ओ३म्..
‘व्यालेन्टाइन-डे’ को वास्तविकता:
-प्रेम आर्य, दोहा-कतार
आदरणीय देशभक्त तथा राष्ट्रप्रेमी बन्धुहरु..!
हाम्रो देशमा विगत केहि वर्ष देखि यो १४ फरवरीले विशेष महत्व पाउँदै गएको छ। यो आफ्नो कुनै महापुरुषको लागि या आफ्नो कुनै चाड-पर्वको लागि हुन्थ्यो भने त खुशीको कुरो थियो तर यो दिन एउटा यस्तो व्यक्तिको लागि समर्पित गरिएको छ जुन हाम्रो यहाँको थिएन। जहिले देखि हाम्रो देशमा वैश्वीकरणको शुरूवात् भयो त्यति बेला देखि यसको पदार्पण यहाँ पनि भयो।
व्यालेन्टाइन-डे को कहानी यूरोपको हो। त्यहाँको समाजले रखौटी (Kept) मा विश्वास गर्दछ; पत्नि (श्रीमती)मा हैन। यूरोप र अम्रिकामा शायद नै कोहि यस्तो पुरुष या महिला पाइएला जसको एक विवाह भएको होस्। जसको एक पुरुष या एक स्त्री संग मात्र सम्बन्ध रहेको होस्। र यो परम्परा आजको हैन हजारौं वर्ष देखि चलेको परम्परा हो त्यहाँ। हामीले एक आङ्ग्ल शब्द सुनेका छौं “Live in Relationship” यो चलन आजभोलि हाम्रो देशमा पनि नव-अभिजात्य वर्गमा चल्दैछ। यसको मतलब हुन्छ “बिना विवाह पति-पत्नी सरह रहनु”। यूरोप र अम्रिकामा यो परम्परा आज पनि चल्छ। स्वयं प्लेटो (एक यूरोपीय दार्शनिक) को एक स्त्री संग सम्बन्ध रहेको थिएन। प्लेटोले लेखेकोछ कि “ मेरा २०-२२ स्त्रिहरु संग सम्बन्ध रहेकोछ” अरस्तुले पनि यही भन्छ, देकार्तेले पनि यही भन्छ र रूसोले त आफ्नो आत्मकथामा लेखेको छ कि “एक स्त्रीका साथ रहनु..! यो त कदापि संभव नै हुन सक्दैन, It’s Highly Impossible” । त्यहाँको समाजमा यहाँको जस्तो एक पति-पत्नीव्रत जस्तो केहि हुँदैन। र यी सबै महान दार्शनिकहरुको भनाइ त यस्तो सम्म छ कि “स्त्री मा आत्मा नै हुँदैन”, “स्त्री त मेच र कुर्सी समान प्रयोगका वस्तु हुन्, जब पुरानो हुन्छ र मन भरिन्छ तब त्यसलाई फालेर नयाँ ल्यायो”। बीच-बीचमा यूरोपमा केहि यस्ता व्यक्ति पनि निस्के जसले यी कुरीतिहरुको विरोध गरे र यस्ता रहन-सहन प्रति कडा टिप्पणी गरे। ति मध्ये कै एक त्यस्ता यूरोपियन व्यक्ति थिए जो आज भन्दा लगभग १५४० वर्ष पहिले रोम मा जन्मेका थिए, उनको नाम थियो व्यालेनटाइन। र यो कहानी ईशाको मृत्युको ४७८ वर्ष पछीको हो।
त्यस महापुरुषको भनाइ थियो कि “हामीहरु (यूरोपवासी) जुन किसिमको शारीरिक सम्बन्ध राख्ने गर्दछौं त्यो कुकुर तथा अन्य पशु भन्दा कत्ति पनि राम्रो छैन। यसबाट यौन-जनित रोग (venereal disease) हुने गर्दछन्। यसलाई सुधार, एक पति-पत्नीका साथ रहने गर, विवाह गरेर बस, शारीरिक संबंध विवाह पछी मात्र शुरू गर” यस्तै-यस्तै शिक्षाप्रद कुरा गर्ने गर्दथे र उनले ति सबैलाई यी सब सिकाउने गर्दथे, भन्ने गर्दथे जो उनलाई भेट्न आउने गर्दथे।
दैनिक उनको प्रवचन र सत्संग यही नै चल्दथ्यो। रोममा घूमि-घूमि यहि संदेश दिने गर्दथे। संयोगले उनि पादरी बने। गिर्जाघरमा आउने हरेकलाई यही कुरो भन्न थाले, कसैले उनि संग सोध्ने गर्दथे कि यो किटाणु तपाइँमा कहाँबाट प्रवेश गर्यो, यो त हाम्रो सारा यूरोपमा कतै पनि छैन? तब मुस्काएर भन्ने गर्दथे कि “आजभोलि मैले वैदिक सभ्यता र दर्शनको अध्ययन गर्दैछु, र मलाई लाग्छ यो परफेक्ट छ, र त्यसैले मैले चाहन्छु कि तपाईहरुले यसलाई मान्नुस”।
कसैले उनको कुरो मान्ने गर्दथे। जसले मान्दथे उनीहरुको सामुहिक विवाह गिर्जाघरमै हुन्थ्यो यो काम व्यालेनटाइनले नै गराइदिन्थे। यसरि उनले सैयौंको संख्यामा विवाह गाराए। त्यस समयमा रोमको राजा क्लौडीयस थियो। त्यति बेला त्यहाँको चक्रवर्ती सम्राट कै श्रेणीमा राख्न सकिन्छ। क्लौडीयसले भन्न थाल्यो कि “यो व्यालेनटाइन नाउ गरेको व्यक्तिले त हाम्रो यूरोपको परम्परा ध्वंस गर्दैछ, हामि बिना विवाह रहनेहरु हौँ, मोज-मस्तीमा डुब्नेहरु हौँ, र यसले मानिसको विवाह गराउंदै घुम्छ, यसले त अपसंस्कृति फैलाउँदैछ, हाम्रो हजारौं वर्ष देखि चलेको संस्कृतिलाई नष्ट गर्दैछ”। क्लौडीयसले आदेश दियो “जाओ व्यालेनटाइनलाई पकडेर ल्याओ” उसका सैनिकले व्यालेनटाइनलाई समातेर ल्याए । क्लौडीयसले ने व्यालेनटाइन संग सोध्यो कि “यो तिमिले के गलत काम गर्दैछौ ? तिमीले अधर्म फैलाउँदैछौ, अपसंस्कृति ल्याउँदैछौ” । व्यालेनटाइनले भने कि “मलाइ यहि ठीक लाग्छ”, क्लौडीयसले उनको कुनै कुरो सुनेन र उनलाई सुलीमा चढाउने दण्ड सुनायो । आरोप थियो कि यसले युवाहरुको विवाह गराउँछ, मतलब विबाह गराउनु नै दोष थियो। क्लौडीयसले ति सबैलाई बोलायो जसको विवाह व्यालेनटाइनले गराएका थिए र ति सबैका सामुमा नै व्यालेनटाइनलाई ४९८ ई.१४ फरवरीका दिन सुलीमा चढाईयो ।
कसैलाई यो थाहा छ कि छैन कुन्नि पुरा यूरोपमा १९५० ई. सम्म खुला मैदानमा, सार्वजानिक रुपले फाँसी दिने परम्परा थियो। ति युवा-युवतीहरु जसको व्यालेनटाइनबाट प्रभावित भएर विवाह भएको थियो निक्कै दुखी भए र सबै मिलेर व्यालेनटाइनको दुःखद सम्झनामा १४ फरवरीको दिन बाट ‘व्यालेनटाइन-डे’ मनाउन शुरू गरे । त्यस दिन देखि यूरोपमा ‘व्यालेनटाइन-डे’ को प्रचलन चल्यो । यसको मतलब यहि भयो कि व्यालेनटाइन, जसले यूरोपको रखौटीमा विश्वास गर्ने समाजमा वैदिक सभ्यता अनुसारको विवाह गर्नु पर्छ भनेर हिड्थे र विवाह गराईदिन्थे, जसको कारणले उनलाई राजाले फाँसीको सजाय दियो, त्यसैले उनको सम्झनामा ‘व्यालेनटाइन-डे’ मनाउने गरिन्छ । यो थियो ‘व्यालेनटाइन-डे’ को इतिहास र यसको आधार ।
अब यही ‘व्यालेनटाइन-डे’ नेपालमा आएको छ, जहाँ विवाह हुनु, एक पति-पत्नी ब्रत रहनु, विवाह पूर्व शारीरिक सम्बन्ध नगर्नु आदि एकदम सामान्य बिषय हुन्। कुन चाहिं असामान्य र अद्भुत बिषय भयो र यो हामीलाई ? यहाँ त यदि कुनै बिना विवाह कै घुम्छ र साथमा बस्छ र बहु पति-पत्नी प्रथामा विश्वास गर्छ भने अथवा विवाह पूर्व नै शारीरिक सम्बन्ध कायम राख्छ भने पो अद्भुत, असहज, असामान्य लाग्छ तर यूरोपमा विवाह हुनु नै सबभन्दा असामान्य बिषय हो ।
अब यो ‘व्यालेनटाइन-डे’ हाम्रा विद्यालय र महाविद्यालयमा पनि पसेको छ र निक्कै धूम-धाम संग मनाउने गरिन्छ । आश्चर्यको कुरो छ कि हाम्रा यहाँका वाल-वालिका, युवा-युवती सबैले बिना सोंच-बिचार कै एकआपसमा ‘व्यालेनटाइन-डे’ का कार्ड आदान-प्रदान गर्दैछन, उपहार बाँड्दैछन्, शुभकामना दिन्छन्..! जो कार्ड छ त्यसमा लेखिएको हुन्छ “Would You Be My Valentine” जसको मतलब हुन्छ “के तिमि म संग विवाह गर्छौ?” । सायद मतलब कसैलाई थाहा हुन्न, ति सम्झन्छन् कि जसलाई हामि प्रेम गर्दछौं, तिनलाई यो कार्ड दिनु पर्छ । त्यहि भएर कसैले त यो कार्ड आफ्ना आमा-बुबालाई, बाजे-बज्यैलाई पनि दिन्छन्, एक-दुई हैन दस-बीस जनालाई यहि कार्ड दिन्छन् । र यो व्यापारमा ठूला ठूला कम्पनिहरु लागेका छन् जसलाई ग्रीटिंग कार्ड बेच्नु छ, जसलाई गिफ्ट बेच्नु छ, जसलाई मिठाइ बेच्नु छ र टेलीविजन च्यानल चलाउनेलाई यसको धुवाँदार प्रचार ।
यो सब कुरो लेख्नुको उद्देश्य केवल यत्ति हो कि यदि नक्कल गर्नु नै छ भने त्यसमा आफ्नो अक्कल अवश्य लगाउने गरौँ । उनिहरुको समाजमा साधारणतया विवाह हुने गर्दैन र जसले विवाह गर्ने गर्दछन् तिनीहरुले नै ‘व्यालेनटाइन-डे’ मनाउँछन् तर हामि नेपाली यहाँ? ! ईश्वरले समय मै सद्बुद्धि प्रदान गरुन्..!
अस्तु.
नमस्ते..!
-(हार्दिक आभार: स्व. राजिव दीक्षित)
एकदम सत्यता पुर्ण प्रकाश पारिदिनु भएको मा हार्दिक धन्यवाद प्रेम गुरु !
ओ३म्
भाइ, नमस्ते..!
सबैमा यो संदेश जाओस..जति सक्दो वितरण गरौँ..
धन्यवाद.!