All posts by प्रेम आर्य

संगठन र एकताको शक्ति

ओ३म्

संगठन र एकताको शक्ति

एकता

 

संगठन सूक्तम् (ऋग्वेद १०/१९१/)

संसमिद्युवसे वृषन्नग्ने विश्वान्यर्य आ ।
इळस्पदे समिध्यसे स नो वसून्या भर ॥१॥
सं गच्छध्वं सं वदध्वं सं वो मनांसि जानताम् ।
देवा भागं यथा पूर्वे संजानाना उपासते ॥२॥
समानो मन्त्रः समितिः समानी समानं मनः सह चित्तमेषाम् ।
समानं मन्त्रमभि मन्त्रये वः समानेन वो हविषा जुहोमि ॥३॥
समानी व आकूतिः समाना हृदयानि वः ।
समानमस्तु वो मनो यथा वः सुसहासति ॥४॥

आज समाजमा ईश्वर, धर्म, पूजा-पाठ, उपासना तथा भक्तिको स्वरूपको बारेमा अनेकौं भ्रान्तिहरु फैलिएका छन्। हामीहरुले वेदको निन्दा तथा अवमूल्यन गर्दैछौं, ईश्वरको आदेशको विपरित कर्म गर्दैछौं। हामीले एक हैन, दस हैन, सय हैन, हजारौं प्रकारका ईश्वर स्वयं निर्माण गरेर त्यसैको व्यापार गर्ने अनर्थ गर्दैछौं। सबभन्दा ठूलो दोष हो यो।

र वैदिक ईश्वर भक्तिको स्वरूप छोडेर हामि मध्ये कुनै लामा-लामा दाह्री-कपाल-नङ पालेर पागल सरि उफ्री-उफ्री नाच्दैछ, कुनै दौड्दैछ, कुनै उठ-बस् गर्दैछ, कसैले दण्ड-बैठक पेल्दैछ, कसैले आफ्नो शरीर तातो पन्यूले डामेकोछ, कसैले आफ्नो शरीरका अंगमा रङ पोतेर रंगाएको छ, कोहि वैदिक सभ्यतालाई कलंकित गर्दै निर्वस्त्र भएर निर्लज्ज घुमेकोछ..! के यहि हो ईश्वर भक्ति? हामि यो के गर्दैछौं? अखिल विश्वलाई के संदेश सम्प्रेषण गर्दैछौं? पहिले हाम्रो स्थितिमा के थियो र अहिले कुन स्थितिमा छौं?

पूजाको स्वरूप हेरौं, जहाँ वर्सेनी हजारौं बालबालिकाहरु दुध खान नपाएर अकाल मर्ने गर्दछन्, त्यहाँ कसैले लगेर ढुङ्गामा दुध चढाउँदैछ, जहाँ जीवितलाई दिनभरी पसिना बगाएर साँझ छाक टार्न धौ-धौ हुने देशमा कसैले निर्जीव-जड वस्तुको अगाडी लगेर पेडा-लड्डू-मनभोग-खिर-फल आदि चढाउँदैछ, कसैले मदिराको धार हाल्दैछ, कसैले गाँजा-भाङ-धतुरो-घोट्टा-चरस चढाउँदैछ ईश्वरलाई..! ईश्वरको नाउमा स्वयं सेवन गर्दै समाजमा एक-एक नयाँ-नयाँ अपराधलाई जन्म दिंदैछ…! मन्दिरमा, उपासना स्थल तथा धार्मिक संस्थानहरुमा मदिरा सेवन गरिदैछ, भाङ-चरस-घोट्टा घोटेर खाइदैछ..! सबभन्दा ठूलो दुष्कर्म, महापाप तथा मानव सभ्यतालाई नै कलंकित गर्ने गरि गाई-गोरु-राँगा-भैंसी-भेडा-बाख्रा-बोका-कुखुरा काटेर खाइदैछ; भगवानको नाउमा उसकै उपासना गर्ने पवित्र स्थलहरुलाई उसकै निर्दोष सन्तान (पशु-पंक्षी) हरुको घाँटी रेटेर तिनको रगतले रगताम्य पारिदैछ..!? यो कुकर्म अन्यत्र कतै हैन, आफ्नै देशमा हुँदैछ, हाम्रै समाजमा चालुछ, आफ्नै भाइ-बन्धुहरुले गर्दैछन् जसलाई वेदमार्गी-हिन्दु भनेर चिनिन्छ। अन्य सम्प्रदायको कुरो छोडौं, तिनको जन्म नै अज्ञानताको गर्भबाट भएको हो, ति बिचराहरुले त काट्छन् र खान्छन् पनि, तिनीहरुले जे गर्दछन्, जे खान्छन् त्यो उनको धर्मग्रंथमा लेखिएको छ। यहाँ आफ्नै वैदिक धर्मी-हिन्दु समाजको कुरो हुँदैछ। जहाँ एक विकृतिको हल भएको हुँदैन कि अरु पाँच नयाँ विकृतिहरुले जन्म लिन्छन्..! के यस्तो सडेगलेको दुर्गन्धयुक्त विचार लिएर हामिले अखिल विश्वलाई नेतृत्व दिन सक्छौं? वेदको साख बचाउन सक्छौं?

यो भयङ्कर अज्ञानता हो, अनेकतामा एकताको भयङ्कर भ्रान्ति फैलाइदै (जसको एकता नै हुन सक्दैन, त्यो अनेकता हो)। यहाँ त्यहि कुरो सम्झाउने प्रयास गरिदैछ। वेदले भन्छ- एक ईश्वर, एक धर्म, एक धर्मग्रन्थ, एक पूजा-उपासना पद्धति, एक संविधान, एक राजा, एक राज्यव्यवस्था, एक सेना, एक शिक्षा पद्धति, एक भाषा, एक वाणी, एक आचार-विचार, एक खानपान, एक चाल-चलन, जब सम्म एकत्व हुँदैन, तब सम्म हामीले यस संसारमा शान्ति प्राप्त गर्न सक्दैनौं।

हामीहरुलाई वेद विरोधीहरु देखि त खतरा छंदैछ त्यो भन्दा पनि बढी खतरा हामीलाई आँफै भित्र पलाएको वेद विरोधी सोंच-विचार-भावना तथा मान्यता बाट छ। जसको विचार भिन्न छ, ईश्वर भिन्न छ, धर्मग्रन्थ भिन्न छ, पूजा पद्धति भिन्न छ, उपासनास्थल भिन्न छ, जीवन जिउने ढंग भिन्न छ, चाल-चलन भिन्न छ, खान-पान भिन्न छ, त्यहाँ आपसमा भेद तथा मनमुटाव सिर्जना हुन्छ। जहाँ भेद हुन्छ, त्यहाँ विरोध हुन्छ, द्वेष हुन्छ, निन्दा-चुक्ली हुन्छ, झगडा हुन्छ, संधर्ष हुन्छ, युद्ध हुन्छ, मार-काट हुन्छ, आतंकवाद फैलन्छ।

त्यसैले विरोध हुनु हुँदैन। नेपालमा यस किसिमको एकताको लागि वैदिक दृष्टिकोणबाट कुनै वेशेष प्रयास गरिएन। विसं१९५३ मा नेपाल आर्य समाजको विधिवत स्थापना गरेर माधवराज जोशी र डम्मरजंग जस्ता अग्रजले कुरीतिको सुधार गरि एकताको प्रयास थाले पनि त्यो त्यति प्रभावकारी हुन सकेन किनकि त्यतिबेला जहाँनिया राणा शासनको एकछत्र दबदबा थियो। त्यसैले उहाँलाई निर्वासनमा जानु पर्यो। पछी वीर हुतात्मा शुक्रराज शास्त्रीले त्यसलाई आन्दोलनको रुप दिनु भयो, फलस्वरूप युवाहरुमा केहि जागरण आउन थालेको थियो, तर विडम्वना नै भनौं, धर्मको नाउमा आफ्नो व्यापार चम्काउने केहि यथास्थितिवादी राणाका चाटुकार पण्डितहरुले चुक्ली लगाइदिए र उहाँलाई विसं.१९९७ माघ-९गते मृत्यु दण्ड दिइयो। त्यस पछी यो आन्दोलन विस्तारै शिथिल भयो।

जबसम्म समाजमा एकता हुँदैन, तबसम्म हामि सुख र शान्ति संग बस्न सक्दैनौं। जुनसुकै देशमा पनि आजभोलिका प्रत्येक समाचार माध्यम तथा सामाजिक संजालहरुमा साम्प्रदायिक उन्माद स्वरूप उपद्रोह, बम बिस्फोट, आतंकवादी आक्रमण आदिको नै सबभन्दा धेरै चर्चा हुने गर्दछ। महानुभाव, यो वेदादेश “संगच्छध्वं संवदध्वं…” र “कृण्वन्तो विश्वमार्यम्…!” लाई चरितार्थ अरु कसले गर्ला? हामीले त गरौंला नि, हामीले नै यो देशको विभाजन गरेका हौँ, विश्वलाई टुक्रा-टुक्रा पारेर बाँडेका हौँ, ईश्वरको अति सुन्दर रचना एक मानव जातिलाई आफ्नो स्वार्थको वशीभूत भएर अनेकौं जात-जाति-वर्ण-मत-पन्थ-सम्प्रदायमा हामिले नै विभाजन गरेकाहौं भने हामि मध्यकै कुनै व्यक्ति अघि सरेर आउला र यो समाज, देश र विश्वलाई एक रूपतामा त्याएर एक पनि अवश्य गर्ला।

त्यसैले यो वेद मन्त्र “संगच्छध्वं संवदध्वं” मा भनिएको छ- एक ईश्वर, एक धर्म, एक धर्मग्रन्थ, एक पूजा पद्धति, एक संगठन, एक समिति, एक शासन व्यवस्था, एक संविधान, एक विचार, एक वाणी, एक शिक्षाप्रणाली, एक भाषा, एक चाल-चलन, एक खान-पिन हुनु अत्यन्त आवश्यक छ।

सेनाको सेनापति एक हुन्छ, विद्यालय, महाविद्यालयमा प्रधानाध्यापक र कुलपति एक हुन्छन्, बैंकमा मेनेजर एक हुन्छ, न्यायालयमा प्रधान न्यायाधीस पनि एक हुन्छ, त्यस्तै गरि धार्मिक क्षेत्रमा पनि जबसम्म एक ईश्वर हुँदैन, एक पूजा पद्धति हुँदैन, एक धर्मग्रन्थ हुँदैन, भक्तिको स्वरूप एक हुँदैन, एक चाल-चलन हुँदैन, एक अनुशासन हुँदैन, तब सम्म हामिले शान्ति प्राप्त गर्न सक्दैनौं। त्यसैले यस वेद मंत्रमा भनिएको छ कि एकत्व ल्याऊ..! केवल एक देश, एक प्रान्त, एक राज्यमा मात्र हैन, अखिल विश्वमा; यो आदेश हो। कति सुन्दर आदेश छ। कुनै एक सम्प्रदायका लागि मात्र हैन, समस्त मानव जातिका लागि हो यो। जबसम्म हिन्दु-मुस्लिम-सिख-ईसाई-यहुदी-जैन-बौद्ध-फारसी-नास्तिक-आस्तिक-उपेक्षितहरु अलग-अलग मत-पन्थ-सम्प्रदाय बनेर रहन्छन्, तबसम्म एकताको स्थापना हुँदैन र शान्ति पनि प्राप्त हुँदैन। यो वेदको आदेश हो। कसले विरोध गर्छ? कसैले विरोध गर्न सक्दैन। अस्तु..!

नमस्ते..!

कृण्वन्तो विश्वमार्यम्…!

सबको मनमा अभय, वैदिक धर्मको जय..!

राहु र केतुको बारेमा पौराणिक तथा आर्य (वैदिक/वैज्ञानिक) मान्यता

ओ३म्..

राहु र केतुको बारेमा पौराणिक तथा आर्य (वैदिक/वैज्ञानिक) मान्यता

 Untitled

पौराणिक मान्यता:

पौराणिक हिन्दु ज्योतिष शास्त्र का अनुसार राहुलाई छायाँ ग्रह मानिन्छ। यो एक असुरको काटिएको सिर हो, जसले ग्रहणको समयमा सूर्य या चंद्रमालाई निल्ने प्रयास गर्दछ। यसलाई कलात्मक रूप दिएर बिना शरीरको सर्पको रूपमा पनि देखाइन्छ, यो आठ वटा काला घोडा द्वारा खिचिने रथमा आरुढ हुन्छ। राहुलाई नवग्रह मा एक स्थान दिइएको छ। हिन्दु पञ्चाङ्ग अनुसार दिनमा राहुकाल   नामक मुहूर्त (२४ मिनट) को अवधि हुन्छ जुन अशुभ मानिन्छ।

पौराणिक मान्यता अनुसार समुद्र मंथनको समयमा राहु नामक एक असुरले देवतालाई धोका दिएर दिव्य अमृतको केहि घुट्की लिन सफल भएको थियो।  सूर्य र चंद्रले उसलाई चिनेर मोहिनी अवतारका विष्णुलाई चुक्ली लगाई दिए। अमृतको घुट्की उसको घाँटीबाट तल झर्नु भन्दा पहिले नै विष्णुले उसको घाँटी सुदर्शन चक्र द्वारा काटेर अलग गरिदिए। अमर भएको उसको सिरलाई राहु र शरीरलाई केतु भनिन्छ। त्यहि कारणले राहुले सूर्य र चंद्रमा संग द्वेष राख्ने गर्दछ। त्यहि द्वेषका कारणले उसले सूर्य र चंद्रमालाई ग्रहण (निल्ने) प्रयास गर्दछ। ग्रहण पश्चात सूर्य या चंद्रमा उसको काटिएको घाँटीबाट निस्केर मुक्त हुन्छन्।

यस्ता मिथ्या मन्त्रहरु सिर्जना गरिएको छ र भ्रमको खेति तथा भेटीको व्यापार मज्जाले फस्टाउँदै छ र नयाँ-नयाँ गुरु घण्टाल जन्मिदै छन्..! (राहु-मन्त्र: ॐ भ्रां भ्रीं भ्रौं सः राहवे नमः॥”, १८००० पटक ४० दिन सम्म)

आर्य (वैदिक तथा वैज्ञानिक) मान्यता:

वैदिक ज्योतिषका अनुसार राहु या केतु नामका कुनै ग्रह या छायाँ-ग्रहको अस्तित्व हाम्रो सौर्यमण्डलमा छैन। राहु र केतु कुनै ग्रह नभएर दुई विन्दु हुन्। जुन विन्दु चन्द्रमाले पृथ्वीको परिक्रमा गर्ने क्रममा र पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा ति मार्गहरु जुन स्थानमा आएर आपसमा काटिन्छन्, तिनै बिन्दुको नाउ राहु र केतु हुन्। चन्द्रमा सूर्य तिर प्रवेश गर्दाको बिन्दुलाई राहु र चन्द्रमा सूर्यबाट ओझेल हुँदाको बिन्दुलाई केतु भनिन्छ । ति पृथ्वीको सापेक्ष एक-अर्काका उल्टो दिशामा (१८० डिग्री मा) स्थित रहन्छन्। तर यी कुनै खगोलीय पिण्ड भने हैनन्। पृथ्वी र चन्द्रमा आ-आफ्नो पथमा हिँड्ने क्रममा राहु र केतुको स्थिति पनि बदलिन्छ। जब पूर्णिमाको समयमा चन्द्रमा राहु (अथवा केतु) बिन्दुमा हुन्छ तब पृथ्वीको छायाँ पर्नाले चंद्र-ग्रहण लाग्छ। किनकि पूर्णिमाको समयमा चंद्रमा र सूर्य एक-अर्काका उल्टो दिशामा हुन्छन्। त्यस्तै औंशीमा सूर्य ग्रहणको बेला चन्द्रमा पृथ्वी र सूर्यको बिचमा हुन्छ। आधुनिक विज्ञानमा राहु एवं केतुलाई क्रमशः ‘उत्तरी एवं दक्षिणी लुनार नोड’ भनिन्छ। अस्तु..

सदा सत्यलाई मात्र ग्रहण गरौँ र असत्यलाई त्यागौं..!

सत्य सनातन वैदिक धर्मको जय..!

नमस्ते..!

ईश्वर पूजाको वैदिक स्वरूप

ओ३म्

ईश्वर पूजाको वैदिक स्वरूप

 

ओ३म् ईशावास्यमिदं सर्वं यत्किञ्च जगत्यां जगत् |
तेन त्यक्तेन भुञ्जीथा मा ग्रृधः कस्य स्विद्धनम्||१||
कुर्वन्नेवेह कर्माणि, जिजीविषेच्छतं समाः|
एवं त्व‌यि नान्येतोSस्ति न कर्म लिप्यते नरे||२||

(यजुर्वेद:४०/ईशोपनिषद्)

सम्मानका योग्य महानुभाव,

आज सम्म पनि हाम्रो समाजमा ‘ईश्वर’ र त्यसको पूजा तथा उपासनाको बारेमा निक्कै भ्रान्ति कायम छ। यसको प्रमुख कारण हाम्रो अज्ञानता हो भने अन्य कारणमा धर्मको नाउमा चन्दा तथा भेटीको व्यापार गर्ने ति पाखण्डी तथा स्वार्थि तथाकथित पण्डितहरु हुन्, जसले न त स्वयं वेद पढेर वेदानुकुल आचरण गरे न त अन्य कसैलाई पढ्न दिए। त्यहि कारणले आज हाम्रो समाजले यस्तो दुर्दशा भोग्नु परेको छ। ईश्वरको यथार्थ स्वरूप र त्यसको पूजा तथा उपासनाको वैदिक प्रकार के हो भन्ने कुराको छोटो वर्णन यहाँ प्रस्तुत गर्ने जमर्को गरिनेछ, जसबाट तपाइँहरुलाई पनि केहि जानकारी प्राप्त होस्। यसमा केहि बिषय यस्तो पनि छ जसमा अलिकति बढी ध्यान दिनु पर्ने आवश्यकता छ। त्यसैले मेरो विनम्रता पूर्वक निवेदन छ कि अन्य विषयवस्तु बाट आफ्नो ध्यान हटाएर यसमा केन्द्रित गर्नुहोस् ताकि कुरो छिटो बुझ्न सकियोस् ।

ईश्वर, जीव र प्रकृति  यी तीन अनादि पदार्थ हुन्। यिनको न कहिले जन्म हुन्छ न मृत्यु। न कसैले निर्माण गर्छ न नष्ट नै हुन्छ। जुन वस्तुको जन्म हुन्छ, त्यसको मृत्यु पनि निश्चित छ र जसको निर्माण हुन्छ त्यो एक दिन नष्ट अवश्य हुन्छ, जुन सुरु हुन्छ, त्यसको अन्त पनि हुन्छ। त्यसैले यी तीन पदार्थमा यो (जन्म-मृत्यु-आदि-अन्त-निर्माण-नष्ट हुने) गुण छैन। यिनीहरु सदा देखि थिए, छन् र सदा रहने छन्। जुन वस्तु सबभन्दा सूक्ष्म हुन्छ, त्यो अविभाजित हुन्छ, त्यसको विभाग हुन सक्दैन र जुन विभु छ त्यसको पनि विभाग हुन सक्दैन । यहि दुई मापदण्डबाट नै कुनै पनि वस्तुको अनादित्वलाई जान्न सकिन्छ। यिनै दुई मापदण्डबाट संसारका समस्त पदार्थहरुलाई नाप्न सकिन्छ।

संसारमा दुई प्रकारका वस्तुहरु छन्- एक जड र दोस्रो चेतन। जुन जड छन् ति ज्ञान शून्य छन्; तिनमा ज्ञान छैन। जुन चेतन छन्; तिनमा ज्ञान छ। यिनै दुई प्रकारका वस्तुलाई नापौं। चेतनमा जीवात्मा भन्दा पनि सूक्ष्म र समस्त ब्रह्माण्ड भन्दा पनि विशाल परमात्मा हो। जड वस्तुहरुमा सबभन्दा सूक्ष्म परमाणु हो र सबभन्दा विशाल आकाश हो। यहि वैज्ञानिक तरीका हो जसमा यी तीन वस्तुहरु (ईश्वर, जीव र प्रकृति) लाई अनादि साबित गर्न सकिन्छ, पूरानो साबित गर्न सकिन्छ र नित्य साबित गर्न सकिन्छ। यिनै तीन वस्तुको बारेमा यहाँ कुरो आउनेछ; अलिकति ध्यान दिनुहोला।

कदाचित् हाम्रो दुर्भाग्य नै भनौं कि नेपालमा आज अनेकौं मतावलम्बीहरु छन् जसलाई धर्म संग जोडेर हेर्ने गरिन्छ र धर्मलाई अनेक रुपमा बाँड्ने गरिन्छ तर तिनको धर्म संग कुनै टाढा सम्मको पनि नाता छैन, धर्म एक सार्वभौमिक र सर्वकालिक व्यवस्था हो; जव ईशर एक छ भने उसको धर्म कसरि अनेक हुन सक्छ? मत-पन्थ अनेकौं हुन सक्छन् तर ति सबैको धर्म एक हुन्छ। ति मतालाम्बीहरु मध्ये मुख्य सनातन धर्मि-आर्यसमाजी-हिन्दु, ईसाई, मुसलमान, बौद्ध तथा जैन छन्। बाँकी अन्य जो छन् तिनको त्यति मुख्यता छैन।

मुसलमानहरुको अल्लाह (खुदा/रब)को पूजा-उपासना गर्ने आफ्नै तरीका छ। ईसाइहरुको पनि परमेश्वरको नाउमा येहोवा या येशुको  पूजा/उपासना गर्ने तरिका मुसलमान संग लगभग मिल्दोजुल्दो नै छ; अलिकति भेद छ तर त्यसमा मुसलमान संग छुट्याउन सकिन्न।

सनातन वैदिक धर्ममा आर्यसमाज र हिन्दु समाजमा साकार-निराकार-अवतार-मुर्ति पूजा तथा बलिप्रथा आदि मान्यताका बारेमा अनेकौं मतभिन्नताहरु छन्। यो लेख निक्कै लामो नहोस् भनेर अहिले यहाँ ति बिषयहरु राखिएन। अहिले बौद्ध र जैनहरुले ईश्वरलाई नै मान्दैनन्, ति शून्यवादी अर्थात् नास्तिक हुन्।

मुसलमानहरुमा यस सम्बन्धमा मैले सोधपुछ गरेको थिएँ र उत्तर यस्तो आएको थियो- तिनीहरु अल्लाह/खुदा/रबको इबादत गर्दछन्। इबादत ‘अबद’ शब्दबाट बनेको छ जसको अर्थ हुन्छ दास हुनु, भक्त हुनु, सेवक हुनु। इबादतको अर्थ भयो – आफ्ना परमेश्वर/मालिकका अगाडी स्वयं दास तथा भक्त भएको स्वीकार गर्नु। हामि आफ्नो पूजा-उपासना (इबादत) मा भन्ने गर्दछौं कि हे अल्लाह! तिमि हाम्रा मालिक हौ र हामी तिम्रा भक्त तथा सेवक हौँ, हामि तिम्रा दास हौँ यस्तो पूजा-उपासना हामि स्वीकार गर्दछौं। यस सम्बन्धमा मैले एउटा मस्जिदको इमाम (मौलाना) संग पनि प्रश्न गरेको थिएँ कि “मौलाना ज्यू, तपाइँ यो भन्नुहोस् त जब तपाइँ नमाज पढ्ने बेला उभिनुहुन्छ, जब तपाइँ रुकू (घुडामा हात राखेर झुक्ने) गर्नुहुन्छ र जब तपाइँले दण्डवत प्रणाम(सिजदा) गर्नुहुन्छ तब आफ्नो शिरले जमीनमा टेक्नु हुन्छ; यसको मतलब के हो ?” उनले भन्न लागे कि “हेर्नुहोस् भाइ, त्यो हामिले अल्लाहलाई अभिवादन या नमस्ते (आदाब) गरेको हो।” मैले फेरी सोधें कि – ” यस किसिमको आदाब गर्नाले तपाइको अल्लाहमा यसको के प्रभाव पर्छ त?” मौलवीले उत्तर दिए- “यसबाट अल्लाह खुशी हुन्छ।” मैले पुनः सोधें – तपाइले आदाब बजाएर अल्लाहमा परिवर्तन उत्पन्न गरिदिनु भयो। किनकि पहिले ऊ खुशी थिएन, तपाइँको आदाबले गर्दा ऊ खुशी हुन्छ। यसरि उसमा हर पल, हर क्षण परिवर्तन आइरहने भयो किनकि थाहा छैन कहाँ-कहाँ नमाज पढीदै छ र उसलाई आदाब बजाइदै छ। उसमा हर क्षण केहि न केहि परिवर्तन भइरहेको छ। यस्तो अल्लाह प्रतिक्षण परिवर्तनशील छ। मौलवी ज्यू केहि होशमा आए र भन्न थाले – “पण्डित ज्यू, अल्लाहमा यसको कुनै असर हुँदैन, यसको असर त हामीमा हुन्छ।” मैले भनें – ” तपाइँले स्वयंलाई बचाउनुभयो नत्र तपाइँको अल्लाह अल्लाह नरहेर अरु नै हुने थियो, परिवर्तित भएर थाहा छैन के बन्ने थियो।” स्मरण राख्नुस् यो आदाब बजाउनुको कुनै असर छैन।

अल्लाह बाट तपाइँ लाभ उठाउनुहोस। यदि यो बत्तिका सामु तपाइले कुनै पुस्तक पढ्नु छ भने तपाइँ यसरि बस्नुस कि जसबाट तपाइँलाई पढ्न सजिलो होस्। यो तपाइँको कर्त्तव्य हो बत्तिको हैन। यसै गरि अल्लाहमा कुनै परिवर्तन हुँदैन। नत्र तपाइको तरीकाले त तपाइँ अभिनेता हुनुहुने छ र अल्लाह अभिनित। तपाइँ फाइल हुनुहुने छ र ऊ घर्रा, तपाइँ कर्त्ता हुनुहुने छ र ऊ कर्म हुनेछ। त्यसैले यो मान्न योग्य कुरो हैन कि अल्लाहमा आदाब बजाउनाले कुनै प्रभाव हुन्छ। ईसाइहरुको सम्बन्धमा मैले पहिले नै भनिसकेको छु कि उनको प्रक्रिया मुसलमान संग मिल्दोजुल्दो नै छ।

आर्यसमाजको मान्यता छ कि ईश्वरको उपासना गर्नुको अर्थ हो उसको निकट‌ जानु, ‘उप’ अर्थात समिप, र ‘आसन’ अर्थात बस्नु। परमात्माको समिपमा बस्नु। आर्य समाजको दृष्टिमा उपासनाको अर्थ ईश्वरको आज्ञाको पालन गर्नु, ईश्वरमा निवास गर्नु र ईश्वरका गुणहरुलाई धारण गर्नु र यसरि उसको निकट भइन्छ। निकट हुनुको अर्थ जस्तै- कुनै विद्यार्थी आफ्ना अध्यापकको निकट हुन्छ, उनले जे पढाए त्यसलाई आफ्नो मस्तिष्कमा राख्न सक्छ। मेच उनको बढी निकटमा छ तर मेचमा विद्या ग्रहण गर्ने योग्यता छैन। कुर्सी पनि निकटमा छ तर उसमा पनि ग्रहण गर्ने योग्यता छैन। तर मेच र कुर्सी भन्दा टाढा बसेको विद्यार्थीमा ग्रहण गर्न सक्ने योग्यता छ। अद्यापकले जे भन्दै छन्, त्यो उसले सम्झन्छ। जसमा सम्झन सक्ने क्षमता छैन त्यो अलग वस्तु हो। जुन विद्यार्थीले अद्यापकले पढाएको कुरो अधिक भन्दा अधिक ग्रहण गर्न सक्यो त्यो अपेक्षाले अद्यापकको त्यति नै निकट हुन्छ।

त्यसैले आर्य समाजको मान्यता परमात्माको गुणहरुलाई जसले अधिक भन्दा अधिक ग्रहण गर्न सक्छ त्यो ईश्वको अधिक निकट हुन्छ र यहि नै उपासना को यथार्थ अर्थ हो। यही नै वैदिक तथा आर्य सिद्धान्त हो।

अन्य सनातन धर्मी दाजु-भाईहरुले यस सम्बन्धमा पूजा र भक्ति यी दुई शब्दलाई अधिक प्रयोग गर्ने गर्दछन्। दुवै शब्द संस्कृतका हुन्। पूजा शब्द ‘पूज्’ धातुले बनेको छ। र यसको अर्थ सेवा हो- “पूज् सेवायां।” भक्ति शब्दमा ‘भज्’ धातु छ, “भज् सेवायां।”, यसको अर्थ पनि सेवा नै हो। दुवै शब्दको माने सेवा तथा सत्कार हो। तर एउटा कुरो पहिले सम्झनु आवश्यक छ त्यो के भने तीन पदार्थ ईश्वर, प्रकृति र जीवात्मा यिनलाई थोरै सम्झनुहोस्। प्रकृति र परमात्मा दुवै पूर्ण छन्। तपाइँ भन्नुहोला कसरि? प्रकृतिले भन्छ कि मलाई कुनै पनि वस्तुको ज्ञान छैन, म ज्ञानशून्य हूँ, म एकदम विवेकहीन र वुद्धिहीन जड पदार्थ हुँ। मलाइ न आफ्नो बारेका ज्ञान छ न अरु कसैको। जस्तै यो दाउरो छ, आफ्नो बारेमा यसलाई म दाउरो हुँ भन्ने ज्ञान छैन र न हाम्रो बारेमा यहाँ भाषण सुन्दै छन् भन्ने कुनै ज्ञान उसमा छ। यसलाई दुवै किसिमको ज्ञान छैन। यो प्रकृतिबाट बनेको एक प्राकृतिक वस्तु हो।

ईश्वरले के भन्छ? उसले भन्छ कि मैले स्वयंलाई पनि जान्दछु र आँफू भन्दा अन्य समस्त वस्तुलाई पनि जान्दछु। जान्नेमा ईश्वर सबभन्दा पूर्ण र नजान्नेमा प्रकृति सबभन्दा पूर्ण छन्। यी दुई स्वयंमा पूर्ण छन्। यिनलाई अन्य कसैको आवश्यक्ता छैन। ईश्वर तथा प्रकृति दुवै आवश्यकता देखि पृथक छन्।

जीवात्मालाई हरेक आवश्यक्ता छ। अनेकौं वस्तुहरु उसका आवश्यक्ताका छन्। जीवात्माले परमात्माको संसर्गबाट मुक्ति लाभ प्राप्त गर्न सक्छ र प्रकृतिबाट सुखको सिद्धी। प्रकृतिको सहायताले उसले साधारण भन्दा साधारण सुख देखि लिएर चक्रवर्ती राज्य सम्मको यश प्राप्त गर्न सक्छ। प्रकृतिका साधन प्रयोग गरेर ईश्वर संग मुक्ति प्राप्त गर्नु जीवात्माको परम लक्ष हो। जीवात्माले यी दुवै बाट लाभ उठाउन सक्छ। अस्तु..

नमस्ते..!

सत्य सनातन वैदिक धर्मको जय..!

-हार्दिक आभार: आर्य समाज तथा शास्त्रार्थ महारथी स्व.पं. रामचन्द्र देहलवी ज्यू|

गौतम बुद्ध र वेद

ओ३म्..

सत्यं वद । धर्मं चर । स्वाध्यायात् मा प्रमदः ॥

(तैत्तिरीयोपनिषत्-शिक्षावल्ली-११/१)

सत्यमेव वद, धर्ममेव आचर, स्वाध्यायात् प्रमत्तो मा भव ॥

तथागत गौतम बुद्ध र वेद

Buddha

(दुराग्रह र पूर्वाग्रह देखि माथि उठेर एकजना सच्चा मार्गदर्शकको यथार्थ चरित्र उजागर गर्नु नै यस लेखको मुख्य उद्देश्य हो)

कुनै पनि महापुरुष जब लोकोपकारको उच्च भावनाले प्रेरित भएर कार्य गर्दछ, तब त्यो सबको लागि पूज्य हुन्छ । यद्यपि ऊ आफ्नो जीवनमा पाखण्ड तथा अन्धविश्वासहरुको विरोधी नै हुन्छ, तै पनि उसका अनुयायीहरु प्रायः उसका शिक्षाप्रद वाणीलाई यथार्थ रुपमा नबुझेर एक नयाँ दुराग्रहलाई जन्म दिन्छन् । महात्मा गौतम बुद्धका विचारका साथमा पनि यस्तै भएको छ । सामान्य मान्यतानुसार उनलाई वेद बिरोधि, नास्तिक एवं अनिश्वरवादी भनिन्छ, तर उनका विचारहरुले त वेदलाई स्वीकार गर्दछन् । आज बुद्ध जयन्ति (बुद्ध-पूर्णिमा) को अवसरमा यहि सत्यतालाई प्रकाश पार्ने उद्देश्यले यो लेख प्रस्तुत छ:-

नेपाली महापुरुषहरुमा उल्लेखनीय नाम गौतम बुद्धको बारेमा सामान्य धारणा यहि छ कि उनि वेदका घोर विरोधी थिए , अनिश्वरवादी थिए। यसको प्रमुख कारण बौद्ध दार्शनिकहरुको एवंविद व्याख्या हो । वस्तुतः तथागत गौतम बुद्धले कहीं पनि वेदको निन्दा गरेका छैनन् । महात्मा बुद्धले भन्दछन् कि- “सच्चा वेदज्ञ त्यो हो जसले श्रमण र ब्राह्मणहरुको वेदलाई जानेर सब देवताहरुको बिषयमा वीतराग भइ सबलाई अनित्य जान्दछ, त्यहि सच्चा वेदको ज्ञाता हो

  • वेदानि विचेग्य केवलानि समणानं यानि पर अत्थि ब्रह्मणानं। सब्बा वेदनासु वीतरागो सब्बमं वेदमनिच्च वेदगू सों ।। (सुत्तनिपात-५२९)
  • विद्वा च वेदेहि समेच्च धम्मं। न उच्चावयं गच्छति भूरिपञ्जो।। (सुत्तनिपात-७९२)

यसको संस्क्रितच्छाया:-

विद्वाम्श्च वेदैः समेत्य धर्म, न उच्चावचं गच्छति भूरिप्रज्ञ:।

अर्थात्, जुन विद्वानले वेद द्वारा धर्मको ज्ञान प्राप्त गर्दछ, त्यसले उँच-निच अवस्था प्राप्त गर्दैन, अर्थात् उसको डावाडोल स्थिति हुँदैन।

वेदज्ञ ब्राह्मणको प्रशंसामा भगवान बुद्धले भन्दछन्:-

  • यं ब्रह्माणं वेदगूं अभिजञ्जा अकिन्चनं कामभवे असत्तम् । अद्धाहि सो ओघमिमं अतारि तिन्णो च पारं अरिबलो अङ्कखो ।। (सुत्तनिपात-१०५९)

अर्थात्, जसले ब्राह्मणलाई जानिसक्यो, जोसंग धन छैन र जो सांसारिक कामनाहरुमा आसक्त छैन, आकांक्षारहित भएर त्यो यस संसार सागर देखि पार हुन्छ।

  • विद्वा च सो वेदगु नरो इध, भवाभवे संगं इमं विसज्जा। सो वीततण्हो अनिघो निरासो अतारि सो जाति जारान्ति ब्रूमीति।। (सुत्तनिपात-१०६०)

अर्थात्, वेदलाई जान्नेवाला विद्वान यस संसारमा, जन्म या मृत्युमा आसक्तिलाई परित्याग गरेर र तृष्णा तथा पापरहित भएर जन्म र जरा देखि पार हुन्छ; म यहि भन्छु।

यस प्रकार वेद र वेदज्ञ ब्राह्मणहरुको प्रशंसा गरेको अनेकौं वचन गौतम बुद्धका उपदेशहरुमा पाइन्छन्। वस्तुतः त्यस समयका तथाकथित् वेदज्ञ पण्डितहरुमा दुई वटा ठूला-ठूला दोषहरु थिए; जसले सत्य सनातन वैदिक संस्कृति तथा पवित्र वेदज्ञानलाई नै कलंकित गरेका थिए –

  • वैदिक यज्ञमा पशुबलि।
  • जन्मजात ब्राह्मणत्वको अभिमान।

ति ब्राह्मणहरुको मान्यता थियो कि गोमेध, अश्वमध आदि वैदिक यज्ञ तथा ति यज्ञ-यागादिलाई उनीहरुले वेदमन्त्र द्वारा सम्पन्न गराउने गर्दथे। ति यज्ञहरुमा अज, मेष, अश्व, गौ आदि निरीह प्राणीहरुको बलि दिने गरिन्थ्यो। उनीहरुको यस्तो मिथ्या विश्वास थियो कि यस्ता हिंसापरक यज्ञबाट यी पशुहरुलाई स्वर्ग प्राप्ति हुन्छ तथा यजमानले पनि स्वर्ग प्राप्त गर्दछ।

समाजमा ब्राह्मणहरुको स्थान निक्कै उच्च थियो। ब्राह्मणत्वको निर्धारण उसको आचरण या कर्मले नभएर उसको जन्म या कुलको आधारमा हुने गर्दथ्यो। तत्कालिन ब्राह्मण वर्गले समाजका बहुसंख्यक वर्गलाई अस्पृश्य घोषित गरेर वेदाध्ययनबाट बन्चित गरेका थिए। उनीहरुका सामाजिक तथा धार्मिक अधिकारलाई निक्कै न्यून गरेर राखेका थिए।  समाजमा उनीहरुको अत्यन्तै दयनीय स्थिति थियो। यसप्रकारको अन्यायमूलक तथा विषमतापरक व्यवहारका विरुद्ध तथागत बुद्धले आफ्नो आवाज उठाए। गौतम बुद्ध कै असिम करुणा र उदात्त व्यक्तित्वले युगीन क्रान्तिलाई जन्म दियो। तथाकथित पण्डितहरुले वैदिक यज्ञमा गर्ने हिंसाका विरुद्ध जनमानस जागृत भयो। यसप्रकारको हिंसा, स्पृश्यास्प्रिश्य, छुवाछुत तथा जातिगत अभिमानका विरुद्ध बुद्ध द्वारा दिइएको चुनौती कै परिणाम स्वरूप जनसामान्य हरुको हृदयमा भगवान बुद्धलाई अपूर्व लोकप्रियता प्राप्त भयो। लाखौँ मानिसहरु बुद्धका अनुयायी बन्न थाले।

यदि उक्त समय महर्षि दयानन्द सरस्वति द्वारा प्रतिपादित वैदिक धर्मको स्वरूप हुन्थ्यो भने त बुद्धलाई क्रान्तिको संखघोष गर्नु पर्ने आवश्यकता नै पर्ने थिएन। महर्षि दयानन्दले वेदको प्रमाण दिएर नै सिद्ध गरिदिनुभयो कि वर्णको आधार गुण-कर्म-स्वभाव हो; जन्म हैन। साथै वेद प्रतिपादित यज्ञमा कुनै पनि प्रकारको हिंसालाई अनुमोदित गरिएको छैन। महर्षि दयानन्दको यो उद्घोषलाई उहाँ द्वारा रचित प्रसिद्ध ग्रन्थहरु- ‘ऋग्वेदादिभाष्यभूमिका’, ‘सत्यार्थप्रकाश’ तथा ‘संस्कारविधि’ आदिमा देख्न सकिन्छ।

अब यहाँ प्रसंगतः तथागत गौतम बुद्धका केहि त्यस्ता वचनहरु उद्धृत गरिन्छ, जसले मानव हृदयलाई झंकृत गरिदिन्छ र जसका कारणले सम्पूर्ण संसार भरि नै भगवान बुद्धलाई लोकोत्तर प्रतिष्ठा प्राप्त भयो।

अहिंसा परम धर्म:

अन्नदा बलदा चेता वण्णदा सुखदा तथा ।

एतमत्थवसं ञत्वा नास्सु गावो हानिंसु ते ।।

न पादा न विसाणेन नास्सु हिंसन्ति केन चि ।

गावो एळक समाना सोरता कुम्भ दूहना ।।

ता विसाणे गहेत्वान राजा सत्थेन घातयि । ।

अर्थात्, ति प्राचिन ब्राह्मणहरुले अन्न, बल, कान्ति र सुख प्रदान गर्ने गौको हिँसा कदापि गर्दैनथे, तर गाबु भरि दुध दिने, लात्ती र सिङले नमार्ने, बाख्रा समान सोझो गाईलाई आजका ब्राह्मणहरुले ‘गोमेध यज्ञ’ मा मार्ने गर्छन् । यसबाट यहि सिद्ध हुन्छ कि वास्तविक रुपमा वैदिक युगमा यज्ञमा पशुवध हुँदैनथ्यो । ‘ब्राह्मण धम्मिक सुत्त’ मा संगृहित महात्मा गौतम बुद्धका यी वचनहरुबाट भलिभाँती यो प्रकट हुन्छ कि वैदिक कालमा गौ आदि पशुहरुको यज्ञमा वध हुँदैनथ्यो ।

जन्मजात ब्राह्मणको निन्दा:

‘वसल सुत्त’ मा जन्मना वर्ण-व्यवस्थाको खण्डन गर्दै भगवान बुद्धले भन्छन्-

“न जच्चा वसलो होति, न जच्चा होति ब्राह्मणो ।

कम्मना वसलो होति, कम्मना होति ब्राह्मणो ।।”

अर्थात्, जन्मजात कुनै पनि वृषल या शूद्र हुँदैन र न जन्मजात कुनै ब्राह्मण हुन्छ । कर्मले नै शूद्र र कर्मले नै ब्राह्मण हुन्छ ।

“न जटाहि न गोत्तेहि, न जच्चा होति ब्राह्मणो।

यम्हि सच्चं च धम्मो च, सो सुचि सो च ब्राह्मणो ।।”

‘धम्मपद’को ‘ब्राह्मण वाग्ग’ मा संकलित तथागत बुद्धको यस वचनको तात्पर्य के हो भने “न जटाले, न गोत्रले, न जन्मले कुनै ब्राह्मण हुन्छ । जसमा सत्य र धर्म छ त्यहि शुचि (पवित्र) छ र त्यहि ब्राह्मण हो ।”

भगवान गौतम बुद्धले ‘अष्टांगिक मार्ग’ ‘आर्य सत्य’ को बारेमा पनि आफ्ना प्रवचनहरुमा निक्कै उल्लेख गरेका छन् ।

भगवान बुद्धको दृष्टिमा सच्चा आर्य यस्तो छ:

“न तेन अरियो होति, येन पाणानि हिंसति ।

अहिंसा सब पाणानं, अरियोति पवुच्चति ।।” (धम्मठ वग्गो, धम्मपद-२७०)

अर्थात्, प्राणीको हिँसा गर्ने कुनै पनि आर्य हुँदैन । सर्व प्राणीहरुको अहिंसाले नै मनुष्य आर्य हुन्छ।

यहाँ एकजना आङ्ग्ल विद्वान ‘मोनियर विलियम्स’ को कथन सान्दर्भिक छ-

“बुद्धको उद्देश्य सनातन धर्मको नाश गर्नु नभएर अशुद्धिहरुबाट पवित्र गरेर प्राचिन शुद्ध रुपमा त्यसको पुनरुद्धार गर्नु थियो।”

त्यसैले सत्य जानौं, सत्य मानौं र सत्य नै गरौँ भन्ने वैदिक सिद्धान्तलाई जसरि महर्षि दयानन्द सरस्वति ज्यूले प्रकाश पार्नुभो, त्यहि मार्गको अनुसरण गर्दै हामि पनि अघि बढौं र हाम्रा आदर्श महापुरुषहरु माथि लागेका लान्छानाहरु मेटाउने प्रयास गरौँ। अस्तु..

नमस्ते..!

कृण्वन्तो विश्वमार्यम्…!

वैदिक धर्मको जय..!

-हार्दिक आभार:  डा. ज्वलन्त कुमार शास्त्री

(परोपकारी-पाक्षिक पत्रिका-अंक-८,)

पुनर्जन्म या आवागमन किन आवश्यक छ?

ओ३म्..

 पुनर्जन्म या आवागमन किन आवश्यक छ?

(एक वैदिक मार्गी ‘आर्य’ र इस्लाम मार्गी ‘इमाम’(मौलाना) का विचको वार्तालाप)

rebirth-704x360

वेदाहमेतं पुरुषं महान्तम् आदित्य वर्णं तमसः परस्तात्

तमेवविदित्वाति मृत्युमेति नान्यः पन्था विद्यतेऽयनाय।

(यजुर्वेद: ३१/१८)

अर्थात्, मैले यस्ता ठूला-ठूला गुणयुक्त महानतम् पुरुषलाई जान्दछु जो आदित्य (सूर्य) समान तेजस्वी, अज्ञान तथा अन्धकार देखि पर (पृथक) हुनुहुन्छ। उहाँ ब्रह्माण्ड रूपी नगरीमा निवास गर्नुहुने प्रभु पुरुष हुनुहुन्छ, सर्वव्यापक हुनुहुन्छ, सर्वाधिक महान् हुनुहुन्छ ,विभू हुनुहुन्छ अथवा ‘मह पूजायाम्’ पूजा के योग्य हुनुहुन्छ । उहाँ जस्ता ज्योतिर्मय प्रभुलाई जानेर नै मनुष्यले जन्म-मृत्युको अथाह दुःख सगरलाई जित्न सक्छ तथा मोक्ष प्राप्त गर्न सक्छ। यहि सुखदायी मार्ग हो; यस भन्दा भिन्न अन्य कुनै उपाय या मार्ग छैन।

 

प्रातःकाल उद्यानमा भ्रमण गर्दा गर्दै आर्य र मौलानाको भेट भयो। आर्य विश्वविद्यालयका प्राध्यापक थिए र मौलाना स्थानीय एक मस्जिदका इमाम थिए। ति दुवैमा राम्रो मित्रता थियो। वार्तालापको बेला मौलानाले पाकिस्तानको एक मस्जिदमा भएको आतंकवादी आक्रमणको प्रसंग उठाएका थिए। र आर्यले भने कि मौलाना ज्यू, निश्चित रुपमा ति आतंककारी अर्को जन्ममा पशु बन्नेछन्।

मौलाना: इस्लामका अनुसार त ति दोजख (नरक) को आगोमा जल्ने छन्।

आर्य: मौलाना ज्यू, भन्नुस् त यो दोजख कहाँ छ?

मौलाना: यो त अल्लाहलाई नै थाहा छ। अँ, यो पक्का छ कि खराब काम गर्नेहरु दोजखमा जान्छन्।

आर्य: हाम्रा आसपासमा कुकुर-सुँगुर आदि जो पशु छन्, तिनिहरूले नरक कै जिबन त बिताई रहेका छन् नि । जो जन्म देखि लुला-लंगडा-अपांग छन्, हेर्नुस तिनीहरुको जीवन कति कष्टप्रद छ.! एउटा भत्किएको झुपडीमा वस्ने कुनै गरिबको तुलना विलाशी महलमा बस्ने कुनै धनि संग गर्ने हो भने पनि पूर्वजन्ममा गरिएका पाप कर्मको फल प्रत्यक्ष हुन्छ नि।

मौलाना: तर इस्लामको मान्यता अनुसार त पूनर्जन्म हुँदैन। यदि हुन्थ्यो भने त हामीलाई पूर्व जन्मको कुरो अवश्य स्मरण हुनेथियो। र कुनै अपांग हुनु या गरिब हुनु त एक प्रकारले अल्लाह द्वारा उनीहरुको परिक्षा लिनु हो। किनकि विकट परिस्थितिमा पनि उनीहरुले आल्लाह ताला माथि विश्वास गर्छन् कि गर्दैनन् तथा स्वयंलाई एक सच्चा मुसलमान साबित गर्दछन् कि गर्दैनन्।

आर्य: ठिक छ मौलाना ज्यू, एउटा कुरो भन्नुस् त तपाइँ आफ्नी माताको गर्भमा ९महिना बस्नुभएको थियो। के तपाईलाई त्यो स्मरण छ? के तपाईलाई जन्म भए देखि ४-५ वर्षको आयु सम्म गरिएका कुनै कर्मको स्मरण छ? शैल्य-चिकित्षा हुने बेलामा बेहोश गरिएको बिरामीलाई उसको चिकित्षा कसरि गरिएको थियो भन्ने कुरो के उसलाई स्मरण हुन्छ र ? कहिले काहीं वृद्धअवस्थामा स्मरण गुमेको व्यक्तिलाई उसको जन्मको स्मृति समेत लोप हुन्छ भने हामीलाई पूर्वजन्मका घटनाहरु कसरि स्मरण हुन सक्ला? यदि हामीहरु सबैलाई पूर्वजन्मको स्मरण भैहाल्यो भने पनि यो समस्त सांसारिक व्यवस्था अस्तव्यस्त हुन्छ। किनकि यदि कुनै व्यक्तिको मृत्यु दुर्घटना अथवा निर्मम हत्या द्वारा भएको रहेछ भने उसले यस जन्ममा कसरि आफ्ना सामाजिक सम्बन्धहरु कायम गर्न सक्ला? त्यसैले जसरि पानीलाई देखेर वर्षाको, कार्यलाई देखेर कारणको अनुमान विद्वानहरुले लगाउँछन्, त्यसै गरि जन्मजात रोग तथा दुःख-सुख देखेर पूर्वजन्ममा गरिएका कर्मको अनुमान हुन्छ।

मौलाना: तपाइको कुरामा तर्क छ, तर अलाह द्वारा परिक्षा लिने कुरामा के गलत छ र ?

आर्य: ईश्वरलाई न्यायकारी भनिएको छ। उसले आफ्नो मनपरी त्यतिकै कुनै एउटा आत्मालाई मनुष्यको शरीरबाट निकालेर सुँगुर आदि पशुको शरीरमा प्रविष्ठ गराउँदैन। यदि यस्तो गर्न थाल्यो भने त ईश्वरको न्यायकारिता माथि संशय उत्पन्न हुन्छ। कुनै मनुष्यले चोरि आदि गलत काम गरेन, तर उसलाई कारागारमा कोचिदिने हो भने, कसैले कुनै पाप गरेन, तर उसका आँखा निकाल्दिने हो भने या उसलाई अपांग बनाएर “तिम्रो परिक्षाको लागि यसो गरिदैछ” भन्ने हो भने यसलाई उसप्रतिको अत्याचार नै भन्न सकिन्छ। तपाइँ भन्नुस् त, तपाईलाई अरु कसैले गरेको हत्याको दण्ड स्वरूप आजीवन कारावास या मृत्यु दण्ड दिइयो भने तपाइले त्यसलाई परिक्षा भन्नुहोला या एक स्वेच्छाचारी शासकको अत्याचार? ईश्वर या अल्लाह सर्वज्ञ छ, अर्थात उसले सबै जान्दछ भने के उसले आँफू द्वारा लिइने परिक्षाको परिणाम जान्दैन?

मौलाना: एकदम सहि तर्क संगत कुरो गर्नु भयो। त्यसै गरि ईश्वरको न्यायकारिता तब मात्र सिद्ध हुन्छ जब उसले सज्जनहरुलाई सत्कार र दुर्जनहरुलाई दण्ड दिन्छ। त्यसैले जन्मजात रोग-ब्याधि तथा दुःखमा फसेकाहरुलाई देखेर सहजै अनुमान लगाउन सकिन्छ कि यो पूर्वजन्ममा गरिएको पापको फल हो।

मौलाना: के कसैको पुनर्जन्मबाट छुटकारा हुन्छ?

आर्य: मनुष्य जब पूर्ण सत्यवादी, ईश्वरभक्त, उपाशक एवं संयमि जीवन बिताउँदै, ईश्वरको उपासना गर्दै आफ्ना नित्य कर्महरु गर्दछ तब उसले पुनर्जन्मबाट छुटकारा पाएर मोक्ष प्राप्त गर्दछ। तर बाइबलमा वर्णित तथाकथित् ईश्वरपुत्र येशुमा विश्वास गर्नाले मात्र र कुरानमा वर्णित अल्लाहमा ईमान ल्याउनाले मात्र पापबाट मुक्ति पाइन्न। त्यसको लागि शुभ कार्य, मनको स्वच्छता, आत्माको पवित्रता, श्रेष्ठ आचरण, प्राणि मात्रमा प्रेम र दयाभाव अत्यन्त आवस्यक छ। मोक्षको लागि कुनै छोटो बाटो पनि छैन। तपाईलाई छोट्करी बाटो भनेर मूर्ख बनाउनेहरु अनेकौं भेटिन सक्छन्। तर उस् सर्वज्ञ, सर्वहीतकारी ईश्वरलाई प्राप्त गर्नको लागि तपाइँ स्वयं प्रयासरत रहनु पर्छ। त्यसैबाट आत्मा शुद्ध भएर मोक्ष रुपी अनन्त सुखको पात्र बन्नुहुने छ।

मौलाना: पशुहरु त आफ्नै जुनीमा प्रसन्न रहन्छन्। तिनलाई कसरि दण्ड-जुनी मान्न सकिन्छ?

आर्य: पशु जुनीमा आत्माले आफ्नो उन्नति गरेर उच्च जुनीमा प्रवेश गर्न सक्दैन र आत्मिक आनन्द प्राप्त गर्न पनि सक्दैन। पशु जुनी एकप्रकारले सुधार जुनी हो। यस जुनीमा पशु एक सिमा सम्म मात्र गतिविधि गर्न सक्छ तर पूर्णतः स्वतन्त्र हुँदैन । यसलाई देखेर यस्तो प्रतित हुन्छ कि ऊ प्रसन्न छ तर यो भ्रम हो। यदि पशु जुनी यति राम्रो हुन्थ्यो भने मनुष्यलाई कहिले ईश्वर संग कुकुर-गधा या सुँगुर बन्ने प्रार्थना गरेको किन देखिदैन? तर्कशास्त्रको सिद्धान्त छ कि मनुष्य र पशुमा मूल रुपले अन्तर बुद्धिको हो। यदि मनुष्य बुद्धिको प्रतिकूल भएर चल्छ भने त ऊ पशु समान काम गर्दैछ । वेदमा बुद्धिलाई ईश्वरको सबभन्दा ठूलो देन भनिएको छ । तपाइँ नै हेर्नुस्, एक बुद्धिजीवी व्यक्तिले समाजको कति उपकार गर्न सक्छ। जबकी एक मन्दबुद्धि व्यक्तिले समाजमा आफ्नो सहयोग दिन सक्दैन। त्यसैले बुद्धि सर्वोपरी छ। मननशिल (मनन गर्न सक्ने) प्राणिलाई मनुष्य भनिन्छ र मनन गर्नको लागि बुद्धिको परम आवश्यक छ। त्यसैले पशुको जुनी एक प्रकारको अभिशाप, एक प्रकारको दण्ड समान छ; यो प्रसन्न रहने जुनी हैन।

मौलाना: यदि मोक्ष नै जीवनको मूल उद्देश्य हो भने ईश्वरले समस्त आत्माहरुलाई मोक्ष प्रदान गरेर उनलाई पुनर्जन्मको झन्झटबाट नै किन मुक्ति दिन्न त?

आर्य: मौलाना ज्यू, तपाइले अति महत्वपूर्ण प्रश्न उठाउनु भयो। ईश्वर, जीवात्मा एवं प्रकृति यी तीन अनादि (आरम्भ देखि रहित) तत्व हुन्। ईश्वरले आत्माहरुलाई उत्पन्न गरेको हैन। सृष्टिको रचना गरेर ईश्वरले आत्माहरुको लागि कर्म गर्ने अवसर प्रदान गर्दछ।शरीर एवं आत्माको मेललाई जन्म र अलग हुनुलाई मृत्यु भनिन्छ। सृष्टि रचना पश्चात आत्माहरुलाई वेद विद्याको ज्ञान दिएर ईश्वरले उनलाई दुःखबाट छुट्ने अर्थात मोक्षको प्रेरणा प्रदान गर्दछ। आत्माहरु कर्म गर्नको लागि मुक्त छन् तर कर्मको फल पाउनको लागि बन्धित छन् । जसले जस्तो कर्म गर्दछ त्यस्तै फल पाउँछ । त्यसैले ईश्वरले वेद ज्ञान द्वारा प्राणिहरुलाई मोक्ष प्राप्तिको ध्येय प्राप्त गर्ने प्रेरणा दिन्छ। यदि आत्माहरुलाई ईश्वरले बनाएको हुन्थ्यो भने जसरि हामि ईश्वरको सम्पूर्णताको बारेमा जान्दछौं कि उसले बनाएको कुनै पनि वस्तुमा कुनै पनिं प्रकारको खोट नभए जस्तै जीवात्मा पनि ईश्वर द्वारा बनाइएको हुन्थ्यो भने कदापि पाप कर्ममा प्रवृत्त हुने थिएन। यदि  कसैले जिवात्मालाई ईश्वरको अंश भन्छ भने पनि यो ईश्वरको अविभाजित (जसको टुक्रा हुन सक्दैन) गुणको विपरित तर्क हो। बाइबलमा वर्णित ईश्वरले पहिले सृष्टि निर्माण गर्दछ, अनि फेरी आदम र हव्वालाई बनाउँछ। फेरी पापको फल द्वारा वृक्ष बानाएर हव्वालाई बहकाउनको लागि शैतानलाई बनाउँछ। अनि हव्वालाई पापी भनेर उसलाई प्रसव पिडाको दण्ड दिन्छ। फेरी दुत येशु मसिहमा विश्वास गर्नेहरुको पापबाट मुक्तिको प्रपन्च रच्दछ। तपाइँ नै भन्नुस न सर्वज्ञ (सबै जान्न सक्ने) ईश्वरले के शैतान, हव्वा र पापको फल फल्ने वृक्षलाई बनाउनु भन्दा अघि नै उसले जान्दैन थियो कि उनीहरुको के हविगत हुनेछ भन्ने? यदि कुनै पिताले कसैको चोरि गर्छ भने के त्यसको दण्ड उसको छोरालाई दिनु कहाँको न्याय हो? र ऊ कहाँ सम्मको न्यायाकारी होला? अब कुरान वर्णित ईश्वर (अल्लाह) लाइ नै लिउँ, पहिले उसले ज्ञान देखि अनभिज्ञ मनुष्यहरुलाई उत्पन्न गर्दछ, फेरी लामो समयको अन्तराल पछी उनीहरुलाई कहिले तौरेत, कहिले जबूर, कहिले इन्जिल र अन्तमा कुरानको ज्ञान दिन्छ। र केवल कुरान, अल्लाह र रसुलमा इमान ल्याउनेहरूलाई मात्र जन्नत (स्वर्ग) पठाउने गर्छ। तर कुरान र रसुलको उद्भव हुनु भन्दा पहिले जुन रूह (आत्मा) हरुले यहाँ जन्म लिएका थिए उनीहरुको के भयो? र गैर मुस्लिमहरुले कदापी जन्नत (स्वर्ग)को सुख भोग गर्न पाउने छैनन्। किनकि उनीहरुले कहिल्यै कुरानमा इमान नै ल्याएनन् भने कुरान वर्णित ईश्वर (अल्लाह) ले गैर मुसलमान हरुलाई किन बनायो? यसबाट त अल्लाह पक्षपाती सिद्ध भयो। र अर्को कुरो, उसको रचनामा अनेक कमिहरु पाइन्छन् जुन अल्लाहको गुणको विपरित कुरो हो।

अतः ईश्वर, जिवात्माहरु एवं प्रकृति यी तीन अनादि हुन्। सृष्टि प्रवाहले अनादि छ। ईश्वरले सृष्टिको आरम्भमा नै वेद द्वारा जीवात्माहरुलाई ज्ञान प्रदान गरेर मोक्ष प्राप्त गर्ने प्रेरणा दिन्छ। यहि सिद्धान्त तर्कसंगत तथा एकमात्र सत्य कथन हो। यजुर्वेद:३१/७ मा ईश्वरले प्रष्ट रुपमा भनेको छ-

तस्माद यज्ञात सर्वहुतः ऋचः सामानि जज्ञिरे।
छन्दांसि जज्ञिरे तस्माद यज्ञुस्तस्मादजायत।।

(भावार्थ: उस सच्चिदानंद, सब स्थानमा परिपूर्ण, जो सब मनुष्य द्वारा उपास्य र सब सामर्थ्यले युक्त छ, उस परब्रह्मबाट ऋग्वेद, यजुर्वेद सामवेद र छन्दांसि –अथर्ववेद यी चार वेद उत्पन्न भए।)

सर्वान्तर्यमी तथा सर्वव्यापक परमात्माले जगत माथि कृपा गरेर नै यसको भलाइका लागि वेदको प्रकाश गरेको हो जसबाट अज्ञानतालाई नष्ट गरेर ज्ञानको मार्गमा अग्रसर हुन प्रेरित गरोस् र अध्यात्मिक प्रकाश द्वारा मनको आँखा सुप्रकाशित होस्।

मौलाना: वेदमा वर्णित ईश्वरले पापको दण्ड स्वरूप पशु जुनी दिन्छ तर कुरानको अल्लाहले इमानमा रहनेलाई पाप क्षमा गरेर जन्नतको सुख दिन्छ। यसबाट प्रष्ट हुन्छ कि अल्लाह बढी दयालू भयो।

आर्य: मौलाना ज्यू, म निक्कै आश्चर्य चकित छु कि तपाइले पाप क्षमा हुने कुरोमा कसरि विश्वास गर्न सक्नुहुन्छ !! तपाइँ स्वीकार गर्नुहुन्छ कि अल्लाह ताला न्यायकारी छ। जसले जे जति गर्छ, त्यसलाई त्यस्तै र त्यति नै फल दिनुलाई न्याय भनिन्छ। फेरी क्षमा कसरि? महाशय! क्षमा, सिफारिश र घुस यी सब यस्ता मन्तव्य हुन् जसबाट सर्वेश्वर र सर्वज्ञ परमात्मा माथि अन्याय तथा अत्याचारको दोष लाग्छ। यदि बाइबल र कुरानमा वर्णित पाप क्षमा हुने कुरो सत्य मान्नेहो भने त यो संसारमा पाप वृत्ती बढाउने कुरो भयो। अलकति गम्भीर भएर सोंच्नुस त, यदि कुनै व्यक्तिले कसैको हाया गरेर गिर्जाघरमा गएर येशुको मुर्ति अगाडी आँफूले गरेको पापको बखान गरेर क्षमा माग्दा या अल्लाहको नाममा तौबा गरेर के ऊ दण्ड बाट मुक्त हुन सक्छ? यदि हुन्छ भने अर्को पटक उसले झनै दुई गुणा पाप गर्नेछ र फेरी त्यस्तै गरि क्षमा माग्ने छ । यदि यस्तो हुन थाल्यो भने त समाजमा अराजकता फैलन्छ। जसले पनि पाप कर्म गर्नेछ र क्षमा माग्दै पुनः पुनः पाप गरिरहने छ। ईश्वरले त्यसैलाई मात्र जन्नत (स्वर्ग) को सुख प्रदान गर्दछ जो उसले भनेको मार्गमा चल्छ। जो पनि पाप कर्म छोडेर पुण्य कर्म गरेर सदाचारी बन्ला ईश्वरले त्यसैलाई निसन्देह कृपादृष्टि गर्ला।

मौलाना: यदि मनुष्यको जन्म पुर्व जन्ममा गरेको पुण्य कर्मको कारणले हुन्छ भने त एउटा विद्यार्थीलाई शिक्षा ग्रहण गर्नमा तथा कृषकलाई खेति गर्नमा कति दुःख उठाउनु पर्छ। यसबाट त ईश्वर अन्यायकारी सिद्ध भयो किनकि पूर्वजन्ममा गरेको पुण्य कर्मको सट्टा मा उसलाई यस जन्ममा दुःख रुपी कष्ट दियो।

आर्य: सर्वप्रथम विद्यार्थीलाई शिक्षा ग्रहण गर्नमा जुन परिश्रम गर्नु पर्छ, त्यो दुःख नभएर तप हो। श्रेष्ठ कार्य गर्नमा जुन कष्ट उठाउनु पर्ने हुन्छ त्यसलाई दुःख भनिदैन; तप भनिन्छ। तप गर्नाले नै कुनै पनि व्यक्तिको उन्नति हुन्छ। र हामीले कुनै पनि कर्म गर्दा जुन दुःख हुन्छ, त्यसलाई ईश्वरले हटाउँदैन। तर दुःख संग लड्नको लागि हामीलाई धैर्य तथा आत्मबल प्रदान गर्दछ। त्यसैले विद्यार्थीहरुलाई विद्या ग्रहण गर्ने समयमा हुने तपलाई दुःख भन्नु गलत हो। यसलाई पूर्वजन्ममा गरिएका पुण्यको नै फल मान्नु पर्छ जसले यस जन्ममा व्यक्तिलाई तप गरेर महान बन्ने अवसर प्रदान गर्दछ। नत्र त कुनै गुणरहित, अल्छी, मूर्ख तथा संस्कारहीन व्यक्तिलाई संसारमा कसैले प्रशंसा गर्दैन।

मौलाना: यहाँ सम्म त ठिक छ, आर्य ज्यू! तर के तपाइका धर्मग्रन्थहरु जसमा रामायण, महाभारत, वेद आदि ले पुनर्जन्मको बिषयमा प्रकाश पार्छन् त?

आर्य: अवश्य पार्छन्! वेदादि शास्त्रहरुको प्रमाण त स्वयं वेदका प्रकाण्ड पण्डित महर्षि दयानन्द सरस्वतिले आफ्नो ‘ऋग्वेदादिभाष्यभूमिका’ भन्ने पुस्तकमा यसरि दिनुभएको छ:-

  • हे सुखदायक परमेश्वर! तपाइले कृपा गरेर पुनर्जन्ममा हामिहरुको बीचमा उत्तम नेत्र आदि समस्त इन्द्रियहरु स्थापित गरिदिनुहोस्। (ऋग्वेद)
  • हे परमेश्वर, कृपा गरेर हामीलाई सबै जन्ममा समस्त दुःख निवारण हुने पथ्यरूप स्वस्तिलाई दिनुहोस्। (ऋग्वेद)
  • हे परमेश्वर, पुनर्जन्ममा हामीलाई सबै किसिमका कुकर्म र समस्त दुःखहरु बाट अलग राख्नुहोस्। (यजुर्वेद:४/१५)
  • हे जगदीश्वर! तपाईको कृपाले पुनर्जन्ममा मलाई मन आदि एघार इन्द्रियहरु प्राप्त हुन्। (अथर्ववेद: ७/६/६७१)
  • जुन मनुष्यले पूर्वजन्ममा धर्माचरण गर्दछ उक्त धर्माचरणको फलले अनेकौं उत्तम शरीरहरु धारण गर्दछ। (अथर्ववेद:५/१/१/२)
  • जीवहरु आ-आफ्ना पाप-पुण्यहरुको आधारमा नै अर्को जन्ममा मनुष्य या पशु आदि बन्दछन्। (यजुर्वेद:१९/४७)
  • मर्यादा पुरुषोत्तम श्री रामचन्द्रले भाइ लक्ष्मण संग भन्दछन् :- लक्ष्मण! पूर्वजन्ममा मैले अवश्य नै पटक-पटक यस्ता कर्महरु गरेको थिएँ होला जसको कारणले आज दुःखमा फसेको छु। राज्य देखि भ्रष्ट भएँ, इष्ट-मित्रहरुबाट बिछोड भयो, पिताको मृत्यु भयो, माता-पिता देखि वियोग भयो, हे लक्ष्मण! हामीलाई यी सबै शोक पूर्वजन्मका पाप कर्म कै फलस्वरूप प्राप्त भएका हुन्। (वाल्मीकि रामायण, अरण्यकाण्ड, सर्ग ६३, श्लोक-४-५)
  • हे अर्जुन! मेरो र तिम्रो अनेकौं जन्म भइसकेका छन्। म योग विद्याको बलले ति सबलाई जान्दछु। तर तिमीले जान्दैनौं। प्रत्येक मनुष्यलाई आ-आफ्ना शुभ या अशुभ कर्महरुको फल त अवश्य नै भोग्नु पर्दछ। (गीता)

मौलाना: आर्य ज्यू, तपाईले आफ्ना धर्मपुस्तकहरु बाट त प्रमाण दिनुभयो तर हामि केवल कुरानलाई मात्र मान्छौं र कुरानमा पुनर्जन्मको बारेमा कुनै प्रमाण छैन।

आर्य: मौलाना ज्यू, त्यसो हैन! कुरानमा पनि पुनर्जन्मका अनेकौं प्रमाण विद्यमान छन्। तर स्वार्थवश तपाईहरुले तिनलाई देखेर पनि नदेखे झैं गर्नुहुन्छ। बिना विद्या पूर्वाग्रह र गलत धारणाहरुलाई छोड्न सजिलो हुँदैन। हेर्नुस्, पुनर्जन्मको विषयमा कुरान शरीफमा भनिएको छ-

(१) सूरा-२२, ‘अल हज’, आयत-६६(कहीं ६७):-  तथा उनि नै हुन् जसले तिमीहरुलाई जीवन प्रदान गरे, त्यसपछि उनले तिमीहरुलाई मृत्यु प्रदान गर्नेछन्, त्यसपछि (पुनः) उनले तिमीहरुलाई जीवन दान दिनेछन्। (नेपाली कुरान-भाग-१७-पेज-५६२) ।

(२) सूरा २३, अल मोमिनून, आयत १५, १६ [(कहीं १६, १७) नेपाली कुरान-भाग-१८- पेज-५६६] ।

(३) सूरा २३, अल मोमीनून, आयत-१००[(कहीं १०१) नेपाली कुरान-भाग-१८- पेज-५७७] ।

(४) सूरा ७, अल आराफ, आयत-२९ [(कहीं ३०) नेपाली कुरान-भाग-८-पेज-२३९]

संस्करण: पवित्र कुरान, अरबी रचना तथा नेपाली अनुवाद: हजरत मिर्जा ताहिर अहमद, अहमदिया मुस्लिम मिशन, पोष्ट-बक्स नं-३९८५, काठमाडौँ, नेपाल)

मौलाना: भो भो आर्य ज्यू, मलाई किन हो कुन्नि थाहा भएन के भएको हो, सायद मलाई लाग्छ आज सम्म भुस कुटेर चामल निकाल्ने प्रयास गरिरहें मैले। म तपाइको प्रमाण तथा तर्क संगत कुरामा मनन अवश्य गर्नेछु। इस्लामी विद्वानहरु संग शंका समाधान गर्न त निक्कै कठिन छ किनकि उनीहरुको अंधविश्वास छ कि इस्लाममा दिमागको दखल या तर्कको कुनै स्थान हुँदैन। तर तपाइको तार्किक कुराले मेरो आँखा खोलिदियो। अब एउटा कृपा गरिदिनुहोस्, मलाइ कहींबाट सत्यार्थ-प्रकाश उपलब्ध गराई दिनुहोस्।

आर्य: ओहो..हैन हैन मौलाना ज्यू, तपाइँ साँच्चिकै सात्त्विक प्रवृत्तिको व्यक्ति हुनुहुन्छ। त्यसैले तपाईमा सत्य कुरो जान्ने जिज्ञासा उत्पन्न हुँदैछ। यो परमपिता परमेश्वर कै कृपा हो। मेरो तपाइँ संग कुनै आग्रह छैन। बस्, तपाइँ मेरा अभिन्न मित्र हुनुहुन्छ त्यसैले मैले तपाईलाई सत्य मार्ग देखाउने प्रयास गरें। आगामी भेटमा मैले तपाईलाई उपहार स्वरूप महर्षि दयानन्द द्वारा लिखित सत्यार्थ प्रकाश अवश्य दिनेछु। परमपिता परमात्माले हामि सबैको बुद्धिलाई प्रकाशित गरोस् ताकि हामि सत्य र असत्यलाई जानेर सत्यलाई ग्रहण गर्न र असत्यलाई छोड्न सक्षम हुन सकौं।अस्तु..

नमस्ते..!

वैदिक धर्मको जय..!

-(हार्दिक आभार: अग्निवीर डट कम तथा आर्य समाज)

रक्सिको लतबाट उत्पन्न हुने समस्या र छुटाउने घरेलू उपाय

ओ३म्..

विश्वानी देव सवितर्दुरितानि परासुव । यद भद्रं तन्न आ सुव ॥

रक्सिको लतबाट उत्पन्न हुने समस्या र छुटाउने घरेलू उपाय:

जमी सक्यो रगत नशामा, आजका तन्नेरी नश्लमा,
भेटिन्छन् लोटेका जवानीहरु, साँझ भट्टी पशलमा,
परिवार
जागिरहे छ, बाटो ताक्दै, तर
आउने व्यक्ति भने लोटेकोछ, कतै बाटोमा बेहोश,
मेरो देशको कन्तबिजोग यो भन्दा अरु केहोस?

रक्सि

रक्सीको लत लाग्ने कारणहरुमा साम्प्रदायिक तथा सामाजिक परम्परा, विवाह भोज-भतेर र संगतको परिणाम जे भए पनि रक्सीको लत बस्नु निक्कै घातक छ। एक अध्ययन अनुसार रक्सीको कारणले प्रत्येक वर्ष विश्वमा लगभग ४० लाख मानिसको ज्यान जान्छ। एड्स, टीबी, क्यान्सर जस्ता घातक रोग तथा अन्य हिंसाको शिकार भएका मानिसहरु भन्दा रक्सीको चपेटामा आएर ज्यान गुमाउनेहरूको संख्या अधिक छ।

* विश्वभरी १८ मृत्यु मध्ये एक मृत्यु रक्सीको कारणले हुने गर्दछ।

* सडक तथा सवारी दुर्घटनामा सबभन्दा धेरै मृत्यु नशामा वाहन चलाउनाले नै हुने गर्दछ।

* विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार रक्सीको कारणले प्रत्येक १० सेकेन्डमा एक व्यक्तिको मृत्यु हुने गर्दछ।

* विश्व भरिमा मर्ने मानिसहरु मध्ये लगभग ६ प्रतिशत रक्सीकै कारणले मर्ने गर्दछन्।

* स्वास्थ्य वैज्ञानिकहरुका अनुसार २०० भन्दा बढी रोगहरु रक्सीकै कारणले हुने गर्दछन्।

* रक्सी सेवनको कारणले कलेजोको क्यान्सर या लिवर सोराइसिस हुने खतरा अन्य मानिसको तुलनामा १० गुणा अधिक हुन्छ।

*  यसका अतिरिक्त टीबी, निमोनिया, एड्स तथा नपुंसक हुने खतरा पनि रक्सीको कारणले बढ्छ।

* रक्सि खाने व्यक्तिको शरीरमा पानीको मात्रा कम हुन्छ, जसको कारणले एसिडिटी बढ्नुका साथै ग्यास्टिक, अल्सर र आन्द्राको क्यान्सर हुने सम्भावना रहन्छ र बिभिन्न चर्म रोगहरुको समस्या पनि देखिन्छन्।

* रक्सिको कारणले आँखाको ज्योति कमजोर हुन्छ, पाचन प्रणाली, रक्त संचार प्रणाली, स्वास प्रस्वास प्रणाली, स्नायु प्रणाली कम्जोर हुनुका साथै बोलि लड्बडाउने र शरीर थरथर काँप्ने हुन्छ। यो अकाल मृत्युको कारण हो।

* रक्सि सेवन गर्ने महिलाहरुको प्रजनन क्षमता प्रभावित हुन्छ।

* हुनेवाला सन्तानमा यसको गम्भीर दुष्प्रभाव पर्छ। ऊ शारीरिक र मानसिक रुपमा कम्जोर, दुर्बल तथा अपांग समेत पैदा हुन सक्छ।

* रक्सि सेवनको कारणले मलाशय तथा स्तन क्यान्सरको खतरा निक्कै बढ्छ।

* रक्सि सेवन गर्ने व्यक्तिहरुको दिमागले लगभग पूर्ण रुपमा काम गर्न छोड्छ,  स्मरण शक्तिको ह्रास हुनाले र होशको ठेगान नहुनाले अन्य निक्कै समस्याहरु उत्पन्न हुनुका साथै उसले सहि र गलतको निर्णय गर्न सक्दैन।

* रक्सि कै कारणले घरेलु तथा सामाजिक अशान्ति, हिंसा, बलात्कार, मार-पिट, हत्या, आत्महत्या जस्ता घटना अधिक वृद्धि हुन्छन्।

* रक्सि सेवन गर्ने व्यक्तिको परिवारलाई अति धेरै आर्थिक समस्याको पनि भार पर्छ।

* उनका परिवारका अन्य सदस्यहरुको धेरै जसो आवश्यकताहरु पुरा हुन सक्दैनन्। समाजमा बद्नाम तथा बेइज्जतको सामना गर्नु पर्ने हुन्छ।

* रक्सि खानेहरुको शरीरमा सल्फर तत्वको मात्रा निक्कै कम हुन्छ।

* धुम्रपान गर्नेहरुको शरीरमा फस्फोरस तत्वको मात्रा कम हुन्छ।

त्यसैले शरीरमा जुन तत्वको कमि हुन्छ, त्यसको पूर्ति सहज किसिमले गरिदिने हो भने मनलाई त्यस किसिमको तल-तल लाग्न बाट रोक्न सकिन्छ।

यदि कसैले सदा-सदाको लागि रक्सीको लत छोड्न चाहन्छ अथवा हामि कसैलाई रक्सीको लत छुटाउन चाहन्छौं भने निम्न मध्ये आँफूलाई उपयुक्त कुनै एक उपाय गर्न सकिन्छ :-

* जतिबेला रक्सिको तलतल लाग्छ, त्यसबेला किसमिसका २/३ दाना मुखमा राखेर चुस्ने अथवा किसमिसको सर्बत बनाएर पनि सेवन गर्नाले रक्सि खाने इच्छा कम हुन्छ।

* खजुर या छोहराका केहि दाना पानीमा घोटेर दिनमा तीन पटक लगातार तीन महिना सेवन गर्नाले पनि रक्सि खाने इच्छा कम हुन्छ।

* ताजा गाजरको रस निकालेर एक गिलास बिहान खालि पेटमा सेवन गर्नाले पनि रक्सि खाने इच्छा कम गर्नमा सहायता गर्दछ। यसबाट नेत्र-ज्योति बढ्छ र पाचन प्रणालीमा पनि सुधार आउँछ।

* एउटा अर्को सजिलो उपाय भेडेखुर्सानी (शिमला निर्च/क्याप्सीकम)को प्रयोग। यसको लागि ताजा भेडे खुर्सानीको रस निकालेर दिनमा आधा-आधा गिलास खाना पछी सेवन गर्ने। यसको प्रयोगबाट केहि समय पछी रक्सि खाने तलतल बिस्तारै कम हुँदै जान्छ र सदाको लागि मेटिन्छ।

* रक्सि छुटाउने अर्को सजिलो उपाय हो सल्फर। यसको लागि कुनै पनि होमियोपेथीको पशल बाट सल्फर-२०० सामान्यका लागि र अत्यधिक रक्सि खानेहरुको लागि- सल्फर-१००० किनेर ल्याउने। बिहान उठ्ने बित्तिकै  यसको एक थोपा जिब्रोमा चुहाई दिनु पर्छ र एक घण्टा अघि र पछी सम्म केहि नखाने। यस्तो ५/६ दिन सम्म लगातार गर्ने र त्यसपछि सप्ताहमा २/३ पटक गर्दै तीन महिना सम्म जारि राख्नु पर्छ। यसबाट जस्तो सुकै रक्स्याहाको पनि लत छुट्छ।

* यसको लागि अर्को उपाय पनि घरमा छ, त्यो हो – घोडाको पसिना। घोडाको पसिना छानेर ३/४ थोपा दिनमा २/३ पटक     पानी या दाल-तरकारीमा मिसाएर खुवाउनाले पनि रक्सीको लत छुट्छ। यो पनि लगातार ३ महिमा सम्म गर्ने।

* अर्को सजिलो उपाय  एक गिलास पानीमा ज्यानो र सुठोको धुलो एक/एक चम्साको मात्रामा मिलाएर पकाउने, आधा बाँकी भयो भने आगोबाट निकालेर बाहिर राख्ने, चिसो भए पछी कपड-छान गरि बिर्को बन्द हुने एउटा सफा काँचको भाडोमा राख्ने, ४८ घण्टा पछी बिहान खालि पेटमा र राति सुत्ने बेला आधा/आधा गिलास तीन महिना सम्म सेवन गर्ने।

* बिहान-बेलुका कम्तिमा १५/१५ मिनेट मनमा ओ३म् को उच्चारणका साथ चन्द्र-नाडी प्राणायाम (दाँया नाकको प्वाल बन्द गरेर बाँया नाकको प्वाल बाट लामो-लामो सास लिने र छोड्ने) गर्ने।

* रक्सिको लत लागेका व्यक्तिहरुलाई प्रेरणा, साहस तथा सान्त्वना दिने गर्नु पर्दछ, उनीहरुलाई मायाँ गर्नु पर्छ, नम्र व्यवहार गर्नु पर्छ।  दुर्व्यवहार, कटाक्ष, अपमानित, व्यङ्ग्य गर्नु हुँदैन। यसो गर्नाले उनीहरुमा विद्रोहको भावना पैदा हुन्छ र झन् बढी सेवन गर्न थाल्छन्।

त्यसैले रक्सीको घातक असरबाट हरेक व्यक्तिलाई, परिवारलाई, समाजलाई तथा राष्ट्रलाई बचाउनु आवस्यक छ। यसको लागि देशमा रक्सि विरोधी आन्दोलन तथा जना-चेतना र जना-जागरण चलाउनु पर्छ र प्रतिबन्धात्मक कानुन पनि बनाउनु आवस्यक छ। पाठशालाहरुमा धार्मिक तथा नैतिक शिक्षा लागु गर्नु पर्छ। संचार माध्यमहरुमा रक्सि सेवनलाई दुरुत्साहित गर्ने खालका कार्यक्रम तथा विज्ञापन दिनु पर्छ। रक्सि उत्पादनमा प्रतिबन्ध लगाउने र आयातमा रोक लगाउने तिर सबैको ध्यान जानु आवस्यक छ।

रक्सीले मातेको व्यक्तिको तुरुन्त नशा उतार्नु छ भने यी विधि अपनाउन सकिन्छ:-

  • चिसो पानीले टाउको भिजाउने।
  • २च. कागतीको रस, २च. अदुवाको रस (या १ च.सुठोको धुलो) र एक चिम्टी बिरेनुन (कालो नुन) एक गिलास पानीमा मिलाएर खुवाउने।
  • आधा कागतीको रस र एक चिम्टी फिटकिरी एक गीलास पानीमा घोलेर खुवाउने।
  • कागती नभएको बेला चुक या अम्चुर पनि काममा ल्याउन सकिन्छ।

अस्तु..

नमस्ते..!

शाकाहार संकल्प र पर्यावरण संरक्षण

/\…ओ३म्…/\

 
“द्यौः शान्तिः अन्तरिक्षं शान्तिः पृथिवी शान्तिरापः शान्तिः‚ ओषधयः शान्तिः।
वनस्पतयः शान्तिः विश्वेदेवाः शान्तिः‚ ब्रह्म शान्तिः सर्वं शान्तिः शान्तिरेव शान्तिः सा मा शान्तिरेधि ।”
–यजुर्वेद:३६/१७
Earth
शाकाहार संकल्प र पर्यावरण संरक्षण
 
हरा-भरा जीवनदायी ग्रहमा जहाँ हामीहरु निवास गर्दछौं, यहाँबाट जीवहरुको कैयौं प्रजातिहरु सदा सदाको लागि विलुप्त हुँदैछन्। यस्तो घटना सताब्दियौं देखि हुँदै आएको छ। कैयौं प्रजातिहरु त मानवको प्रादुर्भाव हुनु भन्दा पनि पहिले नै यस धरतीलाई विदा गरेर गैसके, कैयौं प्रजातिहरु हाम्रा आँखा अगाडी नै विलुप्त भए। मान्छेको लोभ-लालच तथा अनावश्यक आवश्यकता कै कारणले जुन गतिमा आजभोली जङ्गलबाट जैविक विविधता नष्ट गरिदैछ, यो देखेर लाग्छ अति सिघ्र हाम्रै अस्तित्व संकटमा आउनेछ। जुन गतिमा जङ्गल र समुद्र जीवहरुबाट रित्तो हुँदै गैरहेका छन्, के यसको कुप्रभाव समस्त पर्यावरणमा परेको छैन र? स्तष्ट रुपले धरतीमा जीवनलाई सुरक्षित राख्नु हाम्रो प्रथम प्राथमिकता हो।
आज संसारको अस्तित्व नै संकटमा छ र संकटको कारण हो बिग्रदो पर्यावरण तथा वैश्विक गर्मी। हरित-गृह ग्यास वैश्विक गर्मीको मुख्य कारक मानिन्छ र जनावरहरुले हरित-गृह ग्यास उर्त्सजन गर्दछन्। वास्तवमा प्राकृतिक रुपले पशु-पंक्षीहरु हाम्रो अस्तित्वको लागि अनिवार्य छन् र यिनलाई हामीले आफ्नो क्षुधा पूर्तिको रूपमा भक्षण गर्नु प्रकृति विरोधी छ। निश्चित रुपमा हरेक प्रकृति विरोधी कुरो पर्यावरण विरोधी नै हुन्छ, जहॉ सम्म माँसाहारको कुरो छ यसको लागि पशु-पंक्षीहरुको पालन पर्यावरण विरोधी छ।
 
आज संसारका सबै वैज्ञानिकहरुले वेदको सार्वभौमिक सिद्धान्तलाई एक मतले मानेका छन् र एक स्वरमा भनेका छन् कि शाकाहारी भोजनले नै पृथ्वीको विनाश हुन बाट बचाउन सक्छ। यिनको तर्क छ कि मांसाहारको सेवन गर्नाले जैविक चक्र त बाधित हुन्छ नै, साथ साथै मासु प्रशोधनको लागि पानीको भयङ्कर दुरुपयोग हुन्छ र हरित-गृह ग्यासको उत्सर्जन पनि। यसबाट पृथ्वीका स्रोतहरुको प्रयोग अधिक गुना बढ्छ।
 
शाकाहारबाट पर्यावरण संरक्षणको विचारधारा यसमा आधारित छ कि जन उपभोगका लागि मासुको उत्पादन र पशु उत्पादन खाद्य पर्यावरणको दृष्टिले अरक्षणीय हुन्छ। सन् २००६ मा संयुक्त राष्ट्र संघको पहलमा गरिएको एक अनुसंधान अनुसार संसारमा पर्यावरणको दुर्दशामा सबभन्दा ठूलो भूमिका पशु उद्योगको छ। मांसाहारी खाद्य पदार्थको आपूर्तिका लागि आधुनिक तरीकाले पशुहरुको संख्या बढाउनाले अत्यधिक मात्रामा वायु र जल प्रदूषण, भूमि क्षरण, जलवायु परिवर्तन, जैविक विविधतामा हानि भैरहेको छ। निष्कर्षमा यो तथ्य निस्केर आयो कि स्थानीय देखि वैश्विक प्रत्येक स्तरमा पर्यावरणीय समस्या उत्पन्न गर्ने कारणहरु मध्ये सबभन्दा महत्वपूर्ण भूमिकामा मासु उत्पादनको लागि गरिने पशुपालन शीर्ष स्थानमा छ।
 
यसका अतिरिक्त, पशु पालन हरित-गृह ग्यास उत्सर्जनको प्रमुख स्रोत हो र संसारमा १८ प्रतिशत हरित-गृह ग्यास उत्सर्जन (जसलाई CO2 को समकक्ष मापन गरिएको छ) को लागि यिनै पशु फार्म नै जिम्मेवार छन्। तुलनात्मक रूपले संसार भरिका समस्त परिवहनका साधनहरु (पानि जहाज, मोटर-गाडी, ट्रक, बस, रेल, हवाइ जहाज समेत) बाट उत्सर्जित CO2को प्रतिशत १३.५ छ। पशु फार्मबाट मानव संबंधित नाइट्रस ऑक्साइडको उत्पादन ६५ प्रतिशत हुन्छ र सबै मानव प्रेरित मीथेनको प्रतिशत ३७ छ। जो लगभग २१ गुना अधिक छ। मीथेन ग्यासको वैश्विक गर्मी सम्भावना (GWP) को तुलनामा कार्बन डाइ अक्साइड र नाइट्रस अक्साइडको GWP २९६ गुना छ।
 
चरनमा निर्भर पशुहरुको तुलनामा अनाजमा पोषित पशुहरुलाई अधिक पानीको आवश्यकता पर्दछ। अम्रिकाको कृषि विभाग (USDA)का अनुसार, फार्मका पशुहरुलाई खुवाउनको लागि उत्पादित फसलहरुको पैदावारका लागि पूरा अमेरिकाको लगभग आधा जल आपूर्ति र ८० प्रतिशत कृषि भूमिको पानी आवश्यकता पर्दछ। यसका अतिरिक्त, अमेरिकामा भोजनका लागि पशुहरुलाई हुर्काउनमा ९० प्रतिशत भटमास (सोया) को फसल, ८० प्रतिशत मकैको फसल र ७० प्रतिशत कुल अनाजको खपत हुन्छ।
 
शाकाहार बढाउनको लागी एक जना जापानी वैज्ञानिकको प्रयोगले पनि अहम भूमिका निभाइरहेको छ। यस प्रयोगमा सिद्ध गरिएको छ कि एक किलो गोमांसको उत्पादनका साथ ३६.४ किलो कार्बन डाइअक्साइड पनि उत्पन्न हुन्छ। यो ग्यास हरित-गृह प्रभावको लागि मुख्य रूपले जिम्मेवार छ।
 
एक जना विद्वानले भनेका थिए कि यदि संसारमा गोमांस खान बन्द भयो भने त कार्बन उत्सर्जनमा नाटकीय ढंगले कमी आउने छ र वैश्विक उष्णताको वृद्धिमा कमि आउनेछ। सौभाग्यको कुरो छ कि नेपालमा गोमांसको चलन छैन। मासुको ढुवानी र यसलाई पकाउनको लागि प्रयोग गरिने इन्धनबाट पनि हरित-गृह ग्यासको उत्सर्जन हुन्छ। यति मात्र हैन, जनावरहरुको मासुबाट स्वयं पनि कैयौं प्रकारका हरित-गृह ग्यास उत्पन्न हुन्छन् जसले वातावरणमा घुलेर तापमान बढाउँछन्।
 
जलवायु परिवर्तन र पर्यावरणको क्षेत्रमा काम गरिरहेको संगठन हरितशान्ति (Greenpeace)का नीति सलाहकार श्रीनिवासका अनुसार शाकाहार अपनाउनाले अप्रत्यक्ष रुपमा पर्यावरण संरक्षणमा योगदान दिन सकिन्छ। उनका अनुसार मांसाहारको अधिक प्रचलन कै कारण कहीं न कहीं वातावरणमा कार्बनडाई अक्साइड जस्ता ग्यासको उत्सर्जन बढ्दै छ। त्यसैले मांसाहारले जलवायु परिवर्तनमा भूमिका निभाइ रहेको छ।
विशेषज्ञहरुको मान्यता छ कि मांसाहारको बढ्दो प्रचलन प्रत्यक्ष या अप्रत्यक्ष रुपमा जलवायु परिवर्तन र हरित-गृह ग्यासको उत्सर्जनको लागि जिम्मेवार छ। यसबाट बच्न र पर्यावरण संतुलनका लागि सबै विशेषज्ञहरुले शाकाहारी जीवनशैली अपनाउने सुझाव दिएकाछन्। वास्तवमा पर्यावरणको सुरक्षा हाम्रो अस्तित्वका लागि अत्यन्त आवश्यक छ। र शाकाहारी जीवन शैली यसको एक मात्र विकल्प हो। यदि हामिले गम्भीरता पूर्वक पर्यावरण संरक्षणको लागि केहि गर्न चाहन्छौं भने शाकाहारी जीवन पद्धति नै अँगाल्नु पर्छ।
 
वैदिक यज्ञको बारेमा गरिएका विविध शोध र अनुसन्धान बाट वैज्ञानिकहरुले यहि सिद्ध गरेका छन् कि यज्ञ हवन द्वारा हाम्रो धरतीलाई प्रदुषण मुक्त गर्न सकिन्छ। यज्ञ हवनबाट निस्कने भेषज वायु यति शक्तिशाली हुन्छ कि यसले पर्यावरणमा आएको जस्तोसुकै संकटलाई पनि नियन्त्रणमा लिन सक्छ। आउनुहोस्, हाम्रा ऋषि मुनिहरुको प्राचीन विज्ञानलाई अपनाउँ र वेदाज्ञा पालन गरि मनुष्य हुनुको कर्तव्य निभाऔं, रोग तथा पापको घर मांसाहारलाई त्यागौं, विश्व पर्यावरणलाई स्वच्छ राख्न यहि संकल्प गरौँ कि हामी दैनिक यज्ञ गर्नेछौं; वृक्षारोपण गरेर आफ्नो धरतीलाई बस्न योग्य बनाउने छौं।
यहि नै ‘पृथ्वी दिवस’ मनाउनुको सार्थकता हुनेछ.!
अस्तु..
नमस्ते..!

सगुण-निर्गुण

ओ३म्

सगुण के हो र निर्गुण के हो?

हामीले त ईश्वरलाई निर्गुण तथा सगुण दुवै मान्दछौं। कुनै पनि वस्तु यस्तो छैन जुन निर्गुण नहोस् र कुनै पनि पदार्थ यस्तो छैन जुन सगुण नहोस्। तपाइले भन्न सक्नुहुन्छ कि धार्मिक साहित्यमा त अनेकौं लेखकहरुले निर्गुण भक्तिलाई निराकारको उपासना र सगुण उपासनाको अर्थ मूर्तिपूजा नै मानेका छन् तर तपाइँ यो भन्नुस् त सगुण तथा निर्गुण यी दुई शब्दमा जुन ‘गुण’ शब्द छ, त्यसको अर्थ के हो? कुनै पनि शब्दकोषको पन्ना पल्टाउनुहोस् अथवा कुनै पनि गाउँले निरक्षर वृद्धहरु संग पनि सोध्नुहोस् त ‘गुण’ शब्दको अर्थ के हो? यो शब्द जहाँ पनि प्रयुक्त हुन्छ। सर्वत्र यसको आशय क्वालिटी, निपुणता, विशेषता तथा लक्षण नै मानिन्छ र सम्झने पनि गरिन्छ। सद्गुण तथा अवगुण आदि सबै यस्ता शब्दले यही सिद्ध गर्दछन् कि गर्दैनन्? जब गुणको अर्थ तपाइले आशय क्वालिटी, निपुणता, विशेषता तथा लक्षण नै मान्नुहुन्छ भने फेरी ‘सगुण’ ‘निर्गुण’ को चर्चामा काया अथवा शरीर-आकार कसरि घुस्यो त? तपाइँ चिन्तन गर्नुहोस्। आर्ष साहित्यहरुको स्वाध्याय गर्नुहोस्। धेरै नै नयाँ ज्ञान प्राप्त हुनेछ। तपाइँ अन्ध परम्पराहरुको अँधेरो गुफाबाट बाहिर निस्कनुहोस्। वेद, दर्शन, उपनिषद् सम्म पुग्नुहोस्। सत्यको अवश्य बोध हुनेछ। धन्यवाद…नमस्ते..!

 

बिना बाउको छोरालाई ईश्वर

ओ३म्

बिना बाउको छोरालाई ईश्वर..!

‘‘अरे गठ्ठी..! सुपोले त हउँकिन बन्छ तर नौसय साठी भुन परेका चाल्नाले के हउँकेलाए बाल..?! ए साँच्चै भनत, के आजको वैग्यानिक जुगमा पनि कुनै लखे सङ नसुतीन एउटी कन्ये लखीको पेटबाट बच्चो जन्मेला भनेर तम्रो हरिलट्ठक समाज बाहेकका कोइले पत्याउला त? कस्तो बिग्यान पर्छौ र हो कुन्नि तमि? कोइले सोंच्न पनि सक्ला र यस्तो बौला कुरो? धत्तेरी..! र तमि भने असंभव कुरालाई सत्य तथ्य मानेर त्यो लखेलाई काठा बलामा टङ्गाइन ईशोरको छोरो भन्दै छौ र फेरी एक बित्ताका बाङ्गा करङ भया ढुक्कुरे छाती तन्काउँदै जसलाई भेट्यो त्यसलाई त्यो बालखमा विश्वास गर भनि उक्साउँदै हिन्छौ?

ए गठ्ठीहो..! साँच्चै कुरो भन त, के तम्रो ईशोरले जिब्रो टोकेर आँखा फर्काइ सक्यो र हो कि केहो त्यसको अवैध छोरा (जेशू) मा विश्वास गर्नु पर्ने? हाम्रो नेपालमा त बाउ परे पछी मात्रै छोरामा विश्वास गरिन्छ, जिउँदो हुँदा सम्म हैन। कुरो बुझ्नु अनि मात्रै देउता पूज्नु लौ है..!

महर्षि दयानन्द सरस्वतीका अनुसार – सत्य ग्रहण गर्न र असत्य त्याग्न सदा सर्वदा उद्धत रहनु पर्छ..!

नमस्ते..

आर्य समाजबाट केहि सिक

ओ३म्..

आर्य समाजबाट केहि सिक

 

मिसन आर्यावर्त

हिन्दु समाज जसले आँफूलाई सत्य सनातन वैदिक धर्मी मान्दछ, आज ऊ वास्तवमा वेद देखि विमुख भैसकेको छ र अन्ध-विश्वास तथा अनेकौं कुरीतिहरुको शिकार भएको छ। एउटा कुरीति हटायो कि चार नयाँ कुरीतिहरु भित्र घुस्छन्। सत्यासत्यको कसौटी नहुनाले यस समाजमा बितण्डावाद र वैचारिक अराजकता छ। धर्म के हो र अधर्म के हो, यसको निर्णय के गोमांस भक्षक विवेकानन्दको अंग्रेजी भाषणबाट होला र? गीता तथा भागवतको फेरी लगाउन थाले भने त्यसको सुगा रटाइ सुरु भयो। गीतामा योगीराज श्रीकृष्णको मुखबाट भन्न लगाइयो कि “म वेदहरुमा ‘सामवेद’ हुँ”। के यी नविन हिन्दु रक्षकहरुले वेदका कुनै दस-बीस मन्त्र सुनाउन सक्लान्?

एक शंकराचार्यले भन्यो कि गजडी मुस्लिम साईं बाबा हाम्रा भगवानहरुको सूचीमा छैन, त्यहीं साईं बाबाका चाटुकारहरु लाजै नमानी चिच्याउँछन् कि साईं हाम्रा भगवान हुन्। यसमा हिन्दुका तथाकथित् धार्मिक नेताहरु चुप छन्। यो लाश र चिहानलाई पुज्ने खेल कहिले सम्म चल्ने हो? अब त आँखा खोल हिन्दु हो!

आफ्नो सर्वप्राचीन सनातन वैदिक संस्कृतिमा गर्व गर्नेहरु नै प्राचीनतम सनातन धर्म वेद देखि टाढा रहन चाहन्छन् भने यो भन्दा लज्जास्पद र बिडम्बनाको कुरो अरु के होला? धर्मको रक्षा ठूलो स्वरले चिच्याउँदैमा हुन्न, धर्मको सार्वभौमिकता प्रचार गर्नाले र व्यवहारमा लागु गरेर आफ्नो आचरण सुधार्नाले नै हुन्छ। अरु कसैलाई दोष दिनाले र कसै प्रति निराधार तथा मिथ्या आरोप लगाउनाले तिमि भित्रका कुरीतिहरु नष्ट हुँदैनन्। पहिले हिन्दु समाज भित्र गुम्सिएका घातक रोगहरूको स्थायी उपचार गर।

सनातनधर्मी विद्वान् नेता पं. गंगाप्रसाद शास्त्रीले कहीं लेखेका थिए कि पादरी नीलकण्ठ शास्त्रीले हरिद्वार, काशी, प्रयाग आदि तीर्थस्थानहरुमा (कुम्भ मेलामा पनि) डेरा जमाएर हजारौं सनातनी हरुलाई ईसाई बनाउन सफल भयो। काशी, प्रयागका विद्वान् पण्डितहरुमा त्यसको सामना गर्ने आँट भएन। । जब मान्यवर ऋषि दयानन्द सरस्वति मैदानमा उत्रे, त्यसपछी त्यो लगायत त्यस्ता कैयौंको मुख बन्द भयो र पूच्छर सेपेर भाग्नु पर्यो। यो संस्कृतज्ञ पादरी महाराष्ट्रको एउटा ब्राह्मण थियो। ऋषि दयानन्दका शिष्यहरुले यसलाई पंजाब बाट पनि लखेटेका थिए। यस्ता अनेकौं पोप-पादरी र मुल्लाहरुको मुख बन्द गर्ने मात्र नभएर तिनलाई सक्रिय वैदिक धर्मि बनाउनमा र रक्षा गर्नमा पनि ऋषिवर देव दयानन्दको इतिहासमा ठूलो योगदान छ।

कल्याण पत्रिकामा शंकराचार्यको एक लेख छापियो कि ओ३म् केवल हो केवल नै बनाइ दिन्छ। ब्राह्मणेतर सबलाई ओ३म् को जप गर्न देखि नै डराउन दिए। के कुनै हिन्दु समाजका नेताले यसको उत्तर दियो? उत्तर दिन त केवल आर्यसमाजले नै जानेको छ। यिनीहरुले यसबाट कहिल्यै केहि सिक्दैनन्। यिनीहरुले पशुपति, गण्डकी, काशी, गया, अमरनाथ आदिको यात्रा र त्यहाँ भोज-भतेर लगाएर धर्मको रक्षा गर्न सक्दैनन्।

दूरसंचारमा एकजना मुल्लाले यिनलाई भन्यो –“ इस्लाम धर्म मुहम्मद बाट हैन, आदम र हव्वा बाट आरम्भ भएको हो र यो आदि सृष्टि देखि नै हो।” विश्व हिन्दू परिषद्का नेता र प्रवक्ताले त्यसको प्रतिवाद गर्न सकेनन्। यदि कुनै आर्यसमाजी त्यहाँ हुन्थ्यो भने अवश्य कमसेकम दस प्रश्न गरेर त्यस मुल्लालाई निरुत्तर गरिदिन्थ्यो। पिता-आदम र माता-हव्वाका छोरा-छोरीहरुको विवाह को संग भएको थियो? उनका सासु र ससुरा को थिए? एक जोडी बाट केहि सहस्र वर्षमा यत्रो जनसंख्या कसरि भयो?

एक जना मियाँले भन्यो- “जन्मजात हरेक मानिस मुसलमान नै हुन्छ। कसैले दियो यसको उत्तर??

शंकराचार्यको गद्दीमा आज पनि केवल एक ब्राह्मण मात्र बस्छ। पशुपतिको पूजारी एक ब्राम्हण मात्र हुन सक्छ, त्यो पनि भारतीय..! काशी, नासिक, बैंगलूर आदि नगरहरुमा तथा नेपालका कुनै पनि तथाकथित् पौराणिक आश्रम या गुरुकूलहरुमा विश्व हिन्दू परिषद् तथा कुनै हिन्दु नेताले एक यस्तो वेदपाठशाला देखाई देवस् त जहाँ सबलाई वेद पठन पाठन गर्ने अधिकार भएको होस्। काशीमा कल्याणी देवी नाम गरेकी एक आर्य कन्यालाई धर्म विज्ञानको एम.ए. कक्षामा वेद पढ्नबाट जब रोकियो तब आर्य समाजले नै आन्दोलन गर्नु परेको थियो। यो कलङ्कको टीका कहिले सम्म रहने हो??

यी सब बिकृति र विसंगतिका बिरुद्ध नेपालमा पनि शुक्र राज शाश्त्रीले आन्दोलनको सुरुवात गरेका थिए र सबलाई समान अधिकार हुनु पर्दछ भन्ने र अन्ध परम्परा हटाउनु पर्दछ भन्ने सोंचका समाजका बहु संख्यक युवाहरुको ध्यान तान्न पनि सफल हुँदै थिए, त्यसै समयमा आफ्नो दुना-टपरी र भेटिको ब्यापार गुम्ने चिन्ताले यथास्थिति वादी सोंच भएका केहि राणाका चाटुकार पण्डितहरुले चुक्ली लगाइदिए र उनलाई झुन्ड्याईयो र आन्दोलन सिथिल भयो.. ।

हाल पुनः त्यहि आन्दोलनको हुरी समाजमा चल्दैछ र केहि तिनै चाटुकारहरुका सन्तानहरुले आज पनि त्यहि सोंच, त्यहि अन्ध परम्परा, त्यहि असमानता जाति-पाती-छुवा-छुत कायम राख्न चाहन्छन र  त्यसको लागि कसैलाई मिथ्या आरोप लगाएर बितण्डावाद मच्चाईरहेका छन्। यिनलाई धर्म-अधर्म-ईश्वर तथा वेदको सत्यता संग कुनै मतलब छैन.. । बस्, चिन्ता छ त केवल आफ्नो पूर्खा देखि चली आएको जन्मना जातिवाद र ईश्वर तथा धर्मको नाउमा भेटीको ब्यापार धरासायी हुने डर.. !

परिवर्तन त अवस्वयम्भावी छ, किनकि अहिलेको समाज पहिलेको त्यो समाज जस्तो छैन। अहिलेको युवा पिढीले हरेक कुराको तर्कसंगत उत्तर खोज्न चाहन्छ। जुन कुराको उत्तर तिनिहरु संग छैन, किनकि चित्त बुझ्दो र यथार्थ परक उत्तर त केवल वेदमा छ; वेदमार्ग देखि च्यूत भएकाहरु संग त्यसको उत्तर कसरि हुन सक्ला र..!? देशमा बढिरहेको ईसाईकरणलाई रोक्ने के छ कार्यक्रम हिन्दु समाज संग? दलित, शोषित, पिडित, उपेक्षित, बन्चित समुदायलाई अगाडी बढाउने के योजना छ त हिन्दु समाज संग? हिन्दु समाजमा कलंकको रुपमा कायम रहेको छुवा-छुत र जन्मना जातिवादको अन्त्य गर्ने संकल्प छ कि छैन? उनीहरु माथि आज सम्म गरिएको थिचो-मिचो र भेदभाव तथा अन्याय पूर्ण व्यवहारको जिम्मेवारी लिएर त्यसलाई सुधार गर्ने कि नगर्ने?

त्यसको समाधान आर्य समाजले गर्न सक्छ किनकि आर्य समाज वेदको मार्गमा चल्छ। केवल वेदलाई मात्र अन्तिम प्रमाण मान्दछ। यसका लागि आफ्नो बलिदान दिन पनि पछी नपर्ने बलिदानी तथा उर्जावान आर्यबीरहरु तयार भइरहेका छन्। तर हामि पहिले विचारको लडाई लड्न चाहन्छौं..! यदि आवश्यक पर्छ भने अधर्मीहरुका विरुद्ध शस्त्र धारण पनि गर्न तयार हुनु पर्छ, आउनुहोस्, “संगच्छध्वं संवदध्वं..” र “…कृण्वन्तो विश्वमार्यम्” को वेदादेशलाई सफलीभूत पार्ने अभियानमा एक साथ अघिबढौं..! किनकि हामि मर्यादा पुरुषोत्तम श्रीराम र योगिराज श्रीकृष्ण कै वंशज हौँ..!

ईश्वरले सबैलाई सदवुद्धि प्रदान गरुन..! अस्तु..

नमस्ते..!

-(हार्दिक आभार:- प्रा. राजेन्द्र जिज्ञासु)