All posts by प्रेम आर्य

पुनर्जन्म वेद द्वारा प्रमाणित…

पुनर्जन्म वेद द्वारा प्रमाणित:

 

वैदिक संस्कृतिमा पुनर्जन्मलाई मान्यता दिइएको छ।

यजुर्वेद: ४/१५ जीवात्माको पुनर्जन्म विषयमा भन्छ –

पुनर्मनः पुनरायुर्मऽआगन् पुनः प्राणः पुनरात्मामऽआगन् पुनश्चक्षुः पुनः श्रोत्रं मेऽआगन्। वैश्वानरोऽअदब्धस्तनूपाऽअग्निर्नः पातु दुरिता- दवद्यात्।’’

भावार्थ: ‘‘हे ईश्वर, जब-जब हामि जन्म लिन्छौं, तब-तब हामीलाई शुद्ध मन, पूर्ण आयु, आरोग्यता, प्राण, कुशलतायुक्त आत्मा, उत्तम चक्षु र भोग प्राप्त होस्। विश्वमा विराजमान ईश्वर प्रत्येक जन्ममा हाम्रो शरीरको पालन गरोस्, त्यो अग्नि स्वरूप पाप द्वारा निन्दित कर्महरुबाट हामीलाई बचावस्।

 

गीता:२/२२ मा पनि त्यस्तै आशय छ-

वसांसि जीर्णानि यथा विहाय, नवानि ग्रहति नरोऽपराणि।

तथा शरीराणि विहाय जीर्णान्यन्यानि संयाति नवानि देही।।

भावार्थ: जसरि मनुष्यले पुराना वस्त्रहरु त्यागेर नयाँ वस्त्र धारण गर्दछ, त्यसैगरी नै जीवात्मा पनि पुरानो शरीरलाई छोडेर नयाँ शरीर धारण गर्दछ।

 

अब प्रश्न उठ्न सक्छ कि पुनर्जन्मको आधार के हो ? कुनै जीवात्मा धनाढ्य परिवारमा आउँछ कुनै अत्यन्तै गरीबीमा, कुनै अत्यन्त पुरुषार्थ गर्दा पनि समुचित सम्पदा प्राप्त गर्न सक्दैन र कसैले साधारण परिश्रमबाट पनि भारी सम्पन्नता ग्रहण गर्न सक्षम हुन्छन् । कुनै आपांग, कुनै कुरूप, कुनै मेधा, बुद्धि सम्पन्न त कुनै विक्षिप्त मानसिकता लिएर पैदा हुन्छन्। यसको विस्तृत विवेचन महर्षि दयानन्दले आफ्नो ‘सत्यार्थ प्रकाश’ को नवौं समुल्लासमा गरेका छन्। यसको मुख्य कारण मनुष्यले जीवनमा गरेको कर्म, ज्ञान प्राप्ति आदि हो। महर्षिले स्पष्ट शब्दमा लेखेका छन् -‘‘सुख-दुःखमा कमि र बढ्ता देखेर पुनर्जन्मको अनुमान किन लगाउँदैनौं? यदि पुनर्जन्मको व्यवस्था नमान्ने हो भने ईश्वर पक्षपाती हुनुको दोष लाग्छ। पाप बिना दरिद्रता, दुःख र पुण्य बिना पुण्यको राज्य, धनाढ्य र बुद्धि किन पाइयोस्। जन्म देखि लिएर राज-धन, बुद्धि, विद्या, दरिद्रता, मूर्खता, निर्बुद्धि आदि देखेर पूर्वजन्मको ज्ञान किन हुन्न?’’

अब यस सिद्धान्तलाई सम्झनको लागि एक आख्यायिका प्रस्तुत छ-

एक पटक राजा जयद्रथ आफ्नो मंत्री बालादत्का साथ एक उद्यानमा घुम्दै थिए। पंक्षीहरुको चिरविर ध्वनी सुनेर  उनको मनमा प्रश्न उठ्यो – यी पंक्षी किन भए? म राजा किन भएँ? यो मन्त्री, यी साधारण जन किन छन्? यसको उत्तर उनले आफ्नो मंत्री संग जान्न खोजे। मन्त्रीले भने-‘‘मैले जान्न त जान्दैन तर यो अवश्य सत्य हो कि प्रत्येक जीवात्मा कर्मफल व्यवस्था संग जोडिएका छन्। यहाँ संयोग भन्ने कुरो केहि छैन। सबै विधिको न्याय व्यवस्था र उद्देश्यपूर्वक हुने गर्छ। तर पनि हजुरका यी प्रश्नहरुको उत्तर कुनै त्रिकालदर्शी योगीले नै दिन सक्छ”।

राज्यमा एक ‘सरपाह’ नामक योगी जंगलमा कुटि बनाएर रहने गर्दथ्यो। राजाको उत्कंठा यति तीव्र थीयो कि उसंग  भेट्न तत्काल निस्के। उस् योगीले भन्यो कि तिमीलाई आफ्ना प्रश्नका उत्तर यहाँबाट बीस-बीस कोसको दूरीमा बस्ने गरेका तीन व्यक्तिहरुबाट पाइनेछ। जब राजाले पहिलो व्यक्तिलाई भेटे, त्याहाँ देखे कि उस्ले ढुंगा-बालुवा खाँदै थियो र उसको मुखबाट रगत निस्कदै थियो, त्यस संग कुरा गरे पछी उनि अर्को व्यक्तिलाइ भेट्न पुगे जसले माटो खाएर आफ्नो क्षुधा तृप्त गर्दै थियो। त्यस संग पनि कुरो गरेर उनि मन्त्रिका साथ् तेस्रो व्यक्तिलाई भेट्न पुगे त्याहाँ उनले देखे ऊ भोकले ब्याकुल थियो तर केहि पनि खानमा समर्थ थिएन। राजालाई देखेर उसले एउटा कथा सुनायो-

‘‘राजन, पूर्व जन्ममा हामि पाँचजना मित्र व्यापार गर्नको लागि निस्केका थियौं। सबै संग दुई-दुई वटा रोटी थिए। एउटा पोखरीको किनारमा बसेर रोटि खाने योजना बनायौं र चटनी पिस्न लाग्यौं। एक मित्रले चटनीको प्रतीक्षा नगरेर आफ्नो रोटी खायो। त्यसै बेला एक साधु आए, जो भोका थिए। उनले रोटी मागे, हामि मध्ये एकले भन्यो कि ‘‘रोटी तिमिलाई दिएर के मैले ढुंगा-बालुवा खाने”। त्यो व्यक्ति त्यहि थियो जसले बालुवा-ढुंगा खाँदै थियो। हामि मध्ये अर्काले भन्यो -‘‘रोटी तिमिलाई दिएर के मैले माटो खाउँला र।’’ त्यो दोस्रो व्यक्ति त्यहि थियो जसलाई तिमीले माटो खाँदै गरेको देख्यौ। तेस्रो साथीले भन्यो -‘‘रोटी तिमिलाई दिएर म के भोकै बस्ने, यो भन्दा त बरु तिमि नै भोको बस।’’ चौथोले भन्यो –“महाराज मैले आफ्नै रोटि तिमीलाई दिन्थें तर मैले खाइ सकें”। पाँचौ मित्रले आफ्नो रोटि साधुलाई दियो। उनले हामि सबलाई हेरिरहे र भने -‘‘जसको जस्तो भावना छ, उसलाई अर्को जन्म त्यस्तै मिलोस्। त्यसपछी तिमीले हात जोडेर हाम्रो उद्धारको लागि प्रार्थना गर्यौ र ति तिम्रा साथ् जो मंत्री छन् उनले पनि हाम्रा लागि प्रायश्चित गर्ने प्रार्थना गरे। साधुले भने –“अब कुरो मुखबाट निस्की सक्यो, त्यसैले फल त अवश्य भोग्नु पर्छ, तर अर्को जन्ममा तिमीहरुलाई यो सब स्मरण रहनेछ जसबाट शुद्ध हृदय तथा सात्विक वृत्तिको बन्न सकियोस्। यिनीहरु संग भेट भयो भने तिमिहरुको मुक्ति हुनेछ। पुनः ति मित्रहरुलाई लिएर राजा उस् महायोगीलाई भेट्न गए। ति योगीले भने – राजन्, सबले आ-आफ्नो कर्म फल स्वयं नै भोग्नु पर्छ। यिनको वृत्ति त पवित्र थीयो तर कर्म गरेनन् त्यसैले यिनी मंत्री बने। यी तिनको वृत्ति अपवित्र थीयो त्यसैले आ-आफ्नो कर्मफल भोगे।राजाले सोधे –महाराज, तपाई यहाँ किन हाम्रो प्रतीक्षामा बस्नु भयो त? तब महायोगीले भने कि म पनि उस् विधाताको विधान कै अनुसार कर्मफल भोग गर्दै छु। आवेशमा आएर मैले साधु भएर पनि श्राप दिएँ। यसैबाट मुक्ति पाउनको लागि तिमीहरु सबैको प्रतीक्षा गरिरहेको छु।

यस आख्यायिकाको अभिप्राय यही हो कि मानवलाई यो कुरो ज्ञात होस् कि मनुष्य जन्म कर्म अनुसार पूर्व जन्मको कर्म फल भोग्न र पुनर्जन्म सुधार्नको लागि हुन्छ।

यसबाट यी चार तथ्य प्रस्ट हुन्छ-

  • जीवात्माको पुनर्जन्म हुन्छ।
  • उस् द्वारा गरिएको शुभासुभ कर्मको आधारमा नै जन्म हुन्छ।
  • जीवात्माको सूक्ष्म शरीरका साथ उसको धर्म, कर्म तथा ज्ञान साथ-साथ् रहन्छन्।
  • शरीर छोड्ने बेला मनमा जो अधूरो कामना रहन्छ त्यसैको पूर्तिको लागि अर्को जन्म हुन्छ।

प्रथम सिद्धान्त –जीवात्माको पुनर्जन्म हुन्छ। यस तथ्यलाई सिद्ध गर्नको लागि हामीलाई समाजमा अनेकौं प्रमाण पाइन्छन्। केहि सात्विक प्रवृत्तिका जीवात्माहरुलाई आफ्नो पूर्व जन्म बाल्यावस्था सम्म मात्र स्मरण रहन सक्छ। यस्ता अनेकौं घटनाहरु प्रकाशनमा आएका छन् र त्यसको अनुसंधान गर्दा सत्य नै पाइएको छ। एउटा यस्तै घटनाको यहाँ उल्लेख गर्न सान्दर्भिक होला। सन् २०११को जुन २१ मा भारतको एक टेलिविजन प्रसारण केन्द्रले एउटा सत्य घटना आफ्नो समाचार प्रसारणमा देखाएको थियो। त्यस अनुसार ‘‘सात वर्ष पूर्व राजस्थानको कुनै एक गाँउ हनुमानगढीमा एउटा बालकको जन्म भएको थियो, बोल्ने भएपछी उसले पन्जाबीमा कुरा गर्दथ्यो। त्यसले भन्ने गर्दथ्यो कि – “सात वर्ष पहिले मेरो हत्या भएको थियो। म पन्जाबको अबोहर जिल्लाको एक वर्कशपमा काम गर्दथें। मलाई नशालु पदार्थ खुवाएर रेलको पटरीमा फालिएको थियो। मलाई निक्कै यातना पनि दिइएको थियो। मेरो दिमागमा भयङ्कर डर थियो। अब मैले उस संग बदला लिनु छ।त्यस बालकले हत्याराको नाम र ठेगाना पनि भन्यो । त्यसैको आधारमा जब घटनाको अनिसन्धान गरियो र सबै घटना एकदम सत्य पाइयो। त्यस बालकले आफ्नो नाम पनि सुभाष भएको भन्यो। अबोहरको प्रहरी चौकीमा यस घटनाको जाहेरी पनि दर्ता थियो। तर हत्यारा पत्ता लागेको थिएन त्यसैले सजाय हुन सकेको थिएन। हत्याराको पुष्टि त त्यस बालकले उसको नाम भन्ना साथ् नै भैसकेको थियो तर घटना संग सम्बन्धित पर्याप्त प्रमाण नभेटिएको कारणले अदालतले बालकको साक्षी मानेन। यस्ता अनेकौं घटना हिन्दु समाजमा मात्र हैन, विदेश तिर अन्य सम्प्रदायमा पनि पाइएका छन्।

यस घटना संग जोडिएको तथ्य यो पनि विचारणीय छ कि जीवले एक शरीर छोड्ना साथ् तुरन्त अर्को शरीर धारण गर्दछ या केहि काल पश्चात्? यसको उत्तरमा अनेकौं घटनाहरुको विवेचन बाट यही निष्कर्ष निस्कन्छ कि जीवात्मा तुरन्त गर्भमा जाँदैन। यो समय पनि उसको कर्मको आधारमा नै निर्धारित हुन्छ। तर पनि उपनिषदमा भनिएको छ कि जीव जब अर्को शरीर प्राप्त गर्न या स्थितिमा हुन्छ तब मात्र पहिलो शरीर छोड्छ। यसको सत्यता पुष्टि गर्न एउटा सूंडी नामक बित्ते किराको उदाहरण दिएर सम्झाइएको छ। तर अनेकौं वेद मंत्र बाट पनि यही निष्कर्ष निस्कन्छ कि जीव केहि समय आफ्ना उतम कर्मको सुख भोग्न को लागि ईश्वरको व्यवस्थामा रहन्छ । अनि मात्र ईश्वरको व्यवस्थानुसार पुनः गर्भमा आउँछ ।

यजुर्वेदको ३९ औं अध्यायको छैठौं मन्त्रको भाव पनि यस्तै छ  –

‘‘सविता प्रथमोऽहन्नाग्नि, द्वितीये वायु स्तृतीय, आदित्यश्चतुर्थे, चन्द्रमाः पंचमऽऋतुः षष्ठे मरुतः सप्तम बृहस्पतिरष्टमे मित्रो नवमे वरुणो दशमऽइन्द्रऽ एकादशे विश्वेदेवा द्वादशे।’’

अर्थात्, जीवले शरीर छोडे पछी पहिलो दिन सूर्य, दोस्रो दिन अग्नि, तेस्रो दिन वायु,चौथो दिन आदित्य, पाँचौ दिन चन्द्रमा, छैठौं दिन ऋतु (हेमन्त, वसन्त आदि), सातौँ दिन मरुत अर्थात् मनुष्य आदि प्राणी समूह,  आठौँ दिन बृहस्पति अर्थात् विद्वान आत्माहरु मान्यजनको रक्षक सूत्रात्मा वायु, नवौं दिन प्राण उदान, दसौं दिन वरुण अर्थात् विद्युत, एघारौँ इन्द्र अर्थात् दिव्य गुण तथा बाह्रौं दिन विश्व देव-ईश्वरको व्यवस्थामा जान्छ।
यस मन्त्रका अनुसार जीवले शरीर छोडे पश्चात् (सविता) प्रकाश किरणका साथमा रहेर यी लोक-लोकान्तरहरुको भ्रमण गर्दछ तर यी लोक-लोकान्तरहरु के हुन्? कति छन् या के के व्यवस्था छ, यसको विवरण कसैलाई पनि स्पष्ट रूपले जानकारी छैन। फेरी आफ्नो पुण्य कर्मको आधारमा मोक्षको आनन्द ईश्वरको व्यवस्थानुसार व्यतीत गरेर पुनः पृथ्वीमा जन्म लिन्छ।

यस पश्चात् अर्को प्रश्न आउँछ जीवले आफ्नो कर्म अनुसार नै जन्म लिन्छ।

कर्म गर्नु जीवको प्राथमिक आवश्यकता हो। ईश्वरले मनुष्यलाई कर्म गर्नको लागि स्वतंत्र छोडेको छ तर त्यसको फल दिनु ईश्वरको हातमा छ। छान्दोग्य उपनिषदमा भनिएको छ, कर्म तीन प्रकारका हुन्छन् जुन मनुष्यले गर्दछ –

  • पहिलो:- निष्काम कर्म।
  • दोस्रो:- सकाम कर्म।
  • तेस्रो:- साधारण कर्म।

परमात्माले कर्म गर्नको लागि यस सृष्टिको रचना गरेको हो तर उसले स्वयं कर्म गर्दैन। जस्तै फलाम धातु दीइयो, अब त्यसबाट तलवार, भाला, मशीन, सुई आदि बनाउनु मानवको काम हो। हात कर्म गर्ने साधनका रूपमा दिइयो तर त्यसबाट कर्म गर्नु जीवको काम हो।

कर्मका आठ तत्व हुन्छन् –

  • काल तत्व : – अर्थात् जब भोक प्यास लाग्यो भने भोजन गरियो, नींद आयो भने सुतियो।
  • स्वभाव: – भोक लाग्यो भने भोजन बनाउनु यस्तै प्रकारका कार्य।
  • नियति: – जीवन चलाउनको लागि धनोपार्जन गर्नु ।
  • योनि: – मानव योनिमा बुद्धि, विवेकले कार्य गर्नु, पशु योनिमा निश्चित प्रकारका कर्म गर्नु।
  • इच्छा: – कुनै विशेष प्रकारका कर्म गर्नको लागि प्रेरित हुनु।
  • संयोग: – कुनै एक कार्य गर्दा गर्दै कुनै अर्को कार्य पनि गर्दिनु। समय र परिस्थिति अनुसार।
  • आत्मा या सार तत्व: – बुद्धि, आत्मबल या संकल्पका आधारमा अगाडी कर्म गर्नु ।
  • भूतकालमा गरिएका कर्मको आधारमा अगाडी कर्म गर्नु।

यस प्रकारका कर्म गर्नु जीवनको अभिन्न अंग हुन्। तर यिनलाई गरेको आधारमा नै अर्को जन्म पाइन्छ।
१- निष्काम कर्म:- जुन कर्म ज्ञानले परिपक्व भएर विवेकपूर्ण ढंगले कर्तव्य भावना सम्झेर गरिन्छन्, अधिक परिश्रम भए पनि प्रसन्नतापूर्वक गरिन्छन्। फलको इच्छा त्याग गरेर सुख-दुःख अनुभव रहित कल्याण तथा परोपकारको भावनाले गरिन्छन्। ति निष्काम कर्म हुन्। यस्ता जीवात्माहरुलाई योगी, तपस्वी या महापुरुषहरुको जन्म पाइन्छ।

२- सकाम कर्म:- जुन कर्म कल्याणको लागि त गरिन्छन् तर त्यसमा यश तथा स्वार्थको भावना रहती छ जस्तै जनकल्याणको लागि कुवा, पाटि, अस्पताल आदि बनाउनु। यस्ता जीवात्माहरुलाई अर्को जन्ममा भौतिक सुखले भरपूर जीवन पाइन्छ। धनाढ्य या प्रख्यात परिवारमा जन्म पाइन्छ।
३- साधारण कर्म:- जुन कर्म केहि शुभ तथा केहि अशुभ पनि हुन्छन्। साधारण जीवनमा गरिन्छ। केहि स्वार्थको लागि र केहि परोपकारको लागि। यस्ता जीवात्माहरुलाई कर्मको आधारमा कीट-पतंग, पशु-पक्षी, गरीब या साधारण परिवारमा जन्म पाइन्छ। किनकि ईश्वरको विधान छ कि जति पाप कर्म गरियो, जति पुण्य कर्म गरियो, त्यसै अनुसार नै अनेकौं प्रकारका शरीर प्राप्त हुन्छन् तथा अर्को जन्ममा त्यति नै दुःख र सुख पाइन्छ। कसैको निराकरण त यसै जन्ममा हुन्छ। यसै जन्ममा फल प्राप्त हुन्छ तर कसैको अर्को जन्ममा नै हुन्छ। केहि रोगहरुको कारण पनि पूर्व जन्म नै हुन्छ।
महर्षि दयानन्दले यी कर्महरुको आधारमा पाइने जन्महरुको पूरा बेहोरा सत्यार्थ प्रकाशको नवौं समुल्लासमा दिएका छन्। यजुर्वेदको ३९ औं अध्यायको छैठौं मन्त्रको आशय पनि केहि यस्तो छ –

उग्रश्च भीमश्च, ध्वान्तश्च धुनिश्च, सासध्वाँश्चाभियुग्वा,

न विक्षिपः स्वाहा।। (यजुर्वेद: ३९/६)

अर्थ: हे मनुष्यहरुहो, शरीरबाट निस्केर जीव आ-आफ्नो कर्मानुसार उग्र स्वभाव भएकाहरु-कठोर, धर्मात्माहरु-शान्त तथा सहृदय, भय दिनेहरु-पतित, चंचल वृत्तिभएकाहरु-अज्ञानी तथा विद्वान-ज्ञानी भएर विचरण गर्दछन्।

आफ्नो कर्मको आधारमा जीवात्मा पटक-पटक जन्म-मरणको चक्रमा परिरहन्छ। महर्षि दयानन्द कृत ‘ऋग्वेद भाष्य भूमिका’मा पुनर्जन्म प्रकरणमा अथर्ववेदको ५/१/१/२ द्वारा प्रमाणित हुन्छ –

‘‘आयो धर्माणि प्रथमः ससाद ततो वंपूशि कृणुषे पुरुणि।

धास्युर्योनिं प्रथम आविवेशा यो वाचमनुदितां चिकेत।।’’ (अथर्व: ५/१/१/२)

अर्थ: आयो धर्माणि – जुन मनुष्य पूर्व जन्ममा धर्माचरण गर्दछ, ततो वपूषिं कृणुषे पुरुणि – त्यस धर्माचरणको फलले  अनेकौं उत्तम शरीरहरु धारण गर्दछ र अधर्मात्मा मनुष्यले नीच शरीर प्राप्त गर्दछ। धास्युर्योनि-पूर्वजन्ममा गरिएका पाप, पुण्यको फल भोगे पश्चात् जीवात्मा शरीरलाई छोडेर वायुका साथमा रहन्छ। पुनः जल, औषधि, प्राण आदिमा प्रवेश गरेर वीर्यमा प्रवेश गर्दछ, तदन्तर गर्भमा प्रवेश गरेर जन्म लिन्छ। यो वाचमनुदितां – जुन जीवले अनुदित वाणी, सत्य भाषण आदि, त्यस्तै यथावत जानेर, आचिकेत- बोल्दछ। ससाद-यथावत स्थित रहन्छ। त्यो जीवात्मा मनुष्य योनिमा उत्तम शरीर धारण गरेर अनेकौं सुख भोग्दछ। जसले अधर्माचरण गर्दछ, त्यो अनेकौं नीच शरीर अर्थात् कीट-पतंग, पशु-पक्षी आदि शरीर धारण गरेर दुःख भोग्दछ।

यजुर्वेद कै एक अन्य मन्त्र (१९/४७) का अनुसार –

‘‘द्वे सृती अश्रवणं पितृणामहं देवाताभुत मत्र्यानाम्

ताभ्यामिदं विश्वमेजत्समेति यदन्तरा पितरं मातरम् च।।’’

अर्थ: यस संसारमा हामी दुई प्रकारक जन्म सुन्दछौं। एक मनुष्य शरीर र दोस्रो नीच गतिका कारण कीट पतंग आदि। मनुष्य शरीरका तीन भेद हुन्छन्। एक-पितृदेव अर्थात् ज्ञानी हुनु। दोस्रो-देव पुरुष अर्थात् विद्या द्वारा ज्ञान प्राप्त गर्नु। तेस्रो-(मत्र्य)-साधारण मनुष्य। यिनै भेदका कारण (ताभ्यांमिदं- विश्वमेजत्समेति) सबै जीवात्माहरुले आ-आफ्नो पाप तथा पुण्य, शुभ तथा अशुभ कर्मको फल भोग्ने गर्दछन्।

वैदिक मान्यता अनुसार जीवले आ-आफ्नो कर्म अनुसारको शरीर प्राप्त गर्दछन। यसको वैदिक प्रमाण यहाँ राखियो। यस प्रसंगलाई भन्नुको अभिप्राय यही हो कि मनुष्यले वर्तमान जीवनमा शुभ तथा परोपकारी कर्महरु गरुन जसबाट अर्को जन्ममा कम से कम मानवको चोला त मिलोस्। ईश्वरको बेआवाज लठ्ठी बाट डराउने गरौँ किनकि बिना भय मनुष्यले आफ्नो कर्म सुधार्दैन। प्रसंवस् मेरो बाल्य कालको एक घटना मलाई अहिले स्मरण भयो जसले आज पनि मलाई भयभीत गराउँछ। एक पटक भमके (भ्युंडहर सुनपुर)को विद्यालयमा कक्षा-४ मा पढ्दा म लगायत मेरा अन्य ३/४ जना साथीहरुले विद्यालय बाट घर फर्कदा धुर्कोटे बाजेको बारीमा पसेर केरा चोरेका थियौं। भोलि पल्ट यो कुरो विद्यालयका गुरुहरुलाई थाहा भएछ, कक्षामा आएर नेत्रमणि गुरुले हामीलाई सम्झाउनु भयो कि चोरी गर्नु पाप हो। यसको सजाय तिमीहरुलाई यमराजले उम्लेको तेलको कराईमा हालेर दिन्छन्। त्यो भय आज सम्म पनि स्मरण आइरहन्छ र कसैको कुनै वस्तु छुने सोंच पनि मनमा आउँदैन।

अब आउँछ तेस्रो प्रसंग- जीवात्माको साथमा वर्तमान जीवनमा आर्जित ज्ञान, धर्म र परोपकार नै जान्छ। धर्मको अर्थ कुनै स्थलहरुमा गएर सङ्ख फुक्नु, घण्टा बजाउनु, धूप-बत्ति जलाउनु, पूजा-अर्चना गर्नु तथा भेटि-फूल-अक्षेता चढाउनु हैन। धर्मको तात्पर्य हुन्छ-परोपकार गर्नु, दीन-दुःखि तथा असाहायलाई आवश्यक सहयोग गर्नु, सुपात्रलाई दान दिनु, ईश्वरलाई हमेशा आफ्नो साथी मान्नु। आफ्ना मान्यजनहरु तथा विद्वानहरुको सम्मान र सेवा गर्नु। सद्आचरण गर्नु अर्थात् गलत तरीकाले धन आर्जित नगर्नु, आफ्ना ऐषणाहरुलाई येन-केन प्रकारेण गलत तरीकाले प्राप्त नगर्नु। जीवको सबभन्दा ठूलो रहस्य हो- पहिले ज्ञान प्राप्त गर्नु अनि त्यस अनुसार आचरण गर्नु, धैर्य तथा क्षमाशील स्वभाव राख्नु। मनुष्यले वर्तमान जीवनमा जति अधिक ज्ञान प्राप्त गर्दछ, चाहे त्यो कुनै पनि क्षेत्रमा होस्; अर्को जन्ममा त्यहि नै साथमा जान्छ। यसको प्रमाण पनि अनेकौं उदाहरण बाट प्रष्ट हुन्छ।

सन् १९७०मा डेविस एस. विस्कोट नामक एक मनोवैज्ञानिकले एक महिलाको निरीक्षण गर्दा पाएको थियो कि ति महिलाले हरेक प्रकारका वाद्य यन्त्रहरुलाइ सजिलो र पूर्ण दक्षता संग बजाउने गर्दथिन। तर उनले कहीं पनि कहिल्यै कुनै प्रकारको प्रशिक्षण लिएकी थिइनन्।

केहि वर्ष पूर्व लगभग सन् २००३ मा गुरुकुल कांगड़ी विश्वविद्यालय, हरिद्वार, भारतमा एक पाँच वर्षीय ‘आकाश’ नाम गरेको बालक आएको थियो। उसलाई पूरा गीता कंठस्थ थीयो। जहाँबाट पनि श्लोक सोध्दा उसले अर्थ सहित भन्ने गर्दथ्यो। यजुर्वेद पनि कंठस्थ थियो। एक अर्को पाँच वर्षीय बालक तुलसी ले गणितको कठिन भन्दा कठिन प्रश्न हल गरेको थियो ९ वर्षको आयुमा मेट्रिक पास पनि गरेको थियो। यस्तै प्रकारका अनेकौं प्रसंग आजभोलि समाचार माध्यममा सुन्न तथा देख्न सकिन्छ। केहि वर्ष पूर्व समाचार पत्रमा चीनको एक पाँच वर्षीय बालकले विमान उडाएको समाचार छापिएको थियो। सन् १९९७ मा दिल्लीको कीर्ति निषाद भन्ने ३ वर्षको बालकले डेढ कि.मी.को यमुना नदी पार गरेको थियो।

 

तर वैज्ञानिकहरुले उनीहरुको त्यो कौशलता पूर्व जन्मको आर्जित ज्ञान हो भन्ने कुरो मान्दैनन्। उनीहरुको भनाइ छ कि मानव मस्तिष्कमा एक प्रकारको ‘प्रोटोजोया’ नामक रसायन हुन्छ जसमा मस्तिष्कको एक विशेष भाग सक्रिय हुन्छ र यस प्रकारक विलक्षणताहरु आउँछन् तर यसमा प्रश्नचिन्ह लाग्छ कि यत्रो शोध तथा अनुसन्धान हुँदा पनि चिकित्सा शास्त्रीहरुले किन चिर-फार गरेर त्यस रसायनलाई सक्रिय गर्दैनन् त? यदि यस्तो हुन्थ्यो भने यसबाट अनेकौं अपांग तथा मन्दबुद्धि बाल-बालिकाहरुलाई एक राहत प्राप्त हुन सक्थ्यो, तर यस्तो गर्न सम्भव नै छैन।

यहीं आएर विज्ञान असफल हुन्छ र वैदिक ज्ञान सुरु हुन्छ र  ईश्वरको अटूट सत्ता तथा पुनर्जन्ममा प्राप्त ज्ञानको विलक्षणतालाई मान्नै पर्ने हुन्छ। वर्तमान जीवनमा जुन जीवात्माले आफ्नो मस्तिष्कको जति अधिक उपयोग गर्दछ, उसको अर्को जन्म त्यति नै विलक्षणयुक्त हुन्छ। यदि साधारण तरिकाले पनि हेर्नेहो भने आज भन्दा ५०-६० वर्ष पूर्वको भन्दा आजभोलिका बाल-बालिकाहरुको बुद्धि तथा प्रतिभा अधिक विकसित छ।

यिनै प्रत्यक्ष प्रमाणहरु बाट वेदको सत्यताको आधारमा भन्न सकिन्छ कि जीवात्मा संग जोडिएको सूक्ष्म शरीरका साथ पुनर्जन्ममा ज्ञान, धर्म र परोपकार आउने गर्दछन्। यसैको आधारमा जीवात्मालाई वर्तमान जीवनमा सुख तथा सम्पन्नता प्राप्त हुन्छ।

अब आउँछ कि जीवात्माले जुन कामनामा आसक्त भएर शरीर छोड्छ, वर्तमान जन्ममा त्यसैलाई पूर्ण गर्दछ। मनुष्यमा तीन प्रकारमा एषणा हुन्छन्-

  • एक पुत्रेष्णा अर्थात् सन्तानको इच्छा
  • वित्तैष्णा अर्थात् अधिक भन्दा अधिक धनोपार्जन गर्नु र
  • लोकेषणा अर्थात् नाम र यशको इच्छा।

वर्तमान जन्ममा मनुष्यका केहि कमीका कारण यी एषणाहरु पूर्ण भएनन् भने एषणा अत्यधिक गहिरो हुन्छ, जस्तै धनको अभावमा आत्मीयजनको मृत्यु हुनु, उत्तम विद्या आर्जन गर्न नसक्नु, सन्तानको आकस्मिक या कुनै पनि परिस्थितिमा मृत्यु हुनु अथवा यश कामनाको पूर्ति नहुनु आदि। तब यिनको पूर्तिको लागि नै पुनर्जन्म हुन्छ।

वृहदारण्यक उपनिषदमा भनिएको छ कि केहि एषणाहरु वर्तमान जन्ममा पूर्ण हुन्छन् । तर केहि परिस्थितिवश पूर्ण हुन पाउँदैनन्। तब ती इच्छाहरु जीवात्मा संग अत्यन्त गहिरो संग जोडिन्छन् र आत्माले जुन रुप लिन्छ, ति पनि उसै संग जोडिएर कामनामय भएर जन्म लिन्छन। भनिएको छ -‘‘काममयं एवायं पुरुषः’’ जीवात्माले शरीर छोड्ने समयमा जस्ता कामना हुन्छन् अर्थात् तीव्र इच्छा हुन्छ, त्यसले वर्तमान जन्ममा त्यस्तै प्रयत्न गर्दछ तथा त्यस्तै कर्म गर्दछ। यसै उपनिषद्मा भनिएको छ कि जब अन्त समय आउने बेला हुन्छ तब जीवात्मा अन्तर्मुखी हुन थाल्दछ। आँखा खुलै भए पनि उसले केहि देख्दैन, कानले सुनेको भए पनि उसले केहि सुन्न सक्दैन। उसमा बेहोशीको जस्तो अवस्था आउन लाग्छ। त्यसै बेला जीवमा अन्तः ज्योति प्रकाशित हुन्छ । जसले हिता नामको नाडीमा समस्त प्राणलाई एकत्रित गर्दछ। तब उसको सारा जीवन केहि क्षण चलचित्र झैं चल्छ। जीवनमा गरिएका हरेक शुभ-अशुभ कर्म र अधुरै रहेका गहन कामनाहरु सबै सूक्ष्म शरीर संग जोडिन्छन्।

 

भनिन्छ, रोमको सबभन्दा अधिक क्रूर राजा जब मर्न लागेको थियो, अत्यन्त पिडाले छटपटाइ रहेको थियो तब उससंग पादरीले भन्यो कि तिमिले आफ्नो यो असैह्य पीडाको लागि शैतानलाई गाली देऊ। त्यति बेला उसले उत्तर दियो – हैन पादरी अब मैले शैतानलाई पनि गाली दिन सक्दैन किनकि अब मलाई आँफूले जीवनमा गरेका समस्त गल्तिहरुको महसुश भैसकेको छ।

आजका मनोविश्लेषणवादिहरुले पनि यस कुरालाई स्वीकार गर्न लागेका छन् कि मनुष्यको अंत समयमा जुन कामना अत्यन्त गहिराईमा लुकेका हुन्छन्, वर्तमान जन्ममा पूर्ण हुँदैनन्, ति कामनाहरु उसले पुनर्जन्ममा पूरा गर्दछ। ति कामनाहरु चाहे कसै संग बदला लिने होस् या धनको अभावमा अधुरा रहेका काम पूरा गर्ने होस् या कुनै विशेष कार्य गरेर यश प्राप्त गर्ने अभिलाषा होस्, त्यसले अर्को जन्ममा पूरा गर्दछ।

मनुष्यलाई भोग तथा कर्मयोनि पाइएको छ। बाँकी सब भोग योनी हुन्। ईश्वरले मनुष्यलाई बुद्धि, भावना, संवेग तथा पुरुषार्थ गर्ने क्षमता दीएको छ। जीवलाई कर्म गर्नको लागि स्वतंत्र छोडेको छ। त्यसैले सबै मत-पन्थ तथा सम्प्रदायमा एकै शिक्षा दिइन्छ कि शुभ गर, परोपकार तथा सेवा गर। आफ्ना वृद्ध मान्यजनहरुको सम्मान गर, धनोपार्जन खुबै गर तर सात्विक ढंगले,  ईमानदारी संग, घोटाला या अनैतिक तरीकाले हैन। किनकि उसले चाहे वर्तमान जीवनमा त्यसको जसरि पनि उपयोग गरोस् तर यदि यस जीवनमा फल प्राप्त भएन भने अर्को जन्ममा त अवश्य प्राप्त हुन्छ। हुनसक्छ अर्को जन्म व्याधि, दुःख या धनाभावको पाइयोस, अपंगताको पाइयोस्। किनकि यो ईश्वरको विधान हो। उसले मनुष्यलाई कर्म गर्नमा स्वतंत्र  छोडेको छ फल पाउनमा हैन।

भनिन्छ, शोध द्वारा पनि प्रमाणित भैसकेको छ कि शरीर बाट प्राण निस्के पछी पनि लगभग एक डेढ घण्टा सम्म मनुष्यको मस्तिष्क क्रियाशील भइरहन्छ, उसले बाहिरि वातावरणको सबै कुरा सुनेको हुन्छ तर प्रतिक्रिया केहि पनि गर्न सक्दैन। त्यसैले भनिन्छ कि मृत शरीरको नजिक गीताको १८ औं अध्याय, उपनिषद या वेद मंत्रको पाठ गर्नु पर्दछ जसबाट केहि शुभ विचार आत्मामा पर्न सकोस् तथा नया जन्म उत्तम संस्कारका साथ प्राप्त होस्।अस्तु..

नमस्ते..!

  • [आभार: आर्य समाज समुह]

सत्यार्थ प्रकाश

ओ३म्..

सत्यार्थ प्रकाश: 

dayanand

सत्यार्थ प्रकाशको रचना आर्य समाजका संस्थापक महर्षि दयानन्द सरस्वतीले गरेका थिए। यद्यपि उनको मातृभाषा गुजराती थियो र संस्कृतको यति ज्ञान थियो कि उनि संस्कृतमा धाराप्रवाह बोल्ने गर्दथे, तर पनि यस ग्रन्थलाई उनले हिन्दीमा रचे। भनिन्छ कि जब महर्षि दयानन्द सन् १८७२ मा कलकत्तामा केशवचन्द्र सेन संग भेट भए पछी उनकै सल्लाह वमोजिम संस्कृत छोडेर हिन्दी बोल्न आरम्भ गरे। त्यस पछी महर्षि दयानान्दका हरेक व्याख्यानहरु हिन्दीमा हुन थाले र शायद यसै कारणले होला महर्षि दयानन्दले सत्यार्थ प्रकाशको भाषा पनि हिन्दी नै राखे।

महर्षि दयानन्द पुरै भारत देशमा घुमी-घुमी शास्त्रार्थ एवं व्याख्यान गरिरहेका थिए। यस्तैमा उनका अनुयायिहरुले अनुरोध गरे कि यदि यी शास्त्रार्थहरु एवं व्याख्यानहरुलाई लिपिबद्ध गर्ने हो भने त यी अमर हुने छन्। सत्यार्थ प्रकाशको रचना उनका अनुयायिहरुको अनुरोध कै कारण सम्भव भएको हो। सत्यार्थ प्रकाश रचना गर्नुको प्रमुख उद्देश्य आर्य समाजको सिद्धान्त एवं विचार र मान्यताको प्रचार-प्रसार गर्नु नै थियो। यसको साथ साथै यसमा ईसाईइस्लाम एवं अन्य निक्कै पन्थ एवं मतको खण्डन पनि छ। त्यति बेला हिन्दू शास्त्रहरुको गलत अर्थ निकालेर हिन्दू धर्म एवं संस्कृतिलाई बदनाम गर्ने षड्यन्त्र पनि चल्दै थियो। यसैलाई ध्यानमा राखेर महर्षि दयानन्दले यसको नाम ‘सत्यार्थ प्रकाश (सत्य+अर्थ+प्रकाश) अर्थात् सही अर्थको प्रकाश पार्ने वाला (ग्रन्थ) राखे।

सत्यार्थ प्रकाशको प्रयोजन:

 

समाज सुधारक महर्षि दयानन्द सरस्वतीको यस रचनाको मुख्य प्रयोजन सत्यलाई सत्य र मिथ्यालाई मिथ्या नै प्रतिपादन गर्नु हो

यद्यपि हिंदू जीवन व्यक्ति र समाज, दुवैलाई समकक्ष राखेर चल्दछ, तर पनि हिन्दुहरुमा प्राय: देख्ने गरिन्छ कि समष्टिवादीको अपेक्षा व्यक्तिवादी प्रवृत्ति अधिक छ। ध्यानमा लीन उपासकको समीप यदि यसै समाजको कुनै व्यक्ति तड्पी रहेको भए पनि उसलाई ध्यानभंग कै कारण सम्झन्छ। यो कदापि हैन कि ऊ पनि यसै समाजको एक अंग हो। अर्को कुरो १९औं सताब्दीमा अँग्रेजी सभ्यताको निक्कै प्राबल्य थियो। अँग्रेजी प्रचार कै परिणामस्वरूप हिन्दू स्वयं नै आफ्नो संस्कृतिलाई हेय मान्न र पश्चिमको अन्धानुकरण गर्नमा गर्व महशुस गर्न थालेका थिए। भारतीयहरुको भारतीयताबाट भ्रष्ट गर्ने मेकालेको योजना अनुसार हिन्दुलाई पतित गर्नको लागि अँग्रेजी शिक्षा प्रणालीमा जोड दिइएको थियो। विदेशी सरकार तथा अँग्रेजी समाज आफ्ना दलाल पादरिहारु द्वारा ईसाइयतको झण्डा देशको एक कुनाबाट अर्को कुना सम्म फहराउनको लागि करोडौं रुपैया खर्च गर्दै थिए। हिन्दूहरुले आफ्नो धार्मिक एवं राष्ट्रीय गौरव नै गुमाई सकेका थिए। लगभग १००/१५० हिन्दू प्रति दिन मुसलमान बन्दै थिए र ईसाई यसभन्दा पनि अधिक। पादरीहरुले ‘रंगीला कृष्ण  र ‘सीताको व्यभिचार’ जस्ता सैकडौ पुस्तक लेखेर बाड्दै थिए। यस्ता निराधार लान्छानाहरुको उत्तर दिनुको साटो ‘ब्रह्म समाज’का अनुयायी हरुले उल्टै राष्ट्रीयताको नै विरोध गरे। वेद आदि सत्य ग्रन्थ हरुको प्रतिष्ठा गर्नु त परै जाओस्, झन् पेटभरी तिनको निन्दा नै गरे।

महर्षि दयानन्दले आर्य समाज र सत्यार्थ प्रकाश द्वारा यी घातक प्रवृत्तिहरुलाई रोके। उनले त यहाँ सम्म लेखे कि – स्वराज्यको लागि स्वदेशी विचार र स्वदेशमा जन्मेको व्यक्ति नै नेता तथा मन्त्री आदि हुनु पर्दछ। परमात्मा हाम्रा राजा हुन् उनले कृपा गरेर हामीलाई राज्याधिकारी बनाउन्।” यसका साथै उनले आर्य सभ्यता एवं संस्कृतिबाट प्रखर प्रेम र वेदउपनिषद आदि आर्य सत्साहित्य तथा वैदिक परम्परा प्रति श्रद्धामा बल दिए। स्व-समाज, स्व-धर्म, स्व-भाषा तथा स्व-राष्ट्र प्रति भक्ति जगाउन तथा तर्क प्रधान कुरा गरेकै कारणले उत्तर भारतका पढे लेखेका हिन्दू युवाहरुको ध्यान विस्तारै-विस्तारै यता तिर खिचिन थाल्यो जसबाट आर्य समाज सामाजिक एवं शैक्षणिक क्षेत्रमा निक्कै लोकप्रिय हुन सफल भयो। त्यसैगरी नेपालका अमर सहिद सुक्रराज शास्त्रीको परिवार पनि आर्य समाजको मान्यता र विचार प्रति आकर्षित भयो। त्यसैको फलस्वरूप नेपाल आर्य समाजको स्थापना भएको थियो।

 

सत्यार्थ प्रकाशको संरचना:

सत्यार्थ प्रकाशमा चौध समुल्लास (अध्याय) हरु छन्। यसमा यी विषयहरुमा विचार गरिएको छ- बाल-शिक्षा, अध्ययन-अध्यापन, विवाह एवं गृहस्थ, वानप्रस्थ, संन्यास-राजधर्म, ईश्वर, सृष्टि-उत्पत्ति, बंध-मोक्ष, आचार-अनाचार, आर्यावर्तदेशीय मतमतान्तर, ईसाई मत तथा इस्लाम। यसको भाषाको सम्बन्धमा महर्षि दयानन्द सरस्वतिले सन् १८८२ मा यस ग्रन्थको दोस्रो संस्करणमा स्वयं यो कुरो लेखेका थिए –  जुन समयमा मैले यो ग्रन्थ बनाएको थिएँ, त्यस समय संस्कृतमा सम्भाषण गर्ने र जन्मभूमिको भाषा गुजराती भएको कारणले मलाई यस भाषा (हिन्दी)को विशेष परिज्ञान थिएन त्यसैले भाषा अलि अशुद्ध भएको थियो अब यसको भाषा-व्याकरण-अनुसार शुद्ध गरेर दोस्रो पटक छापिएको छ।”

 

मुख्य संदेश:

यसको मुख्य संदेश पारंपरि्क हिन्दू रीति भन्दा अलग र कहीं-कहीं विरूद्ध पनि छ। जो यसप्रकारका छन्: –

  • ओ३म् परमात्माको निज नाम हो। जगतको सृष्टि गरेको कारणले ब्रह्म, सर्वत्र व्यापक हुनाले विष्णु, कल्याणकारी हुनाले शिव, सारा प्रजाका स्वामी तथा पालनहार हुनाले गणपति  र प्रजापति,  दुष्ट दमन गर्ने हुनाले रूद्र  (रुवाउने वाला) तथा सोमअग्नि इत्यादि उसै एक परमात्माका गुणवाचक नाम हुन्।
  • परमात्माको कुनै रङ आकार या स्वरूप छैन। ईश्वरले कुनै अवतार लिन्न, न ऊ जन्मन्छ र न मर्छ, उसलाई कुनै पैगम्बरया मसीहाको आवश्यक पर्दैन, ऊ सर्व शक्तिमान तथा स्वयं सक्षम छ। आफ्नो पुरुषार्थ पूर्ण कर्मको कारणले मात्र कुनै व्यक्ति आदरणीय र सम्मानित हुन्छ। राम र कृष्ण आदरणीय महापुरुष थिए, तर कुनै इश्वरावतार हैनन्। परमात्मा सर्वआनंदमय, सच्चिदानंद छ।
  • देवको अर्थ हुन्छ केहि दिने वाला (दान या कृपा) अतः ऋषि, मुनि या कुनै नदी जसले कैयौंको कल्याण गर्छ, सूर्य, नक्षत्र आदि सब देव हुन्। तर उपासना भने केवल ईश्वर कै गर्नु पर्छ जो यी सबको कर्ता हो। त्यस्तै एकमात्र ईश्वरको नाम नै महादेव हो। वेद मंत्रलाई पनि देव भनिएको छ किनकि यिनलाई आत्मसाथ गर्नाले कल्याण हुन्छ।
  • वेदमा जाति-पाती तथा छुवा-छुत जस्तो घृणित व्यवस्था छैन, वेदमा वर्ण व्यवस्थागुण कर्मको आधारमा हुन्छ; जन्मको आधारमा हैन। राजाको सन्तान आवश्यक छैन कि ऊ क्षत्रिय नै होस्। यो उसको बल, पराक्रम, इन्द्रियजित र कल्याणकारी गुणमा निर्भर छ। इत्यादि..
  • मूर्तिपूजा वेद तथा उपनिषदमा कहीं पनि छैन। मूर्ति पूजनबाट मानिसहरु मूर्तिआश्रित हुन्छन् र पुरुषार्थको लागि प्रेरित हुन्नन् र गर्दैनन् पनि। केवल पुरुषार्थबाट मात्र जीवको कल्याण हुन सक्छ।
  • जीव (आत्मा, पुरुष), प्रकृति र परमात्मा यी तीन एकआपसमा पृथक-पृथक सत्ता हुन्। परमात्माले जीव माथि नियंत्रण गर्दैन, जीव आफ्नो कार्यको लागि स्वतंत्र छन्। परिणाम आफ्नो कार्य कै अनुसार हुन्छ; परमात्माको ईच्छा अनुसार हैन।
  • मोक्ष प्राप्तिको लागि अष्टांग योग, उत्तम कर्म, पवित्रता, यज्ञ(पदार्ध यज्ञ, दान, त्याग र निष्काम कर्म) सदा सत्यको साथ रहनु र मिथ्यालाई दूर छोड्नु, विद्वान पुरुषहरुको सत्संग, विवेक (सत्य र असत्यको विवेचन) इत्यादि गर्न सकिन्छ।
  • ईश्वरको उपासना गर्नाले गरेको अपराध क्षमा हुँदैन- कयौं हिन्दू, ईसाई र इस्लामी तथा अन्य मतमा ईश्वर पूजनले पाप क्षमा हुन्छ भनेर प्रसतुत गरिन्छ (जस्तै: हरि-हरि/नारायण-नारायण/राम-राम/कृष्ण-कृष्ण/गंगे-गंगे/, बिसमिल्लाह या कुनै येशुको नाम उच्चारण गरेर) तर वेदका अनुसार ईश्वरले केवल सत्यज्ञान दिन सक्छ। अपराध क्षमा गर्नु ईश्वर जस्तो न्यायकारी शक्तिको अनुकूल छैन।
  • वैष्णवशैवशाक्तकापालिकचक्राङ्कितर चार्वाक मत वेदलाई बुझ्न नसक्नुको कारणले बनेका हुन्। ईश्वरको कुनै रूप या अवतारको बारेमा वेदमा कुनै विवरण या प्रमाण छैन।
  • श्राद्ध, तर्पण आदि कर्म जीवित श्रद्धापात्रहरु (माता पिता, पितर, गुरु आदि)को लागि हुन्छ, मृतकको लागि हैन।
  • तीर्थदुखबाट तर्नेको नाम हो। कुनै सागर, नदी या सरोवरमा नुहाउनु र कुनै स्थान विशेषमा भ्रमण गर्नु हैन।
  • आत्माको मोक्ष पश्चात सुगम विचरण या सुख भोग गर्नु स्वर्ग र पुनर्जन्मको बंधनमा परेर दुख भोग्नु नरक हो तर स्वर्ग र नरक नाउको त्यस्तो कुनै छुट्टै दोस्रो अथवा तेस्रो संसार छैन।
  • इस्लाम र ईसाई मत खण्डन- ईश्वरले कुनै पैगम्बर या मसीहा पठाउँदैन। ईश्वर स्वयं सामर्थ्यवान छ। ऊ सच्चिदानंद छ। स्वर्ग, नरक, जिन्न आदिको पनि खण्डन।

प्रभाव:

यो स्पष्ट कुरो हो कि महर्षि दयानन्दको मत निक्कै अंधविश्वासहरुको र मतहरुको खण्डन र वेद मतलाई पुनःप्रकाशमा ल्याउनु थियो। त्यसैले कयौं पटक उनलाई प्रचलित हिन्दू, जैन, बौद्ध, इस्लामी र ईसाई मतको मान्यताहरुको खण्डन गर्नु पर्यो। अवतारवाद, शंकराचार्यलाई शिवको अवतार, राम र कृष्णलाई विष्णु नामक सार्वभौमको अवतार मान्नेहरु थुप्रै थिए। त्यसै प्रकार तीर्थ, बालविवाह, सति प्रथा र जन्म संबंधी जाति प्रथा (वर्ण व्यवस्थाको नया रूप) जस्ता थुप्रै व्यवस्थाको उनले सप्रमाण खण्डन गरे। यसबाट निक्कै सुधार हिन्दू समाजमा आयो। केहि विश्वास इस्लामी समाजको पनि बदलियो। केहि यसप्रकार छन-

  • भारतीय स्वाधीनता संग्रामका र नेपालका राणा शासन बिरोधि मोर्चामा डटेका क्रांतिकारिहरुको सर्वप्रिय पुस्तक ‘सत्यार्थप्रकाश’ र ‘ऋषि दयानन्दको जीवनी’ बन्यो, एक अंग्रेज विद्वान शेरोलले यहाँ सम्म भनेको थियो कि ‘सत्यार्थप्रकाश’ ब्रिटिश सरकारको जरो उखेल्ने वाला ग्रंथ हो, वस्तुतः सत्यार्थ प्रकाश उस समयको कालजयी कृति थियो, छ र रहनेछ पनि। यस कालजयी कृतिमा अंग्रेजहरुको विरोध पनि थियो जसबाट अंग्रेज सरकारलाई निक्कै हानि पनि भयो।
  • हिन्दुहरुको धर्मान्तरण रोकियो र मुस्लिम, ईसाई आदि विधर्मि मत अँगालेकाहरुको शुद्धिकरण गरि घर वापसी भयो।
  • बाल विवाह र सति प्रथा जस्तो घृणित र कलंकित प्रथामा रोक लाग्यो तथा सुद्र र स्त्रीले वेद पढ्नु हुन्न भन्ने भ्रान्ति पनि मेटियो।
  • श्रीकृष्ण र देवी सिता माथि लगाइएको भद्दा आरोप र लान्छाना हट्यो एवं उनीहरुको यथार्थ  सत्यस्वरूप प्रकाशित भयो।
  • सत्यार्थप्रकाशले स्त्री-जातिलाई चरणकी दासीबाट उठाएर जगदम्बाको सिंहासनमा विराजमान गरायो।
  • मूर्तिपूजाको स्वरूप बदलियो, पहिले मूर्तिलाई नै ईश्वर मान्नेहरु अहिले मूर्तिपूजाको विभिन्न मनोविनोद पूर्ण व्याख्या गर्ने असफल प्रयास गर्दछन्।
  • हिन्दु विद्वान वीनायक दामोदर सावरकरको शब्दमा सत्यार्थप्रकाशले हिन्दू जातिको चिसो भैसकेको नश नाडीमा उष्ण रक्तको संचार गर्न सफल भयो।
  • सत्यार्थप्रकाशले भारतमा हिन्दी भाषाको महत्व बढायो।
  • नेपालमा पनि विसं २००४ सालमा तीनधारा संस्कृत पाठशालाका विद्यार्थीहरूले ‘जयतु संस्कृतम’ को आन्दोलन ल्याउनमा यसैको भूमिका थियो।
  • सत्यार्थप्रकाश एक्लैले अनेकौं क्रन्तिकारी र समाज सुधारक पैदा गर्न सफल भयो।
  • सत्यार्थप्रकाशले वेदको महत्त्व बढायो, वेदको प्रतिष्ठालाई हिमालयको शिखरमा स्थापित गरिदियो।
  • सत्यार्थप्रकाशको प्रभाव विश्वव्यापी भयो, बाइबल, कुरान, पुराण, जैन आदि सबैका ग्रंथहरुमा हेरफेर गरियो, श्लोकहरु बदलिए या हटाइए, व्याख्याहरु बदलिए, सत्यार्थप्रकाशले धर्मको क्षेत्रमा मानौं सम्पूर्ण पृथ्वीमा हलचल मच्चाउन सफल भयो।
  • फरवरी-१९३९ मा कलकत्ताबाट छापिने ‘एपिफेनी विक्ली’ मा स्वर्ग र नरकको अवधारणा बदलियो। साप्ताहिक पत्रले लेखेको थियो- “What are hell and heaven? ..Hell and heaven are spiritual states; heaven is enjoyment of the presence of God, and Hell Banishment from it”. यसमा आर्य विचारधारा (सत्यार्थ प्रकाश जसको सबभन्दा प्रमुख पुस्तक हो) को प्रभाव देखिन्छ।
  • भारतको कन्याकुमारीमा स्वामी विवेकानंदको शिला स्मारक भवनमा कुनै मूर्ति राखिएन। ‘रामकृष्ण मिशन’ मूर्तिपूजाको विरोधी चाहिं हैन।
  • कुरानको भाष्य फतह उल हमीद ले मुसलमानहरुको समाधिस्थल, पीर या दरगाह पूजा गलत भएको स्वीकारे। यसमा मौलाना हालीले मूर्ति पूजामा आफ्नो बिरोध जनाउदै भने कि “मुसलमानहरुले नबीलाई खुदा मान्नु र समाधिस्थलमा जानु पनि उचित हैन”।
  • पुराणहरुको, साखिको र हदीसहरुको मान्यता घट्न थाल्यो। उदाहरणार्थ, भारतको जबलपुरमा सन् १९१५मा आर्य समाजिहरुका साथ शास्त्रार्थमा मौलाना सनाउल्लाले हदीसबाट आफ्नो संलग्नता छोडे।

तर आजभोली आर्य समाजको आलस्यको कारण वेद पठन पाठन र सत्यार्थ प्रकाशको प्रचार प्रसार राम्रो संग नहुनाले पुनः ति कुसंस्कारहरुले मुन्टो उठाउदै छन्। यसबाट बच्न पुनः वैचारिक क्रान्तिको लागि युवाहरु तयार हुनु पर्यो। वेद विरुद्ध मत खण्डन र वेद मतको मण्डनको लागि शास्त्रार्थ गर्न सबैलाई आह्वान् गर्नु पर्यो.. ।

शरीरको कुनै अंगमा उठेको सईनखटिराको बिष शरीरभरि फैलिन बाट रोक्न ठूलै शैल्यक्रिया नै गर्नु पर्छ, आवश्यक परे उक्त अंग नै काटेर फाल्न पनि तयार हुनु पर्छ, त्यसमा केहि पिडा पनि सहन गर्न सक्नु पर्छ नत्र मृत्यु पक्का छ..।

ईश्वरले सबैमा सद्वुद्धि प्रदान गरुन्, सत्य र असत्य छुट्याउन सक्ने शक्ति तथा ज्ञान प्रदान गरुन्.. ।अस्तु..

नमस्ते..!

-प्रेम आर्य

(दोहा, कतार बाट)

वेद पाठ: ऋग्वेद- १/३/१० (अन्तिम भाग)

पूर्व प्रकाशित भाग (वेद पाठ: ऋग्वेद- १/३/१०) बाट क्रमशः…

प्राचिन चिन्तन:

ब्राह्मण-आरण्यक र उपनिषद्:

पावकाः :- जो निश्चय नै कल्याणकारी र शान्त स्वभावि छ, त्यसलाई पावक अर्थात् पवित्र गर्ने वाला भनिन्छ।[(यद् वै शिवं शान्तं तत् पावकम् (माश: ९/१/२/३०)] वायु [वायुर् वै पावकः (जै: २/१३७)] र जल [आपो वै पवित्रम् (काठ: ८/८, जै: १/१२१)] को नाम निश्चय नै पावक हो किनकि यी सबैले मलिनतालाई धोएर परिष्कृत गर्दछन्। औषधिहरु पनि पवित्र गर्ने पावका नामले चिनिन्छन् [ओषधयः वै पावकाः (मै: ८/१/९)]।

निष्कर्ष: शुद्ध-पूत, सौम्य-शान्त र सरस वस्तुको नाम पावक हो । वायु, अग्नि, जल र वनस्पति-औषधि आदि समस्त पदार्थ, मलिनतालाई परिशुद्ध गरेर तिनलाई नविनताले भरपूर गरिदिन्छन्।

सरस्वती: कामनाहरुलाई दोहन गर्ने वाली देवी सरस्वती हुन् [दुहे कामान् सरस्वती (काठ: ३८/८)] । वाणी नै निश्चय गरेर सरस्वती हुन् [वाक् वै सरस्वती (मै: २/१/२६, माश: २/५४/६)]। त्यसैले जैमिनिय ब्राह्मणमा भनिएकोछ कि “वाणी रुपक सरस्वतीलाई स्वाहारकारले परिग्रहण गर्नु पर्छ”[वाचं सरस्वतीं स्वाहाकारेण परिगृह्णीयात् (जै: १/८२)] ।

यी सरस्वती जलको पृष्ठभाग हुन् [एषा वा अपां पृष्ठं यत् सरस्वती (तै: १/७/५/५)] । नदीहरुमा सरस्वती नदि एक यस्ती नदि हुन् जो गिरीहरूबाट निस्केर समुद्र सम्म शुद्ध जलराशिलाई वहन गर्दै लैजान्छीन्। उपकूलवर्ति प्रदेशहरुलाई शस्य-संपद्ले भरपूर गर्दै पृथ्वीवासिहरुको लागि गो-महिष आदिले दुधको दोहन गर्दछिन्-

[एका चेतत् सरस्वती नदीनां, शुचिर् यति गिरिभ्य् आ समुद्रात्।

रायश चेतन्ती भुवनस्य भूरेर्, घृतं पयो दुदुहे नाहुषाय।।(मै: ४/१४/७)]।

निष्कर्ष: सरस्वती शब्दको दुई अर्थ हुन्छन्- वाणी नदि। ब्राह्मण र उपनिषद् साहित्यमा प्रसंगानुसार यिनको विविध प्रयोग प्राप्त हुन्छ ।

वाजिभिः : अमृत अन्नको नाम हो- [अमृतोन्नं वै वाजः (जै.२/१९३)]। सोम निश्चय गरेर नै वाज हो-[ सोमो वै वाजम् (मै: ४/५/४)]। समस्त विर्य पनि निश्चय गरेर नै वाज हो- [वीर्यं वै वाजाः (माश: ३/३/४/७)] ।

निष्कर्ष: प्राचिन वैदिक साहित्यमा अन्न अर्थमा सामर्थ्य र विर्य आदि अर्थमा वज शब्दको प्रयोग प्रचलित छ।

यज्ञम्: आत्मा नै निश्चित रुपले यज्ञ हो [आत्मा वै यज्ञः(माश. ६/२/१/७)]। प्रातः सवन, माध्यंदिन-सवन र सन्ध्या-सवन रुपी त्रि-सवनहरुको नाम यज्ञ हो [त्रि-षवणो यज्ञः(जै. १/३००)]। यो ऋक्-साम-यजुः रुपी त्रयी विद्या पनि यज्ञ हो [सैषा त्रयी विद्या (ऋक्-साम-यजूंषि) यज्ञः (माश. १/१/४/३)]। यज्ञको आत्मा यजमान हो, यजमानकी पत्नी श्रद्धा हो, साधकको शरीर समिधा हो, त्यस साधकको उरुप्रदेश यज्ञवेदी र साधकका रौँका पंक्तिहरु ‘जो साधना-जन्य उपलब्धिले पुलकित छन् ति’ यहाँ कुशा हुन् [यज्ञस्यात्मा यजमानः, श्रद्धा पत्नी, शरीरम् इध्मम्, उरोर वेदिर्, लोमानि बर्हिः(तैआ. १०/६४/१)] ।

निष्कर्ष: कुनै एक विलक्षण साधनाको नाम यज्ञ हो, जसमा साधकको आत्मिक उन्नति र नैतिक तथा व्यवहारिक मर्यादाहरुको पल्लवन हुन्छ ।

यज्ञं वष्टु: ‘यज्ञको कामना गरौँ’ जो भनिएको छ, यसको अभिप्राय – ति देवी सरस्वतीले यज्ञको हवन गरुन् अर्थात्, अभिष्ट देवताहरुको समिप यसलाई पुर्याउन् भन्ने हुन्छ [ऐ.आ.१/१/४]।

धिया-वसु: : वाणी निश्चय नै प्रज्ञा रुपी धनले धनवती छ। होताले उनै ‘धिया-वसु’ सरस्वतीमा वाणी स्थापित गर्दछ [ऐ.आ. १/१/४]।

वसु: : माध्यंदिन शतपथ ब्राह्मणमा वसुहरुको संख्या आठ भनिएको छ। यथाक्रम-  अग्नि, पृथ्वी, वायु, अन्तरिक्ष, आदित्य, द्यौ, चन्द्रमा र समस्त नक्षत्रको रुपमा चिनिन्छन् ।सबैलाई अस्थापित गर्ने हुनाले यीनलाई वसु भनिन्छ। यद् इदं सर्वं वास्यन्ते तस्माद् वसव इति। [कतमे वसव इति। अग्निश् च पृथ्वी च वायुश् चान्तरिक्षं चादित्यश् च द्यौश् च चन्द्रमाश् च नक्षत्राणि चैते वसव एते हीदं सर्वं वास्यन्ते ते यद् इदं सर्वं वासयन्ते तस्माद् वसव इति (माश. ११/६/३/६)]। छान्दोग्य उपनिषद् कानुसार यज्ञका तीन सवन मध्ये प्रातः-सवन त वसुहरुको उद्देश्यले गर्ने गरिन्छ- [वसूनां प्रातः-सवनम्। रुद्राणां माध्यंदिन-सवनम। आदित्यानां च विश्वेषां च वेदानां तृतीय-सवनम् (छा.उ.२/२४/१)]।

यास्क र द्रुर्ग : सरस्वती शब्दको नदी र देवता जस्तो दुई प्रकारले वैदिक प्रयोग पाइन्छ-[तत्र सरस्वत्य् एतस्य नदीवद् देवतावच् च निगमा भवन्ति (निरु. २/२३/३)]। माध्यमिका वाक्- [सरस्वती= वाक् (निघं.१/११); पद मध्यस्थानि (निघं. ५/५) सरस्वत्यः = नदी (निघं. १/१३)], हामीलाई जलले प्रक्षालित गर्दिने वाली, अन्न भन्दा अन्नवती अथवा हविष् र उदक भन्दा हविष्मती र उदकमती, कर्म रुपक धन वाली, वाज अर्थात् अन्न युक्त उनले यो हाम्रो यज्ञको कामना गरुन् या ऋचाहरु आदिको भावनाले भावित उनले (यो यज्ञलाई या यज्ञिय पदार्थहरुलाई) देवताहरुको समिप लैजाउन।

स्कन्दस्वामी : शोधित गर्ने वाली, पापहरु दूर गर्ने वाली अथवा उदकलाई क्षारित गर्ने अर्थात् वृष्टि गर्ने वाली-[सोमः पवते जनिता मतीनाम् (ऋ.९/९६/५) का अनुसार √पुञ् क्षरणे धातु बाट ‘ण्यन्त’ प्रत्यय स्विकार गर्नाले यस अर्थको सिद्धि हुन्छ।] हाम्रो आफ्नो मध्यस्थना वाक् हो। यजमानहरुको लागि जुन हविः-लक्षण-अन्नहरु उनले प्रदान गर्द्छीन्, ति हविः-लक्षण-बाट उनि हविः-लक्षण-अन्न वाली हुन् अथवा हविः-लक्षण-अन्नले युक्त छिन्-[तृतीया विभक्तिको निर्देशन मान्नाले वाजिनीवती अर्थ हुन्छ – हविः-लक्षण-अन्नले युक्त] । बल र वेगको नाम वाज हो-[वाजः = बल अथवा वेग (निघं. २/९) । ग्रन्थकारका समयमा वाज शब्दको यि दुई अर्थ बहु प्रचलित भएका हुन सक्छन्। तर आजको मुद्रित निघंटुमा यि दुई अर्थको मान्यता छैन। आज त वाजः = अन्न (निघं. २/७) यस प्रकारको पाठ उपलब्ध हुन्छ।], यसबाट युक्त जो हुन्, ति वाजिनी हुन्। वाजिनी, ‘सरस्वतीका सेना’ यसप्रकारले भन्न सकिन्छ। त्यस् सेनाले युक्त वजिनिवती सरस्वती हुन्। अथवा वाजको अर्थ हविः-लक्षण-अन्न हो, त्यो जो संग छ, ति वाजिनी हुन् अर्थात् यागक्रियालाई विस्तार गर्ने वाली हुन्। त्यस् विस्तारित यागक्रियाले संप्रिक्त देवी सरस्वती हुन्। प्रज्ञा रुपक धन वाली अथवा समस्त अर्थहरुलाई प्रज्ञा द्वारा व्याप्त गर्ने वाली ति देवी सरस्वतीले यज्ञको कामना-[कामनाले ‘आगमन गर्नु र उत्तम रुपले सेवन गर्नु’ यस प्रकारको अर्थ लक्षित हुन्छ। प्रायशः यो देखिन्छ कि जसले जे को कामना गर्दछ, त्यो त्यसको निकट आउँछ र सेवन पनि गर्दछ।] गरुन् अर्थात् उनि यज्ञमा आउन् र यज्ञको सेवन गरुन्।

वेंकट माधव: शोधन गर्ने वाली हाम्री सरस्वती, अन्नहरुले अन्नवती छिन्। उनले यज्ञको हवन गरुन अथवा यज्ञको कामना गरुन, किनकि उनि प्रज्ञा द्वारा सर्वत्र (जड-चेतनमय पदार्थमा) निवास गर्ने वाली हुन् अथवा सबको लागि आवासप्रदान गर्ने वालीहुन्।

सायण र मुद्गल: सरस्वती-[सरस्वती = देवता पदनाम(निघं. ५/५/१८)] देवी, निमित्त बन्दै, हविः:-लक्षण-अन्नहरु द्वारा यजमानहरुको लागि निमित्त बन्दै, दातव्य अन्नहरू द्वारा हाम्रो यज्ञको कामना गरुन्। कामना गरेर उनले त्यसको निर्वहन पनि गरुन्। ऐतरेय आरण्यक काण्डमा यस मन्त्रको व्याख्यान गरिएको छ- ‘’उनले यज्ञको कामना गरुन’’ यस प्रकारले जो भनिएको छ, “उनले यज्ञको हवन गरुन्” यस अर्थको लागि भनिएको हो-[‘यज्ञं वष्टव् इति यद् आह, यज्ञं वहतु इत्य् एव तद् आह’ (ऐ.आ.१/१/४)] । कस्ती सरस्वती? शोधन गर्ने वाली-[पावं कायातीति पावका (‘कै गै रै’,आतोनुपसर्गे कः अष्टाध्यायी-३/२/३) इति ‘क’ प्रत्ययः]। अन्न जस्ति क्रिया वाली-[शायद, यसको अर्थ यो हो कि जसरि उदरमा अन्न पुगेर रस, रक्त, मांस. मेद, अस्थि, मज्जा र शुक्र को रुपमा क्रमशः परिवर्तित हुन्छ, ठिक त्यस्तै परकार सांसारिक समस्त व्यवहारहरुमा देवी सरस्वती स्वयं उपस्थित रहेर उनलाई क्रियाशील बनाउँछिन्-सम्पादक]।  कर्म द्वारा प्राप्त धनको निमित्तभूता हुन् । वाग्-देवी यस प्रकार धनको निमित्तभूत हुन्। युअस सन्दर्भमा वेदको आरण्यक काण्डको मन्त्र द्वारा यसको व्याख्या गरिएको छ, यथा- “ति धिया-वसुले यज्ञको कामना गरुन अर्थात् वाणी नै धिया-वसु हुन्।”- [यज्ञं वष्टु धिया-वसुर् इति, वाग् वै धिया-वसुः(ऐ.आ.१/१/४)] ।

महर्षि दयानन्द: जो वाणी वाजेभिः = समस्त विद्या प्राप्तिका निमित्त बनेका, अन्नादि -[वाजः = अन्न (निघं.५/६)] पदार्थका साथ, वाजिनि-वती = सकल विद्याले सिद्धि गरिएको क्रियाले युक्त छन्- [यसबाट यो सिद्ध हुन्छ कि त्यो वाणी अर्थात् क्रियाको प्राप्तिको हेतु बनेको जो व्यवहार छ, त्यसबाट युक्त छन्। वाजिनी शब्द बाट गमनार्थ र प्राप्त्यर्थ क्रिया-द्वयको ग्रहण गरिन्छ। (महर्षि दयानन्दको आफ्नो भाष्यमा यस मन्त्रमा आफ्नो टिप्पणी)]। धिया-वसु: = जुन सुद्ध कर्मका साथ् निवास प्रदान गर्ने वाली हुन्, पावका = जो पवित्र  गर्ने वाला व्यवहारहरुलाई शब्दले प्रस्फुटित गर्ने वाली हुन्, सरस्वती = जो प्रशंसित ज्ञानादी गुनले युक्त, समस्त विद्यालाई पुर्याउने वाली हुन्, उनि नः = हाम्रो यज्ञम् = शिल्पविद्याको महिमा र कर्मलाई वष्टु = प्रकाशित गर्ने वाली बनुन्।

कपाली : वाग्देवीले हाम्रो यजनको कामना गरुन्। ति देवी कस्ती? शोधन गर्ने वाली र सम्वृद्धि स्वरुपा हुनाले बहुविध समृद्धि युक्त छिन्। फ्री कस्ती छन्? बुद्दि द्वारा प्रज्ञावती पनि छिन्।

विनोबा : यज्ञ:

१) ईश्वरार्पण, मानव-सेवा, तपः, नियतभोग र त्याग आदिको नाम यज्ञ हो।

२) यज्ञ पाँच प्रकारका हुन्छन्-द्रव्य, जप, तपः, योग र चिंतन।

३) ब्रह्मा र जीवलाई जोड्ने कडीको नाम यज्ञ हो।

४) यज्ञ बाट प्राकृतिक-शक्ति, दान बाट सामाजिक-शक्ति, र तपः बाट मानसिक-शक्तिको विकास हुन्छ।

वसु: वसु आठ मानिएका छन्- आपः, अनिल, प्रभास, प्रत्यूष, सोम, धारा र पावक। [धरो ध्रुवश् च सोमश् च ह्यापश् चैवानिलोSनलः। प्रत्युश् च प्रभाश् च वस्वोष्टाव् इतिरिता (बृहज्-जावालोपनिषद्-४/२०)]। यस्मा पावक नामक वसु सर्वश्रेष्ठ हुन्छ। प्रमाण यथा- वसूनां पावकश् चाश्मि।–(गीता: १०/२३)

अस्तु..

मूल लेख: हिन्दी

लेखक/प्रकाशक: बेनामि

अनुवादक: प्रेम आर्य

(दोहा, कतार)

हिन्दुहरुको महा-कलंक: बलि प्रथा…

ओ३म्..

बलि प्रथा:

Untitled

हिन्दुहरु जसले आँफूलाई सनातन वैदिक धर्मि भन्न रुचाउँछन्, त्यसै समाजको ठूलो कलंकको रुपमा भनौं या जंगलीपन र निर्दयिताको पराकाष्ठा हो यो बलि प्रथा।

पशु-पंक्षीको बलि देवी-देवताहरुलाई प्रसन्न गर्नको लागि प्रयोग गर्ने गरिन्छ। बलि प्रथा अंतर्गत बोका, कुखुरा, हाँस, राँगा आदि काटिने प्रचलन छ। प्रश्न उठ्न सक्छ कि के बलि प्रथा सनातन वैदिक धर्मको कुनै भाग हो?

या केवल जिब्रोको स्वाद मेटाउनको लागि सुरु गरिएको कुसंस्कार हो? कुनै पनि वैदिक साहित्यमा बलि प्रथाको कहीं कतै पनि गन्ध पाइन्न।

”मा नो गोषु मा नो अश्वेसु रीरिष:।”- ऋग्वेद १/११४/८
अर्थ: हाम्रा गौ र घोडाहरुलाई न मार।

समस्त वैदिक विद्वानहरुको मान्यता छ कि हिन्दु समाजमा धर्मको नाउमा लोक परंपराको धारा पनि जोडिदै गयो र त्यसलाई सनातन धर्मको नै एक भाग मान्न थालियो। जस्तै बरको वृक्षबाट असंख्य लहराहरू निस्केर आफ्नो अलग ‍अस्तित्व बनाउन सक्षम हुन्छन् तर ति लहराहरू वृक्ष बन्न सक्दैनन्। त्यसैगरी सनातन वैदिक आर्य धर्मको छत्रछायामा अन्य परम्पराहरुले पनि जरो गाडेका छन्। यसलाई कसैले पनि कहिल्यै रोक्ने प्रयास गरेन।

बलि प्रथाको प्रचलन हिन्दुको शाक्त र तान्त्रिक सम्प्रदायबाट सुरु भएर अन्य सम्प्रदायमा पनि मौलाएको छ तर यसको कुनै धार्मिक आधार भने छैन। अनेकौं समाजमा केहि मनोकामना पूर्तिको लागि भाकल गर्ने र पछी बलि चढाउने प्रचलन छ। कसैको जन्म या बिवाह जस्तो खुशीको मौकामा पनि बलि दिने प्रचलन छ। यहाँ सम्म कि एमाले दलका नेता मनमोहन अधिकारि प्रधान मन्त्रिको पद ग्रहण गर्दा पनि कालो बोको बलि चढाइएको थियो। जो कि एकदमै अनुचित हो। आज पनि नव दुर्गाको पंचमी र अष्टमीको तिथिमा लाखौं संख्यामा ति निर्दोष तथा मूक पशु-पंक्षीहरु देवीको नाउमा काटिन्छन्। वेदले यस्तो कुनै पनि प्रकारको कुकृत्यलाई अनुमति दिन्न। यो धार्मिक हैन, अधार्मिक छ। हिन्दु बर्बरताको नमुना हो। असभ्य तथा जंगलीपनको परिचायक हो। यो दुत्कार्य र निन्दनीय कार्य हो..!

वेदमा समस्त प्राणीलाई रक्षा गर्ने आदेश दिइएको छ र जसले तिनलाई मार्छ, त्यसलाई पनि मार्ने आदेश दिन्छ-

”इममूर्णायुं वरुणस्य नाभिं त्वचं पशूनां द्विपदां चतुष्पदाम्।
त्वष्टु: प्रजानां प्रथमं जानिन्नमग्ने मा हिश्सी परमे व्योम।।” (येजुर्वेद: १३/५०)

अर्थ: ”ऊन जस्ता रौँ गरेका भेडा-बाख्रा, ऊट आदि चौपायहरु र पक्षिहरु आदि दुई खुट्टे प्राणीलाई नमार।”

” न कि देवा इनीमसि न क्या योपयामसि। मन्त्रश्रुत्यं चरामसि।।’- सामवेद: २/७
अर्थ: ”हे देवहरु हो! हामि हिंसा गर्दैनौं र यस्तो अनुष्ठान पनि गर्दैनौं, वेद मंत्रको आदेशानुसार नै आचरण गर्दछौं।”

वेदमा यस्ता असंख्य मंत्र र ऋचाहरु छन् जसबाट यो सिद्ध गर्न सकिन्छ कि सनातन वैदिक धर्ममा बलि प्रथा निषेध छ र यो सनातन धर्मसंग सम्बन्धित छैन। जसले बलि प्रथाको समर्थन गर्दछन तिनले धर्मविरुद्ध दानवी आचरण गर्दछन। यस्ता व्यक्तिको लागि दण्ड पनि नियत छ। ईश्वर न्यायाकारी छ, मृत्यु पछी त्यसले उचित दण्ड अवश्य पाउँछ।

पशुबलिको यो प्रथा कहिले र कसरि प्रारम्भ भयो, भन्न कठिन छ। कसैले तर्क दिन्छन कि वैदिक कालमा यज्ञमा पशुहरुको बलि दिइन्थ्यो। यस्तो तर्क दिनेहरु ति हुन् जसले वैदिक ऋचाहरुको गलत अर्थ निकालेर भ्रम सिर्जना गर्दै आफ्नो स्वार्थ सिद्ध गर्दछन। वेदमा पाँच प्रकारका यज्ञको वर्णन पाइन्छ। अग्निहोत्र, दर्शपूर्णमासौ, चातुर्मस्यानि, पशुयाग र सोमयज्ञ। यी सबमा कहीं कतै पशु बलिको गन्ध मात्र पनि छैन। अस्तु..

नमस्ते.!

-प्रेम आर्य

(दोहा, कतार बाट)

।।ओ३म्।।

विजया दशमी समस्त प्राणीहरुको लागि सुखदायी र कल्याणकारक बनोस्..

Untitled

-श्याम कुमार आर्य

झुट, छल-कपट, धोका र बेइमानी द्वारा हामी अर्कोलाई जित्न सक्दछौं, यो चतुराई हो। तर सत्य, ईमानदारी, नम्रता, सेवा, दया र परोपकार जस्ता कार्य बाट पनि अरुको मन जित्न सक्नुहुन्छ, यो बुद्धिमत्ता हो । तपाईं बिचार गर्नुहोस्, यी दुई पक्षमा कुन चाही पक्ष अधिक उत्कृष्ट होला ? साथै आउदै गरेको विजया दशमी (बडा-दशैं)को समस्त नेपाली परिवारलाई हार्दिक शुभकामना ब्यक्त गर्दछु!

दशैं कसैको दशा नबनोस, सबैको कल्याणकारी होस, एक प्राणीले अर्को प्राणीको प्राण लिएर कसैले पनि दशैं नमनाउनुस्। नयाँ कपडा लाउन पाउने, मावल जान पाउने, दिदी-भिनाजु आउने, दशैं भरि काम गर्नु नपर्ने, रोजेको खान पाउने, बहुतै रमाईलो गर्ने पाउने बालक देखि नै उल्लासपूर्ण लाग्ने दशैं-तिहार कहिले आउँछ भनेर आमालाई दिनका दिन सोध्ने त्यो अतित फेरी वापस त हुँदैन होला तर पनि मनमा उत्सव चाहिं उतिकै हुँदो रहेछ ।

विजया दशमीको २५ दिन पहिले देखी विजया दशमिको ५ दिन पछि अर्थात् पुर्णिमा को दिन सम्म प्रत्येक दिन यज्ञ गर्नाले पृथ्वी को पर्यावरण शुद्ध भएर संसारका प्राणीहरु रोग मुक्त हुन्छन, यज्ञ गर्नेलाई पारलौकिक फल मिल्छ, अन्न उब्जनी, फलफुल आदि वनस्पति आदिको वृद्धि हुन्छ, संसारमा शान्तिको वातावरण सृजना हुन्छ, सबको बुद्धि सकारात्मक हुन्छ, सबैको प्रगति हुन्छ, राष्ट्रको हित हुन्छ, वर्षा शुद्ध वर्षिन्छ, समस्त प्राणीहरु सुखी रहन्छन् । यो धर्ति स्वर्ग बन्दछ । यसको बिपरित गरे ठिक उसै प्रकार बिपरित फल मिल्दछ।

ईश्वरले सबैको कल्याण गरुन, प्रत्येक प्राणी सुखि रहुन, मन मस्तिष्क तथा हृदय सबको श्रेष्ठ बनोस, कोहि गरिब नहुन, कोहि दु:खी नहुन, सबको मनुष्य आयु यथावत रहोस । दुर्गा-देवी ईश्वरको गुणवाचक नाम हो र ईश्वरले सबैलाई सफल एवं विजयी बनाउने, फेरी पनि नेपाली हरुको महान चाडपर्व वियजी दशमीको धेरै-धेरै शुभकामना !

संसारमा जे हुन्छ, के त्यो ईश्वरको इच्छा अनुसार हुन्छ ?

ओ३म्..!

“प्रत्यक प्राणीको आयु निश्चित हुन्छ। हरेक जीव ले जो कार्य गर्छ, त्यो ईश्वराधीन हुन्छ। ईश्वर को ईच्छा बिना त धुलोको कण पनि उड्न सक्दैन। र एउटा पात पनि हल्लिन सक्दैन।”

हामीहरु प्रायः दैनिक रुपमा यस्तै कुरा सुन्ने गर्छौं। आज भोलि सत्संग का नाउमा तथाकथित् गुरुहरुको व्यापारिक-प्रवचनमा पनि यस्तै कुरो पटक-पटक दोहोरिने गर्छ। र हामि मख्ख परेर केवल सुन्ने मात्र गर्छौं।

सत्यता केहो भने कतिपय यस्ता कुरा त परमात्मा को अन्ध-श्रद्दा र अतिरेकमा भनिन्छ, जो साधारण व्यक्ति ले सुन्छ र राम्रो पनि मान्छ र ठिक पनि। तर यस्तो कुरो सिद्धान्ततः गलत सावित हुन्छ। परमात्माको ईच्छा बिना केहि पनि हुन सक्दैन, हामि एक पाइला पनि चल्न सक्दैनौं भन्नु नितान्त वेद बिरुद्ध छ। यदि यो मान्न लाग्ने हो भने जीव को कर्मफल-सिद्धान्त खण्डित हुन्छ। किनकि जो यो संसार मा भईरहेको छ, त्यो परमात्मा को ईच्छाले हुन्छ र जसको ईच्छाले कर्म हुन्छ त्यसको सुभाशुभ फल पनि त्यसैलाई मिल्छ। अर्थात्, सब कर्म को फल ईश्वर ले भोग्नु पर्ने भो !! यस्तो कदापि हैन र हुन्न पनि। जो कर्म जीवात्मा ले गर्छ, त्यो आफ्नो ईच्छाले गर्छ। परमात्मा को ईच्छाले  होइन। जीव कर्म गर्नमा स्वतन्त्र छ, त्यसैले कर्मको फल पनि जीवात्मा ले नै भोग्छ। नत्र उपरोक्त सिद्धान्त अनुसार चल्ने हो भने त संसार मा जो अन्याय भैरहेको छ, मार-पिट, काट-मार, हत्या-हिंसा, चोरि-डकैति र अपमान आदि हुने गर्छ, त्यसको दण्ड पनि कसैलाई नहुनु पर्ने हो। किनकि जसले यी कर्म गर्छ त्यो गर्न विवश छ। तर यस्तो पदापी हुन्न अर्थात अपराधीलाई दण्ड दिईन्छ। त्यसैले सबै कर्म परमात्माको ईच्छा अनुसार हुन्छ भन्नु गलत हो र अविद्याको परिणाम हो। अस्तु…

नमस्ते..!
प्रेम आर्य

(दोहा, कतार बाट )

आर्य समाज हिन्दु बिगारक होइन हिन्दु सुधारक हो ।

।।ओ३म।।
आर्य समाज हिन्दु बिगारक होइन हिन्दु सुधारक हो ।
झुठो प्रचार गरेर धर्मको सत्यनाश गर्दै ब्रह्मलुट मचाऊने तानाशाहा प्रविदीको अन्त्य गर्दै राष्ट्र तथा सनातन धर्मको रक्षा गर्न प्रमुख काम आर्य समाजको रहेको छ । धर्म त जो हो त्यो “वेद” धर्म तपाई हामी सबैले नै मानी राखेका नै छौ ।
हिन्दु सभ्यताको प्रपोगण्डा बैश्य, सुद्र, क्षत्री तथा स्त्रीले बेद पढ्नु हुदैन । बाहुनको छोरो सुंगुरको मासु सँग रक्सी टन्न पिएर बाटोमा हल्लिन्दै हिडे पनि बाहुन उचा जाती को रे तर एऊटा लिम्बुको छोरो वेद जान्दछ सातविक भोजन लिंदछ नियम पालन गर्दछ तर उसैले छोएको चाही त्यही मुत् पिउने पोप हरु लाई नचल्ने रे यस्ता यस्ता कुरीति हरु हटाऊन अग्रगामी स्थान चुम्नेवला हो आर्य समाज । झन राणा कालमा त वेद पढ्ने लाई देश निकाल देखी फाँसी सम्म लगाउन भ्याए इ पोप हरुले अब अहीले आएर आर्य समाज हिन्दु बिरोधी त हिन्दु राष्ट्र बिरोधी भनेर घोषित सम्म गर्न भ्याएछन । कतै अोडार मुनी ढुंगो राखेर इश्वर यिनै हुन भन्दै दक्षिणा शोर्ने काम मा बाधा त आऊदैन ? भन्ने भय त्रास त उत्पन्न भइ नै हाल्छ नी प्रपोगण्डा का पोप हरु लाई ।

सारा नेपाली एक हौ वेद मार्ग तिर लागै श्रेष्ठ समाजको निमाण गरौ शान्तिको बिगुल फुकै विश्वका मानीस हरुले शान्ति प्रतित् गर्न हाम्रो मुलुकमा शरण परुन सबै नेपाली वेद ज्ञान द्वारा श्रेष्ठ बन्दै राष्ट्रको आर्थिक स्थितीको उन्नती गर्दै सब तनमनका धनी बनि राष्ट्रबादी बनौ असत्य पाखण्डबाद त्यागै सत्य को मानै माता पिता भगवान हुन सदैव श्रद्धा गरौ बृद्धाश्रम बन्द गरौ सयम बसी अनार्थलय बन्द गरौ संस्कृती भाषाको स्कुलमा शन्तानलाई पढाऊ जब एक भाषा (संस्कृत) एक धर्म (वेद) एक निती (वेद निती) सबैले स्विकार गरे स्वर्ग हाम्रो नेपाल स्वर्ग समान हुनेछ त्यसैले आर्यसमाज आवहान गर्दछ वेद मार्ग तिर फर्कै ।

हे नेपाली बन्धु हो ! हामी सबै ऋषिमुनीका शन्तान है कोही सानो र ठुलो छैन भेद र भाव छैन सबै समान छौ , यो धर्ती समस्त प्राणी हरुको निम्ती ईश्वरले हामी सबैलाई मुफत् मा प्रधान गरेको हो र यो ईश्वरीया गुणलाई मात्र धन्यवाद दिऊ यती नै पर्यप्त छ ऊस् ईश्वर लाई ।

फेरी पनी आर्य समाज आवहान गर्दछ वेद मार्ग तर्फ लौंट जाऊ ईश्वरको सम्बिधान नै उच्चा कोटी को हो उसैलाई मानै वही सुख शान्ती सामृद्धी पुर्ण छ । फर्कैं वेद मार्ग तिर फर्कैं हे नेपाली ऋषिका शन्तान हरु हो !!!

  • श्याम कुमार आर्य

वेद पाठ: ऋग्वेद- १/३/१० (भाग-१)

ओ३म्..

पावका नः सरस्वती वाजेभिर्वाजिनीवती।

यज्ञं वष्टु धियावसुः ॥ (ऋग्वेद: १/३/१०)

शाब्दिक अर्थ:

अन्वय: सरस्वती नः पावका। वाजेभिर् वाजिनी-वती। धिया-वसुः यज्ञं वष्टु।

लौकिक अर्थ: देवी सरस्वतीले हामीलाई पवित्र गर्दछिन्। अन्न या बल द्वारा, अन्नमयी या बलमयी अथवा उषा द्वारा उषामयी हुन् उनि। कर्म द्वारा प्रज्ञा द्वारा वसुमती अर्थात् कर्म रुपी धन द्वारा कुशलिनी या बुद्धि रुपी धन द्वारा बुद्धिमती उनले हाम्रो यज्ञको अभिलाषा राखुन्।

प्रामाणिक अर्थ:

सरस्वती: देवी सरस्वती। सरस्वती ‘सरस्’ शब्द बाट ‘मतुप्’ प्रत्यय र ‘ङीप्’ प्रत्ययका साथ् निष्पादित् हुन्छ। यसका दुई अर्थ हुन्छन् – एक ‘वाणी’ र अर्को ‘ज्ञानकी अधिष्ठात्री देवी’। ‘वाणी’ अर्थमा यसको व्युत्पत्ति यस्तो हुन्छ- सरसः अर्थात् प्रशंसिताः ज्ञानादयो गुणाः विद्यन्ते यस्यां सा सर्वविद्या-प्रापिका वाक्। यसको अर्थ यस्तो हुन्छ- ज्ञान-विज्ञानादि प्रशंसित गुण जसमा विद्यमान रहन्छन्, तिनै सर्वविद्या प्रदान गर्ने वाणी नै ‘सरस्वती’ हुन्।

‘ज्ञानकी अधिष्ठात्री’ अर्थमा यसको अर्को व्युत्पत्ति यस्तो हुन्छ – सरन्ति अर्थात् प्राप्नुवन्ति सर्वाः विद्याः यया सा। यसको अर्थ यस्तो हुन्छ – जुन शक्ति द्वारा समस्त विद्याको प्राप्ति हुन्छ, त्यहि ब्राह्मी शक्ति नै ज्ञानकी अधिष्ठात्री देवी ‘सरस्वती’ हुन्।

सम्पूर्ण वैदिक वाङ्मयमा केवल एक परमात्मा नै प्रतिपाद्य बिषय हो। गीताको ब्रह्मार्पणं ब्रह्मा-हविः (गीता:४/२४) न्यायको दृष्टिले त्यहि उपास्य र त्यहि नै सर्वाधार हो। वाणीको रुपमा होस् या ज्ञानकी अधिष्ठात्री देवीको रुपमा होस्, त्यहि परमपिता यहाँ स्तुत्य छ। अब यसको अर्थ यहि निस्कन्छ कि चराचर जगतमा व्यक्त तथा अव्यक्त रुपमा विद्यमान एक मात्र परम शक्ति देवी सरस्वती हुन्। यस शक्तिलाई अगाडी अर्थ प्रधान शास्त्र-पुराण, इतिहास आदिमा ऐन्द्री, माहेश्वरि, चैन्द्रि, वैष्णवी आदि नामले नामित गरिएको छ।

नः पावका : हामीलाई पवित्र गर्दछिन्।‘हामीलाई, हाम्रा या हाम्रा लागि’ आदि वैदिक साहित्यको प्रयोग केवल ति व्यक्तिहरुको लागि हो जुन अध्यात्मिक साधनामा रत छन्, जसलाई उस् माहेश्वरी र ब्रह्मी शक्ति प्राप्त गर्नु छ। जो जन्म-मृत्युको चक्रलाई अतिक्रमण गरेर शाश्वत आनन्द चाहने साधक छन्। त्यस्तो शक्तिले हामीलाई पापबाट, मलिनताबाट, दुर्भावनाबाट र दुर्व्यसनबाट पवित्र गर्दछ। जन्म-मृत्यु, जरा-व्याधि र दुःख-दोष आदि मलिनताबाट हामीलाई निकालेर हमेशाको लागि शुद्ध, पूत, भव्य र दिव्य स्वरूप प्रदान गर्दछ। हामीले हेर्दा-हेर्दै अनेकौं साधकहरुलाई पवित्र गरिसकेकी उनै सरस्वतीले अब हामीलाई पनि पवित्र गरुन्। किनकि अनेकौं मलिनताबाट हिड्दा हिड्दै हामीले उस् आनन्दलाई ‘पवित्रता मै विद्यमान छ’ भनेर खोजि सक्यौं। त्यसैले पवित्रकी प्रतिमूर्ति देवी सरस्वतीलाई हामि निक्कै आतुर भएर पुकार्दै छौं कि हे देवी ! तिमिले हामीलाई आफ्नो उस् पवित्रताबाट पवित्र अन्तःकरण भएको बनाइदेऊ।

वाजेभिः वाजिनि-वती : अन्न या बल द्वारा अन्नमयी या बलमयी अथवा उषा द्वारा उषामयी हुन् उनि। उनि ऐन्द्री शक्ति पार्थिव अन्नको रुपमा प्रकट भैरहेकी छिन्। पार्थिव अन्न तीन किसिमका हुन्छन्, तिहुन  – १) फल पाकेपछि मर्ने औषधियुक्त अन्न जसमा धान, गहुँ, जौ, मकै, कोदो, माष, मुसुरो, मुगी.. आदि। २) अनवरत फल दिने र ऋतु अनुसार फल्ने वानस्पतिक अन्न जसमा आँप अम्बा, स्याउ, सुन्तला, आदि । ३) तरल पेय रुपक अन्न जसमा जल, रस, दुध, घिउ, र तेल आदिलाई ग्रहण गर्न सकिन्छ। यी त्रिविध अन्नहरुलाई पल्लवित गरेर यीनमा रस-रुप-गन्धको रुपमा व्यक्त हुने हाम्री ति चिर आकांक्षित देवी नै सरस्वती हुन्।

ति ऐन्द्री शक्ति समस्त बल, प्रकाश, ज्योति र सामर्थ्यले युक्त छिन्। उनि अरबौं सूर्यलाई चम्काउने र ति सूर्यमा उतप्त-वायु जस्ता पदार्थका रुपमा व्यक्त पनि हुन्छिन्।

अथवा देवी सरस्वती उषाकी प्रतिक-धर्मिणी हुन्। प्रतिदिन समस्त सौम्य, शान्त, मृदु, मधुर तथा सन्तोष गुण धारण गरेर हाम्री धरतीमा नवविवाहिता तरुणी सदृश देवी उषाको आगमन हुन्छ। अध्यात्म चिन्तनको लागि उषा-काललाई प्रशस्त मानिएको छ । अतः समस्त ज्ञान-विज्ञान-कर्म-उपासनाको वातावरण धारण गरेर अन्तर्मुखी साधकलाई अध्यात्म मार्ग तिर लैजाने देवी सरस्वती उषामयी छन् । अथवा मुक्ति जस्तै शाश्वत आनन्दको नाम उषा हो । यी सबबाट युक्त भएको कारणले शाश्वत आनन्दमयी, कल्याणमयी तथा शुभमयी ति देवी सरस्वती हाम्री उपास्या छिन् ।

धिया-वसु : उनि कर्म अथवा प्रज्ञा द्वारा वसुमती अर्थात्, कर्म रुपी धन द्वारा कर्म कुशलिनी या वुद्धि रुपी धन द्वारा बुद्धिमती हुन् । समस्त कर्म अर्थात् निर्माण, रचना, व्यवस्थापना र पर्यवेक्षण आदि असंख्य अति मानुष कार्य बाट ति देवी कार्य-कुशलिनी हुन् । यो धर्ति, यो आकाश, यो ध्युलोक, यो चन्द्रमा र नक्षत्र यी सबलाई उनले आफ्नो अनुपम कर्मनिपुणता बाट बनाएकी हुन् । यिनको कारिगरीको तुलना सृष्टिको कुनै पनि कुशल कारिगरी संग गर्न सकिन्न ।

ति देवी असंख्य प्राणिहरुको मस्तिष्कमा, बुद्धि-विवेकमा तथा चेतनाको रुपमा प्रकाशित भैरहेकी छिन् । हरेक प्राणीमा एक अलग चेतनामा व्यक्त भएको हुनाले यसको विविधता, बहुरुपता र नव-नवीनता सर्वत्र प्रसिद्धि प्राप्त भैरहेको छ ।

यज्ञं वष्टु : उनले हाम्रो यज्ञको अभिलाषा राखून् । विश्व एक यज्ञ हो । प्रकृतिको नैसर्गिक यज्ञ ऋत र सत्य रुपी साधनहरुले अनन्त अवधि देखि चली आइरहेको छ ।वेदले भन्दछ कि यी ज्ञान-विज्ञान, यी ग्रह-नक्षत्र, यी प्राणी समुदाय सबै यज्ञ बाट नै उत्पन्न भएर यज्ञ बाट नै प्राण धारण गरिरहेका छन् – यज्ञेन यज्ञम् अयजन्त देवास् तानि धर्माणि प्रथमानि आसन् (ऋ. १/१६४/५०): तस्माद् यज्ञात् सर्व-हुतः ऋचः सामानि यज्ञिरे (ऋ.१०/९०/८) यसको तात्पर्य- यज्ञको अर्थ हो एक प्रकारको सन्तुलन या शान्ति । जुन सन्तुलन या शान्तिको बलबाट आकाशमा असंख्य ग्रह-नक्षत्र विचरण गरिरहेका छन्, जसको बलमा सूर्य जस्ता अरबौं-खरबौं ग्रह-नक्षत्र अनन्त काल देखि प्रकाश, उष्मा, कण-विकिरण आदि क्रियाहरुको सृंखलाका साथ् सम्पादन गरिरहेका छन् । ठिक यस्तै प्रकारले हामी केहि साधक आफ्नो मन, वाणी र कर्मलाई एक गरेर मन, बुद्धि र चित्तलाई आयत्ताधीन गरेर तपाइको लागि कृतज्ञता, आभार तथा साधुवाद आदि व्यक्त गर्ने उद्देश्यले ‘कृतज्ञता-ज्ञापन रुपक यज्ञ’ अर्थात् क्रिया विशेषको अनुष्ठान गर्दै छौँ । कृपया हे देवी सरस्वती ! तपाईले हाम्रो यो तुच्छ निवेदनलाई, विनयलाई, आभार-प्रकटीकरणलाई या हाम्रा भावनाहरुलाई स्विकार गर्नुहोस् ।

लौकिक सृष्टिमा मातृशक्तिको निकट, ममता, प्रिती र करुणा आदि कैयौं मानवीय भावनाहरु विशेष रुपले देख्न सकिन्छ । अतः यहाँ जीव रुपी ऋषि मधुच्छन्दाले परमात्माको शक्तिको उपासना गरेर आफ्ना अभिव्यक्ति हरुलाई, आफ्ना मनोभाव हरुलाई परमात्म-शक्तिको चरणमा समर्पित गरेर स्वयंलाई सफल बनाउन चाहन्छन् ।  यस एकमात्र उद्देश्यले परमात्माको सरस्वती शक्तिको रुपमा यहाँ स्तुति गरिएको छ ।

‘ति देवीले हाम्रो यज्ञको अभिलाषा राखुन्’ मंत्रोक्त यस पंक्तिबाट यहि अर्थ व्यन्जित हुन्छ कि ति देवीले हाम्रो विन्ती तिर एक पटक आफ्नो कृपा दृष्टि राखुन्.. ।

क्रमशः…

बलि प्रथा एक आसुरी प्रवृत्ति हो।

ओ३म्..

बलि

बलि प्रथा एक आसुरी प्रवृत्ति हो:

प्रेम आर्य (दोहा, कतार बाट)

आफ्नो स्वार्थ पूरा गर्नको लागि कसैको हत्या गर्नु ..! हजुर, यो यस्तो सत्य हो जसले सभ्य मानव समाजलाई कलंकित गरिरहेको छ। आफ्नो स्वार्थ सिद्धिको लागी देवी देवताको नाममा आजसम्म पनि ति निर्दोष पशु-पंक्षीहरुको बली दिइन्छ। अविद्याको कारणले पहिले देखि नै यहि धारणा रही आएको छ कि बलिको माध्यम बाट मात्र देवी-देवताहरुलाई प्रसन्न गर्न सकिन्छ। केहि रुढीवादी समूह द्वारा समाजमा यस प्रकारको भ्रांति फैलाइन्छ। तर अब सोंच्नु पर्ने बेला आएको छ कि एक निर्दोष मूक प्राणीको हत्याले कसरि ईश्वर प्रसन्न हुन सक्छ? किनकि धरतीका हरेक प्राणीहरु ईश्वर कै सन्तान हुन्। एकातिर प्राणि-हत्या महापाप हो भनेर पाठ सिकाइन्छ भने अर्को तिर आफ्नो पाप र दुष्कर्मको आडमा पाप माथि पाप गर्दै जाने? जब ईश्वरले सबलाई जीवन प्रदान गर्दछ भने हामि को हौँ कसैको जीवन लिला समाप्त पार्ने? के हामि कसैलाई जीवन दान दिन सक्छौं? यदि सक्दैनौं भने कसैको जीवन लिने अधिकार पनि छैन। केहि अविद्याग्रस्त रुढिवादी सोंच पालेका व्यक्तिहरु कै कारण आज कैयौं पवित्र मन्दिरहरुमा असंख्य पशु-पंक्षीहरुको बली दिइदैछ र तिनको रगतले ति पवित्र स्थल प्रदुषित बन्दै छन्। यो त आसुरी प्रवृत्ति भयो।

लाखौंको संख्यामा मानिस जम्मा गरेर तथाकथित् सत्संग गराउने गुरुहरु, यसमा किन असफल छन्? तिनले चाहेमा के हुन सक्दैन ? बर्खे च्याउ सरि खुलेका संचार माध्यम ले किन यस बारेमा जन जागृति ल्याउन सकिरहेका छैनन्? समाजको कुरीति र अन्ध-श्रद्धा मेटाउनको लागि दर्ता गरिएका असंख्य स्वदेशी तथा बिदेशी सरकारी तथा गैरसरकारी संघ-संस्थाहरु के गर्दै छन् ? समाजको सबै भन्दा ठूलो कलंक बलि प्रथा उन्मूलन गर्ने कुरामा किन मौन छन् ? धर्म को मर्म नबुझेर राष्ट्र लाई धर्म निरपेक्ष बनाउने निठल्ला कुकाँहरु र तिनका मतियारहरु पनि किन यस्तो कुकृत्यलाई प्रतिबन्द लाउने एउटा गतिलो विधान तयार गर्दैनन्?

केहिले झिनो मसिनो स्वरमा यसको बिरुद्ध आवाज नठाएका पनि हैनन्, केहि स्थानमा केहि मात्रामा सफलता पनि प्राप्त भयो तर दु:खको कुरो, धेरैको सोंच अहिले सम्म पनि उस्तै छ। त्यसैकारणले कयौं स्थानमा यिनीहरुले नै परम्पराको नाममा बली प्रथालाई प्रोत्साहित गर्दै छन्। बली प्रथालाई सामाजिक अपराध घोषित गरेर गतिलो कानून बनाइ प्रशासनिक र कानूनि स्तरमा पनि यसलाई रोक्न कदम चाल्नु पर्दछ। र जनमानसमा ईश्वर र धर्मको यथार्थ ज्ञानको लागि वेदको प्रचार-प्रसार गरेर जनजागृति ल्याउनु पर्छ।

देवभूमि र शान्ति भूमि भनेर चिनिने नेपालमा देवताको नाममा निर्दोष पशु-पंक्षीको बली चढाउनु एक अभिशाप नै हो। परम्परा र देवताको नाममा गरिने प्राणि हत्या कहीं सामुहिक रुपमा हुन्छ भने कहीं व्यक्तिगत रूपले। गाउँमा दिइने बलि व्यक्तिगत रूपले परिवारको कुल देवताको लागि, बोक्सी, भूत, प्रेतात्माको लागि दिइन्छ। र सामूहिक रूपले दिइने बलि गाउँको देवता या स्थान देवतालाई चढाइन्छ। यदि बलि भएन भने देवता संतुष्ट हुँदैनन् भन्ने मान्यता छ। र यदि देवता रुष्ट भए भने आफ्नो प्रकोप मनुष्यहरुको जीवनमा पार्दिन्छन्। यसैबाट बचनको लागि बलि दिइने गरिन्छ.. ।

अहिले सम्म एउटा कुरा बुझ्न सकिएको छैन कि जब देवतालाई भनेर मानिसहरुले बली दिन्छन तर सबै मासु स्वयं खान्छन। देवताले के खान्छन त? यो सोंच्नु पर्ने कुरो छ। अर्को एउटा बुझ्नु पर्ने कुरो के भने सर्व प्रथम देवता गण माँसाहारी थिएनन्। जति पनि माँसाहारी थिए, ति सब राक्षस गण थिए। के हामीले राक्षसको पूजा गर्दै छौं? किनकि राक्षस गणलाई नै मासु र मदिरा चाहिन्छ। कुरो प्रष्ट छ, देवताको नाममा आफ्नै लिप्सा पूरा गर्नु ।  नाम भने देवताको भनेर उनलाई बद्नाम गर्ने तर स्वयं राक्षस बन्ने? अर्थात्, जति पनि बलि हुन्छ, त्यो देवी देवताको लागि नभएर उनको नाममा आफ्नै लागि हो।

बलि किन? के यो उचितछ? के कसैको हत्या गर्नु उचित छ? यदि कसैले कुनै मानिसको हत्या गर्दछ भने उसलाई जीवन कारवासको दण्ड, तर कुनै जानवरको हत्यामा त्यहि दण्ड किन नहुने? के त्यो प्राणी हैन? के उसलाई आफ्नो जीवन जिउने अधिकार छैन? ईश्वरले त सबलाई एक समान जीवन जिउने अधिकार प्रदान गरेका छन् फेरी यो भेदभाव किन?

उनको हत्या यसकारणले गरिन्छ कि उनीहरु विवश, मूक तथा लाचार छन्? या उनीहरुमा प्रतिक्रिया दिने शक्ति छैन त्यसैले? पशुको हत्या गर्नेलाई यदि कुनै दण्ड हुँदैन भने यस्तो भेदभाव गर्नेलाई मनुष्य भन्न सकिन्छ? यो कस्तो समाज हो, जहाँ निर्दोष एवं लाचारहरुलाई बली दिइन्छ? र दोषिहरुलाई स्यावासी र वाह..वाहि..!?  आखिर यस्तो भेदभाव किन? यस्तो विकृ्त मानसिकतालाई के हामि मानवता भन्न सक्छौं? यो निक्कै गम्भीर बिषय हो यसमा सबैले समय निकालेर एक पटक सोंच्नै पर्छ। आखिर कहिले सम्म यसरि निर्दोषहरुको बली भैरहला र हामि यसरि अपांग सरह टुलु-टुलु हेरिरहौंला? सोंच्नुहोस, आउनुहोस् हामि सबै मिलेर यस कुप्रथालाई समाजबाट निर्मूल गर्ने संकल्प लिउँ। अस्तु..

नमस्ते..!

धन्यवाद ..!!

सत्यार्थ प्रकाश – नेपाली र आर्योद्देश्यरत्नमाला-नेपाली

सत्यार्थ प्रकाश (नेपालीमा)अन्तिम परिमार्जित – नारायण पौडेल
आर्योद्देश्यरत्नमाला-नेपाली

गौ करुणानिधि-नेपाली