…वैदिक ईश्वर-४

…वैदिक ईश्वर-४

प्रश्न- यसको अर्थ यो भयो कि ईश्वर अपवित्र वस्तुहरु जस्तै मदिरा तथा मल-मूत्र आदिमा पनि रहन्छ त?

उत्तर-

(१) यो सारा जगत ईश्वरमा छ। किनकि ईश्वर यी सबको बाहिर पनि छ तर ईश्वरको बाहिर केहि पनि छैन। त्यसैले यो जगत ईश्वरले अभिव्याप्त छ। सामान्य रुपमा यदि यसको समानता हेर्नेहो भने हामि सबै ईश्वर भित्र त्यसै गरि छौं जसरि जल भरिएको भाँडोमा कपास। त्यस कपासको भित्र-बाहिर जहाँ पनि जल नै जल छ। त्यस कपासको कुनै पनि भाग यस्तो छैन जुन जलले नभिजेको होस्।

(२) कुनै पनि वस्तु हाम्रो लागि स्वच्छ या अस्वच्छ छ भन्ने कुरा त्यस वस्तुको हाम्रा लागि के उपयोगिता छ भन्ने कुरामा निर्भर गर्दछ। जस्तो- जुन आँपको स्वाद हामीलाई यति प्रिय हुन्छ, त्यो जुन परमाणुहरुले बन्दछ,  त्यहि परमाणु जब अलग अलग हुन्छन् र अन्य पदार्थहरुका साथ क्रिया गरेर मलको रूप लिन्छन्। तिनै हाम्रा लागि अपवित्र पनि हुन्छन्। वास्तवमा यि सब प्राकृतिक कणहरुको योगले बनेका भिन्न-भिन्न सम्मिश्रण नै हुन्। हामि सब यस संसारमा हुनुको केहि उद्देश्य छ, हामीहरु प्रत्येक वस्तुलाई त्यस उद्देश्य तिर बढ्ने दृष्टिले हेर्दछौं र केहीलाई स्वीकार गर्दछौं जुन त्यस उद्देश्य अनुकूल छन् र बाँकी सबै छोड्दिन्छौं। जुन वस्तुलाई हामि छोड्छौं, ति हाम्रा लागि अपवित्र/ बेकार हुन्छन् र जुन स्वीकार गर्दछौं, ति मात्र हाम्रा लागि पवित्र/उपयोगी हुन्छन्। तर ईश्वरको लागि यस जगतको त्यस्तो कुनै उपयोग छैन, त्यसैले उसको लागि केहि अपवित्र छैन। यसको ठीक विपरीत उसको प्रयोजन हामि सबैलाई न्यायपूर्वक मुक्तिको सुख प्रदान गर्नु हो। त्यसैले पूरा सृष्टिमा कुनै पनि वस्तु उसको लागि अस्पृश्य हुँदैन।

(३) अर्को दृष्टिले यदि समानता हेर्नेहो भने ईश्वर कुनै यस्तो समाजसेवी जस्तो हैन जसले आफ्नो वातानुकूलित कार्यालयमा बसेर योजनाहरु बनाउन त मन पराउँछ तर ति मलिन बस्तिहरुमा जान मन पराउँदैन जहाँ कि समाज-सेवाको वास्तविक आवश्यकता छ। यसको विपरीत ईश्वर यस जगतको सबभन्दा अपवित्र पदार्थहरुमा रहेर पनि उसलाई हाम्रो लाभको लागि नियंत्रित गर्दछ।

(४) ईश्वर एक मात्र शुद्ध्स्वरूप छ त्यसैले ऊ हरेक वस्तुमा हुने र हरेक वस्तु उसमा हुने भए पनि ऊ सबभन्दा भिन्न र पृथक छ।

प्रश्न- के ईश्वर दयालु र न्यायकारी छ?

उत्तर- अवश्य! ऊ दया र न्यायको साक्षात् उदहारण हो।

प्रश्न- तर यि दुवै गुण त एक-अर्काका विपरीत हुन्। दयाको अर्थ कसैको अपराध क्षमा गर्दिनु र न्यायको अर्थ अपराधीलाई दण्ड दिनु हो । यी दुवै गुण एक साथ कसरि हुन सक्छन?

उत्तर- दया र न्याय वास्तवमा एकै हुन् । किनकि दुवैको उद्देश्य एकै छ।

(१) दयाको अर्थ अपराधीलाई क्षमा गर्दिनु हैन। किनकि यदि यस्तो भयो भने निक्कै निर्दोषहरु प्रति अत्याचार हुनेछ। त्यसैले जब सम्म अपराधीका साथ न्याय गरिदैन, तब सम्म निर्दोष माथि दया हुन सक्दैन। अपराधीलाई क्षमा गर्नु अपराधी प्रति पनि दया हुँदैन किनकि यस्तो गर्नाले उसलाई अझैं अपराध गर्ने हौशला मिल्छ। उदाहरणको लागि- यदि एक डाँकालाई दण्ड नदिएर छोडिदिने हो भने त्यसले अनेकौं निर्दोषहरुलाई हानि पुर्याउँछ। यदि उसलाई कारागारमा राख्नेहो भने यसबाट ऊ अरुलाई हानि पुर्याउन बाट मात्र बच्दैन कि उसले स्वयंलाई सुधार्ने एक मौका पनि पाउँछ र उसले गर्दा ऊ अगाडी अरु अपराध गर्न बाट बच्छ। त्यसैले न्यायमा नै सबै प्रति दया निहित छ।

(२) वास्तवमा दया इश्वको उद्देश्य हो र न्याय त्यस उद्देश्य पूर्ति गर्ने तरीका हो। जब इश्वरले कुनै अपराधीलाई दण्ड दिन्छ, यस बाट वास्तवमा उसले त्यसलाई अगाडी अरु अपराध गर्न बाट रोक्छ। र निर्दोषहरुलाई त्यसको अत्याचार बाट रक्षा गर्दछ। यस प्रकार न्यायको मुख्य उद्देश्य सब प्रति दया गर्नु नै हो।

(३) वेद अनुसार र जे पनि हामि यस संसारमा देख्छौं, त्यस अनुसार पनि दुःखको मूल कारण अज्ञानता नै हो, यही अज्ञानता दुष्कर्महरुलाई जन्म दिन्छ जसलाई हामि अपराध भन्दछौं। त्यसैले जब कुनै जीव दुष्कर्म गर्दछ, ईश्वरले उसको दुष्कर्म गर्ने स्वतंत्रतालाई बाधित गर्दिन्छ र उसलाई आफ्नो अज्ञानता र दुखलाई दूर गर्ने मौका दिन्छ।

(४) क्षमा माग्नाले मात्र ईश्वरले कसैको अपराध क्षमा गर्दैन। पाप र अपराधको मूल कारण अज्ञानता हो र जब सम्म त्यो मेटिन्न तब सम्म जीव कैयौं जन्म सम्म निरन्तर आफ्नो शुभ-अशुभ कर्मको फल भोगी रहन्छ। र यो सब न्यायको उद्देश्य जीव प्रति दया गर्नु नै हो, जसबाट उसले परम आनंद भोग गर्न सकोस।

क्रमशः…

2 thoughts on “…वैदिक ईश्वर-४”

  1. अति उत्तम ज्ञान गुरु जी सबैले पढेर बुजेर सेर गरी दिए कति राम्रो हुने थियो ।

    1. ओ३म्..
      श्याम भाइ, नमस्ते..!
      हार्दिक आभार छ कि लेख पढिदिनु भो, सबैले पढेर बुझे अनुसारको व्यवहारमा पनि लागु गरिदिए पनि पुग्छ..!

Leave a Reply

Your email address will not be published. Required fields are marked *