शाकाहार अपनाऔं प्रसन्न रहौं..!

ओ३म्….!

शाकाहार अपनाऔं प्रसन्न रहौं..।

Untitled

शाकाहार स्वास्थ्यप्रद छ भन्ने तथ्यमा कसैलाई पनि शंका छैन। आज भोलि हरेकलाई थाहा हुनु पर्दछ कि विश्वका धेरैजसो वैज्ञानिक, डाक्टर तथा सर्वश्रेष्ठ खेलाडीहरु उत्तम स्वास्थ्य प्राप्त गर्नको लागि शाकाहार तिर प्रवृत्त हुँदैछन्। सनातन वैदिक विचारधारा र हाम्रा ऋषि-मुनि तथा महापुरुषहरुले पनि आफ्नो व्यक्तिगत अनुभवको आधारमा हामीलाई यहि प्रेरणा दिएका छन् कि मनुष्यको शारीरिक तथा मानसिक स्वास्थ्यमा पनि शाकाहारको अनुकूल प्रभाव पर्दछ।

विगत हजारौं वर्ष देखिको सांस्कृतिक विचलन, वैदिक शिक्षा देखि विमुख, नैतिक पतन, धार्मिक मार्ग देखि विचलन, तथा शाकाहारको बारेमा कुनै वौज्ञानिक शोध तथा अनुसन्धान नभएको कारणले पनि हुन सक्छ सायद हाम्रो देशमा शाकाहारी जीवन शैलीको बारेमा जन चेतना त्यति छैन। त्यसैले सरकारले पनि मांसाहारलाई नै प्रोत्साहन दिएर जनतालाई धर्म बिमुख बनाउने, रोग बढाउने र औषधिको व्यापार चम्काउने नीति लिएको देखिन्छ।  तर पश्चिमी मुलुकहरुमा शाकाहारको प्रचलन पढ्नुका साथ-साथ त्यसले स्वास्थ्यमा पार्ने नकारात्मक प्रभावहरुको बारेमा पनि वैज्ञानिक शोध तथा अध्ययन बढ्दै छ। र निरामिष भोजन शैलीको पक्षमा नयाँ-नयाँ अकाट्य जानकारिहरु प्रकाशमा आउँदै छन्।

विगतमा केहि मांस-प्रिय व्यक्तिहरुको अज्ञानताको कारणले शाकाहारलाई अल्जाईमर तथा बौद्धिक विकृति संग जोड्ने जस्तो अधकचरो प्रयत्न स्वरूप निराधार हल्ला फैलाइएको थियो। यस किसिमको हल्लाको पछाडी केहि सामान्य भ्रम थियो; त्यो हो मांसहारलाई मानव शरीरको लागि आवश्यक पोषक तत्वहरुको एक मात्र विकल्प मान्नु।

यस्तै यस्तै भ्रमहरुको बारेमा सत्य तथ्य जान्नको लागि अमेरिकाको ऐरिजोना राजकीय विश्वविद्यालयको पोषण विभागमा डा. बोनी बीझोल्ड (Bonnie L Beezhold) को नेतृत्व एक अध्ययन भएको थियो जसको प्रतिवेदन जून २०१० देखि अन्तर्जालमा उपलब्ध छ। यस अध्ययनमा संयुक्त राज्य अमेरिकाको दक्षिण-पश्चिम क्षेत्रका ‘सेवेंथ डे ऐड्वेंटिस्ट समुदाय’ संग स्वस्थ सहभागीताको लागि उनीहरुलाई पहिले शाकाहारी या मांसाहारी भोजन उपलब्ध गराइयो र फेरी उनीहरु संग १५२ वटा प्रश्नहरुको निम्न तीन प्रश्नावलिको आधारमा जाँच गरियो:-

  • भोजनको आवृत्ति
  • उदासी, थकावट, बेचैनी, तनावको मात्रा
  • विकृत मनोदशाको मापन

यस अध्ययन बाट एक पटक पुनः यहि कुरो स्पष्ट भयो कि शाकाहार गर्नाले जीवनमा प्रसन्नता बढ्छ, तनाव, थकावट, उदास पन तथा वेचैनी कम हुन्छ र यसले हाम्रो मनोदशाको सुधार हुनुका साथै मानसिक स्वास्थ्यको लागि शाकाहार अधिक हितकारी छ। यस अध्ययनमा यो कुरो पनि प्रकाशमा आयो कि माछा खानेहरुको तुलनामा ओमेगा-३को मात्रा केहि कम भए पनि शाकाहारिहरुमा यसको कुनै पनि प्रतिकूल प्रभाव पर्दैन।

यस अध्ययनको लागि तयार भएका स्त्री तथा पुरुषहरुमा ६४ जना शाकाहारी र ७९ जना मांसाहारी थिए ति मध्ये गर्भवतीहरुलाई अध्ययनबाट हटाए पछी १३८ जना बाँकी थिए। मांसाहारिहरुमा तनाव, थकावट, उदास पन तथा वेचैनीको मात्रा शाकाहारिहरुको तुलनामा दुई गुणा थियो। विकृत मनोदशाको मात्रा पनि मांसाहारीहरुमा शाकाहारिहरुको भन्दा निक्कै अगाडी थियो। शाकाहारी भोजनमा चिल्लोको मात्रा पनि मांसाहारिहरुको भन्दा कम पाइयो।  यस अध्ययनले त्यहि हाम्रै पुर्खाहरुको अनुभव तथा जानकारीलाई पुनः पुष्टि गरेको छ कि शाकाहारी जीवन शैली अपनाउनाले नै हाम्रो शरीर स्वस्थ, मन सुद्ध, मस्तिष्क तीक्ष्ण तथा वुद्धिको विकास हुन्छ। अस्तु..

नमस्ते..!

शाकाहारी जीवन शैली अपनाऔं र सदा प्रसन्न रहौं….!

Leave a Reply

Your email address will not be published. Required fields are marked *