ओ३म्..
वेदाहमेतं पुरुषं महान्तं आदित्यवर्णं तमसो परस्तात् ।
तमेव विदित्वा मृत्युमत्येति नान्य: पन्था विद्यतेऽयनाय ॥ ।।यजुर्वेद: ३१/१८।।
भावार्थ: मनुष्यले परमेश्वरलाई नै यथावत जानेर ठीक प्रकारले ज्ञानी हुन्छ अन्यथा हुँदैन । जो सबभन्दा महान, सबलाई प्रकाशित गर्ने र अविद्या, अन्धकार अर्थात अज्ञान आदि दोषहरुले अलग छ, त्यहि पुरुषलाई मैले परमेश्वर र इष्टदेव भनेर जान्दछु । उसलाई नजानेर कुनै पनि मनुष्य यथावत् ज्ञानवान हुन सक्दैन । किनकि त्यहि परमात्मालाई जानेर र प्राप्त गरेर नै जन्म-मरणादि क्लेशहरुको समुद्र समान दु:ख देखि छुटेर परमानन्द स्वरूप मोक्ष प्राप्त गर्दछ, अन्यथा कुनै प्रकारले मोक्षसुख प्राप्त हुन सक्दैन । यसबाट यहि सिद्ध हुन्छ कि सबैले उसैको उपासना गर्नु उचित छ। त्यो भन्दा भिन्न अरु कसैको उपासना गर्नु हुँदैन, किनकि मोक्ष प्रदान गर्नेवाला केवल एक परमेश्वर बाहेक अर्को कोहि छैन । व्यवहार र परमार्थका दुवै सुखको मार्ग एक परमेश्वरको उपासना र उसलाई जान्नु नै हो, किनकि यो बिना मनुष्यलाई कुनै पनि प्रकारले सुख प्राप्त हुन सक्दैन। यो भन्दा भिन्न अन्य कुनै मार्ग छैन।
धर्म र ईश्वरको नाउमा आ-आफ्नो दुकान चलाउन, व्यापार चम्काउन, आफ्ना भेडा समान चेलाहरुको संख्या बढाउनको लागि जसले जति पनि प्रपंच गर्दैछन्, ति सबै वेदको सन्देश विपरीत हिड्दैछन्। तिनीहरुले कसैको भलो गर्नु त परै जावस्, अलिकति डुबेकालाई झनै चुर्लुम्म डुबाउनेछन्…!
~~~~~~~ऋग्वेदादिभाष्य भूमिका~~~~