वैदिक कालमा आकाश-मार्ग बाट आवागमन

ओ३म्..

प्राचीन विमान शास्त्र:

Untitled

-प्रेम आर्य

दोहा, कतार बाट

वैदिक कालमा अनेकौं प्रकारका आविष्कारहरु भैसकेका थिए। यसको प्रमाण अनेकौं वैदिक साहित्यमा उपलब्ध हुन्छन्। पश्चिमका वैज्ञानिकहरुले स्वत्वाधिकार(कपी-राइट) को उल्लंघन गरेर हाम्रो विद्या चोरि गरेका हुन्।

वैदिक ऋषि (वैज्ञानिक) हरु सांसारिकता देखि टाढै रहन्थे, त्यसैले उनीहरुले भौतिक उन्नतिलाई अधिक प्रश्रय दिएनन् तर उनीहरुले सबै जान्दथे।

ऋग्वेदमा वरुणको स्तुतिमा भनिएको छ कि उनले आकाशमा उड्न सक्ने पंक्षीहरुको मार्ग जान्दथे:

“वेदा यो वीनां पदमन्तरिक्षेण पतताम् ।” (ऋग्वेदः१/२५/७)

आकाशमा उड्ने वायुयानहरुको लागि ऋग्वेदमा ‘नौ’ र ‘रथ’ शब्दको प्रयोग भएको छ। यिनलाई “अन्तरिक्षप्रुद्” (अन्तरिक्षमा चल्ने) र “अपोदक” (जल-स्पर्श-रहित) भनिएको छ। मन्त्रमा यिनलाई “आत्मन्वती” भनिएको छ। यसबाट सूचित हुन्छ कि यसमा कुनै मशीन राखिन्थ्यो जसको कारणले यी सजीव तुल्य हुन्थ्ये।

“नौभिरात्मन्वतीभिः अन्तरिक्षप्रुद्भिः अपोदकाभिः ।” (ऋग्वेदः १/११६/३)

“वीडुपत्मभिः” र “आशुहेमभिः” शब्दले यिनको तीव्र उडानलाई सूचित गर्दछन:

“वीडुपत्मभिः आशुहेमभिः ।” (ऋग्वेदः१/११६/२)

यी मन्त्रमा अश्विनीकुमारको रथलाई “श्येनपत्वा” बाज सरह उड्ने र मन भन्दा पनि तीव्र गति भएको भनिएको छ:

“रथो अश्विना श्येनपत्वा मनसो जवीयान् ।” (ऋग्वेदः १/११८/१)

यसमा तीन आसन, तीन भाग र तीन पैया हुन्थ्ये:

“त्रिबन्धुरेण त्रिवृता रथेन त्रिचक्रेण ।” (ऋग्वेदः १/११८/२)

यो श्येन (बाज) र गृध्र (गिद्ध) सरह उड्दथ्यो:

“श्येनासो वहन्तु । दिव्यासो न गृध्राः ।” (ऋग्वेदः १/११८/४)

यसबाट यहि ज्ञात हुन्छ कि प्राचीन ऋषि (वैज्ञानिक) हरु आकाशीय मार्ग र आकाशीय यात्रा देखि परिचित थिए। यिनको प्रयोग व्यापार गर्नको लागि हुने गर्दथ्यो।

 प्राचीन विमान शास्त्र !!

प्राचीन विमानहरुको दुई श्रेणि थियो:

१- मानव निर्मित विमान: जुन आधुनिक विमान सरह पंखाको सहायताले उडान भर्ने गर्दथे।

महर्षि भारद्वाजको शब्दमा पक्षिहरु झैं उड्ने हुनाले वायुयानलाई विमान भनिन्छ।
वेगसाम्याद विमानोण्डजानामिति ।।

विमानका प्रकारहरु:-
शकत्युदगमविमान: अर्थात्, विद्युत बाट चल्ने विमान,
धूम्रयान: अर्थात्, धुवाँ, वाष्प आदि बाट चल्ने,
अशुवाहविमान: सौर्य उर्जा बाट चल्ने,
शिखोदभगविमान: पारोको शक्ति बाट चल्ने,
तारामुखविमान: चुम्बक शक्तिले चल्ने,
मरूत्सखविमान: वायु शक्ति बाट चल्ने,
भूतवाहविमान: जल,अग्नि तथा वायु आदि बाट चल्ने।

२- आश्चर्य जनक विमान: जुन मानव निर्मित थिएनन् तर तिनका आकार-प्रकार भने आधुनिक ‘उडन तश्तरीहरु’अनुरूपका थिए।

विमान विकासका प्राचीन ग्रन्थ:

यसको उल्लेख प्राचीन संस्कृत भाषामा सैयौंको संख्यामा उपलब्ध छन्, तर दुःखको कुरो यो छ कि तिनलाई अहिले सम्म कुनै आधुनिक भाषामा अनुवादित गरिएको छैन।

प्राचीन ऋषि-मुनिहरुले जुन विमानहरुको अविष्कार गरेका थिए, उनले विमानहरुको संचालन प्रणाली तथा उनको सम्भार सम्बन्धी निर्देशन पनि संकलित गरेका थिए, जुन आज पनि उपलब्ध छन् र ति मध्ये केहिको अंग्रेजीमा अनुवाद पनि गरिएको छ।

विमान विज्ञान विषयमा केहि मुख्य प्राचीन ग्रन्थहरु यस प्रकार छन्:-

१- ऋगवेद:- यस आदि ग्रन्थमा लगभग २०० पटक विमानको बारेमा उल्लेख छ। यिनमा तीन तले. त्रिभुज आकार को, तथा तीन पैया भएका विमानहरुको उल्लेख छ जसलाई अश्विनीहरुले बनाएका थिए। तिनमा साधारणतया तीन यात्री मात्र चढ्न सक्दथे। विमान निर्माणको लागि स्वर्ण,रजत तथा लौह धातुको प्रयोग गर्ने गरिन्थ्यो तथा तिनको दुवै तिर पंखा हुन्थे। वेदमा कयौं आकार-प्रकारका विमानहरुको उल्लेख गरिएको छ:

अहनिहोत्र विमानको दुई इन्जन तथा हस्तः विमान(हात्ती जस्तै विमान) को दुई भन्दा अधिक इन्जन हुन्थे। एक अन्य विमान राम चरो अनुरूपको थियो।

यस प्रकार कयौं अन्य जीवहरुको रूप भएका विमान हुने गर्दथे। यसमा कुनै सन्देह छैन कि बीसौं सताब्दी कै सरह पहिले पनि मानवले उड्ने प्रेरणा पंक्षीहरु बाट नै लिएका हुन सक्छन।

याता-यातको लागि ऋग्वेदमा जुन विमानहरुको उल्लेख छ ति यस प्रकारका छन्:-

जल-यान: यो वायु तथा जल दुवैमा चल्न सक्थ्यो। (ऋग्वेद: ६/५८/३)

कारा: यो पनि वायु तथा जल दुवैमा चल्न सक्ने थियो। (ऋग्वेद: ९/१४/१)

त्रिताला: यो विमान तीन तले थियो। (ऋग्वेद: ३/१४/१)

त्रिचक्र रथ: यो तीन-पाङ्ग्रे थियो र आकाशमा उड्न सक्दथ्यो। (ऋग्वेद: ४/३६/१)

वायु रथ: रथ आकारको यो विमान वायुको शक्तिले चल्दथ्यो। (ऋग्वेद: ५/४१/६)

विद्युत रथ: यो रथ आकारको विमान विद्युत शक्तिले चल्दथ्यो। (ऋग्वेद: ३/१४/१)

२- यजुर्वेद: यसमा पनि एक अन्य विमानको तथा त्यसको संचालन प्रणालीको उल्लेख छ जसको निर्माण जुम्ल्याहा आश्विन कुमारले गर्दछन्।

३- विमानिका शास्त्र: ईसाई वर्ष-१८७५ मा दक्षिण-भारतको कुनै एक मन्दिरमा ‘विमानिका शास्त्र’ नामक ग्रंथको  एक प्रति भेटिएको थियो। जुन ग्रन्थ ईसाई वर्ष भन्दा ४०० वर्ष पूर्वको भनिन्छ जसलाई महर्षि भारद्वाज द्वारा रचित मानिन्छ। यसको अनुवाद अंग्रेजी भाषामा भैसकेको छ। यसै ग्रंथमा पूर्वका ९७ अन्य विमानाचार्यहरुको वर्णन छ तथा २० यस्ता कृतिहरुको पनि वर्णन छ जसमा विमानहरुको आकार प्रकारको बारेमा विस्तृत जानकारी छ। दुःखको विषय छ कि यी मध्य निक्कै अमूल्य कृतिहरु अहिले लुप्त भैसके या चोरी गरेर पश्चिम तिर गइसके।

यी ग्रन्थहरुको विषय यस्ता थिए:-

  • विमानको संचालनको बारेमा जानकारी,
  • उडानको समयमा सुरक्षा सम्बन्धी जानकारी,
  • आँधी-बेहरी तथा बिजुलीको आघात बाट विमानको सुरक्षा गर्ने उपाय,
  • आवश्यकता परेमा साधारण ईंधनको सट्टा सौर्य ऊर्जा द्वारा पनि विमान चलाउने आदि।

यसबाट यो तथ्य पनि स्पष्ट हुन्छ कि ति विमानमा गुरुत्व-विपरित (एन्टी ग्रेविटी) क्षेत्रको यात्रा गर्ने क्षमता पनि थीयो।

‘विमानिका शास्त्र’ मा सौर्य ऊर्जाको माध्यम बाट विमानलाई उडाउनुको अतिरिक्त ऊर्जालाई संचित राख्ने विधान पनि गरिएको छ।

एक विशेष प्रकारको शीशाको आठ नलिहरुमा सौर्य ऊर्जालाई एकत्रित गरिन्थ्यो जसको विधानको पूरा जानकारी लिखित छ तर यस मध्य निक्कै भाग अहिले सम्म ठिक तरिकाले बुझ्न सकिएको छैन। यस ग्रन्थमा आठ भाग छन् जसमा विस्तरित मानचित्रहरु बाट  विमानहरुको बनावटका अतिरिक्त विमानहरुलाई अग्नि तथा फुट्न बाट बचाउने तरीका पनि उल्लेखित छ।

ग्रन्थमा ३१उपकरणहरुको वृतान्त तथा १६धातुहरुको उल्लेख छ जुन विमान निर्माणमा प्रयोग गर्ने गरिन्छ। ति सब विमानहरुको निर्माणमा उपयुक्त मानिएको छ। किनकि यी सब धातुहरुले गर्मी सहन गर्ने क्षमता राख्दछन र भारमा हल्का पनि छन्।

४- यन्त्र सर्वस्वः यो ग्रन्थ पनि महर्षि भारद्वाज द्वारा रचित हो। यसका ४०भाग छन्। जसमध्य एक भाग ‘विमानिका प्रकरण’ का आठ अध्याय, लगभग १०० विषय र ५०० सूत्र छन् जसमा विमान विज्ञानको उल्लेख छ। यस ग्रन्थमा महर्षि भारद्वाजले विमानहरुलाई तीन श्रेनिमा विभाजित हरेका छन्:

अन्तरदेशीय: जुन देशका एक स्थान बाट अर्को स्थानमा जान्छन।
अन्तरराष्ट्रीय: जुन एक देश बाट अर्को देशमा जान्छन।

अन्तीर्क्षय: जुन विमान एक ग्रह देखि अर्को ग्रह सम्म जान्छन।

यिनै मध्ये बाट अति-उल्लेखनिय सैनिक विमान थिए; जसको विशेषताको बारेमा विस्तार पूर्वक लेखिएको छ। ति विमानहरूले आज भोलिका अत्याधुनिक विज्ञानका काल्पनिक लेखकहरुलाई पनि आश्चर्य-चकित पार्न सक्छन।

उदाहरणार्थ सैनिक विमानहरुको विशेषता यस प्रकार थीयो:-

  • पूर्णतया अटूट।
  • अग्नि बाट पूर्णतया सुरक्षित।
  • आवश्यक्ता परेमा पलमात्र समय भित्र नै एकदम संग स्थिर हुन सक्ने क्षमता।
  • शत्रु बाट अदृष्य हुनसक्ने क्षमता।
  • शत्रुको विमानमा हुने वार्तालाप तथा अन्य ध्वनिलाई सुन्न सक्षम।
  • शत्रुको विमान भित्र बाट आउने आवाज तथा त्याहाँको दृष्यलाई अभिलेख (रेकर्ड) राख्न सक्ने क्षमता।
  • शत्रुको विमानको दिशा तथा दशाको सहि अनुमान लगाउनु र त्यसलाई निरिक्षणमा राख्नु।
  • शत्रुको विमान-चालक तथा यात्रिहरुलाई दीर्घ काल सम्मको लागि स्तब्ध गर्न सक्ने क्षमता।
  • निजि रुकावट तथा स्तब्धताको दशा बाट उम्कन सक्ने क्षमता।
  • आवश्यकता भएमा स्वयंलाई नष्ट गर्न सक्ने क्षमता।
  • चालक तथा यात्रिहरुमा मौसमानुसार आँफूलाई बदल्न सक्ने क्षमता।
  • स्वचालित तापमान नियन्त्रण गर्ने क्षमता।
  • हल्का तथा उष्णता ग्रहण गर्न सक्ने धातु द्वारा निर्मित तथा आफ्नो आकारलाई लघु या बृहत् गर्न सक्ने र आफ्नो आवाजलाई पूर्णतया नियन्त्रित गर्नमा सक्षम।

विचार गर्न योग्य तथ्य यो छ कि यस प्रकारका विमान आजको संसारमा बनाउन त परै जाओस् कसैले कल्पना समेत गरेको आभास पनि पाइदैन। अनुमान लगाउँदा अमेरिकाको अति आधुनिक स्टेल्थ लडाकु विमान र उडन-तशतरीको मिश्रण केहि हद सम्म मिलन सक्छ।

                महर्षि भारद्वाज कुनै आधुनिक विज्ञानका काल्पनिक कथा या उपन्यास लेखक थिएनन्, तर  यस्ता विमानहरुको परिकल्पना गर्नु नै आधुनिक बुद्धिजीविहरुलाई चकित पार्न सक्छ कि आर्य ऋषि-मुनि तथा महर्षिहरुले यस प्रकारको आदर्श वैज्ञिानक नमुनाको  विचार कसरि गरे। उनीहरुले अंतरीक्ष जगत र अति-आधुनिक विमानहरुको बारेमा लेख लेख्ने मात्र नभएर जल-जमिन तथा अन्तरिक्षमा एकछत्र राज पनि गरेका थिए, जब कि विश्वका अन्य देश जो आज आँफूलाई विज्ञान र प्रविधि विकाशको सुत्रधार सम्झन्छन्, त्यति बेला साधारण खेती-पातीको ज्ञान पनि पूर्णतया हासिल गर्नमा सक्षम नभएर जङ्गली पशु सरह जीवन बिताई रहेका थिए।

५- समरांगनः सुत्रधारा: यो ग्रन्थले विमान तथा त्यस संग सम्बन्धित सबै विषयहरुको बारेमा जानकारी दिन्छ। यसका २३०वटा पद्यहरुले विमानहरुको निर्माण, उडान, गति, सामान्य तथा आकस्मिक अवतरण एवं दुर्घटनाहरुको बारेमा पनि उल्लेख जानकारी दिएका छन्।

लगभग सबै वैदिक ग्रन्थहरुमा विमानहरुको बनावट त्रिभुज आकारको देखाइएको छ। तर यी ग्रन्थहरुमा दिइएको आकार प्रकार पूर्णतया स्पष्ट र अति सूक्ष्म छ। कठिनाई केवल धातुहरुको पहिचान गर्नमा आउँछ। समरांगनः सुत्रधाराकानुसार सर्व प्रथम पाँच प्रकारका विमानहरुको निर्माण ब्रह्मा, विष्णु, यम, कुबेर तथा इन्द्रको लागि गरिएको थियो । त्यस पश्चात अतिरिक्त विमानहरु बनाइयो। चार मुख्य श्रेणिहरुको प्रकार यस्तो छ:-

  • रुकमा: रुकमा चुच्चो आकारको र स्वर्ण रङको थियो।
  • सुन्दरः सुन्दर आज-भोलिको रकेट जस्तो आकारको तथा रजत युक्त थियो।
  • त्रिपुरः त्रिपुर तीन तला भएको थियो।
  • शकुनः शकुनःको आकार पंक्षी जस्तो थियो।

दस अध्याय संलग्नित विषयहरुमा लेखिएको छ जस्तै – विमान चालकहरुको परिशिक्षण, उडानको मार्ग, विमानहरुको कल- पुर्जा, उपकरण, चालक एवं यात्रिहरुको परिधान तथा लामो विमान यात्राको समयमा भोजन कस्तो प्रकारको हुनु पर्छ आदि।

ग्रन्थमा धातुहरुलाइ सफा गर्ने विधि, त्यसको लागि प्रयोग गरिने द्रव्य, अम्ल जस्तै कागती अथवा स्याउ या कुनै अन्य रसायन। विमानमा प्रयोग गरिने तेल तथा तापमान आदिको विषयहरुमा पनि लेखिएको छ।

सात प्रकारका ईजनहरुको वर्णन गरिएको छ तथा तिनको कुन विशिष्ट उद्देष्यको लागि प्रयोग गर्नु पर्छ र कति ऊचाईमा त्यसको प्रयोग सफल र उत्तम हुन्छ आदि। सारांश यहि हो कि प्रत्येक विषयमा प्रविधि र प्रयोगात्मक जानकारी उपलब्ध छ।

विमान आधुनिक हेलीकप्टर जस्तै सिधा माथि उडान भर्ने तथा अवतरणको लागि, अगाडी-पछाडी तथा तेर्छो चल्नमा पनि सक्ष्म भएको उल्लेख छ।

६- कथा सरित-सागर: यो ग्रन्थले उच्च कोटिका श्रमिकहरुको उल्लेख गरेको छ जस्तै – काष्ठको काम गर्ने जसलाई राज्यधर र प्राणधर भनिन्थ्यो। तिनीहरुले समुद्र पार गर्नको लागि पनि उच्च कोटिका रथहरु निर्माण गर्दथे तथा एक हजार यात्रिहरुलाई लिएर उड्न सक्ने विमानहरु पनि बनाउन सक्थे।
यी रथ-विमानहरु मनको गति समान चल्न सक्दथे।

कौटिल्यको अर्थशास्त्रमा अन्य कारीगरहरुका अतिरिक्त सोविकाहरुको पनि उल्लेख छ जसले विमानहरुलाई आकाशमा उडाउने गर्दथे। कौटिल्यले उनीहरुको लागि विशिष्ट शब्द ‘आकाश युद्धिनाह’ को प्रयोग गरेका छन्, जसको अर्थ हुन्छ आकाशमा युद्ध गर्ने वाला (फाईटर-पाइलट),

आकाश-रथ चाहे त्यो कुनै पनि आकारको होस्। यसको उल्लेख सम्राट अशोकका आलेखहरुमा पनि गरिएको छ, जो ईसाई वर्ष भन्दा २५६-२३७ वर्ष पूर्वमा लगाइएको थियो। उपरोक्त तथ्यहरुलाई केवल कोरा कल्पना मात्र भनेर नकार्न सकिन्न किनकि कल्पनाको आधारको लागि पनि कुनै ठोस धरातलको आवश्यकता पर्दछ।

हामि एक प्रश्न गर्न सक्छौं कि के विश्वमा अन्य कुनै देशको साहित्यमा यस विषयका प्राचीन ग्रंथ छन्? आजको प्रविधिले हाम्रो उही प्राचीन ज्ञानलाई हाम्रै सामु पुनः साकार गरेर देखाई दिएको छ। तर विदेशमा या त अप्सराहरु र देव-दुत (एन्जल्स) हरुको पाखुरामा उम्रिएका पखेटाहरुको सहायताले उडेको देखाइएको छ या कुनै सिंदबादलाई कुनै बाजले उडाएर लैजान्छ। या कुनै गुलफामले उड्ने गधा (बुर्राक) मा चढेर कुनै अप्सरालाई  कुनै भूत-प्रेत (जिन्न) को उड्दै गरेको खटौली (कालीन) बाट तल झारेर बचाउँछ र फेरी ऊँटमा बसालेर मरुभूमिमा बनेको महलमा फिर्ता छोड्दिन्छ। यसलाई विज्ञान हैन, कपोल कल्पित कहानी या भ्रम (फेन्टासी) भनिन्छ। अस्तु..

नमस्ते..

(सन्दर्भ: स्व.राजिव दिक्षित ज्यू को प्रवचन र ब्लग)

5 thoughts on “वैदिक कालमा आकाश-मार्ग बाट आवागमन”

    1. ओ३म्..
      पुन जी, नमस्ते..
      हिन्दी मे तो बहुत लेख है और बहुत जगह मिलेगी..मै स्व.राजिव दिक्षित् जी के नामका एक ब्लगका लिंक देता हुँ देखिए..
      http://www.rajivdixitmp3.com/ancient-vimana-shastra/
      धन्यवाद..

  1. ओ३म्
    प्रेम जी नमस्ते
    अत्यन्त अथक अन्वेषण गरेर सत्य तथ्यपरक वैदिक विमान शास्त्रको अमूल्य ज्ञान प्रवाह गर्नुभएको छ । यसका लागि यहाँलाई कोटिशः साधुवाद । आफ्नो देशबाट टाढा रहेर पनि अथाह ज्ञान राशी सम्पूर्ण आर्यहरुको ज्ञानवृद्धि हुने कार्य गरिरहनुभएको छ ।

    1. ओ३म्..
      आचार्य ज्यू, नमस्ते..!
      प्रतिक्रियाको लागि हार्दिक आभार व्यक्त गरें..
      तपाईहरु जस्ताको अथक प्रयास र सङ्घर्ष बाट प्रेरणा पाइरहन्छु र केहि गर्ने इच्छा जागेर आउँछ ..

Leave a Reply

Your email address will not be published. Required fields are marked *