मनलाई नियन्त्रण कसरि गरौँ ?

ओ३म्..

मनलाई नियन्त्रण कसरि गरौँ ?

एक प्रसिद्ध सूक्ति छ- मन नै बंधनको कारण हो र मन नै मुक्तिको कारण पनि। मनलाई दुष्ट घोडाको उपमा लिइएको छ, जुन अनियंत्रित भएर कुमार्गमा दौडन्छ र स्वयंको तथा सवारीको पनि हानि गर्दछ। त्यस्तै अनियंत्रित मनले पनि प्राणीलाई संकटमा पार्दछ।

यस्तो चंचल मनलाई कसरि नियंत्रण गर्ने? यसलाई नियंत्रण गर्ने दुई वटा मार्ग छन्  – या त यसको दमन गर्ने या यसको मार्ग नै बदलदिने। जुन वस्तुलाई दमन गरिन्छ, त्यो कालांतरमा नि:सत्व हुन्छ। कुनै पनि पदार्थलाई हातमा लिएर दबाइयो भने त्यसको सारतत्व निस्कन्छ। मनलाई निस्सार त गर्नु छैन। यस्तो गर्नाले ऊ बलहीन हुनेछ र मनोबल क्षीण हुनाले साधना र आराधना पनि गर्न सक्दैन।

मन कै कारणले हामि मनुष्य छौं। मनले गर्दा नै चिंतन-मननको पनि सामर्थ्य हामीमा छ। मनलाई वशमा गर्ने सबभन्दा सरल उपाय हो – उसको दिशा नै बदल्दिने। जो मन विकार तिर जाँदैछ, उसलाई सद्विचार तिर मोडिदिने। यो दिशा-परिवर्तन गर्नु नै मनमा विजय पाउनु हो। पदार्थहरु तिरको आसक्तिले नै मनुष्यलाई दिग्भ्रमित गर्दछ। पदार्थ प्रति आकृष्ट हुँदा असल-खराब तथा लाभ-हानिको विवेक लुप्त हुन्छ। केवल जो प्राप्त छैन त्यसलाई प्राप्त गर्ने र जो प्राप्त छ, त्यसको संरक्षण गर्ने लालसा प्रबल हुन्छ।

अत: मनलाई वशमा गर्ने प्रथम उपाय हो सत्को संगति, जो सत्य छ, त्यसको साथमा रहने। अयथार्थको साथमा रहनेहो भने हामि पनि अविश्वसनीय बन्नेछौं। सत्संगमा सत्को अर्थ हो श्रेष्ठ, उत्तम वा राम्रो। यसको आशय यही हो कि हामि त्यस्ता व्यक्तिहरुको संगतिमा रहौं जो श्रेष्ठ छन्, जसको चरित्र, व्यवहार या आचरण श्रेष्ठ छ।

एकपटक केशी श्रमणले गौतम गणधर संग सोधेका थिए- “तपाइको मनले तपाईलाई दुष्ट अश्व झैं उन्मार्ग तिर किन लैजान्न?” गौतमले भने- “मैले आफ्नो मनलाई धर्म शिक्षा द्वारा निगृहीत गर्ने गर्दछु र शास्त्र ज्ञान रूपी रसिले उसलाई कसेर बाँध्छु, त्यसैले ऊ उन्मार्ग तिर जान पाउँदैन।”

ज्ञानीहरुको भनाइ छ कि मनमा सीधा आक्रमण नगर। यस्तो गर्नाले मन हाम्रो हातबाट पारो जस्तै फुस्किन्छ र हामीले हात मलिरहनेछौँ। मनुष्यलाई प्रवृत्त गर्नको लागि मन, वचन र काया रूपी तीन योग भनिएको छ। यिनमा मन सूक्ष्म छ, यो भन्दा स्थूल वाणी या वचन छ र यो भन्दा पनि स्थूल हाम्रो काया, शरीर छ। यस काया भन्दा पनि स्थूल छ त्यो आहार जसबाट हाम्रो शरीरको निर्माण हुन्छ। वैदिक पद्धति यहि छ कि स्थूल देखि सूक्ष्म तिर अघि बढ। सबभन्दा स्थूल हाम्रो आहार हो। त्यसैले सर्वप्रथम आफ्नो आहारमा विजय प्राप्त गरौँ। यदि आहारलाई शुद्ध र सात्विक बनाउन सफल भयौं भने मनमा विजय पाउने दिशामा एक कदम अघि बढ्नेछौं।

‘जस्तो खान्छौं अन्न, त्यस्तै हुन्छ मन’ यो भनाइ निरर्थक छैन। आहार भन्दा सूक्ष्म छ हाम्रो काया। आहार विजय पछी शरीरलाई साधौँ , यसलाई नियंत्रणमा लिउँ। विविध प्रकारका आसन-प्राणायाम-व्यायाम आदिको विधान कायालाई साध्नको लागि नै बनाइएको हो। यसबाट शरीरको चंचलता कम हुन्छ, यसको असर मनमा पर्नेछ। काया भन्दा सूक्ष्म छ वाणी या वचन र यो भन्दा सूक्ष्म छ हाम्रो मन। वाणीमा नियंत्रण भयो भने त मन स्वत: वशमा हुनेछ। तर हामीले विपरीत क्रमले पुरुषार्थ गर्ने गर्दछौं- सर्वप्रथम मनलाई जित्ने प्रयत्न गर्दछौं र यहीं नेर मात खान्छौं। यदि अर्को ढंगले कोशिश गरियो भने मन दुर्जेय रहदैन। उसको शत्रुभाव पनि समाप्त हुनेछ, उसले हामीसंग मित्रवत व्यवहार गर्नेछ। अस्तु..

नमस्ते..!

(प्रेम आर्य, दोहा-कतार)

4 thoughts on “मनलाई नियन्त्रण कसरि गरौँ ?”

  1. ye article Hindi mein bhi likhiye ? ya fir email kar dijiye hindi mein ?aap email id baaien ? main apni id usle send karta haun ?

    1. ओ३म..
      पुन जी, नमस्ते..!
      आपका इमेल इस (kshatri12@gmail.com) में भेजें, आपको मिलजाएगी..
      धन्यवाद..!

Leave a Reply

Your email address will not be published. Required fields are marked *