संकटमा पर्नुहुने थिएन। म कौरवहरुको अनुमति बिना नै उक्त द्यूत-सभामा जाने थिएँ र जुवाको अनेकौं दोष देखाएर त्यसलाई रोक्ने पूरा चेष्टा गर्ने थिएँ।

(२) *मदिरा विरोधी:-*
उनि मदिरापानका घोर विरोधी थिए। उनले यादवहरुलाई मदिरापान गर्न प्रतिबन्ध लगाएका थिए र त्यसको सेवन गर्नेलाई मृत्युदण्डको व्यवस्था गरेका थिए।
अद्यप्रभृति सर्वेषु वृष्ण्यन्धककुलेष्विह ।
सुरासवो न कर्त्तव्यः सर्वैर्नगरवासिभिः ।।
यश्च नोsविदितं कुर्यात्पेयं कश्चिन्नरः क्वचित् ।
जीवन् स कालमारोहेत् स्वयं कृत्वा सबान्धवः ।।-(मुसलपर्व १/२९,३०,३१)
अर्थ:- आज देखि समस्त वृष्णि र अन्धकवंशी क्षत्रियहरुका यहाँ तथा कुनै पनि नगरवासीले सुरा र आसव तयार नगरुन्।
यदि कसैले लुकी-छिपी कहीं पनि मादक पेय तयार गर्दछ भने त्यो अपराधी आफ्ना बन्धु-बान्धवहरु सहित जिउंदै  सूलीमा चढाइने छ।

(३) *गोभक्त:-*

उनि गोभक्त थिए। ग्वालाहरुको उत्सवमा हलो र जुवाको पूजा हुने गर्दथ्यो। श्रीकृष्णले ग्वालाहरुलाई सम्झाएर भने कि अब तिमीहरु यसको स्थानमा गोपूजन गर। हाम्रा देवता त गौ हुन्, गोवर्धन पर्वत हैन। गोवर्धनमा घाँस हुन्छ। जसलाई खाएर गौ दुध दिन्छिन्। यसबाट हाम्रो गुजारा चल्छ। आऊ, गोवर्धन र गौको यज्ञ गरौँ। गोवर्धन यज्ञ यो हो कि उत्सवका दिन सारा बस्तीका मानिसहरु त्यहीं जाउँ। त्याहाँ होम गरौँ। ब्राह्मणहरुलाई भोजन दिउँ। स्वयं खाउँ र अरुलाई पनि खुवाउँ। यसबाट थाहा हुन्छ कि उनि परम गोभक्त थिए।

(४) *ब्रह्मचर्य पालक तथा एक पत्नि व्रत:-*
महाभारतको युद्ध हुनु भन्दा पहिले श्रीकृष्णले अश्वत्थामालाई भनेका थिए-
ब्रह्मचर्यं महद् घोरं तीर्त्त्वा द्वादशवार्षिकम् ।
हिमवत्पार्श्वमास्थाय यो मया तपसार्जितः ।।
समानव्रतचारिण्यां रुक्मिण्यां योsन्वजायत ।
सनत्कुमारस्तेजस्वी प्रद्युम्नो नाम में सुतः ।।-(सौप्तिकपर्व १२/३०,३१)
अर्थ:- * मैले १२ वर्ष सम्म रुक्मिणीका साथमा हिमालयमा बसेर घोर ब्रह्मचर्य पालन गर्दै सनत्कुमार समान तेजस्वी प्रद्युम्न नामक पुत्र प्राप्त गरें। विवाह पश्चात् १२ वर्ष सम्म घोर ब्रह्मचर्य धारण गर्नु उनको संयमताको एक महान् उदाहरण हो।*
यस्ता संयमी र जितेन्द्रिय पुरुषलाई कुत्सित मनोविकारी पुराणका रचनाकारहरुले कति बीभत्स र घृणास्पद बनाइदिए।

(५) *राधा को थीइन्?:-*
वृषभानोश्च वैश्यस्य सा च कन्या बभूव ह ।
सार्द्धं रायणवैश्येन तत्सम्बन्धं चकार सः ।।
कृष्णमातुर्यशोदाया रायणस्तत्सहोदरः ।
गोकोले गोपकृष्णांश सम्बन्धात्कृष्णमातुलः ।।-
(ब्रह्म० प्रकृति ४९/३२,३७,४०)
अर्थ:- राधा वृषभानु वैश्यकी कन्या थीइन्। रायण वैश्यका साथ उसको विबाह-सम्बन्ध गरिएको थियो। रायण यशोदाको सहोदर भ्राता थिए र कृष्णका मामा। राधा उसकी पत्नि थीइन् भने राधा त कृष्णकी माइजु पो भइन्।
अब कुत्सित मनोविकार भएकाहरुले माइजु र भान्जा संगको प्रेम-व्यापार देखाउनु कहाँ सम्म उचित हो?
पुराणकारहरुले श्रीकृष्णको स्वरुपलाई बिगारेका छन्। बिडम्बना नै भनौं, उनीहरुले त्यस्तो पवित्र व्यक्तित्वलाई घृणित र बीभत्स बनाइदिए..?! अस्तु..

नमस्ते..!

4 thoughts on “श्रीकृष्ण एक महान व्यक्तित्व (आर्य विचार)”

  1. एकदमै सरन्य कुरो गुरु जी ! यस्तो सत्य कुरो जनजनमा पुराउनु पर्छ ।

    1. ओ३म्..
      श्याम भाइ, धन्यवाद छ है प्रतिक्रियाको लागि..
      आउनुहोस्, सबै मिलि सत्यको मण्डन गरौँ..
      नमस्ते..

  2. तर गुरु जी ! सत्य कुरो स्विकार गर्न कोही तयार छैनन यस्को उपाय के होला ? अरु को त कुरो छोडौ आफ्नै हिन्दु भनैदा हरु पनि यो कुरो स्विकार्न तयार छैनन ।

    1. ओ३म्..
      श्याम भाइ. हाम्रो कर्तव्य हो उनलाई सम्झाउने तर अपनाउने तथा नअपनाउने उनको आफ्नो स्वतन्त्रता हो, किनकि कर्म गर्नमा हामि सबै स्वतन्त्र छौं..

Leave a Reply to प्रेम आर्य Cancel reply

Your email address will not be published. Required fields are marked *