क्रिसमस मनाउनु बाइबल अनुसार अनुचित र अधार्मिक कार्य…!

ओ३म्..!

क्रिसमस मनाउनु बाइबल अनुसार अनुचित र अधार्मिक कार्य…!

-प्रेम आर्य, दोहा-कतार

बाइबलको नयाँ नियम र पुरानो नियममा कहीं पनि क्रिसमस (काल्पनिक पात्र- ईसाको जन्म दिवस) हर्षोल्लास पूर्वक मनाउने लेखिएको छैन। पूरा बाइबल, नयाँ र पुरानो नियममा कहीं पनि क्रिसमसको लागि कुनै “नकली वृक्ष” या “क्रूस” जस्ता कुनै पनि छवि अथवा प्रतीकलाई अपनाउने भनेर कतै पनि लेखिएको छैन, साथै यस्तो गर्नु ईश्वरको नजरमा महा पाप तथा अपराध हो। (१ कुरिन्थि, १०-१४:१५)

पूरा बाइबलको नयाँ तथा पूरानो नियममा कहीं पनि क्रिसमस मनाउने, हर्षोल्लास दर्साउने भनेर लेखिएको छैन, कुनै प्रमाण छ भने कुनै पनि ईसाई धतुरेले यहाँ प्रस्तुत गरोस् न। पूरा बाइबलको नयाँ तथा पूरानो नियममा कहीं पनि कुनै पनि प्रकारको (सान्ता क्लोज-क्रिश्मसको पिता) जस्तो कुनै ऐतिहासिक व्यक्ति वा चरित्र छैन, यदि छ भने कुनै लुते-भक्त ईसाई वा टोटनारे-नवईसाई (मसीहि)ले बाइबल बाटै कुनै एउटा मात्र भए पनि प्रमाण प्रस्तुत गरोस् त।

प्रिय लुते-ईसाई, टोटनारे-नवईसाई (मसीहि) तथा हिन्दू-सनातनी भाइ-वन्धुहरु हो..!  सच्चाई यहि हो कि क्रिसमसको यो कपटी पर्व, क्रिसमसको नक्कली वृक्ष, र क्रस आदि प्रतीक-चिन्हहरु मूर्ति-पूजक (पगन) सम्प्रदाय (अरबका मूल निवासिहरु) को बिशेष पर्व थियो। यिनीहरु योगेश्वर श्रीकृष्णका पौत्रका वंशजहरु थिए जो वैदिक धर्मी नै थिए। तर समयको चक्र घुम्दै जाने क्रममा अनार्य स्थानमा वसोबास गर्नाले, अभक्ष पदार्थ सेवन गर्नाले र वैदिकधर्म देखि बिमुख हुँदा, पौराणिक पद्धति झैं आफ्नै संस्कार र रिति-थिति धारण गरिसकेका थिए। जसरि जसको मत चल्यो त्यसरी नै अपनाउँदै गए र त्यस्तै पूजा पद्धति पनि सुरु गरे।

क्रिसमसको नक्कली वृक्ष र दिसम्बर मासमा काल्पनिक पात्र ईसाको जन्मकाल मानेर हर्षोल्लास पूर्वक मनाउनु लुते-ईसाइ र टोटनारे-नवईसाई (मसीहि) हरुको लागि अनुचित छ, किनकि यो काल्पनिक पात्र–ईसाको वास्तवमा कुनै जन्म नै भएको थिएन र यदि त्यहि मिथ्या कुरो मान्ने नै हो भने पनि उसको जन्म दिसम्बर महिनामा भएकै थिएन भने क्रिसमस दिसंबरमा कसरि मनाउँछन्?

क्रिसमसलाई वृक्षको प्रतीक मान्नु, पूज्नु मूर्खता पूर्ण कार्य हो;

बाइबल कै प्रमाण: (२ उहाँ भन्‍नुहुन्‍छ, “अरू जातिहरूका चाला-माला नसिक। आकाशमा देखा पर्ने थरीथरीका दृश्यहरूदेखि तिनीहरू आत्तिन्‍छन् तर तिमीहरूचाहिँ नआत्तिओ। ३ती जातिहरूका धर्म-कर्म बेकामका छन्। मानिसहरूले जङ्गलमा गई एउटा रूख ढाल्‍दछन् र सिकर्मीले आफ्‍नो औजारले त्‍यसलाई खोप्‍ने काम गर्दछ। ४मानिसहरूले सुन र चाँदीले त्‍यसलाई सिँगार्छन्। किला ठोकेर त्‍यसलाई खडा गर्छन्। ५त्‍यस्‍ता मूर्तिहरू त काँक्राबारीमा राखेका तर्साउने पुत्‍लाजस्‍ता मात्र हुन्‍छन्। तिनीहरू बोल्‍न सक्‍दैनन्। तिनीहरूलाई बोकिहिंड्‍नुपर्छ किनभने तिनीहरू हिंड्‍न सक्‍दैनन्। तिनीहरूदेखि नडराओ, तिनीहरूले तिमीहरूको केही खति गर्न सक्‍दैनन्, तिनीहरूले केही असल पनि गर्न सक्‍दैनन्।”- यर्मिया १०/२-५)

(१४ त्‍यस काममा चलाउन त्‍यसले देवदारुको रूख काट्ला वा त जङ्गलबाट फलाँट कि सिसौका काठ रोज्‍ला वा त त्‍यसले सल्‍लाको रूख लगाउला र त्‍यो वर्षको पानीले नबढाउञ्‍जेल पर्खन्‍छ। १५ मानिसले रूखको एक भागको दाउरा जलाउँछ र अर्को भाग मूर्ति बनाउनमा चलाउँछ। एक भागले त्‍यसले आगो बाल्‍छ र आफू न्‍यानो हुन्‍छ अनि रोटी पकाउँछ, अर्को भागले देवता बनाएर पुज्‍छ। – यशैया ४४/१४-१५)

कुनै पनि पर्वको फैसला ईसा वा उसको पिताका अतिरिक्त कसैले नगरोस् भन्ने कुरो यहाँ यस आयतमा स्पष्ट संग भनिएको छ। भविष्यमा अर्थात् ईसाको मृत्युपरांत, ईसाई समुदायहरुले ईसाको जन्मदिवस विशेषतः हर्षोल्लास संग मनाउने छन्, तर यहाँ चेतावनी तिनिहरुलाई नै दिइएको हो की तिनले कुनै पर्वको लागि कुनै फैसला नगरुन।

(१६ यसकारण कसैले पनि खानपानको, पवित्र दिन मान्‍ने-नमान्‍ने, औँसी पर्व मान्‍ने-नमान्‍ने या विश्राम दिनको विषयमा नियम नबनाओस्। १७ यी सबै पछि आउने कुराहरूका छाया मात्रै हुन्। सक्‍कली कुरो त ख्रीष्‍ट नै हुनुहुन्‍छ।- कलस्सी २/१६-१७ )

बाइबलको यी सबै स्थलमा ईसाको जन्मको शुभका दिइन्छ, तर यस दिनलाई कुनै पर्वको रूपमा मनाउने कुनै पनि विधान छैन : लूका (अध्याय २:१०-१२) (अध्याय २:१३-१४) (अध्याय २:१५-२०) मत्ती (अध्याय २:१-१२) यी सबै स्थलहरुमा ईसाको जन्म हर्षोल्लास पूर्वक मनाइ सकियो  तर भविष्यमा (ईसाको मृत्यु पछी) पनि मनाइरहने यस्तो कुनै विधान पूरा बाइबलमा कहीं पनि पाइन्न।

क्रिसमस मूर्ति-पूजक (पगन) (अरबका मूल निवाशी) सम्प्रदायहरुको पर्व :

(१९ कारिगरले बनाएको वा सुनारले सुनले मोहोरेर दायाँ-बायाँका सिक्रीले सजाएको मूर्तिजस्‍तो त उहाँ हुनुहुन्‍न। २० सुन र चाँदीले मूर्ति बनाउन नसक्‍ने मानिसले नसड्‍ने काठ रोज्‍दछ, नढल्‍ने मूर्ति बनाउन उसले एउटा सिपालु कारिगर खोज्‍दछ।- यशैया ४०/१९-२०)

(१४ त्‍यस काममा चलाउन त्‍यसले देवदारुको रूख काट्ला वा त जङ्गलबाट फलाँट कि सिसौका काठ रोज्‍ला वा त त्‍यसले सल्‍लाको रूख लगाउला र त्‍यो वर्षको पानीले नबढाउञ्‍जेल पर्खन्‍छ। १५ मानिसले रूखको एक भागको दाउरा जलाउँछ र अर्को भाग मूर्ति बनाउनमा चलाउँछ। एक भागले त्‍यसले आगो बाल्‍छ र आफू न्‍यानो हुन्‍छ अनि रोटी पकाउँछ, अर्को भागले देवता बनाएर पुज्‍छ। १६ केही दाउरा लिएर त्‍यसले आगो बाल्‍छ, मासु पकाउँछ र त्‍यो खाएर अघाउँछ। आगोमा जिउ तातिएपछि त्‍यसले भन्‍छ, “कति राम्रो र तातो! कति असल आगो!” १७ बाँकी काठले मूर्ति बनाउँछ र त्‍यसलाई ढोगेर पुज्‍छ। मूर्तिलाई बिन्‍ती गर्दै त्‍यसले भन्‍छ, “तपाईं मेरो देवी-देवता हुनुहुन्‍छ, मलाई बचाउनुहोस्!”)

अतिरिक्त जानकारीको लागि यर्मिया, अध्याय १०:२-५ पढौं

उपरोक्त बाइबल कै तथ्यहरु बाट यहि सिद्ध हुन्छ कि ईसाको जन्म हर्षोल्लास पूर्वक मनाउनको लागि कुनै मिति-तिथि निर्धारण गरेर पर्व मनाउने वर्णन पूरा बाइबलमा कहीं पनि छैन, क्रिसमस जस्तो पर्वको लागि कुनै प्रतीक चिन्ह, वृक्ष, क्रूस हुनु पर्ने विधान पनि छैन, अँ, बाइबलमा यो कुरो अवश्य लेखिएको छ की जसले कुनै वृक्ष, क्रूस आदि प्रतीकलाई मान्छ या पूज्छ भने  पूजे त्यो पापी हुनेछ, र यसै सिद्धान्तलाई, अरबका मूर्ति-पूजक सम्प्रदायहरु (पगन) ले मान्ने गर्दथे। त्यसैले बाइबलमा तिनीहरुलाई मुर्ख र विधर्मी भनेको छ।

त्यसै कारण बाइबलमा क्रिसमस मनाउन र ईसाको जन्मदिनको खुशि बाड्न या कुनै विशेष पर्व मनाउन बाइबल अनुसार नै अनुचित छ, अतः हे लुते-भक्त ईसाईहरु र टोटनारे-नव ईसाइ (मसीहि) हरु संग अनुरोध छ कि तिमीहरु यस्तो औचित्यहीन र अधार्मिक कार्य नगर र अन्य समुदायमा पनि यस्तो अधर्मको प्रचार-प्रसार नगर। र हाम्रा अविवेकी तथा दासमनोवृत्ति बोकेका आँफूलाई हिन्दु भनेर गर्व गर्दै ढुकुर जस्तो छाती तिनिक्क तन्काउनेहरुलाई पनि अनुरोध छ कि “हेप्पी-क्रिसमस” भनेर टुं-टुं संदेश दिनुको साटो आफ्नो वैदिक संस्कृतिलाई स्मरण गरौँ..आफ्नो कर्तव्यको वोध गरौँ..!  अस्तु..

नमस्ते..

-हार्दिक आभार: रजनीश बंसल

2 thoughts on “क्रिसमस मनाउनु बाइबल अनुसार अनुचित र अधार्मिक कार्य…!”

  1. बिधर्मी ईशाइ हरु बर्खामा आँखा फुटेको गोरु सरह हुन । बाईबलको अध्यायन नगरि जये मुसिहा भन्या छ भन्या छ ।

Leave a Reply to प्रेम आर्य Cancel reply

Your email address will not be published. Required fields are marked *