शालिग्राम पत्थरको वैज्ञानिक रहस्य-२

शालिग्राम पत्थरको वैज्ञानिक रहस्य-२

शालिग्राम
ओ३म्..

पूर्व भाग बाट क्रमशः..
कालीगण्डकी नदि हिमालयका प्रमुख दुई हिमशृंखला धौलागिरी र अन्नपूर्णको बीच बाट निस्केर बहन्छ। यो नदीले “एमोनाइट” (Ammonite) नामक एक प्रागऐतिहासिक कालिन कालो समुद्री जीवको जिवाश्म (फोसिल) लाई बगाएर ल्याउने गर्दछ।यहि हो शालिग्राम शिला। एमोनाइट एउटा शंख जस्तो कडा खोल भएको समुद्री जीव थियो। करोडौं वर्ष पहिले सम्म यी जीवहरु समुद्रमा घुम्ने गर्दथे। पछी कारणवश यी जीवहरु विस्तारै-विस्तारै मरेर सकिए र यिनको शरीर समुद्र तलमा पत्थरको रुपमा बदलिए। जब समुद्री तल भूकम्पको कारणले माथि उठ्यो तब यी जिवाश्म पनि माथि आए, जसलाई नदीले आफ्नो साथमा बगाएर ल्याउँछ।यो एमोनाइट जीवको जिवाश्म अद्भुत सुन्दर हुन्छ।यसलाई देख्नासाथ जो पनि मन्त्रमुग्ध हुन्छ। मानौं कुनै अनुभवी कलाकारले यसलाई सजायको हो। कमजोर धर्मभीरु मानिसहरु चमत्कार पूर्ण वस्तुबाट अति सिघ्र प्रभावित हुने गर्दछन् र उनको मनमा कुनै काल्पनिक देवि-देवताको स्मरण आउन थाल्छ। एमोनाइटको सुन्दर रुपलाई पनि यस्तै धर्मभीरु मानिसहरुको नजरमा देवता बनाइदियो।
एमोनाइट जीव लगभग साढे छ करोड वर्ष पहिले नै यो संसार बाट सदाका लागि बिदा भैसकेका थिए।भूवैज्ञानिकहरुको मतमा यी जीव “सेफालोपोडा” श्रेणीमा पर्दथे।१८ करोड वर्ष पहिले समुद्रमा यिनको संख्या अत्यधिक मात्रामा बढेको थियो।

आज पृथ्वीको विरलै स्थानमा मात्र यो जीवको जिवाश्म पाइन्छ। नेपालको गण्डकी नदि बाहेक भारतको नर्मदा नदिमा पनि यसको जिवाश्म पाइन्छ, तर गण्डकीको जस्तो कालो हुँदैन। यसको रङ कालो तब मात्र हुन्छ जब यो खास भूस्तर (जसलाई “स्फीटीसेल” भनिन्छ) मा तयार हुन्छ।काली गण्डकी नदि नेपालमा यहि स्फीटीसेल भूस्तर हुँदै बहन्छ, त्यसैले यसमा काला शिला पाइन्छन्। एमोनाइटको शरीर गोलो स्प्रिंग झैं चक्राकारको हुन्छ। त्यसैले यसको केन्द्रमा खाडल हुन्छ। शालिग्राम (विष्णु या नारायण) शिलाको केन्द्रमा पनि नाभिमूल देखिन्छ जसलाई अज्ञानीहरुले गलतिले शिलाको मुख सम्झन्छन्। किनकि एमोनाइटको जिवाश्म धेरै लामो समय सम्म चट्टानहरुको बिचमा च्यापिएर रहन्छ, त्यसैले यसको केन्द्रको खाडल ढाकिन्छ।यहि कारणले शालिग्राम शिलाको यो नाभिमूल स्पष्ट संग देखिन्न। केवल यसको चिन्ह मात्र रहन्छ।

जसरि हरेक वहुमूल्य वस्तुको नक्कल बजारमा पाइन्छ, त्यसैगरि हिन्दुहरुको यो उपास्य देवताको पनि नक्कल बजारमा सजिलै पाइन्छ। धेरै पूजारीहरु संग यहि नक्कली शालिग्राम पाइन्छ। काठमाडौँ र पोखराका अनेकौं स्थानमा यस्ता नक्कली शालिग्राम प्रसस्त बेच्न राखेको देख्न सकिन्छ।जसले यसलाई राम्रो संग चिनेका हुन्छन्, त्यस्ता हिन्दुहरु यहि नक्कली शालिग्राम देवताको दर्शन गरेर निराश हुन्छन्। धेरैजसो मन्दिरमा कालो बेसाल्ट पत्थरको ढिस्कोलाई नारायण शिला भनेर प्रतिष्ठित गरिएको छ। यहि पत्थरको बिचमा फलामको छड बाट नाभिमूल पनि तयार पारिएको हुन्छ।अब रह्यो चक्रको प्रश्न, शालिग्राम शिलाको सतह निक्कै चिल्लो हुन्छ। जुन चक्र चिन्ह देखिन्छ, त्यो केवल नाभिमूलमा मात्र देखिन्छ। तर एमोनाइटको सारा शरीरभरि नै चक्रको चिन्ह हुन्छ। यस्तो किन हुन्छ होला? वास्तवमा मन्दिरहरुमा जुन शिला प्रतिष्ठित छन् ति धेरै समय देखि काममा ल्याइएको छ। प्रत्येक दिन तेल र पानीले शिलालाई नुहाइदिने गरिन्छ। त्यसको शरीर पुछेर चन्दन घसिन्छ। त्यसैले कैयौं पिढी पछी एमोनाइटको जिवाश्मबाट त्यो चक्र चिन्ह मेटिन्छ तर केन्द्रको खाडलमा दुई-चार वटा चिन्ह जस्ताको तस्तै रहन्छन् किनकि ति खाडलमा छन्।

अब स्वर्ण आभूषण भएको शालिग्रामको बारेमा ध्यान दिऔं। जसरि अन्धश्रद्धावान मानिस हरुले सम्झन्छन्, त्यो वास्तवमा स्वर्ण-चुर्ण नभएर एउटा “पायराइट” नामक पदार्थ हो। यो एउटा यौगिक पदार्थ हो जुन काँचो फलामको सल्फाइड हो।पानी र हावाको सम्पर्कमा आएर यो पितल झैं चमकदार हुन्छ। सामान्य मानिसले यसलाई सुन सम्झन्छन्। पाइराइटलाई “मूर्खहरुको सुन” (फूल्स गोल्ड) पनि भनिन्छ। हिमालय बाट उत्पन्न हुने केहि नदिहरुको बालुवामा सुनका कणहरु पनि हुन्छन्, यिनै स्वर्ण कणहरु कुनै कुनै शालिग्रामको शरीरमा टाँसिन्छन् र नाभिमूलमा पनि जम्मा हुन सक्छन्। त्यसैले यो शिलालाई देवता मान्नुको एक कारण यो पनि हुन सक्छ।
क्रमशः..

Leave a Reply

Your email address will not be published. Required fields are marked *