ओ३म्.. …..
….योग र यसका अंग-६
चौथो प्राणायाम:
===========
“बाह्याभ्यन्तरविषयाक्षेपी चतुर्थः।।” (योगदर्शन:२/५१)
सूत्रार्थः- बाह्य र आभ्यन्तर प्राणायामको विषयलाई टाढा फाल्ने चतुर्थ प्राणायाम हुन्छ।
ऋग्वेदादिभाष्यभूमिका अनुसारः- जब श्वास भित्र बाट बाहिर जान्छ तब बाहिर नै केहि रोकिरहने र जब बाहिर बाट भित्र आउँछ तब त्यसलाई भित्र नै केहि बेर रोक्ने। यसलाई बाह्याभ्यन्तराक्षेपी भनिन्छ।
सत्यार्थप्रकाश अनुसार: जब प्राण भीत्र बाट बाहिएर निस्कन लाग्छ तब त्यसको विरुद्ध त्यसलाई निस्कन नदिनको लागि बाहिर बाट भित्र लिनु र जब बाहिर बाट भित्र आउन लाग्छ तब भित्र बाट बाहिर तिर प्राणलाई धकेलेर रोकिरहनु।
व्यास-भाष्यः “देशकालं संख्याभिर्बाह्यविषयपरिदृष्ट आक्षिप्तः। तथा आभ्यन्तरविषयपरिदृष्ट आक्षिप्तः। उभयथा दीर्घसूक्ष्मः। तत्पूर्वको भूमिजयात्क्रमेणोभयोर्गत्यभावश्चतुर्थः प्राणायामः।”
आङ् पूर्वक क्षिप् धातुको प्रयोग निवृत्ति अर्थमा हुन्छ, तर यहाँ र व्यास भाष्यमा यसको अतिक्रान्त अर्थ अधिक संगत छ। यस कारण यस प्राणायामको उच्चस्तरको पुष्टि हुन्छ । यस प्राणायाममा क्रिया-व्यापार पहिले देखि नै निश्चित र परीक्षित हुन्छ र उच्चस्तरमा पुगेर दुवै प्राणायामको निवृत्ति अथवा अतिक्रमण गरिन्छ, अर्थात् प्राणलाइ भित्र रोकेर राखेको छ र त्यो बाहिर निस्कन चाहन्छ भने त्यसको विपरीत बाहिर बाट भित्र धक्का दिनु तथा बाहिर निस्कन नदिनु चतुर्थ प्राणायाम हो। त्यसै गरि प्राणलाई बाहिर रोकेर राखेको छ र त्यो भित्र आउन चाहन्छ भने त्यसको विपरीत भित्र बाट बाहिर धक्का दिनु देना तथा भित्र आउन नदिनु चतुर्थ प्राणायाम हो। यस प्राणायामलाई सुरुमै छिटो प्रारम्भ गर्नु हुँदैन। पहिले बाह्य अथवा आभ्यन्तर प्राणायामको प्रक्रिया चलेको होस् अनिमात्र तिनको अतिक्रमण गरेर दुवै प्राणवायुलाई रोक्नु चतुर्थ प्राणायाम हो।
प्राणायाम बाट लाभः
===============
“ततः क्षीयते प्रकाशावरणम्।।” (योगदर्शन: २/५२)
सूत्रार्थः- उपर्युक्त प्राणायामको निरन्तर अभ्यास बाट विवेकज्ञानलाई ढाक्ने अविद्याजन्य कर्माशय दुर्बल भएर क्षीण हुँदै जान्छन।
ऋग्वेदादि भाष्य भूमिका अनुसार: यस प्रकार प्राणायामपूर्वक उपासना गर्नाले आत्माको ज्ञानलाई ढाक्ने आवरण जुन अज्ञान छ, त्यो नित्यप्रति नष्ट हुँदै जान्छ र ज्ञानको प्रकाश बिस्तारै-बिस्तारै बढ्दै जान्छ।
सत्यार्थ प्रकाश अनुसार:-
(१) यसरि एकार्काको विरुद्ध क्रिया गर्नाले दुवैको गति रोकिएर प्राण आफ्नो वशमा हुनाले मन र इन्द्रियहरु पनि स्वाधीन हुन्छन्। बल र पुरुषार्थ बढेर बुद्धि तीव्र एवं सूक्ष्मरूप हुन्छ जसलेगर्दा अत्यन्त कठिन र सूक्ष्म विषयलाई पनि शीघ्र ग्रहण गर्दछ। यस बाट मनुष्यको शरीरमा वीर्य वृद्धि प्राप्त भएर स्थिर, बल, पराक्रम, जितेन्द्रियता, सब शास्त्रहरुलाई अल्प समयमा सम्झेर उपस्थित गर्दछ। स्त्रीहरुले पनि यसै प्रकार योगाभ्यास गरुन।
(२) जब मनुष्यले प्राणायाम गर्दछ, तब प्रतिक्षण उत्तरोत्तर कालमा अशुद्धि नाश र ज्ञान प्रकाश हुँदै जान्छ। जबसम्म मुक्ति हुँदैन तबसम्म उसको ज्ञान बराबर बढ्दै जान्छ।
सूत्रको भावार्थः-
यस सूत्रमा प्राणायाम गर्नुको फल कथन गरिएको छ। प्राणायामको निरन्तर अभ्यास गर्नाले विवेक-ज्ञान बढाउने आवरण (चित्तस्थ अशुभ संस्कार रूप पर्दा) क्षीण हुन्छ। यसै अशुद्धिका कारण जीवात्मा सांसारिक बन्धनमा बाँधी रहन्छ र विवेकज्ञान (जड-चेतनमा भेद) हुन दिन्न। प्राणायाम बाट यस अशुद्धिको नाश कसरि हुन्छ, यसको स्पष्टीकरण उदाहरण दिएर मनुस्मृतिमा भनिएको छ, जसबाट प्राणायामको फल निक्कै स्पष्ट हुन्छ:
(क) “दह्यन्ते ध्मायमानानां धातूनां च यथा मलाः।
तथेन्द्रियाणां दह्यन्ते दोषाः प्राणस्य निग्रहात्।।” (मनुस्मृतिः–६/७१)
अर्थः जसरि अग्निमा तपाउनाले सुवर्णादि धातुहरुको मल नष्ट भएर शुद्ध हुन्छ, त्यसै गरि प्राणायाम गर्नाले मन आदि इन्द्रियहरुको दोष क्षीण भएर निर्मल हुन्छन्।
(ख) “प्राणायामा ब्राह्मणस्य त्रयो अपि विधिवत्कृताः।
व्याहृतिप्रणवैर्युक्ता विज्ञेयं परमं तपः।।” (मनस्मृतिः–६/७०)
अर्थः जुन ब्राह्मण (वेदको विद्वान्) ब्रह्मज्ञानको इच्छुक छ, उसको लागि यथाविधि ओङ्कारोपासना तथा महाव्याहृतिको जपका साथ गरिएको कम्तिमा तीन प्राणायाम पनि परम-तप भनिन्छ। यस प्रकार योगाभ्यासीको लागि प्राणायाम गर्नुको विशेष महत्त्व छ किनकि यसबाट योगमार्गको चरम लक्ष्य (विवेकख्याति) प्राप्तिमा मनादि इन्द्रियहरुको दोष क्षीण हुनाले अत्यधिक सहायता पाइन्छ।
प्राणायामका अन्य लाभ
=================
“धारणासु च योग्यता मनसः ।।” (योगदर्शन–२.५३)
व्यास-भाष्य:-
“प्राणायामाभ्यासादेव “प्रच्छर्दनविधारणाभ्यां वा प्राणस्य” (योगदर्शन:१/३४) इति वचनात् ।।”
भाष्यानुवादः- प्राणायामको अभ्यास गर्नाले नै धारणा गर्न अर्थात् परमेश्वरमा मनको धारणा हुनाले मनको योग्यता बढ्दछ। यसमा “प्रच्छर्दन-विधारणाभ्यां वा प्राणस्य” सूत्र पनि प्रमाण छ।
सूत्रार्थः-
ऋग्वेदादि भाष्य भूमिकाः “त्यस अभ्यास बाट यो पनि फल हुन्छ कि (किंच धारणा.) परमेश्वको बीचमा मन र आत्माको धारणा हुनाले मोक्षपर्यन्त उपासना योग र ज्ञानको योग्यता बढ्दै जान्छ, तथा त्यसबाट व्यवहार र परमार्थको विवेक पनि बराबर बढी रहन्छ।”
सूत्रको भावार्थः- प्राणायाम गर्नुको पूर्वोक्त लाभ चित्तस्थ अशुद्धिको नाश त हुन्छ नै र अर्को लाभ यो हुन्छ कि मनको एकाग्रता बढाउनमा पनि पर्याप्त सहायता प्राप्त हुन्छ। धारणाको लक्षण (योगदर्शन:३/१) सूत्रमा यस्तो गरिएको छ कि चित्तलाई शरीरको कुनै स्थानमा बाँधिदिनु नै धारणा हो र प्राणायाम गर्नाले धारणा गर्नमा मनको योग्यता र क्षमता हुन्छ। त्यसैले योगको धारणादि अन्तरंग अंगहरुको अनुष्ठान गर्नमा प्राणायाम मुख्य आधार हो।
क्रमशः…
ye Hindi mein mil jaaega article
जरुर मिलेगा जी, हमें अपना इमेल पता देदीजिए, हम पूरी लेख भेजदेंगे..ठीक है..
धन्यवाद..
ji zaroor acha mujhe kuch prashn puchne to kahan puchu dhanyvaad ??
our email address kiosk du wo batyeien??
kshatri12@gmail.com
इस पर
ओ३म्..
नमस्ते जी…!
आप अपनि जिज्ञाशा बेझिजक रखसकते हैं..उसक्व लिए हमारी फेसबुक पेज पर आइए..https://www.facebook.com/calakshman
धन्यवाद..