ओ३म्..
स पर्यगाच्छुक्रमकायमव्रणमस्नाविरं शुद्धमपापविद्धम्।
कविर्मनीषी परिभूः स्वयम्भूर्याथातथ्यतोऽर्थान् व्यदधात् शाश्वतीभ्यः समाभ्यः ॥
(यजुर्वेद:४०/८ तथा ईशोपनिषद:८)
(भावार्थः ईश्वर सर्वव्यापक छ, जगत उत्पादक, शरीर रहित, शारीरिक विकार रहित, नाडी र नसाको बंधन रहित, पवित्र, पाप रहित, सूक्ष्मदर्शी, ज्ञानी, सर्वोपरि वर्तमान, स्वयंभू: (उसलाई बनाउने कोहि छैन, ऊ स्वयं उत्पन्न भएकोहो) अर्थात् अजन्मा छ, त्यसैले नै अनादि काल देखि जीवहरुको लागि ठिक ठीक कर्मको विधान गर्दछ।)
‘ईश्वरको यथार्थ स्वरूपलाई कसले जान्दछ?’
- संसारमा ईश्वरलाई मान्ने र नमान्ने दुई श्रेणिका मानिसहरु छन्। ईश्वरको अस्तित्व स्वीकार नगर्नेलाई नास्तिक भनिन्छ।
- जो नास्तिक छन्, उनीहरुले ईश्वरको सत्य स्वरूपलाई जान्दछन् भन्ने कुराको अपेक्षा पनि गर्न सकिन्न।
- जसले ईश्वरलाई मान्दछन्, ईश्वरको अस्तित्वलाई स्वीकार गर्दछन्, के तिनीहरु सबैले ईश्वरको सत्य स्वरूपलाई जान्दछन्? यसको उत्तर नकारात्मक नै आउँछ। ति सबै आस्तिकहरुले ईश्वको सत्य स्वरूपलाई जान्दैनन्।
- ईश्वरको यथार्थ स्वरूपलाई केहि अत्यन्त थोरै मानिसहरुले मात्र जान्दछन्।
- ईश्वरलाई यथार्थ रूपमा जान्नेहरु ति मानिस हुन् जसले वेद तथा आर्ष ग्रन्थहरुमा सत्यार्थ प्रकाश सहित ऋषि दयानन्दका साहित्य एवं वेदांग, उपांग सहित उपनिषद तथा विसुद्ध मनुस्मृति आदिको यथार्थ ज्ञान राख्दछन्।
- अर्को शब्दमा भन्न सकिन्छ कि जो मानिस वैदिक सनातन धर्मी आर्य हुन्, निरन्तर आर्ष साहित्य स्वाध्याय गर्दछन्, चिन्तन तथा मनन गर्दछन्, जसले शुद्ध सात्विक भोजन तथा छल-कपट रहित ईश्वरको आदेशानुसार शुद्ध व्यवहार गर्ने गर्दछन्, तिनीहरुले नै ईश्वरको यथार्थ स्वरूपलाई जान्दछन्।
- इतर जो आस्तिक हुन्, जसले भन्ने गर्दछन् कि हामि पनि ईश्वरलाई मान्ने गर्दछौं, उनीहरुको बारेमा यो भन्न सकिन्छ कि उनको ईश्वर-ज्ञान अधुरो तथा केहि यथार्थ स्वरूपको विपरीत हुनाले मिथ्याज्ञान युक्त ज्ञान हो।
- जसले मूर्ति पूजा गर्दछ, अवतारवादलाई मान्दछ, जसको जीवन सामाजिक भेदभाव युक्त छ, जसले फलित ज्योतिषलाई मान्दछ, जसले वैदिक विधिले ईश्वरोपासना गर्दैन, उसको बारेमा भन्नु पर्दा यहि भन्न सकिन्छ कि उसले ईश्वरको यथार्थ स्वरूपलाई जान्दैन।
- केहि यस्ता मानिसहरु पनि छन् जसले भन्ने गर्दछन् कि ईश्वर माथि या कुनै विशेष आकास तथा स्थानमा रहन्छ, ति पनि अविद्या ग्रस्त हुनाले ईश्वरको यथार्थ स्वरूप देखि परिचित छैनन्।
- यस्तो पनि मत छ जसका अनुयायीहरुले ईश्वरलाई पाप क्षमा गर्ने मान्दछन्। पाप क्षमा गर्नुको मतलब हुन्छ झनै ठूलो महापापलाई प्रोत्साहन दिनु। यदि हाम्रा पाप कर्महरु क्षमा हुन थाले या हाम्रा गलत कार्यहरुलाई क्षमा गर्न थालियो भने हामी अरु अधिक असावधान हुन्छौं र पटक-पटक गल्ति गर्दै जान्छौं किनकि हामी जान्दछौं कि क्षमा मागेर अपराध तथा उसको दण्ड बाट बच्नेछौं। पाप क्षमा हुन्छ भन्ने मिथ्या सिद्धान्तले व्यक्तिमा दोष, अवगुण तथा समाजमा अपराध बढ्ने गर्दछन्।
- जसले कुनै निश्चित फलानो मतका अनुयायिहरुको पाप तथा गल्तिलाई मात्र ईश्वरले क्षमा गरिदिन्छ भनेर मान्ने तथा भन्ने गर्दछन्, उनीहरुले पनि ईश्वरको सत्य स्वरूपलाई यथार्थतः जान्दैनन्।
- जो मानिस सिधा-साधा-अशिक्षित, भोका, निर्धन, रोगी, कमजोर तथा दुःखीहरुको धर्म परिवर्तन गर्नमा संलग्न छन्, तिनीहरुले पनि सच्चा ईश्वरलाई जान्दैनन् र कदापि जान्न पनि सक्दैनन्।
- उनको यो काम धर्म सम्मत नभएर धर्म विरोधी हुन्छ; यस पछिको उद्देश्य पनि राम्रो हुँदैन। यस्ता मानिसहरुलाई धर्मको विषयमा चर्चा गर्नको लागि आमंत्रित गर्नेहो भने नजिक पर्दैनन् तर येन केन प्रकारेण धर्मान्तरण गर्नमा तत्पर रहन्छन्।
- मलाइ लाग्छ, ति मानिसहरुले त्यस्ता निन्दनीय कर्मको फल उनको मृत्यु पछी पुनर्जन्ममा नै प्रायः पाउँछन् होला।
- शोषित-पिडित-उपेक्षित तथा निर्धन र निर्बल मानिसहरुको धर्म परिवर्तन गर्नुको साटो आँफूलाई धार्मिक भन्न रुचाउनेहरुले यिनको सच्चा हृदयले सेवा गर्नु पर्छ, यही उनको यथार्थ धर्म हो। ईश्वरले पनि समस्त मनुष्यहरु बाट यहि अपेक्षा गर्दछ।
- ईश्वरले नै यो समस्त सृष्टि, मनुष्य तथा इतर सब प्राणिहरुलाई बनाएको हो।
- यो सृष्टि ईश्वरले जीवात्माहरुको लागि उनका पूर्व जन्मका अवशिष्ट कर्महरुको फल भोग गर्नको लागि बनाएको हो।
- मनुष्यहरुले आ-आफ्ना कर्मको भोग भोग्दै मोक्ष प्राप्तिका लागि गजत कल्याण तथा परोपकार एवं सेवा आदि कार्य पनि गर्दछन्।
- पशु-पंक्षी तथा अन्य जीवहरुले आ-आफ्ना कर्मफलको भोग मात्र गर्दछन्।
- ईश्वरले कुनै पनि मनुष्यलाई यो अधिकार दिएको छैन कि उसले आफ्नो भोजन-मनोरंजन तथा जिब्रोको स्वादका लागि पशु-पंक्षीहरुको जीवन नष्ट गरोस् र पिडा तथा हानि पुर्याओस्।
- यस प्रकारको कर्म ईश्वरिय व्यवस्थाको विरोध तथा ईश्वरलाई चुनौती दिनु हो।
- यदि कुनै मनुष्यले, मत-पन्थ-सम्प्रदायले माछा-मासु-अण्डा आदि तामसिक भोजन गर्नुमा कुनै पाप छैन भन्ने मान्दछन् भने यो निक्कै ठूलो भूल गर्दैछन्। यस्ता मानिसहरुले पनि ईश्वरको सत्य स्वरूपलाई जान्दैनन्।
- यसरि चिन्तन गरेर यहि निष्कर्षमा पुग्न सकिन्छ कि जो मानिसहरु वेदको यथार्थ स्वरूप देखि परिचित छन् तथा जसले वेदानुकूल वेदका अंग-उपांग सहित विसुद्ध मनुस्मृति, सत्यार्थ प्रकाश, ऋग्वेदादिभाष्यभूमिका, आर्याभिविनय, पंचमहायज्ञविधि आदि ग्रन्थहरु पढेको छ र सम्झे-बुझेको छ, त्यसैले ईश्वरको सत्य स्वरूपलाई जान्दछ।
- त्यस्तो व्यक्तिले न मांसाहार गर्दछ, न कसैको शोषण गर्न सक्छ, न कसैलाई अन्याय गर्न सक्छ, त्यस्तो व्यक्ति ईश्वरको सत्य स्वरूपको उपासक हुन्छ, ऊ जगत कल्याण, परोपकार तथा सेवा भावी हुन्छ, माता-पिता तथा आचार्यहरुको आदर-सत्कार र सम्मान गर्ने हुन्छ, सद्कर्महरुको सेवन गर्ने हुन्छ तथा नियमित स्वाध्याय गर्नुको साथै वैदिक तथा आर्य विद्वानहरुको ज्ञानयुक्त उपदेशलाई श्रवण गर्दछ। त्यस्तो व्यक्तिको बारेमा यहि भन्न सकिन्छ कि उसले ईश्वरको सत्य स्वरूपलाई जान्दछ।
- मेरो दृष्टिमा ईश्वरलाई मान्नेहरु, उसको अस्तित्वलाई स्वीकार्नेहरु जति सबै आस्तिक मतका मानिसहरु भएता पनि ईश्वरको सत्य तथा यथार्थ स्वरूपलाई जान्नेहरू भने कमै मात्र हुन्छन् ति मध्ये अधिकांश वैदिक सनातन धर्मी आर्यसमाजका अनुयायी नै सिद्ध हुन्छन्।
- हाम्रो कर्तव्य हुनु पर्दछ कि हामी आफ्नो अनुकरणीय आचरण तथा वाणीले प्रचार गरेर अन्य मत-पन्थका अनुयायिहरुको अविद्या समाप्त गर्ने प्रयास गरौँ जसबाट सबै एक मतस्थ हुने दिशामा केहि अघि बढ्न सकियोस्।
- निष्कर्ष यहि हो कि संसारमा ईश्वरको सत्य स्वरूपलाई जान्ने मानिसहरु निक्कै कम मात्र छन्।
- जसले ईश्वरलाई जान्दछन्, तिनमा पनि निक्कै कम मात्रले ईश्वरको यथार्थ उपासना गर्ने गर्दछन्।
- ईश्वरको सत्यस्वरूपको प्रचार-प्रसारमा आर्यसमाजको उत्तरदायित्व सबभन्दा अधिक छ। त्यसैले आर्यसमाजीहरुले शिथिलता त्यागेर प्रभावशाली प्रचार गर्नु पर्ने आजको आवश्यकता हो। इति ओ३म् शम्।
नमस्ते…!
सत्य सनातन वैदिक धर्मको जय..!