ओ३म्..
योग र यसका अंग:
========================
-प्रेम आर्य
दोहा, कतार बाट
योग शब्द संस्कृतको ‘युज्’ धातु बाट बनेको छ। पाणिनीको धातु पाठमा यसलाई तीन अर्थमा प्रयोग गरिएको छ-
युज्-समाधौ, युजिर्-योगे र युज्-संयमने।
यी तीन धातु बाट योग शब्दका तीन अर्थ आउँछन्:-
- युज्-समाधौ धातु: अर्थात्, परमात्मामा एकाकार हुनु, यसको अर्थ समाधि संग छ अर्थात योगको अर्थ समाधि भयो।
- युजिर्-योगे धातु: जसको अर्थ जोड्नु/जोडिनु हुन्छ। को संग ? परमात्मा संग जोडिनु। अर्थात्, यस धातुको अर्थ जोडिनु संग छ, यहां योगको अर्थ जोड्नु/ जोडिनु भयो।
- युज्-संयमने धातु: यसमा युज धातुको अर्थ संयम संग छ जस अनुसार योगको अर्थ संयम भयो। लगभग सम्पूर्ण शास्त्रहरुमा योगको अर्थ यिनै तीन सन्दर्भहरुमा गर्ने गरिन्छ।
“योगः समाधिः। स च सार्वभौमश्चित्तस्य धर्मः।” (यो.द. व्यास भाष्य १/१)
योग समाधि हो र यो समाधि चित्तको सब क्षिप्तादि भूमिहरु (अवस्थाहरु) मा सिद्ध भएको चित्त (मन) को धर्म (गुण) हो।
मानव जीवनको लक्ष मोक्ष प्राप्ति हो, अर्थात् दुःखहरु बाट छुटेर परमानन्द प्राप्त गर्नु।
यिनै बिषयलाई लिएर महर्षि पतञ्जलिले दुःखी मानिसहरुको लागि दुःख बाट छुट्ने उपाय बताएका छन्। त्यसको आधार ‘योग’ हो।
योगका आठ अङ्ग छन्:
(१.) यम, (२.) नियम, (३.) आसन, (४.) प्राणायाम, (५.) प्रत्याहार, (६.) धारणा, (७.) ध्यान, (८.) समाधि।
“यमनियमासनप्राणायामप्रत्याहारधारणाध्यानसमाधयो अष्टावङानि।।” (योगदर्शन-२/२९) ।।
प्रथम योगांग यम हो।
यमको अपरिहार्यता
==============
यम-नियमादिको पालन गर्दा यो अवश्य ध्यान राख्नु पर्दछ कि यमलाई छोडेर केवल नियमको पालन गर्नु बाह्य प्रदर्शन मात्र भएको हुनाले पतनको संभावना बनिरहन्छ। अतः यमको पालन नित्य गर्नु पर्दछ। महर्षि मनुको विचारमा –
यमान् सेवेत सततं न नियमान् केवलान् बुधः।
यमान् पतत्यकुर्वाणो नियमान् केवलान् भजन्।।
(मनु. ४/२०४)
अर्थात्, यमलाई छोडेर केवल नियम मात्र सेवन न गर्नु, किनकि यी दुवैको सेवन गर्ने गर। जसले यमको सेवन छोडेर केवल नियमको मात्र सेवन गर्दछ, त्यसको उन्नति हुँदैन र त्यो अधोगतिमा खसिरहन्छ।
क्रमशः….