…वैदिक ईश्वर-५

…वैदिक ईश्वर-५

प्रश्न- त्यसो भए यसको अर्थ यो लगाउँ कि ईश्वरले मेरो पापहरु कहिल्यै क्षमा गर्दैन ? यो भन्दा त बरु इस्लाम र ईसाइहरु राम्रा छन्। किनकि त्यहाँ यदि मैले आफ्नो अपराध स्वीकार गरेर क्षमा मागें भने मेरा पूर्वका समस्त दुष्कर्महरुका दस्तावेज नष्ट गरेर मलाई नयाँ तरिकाले जीवन जिउने अवसर प्राप्त हुन्छ।

उत्तर:

(१) ईश्वरले तिम्रो पाप वास्तवमा क्षमा त गर्दछ। तर ईश्वरको क्षमा तिम्रो कर्महरुको न्यायपूर्वक फल दिनमा मात्रै निहित छ, पूर्व-कृत कर्महरुको दस्तावेज नै नष्ट गर्नमा हैन।

(२) यदि उसले तिम्रा दुष्कर्महरुको दस्तावेज नष्ट गर्दियो भने त यो उसको तिमि प्रति घोर अन्याय र क्रूरता हुनेछ। यो त्यस्तै हुनेछ जस्तो तिमीलाई तिम्रो वर्तमान कक्षाको योग्यता प्राप्त नगरेर नै अर्को कक्षाको लागि प्रोन्नत गरिदिनु । यस्तो गरेर उसले तिमीसंग जोडिएका अन्य व्यक्तिहरुका साथ पनि अन्याय गर्नेछ।

(३) क्षमा गर्नुको अर्थ हुन्छ एक नया अवसर दिनु, यो हैन कि शून्यको पात्रता राख्नेलाई १००% अंक दिनु। र ईश्वरले यही गर्दछ। स्मरण रहोस् कि योग्यता बढ्नु कुनै एक पलमा हुँदैन, र न क्षमा माग्नाले योग्यता बढ्छ। यसको लागि दिर्घकाल सम्म समर्पणमा साथ अभ्यास गर्नु पर्ने हुन्छ। केवल प्रमादी व्यक्तिले मात्र पूरा अध्ययन नगरेर नै १००% अंक प्राप्त गर्ने प्रयास गर्दछन।

(४) यो नितान्त दुर्भाग्यको कुरो हो कि जसले ईश्वर संग अपराध क्षमा गराउने नाममा मानिसहरुलाई आफ्नो मत/सम्प्रदाय तिर आकर्षित गर्दछन, ति स्वयं निर्बुद्धि हुन् र अन्यलाई पनि मूर्ख बनाईरहेका छन्। मानौ कसैलाई मधुमेहको समस्या छ, के ऊ क्षमा माग्नाले ठीक हुन सक्छ? जब एक शारीरिक समस्याको उपचार गर्नको लागि क्षमा माग्नु पर्याप्त छैन भने फेरी मन जो कि मनुष्यको ज्ञात संसारको सबभन्दा जटिल तंत्र हो उसको  उपचार मात्र एक क्षमा माग्नाले कसरि हुन सक्छ?

(५) वास्तवमा यिनको सिद्धांतमा एक स्पष्ट त्रुटि (दोष) छ र त्यो हो केवल एक जन्ममा विश्वास राख्नु र पुनर्जन्मलाई नकार्नु। त्यसैले मानिसहरुलाई आकर्षित गर्नको लागि यिनीहरु ईश्वर सम्म पुग्ने मिथ्या तथा कपोलकल्पित घटना रच्छन्। र यदि कसैले उनको कुरो मानेन भने उसलाई नरकको झुटो कहानि सुनाएर डराउन दिन्छन्। एक किसिमले उनीहरुको मत-सम्प्रदाय डरै-डरमा टिकेको छ।

(६) वैदिक दर्शन अधिक सहज, वास्तविकता अनुरूप र तार्किक छ। यसमा न कुनै भयङ्कर नरक छ, जहाँ माता समान प्रेम गर्ने ईश्वरले तिमीलाई हमेशाको लागि आगोमा जल्नको लागि झोस्दिन्छ र न उसले तिमीलाई आफ्नो प्रयास द्वारा योग्यता बढाउने र आफ्नो योग्यता अनुरूप उपलब्धि प्राप्त गर्ने अवसर बाट वंचित गर्दछ। तिमि स्वयं हेरन के अधिक संतोषप्रद होला:
* तिमीलाई सर्वोच्च अंक दिइएको झुटो अंकपत्र, जब तिमि स्वयंलाई थाहा छ कि वास्तवमा तिमीलाई शून्य प्राप्त भएको हो।
* दिन रात कठिन परिश्रम गरेर प्राप्त गरिएको सर्वोच्च अंक, जब तिमिलाई अवगत छ कि तिमीले विषयमा विशेषज्ञता आर्जित गर्नको लागि आफ्नो तर्फ बाट अधिकतम प्रयास गरेका थियौ।

त्यसैले वेदमा सफलताको लागि कुनै सजिलो या कठिन मार्ग छैन यहाँ केवल एक मात्र सत्य मार्ग छ! र सफलता ति सबै भन्दा अधिक संतोष दायक छ; जो यी छद्म सुगम मार्गमा लागेर प्राप्त भएको प्रतीत हुन्छ।

प्रश्न:- ईश्वर साकार छ या निराकार ?
उत्तर: – वेद अनुसार र सामान्य तर्कको आधारमा पनि ईश्वर निराकार नै छ।

कारण:

(१) यदि ईश्वर साकार हुन्थ्यो भने सर्वव्यापक हुन सक्दैनथ्यो। किनकि आकार भएका वस्तुहरुको आफ्नो कुनै न कुनै परिसीमा निश्चित हुन्छ। त्यसैले यदि ऊ साकार भयो भने त्यस परिसीमा भन्दा बाहिर हुन सक्दैन।

(२) हामीले ईश्वरको कुनै आकारलाई देख्न सकौं यो तब मात्र संभव छ जब ऊ स्थूल होस्। किनकि प्रकाशलाई परावर्तित गर्ने पदार्थ भन्दा सूक्ष्म पदार्थलाई देख्न सकिन्न। वेदमा ईश्वरलाई स्पष्ट रूपले सूक्ष्मतम, शरीर-रहित, छिद्र-रहित, घाउ-रहित, नस-नाडीको बन्धन-रहित तथा एकरस भनिएको छ (यजुर्वेद:४०/८) । त्यसैले ईश्वर साकार हुन सक्दैन।

(३) यदि ईश्वरलाई साकार मान्नेहो भने उसको आकारलाई अवश्य कसैले केहि अवयव जोडेर बनाएको होला। तर यो सम्भव छैन किनकि ईश्वर ले नै यो सारा जगत बनाएको हो, ऊ भन्दा पहिले कोहि थिएन भने उसलाई कसले बनाउन सक्छ? र यदि मानौं कि ऊ स्वयंले आफ्नो आकार बनायो, यसको अर्थ यहि भयो कि पहिले ऊ निराकार नै थियो।

(४) यदि ईश्वर साकार र निराकार दुवै छ भन्ने मान्ने हो भने यो पनि संभव छैन किनकि यी दुवै गुण एकै पदार्थमा हुन सक्दैनन्।

(५) यदि ईश्वरले समय समयमा दिव्य रूप धारण गर्दछ भन्ने मान्नेहो भने कृपया यो त भन कि कसको दिव्य रूप लिन्छ? यदि ईश्वरले मनुष्यको  दिव्य रूप धारण गर्दछ भन्ने मानौं भने तिमि ईश्वरीय परमाणु र अनीश्वरीय परमाणुको सीमा कसरि निर्धारित गर्दछौ? किनकि ईश्वर सर्वत्र एकरस (एक समान) छ भने फेरी हामि मानवीय-ईश्वर र शेष संसारमा अंतर कसरि गरौँ? यदि सबै स्थानमा एक ईश्वर छ भने फेरी हामि सीमा कसरि देखिरहेका छौं?

(६) वास्तवमा जुन मानव शरीर हामी देखिरहेका छौं यो द्रव्य र ऊर्जाको शेष संसारका साथ निरंतर स्थानान्तरण हो। कुनै परमाणु विशेषको लागि यो निश्चित रूपले भन्न सकिन्न कि यो मानव शरीरको हो या शेष संसारको। त्यसैले मानवीय-ईश्वरको शरीर सम्मलाई अलग गर्न सकिन्न। उदहारणको लागि – के उसको थुक, मल, मूत्र, पसीना आदि पनि दिव्य हुन्छन्?

(७) वेदमा कहीं पनि साकार ईश्वरको अवधारणा छैन। र फेरी यस्तो कुनै काम छैन जो ईश्वरले बिना शरीर नगर्न सकोस् र जसको लागि उसलाई शरीरमा आउने आवश्यकता होस्।

(८) जसलाई हामि ईश्वरको दिव्य रूप मान्ने गर्दछौं जस्तै – राम र कृष्ण वास्तवमा उनीहरु ईश्वर कै दिव्य प्रेरणाले कर्म गर्ने मनुष्य थिए। स्मरण गर हामीले ‘अंतरात्माको आवाज’ को बारेमा कुरा गरेका थियौं। यी महापुरुषहरु ईश्वर भक्ति तथा पवित्र मनका साक्षात् उदहारण थिए। त्यसैले साधारण व्यक्तियहरुको दृष्टिमा उनीहरु स्वयं नै ईश्वर थिए। तर वेदले ईश्वरका अतिरिक्त अन्य कसैको पनि उपासना गर्न निषेध गर्दछ। त्यसकारण उनीहरुको चित्र पूजा गर्नु साटो हामि आफ्नो जीवनमा उनीहरुको चरित्र र आदर्शको अनुकरण गरौँ, यही नै उनीहरु प्रति हाम्रो सच्चा सम्मान एवं श्रद्धांजलि हुने छ। यस्ता महापुरुषहरुको अनुकरण गर्नु वेदानुकूल छ।

(९) यदि ईश्वरले अवतार लिने भए र ति अवतारहरुको पूजा गर्नाले मुक्ति हुने भैदिए त वेदमा यस विषयको बारेमा विस्तृत वर्णन अवश्य नै हुने थियो। तर वेदमा यस्ता कुनै विषयको संकेत सम्म छैन।

क्रमशः…….

One thought on “…वैदिक ईश्वर-५”

Leave a Reply to Shyam kumar ariya Cancel reply

Your email address will not be published. Required fields are marked *