ओ३म्..
उपनिषदको अमर सन्देश
(‘वेद-मण्डन ब्लग’ बाट)
- उत्तिष्ठत जाग्रत प्राप्य वरान्निबोधत।
क्षुरस्य धारा निशिता दुरत्यया दुर्गं पथस्तत्कवयो वदन्ति।।
(कठोपनिषद: ३/१४)
अर्थात्, आफ्नो चरम लक्ष्य प्राप्त गर्नको लागि हे मनुष्य! उठ, जाग र आफ्ना श्रेष्ठ (विद्वान् एवं योगी) पुरुषहरुको नजिक गएर ब्रह्मज्ञान सिक। यो ब्रह्मज्ञानको मार्ग तेज छुराको धार समान अत्यन्त दुर्गम छ। यस्तो परमात्मालाई साक्षात्कार गर्नेहरुले उपदेश दिन्छन्।
- कुर्वन्नेवेह कर्माणि जिजीविषेच्छतं समाः । (र्इशावास्योपनिषद:२ )
अर्थात्, हे मनुष्य ! जीवन भरि श्रेष्ठ कर्म गरेर नै जिउने इच्छा गर। - तेन त्यक्तेन भुन्जीथा मा गृध्ः कस्यस्विद् धनम्।। (र्इशावास्योपनिषद:१)
अर्थात्, अनासक्ति भावले संसारको भोगहरुलाई भोग र कसैको धन या वस्तुको इच्छा नगर।
- न वित्तेन तर्पणीयो मनुष्यः ।। (कठोपनिषद:१/२७)
अर्थात्, मनुष्यलाई धनबाट कहिल्यै तृप्ति हुन सक्दैन। - नाविरतो दुश्चरितान्नाशान्तो नासमाहितः ।
नाशान्तमानसो वापि प्रज्ञानेनैनमाप्नुयात् ।। (कठोपनिषद:२/२४)
अर्थात्, परमात्माको प्राप्ति केवल बाह्यप्रदर्शन भजन कीर्त्तनले तबसम्म हुन सक्दैन, जबसम्म पाप कर्ममा लिप्त रहन्छ, अशान्त इन्द्रिहरुको विषयमा फसेको छ, असमाहित- विक्षिप्त चित्त छ र अशान्त मन अर्थात जसको मन तृष्णामा फसेको छ। चाहे जति नै ठूलो विद्वान् किन नहोस्, उसलाई उपर्युक्त दुष्कर्म छोडे पछी नै परमात्मज्ञान हुन सक्छ। - वायुरनिलममृतमथेदं भस्मान्त्ँ शरीरम्|
ओ३म् कृतो स्मर कृतं स्मर क्रतो स्मर कृतं स्मर।। (र्इशावास्योपनिषद:१७)
अर्थात्, हे कर्मशिल जीव !, देहान्तको समयमा ओ३म् जसको निज नाम हो, उस् ईश्वरलाई चारैतिर हेर्, आफ्नो सामर्थ्य प्राप्तिको लागि परमात्मालाई र आफ्नो स्वरूपलाई स्मरण गर् र जीवन भरि जे गरिस्, त्यसलाई स्मरण गर्। शरीरको अन्तिम संस्कार भस्मान्त अर्थात् दाहसंस्कार नै हो। तत्पश्चात् मृतकको लागि कुनै संस्कार (मृतक-श्राद्ध आदि कर्म) शेष रहँदैन। संसारको सम्पूर्ण शारीरिक सम्बन्धहरुको अन्त पनि भस्म नै हो।
- स पर्य्यगाच्छुक्रमकायमव्रणमस्नाविर्ँ शुद्धमपापविध्दम्|
कविर्मनीषी परिभू: स्वयम्भूर्याथातथ्यतोऽर्थान् व्यदधाच्छाश्वतीभ्य: समाभ्य: || र्इशावास्योपनिषद:८||
अर्थात्, ईश्वर सर्वव्यापक छ, जगत उत्पादक, शरीर रहित, शारीरिक विकार रहित, नाडी र नसाको बंधन रहित, पवित्र, पाप रहित, सूक्ष्मदर्शी, ज्ञानी, सर्वोपरि वर्तमान, स्वयंभू: अर्थात् अजन्मा छ त्यसैले अनादि काल देखि प्रज्ञा जीवको लागि ठिक ठीक कर्मको विधान गर्छ।
- विद्याञ्चाविद्याञ्च यस्तद्वेदोभय्ँ सह|
अविद्यया मृत्युं तीर्त्वा विद्ययाऽमृतमश्नुते || (र्इशावास्योपनिषद:११||
अर्थात्, जसले ज्ञान र कर्म यी दुईलाई साथ-साथ जान्दछ, त्यसले कर्मबाट मृत्युलाई जितेर ज्ञानबाट अमरता प्राप्त गर्दछ| अर्थात्, परमात्माको प्राप्ति आत्मविद्या र शुद्धान्तःकरणको संयोगरूप धर्मबाट उत्पन्न यथार्थ ज्ञानबाट नै हुन्छ।
- न तस्य कार्यं करणं च विद्यते…(श्वे. उ. ६/८)
अर्थात्, उस् परमात्माको कुनै कारण छैन, परमात्मा यस जगत्को उपादानकारण हैन। - तमेव विदित्वातिमृत्युमेति ।। (श्वे. उ. ३/८ )
अर्थात्, एकमात्र परब्रह्मलाई जानेर नै मनुष्य जन्म-मृत्युको दुःखबाट मुक्त हुन सक्छ।अस्तु
नमस्ते..!
-प्रेम आर्य
दोहा, कतार बाट