ओ३म्..
बाइबल के अभद्रोपदेश:
(संशोधित एवं परिवर्धित संस्करण)
-पण्डित वेद प्रकाश शास्त्री
ओ३म्..
बाइबल के अभद्रोपदेश:
(संशोधित एवं परिवर्धित संस्करण)
-पण्डित वेद प्रकाश शास्त्री
मान्छे सुन्दरताको पुजारी हो | यही कारणले ऊ सुन्दरताको खोजमा यता-उता भौंतारी रहन्छ तथा प्रतिक्षण सुन्दर सुन्दर दृश्यमा नै आफ्नो समय बिताउने धुनमा प्रयासरत रहन्छ| यहि मनोभावको कारणले नै आजको मान्छे केवल सुन्दर मात्र हैन सुशील युवतीलाई पाएर सदा अति प्रसन्न रहने चाहना राख्दछ | यदि उसको सुन्दरतामा कुनै ह्रास आएको अनुभव भयो भने उसले वर्तमान युगको कृत्रिम साधनहरुको लेपन द्वारा हटाउने प्रयास पनि गरिरहन्छ| ठीक यस्तै गरेर मान्छे सोमको जल पाएर पनि आनन्दको अनुभव गर्दछ र उसलाई पवित्र गर्दछ| यहि तथ्यको चर्चा ऋग्वेद: १०/३०/५ मा यसरि गरिएको छ:-
याभिः सोमो मोदते हर्षते च कल्याणीभिर्युवतिभिर्न मर्यः ।
ता अध्वर्यो अपो अच्छा परेहि यदासिञ्चा ओषधीभिः पुनीतात् ॥
आमा-दिदी-बहिनी-श्रीमती-भान्जी-भतिजी-छोरी आदि सुन्दर तथा सुशील स्त्रीहरुबाट जसरि मनुष्य प्रसन्न रहन्छ, त्यसै गरि सोम जलबाट आनन्दित र प्रसन्न हुन्छ | हे अर्घ्यु ! उक्त जलको समिपमा जाउ| जब तिमि त्यस जलबाट सोमलतालाई सिंचन गर्दछौ, सोमले पनि ओषधिहरुबाट पवित्र गर्दछ |
सौम्य, सरल, सुशील तथा विनीत स्त्रीले आफ्नो उल्लास, सौम्य तथा विनीत भावले घरलाई स्वर्ग बनाउँछिन्| घरमा कुनै पनि प्रकारको कलह तथा विद्वेष रहदैन | यसको कारण यहि हो कि जहाँ सुशील तथा कल्याणकारी स्त्री छिन्, त्यहाँ स्वर्ग हुन्छ| जसरि स्वर्गको कल्पना गरिएको छ कि त्यहाँ कुनै प्रकारको अभाव तथा दुःख हुँदैन, सबै सुख पूर्वक रहन्छन्| कसैको कसै संग कुनै झगडा, लडाई, विद्वेष हुँदैन, सब प्रकारको सुख, सम्पति, तथा साधन उपलब्ध हुन्छन् | ठीक त्यस्तै गरि जहाँ सौम्य, सुशील, विनीत तथा सरल स्वभाव भएकि स्त्री हुन्छिन्, त्यहाँ यस प्रकारका सुख तथा आनन्दको वर्षा प्रतिक्षण भईरहन्छ| सब परिवारजनहरु परस्पर मिलेर आनन्द तथा प्रसन्नताले रहन्छन्| सुशील स्त्री सौभाग्यले नै प्राप्त हुन्छिन् | यहि तथ्यलाई नै मन्त्रले स्पष्ट गरेको छ | यस्तै सौम्य तथा सुशील स्त्रीलाई पाएर मनुष्य आनन्द, प्रसन्न तथा सुखी रहन्छ |
सुशील स्त्री हर्ष एवं आमोदको कारण हुन्छिन् भने यसको विपरीत गुण भएकी स्त्री जसलाई हामि दू:शील भन्न सक्छौं, परिवारको लागि दु:ख, कष्ट तथा क्लेशको कारण बन्छिन् | यस्ती स्त्रीले एक सुन्दर तथा सम्पन्न परिवारलाई पूर्णतःबर्वाद गरिदिन्छिन्| त्यो घरमा सदा लडाई, झगडा, कलह क्लेश बनि रहन्छ| यस्तो परिवारबाट सुख-सम्पति, धन-वैभव एवं प्रसन्नता पलायन हुन्छ| परिवार रसातल तिर भासिन्छ | त्यैले गृह-लक्ष्मी सुशील एवं विनीत हुनु गृह शोभाको कारण हुन्छ| त्यसैले भनिएको छ विवाह गर्दा गुण, कर्म, स्वभावको परिक्षा गरेर नै सम्बन्ध स्थापित गर्नु पर्दछ| बेमेल सम्बन्ध जोड्नु, परिवारको विनाशको कारण बन्छ|
जसरि कुनै वृक्षलाई सितल जलले सिंचन गर्ने हो भने वृक्ष हराभरा एवं लटरम्म फलेर प्रसन्न रहन्छ र प्रकृतिलाई सुन्दर बनाउँछ, ठीक त्यसै गरि सुशील स्त्री तथा पुरुषको मिलन हुनाले परिवारको सुख-शान्तिको कारणले परिवारको ख्याति निक्कै टाढा-टाढा सम्म फैलन्छ | यहि तथ्यलाई बुझाउनको लागि उक्त मन्त्रमा निक्कै सुन्दर ढंगले सम्झाइएको छ| वृक्ष झैं सुशील स्त्रीलाई पाएर परिवार फल्छ, फूल्छ र सदा प्रसन्न रहन्छ| जसरि जङ्गलका लता-लतिकाहरु सितल जल पाएर स्वयं नै बढ्छन्, हुर्कन्छन्, फूल्छन्, फल्छन्, त्यसै प्रकारले सुन्दर र सुशील स्त्रीलाई पाएर परिवारको पनि श्रीवृद्धि हुन्छ | परिवार केवल धन-धान्यले मात्र हैन उत्तम सुसन्तानले पनि भरिन्छ | त्यहि भएर नै सुशील एवं विनीत स्त्रीलाई परिवारकी लक्ष्मी (गृहलक्ष्मी) को संज्ञाले विभूषित गरिएको हो| जब स्त्री परिवारकी लक्ष्मी-गृहलक्ष्मी हुन् भने उनको आगमनबाट परिवारमा धन-धान्य, सुख, प्रसन्नता तथा वैभवको वर्षा अवश्य हुन्छ नै| यस प्रकार परिवार उक्त युवती कै कारण, जो पत्नी बनेर परिवारमा आएकी छिन्, अवश्य सम्पन्न बन्नेछ|
अत: मन्त्रको आशय अनुसार गृह-लक्ष्मी सुशील तथा प्रसन्न रहँदै परिवारमा खुशि एवं सम्वृद्धि ल्याउने प्रयास गर्दछिन् भने उनको ख्याति बढ्नेछ| उनको ख्यातिका साथै परिवारको ख्याति पनि बढ्नेछ तथा सुख-शान्तिको गणना गर्ने बेलामा मानिसहरुले यस्तै परिवारको उदाहरण दिन थाल्नेछन् | अस्तु..
नमस्ते..!
ओ३म्..
वेदमा मूर्तिपूजाको विधान छैन। वेदले घोषणा गरेको छ-
न तस्य प्रतिमा अस्ति यस्य नाम महद्यशः। (यजुर्वेद: ३२/३)
अर्थात्, जसको नाम महान यशवाला हो, उस परमात्माको कुनै मूर्ति, तुलना, प्रतिकृति, प्रतिनिधि छैन।
प्रश्न उत्पन्न हुनसक्छ कि फेरी हिन्दु समाजमा मूर्तिपूजा कहिले प्रचलित भयो र कसले चलायो? महर्षि दयानन्दले आफ्नो कालजयी ग्रन्थ – “सत्यार्थ प्रकाश” को एकादश समुल्लासमा प्रश्नोत्तर रूपमा यस सम्बन्धमा लेख्छन् कि-
प्र – मूर्तिपूजा कहाँबाट चल्यो?
उ – जैनिहरुबाट|
प्र – जैनिले कहाँबाट चलाए ?
उ – आफ्नो मूर्खताले|
पण्डित जवाहरलाल नेहरुका अनुसार मूर्तिपूजा बौद्धकाल देखि प्रचलित भयो| उनि लेख्छन् –
“यो एक मनोरंजक विचार हो कि हिन्दु समाजमा मूर्तिपूजा यूनानबाट आयो| वैदिक धर्म हर प्रकारको मूर्ति तथा प्रतिमा-पूजनको विरोधी थियो| उस काल (वैदिकयुग) मा देव मूर्तिहरुको कुनै मंदिरहरु थिएनन्|……..प्रारम्भिक बौद्ध धर्म यसको घोर विरोधी थियो………पछी स्वयं बुद्धको मूर्ति बन्न लागे| फारसी तथा उर्दू भाषामा प्रतिमा अथवा मूर्तिको लागि आज पनि “बुत” शब्द प्रयुक्त हुन्छ जो बुद्धको रूपांतर हो|” (हिन्दुस्तान की कहानी -पृ १७२)
एक अन्य स्थलमा उनि लेख्छन्-
“ग्रीस र यूनान आदि देशमा देवताहरुको मूर्ति पूजन हुन्थ्यो|त्यहाँबाट मूर्तिपूजा यहाँ आयो| बौद्धिस्टहरुले मूर्तिपूजा आरम्भ गरे| फेरी अनेत्र फैलियो|” (विश्व इतिहास की झलक- पृ ६९४)
यी उद्धरणबाट यो कुरो निश्चित छ कि मूर्तिपूजा हाम्रो देशमा जैन तथा बौद्धकाल देखि आरम्भ भयो| जुन समय यहाँ मूर्तिपूजा आरम्भ भयो र मानिसहरु मन्दिरमा जान थाले तब यहाँका विद्वानहरुले यसको घोर खण्डन गरे| मूर्तिपूजाको खण्डनमा उनीहरुले यहाँ सम्म भने कि-
गजैरापीड्यमानोsपि न गच्छेज्जैनमन्दिरम् (भविष्य पु. प्रतिसर्गपर्व ३-२८-५३)
अर्थात, यदि हात्ती मार्नको लागि दौड्दै आइरहेको छ र जैनिको मन्दिरमा गएपछि प्राणरक्षा हुन्छ भने पनि जैनिको मन्दिरमा जानु हुँदैन|
तर …ब्राह्मणहरुको, उपदेशकहरुको र विद्वानहरुको उक्त कथनको साधारण जनतामा कुनै प्रभाव पर्न सकेन र उनीहरुले पनि मन्दिर निर्माण गरे| जैनिहरुको मन्दिरमा अश्लिल (नग्न) मूर्तिहरु हुन्थे तर यीनिहरुले भव्य भेश-भुषा तथा श्रृंगारयुक्त मूर्तिहरुको स्थापना गरेर पूजागर्न थाले|
हिन्दु समाजमा पुराणहरुको निक्कै मान्यता छ तर पुराणमा पनि मूर्तिपूजाको घोर खण्डन गरिएकोछ| जस्तै-
यस्यात्मबुद्धिःकुणपे त्रिधातुके|
स्वधीः कलत्रादिषु भौम इज्यधीः||
यत्तीर्थबुद्धिः सलिले न कहिर्चिज्|
जनेष्वभिज्ञेषु स एव गोखरः ||
– ( श्रीमद भागवत: १०-८४-१३)
अर्थात, जो वात, पित र कफ तीन मल द्वारा बनेको शरीरमा आत्मबुद्धि राख्छ, जो स्त्री आदिमा स्वबुद्धि राख्छ, जो पृथ्वीबाट बनेको पाषाण मूर्तिहरुमा पूज्य बुद्धि राख्ने गर्दछ, त्यस्तो व्यक्ति गोखर – गौको चारो बोक्ने गधा हो|
न ह्यम्मयानि तीर्थानि न देवा मृच्छिलामयाः|
ते पुनन्त्यापि कालेन विष्णुभक्ताः क्षणादहो||
– ( देवी भागवत ९-७-४२ )
अर्थात, पानीको तीर्थ हुँदैन तथा माटो र पत्थरका देवता हुँदैनन्| विष्णुभक्तले त क्षण मात्रमा पवित्र गर्दिन्छन्| तर ति कुनै कालमा पनि मनुष्यहरुलाई पवित्र गर्न सक्दैनन्|
दर्शन शास्त्रहरुमा पनि मूर्तिपूजाको निषेध छ-
न प्रतीके न ही सः (वेदान्त दर्शन ४-१-४)
प्रतीकमा, मूर्ति आदिमा परमात्माको उपासना हुन सक्दैन, किनकि प्रतीक परमात्मा हैन|
संसारका समस्त महापुरुषहरु र सुधारकहरुले पनि मूर्तिपूजाको खण्डन गरेका छन्|
श्री शंकराचार्यले परपूजामा लेख्छन्-
पूर्णस्यावाहनं कुत्र सर्वाधारस्य चासनम्|
स्वच्छस्य पाद्यमघर्यं च शुद्धस्याचमनं कुतः||
निर्लेपस्य कुतो गन्धं पुष्पं निर्वसनस्य च|
निर्गन्धस्य कुतो धूपं स्वप्रकाशस्य दीपकम्||
अर्थात, ईश्वर सर्वत्र परिपूर्ण छ फेरी उसको आह्वान कस्तो? जो सर्वाधार छ उसको लागि आसन कस्तो? जो सर्वथा स्वच्छ एवं पवित्र छ उसको लागि पाद्य र अर्घ्य कस्तो? जो शुद्ध छ उसको लागि आचमनको के आवश्यकता? निर्लेप ईश्वरलाई चन्दन लगाउने किन? जो सुगंधको इच्छाले रहित छ उसलाई पुष्प किन चढाउँछौ? निर्गंधलाई धूप किन जलाउँछौ ? जो स्वयं प्रकाशमान छ उसैको समिप दीपक किन जलाउँछौ?
चाणक्यले लेख्छन्-
अग्निहोत्र गर्नु द्विजमात्रको कर्तव्यहो| मुनिहरु हृदयमा परमात्माको उपासना गर्ने गर्दछन्| अल्प बुद्धि मानिसहरु मूर्तिपूजा गर्दछन्| बुद्धिमानहरुको लागि त देव सर्वत्र छन्| ( चाणक्य नीति ४-१९)
कबीरदासको भनाइ-
पाहन पूजे हरि मिले तो हम पूजे पहार|
ताते तो चाकी भली पीस खाए संसार||
दादुरामको भनाइ-
मूर्त गढ़ी पाषण की किया सृजन हार|
दादू साँच सूझे नहीं यूँ डूबा संसार||
गुरु नानकदेवको उपदेश-
पात्थर ले पूजहि मुगध गंवार|
ओहिजा आपि डूबो तुम कहा तारनहार||
महर्षि दयानन्दको कथन-
“मूर्ति जड वस्तु हो, उसलाई ईश्वर मान्ने हो भने त ईश्वर पनि जड सिद्ध हुनेछ| अथवा ईश्वर समान एक अर्को ईश्वर मान्ने हो भने परमात्माको परमात्मापन नै रहन्न| यदि प्रतिमा मा ईश्वर आउँछ भन्छौ भने यो ठीक हैन| यसबाट ईश्वर अखण्ड सिद्ध हुँदैन| भावनामा भगवान् हुन्छ भन्छौ भने म भन्छु कि काठमा उखु र बालुवामा चिनीको भावना गर्नाले के मुख मिठो हुन सक्छ? मृगतृष्णामा मृगले जलको निक्कै भावना गर्छ तर उसको प्यास मेटिन्न| विशवास, भावना र कल्पनाको साथमा सत्य पनि हुनु आवश्यक छ|”
प्रश्न – मूर्तिपूजा एक सिंढीहो| मूर्तिपूजा गर्दा-गर्दा मनुष्य ईश्वर सम्म पुग्छ|
उत्तर – मूर्तिपूजा परमात्मा-प्राप्तिको सिंढी हैन| सिंढी त गंतव्य स्थानमा पुगे पछी छुट्छ तर हामि देख्छौं कि एक व्यक्ति आठ वर्षको आयुमा मूर्तिपूजा आरम्भ गर्दछ र अस्सी वर्षको अवस्थामा मर्ने समय सम्म पनि यस दलदलबाट निस्कन सक्दैन|
एक बालक दोस्रो कक्षामा पढ्छ, उसलाई ५ र ६ को जोड गर्नु पर्दा पहिले कालो पाटि कापीमा ५ धर्का खिच्छ र फेरी ६ धर्का खिच्छ, उनलाई गनेर उसले ११ प्राप्त गर्छ| तर तेस्रो अथवा चौथो कक्षामा पुगे पछी उसले औंला गनेर थाह पाउन सक्छ र पाँचौ र छैठौं कक्षामा पुगेर उसले मानसिक गणितबाट नै जोड-घटाउ-गुणा आदि गर्न सक्छ| यदि मूर्तिपूजा सिंढी हुन्थ्यो भने त मूर्तिपूजक पनि उन्नति गर्दा-गर्दा मनमनै ध्यान गर्न लाग्ने थियो तर यस्तो भएको कहीं देखिएको छैन र हुँदैन पनि, अतः महर्षि दयानन्दले लेख्छन्-
“हैन-हैन, मूर्तिपूजा सिंढी हैन तर अन्धकारमय एक विशाल खाडल हो जसमा खसेर मनुष्य चकनाचूर हुन्छ, पुनः उक्त खाडलबाट निस्कन सक्दैन र उसैमा मर्छ|” (सत्यार्थ प्रकाश, एकादश समुल्लास)
ईश्वर प्राप्तिको सिंढी त महर्षि पतंजलि कृत “अष्टांग योग” हो जसमा अंग – यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि हुन्| विद्वान, ज्ञानी र योगीजन ईश्वर प्राप्तिका सिंढी हुन्, पाषाण आदि हैन|
(साभार: स्वामी जगदीश्वरानन्द सरस्वती कृत -उपासना और मूर्ति पूजा)
अनुवाद: प्रेम आर्य
चैत्र पूर्णिमा, २०७६, वैशाख ६ (अप्रिल-१९, २०१९)
आज सनातन धर्म र संस्कृतिका महान आदर्श आजन्म ब्रह्मचारी महावीर हनुमानको जन्म जयन्ती हो। मर्यादा पुरुषोत्तम श्री रामचन्द्रका साथ महावीर हनुमानको नाम पनि आर्य इतिहासको पानामा सुनौलो अक्षरले अंकित छ र सदा अमर रहनेछ। उनि समान ब्रह्मचर्यको पालन गर्ने, स्वामी-भक्त, आफ्ना स्वामीका कार्यलाई प्राणपणले पूरा गर्ने वाला तथा सबै कार्यलाई सफल पार्ने वाला सनातन धर्म र संस्कृतिका रक्षक, पाकाल उनि समान विद्वान तथा आचरणीय आर्य वीर पुरुष अखिल विश्वको इतिहासमा अन्य छैनन्।
वीर हनुमानले श्रेष्ठतम वैदिक धर्म र संस्कृतिलाई वरण गरेर त्यसलाई हर पल तथा हर क्षण पालन गरे। उनि आजीवन ब्रह्मचारी रहे। रामायण एक प्राचीन ग्रन्थ हुनाका कारण त्यसमा अन्य ग्रन्थ झैं ठूलो मात्रामा प्रक्षेप पनि भएको छ। केहि प्रक्षेपनले उनको आदर्शपूर्ण ब्रह्मचर्य जीवनलाई दूषित पनि गर्दछ। हाम्रो अनुमान मात्र हैन पूर्ण निश्चय छ कि उनले आजीवन कठोर तथा अन्यका लागि असम्भव ब्रह्मचर्य व्रतको पूर्ण रूपले पालन गरेका थिए।
सनातन वैदिक धर्म र संस्कृतिको यहि विशेषता रहेको छ कि यसमा महाभारतकाल भन्दा पूर्व ठूलो संख्यामा आदर्श राजा, वेदका पारदर्शी र तलस्पर्शी गूढ विद्वान, ऋषि, मुनि, योगी, दर्शन-तत्ववेत्ता, आदर्श गृहस्थी, देश-धर्म-संस्कृतिलाई गौरव प्रदान गर्ने वाला स्त्री र पुरुषहरु उत्पन्न भएका छन्, जसमा वीर हनुमानको स्थान निक्कै उच्च एवं गौरवपूर्ण छ।
हनुमान वानरराज राजा सुग्रीवका विद्वान मन्त्री थिए। वानरराज बाली र सुग्रीव दाजु-भाइको परस्पर विवादमा धर्मात्मा सुग्रीवलाई राज्यच्युत गरेर राजधानी देखि बाहिर निकालिएको थियो। उनि वनमा एक्लै विचरण गर्दथे। त्यहाँ उनको साथ यदि कसैले दिएको थियो त त्यो वीर हनुमानले मात्र दिएका थिए। धर्ममा आरूढ हनुमानले सत्य र धर्मलाई नै साथ दिए र राजसुखलाई त्यागेर वनको कठोर जीवनलाई नै चुने।
मर्यादापुरुषोत्तम श्री रामको वनवास कालमा जब दुरात्मा रावणले महारानी सीतालाई हरण गरेर लग्यो तब यस घटना पछी श्री रामचन्द्रको भेट पदच्युत राजा सुग्रीवका मन्त्रि हनुमान संग हुन्छ। राम र हनुमानका विच परस्पर संस्कृतमा नै संवाद हुन्छ। रामचन्द्र हनुमानको संस्कृत ज्ञान र भाषा माथिको अधिकार तथा व्यवहार गर्ने योग्यता देखि अत्यन्तै प्रभावित हुन्छन् र आफ्ना प्यारा भ्राता लक्ष्मण संग भन्छन् कि यी हनुमान वेदका जानकार विद्वान हुन्। यिनले जुन कुरा गरे, त्यसमा उनले व्याकरण सम्बन्धि कुनै साधारण पनि भूल तथा त्रुटि गरेनन। यस घटनाले हनुमानको बौद्धिक क्षमता र राजनैतिक कुशलता आदिको ज्ञान हुन्छ। हनुमानको प्रशंसा मर्यादापुरुषोत्तम श्री रामचन्द्रले स्वयं आफ्नै श्रीमुखले वाल्मीकि रामायणमा गरेका छन्।
हनुमानको मुख्य कार्य महारानी सीताको खोज र राम-रावण युद्धमा रामचन्द्रको सहायता तथा उनको विजयमा मुख्य सहायक हुनु पनि हो। उनले लाखौं वर्ष पूर्व लंका जानको लागि समुद्रलाई पौडेर पार गरेका थिए भन्ने अनुमान गर्न सकिन्छ। साहित्यकार र भावुक कविहरुले कहिलेकाहीं पौडनेलाई पनि भावनाको उच्च उडानमा घटनाहरुलाई अलंकारिक रूप दिएर नाघ्ने भन्न सक्छन्। यो उनको वीरताको अपूर्व तथा महानतम उदाहरण हो। उनि लंका पुगे र माता सीता संग भेट गरेर उनलाई पुनः रामचन्द्रको दर्शन तथा उनीसंग मिलन हुने कुरामा आश्वस्त पनि गरे। उनले लंकामा आफ्नो बल र पराक्रमको उत्तम परिचय पनि दिए जसबाट यो विदित होस् कि श्री राम अविजेय छन् र लंकाको अशुभ समय निकट छ। हनुमान रावणको दरबारमा पनि पुग्न सफल भए र त्यहाँ रामचन्द्रको सन्देश सुनाए पछी आफ्नो वीरता र पराक्रमको उदाहरण प्रस्तुत गरे।
लंकाका सेनापति, सैनिक तथा रावणका परिवारका सदस्यहरुले चाहेर पनि उनलाई बन्दी बनाएर दण्डित गर्न सकेनन् र उनि सकुशल लंका देखि बाहिर आए र माता सीता संग मिलेर सकुशल रामचन्द्रलाई भेट्न आइपुगे। उनले माता सीता लंकामा जीवित रहेको समाचार पनि दिए । यो जुन कार्य हनुमानले गरे, त्यो अन्य कुनै पनि वीरले गर्न त के सोंच्न समेत असम्भव जस्तो लाग्छ। यो कुरो रामचन्द्रले राम्रो संग जानेका थिए। हनुमानको यहि कार्यले रामचन्द्रलाई एक प्रकारले कृतज्ञ बनाइदियो।
त्यसपछि राम-रावण युद्ध हुँदा पनि समुद्रमा सेतु निर्माण र लक्ष्मण युद्धमा मूर्छित हुँदा उनका लागि त्यहाँबाट हिमालय पर्वत गएर एकै रातमा संजीवनी बूटी ल्याउनु हनुमान जस्ता वीर तथा विचारशील मनीषीको नै काम थियो। भनिन्छ कि उनि उडेर हिमालय पर्वत पुगेका थिए। कुनै पनि साधन बिना यस्तो हुनु सम्भव छैन। हुन सक्छ उनिसंग कुनै सिघ्रगामी लडाकु विमान थियो, अन्यथा एकै रातमा उनि समुद्र किनार बाट हिमालय पुगी औषधि ल्याएर आउनु कसरि सम्भव होला? नत्र मनुष्य कुनै विमान आदि साधन बिना उड्नु असम्भव छ। साधारण भाषामा पनि आजभोलि विमानमा यात्रा गर्ने वाला व्यक्तिले भन्ने गर्दछ कि म उडेर आएँ। त्यसै गरि हनुमान उडेर गएको भन्ने शब्दोको प्रयोग रामायणमा गरिएको हुन सक्छ।
आज ज्ञान र विज्ञान उन्नतिको चरम शिखरमा छ तर पनि संसारका साढे सात अरब मनुष्यहरु मध्ये कसैलाई पनि त्यस्तो उड्ने विद्या तथा कलाको ज्ञान छैन। अतः यही स्वीकार गर्नु पर्ने हुन्छ कि हनुमान कुनै सानो स्वचालित सिघ्रगामी विमानमा हिमालय गए र संजीवनी आदि इच्छित औषधिहरु लिएर लंका फर्किएका थिए। प्राचिन साहित्यमा यो पनि वर्णन पाइन्छ कि त्यो समयमा निर्धन भन्दा निर्धन व्यक्तिहरु संग पनि आ-आफ्ना विमान हुने गर्दथे। सृष्टिको आरम्भ कालमा पनि मानिसहरु विमानबाट एक स्थान देखि अर्को स्थान सम्म जाने गर्दथे। उनलाई जहाँको स्थान राम्रो लाग्यो त्यहीं गएर आफ्ना परिवार तथा इष्ट-मित्र सहित बसोबास गर्ने गर्दथे। यहि प्रकारले सारा संसार भरि मानव बस्ति बसेको हो। यो कुरो सत्य हो कि आदि सृष्टि त्रिविष्टव (तिब्बत) मा भएको थियो। सृष्टिको आदि कालमा नेपाल, तिब्बत, चीन आदि कुनै पनि देश थिएनन्; सारा संसार नै आर्यावर्त्त थियो।
माता सीता प्रति हनुमानको माता-पुत्र सरहको अनुराग तथा प्रेमभाव थियो। विश्व इतिहासमा यस्तो माता-पुत्रको संबंधले पनि विशेष महत्व राख्छ। आज संसारका समस्त देश तथा उनका नागरिकहरुले हनुमानको यस्तो चारित्रिक विशेषताबाट निक्कै शिक्षा लिन सक्छन्। ‘‘पर दारेषु मात्रेषु” अर्थात् अन्य समस्त स्त्रिहरु माता समान हुन्छन् भन्ने यो भावना वैदिक संस्कृतिको उच्चतम देन हो। यही वैदिक धर्म र संस्कृतिको गौरव पनि हो। यस्तो आदर्शलाई राम्रो मान्नेहरु यहि स्थानमा आउनु पर्छ अर्थात् वैदिक धर्म र संस्कृतिलाई अंगीकार गर्नु पर्छ।
हाम्रा पौराणिक मित्रहरुले हनुमानलाई वानर शब्दको कारणले वनको एक वृक्ष देखि अर्को वृक्षमा कुद्ने बाँदर सम्झन्छन् जुन अत्यन्त अनुचित तथा हनुमान प्रति अन्याय र उनको अपमान हो। हनुमान हामी जस्तै मनुष्य नै थिए। तथा वनमा बस्ने भएको हुनाले वानर भनिन्थ्यो। आजभोलि भारतको एक प्रदेश नागालैण्ड छ जसका निवासीलाई नागा भनिन्छ तर उनको आकृति नाग (सर्प) जस्तो हुँदैन। पहाडमा बस्नेलाई गिरी भनिन्छ। यसैगरि इंग्लिश, चीनी, जर्मनी, फ्रांसीसी आदि नागरिक हुन्। यी सबै हामि जस्ता छन् र हामि उनि जस्ता छौं। हनुमान तथा सुग्रीव आदि समस्त वानर पनि हामि जस्तै मनुष्य नै थिए। उनीहरु कसैको पनि पुच्छर् थिएन। उनीहरुको पुच्छर मान्नु, चित्र तथा मुर्तिमा चित्रित गर्नु भनेको आफ्नै बुद्धिको परिहास गर्नु हो; अज्ञानता प्रदर्शित गर्नु हो। सनातन वैदिक धर्मी भनेर मननशील तथा सत्यासत्यको विवेकीलाई नै भनिन्छ।
अतः वानर हनुमान बिना पुच्छरका राम, लक्ष्मण तथा अन्य मनुष्य समान मनुष्य नै थिए। यो कुरो विवेकपूर्ण एवं निर्विवाद छ। यसमा विचार गर्नु पर्दछ र यहि विचार र मान्यतालाई सबै पौराणिक मित्रहरुले पनि अनुसरण गर्नु पर्दछ। हनुमानलाई पुच्छर भएको बाँदर मान्ने हाम्रा मित्रहरु आजको सभ्य समाजमा हाँस्यका पात्र नबनौं र आफ्ना आदर्श महापुरुषहरुको यसरि अपमान नगराऔं। यो हाम्रो उनीहरु संग विनम्र प्रार्थना छ।
यसैका साथ यो संक्षिप्त लेखलाई अब विराम दिन्छौं र हाम्रा तथा अखिल विश्वका आदर्श वीर हनुमानको सच्चा चरित्रलाई स्मरण गरौँ र उनको जीवनबाट यहि प्रेरणा ग्रहण गरेर उनको पथलाई अनुसरण गर्ने प्रयास गरौँ यहि नै उनि प्रति सच्चा भक्ति तथा पूजा हुने छ। अस्तु..
मेरा समस्त इष्ट-मित्र तथा बन्धु-बान्धवहरुलाई हनुमान जयन्तिको हार्दिक शुभकामना छ..!
वेदको सुखदायी तथा मोक्षमार्ग तिर लागौं..!
सबको मनमा अभय – वैदिक धर्मको जय..!
नमस्ते।
–(हार्दिक आभार: मनमोहन कुमार आर्य)
ओ३म्…
हिरण्यगर्भ: समवर्त्तताग्रे भूतस्य जात: पतिरेक आसीत्।
स दधार पृथिवीं द्यामुतेमां कस्मै देवाय हविषा विधेम।।
[ऋग्वेद १०/१२९/१]
अर्थात्, हिरण्यगर्भ जुन परमेश्वर हो, त्यहि एक मात्र सृष्टि पूर्व वर्तमान थियो, जुन यो समस्त जगतको स्वामी हो र त्यसैले पृथिवी लगायत सूर्य पर्यन्त समस्त जगत्लाई रचेर धारण गरिरहेको छ। त्यहि सुखस्वरूप परम पिता परमेश्वरको नै हामीहरुले उपासना गर्ने गरौँ, अन्य कसैको हैन।
समस्त सहृदयी मित्र तथा आफन्तजन हरुमा नववर्ष विक्रम संवत् २०७६ एवं सृष्टिसंवत् १,९६,०८,५३,१२० को हार्दिक शुभकामना।
नयाँ वर्षले सबैमा सुख, शान्ति, सम्वृद्धि तथा आनन्द ल्याओस्..
ईश्वर संग यहि कामना गर्दछु..!
नमस्ते..!
शुभप्रभात…!
शल्य चिकित्साका पितामह- महर्षि सुश्रुत
ओ३म्..
शल्यक्रियाको क्षेत्रमा सुश्रुतको नाम सबभन्दा पहिले आउँछ। उहाँ एक प्रसिद्ध तथा कुशल शल्य चिकित्सक हुनुहुन्थ्यो। शल्यको शाब्दिक अर्थ हो- चिरफार। शरीरलाई कुनै पीडा या दर्द नदिएर चिरफार गर्नु नै शल्य चिकित्सा हो। आङ्ग्ल भाषामा यसलाई सर्जरी अथवा अपरेशन पनि भनिन्छ। सामान्यतः संसारमा एउटा भ्रम सिर्जना गरिएको छ कि शल्यक्रियाको प्रारम्भ युरोपमा भएको थियो। तर यहाँ यो प्राचीन काल देखि नै विद्यमान रहेको छ।
शल्यक्रियाको ज्ञान त्यसो त पुरातन काल देखि नै मानव लाई थियो। तर त्यो विकसित अवस्थामा नभएको हुनाले अत्यन्त पीडादायक प्रक्रियाको रुपमा थियो। यसमा मरणको सम्भावना पनि अधिक मात्रामा थियो। सुश्रुत नै त्यस्ता प्रथम चिकित्सक हुनुहुन्थ्यो जसले शल्यक्रियालाई एक व्यवस्थित स्वरूप दिनुभयो। उहाँले यस विद्यालाई परिष्कार गरेर अनेकौं मनुष्यलाई स्वास्थ्य लाभ दिनमा महत्वपूर्ण योगदान दिनुभयो।
सुश्रुत एक महान ऋषि विश्वामित्रका वंशज हुनुहुन्थ्यो। महर्षि विश्वामित्र पनि एक वैज्ञानिक हुनुहुन्थ्यो। सुश्रुत द्वारा रचित प्रसिद्ध ग्रन्थ सुश्रुत संहिताको बारेमा भन्ने गरिन्छ कि यस ग्रन्थमा समस्त देवताहरु द्वारा पूजित वैद्यराज धन्वन्तरीका ति उपदेशहरुको संग्रह छ जुन उहाँले सुश्रुतलाई दिनुभएको थियो। शल्यचिकित्साको क्षेत्रमा सुश्रुत संहितालाई आज सम्म पनि प्रमाणभूत मानिन्छ।
प्लास्टिक सर्जरीलाई आजभोली चिकित्सा विज्ञानको एक महत्वपूर्ण उपलब्धि मानिन्छ। अमेरिकाका वैज्ञानिकहरुले यसको श्रेय लिन्छन्। तर सुश्रुतले आफ्नो कालजयी ग्रन्थमा प्लास्टिक सर्जरीको उल्लेख सैयौं वर्ष पूर्व नै गरिसक्नु भएको थियो । यस पद्धतिमा नाक, कान, ओठ अथवा अनुहारको सुन्दरता बढाउनको लागि ति ति स्थानको मांसपेशी हटाएर शरीरकै कुनै अन्य भागको मांसपेशी लगाएर त्यसलाई सुन्दर रूप दिने गरिन्छ। यहि पद्धतिको आधार लिएर नै प्राचीन कालका मानिसले आफ्नो रूप बदल्ने गर्दथे। सुश्रुत ज्यूको यहि पद्धतिको अनुसरण युरोपका बैज्ञानिकहरुले गरे र त्यहाँ बाट अमेरिका हुँदै आज विश्वभरमा यो पद्धति प्रचलित छ।
सुश्रुत संहिताको समय आज भन्दा २६०० वर्ष पूर्व मानिन्छ। यो ग्रन्थ संस्कृत भाषामा लेखिएको छ। पछी वि.सं. ५७ को आसपास सुप्रसिद्ध रसायनववेत्ता आचार्य नागार्जुनले यसलाई पुनः सम्पादित गरेर नयाँ स्वरूप दिनुभएको थियो। महर्षि सुश्रुतले आफ्ना शिष्यहरुलाई प्रयोगात्मक तथा क्रियाविधि द्वारा शिक्षा दिनुहुन्थ्यो। उहाँले चीरफारको प्रारम्भिक अभ्यास तरकारी तथा फलमा गर्नुहुन्थ्यो। यो अभ्यास पूर्ण भयो भने कसैको मृत शरीर माथि अभ्यास गराउनु हुन्थ्यो। उहाँले स्वयं मृत शरीरको चिरफार गर्दै विद्यार्थीहरुलाई पनि अभ्यास गराउनु हुन्थ्यो। उहाँले शल्यचिकित्सा संग सम्बन्धित एक सय भन्दा पनि अधिक यन्त्र तथा औजारहरुको आविष्कार गर्नुभएको थियो र ३०० प्रकारका शैल्य प्रक्रियाको खोज गर्नुभएको थियो।
सुश्रुतले नेत्रको शल्य चिकित्सा पनि गर्नुहुन्थ्यो। उहाँले आफ्नो संहितामा मोतिबिन्दुको शल्यचिकित्सा गर्ने विधि विस्तार पूर्वक वर्णन गर्नुभएको छ। उहाँलाई शल्य क्रिया द्वारा स्त्रीको प्रसव गराउने विधिको पनि ज्ञान थियो। उहाँलाई भाँच्चिएको हड्डी पत्ता लगाउन र तिनलाई जोड्नमा विशेषज्ञता नै प्राप्त थियो। रोगीलाई शल्य क्रियाका बेला हुने दुखाई कम गर्नका लागी उहाँले मद्यपान या कुनै विशेष औषधि दिने गर्नुहुन्थ्यो। सुश्रुत श्रेष्ठ शल्य चिकित्सक हुनुका साथै उहाँ एक श्रेष्ठ शिक्षक पनि हुनुहुन्थ्यो।
सुश्रुत संहितामा विभिन्न प्रकारका वनस्पतिहरुको पनि विश्लेषण गरेर तिनको विस्तार पूर्वक वर्णन गरिएको छ। महर्षि सुश्रुतको मान्यता थियो कि चिकित्सकलाई सैद्धान्तिक र किताबी ज्ञानको स्थानमा प्रयोगात्क ज्ञानमा कुशल हुनु पर्दछ। अस्तु..
हाम्रा माहान आदर्श पुरुषहरुको सम्मान गरौँ र उहाँहरुको ज्ञानलाई समस्त मानवजातिको भालाईका लागि संसारमा फैलाऔँ..!
नमस्ते..!
सत्य सनातन वैदिक धर्मको जय..!