शल्य चिकित्साका पितामह- महर्षि सुश्रुत

शल्य चिकित्साका पितामह- महर्षि सुश्रुत

Untitled

ओ३म्..

शल्यक्रियाको क्षेत्रमा सुश्रुतको नाम सबभन्दा पहिले आउँछ। उहाँ एक प्रसिद्ध तथा कुशल शल्य चिकित्सक हुनुहुन्थ्यो। शल्यको शाब्दिक अर्थ हो- चिरफार। शरीरलाई कुनै पीडा या दर्द नदिएर चिरफार गर्नु नै शल्य चिकित्सा हो। आङ्ग्ल भाषामा यसलाई सर्जरी अथवा अपरेशन पनि भनिन्छ। सामान्यतः संसारमा एउटा भ्रम सिर्जना गरिएको छ कि शल्यक्रियाको प्रारम्भ युरोपमा भएको थियो। तर यहाँ यो प्राचीन काल देखि नै विद्यमान रहेको छ।
शल्यक्रियाको ज्ञान त्यसो त पुरातन काल देखि नै मानव लाई थियो। तर त्यो विकसित अवस्थामा नभएको हुनाले अत्यन्त पीडादायक प्रक्रियाको रुपमा थियो। यसमा मरणको सम्भावना पनि अधिक मात्रामा थियो। सुश्रुत नै त्यस्ता प्रथम चिकित्सक हुनुहुन्थ्यो जसले शल्यक्रियालाई एक व्यवस्थित स्वरूप दिनुभयो। उहाँले यस विद्यालाई परिष्कार गरेर अनेकौं मनुष्यलाई स्वास्थ्य लाभ दिनमा महत्वपूर्ण योगदान दिनुभयो।
सुश्रुत एक महान ऋषि विश्वामित्रका वंशज हुनुहुन्थ्यो। महर्षि विश्वामित्र पनि एक वैज्ञानिक हुनुहुन्थ्यो। सुश्रुत द्वारा रचित प्रसिद्ध ग्रन्थ सुश्रुत संहिताको बारेमा भन्ने गरिन्छ कि यस ग्रन्थमा समस्त देवताहरु द्वारा पूजित वैद्यराज धन्वन्तरीका ति उपदेशहरुको संग्रह छ जुन उहाँले सुश्रुतलाई दिनुभएको थियो। शल्यचिकित्साको क्षेत्रमा सुश्रुत संहितालाई आज सम्म पनि प्रमाणभूत मानिन्छ।
प्लास्टिक सर्जरीलाई आजभोली चिकित्सा विज्ञानको एक महत्वपूर्ण उपलब्धि मानिन्छ। अमेरिकाका वैज्ञानिकहरुले यसको श्रेय लिन्छन्। तर सुश्रुतले आफ्नो कालजयी ग्रन्थमा प्लास्टिक सर्जरीको उल्लेख सैयौं वर्ष पूर्व नै गरिसक्नु भएको थियो । यस पद्धतिमा नाक, कान, ओठ अथवा अनुहारको सुन्दरता बढाउनको लागि ति ति स्थानको मांसपेशी हटाएर शरीरकै कुनै अन्य भागको मांसपेशी लगाएर त्यसलाई सुन्दर रूप दिने गरिन्छ। यहि पद्धतिको आधार लिएर नै प्राचीन कालका मानिसले आफ्नो रूप बदल्ने गर्दथे। सुश्रुत ज्यूको यहि पद्धतिको अनुसरण युरोपका बैज्ञानिकहरुले गरे र त्यहाँ बाट अमेरिका हुँदै आज विश्वभरमा यो पद्धति प्रचलित छ।
सुश्रुत संहिताको समय आज भन्दा २६०० वर्ष पूर्व मानिन्छ। यो ग्रन्थ संस्कृत भाषामा लेखिएको छ। पछी वि.सं. ५७ को आसपास सुप्रसिद्ध रसायनववेत्ता आचार्य नागार्जुनले यसलाई पुनः सम्पादित गरेर नयाँ स्वरूप दिनुभएको थियो। महर्षि सुश्रुतले आफ्ना शिष्यहरुलाई प्रयोगात्मक तथा क्रियाविधि द्वारा शिक्षा दिनुहुन्थ्यो। उहाँले चीरफारको प्रारम्भिक अभ्यास तरकारी तथा फलमा गर्नुहुन्थ्यो। यो अभ्यास पूर्ण भयो भने कसैको मृत शरीर माथि अभ्यास गराउनु हुन्थ्यो। उहाँले स्वयं मृत शरीरको चिरफार गर्दै विद्यार्थीहरुलाई पनि अभ्यास गराउनु हुन्थ्यो। उहाँले शल्यचिकित्सा संग सम्बन्धित एक सय भन्दा पनि अधिक यन्त्र तथा औजारहरुको आविष्कार गर्नुभएको थियो र ३०० प्रकारका शैल्य प्रक्रियाको खोज गर्नुभएको थियो।
सुश्रुतले नेत्रको शल्य चिकित्सा पनि गर्नुहुन्थ्यो। उहाँले आफ्नो संहितामा मोतिबिन्दुको शल्यचिकित्सा गर्ने विधि विस्तार पूर्वक वर्णन गर्नुभएको छ। उहाँलाई शल्य क्रिया द्वारा स्त्रीको प्रसव गराउने विधिको पनि ज्ञान थियो। उहाँलाई भाँच्चिएको हड्डी पत्ता लगाउन र तिनलाई जोड्नमा विशेषज्ञता नै प्राप्त थियो। रोगीलाई शल्य क्रियाका बेला हुने दुखाई कम गर्नका लागी उहाँले मद्यपान या कुनै विशेष औषधि दिने गर्नुहुन्थ्यो। सुश्रुत श्रेष्ठ शल्य चिकित्सक हुनुका साथै उहाँ एक श्रेष्ठ शिक्षक पनि हुनुहुन्थ्यो।

सुश्रुत संहितामा विभिन्न प्रकारका वनस्पतिहरुको पनि विश्लेषण गरेर तिनको विस्तार पूर्वक वर्णन गरिएको छ। महर्षि सुश्रुतको मान्यता थियो कि चिकित्सकलाई सैद्धान्तिक र किताबी ज्ञानको स्थानमा प्रयोगात्क ज्ञानमा कुशल हुनु पर्दछ। अस्तु..
हाम्रा माहान आदर्श पुरुषहरुको सम्मान गरौँ र उहाँहरुको ज्ञानलाई समस्त मानवजातिको भालाईका लागि संसारमा फैलाऔँ..!
नमस्ते..!
सत्य सनातन वैदिक धर्मको जय..!

Leave a Reply

Your email address will not be published. Required fields are marked *