ओ३म्..
रामायणमा उत्तर काण्ड प्रक्षिप्त भएको प्रमाण
प्रेम आर्य
दोहा, कतार बाट
सायद कुनै यस्तो व्यक्ति होला जुन रामायण महाकाव्य र रचियता महर्षि वाल्मीकि संग परिचित नहोस्? नेपालमा पनि रामायणको नाम लिना साथ् आदिकवि भानुभक्त आचार्यको नाम स्मरण हुन्छ। रामायण हाम्रो प्राण हो। यसको शिक्षा आज पनि त्यतिकै व्यवहारिक र महत्व छ जति प्राचीन कालमा थियो। यसमा जीवनको अति गहन र अति गम्भीर समस्याहरुको समाधान भएको स्वरुप दृष्टिगोचर हुन्छ। एकातिर मर्यादा पुरुषोत्तम श्रीराम एक महान आदर्श पुत्र, आदर्श दाजु, आदर्श शिष्य, आदर्श पति, आदर्श सेवक एवं आदर्श राजा हुन् भने अर्को तिर महा रानी सीता एक आदर्श पुत्री, आदर्श पत्नी, आदर्श वधु, आदर्श भाउजू र आदर्श नारी हुन्। जहाँ एकातिर आदर्श माताको रूपमा कौशलयाको चरित्र चित्रण छ भने अर्को तिर एक आदर्श भाईको रूपमा लक्ष्मणको वर्णन छ। जहाँ एकातिर भरत जस्ता त्यागि, तपस्वी आदर्श अनुजको वर्णन छ भने त्यहीं अर्कोतिर महा विद्वान हनुमान जस्ता आदर्श सेवकको वर्णन पनि छ। जहाँ एकातिर सुग्रीव जस्ता आदर्श सहयोगीको वर्णन छ भने अर्को तिर जटायु जस्ता आदर्श त्यागीको पनि वर्णन छ। रामायणमा के छैन र? एक सम्पूर्ण जीवनदर्शन छ यसमा। जीवनको सार छ यसमा। तात्पर्य यहि हो कि रामायणमा हामीलाई जीवन जिउनको लागि एक अति उच्चतम आचारको दृष्टान्त पाइन्छ। रामायण बाट पूर्वकालमा जनमानसलाई एक उच्चतम प्रेरणा र मार्गदर्शन पाइयो, आज पनि पाइदैछ र भविष्यमा पनि पाइने नै छ।
आजभोलि हामीकहाँ प्राप्त हुने रामायणको विभिन्न संस्करणमा केहि केहि भिन्नता छन्। यस समय प्राप्त रामायणमा ७ काण्ड छन्- बाल काण्ड, अयोध्याय काण्ड, अरण्य काण्ड, किष्किन्धा काण्ड, सुंदर काण्ड, युद्ध (लंका) काण्ड र उत्तर काण्ड।
त्यसो त रामायण भित्र केहि श्लोकहरु प्रक्षेपित पनि भएको छ तर यसमा सबभन्दा अधिक विवादस्पद उत्तर काण्डलाई मानिन्छ, किनकि यस काण्डमा श्रीरामको अन्तिम जीवन, सीताको निन्दा र वन गमन, सीता शोक, लव कुशको जन्म, शम्बूक वध आदि वर्णित छन्।
यो पुरै उत्तर काण्ड प्रक्षेपित हुनुको कारण:
१. छैठौं काण्ड समाप्त गर्ने बेला कवि वाल्मीकिले फलश्रुति रावणवधका साथ रामायणको अन्त गरेका छन् तर फेरी सातौँ काण्डको अन्तमा अर्को पटक फलश्रुति हुनु संदेहजनक छ किनकि एक ग्रन्थमा दुई फलश्रुति हुँदैनन्।
२. श्री रामलाई आरम्भका ६ काण्डमा (केहि प्रक्षिप्त श्लोकहरु छोडेर) वीर महापुरुष प्रदर्शित गरिएको छ, केवल सातौँ काण्डमा मात्र विष्णुको अवतार देखाइएको छ, जुन विषयान्तर हुनाले प्रक्षिप्त सिद्ध हुन्छ।
३. सातौँ काण्डमा यस्ता अनेकौं उपाख्यान छन् जसको रामायणको मूल कथा भन्दा कुनै पनि प्रकारको सम्बन्ध छैन, जस्तै ययाति नहुषको कथा, वृत्र वध, उर्वशी-पुरुरवाको कथा आदि। रावण र अन्य राक्षसहरुको वध पहिले नै भैसकेको थियो, फेरी सातौँ काण्डमा रावणको इन्द्र संग युद्ध, राक्षसहरुको उत्पत्तिको वर्णन छ। हनुमान राम मिलन पहिले नै भैसकेको थियो, फेरी सातौँ काण्डमा हनुमानको यौवन कालको उल्लेख अप्रासंगिक प्रतीत हुन्छ।
४. सीताको अग्निपरीक्षा एवं निर्वासनको घटनाको वर्णन सातौँ काण्डमा पाइन्छ। यदि समग्र रूपले सम्पूर्ण रामायण पढ्नेहो भने हामीलाई यही सन्देश प्राप्त हुन्छ कि श्री रामचंद्रले आफ्नी पत्नी सीतालाई अपहरण गर्ने दुष्ट रावणलाई खोजेर उसलाई यथोचित दण्ड दिए। उस् कालको सामाजिक मर्यादा पनि हेरौं, सीतालाई अपहरण गरेपछी पनि रावणमा यति शिष्टाचार थियो कि सीताको अनुमति बिना रावणले सीतालाई स्पर्श गर्ने साहस पनि गरेन। फेरी यो कसरि सम्भव छ कि मर्यादापुरुषोत्तम श्री रामचंद्र महाराज जो उस कालमा आर्य शिरोमणिको पद्विले विभूषित थिए, सीता माथि एक अज्ञानीका समान संका गर्दथे, अग्निपरीक्षा लिने गर्दथे, प्रतिज्ञा गराउने गर्दथे, धोबीको भनाइ मानेर वनमा जाने आदेश दिए। रामायणमा प्रथम देखि छैठौं काण्ड सम्म नारी जातिको लागि सामाजिक अधिकारहरुको वर्णन प्रभावशाली रूपमा पाइन्छ जस्तै – कौशलयाले महलमा वेद पढ्नु एवं अग्निहोत्र गर्नु, कैकई दशरथका साथ सारथि बनेर युद्धमा भाग लिनु, सीता द्वारा शिक्षा ग्रहण गरेर स्वयंवर द्वारा आफ्नो वर चुन्नु आदि। नारीको यस सम्मानजनक स्थानको ठीक विपरीत सातौँ काण्डमा पुरुष द्वारा नारी जाति माथि संदेह गर्नु, उसको परीक्षा गर्नु, उसलाई घरबाट निष्काशित गरेर निसहाय वनमा एक्लै छोडिदिनुले यही दर्शाउँछ कि मध्य कालमा जब नारीलाई हेयको वस्तु सम्झन थालिएको थियो यो त्यसै कालमा प्रक्षेप गरिएको हो। यसबाट पनि यही सिद्ध हुन्छ कि रामायणको उत्तर काण्ड प्रक्षिप्त हो।
५. एकातिर रामायणमा श्री रामले माझि, निषाद राज, भीलनी शबरी आदिका साथ बिना कुनै भेद भावले सद्व्यवहार गरेको पाइन्छ भने अर्को तिर सातौँ काण्डमा शम्बूक माथि शुद्र भएको कारणले अत्याचार गरेको वर्णन छ। यी दुवै प्रसंग आपसमा मेल खांदैनन त्यसैले यसबाट यही सिद्ध हुन्छ कि सीताको वनवास, अग्नि परिक्षा र शम्बूक-वध भएको उत्तर काण्डको पुरै कथा प्रक्षिप्त हो।
यस प्रकारका अनेकौं उदहारण उत्तर काण्डलाई प्रक्षिप्त सिद्ध गर्नको लागि दिन सकिन्छ। उत्तर काण्ड श्री रामचंद्रको महान रामायणमा उनको गुण विपरीत हुनाले पनि यसको अंग हैन।अस्तु..
नमस्ते..!
(हार्दिक आभार: वेदको सत्यता)
बहुतै सत्यता
ओ३म्..
श्याम भाइ, हार्दिक आभार..
prem arya jee aapki sachi ramayan ki series ka kya hua aage kuch uur aaega spe
ओ३म्..
asd जी, नमस्ते..!
आपको क्या चाहिए सब कुछ मिलसकता है, आप जरा देखिए..इसी पेजमे कहीं मिलेगी..
धन्यवाद !