येशु एक झुटो मसीह हो

ओ३म्..

येशु एक झुटो मसीह हो:-

प्रिय मित्रहरु, हामि सबैले जानेकैछौं कि ईसाईहरुले येशुलाई आफ्नो परम उद्धारक र पाप नाशक मान्दछन्। यसैको आधारमा नै उनिहरुले आफ्नो पाप नाश गर्नको लागि येशुलाई मसीह अर्थात् उद्धारक, ईश्वरपुत्र, मनुष्यपुत्र, स्वर्गदाता, शान्तिदूत, आदि आदि अनेक तथाकथित् नाम लिएर पुकार्ने गर्दछन्। यसकै आधारमा येशुलाई पाप नाशक, मुक्तिदाता र स्वर्गदाता सम्झेर अनेकौं हिन्दुहरुलाई आफ्नो सनातन वैदिक मान्यता परित्याग गर्न लगाएर उनलाई स्वर्गको भेडो बन्न विवश गर्दैछन्। येशुको पिछलग्गू बनाइ दिन्छन्। नतीजा यहि हुन्छ कि हिन्दू समाजका अनेकौं नर-नारीहरु आफ्नो वैदिक सनातन मान्यता त्याग गरि मात्र स्वर्गको झुटो लालचमा फसेर येशुको पछी दौडिन्छन्। सोंच्नु पर्ने कुरो छ कि ईसाईहरु जसले यस्तो षड्यंत्र रच्दैछन् की येशु बाट नै पाप मुक्ति हुनेछ र येशुलाई मान्ने मात्र स्वर्गमा प्रवेश गर्नेछ, के यो वास्तवमा यस्तो होला त ? यो कसैले सोंची-सम्झी गरेको एक योजनावद्ध षड्यंत्र हो अथवा सत्य ? के साँच्चिकै स्व-धर्म त्यागेर मात्र मनुष्य केवल भेडा सरि बन्नाले स्वर्गको प्राप्ति हुन सक्छ ? के भन्छ त यिनको बाइबलले ?

बाइबलका अनुसार सच्चा मसीहलाई पहिचान गर्नको लागि बाइबलमा केहि भविष्यवाणि गरिएको थियो। जो ति भविष्यवाणि संग मेल खाने चरित्र होला त्यहि नै मसीह हुनेछ। र उक्त भविष्यवाणि संग मेल नखाने जो चरित्र हुनेछ त्यो झुटो तथा छद्मरुपी मसीह हुनेछ। यस्ता मसीह अनेकौं आउनेछन्, जसले स्वयम्लाई मसिह र पाप नाशक भन्नेछन्। तर मानिसहरु सावधान रहेर सच्चा मसीह प्रति मात्र विश्वास गर्नु पर्नेछ। जसले झुटो तथा छद्मरुपी मसीह प्रति  विश्वास गर्नेछ त्यो पापी नै मानिनेछ। ऊ कदापि स्वर्ग जान सक्नेछैन। यो  बाइबलको भनाइ हो।

आउनुहोस्, यसप्रति यहाँ एक नजर लगाउँ-  जुन येशु प्रति विश्वास गरेर लुते-ईसाईहरुले हाम्रा हिन्दुहरुलाई विविध प्रलोभनमा पारि फकाई-फुलाई बहकाएर उनको सनातन वैदिक मान्यता परिवर्तन गराउँदै छन्, त्यो येशु के वास्तवमा बाइबलका आधारमा मुक्तिदाता हो ? के साँच्चिकै यहि येशु नै मसीह हो ? के साँच्चिकै येशुलाई विश्वास गर्नाले मनुष्य स्वर्ग जानेछ ? कहीं यो कुनै आडम्बर, अन्धविश्वास या षड्यंत्र त हैन ?

आउनुहोस्, यसमा पनि एक नजर लगाउँ कि के यो येशु त्यहि मसीह हो जो ईश्वरको पुत्र हो? के यो त्यहि मसीह हो जो मनुष्यहरुलाई पाप मुक्त गरेर स्वर्गको सुख शांति तथा आनन्द दिनेछ? यसमा मुख्यरूपले तीन भविष्यवाणिहरु छन्, जस द्वारा सच्चा मसीहलाई चिन्न सकिनेछ तर “येशु” यी मुख्य तीनै भविष्यवाणिहरु संग मेल खाँदैन। हेर्नुहोस्-

पहिलो भविष्यवाणी:- “ हेर, कन्‍येकेटीको गर्भ रहनेछ र तिनले छोरो पाउनेछिन्। अनि मानिसहरूले उहाँलाई इम्‍मानुएल भन्‍नेछन्।” इम्‍मानुएल भनेको चाहिँ परमेश्‍वर हामीसित हुनुहुन्‍छ।”। (मत्ती अध्याय १-२३/ यशैया-७/१४)

यस भविष्यवाणीमा भनिएको छ एक कन्या केटि गर्भवती हुनेछ र एक पुत्र जन्मिनेछ, उसको नाम “इम्मानुएल” राखिनेछ। तर सच्चाई यहि हो कि “येशु” लाई पूरा बाइबल भरिमा कहीं पनि कसैले पनि यहाँ सम्म की उसका माता पिता (?)ले पनि उसलाई “इम्मानुएल” नामले पुकारेका छैनन्। न यस बालकको नाम  “इम्मानुएल” नै राखियो। अर्को हेर्नुहोस- “तर मरियमले छोरो नजन्‍माउञ्‍जेल उनले तिनीसित सहवासचाहिँ गरेनन्। मरियमले छोरा जन्‍माएपछि योसेफले ती बालकको नाउँ येशू राखे ।”(मत्ति-१/२५)

दोस्रो भविष्यवाणी:-  “त्‍यो सुसमाचारचाहिँ परमेश्‍वरका पुत्र हाम्रा प्रभु येशू ख्रीष्‍टको बारेमा हो। उहाँ मानिस भएर हाम्रा राजा दाऊदकै वंशमा जन्‍मिनुभयो।” (रोमियो अध्याय १/३)

“हे मेरा दाजुभाइ हो, हाम्रा पुर्खा दाऊदका बारेमा म सफासँग भन्‍न सक्‍छु। तिनी मरे र तिनको लाशलाई चिहानमा राखियो अनि त्‍यो चिहान अझै पनि हामीसँगै छ ।” (प्रेरित-२/२९)

“तर दाऊद अगमवक्ता थिए र उनकै सन्‍तानमा एक जना उनको सिंहासनमा बस्‍नेछन् भन्‍ने कुरा उनलाई थाहा थियो ।   परमेश्‍वरले उनीसँग यो प्रतिज्ञा गर्नुभएको थियो ।” (प्रेरित-२/३०)

यहाँ स्पष्ट छ, भविष्यवाणी भएको थियो की दाऊदको वंशबाट खास गरेर “शारीरिक वंशज” अर्थात् दाऊदको वंशमा  संतानोत्पत्ति (शारीरिक सम्भोग द्वारा उत्पन्न) हुनेछ र त्यो मसीह हुनेछ । तर हाम्रा लुते ईसाईहरुले त भन्छन् कि मरियम कन्या अवस्थामा नै गर्भवती भई ? यसको मतलब मरियमका साथ शारीरिक सम्भोग भएन । फेरी  दाऊदको वंशज जो सिंहासनमा बस्नु पर्ने थियो भने त्यो येशु कसरि ?

तेस्रो भविष्यवाणी:- “आफ्‍ना कुराको निर्णय आफैंले गर्न सक्‍ने उमेर भएपछि उसले दूध र मह खानेछ। त्‍यसको अघि नै तिमीलाई तर्साउने दुई राजाहरूका देश उजाड हुनेछन्।” (यशैया-७/१५-१६)

यहाँ भविष्यवाणीमा भने अनुसार जब त्यो मसीहले परिपक्वता तथा सिद्धि प्राप्त गर्नेछ त्यसभन्दा पहिले नै यहूदिहरुका दुवै देश तहस-नहस र बर्बाद हुनेछन्। बाइबलको नयाँ करारमा यस भविष्यवाणीको बारेमा कुनै खबर छैन। अर्थात्, येशुले जब सिद्धि पायो तब यहूदिहरुका दुवै देश बर्बाद भएको बारेमा नयाँ करार चुप छ।

यी सबै मुख्य तीन भविष्यवाणिहरु बाट यहि सिद्ध हुन्छ कि लुते-ईसाई समाजले कुन येशु लाई ईश्वरपुत्र, पापनाशक, र स्वर्गदाता भन्ने गर्दछन् र मान्दछन्, त्यो येशु त बाइबल कै आधारमा मसीह सिद्ध हुन सक्दैन भने फेरी किन हिन्दुहरुलाई मुर्ख बनाएर उनको धर्मभ्रष्ट गर्दैछन्? किन स्वर्गको लालच दिन्छन् ?

हे लुतेपन्थी ईसाई मित्र हो! यो यहि कडीको पहिलो भाग हो यसको अर्को भाग आगामी दिनमा अवस्य पढ्न पाइएला जसमा खण्डन हुनेछ ईसाईहरुको उक्त षड्यंत्रको जसमा जबरदस्ती येशुलाई मसीह सिद्ध गर्ने चाल ईसाई मिशनरीले चल्दैछ र मनुष्यलाई ईश्वर-भक्ति तथा वैदिक मार्गमा चलाउनुको साटो शैतानको मार्गमा चलाउने षड्यंत्र गर्दैछ। अझैं पनि समय छ, मनुष्य जीवनको उद्देश्य पूरा गर र पूरा पूरा लाभ उठाऊ, धर्म तथा वेदको मार्गमा आउ.. मेरा प्यारा सम्मानका योग्य नवईसाई बन्धुहरुहो! भेडो भन्नु भन्दा त उत्तम छ कि मनुष्य मात्र बनेर बस..!

वेदमार्गी बन त जीवन सुन्दर र यो धर्ति स्वयं स्वर्ग बन्नेछ…! अस्तु

नमस्ते..!

-(हिंदी लेखक : रजनीश/ अनुवादक: प्रेम आर्य)

2 thoughts on “येशु एक झुटो मसीह हो”

  1. प्रेम भाइले आर्यमन्तव्यको पृष्ठमा अनुवादित लेख राख्ने कार्यको थालनी गर्नुभएकोले धेरै-धेरै खुशी लागेको छ । कलमले यसरी नै निरन्तरता पाइरहोस् ।

    1. प्रतिक्रियाको लागि धन्यवाद छ दाजु,
      हजुरले पनि केहि लेख दिएर सहयोग गरिदिनुस्..

Leave a Reply to प्रेम आर्य Cancel reply

Your email address will not be published. Required fields are marked *