प्रशोधित (रिफाईन) तेलको सत्यता…!
(एक पटक अवश्य पढ्नलायक अत्यन्तै महत्वपूर्ण जानकारी ।)
- लेखक: स्व. राजिव दीक्षित
- अनुवादक: प्रेम आर्य
मित्रहरु! के हामीले कहिल्यै विचार गरेका छौं कि आखिर जुन प्रशोधित (रिफाइन) तेलले हामी आफ्नो र आफ्ना स-साना बालबालिकाहरुको शरीर मालिश गर्न सक्दैनौं, जुन प्रशोधित (रिफाइन) तेललाई हामीले आफ्नो कपालमा लगाउन सम्दैनौं भने त्यस्तो हानिकारक प्रशोधित (रिफाइन) तेल हामीले कसरि खाइरहेकाछौं त.. ??!
मित्रहरु..! आजभन्दा ५० वर्ष अघि सम्म कुनै पनि प्रकारको प्रशोधित (रिफाइन) तेल थिएन, यो विगत ३०-४० वर्ष देखि हाम्रो देशमा देखिन थालेको हो| यस खेलमा केहि विदेशी तथा आफ्नै देशका नाफाखोर कम्पनिहरु लागेका छन्| शुरुवातमा यिनीहरुले केहि कमिशनखोर भ्रष्ट डाक्टरहरुको सहयोगमा चक्कर चलाए र पछी टेलीविजन तथा अन्य संचार माध्यमबाट झुटो प्रचार गरेर जनतालाई आफ्नो कुरो मान्न लगाए| डाक्टरहरुले आफ्नो प्रेस्क्रिप्सनमा रिफाइन तेल लेख्न शुरू गरे कि तेल खानु त रिफाइन तेल सूर्यमुखी, भटमास, सफोला आदिकोनै खानु, सुद्ध तिलको तेल, तोरीको तेल, बदामको तेल खानु भनेर कहिल्यै भन्दैनन्|
सर्वप्रथम यो जान्न आवश्यक छ कि यो प्रशोधित (रिफाइन) तेल कसरि बनाइन्छ ? मैले देखेको छु र तपाइँहरुले पनि कहिल्यै देख्नुभो भने यो कुरो बुझ्न सक्नुहुनेछ| कुनै पनि तेललाई प्रशोधित (रिफाइन) गर्नको लागि ६-७ वटा रसायन (केमिकल) को प्रयोग गर्ने गरिन्छ र डबल रिफाइन गर्दा यो संख्या १२-१४ हुन्छ | यी सबै रसायनहरु प्रयोगशालामा मान्छे द्वारा बनाइएका हुन्, भगवान द्वारा बनाइएको एउटा पनि रसायन प्रयोग हुँदैन, भगवानले बनाएको मतलब प्रकृतिले दिएको जसलाई हामी प्राकृतिक या जैविक (अरगेनिक) भन्छौं |
प्रशोधन (रिफाइन) गर्दा सर्वप्रथम तेलमा ग्यासोलीन नामक क्यारोसिन परिवारको रसायन मिलाएर त्यसलाई पातलो गरिन्छ फेरी त्यसमा एन हेक्सेन (पेट्रोलियम पदार्थ प्रशोधित गर्दा निस्कने एक पदार्थ) मिलाएर खुब संग मिलाइन्छ र तेलमा उपस्थित महत्वपूर्ण घटक चिल्लो (Fatty Acid) र विटामिन-र्इ तथा अन्य खनिज तत्वहरु (Minerals) पनि निकालिन्छ। ति पदार्थहरु हाम्रो शरीरले स्वयं बनाउन सक्दैन, त्यसैले ति तत्वहरु हामीलाई तेल बाट प्राप्त हुन्छन्। त्यसपछि उक्त तेललाई १५० डिग्री सेन्टिग्रेडको तापमा उमालिन्छ कारण ग्यासोलीन र हेक्सेनको दुर्गन्धलाई हटाउन सकियोस्। तेलको प्राकृतिक रङ निकालेर त्यसलाई पारदर्शी (ट्रान्सपेरेन्ट) बनाउनको लागि ब्लीचिंग गरिन्छ जसको कारणले वीटा केरोटिन र क्लोरोफिल खतम हुन्छन्। यी तत्वहरुले हाम्रो शरीरमा खराब कोलेष्ट्रोललाई कम गर्ने काम गर्दछन्। त्यस पछी Degumming प्रक्रिया द्वारा तेलका महत्वपूर्ण घटकहरु Phosphalipiel तथा Lecithene लाई निकालिन्छ जसबाट तेल अधिक पातलो हुन्छ। पुनः तेलबाट त्यसको दुर्गन्ध हटाउनको लागि तेललाई २४० डिग्री सेन्टिग्रेड तापमा पकाइन्छ। र सबभन्दा अन्तमा यस्तो प्रकारको गुणस्तर हीन र तत्वहीन तेललाई लामो समय सम्म सुरक्षित राख्नको लागि त्यसमा प्रिजरवेटिवको रुपमा Synthetic Anti Oxidants मिलाइन्छ। अब तपाइँ आँफै सोंच्नुहोस त हामीले तेल खाइरहेका छौं या विष ?
प्राकृतिक रुपमा निस्केको तेललाई सफा गर्ने या प्रशोधित (रिफाइन) गर्ने नाउमा जति प्रकारका र जस्ता किसिमका रसायनहरु प्रयोग गर्ने गरिन्छ ति सबै अप्राकृतिक या अजैविक (Inorganic) हुन्|यिनै रसायनहरुले नै संसारमा बिषको निर्माण गर्दछन् र तिनको संयुक्त मिश्रणले तेललाई झनै विषाक्त तिर लैजान्छ| त्यसैले प्रशोधित (रिफाइन) तेल तथा डबल रिफाइन तेल गल्तीले पनि नखानु|
फेरी तपाई भन्न सक्नुहुन्छ कि के खाने त ? यसको सरल उत्तर छ – तपाइँ शुद्ध तेल खानुहोस्, तिलको, तोरीको, बदामको या नारियलको जुन तेल हाम्रा परम पूज्य देव स्वरूप पूर्खाहरुले खाने गर्दथे, आज भन्दा ५० वर्ष पहिले सम्म खाने गरिन्थ्यो| अब कसैले भन्न सक्नुहुन्छ कि शुद्ध तेलमा एक किसिमको गन्ध आउँछ र शुद्ध तेल बढी चिल्लो तथा लेसिलो हुन्छ| हाम्रो शरीरलाई सबभन्दा बढीमात्रामा लाभ गर्ने नै त्यहि गन्ध आउने, बढी चिल्लो तथा लेसिलो भएको तेल हो|हामीहरुले जब शुद्ध तेलमा शोधको काम गर्यौं र हामीलाई थाहा भयो कि तेलमा भएको चिल्लो र लेसिलो पन उसको सबभन्दा महत्वपूर्ण घटक हो |यदि तेलबाट उक्त चिल्लो र लेसिलो पदार्थ निकालिन्छ तब त्यो तेल तेल रहँदैन| फेरी हामीले देख्यौं कि तेलमा जुन गन्ध हुन्छ त्यो त्यसको प्रोटीन हो, जुन हाम्रो शरीरलाई आवश्यक पर्दछ| शुद्ध तेलमा प्रोटीन निक्कै हुन्छ| दालमा ईश्वरले दिएको प्रोटीन सबभन्दा अधिक मात्रामा हुन्छ | दाल पछी जुन सबभन्दा अधिक प्रोटीन हुन्छ, त्यो तेलमा नै हुन्छ| तेलमा आउने गन्ध अरु केहि नभएर प्रोटिनकै एक घटक जैविक पदार्थ (Organic content) हो|
सबै तेलमा ४-५ प्रकारका प्रोटीन हुन्छन्, प्रशोधन (रिफाइन) गर्दा जब तेलबाट उक्त सुगन्ध निकालिन्छ, तेलको प्रोटीन वाला घटक गायब हुन्छ र चिल्लो तथा लेसिलो पन निकालि दिनेहो भने हाम्रो शरीरलाई आवश्यक पर्ने तत्व वसा अम्ल (Fatty Acid) पनि गायब हुन्छ | अब यी दुवै तत्व तेलबाट निस्के भने त्यो तेल हैन पानी हो, त्यो पनि बिष मिलाइएको पानी..! र यस्ता प्रशोधन (रिफाइन) गरिएका तेल खानाले कैयौं प्रकारका घातक रोग हुन्छन्, जस्तै- साना रोगहरु घुडा दुख्ने, कम्मर दुख्ने, हड्डिमा पिडा देखि लिएर प्राणघातक रोगहरु हृदयघात (Heart Attack), पक्षाघात (प्यारालाइसिस) दिमागमा खराबी हुनु, रक्त धमनीहरु साँगुरो हुनु, उच्च रक्तचाप आदिबाट ग्रसित भइन्छ| जसले प्रशोधन (रिफाइन) गरिएको तेल खाएको छ, त्यो व्यक्ति यी सबै समस्याहरुबाट ग्रसित भएको देख्न सकिन्छ| मैले अहिले सम्म यहि देखेको छु कि जुन घरमा यो प्रशोधन (रिफाइन) गरिएको तेलको प्रयोग भइरहेको छ, तिनकै घरमा घुँडा दुख्ने, कमर दुख्ने, मुटुको रोग, हृदयघात, उच्च रक्तचाप, खराब कोलेष्ट्रोल बढ्ने आदि समस्याहरु बढी मात्रामा भैरहेको छ|
जब अलग अलग कम्पनि र छापका प्रशोधित (रिफाइन) सूर्यमुखी, भटमास, सफोला आदि तेल प्रयोगशालामा परिक्षण गरियो, त्यसमा All India Institute of Medical Sciences, Delhi का थुप्रै डाक्टरहरुको पनि रूचि पैदा भयो र उनीहरुले पनि यसमा काम गरे त्यसपछी ति डाक्टरहरुले जे भने त्यो मैले एक वाक्यमा भन्छु किनकि उक्त प्रतिवेदन निक्कै लामो छ र त्यसलाई यहाँ जस्ताको तस्तै दिन समय र स्थानाभावको कारणले असम्भव छ| उनीहरुले भने “तेलबाट जब चिल्लो तथा लेसिलो पन र त्यसको सुगन्ध निकालिन्छ, तब त्यो तेल तेल रहँदैन, तेलको सारा गुण र महत्वपूर्ण घटक निकालिन्छन् र डबल रिफाइनमा त झनै केहि पनि रहन्न, त्यो केवल बिष मिश्रित तरल पदार्थ मात्र बाँकी रहन्छ र त्यहि हामी खाने गर्दछौं|”
त्यसैकारण तेलबाट जुन पौष्टिकता हामीलाई प्राप्त हुनु पर्नेहो त्यो पाइएको छैन| तपाइँले फेरी सोध्नु होला तेलबाट हामीलाई के प्राप्त हुन्छ ? म भन्छु, तपाइँलाई अवगत नै होला तेलमा जुन चिल्लो या लेसिलो पन हुन्छ, त्यो पनि दुई प्रकारको हुन्छ राम्रो चिल्लो र खराब चिल्लो। तपाइँ-हाम्रो अनुहारमा जुन चमक, घुँडा लगायत जोर्नीहरु खुम्चिने र यता-उता हल्लिने-घुम्ने गर्छन् , हात-खुट्टाका औंलाहरु मोडिन्छन्, खुल्छन्, यो सब तेलमा पाइने त्यहि राम्रो प्रकारको चिल्लो तथा लेसिलो वस्तुकै कारणले हुन्छ|
तपाइँले कहिलेकाहीं आफ्नो रगत परिक्षण गराउनु भयो भने परिक्षण प्रतिवेदनमा देख्नुहुन्छ र डाक्टरले पनि तपाईलाई भन्ला कि तपाईको राम्रो कोलेष्ट्रोल- HDL (High Density Lipoprotein) बढ्नु पर्छ र खराब कोलेष्ट्रोल- LDL (LOW Density Lipoprotein) कम हुनु पर्छ।
साधारण भाषामा भन्नु पर्दा HDL अर्थात राम्रो प्रकारको चिल्लो पदार्थ र LDL अर्थात खराब प्रकारको चिल्लो पदार्थ जसको कारणले हृदयमा हुने रक्त संचारलाई बाधा गर्दछ र त्यसैको कारणले मधुमेह हुन्छ र हृदयाघात पनि हुन्छ।
यसरि भन्न सकिन्छ कि हामीलाई शुद्ध तेलबाट प्राप्त हुन्छ HDL (High Density Lipoprotein), हाम्रो शरीरमा यो तेलबाट नै आउँछ। त्यसो त यो कलेजोमा बन्छ तर शुद्ध तेल खाए पछी मात्र। यदि तपाइँले रिफाइन नगरिएको शुद्ध तेल खानुहुन्छ भने तपाइँको HDL राम्रो रहन्छ र जीवनभरि ह्रदय रोगको सम्भावना हुँदैन।
अहिले हाम्रो देशमा सबभन्दा अधिक विदेशी तेल बिक्दैछ। विदेशबाट पामोलिन नामक बिषालु तेल आयात गरिन्छ जसलाई पाम तेलको नामले पनि जानिन्छ। त्यहि तेल यहाँको बजारमा बिना हिचकिच सबभन्दा बढी बिक्दैछ। एक-दुई टन हैन, लाखौँ टन आयात हुँदैछ र अन्य तेलहरुमा मिलावट गरेर बजारमा बेचिदैछ। जनस्वास्थ्य संग सरोकार राख्ने देशमा कुनै कानुन छैन, डाक्टरको काम जनताको जीवन रक्षा गर्नु हो, त्यसैले डाक्टरलाई भगवान स्वरूप मानिन्छ तर आजभोली उल्टो हुँदैछ। कमिशनको लोभमा परेर डाक्टरहरुले त्यहि बिष सेवन गर्ने सिफारिस गर्दैछन्। त्यस्ता डाक्टरलाई के भन्ने शैतान या शैतानको बाउ..? शैतानले त ज्यान मात्र लिन्छ तर यी डाक्टरहरु भने लामखुट्टे, उपियाँ, उडुस तथा जुकाले रगत चुसे झैं रोगीको पहिले धन-पैसो चुस्छन् र गलत वस्तु खाने सिफारिस गरेर तथा आवश्यकता भन्दा अधिक औषधि खुवाएर ज्यान पनि लिन्छन्!
पहिले देशमा पाम तेल आयात गर्न नपाउने र अन्य तेलमा मिलाएर बेच्न पनि नपाउने कानुन थियो तर देशका गद्दार नेताहेउले गेट (GATT) समझौता र विश्व व्यापार संघ (WTO) को दबावमा आएर अब यस्तो कानून बनाए कि पाम तेल कुनै पनि तेलमा मिलाएर बेच्न सकिन्छ। यस्ता नेतालाई के भन्ने? बजारमा बेच्न राखिएको कुनै पनि नाम या छापको डब्बा बंद तेल भए पनि त्यो रिफाइन र डबल रिफाइन तेल नै हो र त्यो विषाक्त पामोलिन तेल हो।
जसले यो तेल खान्छ, म सहि-छाप गरेर दिन तयार छु कि त्यसको मृत्यु ह्रदय सम्बन्धी रोगकै कारणले हुनेछ। किनकि पाम तेलको बारेमा सारा संसारका सोध र अनुसन्धानबाट अवगत भइसकेको छ कि पाम तेलमा सबभन्दा अधिल ट्रांस-फ्याट छ र ट्रांस-फ्याट त्यस्तो वस्तु हो जुन शरीरमा कदापि घुल्न सक्दैन, कुनै पनि तापमानमा त्यो पग्लन सक्दैन। र ट्रांस फ्याट जब शरीरमा घुल्दैन तब त्यो थुप्रिन्छ र बढ्दै जान्छ, तब हृदयघात हुन्छ, तब दिमागले काम गर्न छोड्छ र मान्छे पक्षाघातको शिकार हुन्छ, मधुमेह हुन्छ, रक्तचापको समस्या हुन्छ।
महानुभाव, राम्रो प्रकारको चिल्लो (HDL) प्राप्त गर्नको लागि सदा शुद्ध तेल नै खाने गरौँ पहाडमा रहनेहरुको लागि तिलको तेल, मैदानी क्षेत्रमा रहनेहरुका लागि तोरीको तेल र समुन्द्रको आस-पास रहनेहरुका लागि नारियलको तेल सबभन्दा उत्तम हुन्छ। यसका अतिरिक्त बदाम तथा ओखरको तेल पनि प्रयोग गर्न सकिन्छ।
ईश्वरको आदेश पनि यहि हो कि आफ्नो शरीरको रक्षा गर्नु नै मनुष्यको प्रथम कर्तव्य हो..| अस्तु..
स्वस्थ रहौं र आ-आफ्नो कल्याणको मार्ग प्रसस्त गरौँ..!
नमस्ते..!