ओ३म्..!
“प्रत्यक प्राणीको आयु निश्चित हुन्छ। हरेक जीव ले जो कार्य गर्छ, त्यो ईश्वराधीन हुन्छ। ईश्वर को ईच्छा बिना त धुलोको कण पनि उड्न सक्दैन। र एउटा पात पनि हल्लिन सक्दैन।”
हामीहरु प्रायः दैनिक रुपमा यस्तै कुरा सुन्ने गर्छौं। आज भोलि सत्संग का नाउमा तथाकथित् गुरुहरुको व्यापारिक-प्रवचनमा पनि यस्तै कुरो पटक-पटक दोहोरिने गर्छ। र हामि मख्ख परेर केवल सुन्ने मात्र गर्छौं।
सत्यता केहो भने कतिपय यस्ता कुरा त परमात्मा को अन्ध-श्रद्दा र अतिरेकमा भनिन्छ, जो साधारण व्यक्ति ले सुन्छ र राम्रो पनि मान्छ र ठिक पनि। तर यस्तो कुरो सिद्धान्ततः गलत सावित हुन्छ। परमात्माको ईच्छा बिना केहि पनि हुन सक्दैन, हामि एक पाइला पनि चल्न सक्दैनौं भन्नु नितान्त वेद बिरुद्ध छ। यदि यो मान्न लाग्ने हो भने जीव को कर्मफल-सिद्धान्त खण्डित हुन्छ। किनकि जो यो संसार मा भईरहेको छ, त्यो परमात्मा को ईच्छाले हुन्छ र जसको ईच्छाले कर्म हुन्छ त्यसको सुभाशुभ फल पनि त्यसैलाई मिल्छ। अर्थात्, सब कर्म को फल ईश्वर ले भोग्नु पर्ने भो !! यस्तो कदापि हैन र हुन्न पनि। जो कर्म जीवात्मा ले गर्छ, त्यो आफ्नो ईच्छाले गर्छ। परमात्मा को ईच्छाले होइन। जीव कर्म गर्नमा स्वतन्त्र छ, त्यसैले कर्मको फल पनि जीवात्मा ले नै भोग्छ। नत्र उपरोक्त सिद्धान्त अनुसार चल्ने हो भने त संसार मा जो अन्याय भैरहेको छ, मार-पिट, काट-मार, हत्या-हिंसा, चोरि-डकैति र अपमान आदि हुने गर्छ, त्यसको दण्ड पनि कसैलाई नहुनु पर्ने हो। किनकि जसले यी कर्म गर्छ त्यो गर्न विवश छ। तर यस्तो पदापी हुन्न अर्थात अपराधीलाई दण्ड दिईन्छ। त्यसैले सबै कर्म परमात्माको ईच्छा अनुसार हुन्छ भन्नु गलत हो र अविद्याको परिणाम हो। अस्तु…
नमस्ते..!
प्रेम आर्य
(दोहा, कतार बाट )