ओ३म्..
के येशु स्वयं मरेर आफ्नो बलिदान दिएको र पुनः जीवित पनि भएको थियो?
विषयलाई पढेर तपाइँहरु अवश्य आश्चर्यमा पर्नुभयो होला कि यो के लेख्यो तर सबै ईसाईहरुले यस्तै मान्ने गर्दछन्। ईसाईहरु भन्ने गर्दछन् कि येशुले स्वयं आफ्नो बलिदान संसारका समस्त मनुष्यहरुका लागि दियो जसबाट अहिले जसले ईसालाई “परमेश्वरको पुत्र” मान्दछ, त्यो निश्चित रुपमा स्वर्ग जान्छ। यो केवल मात्र एक कपोल कल्पना नै हो। किनकि यदि येशुले आँफूलाई आँफै बलिदान दिएको हुन्थ्यो भने त क्रुसमा झुन्ड्याउनु भन्दा पहिले या क्रुसमा झुन्ड्याइए पछी आफ्नो प्राण निस्कन लाग्दा पिडा र मृत्युको डरले दुःखी हुने थिएन र आफ्नो ज्यान बचाइदिन भनेर ईश्वर संग प्रार्थना पनि गर्ने थिएन। र न त उसको एक पटक प्राणपखेरु उडिसके पछी ऊ पुनः जीवित नै भएको थियो। तर मूर्ख ईसाईहरुलाई यसमा पनि शायद कुनै संदेह देखिन्न त्यसैले यहि भ्रान्तिलाई निक्कै महान चमत्कार भएको भन्दै अज्ञानी तथा सिधा-साधा अनपढ हिन्दु दाजु-भाइ तथा दिदी-बहिनीहरुलाई बहकाउँदै स्वर्गको झुटो आशा देखाउँदै छन् र ति सिधा-साधा अशिक्षित हिन्दु दाजु-भाइ तथा दिदी-बहिनीहरु पनि यहि स्वर्गको लालचमा आएर यस्तो भ्रान्तिलाई चमत्कार मानेर अंगीकार गर्दै आफ्नो शुद्ध सत्य सनातन वैदिक धर्म र संस्कृति छोडेर ईसाइहरुको अन्धविश्वास र पाखण्ड रुपी चंगुलमा फस्छन्।
यसकिसिमको चंगुलमा फसेर त कसैले कह्ल्यै स्वर्ग अथवा नरकलाई सम्झन र बुझ्न नै सक्दैन। र मुक्तिको विषयमा त सोध्नु नै व्यर्थ छ किनकि जुन व्यक्ति अंधविश्वास र पाखण्डमा सदैव लिप्त रहन्छ ऊ कहिल्यै पनि यस जन्म-मरण रुपी चक्रबाट मुक्त हुन सक्दैन। अँ, आफ्नो कृत कर्म द्वारा स्वर्ग (सुख विशेष) र नरक (दुःख विशेष) प्राप्त भने अवश्य गर्दछ। र यस प्रकारको स्वर्ग र नरक प्राप्त गर्नको लागि कुनै येशु, मुशा या मुहम्मद आदिको औंलो समात्नु पर्ने या तिनको काँडादार मार्गमा हिँड्नु पर्ने आवश्यक छैन। किनकि जसले जस्तो कर्म गर्दछ, त्यसले त्यस्तै किसिमको फल भोग्नु पर्छ, यो ईश्वरीय विधान या वैदिक मान्यता हो। यसमा कुनै तथाकथित “ईश्वरको पुत्र” या मशिया-नबी-रसूल आदि कसैले पनि केहि कम-बढी या थप-घट गर्न सक्दैनन्।
अब हामि मूल बिषयमा ध्यान दिन्छौं। विषय छ- “के येशु स्वयं मरेर आफ्नो बलिदान दिएको र पुनः जीवित पनि भएको थियो?
पूरा बाइबल (पूरानो तथा नयाँ भाग) लाई यदि ध्यानपूर्वक पढ्नेहो भने सबैको सबै प्रकारको संशय स्वयं मेटिन्छ। किनकि अलग अलग अध्यायमा अलग अलग किसिमले भनिएको छ, जसबाट येशुको मृत्युमा नै शंका उत्पन्न हुन्छ।
पुनः जीवित भएको कुरो त छोडीदिउँ, कुनै व्यक्ति पुनः जीवित हुने कुरो तब मात्र सम्भव या असम्भव जे भए पनि होला जब ऊ साँच्चीकै मरेको होस्..! बाइबल पढ्दा त यही ज्ञात हुन्छ कि येशु भन्ने कुनै व्यक्ति मरेको नै थिएन, ऊ जिउंदै थियो। त्यसैले मरेर पुनः जीवित हुने प्रश्नै भएन र जब ऊ मरेकै थिएन भने बलिदान कसरि भयो?
सत्यता यहि हो कि आफ्नो ज्यान बचाउनको लागि येशुले ईश्वर संग अनेक पटक करुण पुकार तथा प्रार्थना गरेको देखिन्छ, यहाँ सम्म कि जुन समयमा येशुलाई सूलीमा चढाइएको थियो, त्यस समयलाई नै स्वयं हटाउनको लागि प्रार्थना गरिएको थियो।
आउनुहोस् यहाँ सप्रमाण सम्झने प्रयास गरौँ:-
- उहाँचाहिँ अलिक पर गएर भूइँमा घोप्टो परी यसो भन्दै प्रार्थना गर्न लाग्नुभयो, “हे मेरा पिता, हुन सक्छ भने यो दुःखको घुट्को मबाट हटाइदिनुहोस्।” (मत्ती: २६/३९/ मरकुस: १४/३६)
- उहाँचाहिँ अलिक पर गएर भूइँमा घोप्टो परी ‘हुन सके आउन लागेको कष्टको समय मदेखि हटोस्’ भनेर प्रार्थना गर्न लाग्नुभयो।(मरकुस:१४/३५)
- यति भनिसक्नुभएपछि येशू एकदम विचलित हुनुभयो..। (यूहन्ना: १३/२१)
- येशू आफ्नो शारीरिक जीवनमा हुनुहुँदा आफूलाई मरेकोबाट बचाउन सक्नुहुनेसँग रुँदै आँसु बगाएर बिन्ती र प्रार्थना चढाउनुभयो।(हिब्रू: ५/७)
- तीन बजेतिर येशूले ठूलो सोर निकालेर भन्यो, “इलोई-इलोई लामा सबखथनी?” यसको अर्थ हो, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, मलाई किन त्याग्नुभयो?” (मत्ती: २७/४६)
येशु द्वारा गरिएका उपरोक्त बिलाप, करुण पुकार तथा रोदनयुक्त प्रार्थनाबाट यहि स्पष्ट हुन्छ कि येशुले कुनै बलिदान दिएको थिएन किनकि बलिदानमा यस्ता करुण पुकार, रोदन तथा प्रार्थनाहरु हुँदैनन्। उदहारणको लागि अमर हुतात्मा शुक्रराज शास्त्री, दशरथ चन्द, गंगालाल श्रेष्ठ तथा धर्म भक्त माथेमा आदि वीरहरुको वलिदानलाई हेर्नुहोस् जब उहाँहरुलाई प्राण-दण्डको लागि लगिदै थियो, तब उहाँहरुको अनुहारमा कुनै पनि प्रकारको दुःख झल्कदैन थ्यो बरु देश र जनताको लागि वलिदान हुने असिम आनन्द र सुख थियो; उहाँहरुले गर्वका साथ हाँसी-हाँसी मृत्यु वरण गर्नु भएको थियो। यसलाई भनिन्छ बलिदान। कति महान छ यो वलिदान..!
अब यी रुन्चे ईसाईहरुले यसलाई कसरि येशुको बलिदान थियो भनेर सिद्ध गर्लान् खै..!? सत्य कुरो यहि हो कि येशु स्वयं स्वेच्छाले सूलीमा चढेको थिएन। उसलाई त गलत काम गरेको हुनाले दण्डित गरिएको थियो किनकि येशुले आँफूलाई “ईश्वरको पुत्र” घोषित गर्ने जस्तो मिथ्या चाल चलेको थियो जुन त्यस देशको त्यस समयको कानूनको नजरमा दण्डित कृत्य थियो।
जेसुकै होस्, अहिले ईसाई भेडाहरुले केवल यत्ति कुरो भनुन कि जब येशुले आफ्नो बलिदान नै दिएको थिएन जुन कुरो बाइबलले स्वयं सिद्ध गर्दछ भने ईसाईहरु “येशुले आफ्नो बलिदान मनुष्यहरुका लागि दिनुभयो र जसले येशुलाई मान्दछ, त्यो स्वर्गको अधिकारी हुनेछ” भनेर किन लाटोकोसेरा झैं चिच्याउने गर्दछन् ?
अझैं पनि समय छ, यस्तो प्रकारको मिथ्या प्रचार र पाखण्ड छोडेर सत्य सनातन वैदिक धर्म र संस्कृतिलाई अपनाउ। चाहे येशुलाई मान या नमान आ-आफ्नो कर्मको आधारमा नै सबै मानिसहरु स्वर्ग (सुख विशेष) का अधिकारी छन्। त्यसैले यो मिथ्या तथा काल्पनिक स्वर्गको लालच छोडेर शुद्ध र सात्विक कृत्य गर र वेद मार्ग तिर फर्क। अस्तु..
नमस्ते..!
सबको मनमा अभय, वैदिक धर्मको जय..!
एकदमै सत्य तथ्य प्रेम गुरु !